टी–१० लिगः आन्द्रेको टिमविरुद्ध मराठाको शानदार जित

काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत बंगला टाइगर्स विरुद्धको खेलमा मराठा अरबियन्स ७ विकेटले विजयी भएको छ ।

बंगला टाइगर्सले दिएको १ सय ७ रनको लक्ष्य मराठाले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि नजिबुल्लाह जर्दानले अविजित ३६, क्रिस लिन, यसवराज सिंह (नटआउट) ले २३–२३, एडम लिथले १४ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको टाइगर्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।

उसका लागि टम मोरिसले नटआउट ४३, रोबी फ्राइलिंकले १८, आन्द्रे फ्लेचरले १३ रन बनाए । अन्य खेलाडीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा मराठाका कसुन रजिथा, डिजे ब्रावोले २–२, दसुन शनाका, सिराज अहमद र लसिथ मलिंगाले १–१ विकेट लिए ।

यो संस्करणको प्ले अफ’मा मराठा अरबियन्ससहित कलन्दर्स, बंगला टाइगर्स र डेक्कन ग्लाडियटर्स पुगेका छन् ।

नर्थन वारियर्स, दिल्ली बुल्स, टिम आबुधाबी र कर्नाटक टस्कर्स भने यो सिजनको टी–१० को ‘प्लेअफ’ पुग्न असफल भए ।

आजै हुने तेस्रो खेलमा नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने र पारस खड्काआवद्ध टिम भिड्दै छन् ।

सन्दीपको टिम कर्नाटक टस्कर्स र पारसआवद्ध टिम आबुधाबी बीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुँदैछ ।

पारस र सन्दीपआवद्ध टिमको ‘सुपर लिग’ अन्तर्गतको यो अन्तिम खेल हो । दुवै टिमले समान पाँच म्याच खेलिसकेका छन् । जसमा टिम आबुधाबीले ५ खेलमा २ मा हार र एक म्याचमा मात्र जित निकालेको छ ।

टी–१० लिगः बंगला टाइगर्समाथि वाट्सनको टिमको शानदार जित

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनको पहिलो खेलमा बंगला टाइगर्सविरुद्ध डेक्कन ग्लेडिटर्स ६ विकेटले विजयी भएको छ । बंगलाले दिएको १ सय ९ रनको लक्ष्य डेक्कनले ९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान शेन वाट्सनले ४१, एन्टोन डेभसिचले २७, भानुका राजापाक्षेले १२ रन बनाए । यस्तै दान लरेन्स १२ र बेन कटिङ ८ रनमा अविजित रहे । बलिङमा बंगलाका डेभिड भिसाले २, क्वाइस अहमद, लियाम प्लन्केटले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगलाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो । उसका लागि कोलिन इनग्रामले ३७, रिलि रौसोले २६, टम मरिसले १५, रवि रोबी फ्राइलिंकले नटआउट १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा डेक्कन ग्लेडिटर्सका मिगाएल प्रिटोरियसले २ ओभरमा १० रन दिएर ३ विकेट लिए । यस्तै मेसन क्रेन र फवद अहमदले एक–एक विकेट लिए । यो लिगमा नेपाली क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने पनि छन् । सन्दीपआवद्ध टिमको खेल आज साँझ ७ः३० बजे छ ।

टी–१० लिगः बंगला टाइर्गसद्वारा वाट्सनको टिमलाई १०९ रनको लक्ष्य

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनको पहिलो खेलमा बंगला टाइगर्सले डेक्कन ग्लेडिटर्सलाई १ सय ९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको बंगलाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायाे । उसका लागि कोलिन इनग्रामले ३७, रिलि रौसोले २६, टम मरिसले १५, रवि रोबी फ्राइलिंकले नटआउट १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा डेक्कन ग्लेडिटर्सका मिगाएल प्रिटोरियसले २ ओभरमा १० रन दिएर ३ विकेट लिए । यस्तै मेसन क्रेन र फवद अहमदले एक–एक विकेट लिए । यो डेक्कनको दोस्रो र बंगला पहिलो खेल हो । डेक्कनमा अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वाट्सन र बंगलामा श्रीलंकान क्रिकेटर थिसरा परेरा कप्तान रहेका छन् । खेलको लाइभ हेर्न यहाँ क्लिक गर्नुस् यो लिगमा नेपाली क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने पनि छन् । सन्दीपआवद्ध टिमको खेल आज साँझ ७ः३० बजे छ ।

