गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा पुसबाट प्रतियोगिता गर्न सकिने
चितवन, वैशाख २९ । चितवनको रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रंगशाला निर्माण गर्ने सम्झौता गरेको थियो ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महिनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताए । कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक संकलन अभियानमा जुट्नुपर्नेमा जोड दिए ।
हालसम्म ६ करोड ५० लाख मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन । भदौ महिनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ । रंगशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उनले बताए ।
आठौँ राष्ट्रिय खेलकुदः कर्णालीविरुद्ध एपिएफको २३ गोल
कपिलवस्तु, बैशाख ०५ । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटवलमा एपिएफले दोस्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ। बिहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले कर्णाली प्रदेशको पोष्टमा २३ गोलको वर्षा नै गरेको हो। एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन्। त्यसमध्ये दर्शकको आकर्षण बनेकी जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् भने जर्सी नम्बर १० की अनु लामाले ६ गोल गरिन्। खेल सुरु भएको तेस्रो मिनेटमा जर्सी नम्बर १६ की मञ्जु डोङबाट खाता खोलेको एपिएफले अन्तिमसम्म आइपुग्दा थप २३ गोल गर्न पुग्यो। त्यसपछि खेलको सातौँ, आठौँ र नवौँ मिनेटमा अनिता बस्नेत, सावित्रा भण्डारी र रेनुका नगरकोटीले क्रमशः एकरएक गोल गरे। एकपटक पनि विपक्षीको पोष्टमा सशक्त प्रहार गर्न नपाएको कर्णालीको पोष्टमा एफिएफको गोल गर्ने क्रम रोकिएन। त्यसपछि फेरि पन्ध्रौँ र अठारौँ मिनेटमा पुनः भण्डारी, जर्सी नम्बर ७ की रेनुका नगरकोटीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। खेलमा ६ गोल गरेर म्यान अफ दि म्याच बनेकी जर्सी नम्बर १० की अनु लामाले २३ औँ मिनेटमा गोल गरी आफ्नो गोलको खाता खोलिन्। यस्तै अनिता केसीले ४१ औँ र ४२ औँ मिनेटमा २ गोल गरिन्। यतिखेर सम्म ७ गोल भइसकेको थियो। त्यसपछि पहिलो हाफको लागि बचेको १८ औँ मिनेटसम्म एपिएफले थप ६ गोल गरी गोल संख्या १३ पुग्यो। त्यसपछिको ४५ मिनेटमा थप १० गोल गरी स्पष्ट २३ शुन्यको जित निकाल्दै एफिएफले आफूलाई उपाधि दाबेदारको प्रमुख टोलीको रुपमा सावित गरेको छ। दोस्रे हाफ सुरु भएको ३ मिनेटमै एफिएफले २ गोल गर्यो। एपिएफकी अनु लामाले एक्लै पाँच गोल गर्न सफल भइन्। उनले ५१ औँ, ५७ औँ, ६२ औँ, ६७ औँ र ७४ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पूरा गरेकी हुन्। यस्तै ४६ औँ मिनेटमा सावित्रा भण्डारी गोल गरिन भने ४८ औं मिनेटमा मञ्जु डोङले दोस्रो गोल गरिन्। लगातार कर्णालीको पोष्टमा गोलको वर्षा भइरहेको अवस्थामा सावित्रा भण्डारी फेरि चम्किन्। उनले पुनः ८० औँ ८२ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पूरा गरिन्। खेल मैदानमा जर्सी नम्बर र ९ की भण्डारी, १० कि लामा, ११ की बस्नेत र १४ की केसीले सबै दर्शकलाई आकर्षित गरेका थिए। यस्तै बिहीबार विहान भएको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो अन्तरको जित हासिल गरेको थियो। प्रतियोगिताअन्तर्गत शुक्रबार प्रदेश नम्बर १ काबिरुद्ध त्रिभुवन आर्मी क्लबबीच बिहान खेल हुनेछ भने अपरान्ह गण्डकी प्रदेशबिरुद्ध सशस्त्र प्रहरीको एपिएफबीच खेल हुने छ।
वाटफोर्डको आर्सनलसँग १-० ले हार
