विश्वकप फुटबल छनोट खेल स्थगित
काठमाडौंः फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ ।
दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ ।
नेपालले छनोट चरणमा ५ खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपाललको ३ अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले ५ खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन ५ खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ ।
चाइनिज ताइपेईले भने ५ खेलमध्ये ५ वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७-० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५-० को हार बेहोरेको थियो । जोर्डनसँग ३-० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०-१ को हार बेहोरेको थियो ।
बलिङमा अक्षर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट
काठमाडौं : भारतसँगको तेस्रो टेष्ट डे-टेस्टमा पाहुना टोली इंग्ल्याण्ड १ सय १२ रनमै अलआउट भएको छ । इंग्ल्याण्ड पहिलो दिन समाप्त नहुँदै १ सय १२ रनमै अलआउट भएको हो । इंग्ल्याण्डले पहिलो इनिङ्समा ४८.४ ओभर मात्र खेल्न सक्यो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निकै खराब सुरुवात गर्यो । उसले ओपनिङ ब्याट्सम्यान डोम सिब्ली र तेस्रो नम्बरमा ब्याटिङमा आएका अनुभवी ब्याट्सम्यान जोनि बेयरिस्टोलाई शून्यमै गुमायो । त्यस्तै, ज्याक लिच (३), बेन स्टोक्स (६), स्टअर्ट ब्राड (३), ओली पोप (१) दोहोरो अंकमा रन जोडन नपाउँदै पवेलिएन फर्किए । पहिलो इनिङ्समा ज्याक कर्लीले ५५, कप्तान जो रुटले १७ र बेन फोक्सले १२ रन बनाए । बलिङमा स्पिनर अक्षर पटेलले घातक बलिङ गरे । उनले २१.४ ओभरमा ३८ रन दिएर ६ विकेट लिए । त्यस्तै, रवीन्द्रन आश्विनले तीन र इशान्त शर्माले एक विकेट लिए । तेस्रो टेष्टमा इंग्ल्याण्डले प्लेइङ-११ मा चार र भारतले दुई खेलाडी परिवर्तन गरेको छ । तेस्रो टेष्ट भारत-इंग्ल्याण्ड दुवै टिमका लागि निकै महत्वपूर्ण छ । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई तेस्रो टेष्ट जित्नै पर्ने दबाब छ । तेस्रो टेष्टमा हार ब्यहोर्ने टिम च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिने छ । म्याच ड्र भएमा इंग्ल्यान्ड च्याम्पियनसिपको फाइनल पुग्नबाट बाहिरिने छ । जुन महिनामा लड्समा हुने च्याम्पियनसिप फाइनलमा न्यूजिल्याण्ड भने यसअघि नै प्रवेश गरिसकेको छ । फाइनलमा न्यूजिल्याण्डसँग खेल्न भारत, इंग्ल्यान्ड र अष्ट्रेलियामध्ये एक टिम प्रवेश गर्ने छ । चार खेलको सिरिज अहिले १-१ को अवस्थामा छ । इंग्ल्याण्डको प्लेइङ-११ : डोम सिब्ली, ज्याक क्रली, जोनी बेयरिस्टो, जो रूट (कप्तान), बेन स्टोक्स, ओली पोप, बेन फोक्स (विकेटकीपर), जोफ्रा आर्चर, ज्याक लिच, स्टुअर्ट ब्राड र जेम्स एन्डरसन । भारतको प्लेइङ-११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर) वाशिङ्गटन सुन्दर, एक्जर पटेल, रविचन्द्रन अश्विन, इशान्त शर्मा र जसप्रीत बुमराह ।
खेलपूर्ब फुटबल खेलाडीको मुटु परीक्षण गर्ने सम्झौता
