याे सिजनकाे इपीएल ‘डी–स्पोर्ट्स’मा लाइभ हेर्न पाइने

काठमाडौंः यो सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्रत्यक्ष प्रसारण ‘डी–स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलले गर्ने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे जानकारी दिए । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । यो संस्करणको ईपीएल आउँदो फागुन १७ देखि चैत्र १ गतेसम्म हुने छ ।

ईपीएलमा ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।

नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठ विजयी

काठमाडौंः  नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ विजयी भएका छन् । उहाँले निकतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई सातमत अन्तरले हराएका हुन् । श्रेष्ठले १७ मत प्राप्त गर्दा उमेशलालले १० मत पाएका थिए । महासचिव पदमा जीवनराम श्रेष्ठ प्यानलकै लिलेन्द्रराज श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी, पाँच उपाध्यक्ष पदमा भएको निर्वाचनमा ज्योती राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी भए । उपमहासचिव पदका लागि भएको निर्वाचनमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्वाचित भए । तीनवटा पद भएको सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठले बाजी मारे । सचिवका लागि भएको निर्वाचनमा केशवकुमार विष्ट सफल हुन सकेनन् । राखेपका पूर्वसदस्यसचिव पनि रहेका विष्ट १७ मतसहित पराजित भए । नेपाल ओलम्पिक कमिटीको सातजना सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले र राम अवाले सफल भए ।

नेपाल पहिलो पटक साख परीक्षण गराउँदै

काठमाडौं । नेपालले पहिलोपटक आफ्नो साख परीक्षण अर्थात् ‘कन्ट्री क्रेडिड रेटिङ’ गराउँदै छ। सरकारको योजनाअनुसार सन् २०१९ को अन्त्यसम्म अर्थात् आगामी पुससम्ममा नेपालको साखको स्तर निर्धारण भइसक्ने छ। वैदेशिक लगानी आकर्षण गर्न अपरिहार्य सर्त मानिएको नेपालको साख परीक्षणका लागि आवश्यक तयारीहरू तीव्रताका साथ अघि बढिरहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपालको आर्थिक समृद्धिका लागि स्वपुँजी मात्र पर्याप्त नहुने भएपछि नेपालले विदेशी लगानी आकर्षित गर्न विभिन्न योजना अगाडि सार्दै आएको छ। सरकारले अघिल्लो आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाले विदेशी बैङ्कबाट ऋण ल्याउन पाउने नीतिगत व्यवस्था गरेको थियो। त्यस्तै गत चैतमा सम्पन्न लगानी सम्मेलनमा विभिन्न परियोजनामा लगानी आह्वानसमेत गरिएको थियो तर दुवै खाले प्रयासमा नेपालले अपेक्षा गरेअनुरूप रकम नेपाल भित्रिन सकेन। यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

२० करोड लगानीमा सिन्धुलीमा दुई रंगशाला बन्दै

काठमाडौं । सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए । ३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो । दुधौली नगरपालिका वडा नं ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

युएस ओपनको फाइनलमा सेरेना

एजेन्सी । अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । शुक्रबार बिहान भएको खेलमा आठौँ वरियताकी सेरेनाले पाँचौँ वरियताकी युक्रेनी खेलाडी एलिना एसभिटोलिनालाई ६–३, ६–१ ले पराजित गरिन् । एलिनामाथि सहज जित निकालेसँगै ३७ वर्षीया सेरेना किर्तिमानी २४ औँ ग्रान्डसलाम उपाधिको बराबरी नजिक पुगेकी छन् । ६ पटक युएस ओपन विजेता सेरेनाले फाइनलमा क्यानडाकी वियन्का एन्डे«स्क्यूसँग प्रतिस्पर्धा गर्ने छिन् । शुक्रबार नै भएको अर्कोे सेमिफाइनल खेलमा वियन्काले स्वीस खेलाडी वेलिन्डा वेन्सिचलाई ७–६, ७–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।

प्रकाश दाहाल स्मृति पुरुष भलिबल भदौ २४ देखि, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौंः  प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी गरएको हो । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी स्थापना भर्खरै स्थापित भएको प्रगतिशल युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशि हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए । प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ । प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ । प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष उद्घाटनले गर्ने छन् ।

