कतारसँग नेपाल ५ गोलले पराजित, समूह चरणबाटै बाहिरियो

काठमाडौं, चैत ११ । नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट प्रतियोगिताबाट बाहिरिएको छ। छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आइतबार राति कतारसँग ५-० ले पराजित भएसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको हो। यसअघि नेपाल कुवेतसँग बराबरीमा रोकिएको थियो।

खेलको २४ औं मिनेटमा कतारलाई अब्दुल्ला अलहरकले पेनाल्टी गोल मार्फत अग्रता दिलाएका थिए। ५३औं मिनेटमा अल रावीले कतारको अग्रता दोब्बर पारे। यस्तै ६०औं मिनेटमा कतारले आत्मघाती गोल उपहार पायो। कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई लाग्दै गोल भएको थियो। रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै कतारको अग्रता ४-० मा पुर्याए।

इन्ज्युरी समयको दोस्रो मिनेटमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले फुस्काएपछि कतारले ५-० को जित हात पार्यो। अब नेपालले खेल मंगलबार अफगानिस्तानविरुद्ध खेल्नेछ।

साफ च्याम्पियनसिपः नेपालविरुद्ध भारतको लगातार गोल !

काठमाडौं, चैत ८ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध भारतले ३-१ ले अग्रता बनाएको छ । पहिलो हाफमा १-१ को बराबरीमा रहेको खेलमा भारतले दोस्रो हाफको ६२औं र ७१ औं मिनेटमा गोल गर्दै भारतले ३ १ गोलको अग्रता बनाएको हो । पहिलो हाफमै अग्रता लिएको भारतसँगको खेलमा नेपालकी सावित्रा भण्डारीले बराबरीमा ल्याएकी थिइन् । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् । तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

साफ च्याम्पियनसिपः नेपालविरुद्ध भारतको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ८ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध भारतले २-१ ले अग्रता लिएको छ । पहिलो हाफमा १-१ को बराबरीमा रहेको खेलमा भारतले दोस्रो हाफको ६२औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । भारतले पहिलाे हाफमै अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै बराबरी बनाएकी थिइन् । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् । तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

विश्वकपपछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दै मेसी र रोनाल्डो

एजेन्सी । अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दुबैले सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका छन् । मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल खेल्दैछन् भने रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्न लागेका हुन्। दुबैले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। पोर्चुगल रोनाल्डोबिना नेशन्स कपको सेमिफाइनलमा पुगेको छ। ३४ वर्षिय रोनाल्डोले पोर्चुगलबाट १५४ खेल खेल्दै ८५ गोल गरेका छन् ।३१ वर्षिय मेस्सीले भने अर्जेन्टिनाबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरेका छन्। मेस्सी राष्ट्रिय टोलीमा फर्कने भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खुशी व्यक्त गरेका छन्।

नेपाल र कुवेतबीचको खेल बराबरी, किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन

काठमाडौं, चैत ८ । नेपाल र कुवेत बीचको मैत्रीपूर्ण फुटवल गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति अबेरसम्म भएको खेलमा गोलरक्षक किरण चेम्जोङका कारण नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन । खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन । प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ खेलाडीलाई डेब्यु दिएका थिए । उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे । विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए । नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ ।

साफ च्याम्पियनसिपः फाइनलमा नेपालको भिडन्त भारतसँग

विराटनगर, चैत ६ । विराटनगरको दशरथ रंगशालामा जारी ‘साफ महिला च्याम्पियनसिप फुटबल’ को फाइनलमा नेपाल र भारत खेल्ने भएका छन् । दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । पहिलो सेमिफाइनलमा नेपालको जितका लागि पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल भयो। नेपालको लागि पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक एक गोल गरे। पहिलो गोल नेपालका लागि ४२ औं मिनेटमा पुनम जर्गा मगरले गरिन्। खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोश्रो गोल गरिन्। त्यसैगरी खेलको ८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडर बलले श्रीलंकाको जाली चुमेपछि नेपालले ३–० ले अग्रता लियो। श्रींलकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन चार मिनेट बाँकी हुँदा चौथो गोल गर्यो। रेखा पौडेलले नेपालका लागि चौथो गोल गरेकी थिइन् पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। आफ्नो तेश्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन्। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालको लक्ष्य उपाधि रहेको बताए। नेपालले भारतसँग शुक्रबार फाइनल खेल्ने छ । प्रतियोगितामा नेपाल र भारत दुवै टिमले कुनै गोल खाएका छैनन् । भारत चारपटकको विजेता हो । नेपालले भने तीन पटक फाइनल यात्रा तय गरेको छ ।

साफ च्याम्पियनसिपः नेपाल फाइनल प्रवेश, श्रीलंका ४–० ले पराजित

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा जारी ‘महिला साफ च्याम्पियनसिप’ को सेमिफाइनलमा श्रीलंकालाई ४-० गाेलले  हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितका लागि आज चौथो गोल रेखा पाण्डेले ८५औं मिनेटमा, तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । नेपालले शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल भारत र बंगलादेशबीच बुधबार ३ः०० बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको ४ गोल