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेल पूर्ब फुटबल खेलाडीको मुटु परीक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरिएको छ । गंगालाल हृदय रोग केन्द्रमा एन्फा र केन्द्रका कार्यकारी निर्देशकबीच भएको सम्झौता बमोजिम खेल पूर्ब खेलाडीको मुटुको अवस्था परीक्षण गरिनेछ । एन्फाले उक्त कार्यमा सघाउनेछ । एन्फा एकेड्मी मातहातको सबै उमेर समूहका पुरुष र महिला टोलिका खेलाडीको मुटुको परीक्षण गरिनेछ । शहीद गंगालालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले नेपालमा यस प्रकारको सम्झौता पहिलोपटक भएको बताए । खेलाडी स्वस्थ्य रहन मुटुको अवस्था बुझ्न अत्यन्तै महत्वपूर्ण भएको यस प्रकारको सम्झौतालाई प्राथमिकतामा राखेर हस्ताक्षर गरिएको एन्फाले जनाएको छ । सम्झौता भएको पहिलो दिनमै २० जना खेलाडीको मुटुको परीक्षण गरिएको छ । दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ्ग, एरिक विष्ट, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सूरज विक, आशिष लामा लगायतका खेलाडीको मुटु परीक्षण गरिएको छ ।
श्रीलंका क्रिकेट टिमको निर्देशकमा टम मूडी नियुक्त
काठमाडौं : क्रिकेट श्रीलंकाको निर्देशकमा टम मुडी नियुक्त हुने भएका छन् । उनलाई क्रिकेट श्रीलङ्काले तीन वर्षका लागि अनुबन्ध गर्न लागेको हो । क्रिकेट श्रीलङ्काले हालै आफ्नो विधान संशोधन गर्दै निर्देशकको पद सिर्जना गरेको छ । मुडीले अष्ट्रेलिया, इंग्ल्याण्ड र भारतमा क्रिकेटको बनावटको अनुभवलाई श्रीलङ्काली क्रिकेटको प्रगतिमा उतार्ने विश्वास लिइएको छ । श्रीलङ्काका पूर्वक्रिकेटर समेत रहेका अरविन्दा डी सिल्भाले मुडीको अनुभव श्रीलङ्काली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण हुने बताए । डी सिल्भाले श्रीलङ्काको खेलकूद मन्त्रालय मातहातको प्राविधिक समितिको नेतृत्व गरेका छन् । उक्त समितिमा रोशन महानामा, मुथैया मुरलीथरण र कुमार संगाकारा समेत छन् । चारै जना सम्मिलित टोलीले मुडी नियुक्तिको सिफारिस गरेको छ । टम मुडी हाल आईपीएलमा सनराइजर्स हैदराबाद फ्रेञ्चाइजको निर्देशकको भूमिकामा छन् । श्रीलङ्काली क्रिकेट बोर्डले निर्णय गरेलगत्तै उनी निर्देशकको रूपमा नियुक्त हुने छन् । उनलाई तीन वर्षे कार्यकालको लागि अनुबन्ध गरिने बताइएको छ ।
इंग्ल्याण्डसँगको टी-२० सिरिजका लागि भारतको टोली घोषणा
काठमाडौं : इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि भारतको टिम घोषणा गरिएको छ । बीसीसीआईले आज विराट कोहलीको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको हो । अष्ट्रेलियासँगको सीमित ओभरको सिरिजमा मौका नपाएका ऋषभ पन्तले ‘कमब्याक’ गरेका छन् । त्यस्तै, रोहित शर्मा पनि टोलीमा फर्किएका छन् । उनले चोटका कारण अष्ट्रेलियासँगको वानडे र टी-२० सिरिज गुमाएका थिए । त्यस्तै, बीसीसीआईले सूर्यकुमार यादव, इशान किशन, राहुल तेवटियालाई पहिलो पटक टिममा समावेश गरेको छ । चोटका कारण अष्ट्रेलिया भ्रमण गुमाएका स्पिनर वरुण चक्रवर्तीले पनि टिममा स्थान बनाउन सफल भएका छन् । त्यस्तै, चोटका