रंगशाला बनाउन चितवनबासीको दरिलो साथ, युवा संघले दियो ५५ लाख

चितवन, साउन ९ । उद्योग वाणिज्य संघ चितवनले निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आज एक औपचारिक कार्यक्रमकाबीच संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । संघले संस्थागत रुपमा यो रकम सहयोग गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , संघका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो । राष्ट्रकै गौरवको परियोजना भएकाले संघले संस्थागत रुपमा सहयोग रकम प्रदान गरेको अध्यक्ष प्रधानले बताए । रंगशाला निर्माणले राष्ट्रको छवि बृद्धि हुने मात्र नभई चितवन जिल्लाको समग्र बिकासमा कोशेढुंगा सावित हुने प्रधानले वताए । समृद्धिको सुचकका रुपमा रहेको रंगशाला निर्माणमा सबैको साथ सहयोग दिनानुदिन वृद्धि हुदै गएकोमा महानगर प्रमुख दाहालले खुसी ब्यक्त गरे । जिल्लाबासीको उत्साहपूर्ण साथ सहयोगले आफुलाई प्रसस्त हौसला मिलेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाई छ । रंगशाला निर्माणका लागि चितवन वासीले फाउण्डेशनलाई दरिलो साथ दिएका छन् । प्रत्येक स्थानीय तहले सहयोग समिति समेत गठन गरेर काम अघि बढाएका छन् । केही दिन अघि मात्र चितवन निवासी उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य डा. तीलचन्द्र भट्टराईले रंगशाला निर्माणका लागि ब्यक्तिगत १० लाख सहयोग गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्वर १५ मा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिनादेखि रोकिएको काम फाउण्डेशनले फेरी सुचारु गरिसकेको छ ।

कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्यो

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । उसले फाइनलमा पेरुलाई ३–१ ले हराउँदै आइतबार आफ्नै भूमिमा उपाधि जितेको हो । सन् २००७ यता कोपा अमेरिका फुटबलको उपाधि बिहीन रहेको ब्राजिलले घरेलु मैदानमा १२ वर्षपछि ट्रफी उचालेको हो । पेरुलाई पराजित गर्ने क्रममा ब्राजिलका युवा खेलाडी गाब्रिएल जिससले एक गोल गरे भने एक गोलका लागि सहयोग गरे । उनी त्यसपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भए पनि ब्राजिलले उपाधि उचालेर घरेलु मैदानमा उत्सव मनायो । उसका लागि सोउसा सोएरिस र रिचार्लिसनले एक एक गोल गरे । पेरुका लागि पाओलो गुएरिरोले पेनाल्टी मार्फत एक गोल फर्काए । १५ औँ सोउसाको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लियो । ४४ औँ मिनेटमा पेरुले पेनाल्टी पायो, त्यसमा गुएरिरोले पेरुका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जिससले गोल गर्दै पुनः ब्राजिललाई अग्रता दिलाए । ७० औँ मिनेटमा उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए । ९० औँ मिनेटमा ब्राजिलले पेनाल्टी पायो, त्यसमा रिचार्लिसनले गोल गरे । ब्राजिल ३–० ले विजयी भयो । ब्राजिल अर्जेन्टिनालाई तथा पेरु चिलेलाई पराजित गर्दै फाइनलमा आएका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तेस्रो स्थानका लागि भएको चिलेसँगको खेलमा रातो कार्ड पाएपछि प्रतियोगिता आयोजक ब्राजिललाई उपाधि जिताउन लागि परेको आरोप लगाएका थिए । तर ब्राजिलले फाइनल खेलमा रातो कार्डा, गोल र पेनाल्टीसहित उपाधि जित्यो । ब्राजिलले नवौँ पटक कोपा अमेरिकाको उपाधि जितेको हो । सन् २०१६ को ओलम्पिकमा गोल्ड मेडल जितेपछि ब्राजिलको पहिलो उपाधि हो । उसले आफूले आयोजना गरेका सबै पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