टी–१० लिगः बंगला टाइसर्गविरुद्ध बलिङ गर्दै वाट्सनको टिम (LIVE)

काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनकाे पहिलाे खेल अन्तर्गत डेक्कन ग्लेडिटर्सविरुद्ध बंगला टाइगर्सले टस हारेर ब्याटिङ गरिरहेको छ । डेक्कन दोस्रो र बंगला पहिलो खेल खेल्दै छ । डेक्कनमा अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वाट्सन र बंगलामा श्रीलंकान क्रिकेटर थिसरा परेरा कप्तान रहेका छन् । खेलको लाइभ हेर्न यहाँ क्लिक गर्नुस् यो लिगमा नेपाली क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने पनि छन् । सन्दीपआवद्ध टिमको खेल आज साँझ ७ः३० बजे छ ।

हङकङका विस्फोटक ब्याट्सम्यान आउट, नेपाल जित नजिक

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सातौं विकेट गुमाएको छ । हकङकले सातौं विकेटका रुपमा किन्चित शाहलाई ५३ रनमा गुमाएको हो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट क्याचआउट गराए । यसअघि अभिनाश बोहरा र करन केसीले ३–३ विकेट लिइसकेका छन् । यो समाचार तयार पार्दासम्म हङकङले ३३.३ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

नेपालविरुद्ध हङकङको १०० रन पूरा (स्कोरसहित)

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले एक सय रन पूरा गरेको छ । उसले २७ ओभरमा ५ विकेट गुमाएर एक सय रन पूरा गरेको हो । सस्तैमा पाँच विकेट गुमाएको हङकङले अहिले भने सम्हालेर खेलिरहेको छ । हकङकले पाँचौं विकेटका रुपमा कप्तान अजिज खानलाई शून्य रनमा गुमाएको थियो । उनलाई पनि अभिनाश बोहराले आउट गरे । यसअघि अभिनाशले शाहिद वासिफलाई १०, नजाकत खानलाई पनि ९ रनमा आउट गरेका थिए । हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् । यो समाचार तयार पार्दासम्म हङकङले २९.२ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर १ सय ९ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनको योगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी

हङकङको चौथो विकेट गुम्यो, अभिनाशलाई दोस्रो सफलता (स्कोरसहित)

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सस्तैमा ४ विकेट गुमाएको छ । हकङकले चौथो विकेटका रुपमा शाहिद वासिफलाई १० रनमा गुमाएको हो । उनलाई अभिनाश बोहराले आउट गर्न सफल भए । यसअघि उनले नजाकत खानलाई पनि ९ रनमा आउट गरेका थिए । खानलाई अभिनाश बोहराले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए । यसअघि हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् । सस्तैमा ३ विकेट गुमाए पनि हङकङले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म हङकङले ११ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ४६ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

हङकङले सस्तैमा गुमायो ३ विकेट, अभिनाशलाई पहिलो सफलता

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सस्तैमा ३ विकेट गुमाएको छ । हकङकले तेस्रो विकेटका रुपमा नजाकत खानलाई ९ रनमा गुमाएको हो । उनलाई अभिनाश बोहराले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए । यसअघि हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् । सस्तैमा ३ विकेट गुमाए पनि हङकङले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म हङकङले ९ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ४४ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

हकङकले सस्तैमा गुमायो पहिलो विकेट, करनलाई सफलता (स्कोरसहित)

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सस्तैमा पहिलो विकेट गुमाएको छ । हकङकले पहिलो विकेटकका रुपमा क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाएको हो । उनलाई करन केसीले आउट गरेका हुन् । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

