नेइमार फिट, आज कोस्टारिकासँग खेल्ने

मस्को । ब्राजिलका स्टार खेलाडी नेइमार फिट भएका छन् । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको पहिलो खेलको क्रममा विपक्षी खेलाडीले गरेको फउलका कारण उनलाई नयाँ चोट देखिएको थियो ।

 

उनको दायाँ गोडाको गोलीगाँठोमा समस्या देखिएको थियो । त्यसपछि उनी प्रशिक्षण छोडेर फिजियोथेरापिस्टलाई भेट्न गएका थिए । तर उनी आज हुने कोस्टारिकासँगको खेलका लागि फिट भएको बताइएको छ । नेइमार दायाँ गोडामै देखिएको समस्याका कारण तीन महिना मैदान बाहिर रहेर विश्वकपको केही अघि मात्रै मैदान फर्किएका हुन् । नेइमारले पहिलो खेलमा राम्रो गरेका थिए ।

नेइमार फिट भए पनि डानिलो भने चोटग्रस्त भएका छन् । प्रशिक्षणको क्रममा डानिलोको थाइमा समस्या देखिएपछि समूह ई अन्तर्गत शुक्रबार हुने कोस्टारिकासँगको खेलमा उनी मैदानमा हुने छैनन् । उनको ठाउँमा फाग्नरले खेल्ने छन् । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलका लागि जित आवश्यक छ । -एजेन्सी

विश्वकप फुटबलः बेल्जियमको उत्कृष्ट शुरुवात, पानामाविरुद्ध ३ गोल

मस्को । विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा बेल्जियमले उत्कृष्ट शुरुवात गरेको छ । गयराती भएको खेलमा उसले पहिलो पटक सहभागीता जनाएको पानालाई ३-० गोलले हरायो । पानामाले खेलको पहिलो हाफमा गोल गर्न नदिए पनि दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि पानामाले थप लय गुमाउँदा बेल्जियमका लुकाकु चम्किए । उनले ६९ औं मिनेटमा लुकाकुले क्रसबललाई उत्कृष्ट हेडमार्फत पोष्टमा प्रहार गरे । यस्तै ७५ मिनेटमा पाएको खुल्ला र सुन्दर अवसरलाई पनि खेर जान दिएनन्, गोलमा परिणत गरे । फिफा बरियतामा तेश्रो स्थानमा रहेको बेल्जियमले ५५ औं स्थानमा रहेको पानामाको पोस्टमा निरन्तर प्रहार गर्यो । समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ । बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो । विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित थियो । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो । पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ, सन् १९८६ मा मेक्सिकोसँग । विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । -एजेन्सी

