सागको सातौं दिन, आज कुन–कुन खेलमा हुँदैछ प्रतिस्पर्धा? (सूचीसहित)

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सातौ दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । शनिबारबाट काठमाडौंमा जुडो तथा ३ वाई ३ बास्केटबल शुरु हुँदैछन् ।

आर्चरी

पोखरामा हुने आर्चरीतर्फ नेपालसहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । शुक्रबार र्याङकिङ राउण्ड हुने छ । नेपालले कमजोर शुरुवात गर्दा बंगलादेश अघि रहेको छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन् । आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन् । अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

एथ्लेटिक्स

एथ्लेटिक्सतर्फ अन्तिम दिन आज म्याराथनमा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ७ बजेबाट सुरु हुने म्याराथनमा नेपालको तर्फबाट पुरुषतर्फ होमलाल श्रेठ, किरणसिंह बोगटी र महिलामा पुष्पा भन्डारी र राजपुरा पछाईले प्रतिस्पर्धा गर्नेछन् ।

बास्केटबल

बास्केटबलमा शनिबार महिला दुई र पुरुषमा तीन खेल हुनेछ ।

बक्सिङ

साग अन्तर्गत बक्सिङमा आज विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ दुई खेल हुनेछन् । पहिलो खेलमा नेपाल र बंगलादेश तथा दोस्रो खेलमा माल्दिभ्स र भुटानबीच खेल हुनेछ । नेपाललाई फाइनल पुग्न बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ । महिलातर्फ पोखरा क्रिकेट मैदानमा तेस्रो स्थानको लागि खेल हुनेछ ।

साइक्लिङ

साइक्लिङ अन्तर्गत अन्तिम दिन शनिबार महिला र पुरुषको व्यक्तिगत रोडरेस हुनछे । प्रतिस्पर्धा रिङरोडा हुनेछ ।

फेन्सिङ

फेन्सिङतर्फ शनिबार तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नयाँ बजार कीर्तिपुरमा हुने स्पर्धामा मेन्स फोइल इन्डिभिजुअल, वुमन्स साब्री इन्डिभिजुअल र वुमन्स इपी इन्डिभिजुअलमा शुरुवातदेखि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

फुटबल

फुटबलतर्फ शनिबार दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो १ः३० बजे घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपालको फाइनल पुग्ने सम्भावना बलियो रहनेछ । अपराजित नेपाल ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

आजै शीर्षस्थानमा रहेको भुटानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ः३० बजे शुरु हुनेछ । भुटानले जित हात पारे फाइनलमा स्थान बनाउनेछ ।

यस्तै महिला तर्फ आज राउन्ड रोविनको अन्तिम दिन दुई खेल हुनेछ । पोखरा रंगशालामा श्रीलंका र माल्दिभ्स बीच पहिलो खेल हुनेछ । भारत र नेपालबीच दोस्रो खेल हुनेछ । नेपाल र भारतले ९ डिसेम्वरमा स्वर्णका लागि खेल्नेछ ।

ह्यान्डबल

ह्याण्डबलमा शनिबार महिला र पुरुष दुवैतर्फ सेमिफाइन्लका खेल हुनेछ ।

जुडो

पदकको अपेक्षा गरिएको जुडोका खेलहरु आजबाट लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । पहिला दिन तौलमात्रै मापन हुनेछ । आइतबारदेखि प्रतिस्पर्धा शुरु हुनेछ ।

कबड्डी

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कबड्डीतर्फ शनिबार लिग चरणका खेल हुनेछ ।

स्वीमिङ

पौडीको तेस्रो दिन विभिन्न ७ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा महिला ८०० मिटर फ्रिस्टाइल रिले, पुरुष ४०० मिटर इन्डिभिजुल मिडले, पुरुष र महिला १०० मिटर ब्याकस्ट्रोक, महिला र पुरुष ५०० मिटर ब्रेस्ट स्ट्रोक र महिला ५० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा हुनेछ ।

सुटिङ

सुटिङतर्फ शनिबार दुई स्पर्धामा खेल हुँदैछन् । एयर पेस्ताल महिला र एयर राइफल मिक्स टिमा खेल हुनेछ ।

स्क्वास

शुक्रबारदेखि शुरु भएको स्क्वासमा महिला र पुरुषमा सेमिफाइनलका खेलसातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।

टेनिस

टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

बिच भलिबल

फेवाताल किनारमा जारी बिच भलिबलतर्फ आज पनि समूह चरणका विभिन्न खेलहरु हुनेछन् । शुक्रबार नेपालका चारै टोलीले सफलता हात पारेका थिए ।

भारोत्तोलन

भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ २ तथा महिलाको ३ खेल हुनेछ । पुरुषमा ८९ केजी, र ९६ केजीको प्रतिस्पर्धा हुनेछ । महिलामा ७१, ७६ र ८१ केजीको स्पर्धा हुनेछ ।

