खेलकुदबारे सिंहदरबारको बुझाइमा परिर्वतन गर्न आवश्यक छ : मन्त्री अथक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक ले खेलकुदप्रतिको सिंहदरबारको बुझाई परिर्वन गर्न आवश्यक रहेको बताएका छन् । उनले निति निर्माण तहमा खेलकुदलाई सामान्य क्रियाकलाप हो भन्ने बुझाई रहेको बताए। उनले खेल क्षेत्रका लागेका सबैले नीति निर्माण तहमा रहेको उक्त बुझाइलाई परिर्वतन गर्न भुमिका खेल्नुपर्ने बताए ।

 

साथै उनले प्राकृतिक हिसावले देश सुन्दर भएकाले त्यसको उपयोग खेलकुद मार्फत गर्नुपर्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदलाई राज्यले प्राथमिकतामा नराखेको पनि बताए ।

 

‘नेपाल प्राकृतिक रुपले राम्रो देश छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री गहतराजले भने । मन्त्री गहतराजले खेलकुदको विषय सिंहदरबार भित्र बुझ्ने मान्छे नभएको बताए । त्यसैले नै नेपाली खेलकुद बजेटको हिसावले उपेक्षामा परेको बताए

 

‘खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । सिंह दरबारमा रहने व्यक्तिले यो कुरा बुझ्नु पर्ने हुन्छ,’ उनले भने ।

मन्त्री अथकले खेल सामान्य क्रियाकलापको क्षेत्रमात्रै नभएर खेलकुद क्षेत्रलाई नयाँ उद्योगको रुपमा लिनुपर्ने बताए । नेपालले खेलकुदलाई व्यवसाय, खेल पर्यटन र अन्तराष्ट्रिय रिलेसन तथा खेलकुटनीतिको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

 

 

 

ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।   कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भइनसकेको बताए । ‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भने ।

इङ्ग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । समग्रमा सिटी ३८ खेलमा ९३ अङकसाथ उपाधि जोगाउन सफल भयो भने लिभरपुल ३८ खेलमा ९२ अङ्कसाथ दोस्रो भएको छ ।

भारतमा हुने २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । भारतमा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसनले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । खेल जुलाई २५ तारिखमा भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

अस्ट्रेलियाका पूर्वक्रिकेटर साइमन्ड्सको कार दुर्घटनामा निधन

एजेन्सी । अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन भएको छ। उनी मात्र सवार कार क्विन्स्ल्यान्डको टाउन्सभिल सहरनजिकै दुर्घटनाग्रस्त भएको थियो। क्विन्स्ल्यान्ड प्रहरीका अनुसार सहरभन्दा ५० किलोमिटर पश्चिममा पर्ने हर्वी रेन्जमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। साइमन्ड्सले २०१२ मा खेलबाट सन्यास लिएका थिए। उनी ४६ वर्षका थिए। उनका पत्नी र दुई सन्तान छन्। उनको निधनमा विश्वभरका क्रिकेटप्रेमीले दुःख व्यक्त गरेका छन्।

१० खेलाडीलाई माफी दिएको भन्दै कारबाही नगर्न एन्फालाई अल्मुताइरीको पत्र

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर आरोप लगाएका थिए । उनीहरुका अनुसार होस्टलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई घर पठाएका थिए । रोहितले आफूहरुकै आग्रहमा धारणा राखेको भन्दा आफूहरुलाई पनि बन्द प्रशिक्षणबाट निकालेको उनीहरुको दाबी छ ।   तर अल्मुताइरीले एन्फालाई लेखेको पत्रमा यसबारे केही बोलेका छैनन् । आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने अपमानजनक भएको उनले उल्लेख गरेका छन् । एन्फा महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको बताएका छन् । खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।   साथै छनोटमा नेपालले गर्ने प्रदर्शनको आफूले जिम्मेवारी लिने समेत उनले बताएका छन् ।

अफगानिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । यसअघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ । अफगानिस्तान र नेपाल एकै स्तरका टोली हुन् । तर, पछिल्लो समय अफगानिस्तानले प्रदर्शनलाई बलियो बनाएको छ । त्यसैले अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने छैन । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सुखद अन्त्य गर्ने योजनामा छ ।

खेल क्षेत्रमा व्यावसायिक रुपले लाग्नसक्ने वातावरण बनाउनुपर्छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल क्षेत्रमा व्यावसायिक रुपमा लाग्न सक्ने वातावरण राज्यले निर्माण गनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राज्यले गर्व गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै राज्यले खेलकुदको विकासमा धेरै गर्नु बाँकि रहेको बताए । अखिल नेपाल फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको मुख्य प्रयोजनमा तथा चितवन जिल्ला फुटबल संघको स्थानीय आयोजनामा संचालन हुन गइरहेको “राष्ट्रिय महिला फुटबल लिग–२०७८” को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेल स्वास्थ्यको लागि राष्ट्रको लागि र संमृद्धिको लागि हुनुपर्ने बताएका छन् । खेलकुद क्षेत्रको विकासमा आफ्नो सधै जोड रहने उनको भनाई छ । उनले भने “मैले पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा मेरो ध्यान र जोड खेल क्षेत्रलाई संस्थागत रुपमा विकास गर्ने प्रयत्न थियो।” आफु पनि विद्यार्थी कालमा फुटबलको खेलाडी भएको स्मरण गर्दै उनले फुटबल क्षेत्रको विकासको निम्ति पनि पहल गरेको बताए । अध्यक्ष प्रचण्डले स्वास्थ्यको लागि खेल, राष्ट्रकोलागि खेल र संमृद्धिकोलागि खेल भन्ने मान्यता भित्र रहेर पहिलो र दोस्रो कार्यकालमा खेल क्षेत्रको विकासमा योगदान पु्र्याउन महत्वपुर्ण भुमिका निवाह गर्दै आएको बताए । उनले महिला खेल क्षेत्रमा योगदान गर्ने खेल क्षेत्रका अगुवा खेलाडी र प्रशिक्षकहरु र खेलाडीलाई धन्यवाद दिएका थिए । राज्यले खेलाडीहरुलाई खेल क्षेत्रबाट नै व्यावसायीक रुपमा लाग्न सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले भरतपुरमा क्रिकेट रंगसाला निमार्णको दाइत्व राज्यले लिने समेत बताए । अध्यक्ष प्रचण्डले चितवनमा खेल पर्यटनको राम्रो सम्भावना रहेको भन्दै त्यसको निम्ति सबैको ध्यान जानुपर्ने बताए ।

