इमेलबाट जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना

काठमाडौं, माघ ६ । अनुमति नलिएरै जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाएमा जरिवाना भोग्नु पर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था गरिएको हो ।

‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ ।

उक्त व्यवस्थाअनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

तर, कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित ब्यक्तिको मन्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नर्पर्ने उपदफा (२) मा भनिएको छ ।

सुबिसु भयंकर अफरः भाग्यशाली ग्राहकलाई स्मार्ट टिभी उपहार

काठमाडौं, पुस १८ । सुबिसु केबलनेट प्रालि नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारी आफ्नो ग्राहक सदस्यहरुसँग खुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ, जसमा रिटेल ग्राहक सदस्यहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभी–प्रिमियम प्याक अफर क्लियर टिभि सेवाअन्तर्गत मात्र रू.९९९ ।–(कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवाप्राप्तगर्न सकिने छ । सुविसु इन्टरनेट फास्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीए अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै म।ेडेम र जडान सेवा मात्र रू १५००।– (कर सहित)मा प्राप्त गर्न सकिने छ । सुविसु इन्टरनेट एण्ड क्लियर टिभी–कोम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगतमात्र रू.२३००।– (कर सहित) मा १महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ । त्यतिमात्र होइन, सम्पुर्ण ग्राहकहरुमध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निःशुल्क सबक्रिप्स प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी प्राप्त गर्न सकिने छ । बिजेताको घोषणा www.subisu.net.np र 18 anniversary  मा गरिने छ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुनेछन् । सुबिसुका बारेमाः सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यान एथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ । क्लियर टिभीका बारेमा क्लियर टिभी सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी सेवा हो जसले एमपीईजी४ स्ट्याण्डडं डेफिनेशन र हाई डेफिनेशन च्यानलहरु केबल मार्फत, कन्डिस्नल एक्सिस प्रणालीको प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।

सुबिसुले ल्यायो ग्राहकका लागि भयंकर अफर, हेर्नुस् विस्तृतमा

काठमाडौं । सुबिसु केवल नेट प्रालिले आफ्नो १८औं वार्षिकोत्सको अवसमा ग्राहकका लागि भयंकर प्रस्ताव प्रस्तुत गरेको छ ।  यस अन्तर्गत हरेक हप्ता १० जनाले ३ महिनाको निःशुल्क सेवादेखि स्मार्ट टिभि बम्पर उपहारसमेत पाउने भएका छन् । पढ्नुस् सुबिसुको बिज्ञप्ति

संयुक्त राज्य अमेरिकामा साइबर आक्रमण !

वासिङ्गटन, पुस १५ । संयुक्त राज्य अमेरिकाका थुप्रै समाचारपत्रहरूमा भएको साइबर आक्रमणले त्यहाँका अखबारहरूको प्रकाशन एवं वितरणमा समस्या आएको बताइएको छ । अमेरिकी मिडियाका अनुसार त्यहाँको ट्रिब्युन प्रकाशन समूहका थुप्रै प्रकाशनहरूमा भएको साइबर आक्रमणले द लस एन्जेल्स टाइम्स, सिकागो ट्रिब्युन, बाल्टिमोर सन लगायतका प्रकाशनहरू प्रभावित भएका छन् । उक्त प्रकाशन समूहका अनुसार शुक्रवार पहिलो पटक त्यहाँको कम्प्युटर प्रणालीमा एउटा मलवेयर फेला परेको थियो जसले उक्त कम्पनीको छापाखानाबाट निस्किने अन्य अखबारहरूको छपाईमा समेत असर परको थियो । लस एन्जेल्स टाइम्सले उक्त आक्रमण अमेरिका बाहिर कुनियो अन्य देशबाट गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ । ब्याक-अप सिस्टमलाई बनायो निसाना यस आक्रमणको शिकार लस एन्जेल्सस्थित उक्त छापाखानाबाट छापिने वाल स्ट्रीट जर्नल र न्युयोर्क टाइम्सका वेस्ट कोस्ट संस्करणहरू समेत भएका छन् । यस आक्रमणलाई नजिकबाट नियालिरहेका एक जनाले उक्त आक्रमणको उद्देश्य सूचना छोरि गर्नु नभई आधारभूत संरचना ध्वस्त पार्नु र सर्भरहरूलाई निष्क्रिय पर्नु रहेको बताए । ट्रिब्युन प्रकाशनकी प्रवक्ता म्यारिसा कोलियासले यस कुराको पुष्टि गर्दै उनका समाचारपत्र प्रकाशित गर्ने ब्याकअप सिस्टममा भाइरस आक्रमण भएको स्वीकार गरेकी छिन् । घटनाको हुँदैछ जाँच यस प्रकाशनबाट छापिने अन्य समाचारपत्रहरूमा न्युयोर्क  डेली न्यूज, अरल्यान्डो सेंटिनल र ऐनापोलिस कैपिचल ग्याजेटका कार्यालयहरूमा गत वर्ष बन्दुक आक्रमण भएको थियो । एउटा अर्को प्रकाशन फोर्ट लडरडेल सन सेंटिनलको वेबसाइटमा उनीहरूकोमा पनि यस सप्ताहान्त सिस्टम ठप्प भएको जानकारी राखिएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेंटले जारी गरेको एउटा बयानमा विभाग केही अखबारहरूमा हुनसक्ने सम्भवावित आक्रमणबारे अवगत रहेको र सरकार र अन्य सहयोगी संस्थाहरूको सहायताले स्थिति नियन्त्रण गर्ने प्रयासमा रहेको बताएको छ । एजेन्सी