नेमारको जीवनः स्टार्डम, सम्पत्ति र सेक्स

ब्राजिलका स्टार खेलाडी नेमार सधैं चर्चाको शिखरमा रहिराख्छन् । ब्राजिलको राष्ट्रिय टोलीका लागि सन् २००० यता उनले ८५ खेलमा ५५ गोल गरिसकेका छन् । यति मात्र होइन यी २६ वर्षीय युवा फुटबलर सन् २०१७ मा बार्सिलोना छाडेर पेरिस सेन्ट जेर्मनका लागि १९६ मिलियन पाउण्डमा अनुबन्धित हुँदा विश्वकै सर्वाधिक महँगा खेलाडी बनेका थिए । जसको प्रतिफल स्वरूप उनले सन् २०१७मा मात्रै पिएसजीका लागि २५ गोल गरे । १८ मिलियन पाउण्ड मूल्य बराबरका कारहरू र ४ मिलियन पाउण्डको प्राइभेट जेटका मालिक नेमार व्यक्तिगत जीवन समेत कम रोचक छैन । उनी सर्वाधिक धनि खेलाडी बनेका छन् र उनको सम्पत्ति अहिले चर्चाको विषय बन्ने गरेको छ । कति छ त नेमारको सम्पत्ति ? सनस्पोर्टले यस वर्षको सुरुमा सार्वजनिक गरेको विवरण अनुसार पीएसजीबाट उनले प्रति हप्ता ६ लाख पाउण्ड कमाउने गर्दछन् । र अझै उनको अनुबन्धका ४ वर्ष बाँकी छन् र वेबसाइट सेलेब्रिटी नेटवर्थका अनुसार उनको वर्तमान तलब ४ हजार पाउण्ड प्रतिघण्टा रहेको छ । बार्सिलोनाको पेद्रालबेस नेबरहुडमा रहेको उनको आवासको प्रतिमहिना खर्च १ लाख ६० हजार पाउण्ड रहेको छ त्यस्तै रियो डे जेनेरियो स्थित सुविधासम्पन्न महलको मूल्य ७ मिलियन पाउण्ड रहेको छ । २ हजार २ सय ६५ वर्गमिटरमा फैलिएको यस महलभित्र ६ वटा लक्जरी सुट, एउटा हेलिप्याड, एउटा स्वीमिङ पुल, टेनिस कोर्ट, जिम जस्ता अत्यधुनिक सुविधा रहेका छन् । यसका अतिरिक्त ब्राजिलको साओ पाउलो राज्यको स्यान्तोसमा समेत उनको घर रहेको छ जसमा स्वीमिङ पुल, साउना जस्ता सुविधा छन् । साथै यसै सहरमा उनको एउटा पेन्टहाउस फ्ल्याट रहेको छ जहाँ उनी आफ्नो परिवारसँग बस्ने गर्दथे । समुद्रतिर फर्केको यस फ्ल्याटको मूल्य ७ लाख ६० हजार पाउण्ड रहेको छ । उनले यो घर आफ्नो छोरा डेभिड लुकाकी आमा क्यारोलाइना डान्तासलाई दिएका छन् । त्यस्तै गुआरुजा नजिकै पर्नाम्बुको बीचस्थित घरको मूल्य १० लाख पाउण्ड रहेको बुझिएको छ । त्यस्तै उनीसँग महँगा महँगा ३ अन्य घर समेत रहेका छन् जसको वर्तमान मूल्य करोडौं पाउण्ड हुन आउँछ । नेमारको प्रेम जीवन केही दिन अघिसम्म नेमार २२ वर्षीय अभिनेत्री ब्रुना मार्केजाइनसँग डेटिङ गर्दै थिए । इन्स्टाग्राममा २ करोड ८० लाख फलोवर्स भएकी ब्रुनाको प्रेममा चुर्लुम्मै डुबेका नेमारले पहिलोपल्ट २०१२मा एउटा कर्निभलमा ब्रुनालाई भेटेका थिए ।   त्यसको लगत्तै २०१३ मा छुट्टिएका उनीहरू २०१४ को विश्वकपमा फेरि एक भए । २०१६ मा पनि यी दुईको सम्बन्धमा फेरि चिसोपन देखियो तर उनीहरू फेरि मिलिहाले । तर पछिल्लो पटक नेमारले बार्सिलोना छाडेपछि भने ती दुई फेरि अलग भएका छन् । अहिले नेमार विश्वकपमा व्यस्त छन् र उनकी पूर्व प्रेमिका ब्रुना पनि चर्चा बटुलिरहेकी छिन् । उनले ुनथिंग रिमेन्स द सेमु भन्ने सिरियलमा सेक्स सिन दिएकी छिन् जसमा उनी सहकलाकर सर्वाङ्ग नग्न भएर यौनक्रिडारत रहेको भिडियो सार्वजनिक भएको छ । ब्रुनाले २०१६ को एउटा अन्तर्वार्तामा नेमार सेक्स एडिक्ट भएको खुलासा गरेकी थिइन् । तर ब्रुना उनकी एक्ली प्रेमिका भने होइनन् । उनले सन् २०१० मा राफेला ल्यान्सेलोटीसँग डेटिङ गरे । उनकी दोस्री प्रेमिका उनको छोरा छोरा डेभिड लुकाकी आमा क्यारोलाइना डान्तास हुन् । डेभिड जन्मिने बेला नेमार मात्र १९ वर्षका थिए । त्यसपछि उनका केटी साथीहरूको लामै सूची हुन आउँछ । यस सूचिका केही नामहरूमा फरनान्डा बारोसो, एन्द्रेसा सुइटा, बार्बरा एभान्स, क्यारोल अब्रान्चेस, ड्यानिएल कार्भालो, निकोल बाह्स, ड्यानी स्पेर्ले, क्यारोल बेली आदि बीसौं नामहरू आउँछन् । उनको नाम बेला बेला सेलेना गोमेजसँग समेत जोडिएको थियो । तर उनको सबैभन्दा लामो अफेयर भने ब्रुनासँगको नै मानिन्छ । दुवै प्रेममा निकै गम्भीर रहेको र विवाह गर्न सक्ने चर्चाहरूले समेत कुनै समय बजार तात्ने गर्दथ्यो । दुबैका केही सेक्स टेपहरू समेत सार्वजनिक भएका थिए । नेमार सबैभन्दा धनी स्टार खेलाडी त हुन नै उनी अहिलेका सबैभन्दा बढी लायक अविवाहित पनि हुन् । उनी भनेर हुरुक्कै हुने प्रशंसकहरूको संसारभर कमी छैन ।