नेपालको छैठौं विकेट पतन, विनाेद सस्तैमा आउट

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपालले छैठौं विकेटका रुपमा विनोद भण्डारीलाई १५ रनमा गुमाएको हो । यसअघि नेपालले आरिफ शेखलाई ४२, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फलाई शून्य रनमा गुमायो । यो समाचार तयार पार्दासम्म नेपालले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी

हङकङविरुद्ध नेपाललाई पाँचौं झड्का, पवन शून्यमै आउट

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटका रुपमा पवन सरार्फलाई शून्य रनमा गुमाएको हो । यसअघि नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई ४२ रनमा गुमाउन पुगे । उनले ३ छक्का र ३ चौकाको मद्दतमा ४८ बलमा ४२ रनको योगदान दिए । कुशल भुर्तेल १, दीपेन्द्रसिंह ऐरी ३७ र कप्तान ज्ञोनेन्द्र मल्ल शून्य रनमा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ४० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी

अमेरिकामा बस्दै आएका नेपालीलाई आयरल्याण्डमा अन्तर्राष्ट्रिय स्वर्ण पदक

काठमाडौंः अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु–२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपीएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आइपीएल प्रतियोगितामा मास्टर वान प्राप्त गरि सकेका थिए । गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल अन्तरराष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो । अक्टोबर २७ आइतबारका दिन आयरल्याण्डमा भएको प्रतियोगिता उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम बिश्व सामू चिनाउन सफल भएका छन् । उनी गत अक्टोबर २५ शुक्रबारका दिन अमेरिकाबाट आएरल्याण्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सरु भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा बिभिन्न राष्ट्रका बिभिन्न तौल समूहका खेलाडीहरु पुगेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो । युएसपिएलमा स्वर्ण पदक प्राप्त संगै आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनी उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि पूर्व योग्यता (प्रिक्वालिफाईड ) भएका थिए । कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् । अमेरिकामा नेपालीहरुको ईतिहासमा कार्की भारत्तोलनमा प्रवेश गरि अन्तरराष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् । नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् ।

सिरिज खेल्न नेपाली टिम सिंगापुर जाँदै, यस्तो छ खेल तालिका

काठमाडौंः सिंगापुरमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न नेपाली टोली बुधबार राति १० बजेपछि त्यसतर्फ जाँदैछ । सिंगापुरको सिरिजलगत्तै नेपाल ओमनमा हुने टी–२० सिरिजका लागि जाने तय भएको छ । नेपाल, जिम्बावे र सिंगापुरबीच त्रिकोणात्मक टी–२० सिरिज सिंगापुरमा असोज १० देखि १६ गतेसम्म हुँदैछ । नेपालले असोजमै १८ गतेदेखि २४ गतेसम्म ओमनमा हुने पाँच देश सम्मिलित टी–२० सिरिज पनि खेल्दैछ । त्यसमा ओमन र नेपालसहित हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स सहभागी हुँदै छन् । को को छन् टोलीमा ? पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल । सिंगापुर सिरिजको खेल तालिका (डबल राउन्ड रोबिन) जिम्बाबेसँग असोज १० सिंगापुरसँग असोज ११ जिम्बाबेसँग असोज १४ सिंगापुरसँग असोज १५ ओमान सिरिजको तालिका हङकङसँग असोज १९ नेदरल्यान्ड्ससँग असोज २० आयरल्यान्डसँग असोज २२ ओमानसँग असोज २३

स्पेनिस लिग ला लिगाः मेस्सी घाइते भएपछि मैदान छाडे

  काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलको गएराति भएको भिल्ला रियलसँगको खेलमा बार्सिलोनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी घाइते भएका छन् । खेलको पहिलो हाफमै मेस्सी घाइते हुँदा बार्सिलोनाका समर्थकहरु दुःखित भएका थिए र धेरैले दुःख प्रकट गरेका थिए । उनी घाइते हुँदा खेल केही समय रोकिएको थियो । उनी तिघ्राको समस्याले मैदान छाड्न पुगेका हुन् । यसअघि पिडुलाको समस्याले खेल्न नसकेका मेस्सीले ला लिगामा यस सिजनको पहिलो खेल खेलेका थिए । पहिलो खेलमै उनी घाइते हुन पुगे । उनले खेल्न नसक्दा उनको ठाउँमा डेम्बेले मैदान प्रवेश गरे । मेस्सीको अभावमै खेलमा बार्सिलोना २-१ को कठिन जित हासिल गर्न सफल भयो ।

