कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल

एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल भएको हो ।

फिफाले रुस विश्वकपपछि सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराइने निर्णय भने यसअघि नै गरेको थियो । फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतारमा हुने विश्वकपमै संख्या बढाउन सकिने निर्णय काउन्सिलले गरेको बताएका छन् । जियानीका अनुसार काउन्सिल बैठकमा आयोजक कतारसँगै सहआयोजक देश थप्ने विषयमा छलफल भएको छ ।

विश्वकप कतारसँग मिलेर बहराइन साउदी अरब वा संयुक्त अरव इमिरेट्स (युएई) मा हुन सक्नेछ । यसअघिका विश्वकप जुन जुलाई महिनामा सञ्चालन हुँदै आए पनि कतार विश्वकप नोभेम्बर डिसेम्बर महिनामा सञ्चालन गर्ने फिफाले निर्णय गरको छ ।

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकोले फिफाले जाडो महिनामा विश्वकप गर्न लागेको हो । काउन्सिलले क्लब विश्वकपमा २४ टोली सहभागी गराउने, सन् २०१९ को महिला विश्वकपमा भिएआर प्रयोग गर्ने, सन् २०२० को यू–१७ महिला विश्वकप आयोजनाको अधिकार भारतलाई दिने लगायत निर्णय गरेको छ ।

ए डिभिजन लिगः शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थान हात पार्न सफल

काठमाडौं, पुष २२ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो । थ्रि स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । खेलको पहिलो हाफको २८औं मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ८८औं मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा आठ जित र दुई बराबरीसँगै २६ अङ्क जोडेको छ । पराजित हिमालयन शेर्पा १३ खेलमा १७ अङ्कका साथ सातौं स्थानमा यथावत् रह्यो । प्रतियोगिताको उपाधि यसअघि नै मनाङ–मस्र्याङ्दी क्लबले हात पारेको छ । त्यस्तै प्रतियोगितामा सङ्कटा क्लब दोस्रो भयो ।

डीपीएल अक्सनः कुन क्लबमा को खेलाडी ? हेर्नुस्

काठमाडौ, पुस २१ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् । अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो । अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका छन् । यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् । कुन क्लबले कुन खेलाडी किने ?  महेन्द्रनगर युनाइटेड (शरद भेषवाकर, मार्की प्लेयर) ले रोहित पौडेललाई रु दुई लाख ३० हजार, अविनाश बोहरालाई रु एक लाख ७० हजार, आरिफ शेख रु दुई लाख ५० हजार, अमर सिंह रौटेलालाई रु एक लाख २० हजार, सागर ढकाललाई रु एक लाख, सिद्धान्त लोहनीलाई रु ७० हजार, दिलिप नाथलाई रु ७५ हजार, शाहब आलमलाई रु ६० हजार, कुशल मल्ललाई रु ५० हजार, दिपेन्द्र चन्दलाई रु ३० हजार, सन्तोष भट्टलाई रु ३० हजार र सुशील खड्का रु ३० हजारमा खरिद गरेको छ । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौँ गोल्डेन्सले अक्सनबाट ललित राजवंशीलाई रु दुई लाख ५० हजार, अनिल साहलाई रु एक लाख ७० हजार, विक्रम भुसाललाई रु एक लाख ६० हजार, अविनभ यादवलाई रु ३० हजार, राशिद खानलाई रु एक लाख ७० हजार, योगेन्द्र कार्कीलाई रु ७० हजार, नन्दन यादव–५० हजार, सोनु तामाङलाई रु ६५ हजार, सूर्य तामाङलाई रु ५० हजार, मेहबुब आलमलाई रु ५० हजार, सुधिर चौधरीलाई रु ३० हजार र विक्रम ठगुन्नालाई रु ३० हजारमा किनेको छ । त्यसैगरी सोमपाल कार्मी मार्की प्लेयर रहेको धनगढी स्टार्सले पवन सर्राफलाई रु दुई लाख ५० हजार, दिपेश श्रेष्ठ–८० हजार सौरभ खनाल रु एक लाख ६० हजार, विपिन खत्री रु ९५ हजार, हरिबहादुर चौहान रु ९५ हजार, अमित श्रेष्ठ रु एक लाख ८० हजार, राजु रिजाल रु ७५ हजार, रोविन क्षेत्री रु ३५ हजार, सुनील धमला रु एक लाख ८० हजार, सन्दिप रजाली रु ४० हजार, धिरज शाही रु ३० हजार र कृष्ण ऐरलाई रु ३० हजारमा किनेको छ । यसैगरी वसन्त रेग्मी मार्की प्यलेर रहेको रुपन्देही च्यालेञ्जर्सल भीम सार्की – रु दुई लाख ५० हजार, ललित भण्डार रु दुई लाख ५० हजार, प्रदिप ऐरीलाई रु दुई लाख ४० हजार, पुरन विक रु ५० हजार, सन्दिप सुनार रु एक एक लाख १० हजार, विक्रम सोब रु ६० हजार, कृष्ण कार्की रु एक लाख, सुमित महर्जन रु ७५ हजार, विनोद भण्डारी रु दुई लाख ५० हजार, सुरज दराई रु ३० हजार, अनिल खरेल रु ३० हजार र शेर मल्ललाई रु ३० हजारमा खरिद गरेको छ । त्यसैगरी दिपेन्द्र ऐरी मार्की प्लेयर रहेको अत्तरियाले सन्दिप जोरा २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी ७५ हजार, भुवन कार्की – दुई लाख १० हजार दिपेन्द्र रावत – ३० हजार , प्रेम तामाङ – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार, रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजारमा खरिद गरेको छ । त्यसैगरी करन केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेल एक लाख ६० हजार, पृथु बास्कोटा – एक लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार, हरिशंकर शाह – ९० हजार, सुशन भारि – १ लाख, अमृत गुरुङ – ३० हजार , तृतराज दास – ३० हजार , सुबास ऐरलाई ३० हजारमा खरिद गरेको छ । टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टोली चौराह धनगढीले जितेको थियो ।