कुस्ती

जनकपुरमा जारी कुस्तीमा शनिबार महिला र पुरुषका दुई– दुई खेल हुनेछ ।

टी–२० सिरिजः भारतविरुद्ध हेटमाइरको शानदार अर्धशतक

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमै वेस्ट इन्डिज टिमका विस्फोटक ब्याट्सम्यान शिमरोन हेटमाइरले शानदार अर्धशतक बनाएका छन् । उनले ४ छक्का र २ चौकाको मद्दतमा ३५ बलमा अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हिटमायरको यो पहिलो अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ३ विकेट गुमाएर १ सय ५५ रन बनाइसकेको छ ।

१३औं सागः यी हुन् नेपाललाई ४१ स्वर्ण दिलाउने खेल र खेलाडी (सूचीसहित)

काठमाडौंः १३ औं सागमा नेपालले अहिलेसम्म ४१ स्वर्ण पदक जितेको छ । ४१ स्वर्णसहित नेपाल १३ औं सागको पदक तालिकामा दोस्रो स्थानमा छ भने भारत ७४ स्वर्णसहित पहिलो स्थानमा छ । नेपाललाई ४१ स्वर्ण दिलाउने खेल र खेलाडीको नाम यसप्रकार छः १. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते २. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते ३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते ४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते ५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते ६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते ७. अनु अधिकारी– (५० केजीमुनि) कराँते ८. नवीन रसाइली– (६७ केजी) कराँते ९. सुनिता महर्जन– (६८ केजी) कराँते १०. अनुपमा मगर– (६८ केजी) कराँते ११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से १३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से १४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से १६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम १७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम १८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो १९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो २०. सोनी गुरुङ – ट्रायथलन २१. हिमाल टमाटा– डुवालोथन २२. विजय सिञ्जाली– उसु (थाउलो) २३. सुस्मिता गुरुङ– उसु (थाउलो) २४. दीपक हमाल– उसु (थाउलो) २५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) २६. राजेश मगर– साइक्लिङ (डाउनहिल) २७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल) २८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो २९. सक्षम कार्की– तेक्वान्दो ३०. निमा घर्ती मगर– उसु ३१. लक्ष्मी मगर– साइक्लिङ ३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ ३३. गौरिका सिंह– पौडी ३४. भुपेन श्रेष्ठ– तेक्वान्दो ३५. जुनी राई– उसुको ससान्सा ३६. सञ्जु चौधरी– भारोत्तोलनमा ३७. गोपीचन्द्र पार्की– एथलेटिक्स ३८. सुभाष तामाङ– पुरुष व्यक्तिगत गल्फ ३९. विकास थापा– भारोत्तोलन ४०. शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ– गल्फको पुरुष टिम इभेन्ट ४१. गौरिका सिंह– पौडी

गौरिका सिंहले दिलाइन् नेपाललाई अर्को स्वर्ण

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् । गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् । गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो । उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

विकासले जिते स्वर्ण, नेपालको स्वर्ण संख्या ४० पुग्यो

पोखराः भारोत्तोलन खेलाडी विकास थापाले स्वर्ण जितेकाछन् । शुक्रबार दिउँसो पोखरामा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् । स्न्याच १२३ तर्फ र क्लिन एन्ड जर्कमा १४९ गरी उनले कुल २६९ केजी भार उठाए । रजत बंगलादेशले जित्यो भने पाकिस्तानका खेलाडी घाइते भएकाले यसमा कसैले पनि कास्य पाएन । भारतमा भएको अघिल्लो सागमा विकासले रजत जितेका थिए ।

१३ औँ सागः माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपाल ८४ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्याे । उसका लागि मोहम्मद अजामले सर्बाधिक अविजित १७ रन बनाए । बलिङमा नेपालका सुशन भारी, ललितनारायण राजवंशीले २-२ र पवन सराफले एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो । नेपालका लागि करन केसीले बिस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाए ।

माल्दिभ्सकाे तेस्रो विकेट पतन, ललितले दिलाए सफलता

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले तेस्रो विकेट गुमाएको छ । उसले तेस्रो विकेटका रुपमा १० ओभरको अन्तिम बलमा अहमद हसनलाई ६ रनमा गमाएको हो । उनलाई ललितनारायाण राजवंशीले आउट गरे । उनले ८.४ ओभरमा उमर आदमलाई पनि ९ रनमा आउट गर्न सफल भएका थिए । यसअघि माल्दिभ्सले ५.५ ओभरमा मोहम्मद रिजवानलाई १३ रनमा गुमाउन पुग्यो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो । नेपालका लागि करन केसीले बिस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाए ।

गल्फको पुरुष टिम इभेन्टमा पनि नेपाललाई स्वर्ण, स्वर्ण संख्या ३९ पुग्यो

काठमाडौंः १३ औं साग अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । योसँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए ।