कारण लामो समय विश्राम गरिरहेका तीव्र गतिका बलर भुवनेश्वर कुमारले पनि ‘कमब्याक’ गरेका छन् । भारत र इंग्ल्याण्डबीचको पाँच खेलको सिरिज १२ मार्चदेखि सुरु हुनेछ । सबै म्याच अहमदाबादमा हुनेछन् । इंग्ल्याण्डसँगको टी-२० सिरिजका लागि भारतको टोली : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पन्त (विकेटकीपर), इशान किशन (विकेटकीपर) युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वासिङ्गटन सुन्दर, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दुल ठाकुर ।
गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई ४ स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा २ स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले प्रदान गर्ने अवार्डका सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपिएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे । यस्तै एनएनआईपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे । आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रङ्गशाला निर्माणका लागि २० लाख सहयोग
काठमाडौंः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले रङ्गशाला निर्माणमा सहयोग पुग्ने बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उनले बताए । रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाइ छ । यसै आर्थिक वर्षभित्र तीन हजार क्षमताको प्याराफिटसहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए ।
आईपीएल अक्सनअघि लयमा सचिनका छोरा, दोस्रो म्याचमा पनि उत्कृष्ट ब्याटिङ
काठमाडौं: ७३औँ पुलिस शील्ड प्रतियोगितामा एमआईजी क्लबबाट खेलिरहेका अर्जुन तेन्दुलकरले लगातार दोस्रो म्याचमा पनि उत्कृष्ट ब्याटिङ गरेका छन् । दोस्रो खेलमा उनले २३ बलमा ५ छक्काको मद्दतमा ४७ रनको शानदार पारी खेले । आईपीएल अक्सन आउन केही दिनअघि अर्जुन उत्कृष्ट लयमा देखिएका छन् । उनले केही दिनअघि भएको एक म्याचमा ७१ रनको शानदार पारी खेलेका थिए । सो खेलमा उनले पाँच बलमा पाँच छक्का हिर्काएका थिए । अर्जुनको सो विस्फोटक पारीलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा पनि भइरहेको छ । उनी अलराउन्डर हुन् ।भारतीय टिमका पूर्वकप्तान सचिन तेन्दुलकरका छोरासमेत रहेका अर्जुनले आसन्न सिजनको आईपीएल अक्सनमा नाम दर्ता गराएका छन् । उनले २० लाख भारु न्यूनतम मूल्य ९बेस प्राइस० राखेर अक्सनमा नाम दर्ता गराएका हुन् । १४औँ सिजनको आईपीएल अक्सन आउँदो बिहीबार चेन्नईमा हुँदैछ ।
दोस्रो टेष्टमा इंग्ल्याण्डमाथि भारतको ३१७ रनको जित
काठमाडौं । भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट खेल ३१७ रनले जितेको छ । जितसँगै चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा आएको छ । भारतले प्रस्तुत गरेको ४८२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले ५४.