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले चौथो गोल गरेको छ । नेपालका लागि चौथो गोल रेखा पाण्डेले ८५औं मिनेटमा गरिन् । यसअघि, तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, सावित्राले प्रहार गरिन् तेस्रो गोल

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले तेस्रो गोल गरेको छ । नेपालका लागि तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा गरेकी हुन् । यसअघि, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले दोस्रो गोल गरेको छ । पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले अर्को गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरेकी छन् । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपाल १–० गोलले अगाडि (LIVE )

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनल श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा १ गोलको अग्रता बनाएको छ । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाइन् । गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

युरोपियन लिग फुटबल दुई साता ठप्प

एजेन्सी, बहुचर्चित युरोपका विभिन्न लिग फुटबल दुई साता रोकिने भएको छन । युरोकप छनोट, अफ्रिका कप, चाइना कप र विभिन्न देशबीचको अन्तर्राष्ट्रिय मैत्री खेलका कारण लिग चरणका खेल रोकिएको हो । लिगअन्तर्गत प्रिमियर लिग, इटालियन सिरिए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलहरु अब मार्च अन्तिमबाट सुरु हुनेछ । हालसम्म प्रिमियर लिगमा ३१ औं खेल सकिएको छ । केही टोलीले २९ औं र ३० औं खेल खेल्न बाँकी छ । यसैगरी सिरिए र ला लिगामा २८ औं, बुन्डेसलिगमा सबै टोलीले २६ औं, फेन्च लिग वानमा २९ औं चरणका खेल सकिएका छन् । केही टोलीले २८ औं र २९ औं खेल खेल्न बाँकी नै छ । मार्च २२ बाट अधिकांश दक्षिण अमेरिकी देशले मैत्रीपूर्ण खेल खेल्दैछन् । युरोपियन देशले मार्च २१ बाट सन् २०२० को युरो कप छनोट खेल्दैछन् । त्यसैले युरोपका लिग मार्च ३० तारिखबाट पुनः सञ्चालन हुनेछ ।

युरोपेली फुटबल महासंघद्वारा  रोनाल्डोलाई कारवाही

एजेन्सी । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डो कारवाहीमा परेका छन् । च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुसियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए । त्यसैलाई लिएर युरोपेली फुटबल महासंघले उनलाई कारवाही गरेको हो । युईएफएले ३४ बर्षका फरवार्डले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए । रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए ।

ला लिगामा बार्सा शीर्ष स्थानमा, मेसीको ह्याट्रिक

एजेन्सी । स्पेनिस जाइन्ट बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। आइतबार स्ट्राइकर लियोनेल मेसी ह्याट्रिक गरेपछि रियल बेटीसविरुद्ध बार्सिलोना ४–१ ले विजयी रह्यो। बार्सिलोनाका लागि थप एक गोल लुइस स्वारेजले गरे। रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काएपनि टिमका लागि निर्णायक बन्न सकेन्। पहिलो हाफको १८ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ४५ औं मिनेटमा पुन उनले ब्यक्तिगत तथा टिमको लागि पनि दोस्रो गोल गरे। पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले खेलको ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो। ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे तर ८५ औं मिनेटमा मेसीले लालिगामा ३३ औं ह्याट्रिक पुरा गरे। जितसँगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम राखेको छ। बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ५६ अंक रहेको छ। पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ।

११ महिनापछि युभेन्टसको पहिलो हार

एजेन्सी ।  इटालियन सिरी ए फुटबलको जारी सिजनमा युभेन्टसले पहिलो हार ब्यहोरेको छ । सिरी ए फुटबलमा अपराजित यात्रा बनाइरहेको युभेन्टसको जारी सिजनको यात्रालाई जेनोआले पूर्णविराम लगाउन सफल भएको हो । लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा पराजित हुँदा उसका स्टार स्ट्राइकर रोनाल्डो भने टिममा थिएनन्। घरेलु टोली जेनोआको जितमा युभेन्टसका पूर्व खेलाडी स्टेफानो स्टुरारोले ७२ तथा गोरानो पान्देवले ८१ औँ मिनेटमा गोल सम्भव बनाए। च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई आराम दिँदा ११ महिनापछि युभेन्टसले पराजय ब्याहोर्यो। युभेन्टस सिरी ए फुटबलमा यसअघि गतवर्षको २२ अप्रिलमा पहिलो पटक पराजित भएको थियो। जारी सिजनमा भने युभेन्टसले ३ खेलमा बराबरी गरेपनि पराजित भने भएको थिएन्। पराजयका बाबजुत युभेन्टसको लिगमा एकपक्षीय अग्रता जारी छ। युभेन्टसका लागि पाउलो डिबालाले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता दिएन्।

ईङलिश प्रिमियर लिगः शीर्ष स्थानमा उक्लियो लिभरपुल

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको जितमा सादियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। रायन बावेलले फुल्ह्यामका लागि एक गोल फर्काए। आइतबार राति नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले दुबै गोल दोस्रो हाफमा गरेको थियो। एभर्टनसँगको हारसँगै शीर्ष ४ मा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ। ३० खेलबाट ५७ अंक सहित ऊ तालिकाको छैठौं स्थानमा छ। जितपछि एभर्टन भने तालिकाको ११ औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज आर्सनल र न्यूक्यासल युनाइटेडबीच खेल हुने छ।