कोपा अमेरिका कपः पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी । कोपा अमेरिका कप फुटबलको उपाधि दावेदार अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता खोलेको थियो । पाराग्वेका लागि रिचार्ड स्यान्चेजले सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले ५७ मिनेटमा पेनाल्टी बराबरी गोल फर्काएको थियो । कप्तान लियोनल मेस्सीले पेनाल्टीको सदुपयोग गरे । त्यसअघि मेस्सीको प्रहार बारमा लागेर फर्किएको बललाई डिबम्सभित्र पाराग्वेका रक्षकले ह्यान्ड गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको मौका दिईएको थियो । पाराग्वेले ६२औं मिनेटमा पेनाल्टीको अवसर खेर फालेको थियो । पाराग्वेका डेर्लिस गोन्जालेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले विफल पारिदिएका थिए । गोन्जालेजलाई डिबक्स भित्र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले फल हानेपछि रेफ्रीले पाराग्वेलाई पेनाल्टी दिएका थिए । पहिलो हाफमा लगातार गोलको मौका बनाएको अर्जेन्टिनालाई हारबाट जोगिन दोस्रो हाफमा भिएआरको सहयतामा पाएको पेनाल्टीनै राहत बन्यो । यस बराबरीसँगै अर्जेन्टिना एक अंक सहित तालिकाको अन्तिममा छ । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो । यसैगरी बिहिबार बिहानै भएको समूहको अर्को खेलमा कोलम्बियाले एयसयाली टोली कतारलाई १–० गोलले हराएको छ । कोलम्बियाको जितमा डुभान जापाटाले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै कोलम्बिया एक खेल अगाडीनै क्वार्टरफाइनलमा पुगेको छ । लगातार दुई जित हात पारेको कोलम्बिया ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दुई अंक बनाएको पाराग्वे दोस्रो स्थानमा छ । एक अंक बनाएको कतार गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

उदयपुर गोल्डकपः मोरङलाई हराउँदै एपीएफ फाइनल प्रवेश

काठमाडौं, असार ५ । छैठौं उदयपुर गोल्डकपको अन्तिम सेमिफाइनलमा घरेलु टोली उदयपुर–११ र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीच खेल हुने भएको छ। उदयपुरले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने, रुपन्देहीले संकटा क्लबलाई पराजित गर्दै उदयपुरसँगको भेट पक्का गरेको थियो। यस्तै बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल एकेडेमीलाई २–० को पराजित पराजित गर्दै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि दाबेदार मानिएका दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए। सशस्त्रले सुरुवातको ११ औं मिनेटमा हरि कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको खेलको ४४ औँ मिनेटमा नै सशस्त्रका स्ट्राइकर प्रवीण स्याङ्तानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसपछि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन। प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ।

विश्वकप क्रिकेटः ५५ रन बनाउँदै आउट भए अमला

काठमाडौं, असार ४ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा दक्षिण अफ्रिकाका ओपनर हसिम अमला ५५ रन बनाउँदै आउट भएका छन् । उनीसँगै द. अफ्रिकाले तेस्रो विकेट गुमाएको छ । अमलाले ४ चौकाको मद्दतमा ८३ बलमा ५५ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो अर्धशतक हो । अमलालाई मिचेल सान्टनरले आउट गरे । टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाको सुरुवात आज पनि खराब रह्यो । उसले दोस्रो ओभरको पाँचौं बलमा क्विन्टन डि ककलाई ५ रनमा गुमायो । यस्तै, दोस्रो विकेटका रुपमा अफ्रिकाले कप्तान फाफ डुप्लेसीसलाई २३ रनमा गुमाउन पुग्यो ।

कोपा अमेरिकाः इक्वेडरमाथि उरुग्वेको सहज जीत

एजेन्सी । कोपा अमेरिका फुटबलमा उरुग्वेले इक्वेडरमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गर्दा समूह ‘सी’ मा महत्वपुर्ण तीन अंक जोड्न सफल भयो। उरुग्वेले खेलको सुरुवात देखी नै बलमा पकड कायम गरेको थियो। लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए। २४ औं मिनेटमा जोसे क्विन्टेरोस सिंधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो। ३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे। उनले गोडीनको हेडर पासलाई ६ यार्ड बक्सभित्र उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए। पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३–० को अग्रता दिलाए। दोस्रो हाफमा थप आक्रामक बनेपनि उरुग्वेले उपहार गोल मार्फत अग्रता फराकिलो बनायो। ७८ औं मिनेटमा मिनाले क्लियर गर्न खोजेको प्रहार सिधै आफ्नै पोस्टमा छिरेको थियो। यो जितसँगै उरुग्वेले समूह ‘सी’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र उरुग्वेसँगै यस समूहमा जापान र चिली पनि रहेका छन्।