सरकारले गर्यो राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान

काठमाण्डौं ।सरकारले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरुलाई प्रधानमन्त्री देउवाले जनहि ५ लाख प्रदान गरेका हुन् । स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरुणा शाही,मनिषा कुमारी चौधरी,कामना बिष्ट,लक्ष्मी चन्द,उषा भण्डारी,प्रतिभा माली,सलिना श्रेष्ठ,सरस्वती चौधरी,सुनिता खड्का,सफिया पुन,कृपा अधिकारी, र शान्ति कुमारी थारु हुन् । स्टार खेलाडी सरस्वती भने घुडाको शल्याक्रिया भएको कारण उपस्थिति भएकी थिइन । उनको सम्मान पत्र पुरुष भलिबलका पूर्व कप्तान भरत शाहाले लिएका थिए । त्यस्तै,मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादबले समान ३ लाख प्राप्त गरेका छन् भने टिम मेनेजर ज्योती केसीले २ लाख प्राप्त गरेकी थिईन् । सोहि अवसरमा विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शिर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि सम्मान गरिएको थियो । अल्मोतारीले भने फुटबल टिम सम्मानीत हुदा विदेशमा भएका करण उपस्थिति नभए पश्चात शुक्रबार सम्मान गरिएको हो । खेलाडी तथा प्रशिक्षक सम्मान पश्चात प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिजाउने एउटन महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको बताए । उनले भने खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीहरूको क्षमता विकासको लागि सरकारले विशेष जोड दिँदै आएको छ । सरकारले खेलकुद मार्फत राष्ट्रको शान र इज्जत उँचो बनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्न र उनीहरूको मनोबल उच्च राख्न विभिन्न सम्मान कार्यक्रमको आयोजना तथा नगद पुरस्कार वितरण पनि गर्दै आइरहेको छ । यसै सन्दर्भमा बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय महिलाभलिबल प्रतियोगितामा विजयी भई पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई नगद पुरस्कार सहित सम्मान–पत्र दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । प्रधानमन्त्रीले भने “आज सम्मानित र पुरस्कृत हुने सबै खेलाडी,प्रशिक्षकर अफिसियलहरू धन्यवादका पात्र हुनुहुन्छ । तपाईंहरूप्रति हामी सबै गौरवान्वित छौँ । भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीहरूले भलिबल लगायतका खेलकुदका विभिन्न विधामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्रतिस्पर्धामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।” उनले विश्व ब्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल भई राष्ट्रको गरिमा उच्च राखेकोमा योगदानको कदर गर्दै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि बधाई तथा शुभकामना दिन दिए। प्रधानमन्त्रीले फुटबलको क्षेत्रमा नेपाली खेलाडीहरूलाई निरन्तर कुशल प्रशिक्षण दिएको भन्दै प्रशिक्षक अब्दुलाह अल्मोतारीको प्रसंसा गरेका थिए । उनले भने “आगामी दिनहरूमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरूले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु । आम नेपाली खेलाडी तथा खेलकर्मीहरूले आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्दै मुलुकको प्रतिष्ठा र यश अभिवृद्धि गर्दै जान योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूलाई नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि सरकार सदैव सकारात्मक रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।” सरकारले मुलुकमा खेलकुद क्षेत्रको विकासका लागि देशभर खेलकुद पूर्वाधारहरूको निर्माण र स्तरोन्नतिका लागि विशेष कार्यहरू गर्दै आइरहेको बताए । प्रधानमन्त्रीले भने “खेलाडीहरूको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन समेत सरकारले पहल गर्ने विश्वास दिलाउन चाहन्छु । खेलकुद क्षेत्रको विकास सँगैसँगै यस क्षेत्रमाअनुशासन र सुशासन कायम गर्नआवश्यक छ । खेलकूद क्षेत्रलाई सबै किसिमका विकृति र विसङ्गतिबाट मुक्त राख्दै स्वच्छ प्रतिस्पर्धालाई अघि बढाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ । यसमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बद्ध खेलसंघहरू तथा सम्पूर्ण खेलकर्मीहरू बीच समन्वयात्मक प्रयास हुनु आवश्यक देख्दछु । निजी क्षेत्रका संघ संस्थाहरूले मुलुकको खेलकुद क्षेत्रको विस्तार र प्रवर्द्धनका लागि गरेको सहयोगको हार्दिक सह्राहना गर्दै आगामी दिनमा खेलकुदका क्षेत्रमा थप लगानी बढाउन समेत अपिल गर्न चाहन्छु । अन्त्यमा, नेपाली खेलाडीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउँदै जाने सफलता प्राप्त होस् भन्ने कामना गर्दछु । ” प्रधानमन्त्री देउवाले नेपाल भलिबल संघलाई पनि सम्मान गरेका छन् । सोही अवसरमा नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्माले प्रधान मन्त्री देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक) र सचिव डा. दामोदर रेग्मीलाई मायाको चिनो प्रदान गरेका थिए । समापनका अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज (अथक)ले भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल नभएकाले त्रिपुरेश्वर हात भित्रै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल कदमी गरिने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला “ज्वाला” ,नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के,महासचिव जितन्द्र वहादुर चन्द,कोषध्यक्ष सुनकेशरी माली लगायतको उपस्थिति रहेको थियो ।