‘गोल्ड मेडल’ विजेता डम्बर बोहरा सम्मानित

काठमाडौं, पुष २१ । भारतको नयाँ दिल्लीमा हालै सम्पन्न ‘इन्डिया ओपन कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा ‘गोल्ड मेडल’ जितेका डम्बर बोहरालाई सम्मान गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १ ले उनलाई भव्य सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य नरबहादुर धामीले खेलाडी देशका गहना भएको र उनीहरु सम्मान गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको सांसद धामीले सुदूरपश्चिमको मात्र नभई देशकै इज्जत राखेकोमा खेलाडी बोहरालाई धन्यवाद र शुभकामना दिए । सांसद धामीले खेलाडीको सुरक्षा र आर्थिक स्थिती बलियो बनाउन राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै, सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादुर खड्काले खेलाडीको आर्थिक स्थितीलाई बलियो बनाउन आफू पहल गर्ने बताए । कार्यक्रममा विशिष्ठ अथितीसमेत रहेका उनले आगामी दिनमा अझैं खेलकुदको माध्यमबाट आफ्नो भविष्य उज्यालो बनाउन खेलाडी बोहरालाई आग्रह गरे । बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले खेलाडीलाई सधैं प्रोत्साहन दिन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले खेलकुदको विकासका लागि विशेष काम गर्नुपर्नेमा समेत जोड दिए । डम्बरले केही दिनअघि ८० किलोग्राम समूहमा ‘स्वर्ण पदक’ जितेका थिए । उनले भारतीय खेलाडीलाई हराउँदै ‘गोल्ड मेडल’ हात पारेका हुन् । प्रतियोगिता पुष १४ देखि १६ गतेसम्म भएको हो । यसअघि पनि डम्बरले थुप्रै प्रतियोगितामा विभिन्न पदक जीतिसकेका छन् । यस्तै, पुष १५ गते भएको ‘जैविक मार्ग अन्तर्गत म्याराथन मार्च’ मा महिलातर्फबाट प्रथम हुन सफल पुष्पा पाण्डेलाई पनि सम्मान गरिएको छ । उनले १० किलोमिटर रनिङ गरेर प्रथम हुन सफल भएकी थिइन् ।

मेसी–रोनाल्डोभन्दा नेइमार र एमबाप्पे अब्बल !