काठमाडौं, बैशाख ०३ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो । वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो । वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर त्यसपछि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ ।
मड्रिड बराबरीमा रोकियो लेगानेससँग
काठमाडौं, बैशाख ०३ । स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को बराबरी खेलेका छ । सोमबार राति भएको खेलमा लेगानेससँग १-१ गोलको बराबरीमा रोकिएपछि रियललाई अर्को धक्का लागेको छ । लेगानेसको मैदानमा भएको खेलमा रियललाई करिम बेन्जिमाले हारबाट बचाए । खेलको पहिलो ४० मिनेट गोलरहित बराबरी भएको खेलको ४५ औं मिनेटमा जे सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा नै अर्थात ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो । यो बराबरीले रियल शीर्ष दुईमा रहेको एट्लेटिकोसँगको दूरी कम गर्न पनि असफल भएको छ । रियलको ३२ खेलमा ६१ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७४ र एट्लेटिकोको ६५ अंक छ ।
च्याम्पियन्स लिगः आज राती हुने खेलमा लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा
काठमाडौं, र्चत २६ । च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार राति लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि टिम तयार रहेको जुर्गेन क्लोपले बताएका छन् । च्याम्पियन्स लिगमा यी दुई टिम लगातार दोस्रो सिजनमा खेल्न लागेका हुन् । गएको सिजनको सेमिफाइनलमा लिभरपुलले पोर्टोलाई समग्रमा ५–० ले हराएको थियो । पोर्टो विरुद्धको खेलका लागि लिभरपुलका डिफेन्डर भान डिग्क टिममा फर्किएका छन् । गएको शुक्रबार साउथह्याम्टन विरुद्धको खेलमा उनी उपस्थित थिएनन् । तर एडाम लालाना भने आजको खेल गुमाउने संभावना रहेको छ । गएको डिसेम्बरबाट टिम बाहिर रहेका जोय गोमेज पनि मंगलबार टिममा हुने छैनन् । लिभरपुलको टिममा केही हेरफेर हुने पक्कै संभावना रहेको छ । पोर्टोविरुद्धका पछिल्ला ६ सिजनमा लिभरपुलले एक खेल पनि हारेको छैन । उसले तीन खेल जित्दा तीन बराबरी खेलेको छ । यो सामाग्री उज्यालो अनलाइनबाट लिइएको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम लाई हराउँदै चेल्सी तेस्रो स्थानमा
काठमाडौं, चैत २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्दै ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । वेस्टह्यामविरुद्ध जित दिलाउन इडन हाजार्डले नै दुबै गोल गरेका थिए । पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हाजार्डले अन्तिम समयमा पनि एक गोल थप्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।
रेफ्रीसँग कोस्टाको अभद्र व्यवहार
एजेन्सी । स्पेनिस खेलाडी डिएगो कोस्टा रिसाह खेलाडीमा पर्छन् । स–साना कुरामा रेफ्री वा विपक्षी खेलाडीसँग वादविवाद गर्दा कोस्टा सधैँ आलोचित बन्ने गर्छन् । मैदानभित्र रिस रोक्न नसक्दा उनी धेरैपटक कारबाहीमा समेत परेका उदाहरण छन् । शनिबार स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको खेलमा यस्तै भयो । खेलको २८औँ मिनेटमा कोस्टा एक्कासि रेफ्री मान्जानोसँग झगडा गर्न पुगे । कोस्टाले रेफ्रीलाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए । यसका साथै आमासँग सम्बन्धित शब्द जोडेर कोस्टाले रेफ्रीलाई गालीगलौज गरे । त्यसपछि रेफ्रीलाई के चाहियो, उनले सीधै कोस्टालाई रातो कार्ड देखाए । रेफ्रीले आफ्नो अन्तिम निर्णय सुनाएपछि कोस्टाको केही पनि चलेन । कोस्टाले रातो कार्ड खाएको प्रतिस्पर्धामा बार्सिलोनाले एट्लेटिकोलाई २–० ले हरायो । एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले कोस्टा कार्डको हकदार खेलाडी भएको दाबी गरेका छन् ।
