हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य
काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।
नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।
टी-२० विश्वकप तयारी गर्न क्रिकेट संघलाई प्रधानमन्त्रीले प्रदान गरे पाँच करोड
काठमाडौं । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ प्रदान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशनमा टी-२० विश्वकप तयारी गर्न सो रकम क्रिकेट संघलाई प्रदान गरिएको हो। आगामी १ देखि २९ जुन २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि सो रकम प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सलाई
काठमाडौं । घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै शृंखलाको उपाधि चुमेको हो ।
कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट, तोडे ८३ रनको साझेदारी
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोडलाई कुशलले ८.१ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । ओ‘डोडले डच टिमका लागि २२ रन बनाए । सोही ओभरको पाँचौँ बलमा विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लेभिटले २९ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन बनाए । लेभिट र ओ‘डोडले पहिलो विकेटका लागि ८.५ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ८४ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
गुम्यो नेपालको दोस्रो विकेट, कप्तान रोहित २५ रन बनाएर आउट
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ९.२ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । रोहितले १९ बल खेल्दा तीन चौका र एक छक्कासहित २५ प्रहार गरे । जारी खेलको ९.२ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ८२ रन बनाएको छ । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो । ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
पहिलो ब्याटिङ पावर प्लेमा नेपालले कटायो ५० रन
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ पावर प्लेमा ५० रन पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ६ ओभरको खेल समाप्त हुँदा एक विकेट गुमाएर ५५ रन बनाएको छ । हाल नेपालबाट क्रिजमा रहेका आसिफ सेख ३५ र कप्तान रोहितकुमार पौडेल रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो । ट्वान्टी–२० विश्वकपको तयारीस्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
भुर्तेल आउट, नेपालको ३५ रन
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ३.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । कुशलले नेपाली टिमको स्कोरबोर्डमा २० रन थपे । जारी खेलमा नेपालले १ विकेट गुमाएर ३५ रन जोडेको छ ।
त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल जारी : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल
काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरेका छन् । उनले पाहुना टिमलाई फिल्डिङमा बोलाए । फाइनलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । यसअघिका दुई भेटमा नेपाल र नेदरल्यान्ड्सले समान एक जित निकालेका छन् । तालिकामा नेदरल्यान्ड्स शीर्ष, नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, १२ हजार टिकट खुला
काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । यसअघि शृंखलाको लिग चरणमा यी दुई टिमबीच भएका दुई खेलमध्ये एक खेल नेपालले र अर्को खेल नेदरल्यान्ड्सले आफ्नो पोल्टमा पार्न सफल भएका थिए । लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित हासिल गर्न सफल बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । फाइनलका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान) ले १२ हजार टिकट खुला गरेको छ । यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत
काठमाडौं । १६ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेर सहज जीत निकालेको हो । नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको थियो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गर्न सफल भईन । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको थियो । खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएपनि नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् । दोस्रो हाफमा दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो भने भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।
त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भई दुबै टोलीले १–१ अंक बाँडेपछि नेपालको भेट नेदरल्याण्डसँग हुने पक्का भएको हो । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंक सहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर फेरि वर्षा भएपछि खेल रद्द भएको हो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।
हङकङमा हुने ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा, नयाँलाई अवसर
काठमाडौं । क्यानले हङकङमा हुने ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमलाई अवसर दिइएको छ भने अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ । नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने ट्वान्टी–२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ । यस्तो नेपाली टिम रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा
नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई क्यानको फ्रि व्यवस्था
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलका लागि क्यानले फ्रि टिकटको व्यवस्था गरेको छ । दर्शकहरुले नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा मैदानमा बिना टिकट फ्रि मै हेर्न पाउँनेछन् । नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा गरे : प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा गरेको बताएकी छिन् ।विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको बताएकी हुन् । प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गरिन् । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’ उनले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताइन् ।महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो ।प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता गरिने प्रतिबद्धता व्यक्त गरिन् । सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो । भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए । रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९।१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो । अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा ग¥यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए । त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो ।
खेल क्षेत्रको विकास गर्न सरकार प्रयत्नशिल छ : उपमहासचिव पुन
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् । सहिद सप्ताको अवसरमा शहिद स्मृती प्रतिष्ठान नेपाल र वाईसीएल नेपाल वाग्मती प्रदेश समितिद्वारा आयोजित प्रथम सहिद स्मृति वाग्मती प्रदेश रनिङशिल्ड भलिबल प्रतियोगिता-२०८० एवं शहिद,बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए । तर जनताको आकांक्षा अनुसार भने अझै पनि विकास हुन नसकेको उनले बताए । उनले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रूपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरूले साथ दिनुपर्ने धारणा राखे । उनले सबै प्रकारको खराब तत्वहरुबिरुद्ध सवै मिलेर लड्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले खेल क्षेत्रलाई विकास गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जीत, फाइनल प्रवेश !
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले शानदार जीत हासिल गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । यससँगै नेपाललेशृंखलाको फाइनलमा पुग्ने सम्भावना जीवित बनाएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । सिरिजको सुरुवाती दुई खेलमा हार ब्यहोरेपछि नेपाल कठिन अवस्थामा पुगेको थियो । तर लिग चरणका पछिल्ला दुई खेलमा जित निकाल्दै नेपालले सिरिजमा उत्कृष्ट कमब्याक गरेको हो ।