एजेन्सी । केपिएमजीको नयाँ प्रतिवेदनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा नेमार जुनियर र एमबाप्पे मूल्यवान खेलाडी भएको देखाएको छ। केपिएमजी वित्तीय कारोबार तथा करको विवरण राख्ने विश्वव्यापी कम्पनी हो । उमेरसँगै खेलाडीहरु ओझेल पर्ने गरेपनि अर्जेन्टिनी लियोनल मेस्सी तथा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो ३० बर्ष कटेर पनि आफ्नो प्रभाव कायम राख्न सफल भएका छन्। मेस्सी विश्व चर्चित क्लब बार्सिलोनाबाट सक्रिय रुपमै खेलिरहेका छन्। क्रिस्टियानो रोनाल्डोपनि विश्वकै चर्चित इटालिएन यूभेन्ट्स क्लबबाट खेलिरहेका छन्। एक दशकसम्म मेस्सी र रोनाल्डोलाई उछिन्ने खेलाडी कोही थिएनन्। बालुन डि’ओर तथा अन्य अवार्ड लगातार मेस्सी र रोनाल्डोले दश वर्ष जिते। यस वर्षदेखि भने मेस्सी र रोनाल्डोलाई टक्कर दिने खेलाडीहरु देखा पर्न थालेका छन्। यसवर्ष बालुन डि’ओर क्रोएसियाका मोड्रेचले जित्दा। मूल्यवान खेलाडीको सूचीमा समेत मेस्सी र रोनाल्डो पछि परेका छन्। केपिएमजीको मूल्यवान सूची अनुसार ब्राजिलियन नेमार शीर्ष स्थानमा छन्। उनको मूल्य २२९ दशमलब १ मिलियन यूरो रहेको छ। यस्तै दोस्रोमा फ्रान्सका एमबाप्पे छन्। उनको मूल्य २ सय १५ मिलियन यूरो रहेको छ। नेमार र एमबाप्पे एकै क्लब पिएसजीबाट खेल्दछन्। मेस्सी यस सूचीको तेस्रो स्थानमा छन्। तर रोनाल्डो निकै तल १२ औं स्थानमा पुगेका छन्। मेस्सीको मूल्य २०३ दशमलब ३ मिलियन यूरो रहेको छ भने रोनाल्डोको मूल्य १ सय ७ दशमलब ३ मिलियन यूरो रहेको देखाइएको छ। यस्तो छ केएमजीको मूल्यवान खेलाडीको सूची १- नेमार, पिएसजी– २२९ दशमलब १ मिलियन यूरो २- एमबाप्पे, पिएसजी– मूल्य २ सय १५ मिलियन यूरो ३- मेस्सी, बार्सिलोना– २०३ दशमलब ३ मिलियन यूरो ४- मोहम्मद सलाह, लिभरपुल– १६८ दशमलब ३ मिलियन यूरो ५- ह्यारी केन, टोटनह्याम– १ सय ५१ दशमलब १ मिलियन यूरो ६- इदेन ह्याजार्ड,चेल्सी– १ सय ४८ दशमलब २ मिलियन यूरो ७- केभिन डि ब्रयुन, म्यानचेस्टर सिटी– १ सय २९ दशमलब ४ मिलियन यूरो ८- ग्रीजम्यान, एथ्लेटिको मड्रिड– १ सय २५ दशमबल ६ मिलियन यूरो ९- पल पोग्बा, म्यानचेस्टर यूनाइटेड– १ सय १९ दशमलब ३ मिलियन यूरो

