कीर्तिपुरमा बस दुर्घटना त्रिविका प्राध्यापकको निधन

काठमाडौँ । कीर्तिपुरमा बस दुर्घटना भएको छ । दिउँसो भएको दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी)दिनेशराज मैनालीले बताए। 


प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन्। दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ।

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने । तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दीतर्फ गइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। बिहीबार राति मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चौधरी लडिरहेको देखेपछि स्थानीय अटो चालकले उनलाई लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु

भरतपुर ।पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो।  उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए। ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए। रासस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । सुर्खेत, भेरीगंगा नगरपलिका ५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका १० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ ।  कास्की, पोखरा महानगरपालिका १४ चाउथेस्थित सडकमा बा. १ प १३३८ नम्बरको बस र ग २४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका १४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, लमही नगरपालिका ७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३–२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । झापा, शिवसताक्षी नगरपालिका ८ स्थित सडकमा मे।३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

जीपसँग ठोक्किदा मोटरसाइकलमा सवार तीनको मृत्यु

झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले उनीहरूको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।  मृतकहरुको सनाखत हुन बाँकी छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।  जाजरकोटको जुनिचाँदे गाउँपालिका ६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  संखुवासभाको चिचिला गाउँपालिका २ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र.१.०२.००३  त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका २ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।  चितवनको भरतपुर महानगरपालिका३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना.६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका ११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका ८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  डडेल्धुराको अमरगढी नगरपालिका ७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से.१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका ७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।  दैलेखको आठबिस नगरपालिका ३ धौलाकोटस्थित सडकमा भे.६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका ४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  सर्लाहीको बरहथवा नगरपालिका १५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ.प.अ. १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका ५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका ३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  बैतडीको डिलासैनी गाउँपालिका १ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका १ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको लहान नगरपालिका १८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका १८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।  पर्साको जगरनाथपुर गाउँपालिका ४ हुलाकी सडकमा वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

घट्यो नेप्सेसँगै कारोबार रकम

काठमाडौं ।आज दोस्रो बजार मापक नेप्से परिसूचक १५.४१ अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा झरेको हो । आज समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ । आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ७.३७ प्रतिशतले घटेको छ । आज पनि गुर्खाज फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेप्सेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज दुई अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार दुई अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आगलागीमा जलेर २ जनाको मृत्यु

काठमाडौं । आगलागीमा जलेर छुट्टाछुट्टै २ स्थानमा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र काभ्रेमा आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो ।  रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ भत्नीगारेस्थित सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही बस्ने ७१ वर्षीया बुदी कामीको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा जलेर बुदी कामीको मृत्यु भएको छ ।  यस्तै, काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाईप वल्डिङ गर्ने क्रममा वल्डिङ मेसिनमा आगलागी भई सोही आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।  जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

पाँचथर । भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारूदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका ४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ ।  खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  भरूवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वेल्डिङ गर्दा आगलागी भएपछि एक जनाको मृत्यु

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो ।  जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे उपचारपछि बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र  पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो । करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।

गुल्मीमा जिप दुर्घटना

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका९ २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट जिप चालक २५ वर्षीय ओमबहादुर सारू घाइते भएका छन्। जिप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टिपर दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका हुन् । रासस

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता

काठमाडौं । दोलखाको तामाकोसी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । स्थानीय गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीलाई भने यो खबर आज बिहान नौ बजे मात्रै दिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए ।  खबर पाए लगत्तै प्रहरी टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिए । स्थानीय मेलामा गएका उनीहरु नुहाउन भन्दै नदीमा गएका थिए। तर उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको छ ।