एफए कपको ट्रफिका लागि म्यानचेस्टर सिटी र वाटफोेर्ड भिड्ने
काठमाडौं, चैत २५ । इंग्लिस एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोेर्ड आमने सामने हुने भएका छन् । उल्भरह्याम्प्टनविरुद्ध नाटकीय पुनरागमनसहितको जित निकाल्दै वाटफोर्डले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको हो । वेम्बली रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा २ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै वाटफोर्डले अतिरिक्त समयमा ३–२ गोलअन्तरको जितका साथ फाइनल पुगेको हो । खेलको ३६ औं मिनेटमा म्याट डोहर्टीले गोल गरेपछि उल्भरह्याम्प्टनले पहिलो हाफमा अग्रता बनाएको थियो । ६२औं मिनेटमा राउल जिमिनेजले अग्रता दोब्बर पारेसँगै खेल उल्भरह्याम्प्टनको पक्षमा देखिसकेको थियो । ६६औं मिनेटमा वाटफोर्डका प्रशिक्षक जाभी ग्यारीकाले विल ह्युजको स्थानमा स्पेनिस स्ट्राइकर डोलेफुलाई मैदान छिराए । उनको निर्णय यति प्रभावकारी भयो कि डोलेफुले ७९औं मिनेटमा गोल गरी वाटफोर्डको आशा जगाए । खेलको इन्ज्यूरी समयमा हारको नजिक रहेको वाटफोर्डले पेनाल्टी पायो । जसलाई ट्रोय डीनीले सदुपयोग गरी खेल बराबरीमा ल्याए । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि थपिएको अतिरिक्त समयमा डोलेफुले नै गोल गरे र टिमलाई सन् १९८४ पछि पहिलो पटक एफए कपको फाइनलमा पुर्याए । उनले १०४ मिनेटमा गोल गरेका थिए । यता सन् १९६० पछि एफए कपको फाइनल पुग्ने लक्ष्यमा रहेको उल्भरह्याम्प्टन भने अभागी सावित भयो । वाटफोर्ड र म्यानचेस्टर सिटीबीचको फाइनल खेल मे १८ मा हुनेछ ।
नेपालले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छुः गृहमन्त्री थापा
काठमाडौं, चैत १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाई गरेका छन् । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उनले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गरेका हुन् । सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताउँदै नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताए। उनले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको पनि बताए । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा बुधबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ । नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
काठमाडौं, चैत १४ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो । विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो । अहिले खेलकूद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित विधेयकमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको हो । प्रस्तावित विधेयकको परिच्छेद–८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको राष्ट्रिय खेल घोषणा गर्ने उल्लेख गरिएको छ । तर अहिले भलिबल नै राष्ट्रिय खेलको रूपमा रहेको छ । यस्तो अवस्थामा यस बुँदाले अन्योल सिर्जना गरेको छ । नेपाल भलिबल सङ्घले राष्ट्रिय खेल भलिबल नै रहेको र उक्त बुँदा परिमार्जन गरी नेपालको राष्ट्रिय खेल भलिबल नै राख्न माग गर्दै विभिन्न तहमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय खेल भलिबलबारे विधेयकमा देखिएको अन्योल हटाउन माग गरेको छ । नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलले राष्ट्रिय