टेक बहादुर चोखाल मेमोरियल कप फुटसल प्रतियोगिता हुने

धनगढीः पुर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो । पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा असोज ८ देखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडाका टिमहरुको सहभागीमा फुटसल प्रतियोगिता हुने सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाले बताए । उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदाहुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताए । टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा फुटसल प्रतियोगितालाई पनि थप गरेको बताए । उनले यो प्रतियोगिता हरेक बर्ष आयोजना हुने जानकारी दिए । निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजारसहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा परिचित थिए । नेपाली कांग्रेसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री भएका वेला चोख्याल कानुन मन्त्रीसमेत बनेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार रहेका चोख्यालको २०६६ कार्तिक २७ गते काठमाडौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमती दुई छोरा र एक छोरी छन् ।

यूरोपको सबैभन्दा ठूलो च्याम्पियन्स लिग आजदेखि, शीर्ष टीमलाई १० अर्ब पुरस्कार

एभरेष्ट डेस्कः यूरोपको सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता च्याम्पियन्स लिगको आज शुरुआत भइरहेको छ । फुटबलको संसारमा यो निकै ठूलो खेल मानिन्छ । ६४ वर्ष पुरानो यो टुर्नामेन्टमा ३२ वटा देशले भाग लिनेछन् । च्याम्पियन बन्ने टीमलाई करिब १० अर्ब रकम अर्थात् ८० मिलियन यूरो जित्नेछन् । यो फुटबल वल्र्ड कप जित्ने फ्रान्सको टीमको पुरस्कार राशीभन्दा करिब १४३ प्रतिशत बढी रकम हो । फ्रान्सलाई गत वर्ष फाइनल जित्दा करिब ४०० करोड रुपैयाँ पुरस्कार पाइएको थियो । यसपटक फाइनलको खेल इस्तानबुलको अतार्तुक स्टेडियममा ३० मई २०२० का दिन खेलिनेछ । Breakdown of prize money for 2019/20 Champions League Reaching the group stages: 15 million euros Reaching the round of 16: 9.5 million euros Reaching the quarter-finals: 10.5 million euros Reaching the semi-finals: 12 million euros Reaching the final: 15 million euros Winning the final: 4 million euros अहिलेसम्म सबैभन्दा स्पेनको क्लबले यो टुर्नामेन्ट जितेको छ । स्पेनिश क्लब १८ पटक जितेको छ भने ११ पटक फाइनल हारेको छ । यसैगरी दोश्रो स्थान इंग्ल्याण्डको छ । उसले ९ पटक हार र १३ पटक टुर्नामेन्टमा जीत हासिल गरेको छ । तेश्रोमा इटालीको क्लब छ । यसले १६ हारमा १२ पटक च्याम्पियनसीप जितेको छ । टुर्नामेन्टको अलटाइम टप स्कोर क्रिस्टियानो रोनाल्डोले जम्मा १६२ खेलमा १२६ गोल गरेका छन् । यसमा १०५ गोल रियल म्याड्रिडका लागि मात्रै गरेका छन् । बाँकी १५ गोल युनाईटेड र ६ गोल युभेन्टसका लागि गरेका छन् । दोश्रो स्थानमा लियोनल मेसीको छ । उनले १३५ खेलमा ११२ गोल हानेका छन् । रोनाल्डो ५ पटक च्याम्पियन्स लिग जित्ने टीमका सदस्य रहेका छन् । यो रेकर्डमा उनी दोश्रो स्थानमा छन् । पहिलो स्थानमा सबैभन्दा च्याम्पियन्स लिग स्पेनका पाको जेन्टोको नाम छ । उनले ६ पटक जितेका छन् ।