श्रीलंकासँग नेपाल पराजित, पूरा भएन फाइनल पुग्ने सपना

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपाल फाइनल पुग्न असफल भएका छन् । आज टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध ४१ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो । श्रीलंकाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनायो । नेपालका लागि कप्तान रुबिना बेल्बासीले सर्बाधिक १९ रन बनाइन् । यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५, कप्तान हर्षित मडावीले १६,  सत्य सन्दीपनीले २२, उमेषा थिमाशिनीले २ र जिमान्जाली विजनेयके रन बनाइन् । बलिङमा नेपाली सोनु खड्का सरस्वतीकुमारी चौधरीले २–२ र अञ्जली चन्दले एक विकेट लिइन् ।

व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले जिते स्वर्ण, नेपालको स्वर्ण संख्या ३८ पुग्यो

काठमाडौंः १३ औं साग अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा बंगलादेशका महोम्मद फरादलाई हराउँदै स्वर्ण दिलाए । फरादले रजत हात पारे भने नेपालकै शुक्रबाहदुर राईले कांस्य जितेका छन् । योसँगै नेपालको स्वर्ण संख्या ३८ पुगेको छ ।

माल्दिभ्सविरुद्ध नेपालको चौथो विकेट पतन, रोहित पनि सस्तैमा आउट

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा ४ विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा रोहितकुमार पौडेललाई १० रनमा गुमाएको हो । यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई १९, आरिफ शेखलाई १९, आरिफ शेखलाई १७, पारस खड्कालाई ११ रनमा गुमाइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

माल्दिभ्सविरुद्ध नेपालले एक ओभरमा गुमायो २ विकेट!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा ३ विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई १९ रनमा गुमाएको छ । यसअघि आरिफ शेख १९, आरिफ शेख १७, पारस खड्का ११ रनमा आउट भइसकेका छन् । आरिफ ५.२ र मल्ल ५.६ ओभरमा आउट भएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

माल्दिभ्सविरुद्ध नेपालाई पहिलो झड्का, पारस सस्तैमा आउट

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पारस खड्कालाई ११ रनमा गुमाएको हो । उनी १.६ ओभरमा ‘क्याच आउट’ हुने पुगे । आज नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

१३ औँ सागः माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

पूर्वकप्तान खड्काले अञ्जलीलाई दिए बधाई

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा विश्व कीर्तिमान बनाउन सफल नेपाली महिला क्रिकेट टिमकी बलर अञ्जली चन्दलाई बधाई दिएका छन्। पारसले ट्विटरमार्फत अञ्जलीलाई बधाइ दिँदै भनेका छन्, ‘साग महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा विश्व कीर्तिमान बनाउन सफल भएकोमा अञ्जली चन्दलाई हार्दिक बधाई ।’ पारस यस्तै सफलतालाई निरन्तरता दिन पनि शुभकामना दिएका छन्। १३औं सागअन्तर्गत आज पोखरामा माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले विश्व टि–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएकी थिइन्। उक्त खेलमा २.१ ओभर बल फ्याँकेकी उनले कुनै रन नदिइ माल्दिभ्सको ६ विकेट लिन सफल भएकी थिइन्। २.१ ओभर बलिङ गर्दा कुनै रन नदिई ६ विकेट लिएर उनले विश्व कीर्तिमान बनाएकी हुन्। Congratulations  to Anjali chand for setting up a world record today in the Womens SAG Match against maldives.Keep up the great work ..!!! pic.twitter.com/pt5SWAZ7dN — Paras Khadka (@paras77) December 2, 2019

१३औं सागः पहिलाे दिनमै को–काेले दिलाए नेपाललाई स्वर्ण? (नामसहित)

काठमाडौंः नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पहिलो दिनमै १५ स्वर्ण जितेको छ । नेपालमा कराँतेमा र तेक्वान्दोमा सात–सात वटा गरि कुल १४ स्वर्ण पदक जितेको छ । ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १५ पुर्‍याएको छ । काे–काेले जिते कराँतेमा स्वर्ण? कराते (एकल काता)– मण्डेकाजी श्रेष्ठ कराते (टिम काता, महिला)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की कराते (५५ केजी)– लक्ष्मण तामाङ कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ कराते (४५ केजी मुनी)– कुसुम खड्का कराते (५० केजी मूनि)– अनु अधिकारी तेक्वान्दो पुम्से (२३–२९ वर्ष )– कमल श्रेष्ठ तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )– पार्वती गुरुङ तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना पुम्से महिला टिम (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई ट्रायथलन– सोनी गुरुङ रजत पदक कराते (एकल काता)– चन्चला दनुवार तेक्वान्दो पुम्से (१७-२३ वर्ष)– कृष्णबहादुर तामाङ कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ कास्य पदक तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– अस्मिन राउत र सिना मादेन लिम्बु तेक्वान्दो पुम्से (२३–२९ वर्ष )– जितबहादुर बोट र पार्वती गुरुङ ट्रायथोलन– बसन्त थारु