२ ओभरमा मात्र १६४ रनमा समेटिएपछि उसले दोस्रो टेष्टमा हार बेहोरेको हो । इंग्ल्याण्डका लागि मोइन अलिले बनाएको ४३ रन सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । कप्तान जोइ रुट ३३ रन बनाएर पेभेलियन फर्किए । इंग्ल्याण्डको पारीका छ जना ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन् । भारतका लागि अक्षर पटेलले सर्वाधिक पाँच, रबिचन्द्रन आश्विनले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतले आफ्नो पहिलो पारीमा ३२९ रनको औसत योगफल तयार गरेको थियो । घरेलु टोलीले ८६ रनमै तीन प्रमुख ब्याट्सम्यान गुमाएपछि दबाबमा आएको थियो । तर ओपनर रोहित शर्माले तेज शतक लगाएपछि उसको पारी उकासिएको थियो । शुभमन गिल डक आउन हुन पुग्दा भारतले खाता समेत खोल्न सकेको थिएन । चेतेश्वर पूजारा २२ र कप्तान विराट कोहली समेत डक आउट हुन पुगे । रोहितले चौथो विकेटका लागि अजिन्क्यै रहानेसँग १६६ रनको साझेदारी गरे । रोहित शर्मा २३१ बलमा १८ चौका र दुई छक्काको सहयोगमा १६१ रनको पारी खेलेर ज्याक लिचको बलमा मोइन अलिलाई क्याच थमाए । रहाने ६७ रन बनाएर मोइन अलिको बलमा बोल्ड भए । भारतको पारीका चार जना ब्याट्सम्यान डक आउट भए । इंग्ल्याण्डका लागि मोइन अलिले सर्वाधिक चार तथा ओली स्टोनले तीन र ज्याक लिच दुई र जोइ रुटले एक विकेट लिए । दोस्रो दिनको खेलमा करिब २४ ओभर बाँकी रहँदा इंग्ल्याण्डले ५९ ओभर ५ बल खेलेर पहिलो पारीमा १३४ रनमा समेटियो । इंग्ल्याण्डको पारीमा विकेटकिपर ब्याट्सम्यान बेन फोक्सले सर्वाधिक ४२ रनको योगदान दिए । बेन्न स्टोक्सले १८ तथा डोम सिब्लीले १६ र ओली पोपले २२ रन बनाएर पेभेलियन फर्किए । इंग्ल्याण्डलाई सस्तोमै समेटन भारतका लागि रबिचन्द्रन आश्विनले सर्वाधिक पाँच विकेट लिए । अक्षर पटेल र इशान्त शर्माले सामान दुई दुई र मोहम्मद सिराजले एक विकेट लिए । पहिलो पारीमा भारतले १९५ रनको अग्रता लिएको थियो । दोस्रो पारीमा उसले २८६ रन जोडेपछि इंग्ल्याण्डले ४८२ रनको लक्ष्य पाएको थियो । भारतका लागि बलिङ्ग अलराउन्डर रबिचन्द्रन अश्विनले ओली स्टोनको बलमा बोल्ड हुनुअघि १०६ रनको उत्कृष्ट पारी खेले । कप्तान विराट कोहलीले ६२ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटका लागि ९६ रनको साझेदारी गरे । इंग्ल्याण्डका लागि ज्याक लिच र मोइन अलि दुबै जनाले सामान चार चार विकेट लिँदा ओली स्टोनले एक विकेट लिनुभयो । चेतेश्वर पूजारा सात रन बनाएर रन आउट हुन पुगे । दोस्रो पारीमा शतक लगाएुका साथै पहिलो र दोस्रो पारीमा गरी आठ विकेट लिएका रबिचन्द्रन आश्विन प्लेयर अफ द् म्याच घोषित भए ।
क्रिकेटर नमन ओझाले लिए संन्यास
काठमाडौंः भारतीय टिमका विकेटकीपररब्याट्सम्यान नमन ओझाले सबै क्रिकेट प्रारूपबाट संन्यास लिएका हुन् । उनी घरेलु क्रिकेटका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । ओझाले चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा विकेटकीपरको भूमिकामा रहेर सबैभन्दा बढी ब्याट्सम्यानलाई आउट गरेका छन् । उनले यसका अलवा आईपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि ओझाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने मौका पनि पाए । टिमको विकेटकीपररब्याट्सम्यानको