युरोकप छनोटः इस्टोनियाबिरुद्ध जर्मनीको शानदार जीत

एजेन्सी । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले इस्टोनियाविरूद्ध गोलको बर्षा गरेको छ। एकपक्षीय खेलमा जर्मनीले इस्टोनियालाई ८-० को फराकिलो अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा जर्मनीले फराकिलो जित निकाल्दा मार्को रिउस र सर्जी जिनाब्रीले २/२ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेको नाममा १/१ गोल रह्यो। जर्मनीले पहिलो हाफमै ५ गोल गरेको थियो । उसले दोस्रो हाफमा ३ गोल थप्यो। जर्मनीका लागि १० औं मिनेटमा मार्को रिउसले थिलो केरहरको पासमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि १७ औं मिनेटमा लिरोए सानेको पासमा सर्जी जिनाब्रीले गोल गरे । २० औं मिनेटमा जोसुवा किम्मिचको पासमा लियोन गोरेट्काले गोल गरेपछि अग्रता ३-० मा पुग्यो। जर्मनी रोकिएन। २६ औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गरे। त्यसपछि ३७ औं मिनेटमा मार्को रिउसले व्यक्तिगत दोस्रो गोल गरे। योसँगै उसले पहिलो हाफमा ५ गोललको अग्रता बनायो। दोस्रो हाफमा जर्मनीले ३ गोल थप्यो। ६२ औं मिनेटमा सर्जी जिनाब्रीले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरे । ७९ औं मिनेटमा टिमो वेर्नरले गोल गरे। ८८ औं मिनेटमा लिरोए सानेले गोल गरेपछि जर्मनीले ८-० को फराकिलो जित निकाल्यो। यो जितसँगै जर्मनी समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। यो समूहमा ४ खेलबाट १२ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।

इबरसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाण्डौ, जेठ ६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इबरसँग बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इबरसँग २–२ गोलको बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे । इबरविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनको सबैखाले प्रतियोगितामा ५० औँ गोल पुरा गरेका छन् । बराबरीसँगै बार्सिलोनाले ८७ अंक जोड्दै एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पारेका छ । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक छ । बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ ।

एफ ए कपको उपाधि सिटीलाई

काठमाडौं, जेठ ५ । म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी सिटीले एफए कपको उपाधि जितेको हो । जितसँगै म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो । इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलोपटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जेससले २–२ गोल गरे । पूरै सिजन प्रभावशाली देखिएको म्यानचेस्टर सिटीले वाटफोर्टविरुद्ध पनि एकपक्षीय हाबी भयो । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो । २६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा ३–० को अग्रता कायम गर्ने क्रममा जेसस र बर्नान्डो शिल्भाले गोल गरे । दोस्रो हाफमा स्टर्लिङले २ गोल गर्दा जेससले १ गोल थपे । म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक । सन् २०१६ मा म्यान्चेस्टर आएयता ग्वार्डिओलाले सिटीलाई ६ उपाधि दिलाएका छन् । तर उनी सिटीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन तल्लीन देखिन्छन् ।

भारतीय महिला लिगः सावित्राआवद्ध टिम सेमिफाइनल प्रवेश

काठमाडौं, जेठ ४ । भारतमा जारी भारतीय घरेलु महिला लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीआवद्ध टिम सेथु फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ मा अपराजित रहेको सेथु १५ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सेथुले आज भएको खेलमा बरोडा फुटबल क्लबमाथि ७–० को फराकिलो जित निकाल्न सफल भयो । लगातार पाँचौ खेलमा सहभागी भएकी सावित्रा शनिबार भने गोल गर्न असफल भइन् । यसअघिका ४ खेलमा उनले गोल गर्दै आएकी थिइन् । सावित्राको टिमलाई जिताउन सन्ध्याले ह्याट्रिकसहित ४ गोल गर्दा सन्ध्याले २ तथा इन्दुमति र रतनवालाले १–१ गोल गर्न सफल भइन् ।