खेलको मान्यता पाइसकेको अवस्थामा विधेयकमा यसबारे स्पष्ट व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताए । “हामीले सम्बन्धित सबै निकायमा ज्ञापनपत्र बुझाएका छौँ, उनीहरुले विधेयकमा संशोधन गरिने आश्वासन दिएका छन्”, उनले भने । राष्ट्रिय खेल भनेको देशको पहिचान भएकाले यसलाई मेटाउन नहुने बताउहुनुन्छ भलिबलका प्रशिक्षक जगदीश भट्ट । “विधेयक तर्जुमा गर्दा केही कमजोरी भएको छ, कमजोरी हटाइ राष्ट्रिय खेलबारे ऐनले नै संरक्षण गर्नुपर्छ”, उनले भने । तत्कालीन अवस्थामा युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको तत्कालीन युवा तथा खेलकूदमन्त्री दलजित श्रीपालीले बताए । मन्त्रालयले चार वर्षअघिदेखि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझावसमेत सङ्कलन गरेको थियो । भौगोलिक पहुँच, जिल्ला खेल सङ्घहरुको अवस्था, देशमा सबैभन्दा बढी खेलिने खेलको रूपमा त्यतिबेला सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबलको अहिले ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । नेपाल भलिबल सङ्घको दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनुपर्ने मागसहित देशव्यापी हस्ताक्षर सङ्कलनसमेत गरी सरकारलाई सुझाव दिएको थियो ।
इटालीले लिचेस्टाईनको पोस्टमा गर्यो गोलकाे वर्षा
एजेन्सी । युरो कप छनोट खेलमा इटालीले लिचेस्टाईनमाथि गोल वर्षा गरेको छ । समूह ‘जे’अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाईनलाई ६–० गोलले हरायो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थपेको थियो । लिचेस्टाईन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा ड्यानियल काँफम्यान रातो कार्ड खादै मैदान बाहिरिएका थिए । इटालीका लागि स्टेफानो सेन्सीले १७ औं मिनेटमा खाता खोले । मार्को भेराट्टीले ३२ औँ मिनेटमा गोलगर्दै इटालीको अग्रता दोब्बर बनाए । फाबियो क्वागलियरलाले ३५ औँ र पहिलो हाफको इन्जुर समयमा पेनाल्टीमा अर्को गोल गरे । त्यसपछि मोइज केनले ६९ औं लियोनार्दो पाभोलेटीले ७६ औं मिनेटमा गोल गर्दै इटालीलाई फराकिलो जित दिलाए । समूहमा दुई जित हात पारेको इटालीले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा फिनल्याण्डले अर्मेनियालाई २–० गोलले हरायो । ग्रीस र बोस्निया एण्ड हर्जगोभिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी मंगलबार राति नै भएको समूह ‘डी’को खेलमा आयरल्यान्डले जर्जियालाई १–० गोलले पराजित गरेको छ । डेनमार्क र स्वीट्जरल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अल्भारो मोराटाले जिताए स्पेनलाई
एजेन्सी । युरो कप फुटबल छनोट खेलमा स्पेनले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा स्पेनले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी माल्टालाई २—० गोलले हरायो । माल्टाको घरेलु मैदानमा खेलिएको उक्त खेलमा स्पेनलाई जित दिलाउन दुबै गोल अनुभवी खेलाडी अल्भारो मोराटाले गरे । इङ्लिस क्लब चेल्सीका २६ वर्षीय खेलाडी मोराटा हाल ऋणमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् । मोराटाले खेलको दुबै हाफमा एकरएक गोल गरेका थिए । खेल सुरु भएको ३१औं मिनेटमा स्पेनलाई अग्रता दिलाएका मोराटाले ७३औं मिनेटमा दोस्रो गोल थपेका थिए । हाल फिफा वरीयताको एक सय ८२औं स्थानमा रहेको माल्टा खेलको प्रारम्भदेखि नै बलियो स्पेनसामु निरीह देखिएको थियो । स्पेनका खेलाडीलाई ८४ प्रतिशतम समय बलमाथि नियन्त्रण राखेका थिए । यद्यपी, माल्टाको दरिलो रक्षापँक्तिलाई चिर्न स्पेनका खेलाडीलाई