मेस्सी बने सर्वोत्कृष्ट खेलाडी, रोनाल्डो दोस्राे स्थानमा 

एजेन्सी । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले वर्ष २०१८ को ‘सर्वोत्कृष्ट खेलाडी’ को उपाधि जितेका छन् । स्पेनको प्रतिष्ठित पत्रिका ‘मार्का’ ले बिहिबार मेस्सीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । उक्त मिडियाले सन् २०१८ भरीको प्रदर्शनका आधारमा विभिन्न एकसय जना उत्कृष्ट खेलाडीको मनोनयन यसअघि सर्वाजनिक गरेको हो । जसमा मेस्सी सबैभन्दा शीर्ष स्थानमा आए । उत्कृष्टको मूल्यांकन गर्न मार्काले आफ्ना पाठकलाई पनि भोटिङको अधिकार दिएको थियो । पाठक सहित मार्काको निर्णायक मण्डलले मेस्सीलाई शीर्ष स्थानमा राखेको हो । मेस्सीले बर्षको सर्वोत्कृष्ट यस पुरस्कार जित्न ब्यालोन डि‘ओर विजेता लुका मोड्रिचलाई पछि पारे । जसमा मोड्रिच, एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रीजम्यान, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मन (पिएसजी)० का केलियन एमबाप्पे क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहे । मेस्सीले २०१८ मा बार्सिलोनालाई ला लिगा र कोपा डेल रे कपको उपाधि दिलाएका थिए । मेस्सीले हालै पाँचौं पटक गोल्डेन बुट समेत जितेका थिए ।

सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ महिला खेलाडी

एजेन्सी । सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीमा टेनिस खेलाडीको दबदबा रहेको छ । सर्वाधिक आम्दानी गर्ने पाँच महिला खेलाडी मध्ये सबै टेनिस खेलाडी नै रहेका छन् । यो वर्ष सर्वाधिक कमाउने खेलाडीको सूचीमा सेरेना विलियम्स परेकी छन् भने रसियन सुन्दरी मारिया सारापोभा पाँचौ स्थानमा रहेकी छन् । यी हुन् सर्वाधिक कमाइ गर्ने महिला खेलाडी : सेरेना विलियम्स विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्– सेरेना विलियम्स । अमेरिकाकी यी महिला टेनिस खेलाडीले एक दशक भन्दा बढी समययता महिला स्पर्धामा एक छत्र राज गरिरहेकी छन् । उनी लामो समय नमबर १ खेलाडी पनि हुन् । त्यसैको कारण हो, उनी सन् २०१८ मा पनि सर्वाधिक कमाउने खेलाडी भएकी छिन् । सेरेनाको कुल आम्दानी १ करोड ८० लाख डलर रह्यो । उनले यही वर्षदेखि आफ्नै नाममा फेसन कलेक्सन पनि बजारमा उतारेकी छन् । क्यारोलिन वाज्निस्की महिला खेलाडीका लागि सर्वाधिक कमाृउने खेल हो, टेनिस । क्यारोलन वाज्निस्की पनि टेनिसकै खेलाडी हुन् । र उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको दोस्रो स्थानमा छिन् । उनको आम्दानी १ करोड ३० लाख डलर रह्यो । क्यारोलिन कोर्टमा खासै सफल खेलाडी होइनन्, त्यसैले उनले धेरै उपाधि जितेकी छैनन्, तर पनि उनी लोकप्रिय छिन् । यी टेनिस खेलाडीको आम्दानीको ठूलो अंश ब्यापारिक प्रयोजनबाट प्राप्त हुन्छ । सलोनी स्टेफन्स सलोनी स्टेफेन्स पनि अमेरिकी टेनिस खेलाडी नै हुन् । सेरेना विलियम्सको सफलताबाट प्रेरणा लिएर कोर्टमा ओर्लिएकी सलोनीले यूएस ओपन विजेतयता ख्याती कमाउन थालिन् र त्यसकै परिणामस्वरुप उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको तेस्रो स्थानमा छिन् । सलोनीले यो वर्ष १ करोड १२ लाख डलर कमाएकी छिन् । ग्याब्रिन मुगुरुजा  भेनेजुली मूलकी स्पेनिस खेलाडी हुन्– ग्याब्रिन मुगुरुजा । सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको शीर्ष पाँचमा पूर्णतः टेनिसकै वर्चश्व छ र यसक्रममा उनी चौथो स्थानमा छिन् । विश्व टेनिसमा उनको चर्चा विम्बल्डन जितेयता सुरु भएको हो । सन् २०१८ मा उनले १ करोड १० लाख डलर कमाइन् जसमध्ये आधा रकम व्यापारिक प्रायोजनबाट प्राप्त भएको हो । मारिया सारापोभा रुसी टेनिस सुन्दरी हुन्– मारिया सारापोभा । सन् २०१८ मा उनी कोर्टमा खासै सक्रिय रहिनन्, तर पनि उनको आम्दानी १ करोड ५ लाख डलरको हाराहारीमा रह्यो र त्यसको प्रमुख कारण थियो, उनको सुन्दरता र लोकप्रियता । प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग प्रकरणमा फसेपछि लामो समय प्रतिबन्ध झेलेकी सारापोभाको आम्दानीको ठूलो हिस्सा विज्ञापन तथा व्यापारिक प्रायोजनबाट प्राप्त हुन्छ । साप्ताहिकबाट साभार ।