रूपमा महेन्द्रसिंह धोनी भएकाले नमनले अन्तर्राष्ट्रिय क्रिकेटमा पर्याप्त म्याच खेल्न पाएनन् । सन् २०१० मा जिम्बाब्वेविरुद्ध डेब्यू गर्ने मौका पाएका ओझाले एक टेष्ट, एक वानडे र दुई टी-२० म्याच मात्र खेल्न पाए । घरेलु प्रतियोगितामा ओझाले मध्यप्रदेशबाट १७ सालको उमेरमा डेब्यू गरेका थिए । ३७ वर्षीय ओझाले रणजी ट्रफीमा ७ हजार ८६१ रन बनाएका छन् । उनी यो प्रतियोगितमा सर्वाधिक रन बनाउने सूचीको आठौँ स्थानमा छन् । त्यस्तै, उनले यो प्रतियोगितामा विकेटको पछि रहेर सर्वाधिक ५५१ जनालाई आउट गरेका छन् । ओझाले दिल्ली डेयर डेभिल्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबाट आईपीएलमा खेलेका छन् । उनले आईपीएलमा ११३ आईपीएल म्याचमा ११८.३५ को स्ट्राइक रेटमा १ हजार ५५४ रन बनाएका छन् । ओझाले अन्तिम पटक सन् २०१८ मा आईपीएल खेलेका थिए । आईपीएलमा उनको उच्च स्कोर अविजित ९४ रन हो ।
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित २० खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणका लागि बोलाएको हो । दोस्रो चरणको प्रशिक्षण भोलि (आइतबार)देखि सुरु हुँदैछ । त्यसको अघिल्लो दिन क्यानले दोस्रो चरणको प्रशिक्षणमा भाग लिने खेलाडीलाई बोलाएको हो । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिका, ओमान र नेपालबीचको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिममा परेका २१ खेलाडीलाई समावेश गरेर गत साता पहिलो चरणको प्रशिक्षण सुरु भएको थियो । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्यानले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । पहिलो चरणमा २१ खेलाडी अभ्यासमा सहभागी भएका थिए । अब पहिलो चरणमा समावेश र थप गरी २० जनालाई प्रशिक्षणका लागि बोलाएको हो । नेपालले अभ्यास जारी राखे पनि निर्धारित मितिमा भने नेपालसहित तीन देशले खेल्ने भनिएको सिरिज नहुने भएको छ । प्रतियोगिताका लागि नयाँ मिति घोषणा नभए पनि नेपालले भने प्रशिक्षण जारी नै राख्ने छ । दोस्रो चरणमा क्यानले बोलाएका खेलाडी । सूची :
नेपाली फुटबलर अभिषेकले आइजोलबाट आइलीग खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने भएका छन्। पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेकले आफू आइजोल फुटबल क्लबमा अनुबन्धित भएको बताए। २०२० को अक्टोबरमा भएको आइलिग फुटबल छनोटको फाइनल राउण्डमा अभिषेकले मोहमेदन स्पोर्टिङ क्लबबाट खेलेका थिए। अभिषेकको महत्वपूर्ण प्रदर्शनमा आइलिगको दोस्रो डिभिजन च्याम्पियन हुँदै मोहमेदन आइलिगमा बढुवा भएको थियो। तर, अभिषेकले भने मोहमेदनबाट आइलिग खेल्न पाएनन्। आइजोल क्लबमा अनुबन्धित भएसँगै अभिषेक अबका बाँकी खेल भने खेल्न पाउनेमा आशावादी छन्। अभिषेकले भने, ‘आइलिगका लागि आइजोलमा अनुबन्धित भएको छु। अब राम्रो गर्ने छु।’
दुई खेलाडीलाई पछि पार्दै पन्तले जिते ‘प्लेयर अफ द मन्थ’ अवार्ड
