भारतविरुद्ध हेटमाइरको शानदार शतक

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज टिमका महत्वपूर्ण सदस्य शिमरोन हेटमाइरले शानदार शतक बनाएका छन् ।

उनले ८५ बलमा ४ छक्का र ८ चौकाको मद्दतमा शतक बनाएका हुन् । वानडेमा हिटमायरको यो पाँचौ शतक हो ।

यो समाचार तयार पार्दासम्म वेस्ट इन्डिजले ३३ ओभरमा १ विकेट गुमाएर १ सय ७८ रन बनाइसकेको छ ।

अब वेस्ट इन्डिजलाई जितका लागि १ सय १० रनको आवश्यकता छ । र, उसँग हातमा ९ विकेट सुरक्षित नै छ ।

यसअघि चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए ।

रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे ।

बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।

सागकी स्वर्ण विजेता धामीलाई गृहनगरमा भव्य स्वागत (तस्बिरसहित)

महेन्द्रनगरः हालै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगिता धामीलाई गृह नगरमा भव्य स्वागत गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ३ की १९ वर्षिया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन् । नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन् । भीनपा वडा कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा महेन्द्रनगर बजारमा विजय र्याली निकालेको छ । बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको छ । वडा कार्यालयमा गरिएको समापन कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५ सय २५ रुपैँया नगद समेत प्रदान गरे । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरे । कार्यक्रममा वडा अध्यक्ष जप्रेल सहित वडा नं. ७ का अध्यक्ष शंंकर कुँवर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्यालीमा सहभागी भएका थिए । वडा अध्यक्ष जप्रेल सहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरेका थिए । वडा अध्यक्ष धामीले जप्रेलले सागमा स्वर्ण जितेर भीमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश र देशको मान प्रतिष्ठा बढाएको बताए । ‘संगिताको जीत हाम्रो वडाको पनि जित हो,’ वडा अध्यक्ष राम बहादुर जप्रेलले भने, ‘यो सारा नेपालीको जीत हो ।’

भारतद्वारा वेस्ट इन्डिजलाई २८८ रनको लक्ष्य, शतक बनाउन चुके पन्त र अय्यर

काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई २ सय ८८ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो । उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए । रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे । बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।

टेष्ट सिरिजः श्रीलंकाविरुद्ध बाबरको शानदार शतक

काठमाडौंः श्रीलंका विरुद्धको टेष्ट सिरिजको पहिलो इनिङ्समा पाकिस्तान क्रिकेट टिमका महत्वपूर्ण सदस्य बाबर आजमले शानदर शतक बनाएका छन् । उनले १४ चौकाको मद्दतमा १२० बलमा शतक बनाएका हुन् । टेष्ट क्रिकेटमा बाबरको यो तेस्रो शतक हो । खेलको पाँचौ अर्थात् अन्तिम दिनमा पाकिस्तानले ६९ ओभरमा २ विकेट गुमाएर २५२ रन बनाएको छ । श्रीलंकाले पहिलो इनिङ्स ३०८ रन बनाएको थियो ।

वानडे क्रिकेटमा ऋषभ पन्तको पहिलो अर्धशतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतीय टिमका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले शानदार अर्धशतक बनाएका छन् । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । वान डे अन्तर्राष्ट्रिय क्रिकेटमा पन्तको यो पहिलो अर्धशतक हो । यसअघि वानडेमा उनको उच्च स्कोर ४८ रन थियो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।  

पीपीएलः कुसल चम्किँदा काठमाडौंमाथि पोखराको फराकिलो जित

काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सविरुद्ध पोखरा पल्टन ९ विकेटले विजयी भएको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा पूरा गर्‍यो । उसका लागि कुसल भुर्तेलले नटआउट ४३ बलमा ६८ रन बनाए । यस्तै रविइन्द्रर सिंहले ३२ बलमा अविजित ३८ रनको योगदान दिए । आसिफ शेख १४ रनमा आउट भएका थिए । बलिङमा काठमाडौंका सुशन भारीले एक विकेट लिए । यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि सुबोध भाटीले २९ बलमा समान ४ छक्का र चौकाको मद्दतमा सर्बाधिक ४५ रन बनाए । सुशन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका लागि सुवास खकुरेल, पवन सराफले ६–६, कप्तान ज्ञानेन्द्र मल्लले १, पृथु बाँस्कोटाले ७, बसन्त रेग्मीले ८ रनको योगदान मात्र दिन सके । बलिङमा पोखराका कुसल मल्लले २–२, प्रथमेश डाके र सर्बाजित लाडले एक–एक विकेट लिए ।

१३ औँ सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा

काठमाडौंः राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पुर्याइएको थियो । बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो । साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गरेका थिए । सरकारले यसअघि सागका स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।