निकै कठिन परेको थियो । स्पेनले तीन पटकको युरो कप च्याम्पियन टोली हो । हालसम्म स्पेन र जर्मनीले मात्र सर्वाधिक तीनरतीन पटक युरो कपको उपाधि जित्न सकेका छन् । पहिलो पटक सन् १९६४ मा युरो कप जितेको स्पेनले त्यसपछि सन् २००८ र सन् २०१२ मा लगातार उपाधि हात पारेको थियो । अघिल्लो साता खेलिएको युरो कपको आफ्नो पहिलो छनोट खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी नर्वेलाई घरेलु मैदानमा २—१ गोलले हराएको थियो । बुधबार विहान खेलिएको समूह ‘एफ’ कै अर्को खेलमा नर्वेले घरेलु मैदानमा स्विडेनलाई ३—३ गोलको बराबरीमा रोक्यो । अर्को खेलमा रोमानियाले घरेलु मैदानको फाइदा उठाउँदै फारोए आइल्यान्ड्समाथि ४—१ गोलको जित हासिल ग¥यो । सबै टोलीले दुईरदुई खेल खेलिसक्दा ६ अंकसहित स्पेन पहिलो, चार अंकसहित स्विडेन दोस्रो, तीन अंकसहित रोमानिया तेस्रो, तीन अंकसहित माल्टा चौथो र एक अंकसहित नर्वे पाँचौं स्थानमा छन् ।
युरो कप छनोटः २ खेलमा इंग्ल्याण्डद्वारा १० गोल
एजेन्सी । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ। समूह ‘ए’ अन्तर्गतको मंगलबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई उसैको मैदानमा ५-१ गोलको फराकिलो अन्तरले हरायो। इङ्ल्यान्डले पहिलो खेलमा चेक गणतन्त्रलाई पनि ५-० गोलले हराएको थियो। मोन्टेनेग्रोविरुद्घ प्रारम्भमै गोल खाएको इङ्ल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। खेल सुरु भएको १७औं मिनेटमा मोन्टेनेग्रोका लागि मार्को भेसोभिचले गोल गरेका थिए। त्यसपछि लयमा फर्किएको प्रशिक्षक गारेथ साउथगेटको इङ्ल्यान्डले विपक्षीको पोष्टमा लगातार पाँच गोल ठोक्यो। खेलको ३०औं मिनेटमा एभर्टनका डिफेन्डर मिचेल केनले इङ्ल्यान्डका लागि पहिलो गोल गरे। ३९औं मिनेटमा रोस बार्कलीले टोलीलाई २-१ को अग्रता दिलाए। खेलको दोस्रो हाफमा पनि इङ्ल्यान्डले तीन गोल गर्यो। इङ्ल्यान्डका लागि ५९औं मिनेटमा बार्कलीले नै तेस्रो गोल थपे। ७१औं मिनेटमा अनुभवी खेलाडी ह्यारी केनले चौथो गोल गरे भने ८१औं मिनेटमा रहिम स्टर्लिङले अर्को गोल थपे। इङ्ल्यान्डले सन् १९८४ को नोभेम्बरपछि पहिलो पटक लगातार दुई खेलमा पाँच वा सोभन्दा बढी गोल गरेको हो। यसैगरी प्रशिक्षक साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको हो। यसैगरी इङ्ल्यान्डले सन् २०१५ को अक्टोबरपछि पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको हो। सन् २०१५ को अक्टोबरमा इङ्ल्यान्डले रोय हड्सनको प्रशिक्षकत्वमा लगातार पाँच खेलमा जित हात पारेको थियो। यसैगरी प्रशिक्षक साउथगेटको नेतृत्वमा आफुले खेलेका २० खेलमा केनले १७ गोल गरिसकेका छन्। साउथगेटको प्रशिक्षकत्वमा इङ्ल्यान्डका कुनै पनि खेलाडीले गरेको यो सर्वाधिक गोल हो। मोन्टेनेग्रोले भने पछिल्ला ६ मध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ। युरो कप छनोटको पहिलो खेलमा मोन्टेनेग्रोलाई बुल्गेरियाले बराबरीमा रोकेको थियो। मोन्टेनेग्रोविरुद्घको खेलमा प्रशिक्षक साउथगेटले हड्सन ओडोईलाई पनि मैदानमा उतारेका थिए। उनी इङ्ल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन्। मंगलबार मैदानमा ओर्लंदा उनको उमेर १८ वर्ष एक सय ३८ दिन थियो। यसअघि सन् २००३ को अप्रिलमा वेन रोनीले केवल १७ वर्ष एक सय ६० दिनमा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा कोसोभोले घरेलु मैदानको फाइदा उठाउँदै बलियो बुल्गेरियालाई १-१ गोलको बराबरीमा रोक्यो। दुई खेल खेलेको इङ्ल्यान्ड ६ अंकसहित पहिलो र समान खेल खेलेको बुल्गेरिया दुई अंकसहित दोस्रो स्थानमा छन्।