काठमाडौं: भारतीय क्रिकेट टिमका विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड पाएका छन् । उनले जनवरी महिनाको ‘प्लेयर अफ द मन्थ’को अवार्ड पाएका हुन् । उनले इंग्ल्याण्डका कप्तान जो रुट र आयरल्याण्डका पउल स्टर्लिङलाई पछि पार्दै ‘प्लेयर अफ द मन्थ’को अवार्ड जितेका हुन् । जनवरीमा अष्ट्रेलियासँगको टेष्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै पन्त यो अवार्डका लागि छनोट भएका थिए । पन्तले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजको अन्तिम खेलमा ९७ रनको पारी खेल्दै टिमलाई जित दिलाएका थिए । सो सिरिजमा उनी भारतीय टिमको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी थिए । पन्त भोटिङका आधारमा रुट र स्टर्लिङलाई पछि पार्दै ‘प्लेयर अफ द मन्थ’को अवार्ड हात पारेका हुन् । श्रीलंकासँगको टेष्ट सिरिजमा उत्कृष्ट ब्याटिङ गरेको भन्दै रुट यो अवार्डका लागि मनोनयन भएका थिए । रुटले श्रीलंका विरुद्धको सो सिरिजमा एक दोहोरो शतक र एक शतक बनाएका थिए । त्यस्तै, स्टर्लिङले अफगानिस्तानसँगको वानडे सिरिजमा शानदार प्रदर्शन गरेका थिए । तीन खेलेको सो सिरिजमा उनले दुई शतक बनाएका थिए । Related Articles
बंगलादेशविरुद्ध वेष्ट इण्डिजको अविश्वसनीय जित, मेयर्सले डेब्यूमै बनाए दोहोरो शतक
काठमाडौं : वेष्ट इण्डिज क्रिकेट टिमका अलराउन्डर कायल मेयर्सले डेब्यू टेष्टमै दोहोरो शतक बनाएका छन् । उनले बंगलादेश विरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा ३१० बलमा २० चौका र सात छक्कासहित अविजित २१० रन बनाए । मेयर्स डेब्यू टेष्टमै दोहोरो शतक बनाउने छैटौँ खेलाडी बनेका छन् । यसअघि इंग्ल्याण्डका रेजिनाल्ड एस्र्काइन फोस्टर, वेष्ट इण्डिजका नरेल्नस रोवे, श्रीलंकाका ब्रेण्डन कुरुप्पु, न्यूजिल्याण्डका म्याथू सिनक्लेयर र दक्षिण अफ्रिकाका ज्याक रुडोल्फले डेब्यू टेष्टमै दोहोरो शतक बनाएका थिए । मेयर्सको अविजित दोहोरो शतकको मद्दतमा पहिलो टेष्टमा पाहुना टोली वेष्ट इण्डिज तीन विकेटले विजयी भएको छ । बंगलादेशले दिएको ३९५ रनको लक्ष्य वेष्ट इण्डिजले १२७.३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । उसका लागि मेयर्सको दोहोरो शतकसहित नक्रुम्हा बोन्नरले ८६, जोन क्याम्पबेलले २३, क्रेग ब्रार्थवेट र जोसुवा डिसिल्भाले २०/२० रनको योगदान दिए । बलिङमा मेहदीहसन मिराजले चार, तजीउल इश्लामले दुई र नइम हसनले एक विकेट लिए । वेष्ट इण्डिज पहिलो इनिङ्समा २५९ रनमा अलआउट भएको थियो । सो इनिङ्समा कप्तान क्रेग ब्रार्थवेटले ७६, जेर्मेन ब्ल्याकवुडले ६८, जोसुवा डिसिल्भाले ४२, काइल मेयर्सले ४० र नक्रुम्हा बोन्नरले १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा मेहदीहसन मिराजले चार, तजीउल इश्लाम, नइम हसन र मुस्तफिजुर रहमानले दुई/दुई विकेट लिए । टस जितेर ब्याटिङ रोजेको बंग्लादेश पहिलो इनिङ्समा ४३० रनमा अलआउट भएको थियो । सो इनिङ्समा मेहदीहसन मिराजले १०३, शादमान इश्लामले ५९, शाकिवअल हसनले ६८, मुश्फिकुर रहीम, लिटन दासले ३८/३८, कप्तान मोमिनुल हकले २६, नजिमुल हसन सान्तोले २५, नइम हसनले २४ र तजीउद इश्लामले १८ रन बनाएका थिए । बलिङमा जोमेल वारिक्कनले सर्वाधिक