आइतबार कञ्चनपुरमा ‘म्याराथन मार्च’ हुँदै, सम्पूर्ण तयारी पूरा

महेन्द्रनगर, पुष १४ । कञ्चनपुरमा हुन लागेको म्याराथन मार्चको तयारी पूरा भएको छ । जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चको पूर्व सन्ध्यामा आज जैविक मार्गको अवलोकनसमेत गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह र नगर प्रवक्ता राजेन्द्र पाण्डेयसहितले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिकाले ‘पुष पन्ध्र’ को अवसरमा आइतबार जैविक धार्मिक पर्यटन मार्गमा म्याराथन मार्च आयोजना गर्न लागेको छ । प्रतियोगिताका सबै तयारी गरिएको छ । प्रतियोगितामा एक हजार भन्दा प्रतिस्पर्धी सहित १० हजार भन्दा बढी स्थानीय जैविक मार्ग मार्चमा सहभागी हुने भएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले समृद्ध भीमदत्त नगरको परिकल्पना अन्र्तगत जैविक मार्ग निर्माण गरी म्याराथन गर्न लागिएको बताए । ‘समृद्ध नगरको परिकल्पना साकार पार्न यो मार्ग बनाएका हौ, पर्यटनका अथाह सम्भावना छन्, जैविक मार्गमा खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको छ’ उनले भने, ‘यसमा सबै क्षेत्र समावेश गरेका छौं, आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिनेछौ ।’ जैविक मार्गले घाँडीघाँचका वासिन्दालाई यातायात सुविधा बाहेक धार्मिक पर्यटन प्रवद्र्धन, अतिक्रमण रोकिने, वन संरक्षण तथा मानव र वन्यजन्तुवीच द्वन्द न्यूनीकरण हुने नगर प्रमुख विष्टले बताए । रौटेलादेखि ब्रह्मदेबसम्मको १५ किलोमिटर लम्बाईको जैविक मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थल एक आपशमा जोडिएका छन् । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले जैविक मार्गबाट नगरको चौतर्फी विकास हुने बताइन् । ‘यो मार्गको धेरै फाइदा छ, स्थानीयलाई हिँड्नलाई सहज हुन्छ, वन संरक्षण हुन्छ, खोला नियन्त्रण हुन्छ, पर्यटन प्रवद्र्धन हुन्छ’ उनले भनिन्, ‘यसबाट नगर विकासको ढोका खुलेको छ ।’ जैविक मार्गको प्रस्थान बिन्दु रौटेलामा नगर प्रमुख विष्टले पत्रकारहरुलाई जैविक मार्ग र माराथन मार्च सम्बन्धी जानकारी गराए । नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनको चुनावी प्रतिवद्धता अनुसार गत आर्थिक वर्षमा जैविक मार्ग निर्माण गरेका हुन् । चुनावमा जैविक मार्गलाई प्रमुख चुनावी एजेण्डा थियो । सुदूरपश्चिम सरकारले जैविक मार्गलाई महाकाली, गोदावरी र कर्णाली मार्ग नामारकण गरी डिपिआरका लागि दुई करोड बजेट विनियोजन गरेको छ । भीमदत्तका नगर प्रमुख विष्टले नगरको गौरवको योजनाका रुपमा जैविक मार्ग निर्माण गरेका हुन् ।

सन् २०१८ मा मेसीको आम्दानी कति ?