सागमा पदक जितेका खेलाडीलाई शहर परिक्रमा गराइने

काठमाडौंः सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई उपत्यका परिक्रमा गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने बिहीबार तय हुनेछ । सागमा नेपालले ५१ स्वर्ण जितेको छ । यस्तै ६० रजत र ९५ कांस्य जितेको छ ।

बीबीएल खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौंः बिग बास लिग (बीबीएल) खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी बुधबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । गत सिजन मेलबर्न स्टार्सबाट खेलेका उनले यो संस्करण पनि त्यही टिमबाट बीबीएल खेल्दै छन् । यो सिजनको बीबीएल १७ डिसेम्बरदेखि सुरु हुँदैछ । सन्दीपआवद्ध मेलबर्न स्टार्सको पहिलो खेल २२ डिसेम्बरमा छ । मेलबर्नले पहिलो खेलमा होबार्ट हरिकेन्सको सामना गर्दैछ । सन्दीपआवद्ध मेलबर्न गत सिजनको उपविजेता टिम हो । योपटक पनि टिमको नेतृत्व अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले गर्दै छन् । मेलबर्नसँग यो सिजनमा को–को छन् क्रिकेटर? हेर्नुस् सूची ग्लेन म्याक्सवेल (कप्तान) मार्कस स्टोइनिस निक म्याडिन्सन निक लार्किन हिल्टन कार्टराइट जोनाथन मेर्लो बेन डंक पीटर ह्यान्सकम्ब नाथन कुल्टर नाइल सेब गोच एडम जम्पा क्लिन्ट हिन्चलिफ डानियल वर्रल जयक्सन कोलम्यान सन्दीप लामिछाने डेल स्टेन लान्स मोरिस प्याट ब्राउन थोमस लाचलान

भारतलाई दोस्रो झड्का, पन्त शून्यमै आउट!

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमले दोस्रो विकेट गुमाएको छ । भारतले दोस्रो विकेटका रुपमा ऋषभ पन्तलाई गुमाएको हो । उनी १२.२ ओभरमा शून्य रनमा किरण पोलार्डको बलमा क्याच आउट भए । अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पन्तले आज भने २ बलमा खाता नखोल्दै मैदान बाहिरिए । यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर रोहित शर्मालाई ७१ रनमा गुमाउन पुग्यो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १३ ओभरमा २ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ । तीन खेलको सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् । पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो । सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

निर्णायक खेलमा केएल राहुलको शानदार अर्धशतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमका ओपनर केएल राहुलले शानदार अर्धशतक बनाएका छन् । उनले समान ६ चौका र २ छक्काको मद्दतमा २९ बलमा अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो ८ औँ अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १० ओभरमा बिनाविकेट १ सय १६ रन बनाएको छ । तीन खेलकाे सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् । पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो । सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

टी–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध रोहितको शानदार अर्धशतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमका ओपनर तथा उपकप्तान रोहित शर्माले शानदार अर्धशतक बनाएका छन् । उनले समान ४ छक्का र चौकाको मद्दतमा २३ बलमा अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो १९ औँ अर्धशतक हो । अघिल्लो खेलमा सस्तैमा आउट भएका रोहितले आज भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको हो । तीन खेलकाे सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् । पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो । सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

सागमा सेनाका खेलाडीको योगदान: २३ स्वर्णसहित १०३ पदक

काठमाडौंः १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कांस्य पदक प्राप्त गरेका छन् । प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरिन् । तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे । यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरे । महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो । उनले भने,‘‘खेलाडी छनोटमा हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।’

पीपीएलः खेल तालिका सार्वजनिक

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्नेछन् । मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन र धनगढी ब्लुज सहभागि हुनेछन् ।

प्रधानमन्त्री ओलीको घोषणाः स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कार

काठमाडौंः दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले जनही नगद ९ लाख रकम पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् । त्यस्तै प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई ३ लाख नगद पुरस्कारको घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख रूपैयाँ दिइनेछ । समूहगत प्रतिस्पर्धातर्फ भने प्रत्येक खेलाडीले स्वर्णतर्फ दुई लाख, रजततर्फ एक लाख ५० हजार र कांस्यतर्फ एक लाख रूपैयाँ नगद पुरस्कार दिइने घोषणा गरिएको छ । तर, फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँच लाख रुपैयाँ दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ । पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । नेपालले सागमा यति धेरै स्वर्ण पदक जितेको यो पहिलो हो । राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदकजित्नेलाई तीन लाख र कांस्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ।

राष्ट्रपति भण्डारीद्वारा खेलाडीलाई बधाई

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपतिले बुधबार ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छन् । साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छन् । राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताएकी छन् ।