अर्जेन्टिना १–० ले अगाडि

काठमाडौं, असार २ । रसियामा जारी विश्वकप फुटबलको तेस्रो दिनको दोस्रो खेलमा अहिले अर्जेन्टिना र आइसल्याण्ड भिडिरहेका छन् । अर्जेन्टिनाका लागि सर्जियो अगिरोले खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन । रसियाको स्पार्टक रङशालामा जारी खेलमा विश्वका चर्चित खेलाडी लियोनल मेस्सीको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेल्दै गरको आइसल्याण्डको खेललाई फूटबलका फ्यानहरुलेब बढो चासोका साथ हेरिरहेका छन् । अर्जेन्टिनाले यस अघि दुईपटक उपाधि उचालिसकेको छ । भने सन २०१४ को उपविजेता पनि हो । रसिया विश्वकपमा उपाधि उचालेर तेस्रो पटक च्याम्पियन बन्ने दाउमा छ मेस्सीको टोली अर्जेन्टिना ।

आजदेखि फुटबलको महाकुम्भ, समारोहलाई भव्य बनाउन रुसको तयारी कस्तो छ ?

काठमाडौं, जेठ ३१ । पुर्वी युरोपमा पहिलोपटक विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । आज सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै रुस ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् । ‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शकसामु प्रस्तुति सानैदेखिको सपना थियो ।’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’ विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ । ३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उद्घाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ । दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन् । ‘प्रतियोगिताको उद्घाटन खेल प्रतिकात्मक हुन्छ । फुटबल प्रेमी, खेलाडी, पदाधिकारीलगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन्’, ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने, ‘किनभने यो क्षण चार वर्षको व्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनाबीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’ रोनाल्डो भन्छन्, ‘आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’ उद्घाटन समारोहका प्रस्तुतिहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रमदेखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् । -एजेन्सी

२०२६ को विश्वकप फुटबल तीन देशको आयोजनामा

काठमाडौं, जेठ ३० । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो । सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् । २०२२ को विश्वकप कतारमा हुनेछ ।

डेटिङमा रहेका रोनाल्डो प्रशिक्षणमा फर्किए

एजेन्सी । क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । पोर्चुगलका कप्तान रहेका उनी रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि बल्ल टिमको प्रशिक्षणमा फर्किएका हुन् । च्याम्पियन्स लिगको उपाधी जितेपछि रोनाल्डो प्रेमीकासँगको डेटिङमा रहेका थिए । विश्वकप अघि पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन । पोर्चुगलले जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूहमा मोरक्को र इरान पनि छन् । युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ । पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलका लागि प्रेरणादायी प्रदर्शन गरेका छन् ।

विश्वकपका लागि यो पटक यस्तो छ जर्मनीको टीम-

काठमाडौं, जेठ २२ । जर्मनीले नौ दिन पछि हुन लागेको २०१८ को विश्वकप फुटबलका लागि अन्तिम टोलीको टुंगो लगाएको छ । तीन हप्ताअघि जर्मनीले २७ सदस्यी प्रारम्भिक टोली बनाएको थियो । अहिले उक्त टोलीबाट चार जना खेलाडी हटाइएको छ । अन्तिम टोलीमा टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाउन सकेनन् । लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्य मानिएको छ । यस्तो छ जर्मनीको टिम- गोलरक्षक म्यानुएल नुयर टिममा परेका छन् । उनी घाइते भएपछि ९ महिनासम्म मैदान बाहिर थिए । तर, शनिबार राति अस्ट्रियासँग भएको मैत्रीपूर्ण खेलबाट नुयर मैदानमा फर्किएका थिए । जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