राम्रो रङ्गशाला बनाउन प्रशिक्षक अब्दुल्लाहको प्रधानमन्त्रीसँग आग्रह

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले भेट गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीलाई सामान्य खेलकुदमा खेलाडीलाई सहयोग गर्न आग्रह गरेका छन् । साथै राम्रो रङ्गशाला बनाउन पनि आग्रह गरेका छन् । विकल्प खोजेर नेपाली फुटबललाई सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

पोखरा । आहा राराको दुई दशकको इतिहासमा छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ। यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो। आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपिएफले च्याम्पियन बन्दै रु १० लाख एक हजार पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा मनाङले रु पाँच लाख एक हजारमा चित्त बुझाउन बाध्य बन्यो। हालसम्म उपाधि जित्न नसकेको विभागीय टोली एपिएफले उपाधि उचालेसँगै आहा राराले नयाँ च्याम्पियन पाएको छ। खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपिएफ टाइब्रेकरमा भाग्यमानी भयो। एपीएफको जितमा गोलकिपर युया कोरियामा नायक बन्नुभयो। पेनाल्टी सुटआउटमा मनाङका ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपिएफलाई पहिलोपटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाउनुभयो। टाइब्रेकरमा एपिएफका नवीन लामा, सनिष श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल हुनुभयो। मनाङका फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले मात्र गोल गर्नुभयो। खेलको २१औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाउनुभएको थियो। पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७औँ मिनेटमा दयानन्द सिंहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो। खेलको ८४औँ मिनेटमा फ्रेङलिनको गोलमार्फत् मनाङले अग्रता बनाएर विजय नजिक पुगेको अवस्थामा पाँच मिनेटको इन्ज्यूरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल हुनुभएको थियो। अतिरिक्त समयमा दुवै टोलीबाट कुनै पनि गोल हुनसकेको थिएन। ‘क्याराभान गोल्डकप’ सहित १२औँ पटक फाइनल खेलेको मनाङलाई दुईपटक मात्र फाइनल पुगेको एपिएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो। एपिएफ १४ वर्षपछि दोस्रोपटक फाइनल पुगेको हो। विसं २०६४ मा छैटौँ संस्करणमा पहिलोपटक फाइनल पुगेको एपिएफ नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएको थियो। मनाङले भने विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्धौँ र विसं २०७६ को १८औँ संस्करणको उपाधि जितेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफका डिफेण्डर राजन गुरुङले प्राप्त गर्नुभयो। उहाँले पुरस्कारवापत एक थान स्कुटर पाउनुभयो। यसैगरी उत्कृष्ट गोलकिपर एपिएफका युया कोरियाम, डिफेण्डर एपिएफका राजन गुरुङ, मिडफिल्डर एपिएफकै रवि थिङ, फरवार्ड मनाङका ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपिएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपिएफका रवि थिङ घोषित हुँदै जनही रु २५ हजारका दरले पुरस्कार पाउनुभयो। प्रतियोगितामा नेपालका ए डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहाराको गरी १० टोलीले सहभागिता जनाएका थिए। रासस

नेपालले जित्यो मरिससलाई, विमल घर्तीको गोल नै बन्यो निर्णायक

काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गरेको छ। खेलको ५४ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन्। सोही गोल नै खेल जित्नका लागि निर्णायक बनेको छ। पहिलो हाफमा कसैले गोल गर्न नसके पनि दोस्रो हाफको शुरुमै नेपाली खेलाडी विमल घर्तीले सानदार गोल गरेका थिए। पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो। यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन्। यसैगरी सुनील बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो। नेपालले सन् २०११ मा भुटानविरुद्ध भएको खेलपछि कुनै जीत पाएको थिएन।

टोक्यो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई, पहिलो खेलमैं नेपालका २ खेलाडी बाहिरिए