चार विकेट लिएका थिए । दोस्रो इनिङ्समा बंगलादेशले २२३ रनमा पारी समाप्तीको घोषणा गरेको थियो । सो इनिङ्समा कप्तान मोमिनुल हकले ११५, लिटन दासले ६९ र मुश्फिकुर रहीमले १८ रन बनाए । बलिङमा जोमेल वारिक्कन, रकहीम कोर्नवालले तीनतीन र सेनन ग्रब्रियलले एक विकेट लिए । आजको जितसँगै दुई टेष्टको सिरिजमा वेष्ट इण्डिजले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो तथा अन्तिम टेष्ट ११ फेब्रुअरीमा हुनेछ ।
गेल चम्किँदा सोमपालको टिमविरुद्ध आबुधाबीको फराकिलो जित
काठमाडौं : यूएईमा जारी टी-१० क्रिकेट लिगअन्तर्गत मराठा अरेबियन्सविरुद्ध टिम आबुधाबी ९ विकेटले विजयी भएको छ । मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ५.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ९ छक्का र ६ चौकासहित अविजित ८४ रन बनाए । गेलले आज १२ बलमै अर्धशतक बनाएका थिए । जारी प्रतियोगितामा गेलको ब्याट चलेको पहिलो पटक हो । यसअघि खेलमा उनी सस्तैमा आउट भइरहेका थिए । त्यस्तै, पउल स्टर्लिङले ११ र जो क्लार्कले नटआउट ५ रनको योगदान दिए । बलिङमा कप्तान मोसाद्देक हुसेनले एक विकेट लिए । सोमपाल कामी भने आज विकेटविहीन बन्न पुगे । खेलको दोस्रो ओभरमा बलिङमा आएका सोमपालले बिनाविकेट २७ रन दिए । उनले यो ओभरमा २ चौका र ३ छक्कासहित २७ रन दिए । सोमपालको यो ओभरमा पउल स्टर्लिङले लगातार दुई चौका र क्रिस गेलले तीन बलमा लगातार छक्का हिर्काए । जारी प्रतियोगितामा सोमपालको यो सबैभन्दा महँगो ओभर हो । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि आइसन सराफूले ३३, मोहम्मद अफीजले २०, मुक्तर अलिले १४, लौरी इभन्सले ८ र सोयब मलिकले अविजित १५ रन बनाए । बलिङमा ओबेद म्याकोयले दुई, नवीनउल हक र जिमी ओभरर्टनले एक/एक विकेट लिए । जारी प्रतियोगितामा आबुधाबीको यो दोस्रो जित हो । मराठाले भने ६ म्याच खेल्दा एक म्याचमा मात्र जित हासिल गरेको छ ।
कलन्दर्सविरुद्ध मराठा पराजित, सोमपालले लिए कप्तानको विकेट
काठमाडौं: यूएईमा जारी चौथो संस्करणको टी-१० लिगअन्तर्गत मराठा अरेबियन्सविरुद्ध कलन्दर्स चार विकेटले विजयी भएको छ । मराठाले दिएको १ सय २ रनको लक्ष्य कलन्दर्सले ८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि सरजील खानले २८, कप्तान सोहल अख्तरले २०, आशिफ खलिले १०, बेन डंकले अविजित २६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा यामीन अहमदजाईले दुई, सोमपाल कामी, इशान मलोहत्रा, सोयब मलिकले एकरएक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनायो । उसका लागि मोहम्मद अफीजले ४४, सोयब मलिकले २३, अब्दुल शाकूरले ११, लौरी इभन्सले ९, कप्तान मोसाद्देक ओसेन र मुक्तर अलिले ४/४ रन बनाए । सोमपाल कामीले भने आज पनि ब्याटिङको मौका पाउन सकेनन् । उनले ब्याटिङको मौका नपाएको यो लगातार चौथो म्याच हो । बलिङमा सोहेल तनवीरले तीन, सुल्तान अहमद र अहमद दानियलले एकरएक विकेट लिए । जारी प्रतियोगितामा मराठाले चार म्याच खेल्दा एकमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