सर्बियासँग पोर्चुगल बराबरीमा रोकियो, रोनाल्डो घाइते
एजेन्सी । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि साविक विजेता पोर्चुगलले सुखद नतिजा निकाल्न सकेन । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान घरेलु मैदानमा खेलिएको आफ्नो दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो । दोस्रो खेलमा पोर्चुगललाई सर्बियाले १—१ गोलको बराबरीमा रोकेको हो । यसअघि आफ्नो पहिलो छनोट खेलमा पनि पोर्चुगललाई उसैको मैदानमा युक्रेनले गोलरहित बराबरीमा रोकेको थियो । खेल सुरु भएको सातौं मिनेटमै सर्बियाले अग्रता लिएको थियो । सर्बियाका लागि डुसान टाडिचले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि पोर्चुगलका लागि ड्यानिलो पेरेइराले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । करिब ७० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि पोर्चुगलका खेलाडीले सर्बियाको बलियो रक्षापँक्तिलाई चिर्न सकेनन् । खेलका क्रममा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगललाई दोहोरो घाटा लागेको थियो । रोनाल्डो ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको बताइएको छ । उनी ३१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । सोही समूहको अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई उसैको मैदानमा २—१ गोलले पराजित गर्यो दुई खेल खेलेको युक्रेन चार अंकसहित पहिलो, लग्जम्बर्ग तीन अंकसहित दोस्रो र पोर्चुगल दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । यसैगरी एक खेल खेलेको सर्बिया एक अंकसहित चौथो स्थानमा छ ।
नेपाल र कुवेत भिड्दै आज, जित निकाल्ने नेपालको सम्भावना कति?
काठमाडौं चैत ११ । कुवेत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (सोमबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी नतिजा निकालेको नेपालले दोस्रो खेलमा बराबरी नतिजा निकाल्ने रणनीति बनाएको छ । पहिलो खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई रोकेका थिए । मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपालका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए । ‘हाम्रो प्रयास जितका लागि हुनेछ । तर पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिनेछौँ । कुवेत हामीविरुद्ध आक्रामक अवस्थामा रहनेछ । हामी उसलाई रोक्ने प्रयास गर्नेछौँ,’ उनले भने । नेपालका कप्तान विराज महर्जनले कुवेत तुलनात्कमक रुपमा बलियो देखिए पनि नेपालले मैदानमा आफूलाई कमजोर नबनाउने दाबी गरे । ‘कुवेत हामीभन्दा बलियो छ । तर पहिलो खेलमा उसलाई हामी कम होइनौँ भनेर देखाएका छौं । हामी कुवेतलाई रोक्ने प्रयास गर्नेछौं,’ महर्जनले भने । कुवेत फिफा वरियतामा नेपालभन्दा माथि छ । वरियतामा कुवेत एक ५८ औं स्थानमा छ । नेपाल एक ६१ औं स्थानमा छ ।
युरोकप छनोटः नेदरल्याण्ड्सविरुद्ध जर्मनीको रोमाञ्चक जित
काठमाडौं, चैत ११ । युरोकप छनोट अन्तर्गत बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकाल्यो । जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो । तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए । समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे । तर त्यसपछि बेल्जियमले बारम्बार मौका पाउदा पनि थप गोल गर्न सकेन र दुई शून्यको जित निकाल्यो । यस्तै अर्को खेलमा पोल्याण्डले पनि लातभियालाई दुई शून्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो ।