टोक्यो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्। उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन्। उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए। आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेका छन्। कल्पनाको राष्ट्रिय कीर्तिमान, सोनिया पराजित उद्‌घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाएका थिए। टोक्यो ओलिम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन्। तर शुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरेकी छिन्। महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी उनले प्रारम्भिक चरणमा ६सय १६.८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोडेकी हुन्। उनले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन्। टोक्योको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनी समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन्। कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन्। प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन्। एक मिनेट १६ सेकेन्ड महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन्। इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन्। इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन्। प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन्। कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन्। ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ। एथलेटिक्स टोली आज शनिवारमात्र जापान प्रस्थान गरेको छ। मास्क नलगाउने खेलाडीलाई सजाय ओलिम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफ डुबीले कोभिड विरोधी उपायहरू बेवास्ता गरेमा खेलाडीहरूलाई सजाय दिइने बताए। उद्‌घाटन समारोहमा किर्गिस्तान, ताजिकिस्तानका खेलाडीहरू र पाकिस्तानका झण्डा समातेका दुई खेलाडीले मास्क लगाएका थिएनन्। डुबीले बिहानको आईओसी ब्रिफिङमा भने, “हामीले मास्क लगाउन किन महत्त्वपूर्ण छ भन्ने बुझाउन निरन्तर सन्देश दिइरहनुपर्नेछ। “त्यस्तो सन्देश दिने काम हिजो पनि गरियो र भोलिका दिनमा पनि गरिरहने छौँ। यदि त्यस्तो व्यवहार गरियो भने त्यो सह्य हुने छैन र हामी कारबाही गर्ने छौँ। त्यस्तो स्थितिमा पुग्न नपरोस् भनेर हामीले सन्देश दोहोर्‍याउने काम गरिरहनेछौँ।” -बिबिसीबाट

युरोकप : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड १-० ले विजयी

काठमाडौं : इङ्ल्यान्डले युरोकप फुटबल २०२० अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १-० गोलको जित निकालेको हो । लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । यो गोलसँगै स्ट्रलिङले इङ्ल्यान्डका लागि १९ खेलमा १७ गोल गर्न सफल भएका छन् । जितसँगै समूह डी’मा रहेको इङ्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यता क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

युरो कप : स्वीट्जरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो

काठमाडौं : युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले एक एक अंकमा चित्त बुझाएका छन् । बाबु स्टेडियममा शनिबार भएको खेलमा समूह ए मा रहेका स्वीट्जरल्याण्डले सुरुवाती अग्रता जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउन बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । ४९ औं मिनेटमा ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् । ७४ औं मिनेटमा वेल्सले बराबरी गोल गरेको थियो । उसका लागि किफर मोरले गोल गर्दै वेल्सलाई खेलमा फर्काएका थिए । तर, ८७ औं मिनेटमा मारियो गार्भानिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई २-१ ले अघि बढाउन खोजेका थिए । भर्खरै मैदान प्रवेश गर्दै गोल गरेका गार्भानिको गोललाई रेफ्रीले भारको सहायताले अफसाइड करार गरेका थिए ।

बिकास खवास बाहिरिए, अष्ट्रेलिया बिरुद्ध पाँच खेलाडी परिवर्तन

काठमाडौं : अष्ट्रेलिया बिरुद्धको खेलमा नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले पाँच परिवर्तन गर्नुभएको छ । विश्वकप फुटबल २०२२ र एशिया कप २०२३ को छनोट अन्तगर्तको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाको सामना गर्दैछ । कुवेतस्थित अल जबेर अन्तर्राष्ट्रिय रङशालामा अबको केही समयमा सुरु हुने खेलबाट बिकास खवास बाहिरिनुभएको छ । जोर्डन बिरुद्धको खेलमा घाइते भएपछि उहाँ पहिलो हाफमै बाहिरिनुभएको थियो । जोर्डन बिरुद्धको खेलमा पहिलो रोजाईमा परेका अञ्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेञ्चमा बस्नेछन् । नेपालले अष्ट्रेलिया बिरुद्ध ४-३-३ को रणनीतिमा खेल्नेछ । पूजन उपरकोटी, विशाल राई र एरिक विष्ट मीडफिल्डमा हुनेछन् । डिफेन्समा गौतम श्रेष्ठ, आक्रमणमा नवयुग श्रेष्ठ तथा सुनिल बलले खेल्नेछन् ।