एजेन्सी । विश्व फुटबलका चर्चित अनुहार लियोनल मेसीको आम्दानीबारे जान्ने कयौं फुटबल समर्थकलाई हुनसक्छ । त्यसकारण आज तपाइँको त्यो चाहना पूरा गर्दैछौं । मेसीले सन् २०१८ मा मात्रै कति कमाए ? उनले यो वर्ष पारिश्रमिकका रुपमा ८ करोड ४० लाख डलर बुझे । त्यस्तै, मेसीले २ करोड ७० लाख डलर अनुबन्धबाट प्राप्त गरे । याे पनि सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा बार्सिलोनाका खेलाडीको रुपमा उनको लोकप्रियता बढी छ र उनी सर्वाधिक कमाउने पुरुष खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा अमेरिकी बक्सर फ्लोयड मेवेडर छन् । यो पनि पढ्नुहोस् संसारमा सबैभन्दा बढी ‘फेसबुक लाइक्स’ भएका १० सेलिब्रेटी

सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा

एजेन्सी । यो वर्ष ब्राजिलीयन फुटबलर नेइमार सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौ स्थानमा परेका छन् । नेइमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गर्दा व्यापारिक अनुबन्धबाट भने एक करोड ७० लाख डलर कमाए । उनीभन्दा अगाडि फ्लोयड पेवेर, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र कोनर म्याकग्रेगर रहेका छन् ।

क्योकुसिन कराते टोली भारत प्रस्थान

काठमाडौँ, पुस ११ । प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनशिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पश्चिम बङ्गाल प्रस्थान गरेको छ । यही पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंह र महिला खुला तौलसमूहमा मञ्जु विकले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खलकुद परिषद् (राखेप) ले जनाएको छ । भारत जाने अफिसियलमा रेवती सापकोटा र मीनबहादुर गुरुङ रहेका छन् । टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आइएफकेके)का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले बुधबार बिहान बिदाइ गरे । रासस

उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, पुस ११ । सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली आज थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ । यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ (आइकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् । नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा सुकमान लामा, व्यवस्थापकमा भूपेन्द्र गुरुङ तथा अफिसियलमा रमेश महर्जन र मोतीप्रसाद अधिकारी छन् । अध्यक्ष लामाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगिता दौरान हुने आठौं अन्तर्राष्ट्रिय उसु कल्चर एक्सचेन्ज कन्फ्रेन्समा पनि सहभागिता जनाउने छन् । अध्यक्ष लामा आइकेएफएफ नेपाल च्याप्टरका अध्यक्ष समेत हुन् । टोलीलाई नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आइकेएफएफ नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले बुधबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । रासस

आठौँ राष्ट्रिय खेलकूद १५ दिन पर सर्न सक्ने !

नेपालगञ्ज , पुस ११ । नेपालगञ्जमा आयोजना गरिने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन पर सर्न सक्ने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा बुधवार उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण प्रतियोगिता फागुनको मध्यतिर सम्मका लागि सर्न सक्ने बताए । आठौँ राष्ट्रिय खेलकूदका लागि तोकिएको मिति भने माघ २५ देखि फागुन ३ सम्म हो । प्रतियोगिताको तयारीबारे बताउँदै सदस्य सचिव बिष्टले भने, “आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ ।”, उनले भने, “मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।” प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुनसक्ने सदस्य सचिव बिष्टको भनाइ थियो । “अत्याधुनिक प्रविधिको रङ्गशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ तर, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ ।”, उनले भने, “सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौं ।” सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न आजैदेखि सचिवालय स्थापना गरिएको बताए । प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ । परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ । रासस  

स्वर्ण विजेता ‘बडि बिल्डर’ महर्जनलाई भव्य स्वागत

काठमाडौ, पुष १० । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्किएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताए । “पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ”–उनको भनाइ थियो । पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भने । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले भने । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ/नौ लाख खर्च गरेको बताए । यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।  रासस

बडिविल्डिङमा नेपाललाई अन्तर्राष्ट्रिय सफलता, महेश्वर बने विश्वविजेता

काठमाडौं, पुष १ । थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए । ३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए । अनलाइनखबरबाट

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैनः मन्त्री विश्वर्कमा

काठमाडौं, पुष १ । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकुद अपरिहार्य रहेको बताएका हुन् । फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास रहेको मन्त्रीले बताए । नगरस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका–९ लाई एक लाख, दोस्रो भएको वडा नं २ लाई ५० हजार र तेस्रो बनेको वडा नं १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा मन्त्री विश्वर्कमाले सम्मान गरेका थिए । रासस