सन्दीपले आज वेष्ट इन्डिजविरुद्ध विश्व ११ बाट खेल्दै

काठमाडौं, जेठ १७ । नेपाली क्रिकेटका लेग स्पीनर सन्दीप लामिछानेले आज राति वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्दैछन् । इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ । विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका कप्तान साहिद अफ्रिदीले गर्दैछन् । टिममा सन्दीपसँगै कप्तान साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, साम विलिङ्स, थिसारा परेरा, आदिल राशिद, मोहम्मद सामी र लुकी रोन्ची रहेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको अहिले सर्वत्र चर्चा छ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै विश्व ११ टिमबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दीपले मौका पाएका हुन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

काठमाडौं,  वैशाख ३१ । नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले राससलाई जानकारी दिनुभयो । “उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भन्नुभयो, “जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु ग¥याँै, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, आज बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।” अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ ।

बराबरीमै रोकियो म्यानचेष्टर युनाईटेड

वैशाख २८ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले वेष्टह्यामसँग बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको युनाईटेडले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्यो । खेलमा युनाईटेडले तीन ओटा गोलका अवसरलाई सदुपयोग गर्न सकेन । लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा छ । लिगमा अन्तिम खेल खेल्न बाँकि रहेको छ । युनाईटेडको ७८ अंक रहेको छ । सिटी प्रिमियर लिगमा एक सय अंक पूरा गरी किर्तिमान बनाउने लक्ष्यमा छ । लिगको १५ औं स्थानमा रहेको वेष्टह्यामको ३९ अंक छ । यो सिजनमा स्टोक सिटी र वेष्ट ब्रुम रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । तेस्रो टिमको टुङगो लिग चरणको अन्तिम खेलबाट लाग्नेछ ।

टेबल टेनिस प्रतियोगिता शुरु

पोखरा, वैशाख २७ । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद (साग)मा टेबल टेनिसबाट पदकको आशा लिइएको जानकारी दिनुभयो । कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा आठ जिल्लाका कनिष्ठ तथा वरिष्ठ महिला २५ र पुरुष २२ खेलाडीको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र दिइने कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।

ओलिभर जिरुको निर्णायक गोलले लिभरपुल विजयी, म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, बैशाख २४ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरुले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारभित्र परेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा आर्सनलले बर्न्लेलाई ५-० ले हराएको छ । खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा अलेक्जेन्डर लाकाजेट्, सिद कोलासिनाच र अलेक्स ईओबीले एक–एक गोल थपे । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । इङलिस प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि ३६ खेलबाट ९४ अंकसहित म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ७७ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ । लिभरपुल भने ७२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

युरोपा लिग फुटबलको फाइनलमा एथ्लेटिको मड्रिड र मार्से भिड्ने

काठमाडौं, वैशाख २१ । स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिड र फ्रान्सको मार्से ‘युरोपा लिग फुटबल’को फाईनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–० ले हराँउदै एथ्लेटिको मड्रिड फाईनलमा पुगेको हो । गएरातिको खेलमा एथ्लेटिकोलाई विजयी गराउन ४५ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलपछि एथ्लेटिको मड्रिड समग्रमा २–१ को परिणामसहित फाईनलमा पुगेको हो । फाईनलमा एथ्लेटिकोको भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा अष्ट्रियाको साल्जवर्गसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को जित निकाल्दै मार्से फाईनलमा पुगेको हो । आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा मार्से २–० ले विजयी भएको थियो । एथ्लेटिको मड्रिड र मार्सेबीचको युरोपा लिग फाईनल खेल यही मे १६ तारिखका दिन फ्रान्सको लियों शहरमा आयोजना हुँदैछ ।

लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, बैशाख २० । इन्ग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ – २ गोलले पराजित भएपनि समग्रमा ७ – ६ को जित निकाल्दै लिभरपुल उपाधि नजिक पुगेको हो । रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि लिभरपुल पराजित भएको थियो । तर, लिभरपुललाई घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको फराकिलो जित नै फाइनलमा पुग्न प्रयाप्त रह्यो ।  लिभरपुलले पहिलो लेगमा रोमालाई ५ – २ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा रोमालाई जित दिलाउन राड्जा निंगोलनले दुई गोल गर्दा इडेन डेज्कोले एक गोल गरे । रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गोल गर्दा साडियो माने र जर्जि्नियो विज्नाल्डमले एक एक गोल फर्काए । रोमस्थित ओलम्पिक स्टेडियममा मानेले खेलको नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा लिभरपुलका मिल्नरले आत्मघाती गोल गर्दा खेल १ – १ को बराबरीमा पुग्यो । खेलको २५ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २ – १ को अग्रता दिलाए । दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा डेज्कोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा निंगोलनले गोल गर्दै रोमालाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा निंगोलनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई ४ – २ को जित दिलाए । तर, पहिलो लेगमा फराकिलो हार बेहोरेको रोमालाई फाइनलमा पुग्न यो जित पर्याप्त रहेन । रोमालाई समग्रमा हराएसँगै लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो समय सन् २००७ को सिजनमा फाइनल खेलेको थियो । फाइनलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो । अब लिभरपुलले फाइनलमा साबिकको विजेता रियल मड्रिडसँग खेल्ने छ । स्पेनिस जाइन्ट रियल जर्मन क्लब वायर्न म्युनिखलाई हराउदै फाइनलमा पुगिसकेको छ । लिभरपुल र रियलबिचको फाइनलम खेल मे २६ मा युक्रेनको किभमा हुनेछ । यो फाइनललाई सन् १९८१ को फाइनलसँग समेत तुलना गर्न थालिएको छ । उक्त सिजन लिभरपुलले फाइनलमा रियललाई १ – ० ले हराएर उपाधि उचालेको थियो । रियलले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने लिभरपुलले ५ पटक जितेको छ ।

रियल मड्रिडको पकड बलियो, रोनाल्डोको गोलले मान्यता पाएन, मार्सेलो र एसेन्सिओ नायक

काठमाडौं, वैशाख १३ । साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखमाथि २–१ को जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहितको यात्रामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको हो । अवे जितले गएको वर्ष र त्यसअघिको वर्षको पनि विजेता रियल मड्रिड उत्साहित छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा जिनेदिन जिदानको टिम रियल मड्रिडको रक्षापंतिमा केही कमजारी देखिएको थियो । तर सुझबुझपूर्ण आक्रामकशैलीले उसलाई जित दिलायो । खेलमा अग्रता भने घरेलु टोली बार्यन म्युनिखले लिएको थियो । २८ औँ मिनेटमा जोसुआ किमिचले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए । तर ४४ औँ मिनेटमा मार्सेलोले हाफ भली गोल गर्दै रियललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा रियलका लागि मार्को एसेन्सिओले विजयी गोल गरे । एसेन्सिओले ५७ औँ मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । जर्मन च्याम्पियन बार्यनले खेलमा गोल गर्ने केही राम्रा मौका बनाएको थियो । तर गलत इन्किाउन्टरका कारण चुक्यो । यस्तै रियल मड्रिडका स्टार स्टारकर तथा यो सिजन च्याम्पियन्स लिगका हरेक खेलमा गोल गरेका क्रिष्टियानो रोनाल्डोले पनि गोल गरेका थिए । तर उनको गोल ह्याण्ड बल भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । खेलमा बलमा नियन्त्रण रियलको निकै कम थियो । तर पनि उसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । बार्यनले योसँगै रियल मड्रिडसँगका पछिल्ला ६ खेलमा हार बेहोरेको छ । कुनै पनि क्लबले लगातार धेरैपटक हार बेहोरेको च्याम्पियन्स लिगमा यो नै पहिलो पटक हो । रियल मड्रिडले सन् २०१० देखि २०१२ को बिचमा च्याम्पियन्स लिगमै अजाक्स विरुद्ध पनि लगातार ६ खेलमा जित निकालेको थियो । रियल मड्रिडले यो बार्यनमाथिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिग जितमा कीर्तिमान नै बनाएको छ । यो रियलको च्याम्पियन्स लिगमा १५० औँ जित हो । लिगमा यति धेरै जित निकाल्ने रियल पहिलो टिम हो ।