सन् २०१८ का सबै भन्दा खराब पासवर्डहरूको सूची जारी, कतै तपाईंको पासवर्ड त परेन ?

काठमाडौँ, पुस ९ । डिजिटल संसारमा पासवर्डको धेरै ठुलो महत्व छ । पासवर्ड अर्थात हाम्रा सबै डिजिटल सूचनाहरूसम्म पुग्ने साँचो । पासवार्डको सुरक्षा कति महत्वपूर्ण छ भन्ने कुरा हामीले कस्ता कस्ता सूचना पासवर्डको मद्दतले सुरक्षित गरेका हुन्छौं भन्ने कुराले निर्धारित गर्दछ । हाम्रो इमेलमा रहेका गोप्य जानकारीहरू, बैंक खाता सम्बधी जानकारी र त्यससम्म पहुँच मात्रै होइन हाम्रा बायोमेट्रिक जानकारीहरू समेत पासवर्डद्वारा सुरक्षित रहन्छन् । त्यति मात्र होइन सरकारी र गैरसरकारी संस्थाहरूका गोप्य दस्तावेजहरू समेत पासवर्ड संरक्षित रहेका हुन्छन । यसबाट पासवर्ड सुरक्षा कतिओ संवेदनशील छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । सुरक्षाको दृष्टिकोणले सजिलै अनुमान लगाउन सकिने खालका पासवर्डलाई ‘खराब पासवर्ड’ भन्ने गरिन्छ । पासवर्ड यवस्थापन कम्पनी ‘स्प्ल्याश डेटा’ले आजमात्रै २०१८ का सबैभन्दा खराब पासवर्डहरूको सूचि सार्वजनिक गरेको छ । कम्पनीले संसारभरी ह्याक गरिएका मध्ये ५० लाख भन्दा बढी डिजिटल खाताहरू विश्लेषण गरेको थियो । त्यसमा १० प्रतिशतले सुरक्षाको दृष्टिले खराब पासवर्ड प्रयोग गररेको पाइएको थियो । यस्ता पासवर्डहरू अन्यको तुलनामा सजिलै अनुमान लगाउन सकिने भएकोले ह्याक गर्न सजिलो भएको र यसले विद्युतीय जानकारी सजिलै चुहिने डर रहेको जानकारहरू बताउँछन् । यस्ता खराब पासवर्डहरूको सूचि जारी गर्दै कम्पनीले प्रयोगकर्ताहरूलाई अलग अलग अकाउन्टका लागि अलग अलग पासवर्ड प्रयोग गर्न समेत सुझाव दिएका छन् ताकि ह्याकरहरूले एउटा खाताको पासवर्ड पत्ता लगाए पनि अन्य अकाउन्ट ह्याक गर्न नसकुन । कस्ता कता छन् खराब पासवर्ड? स्प्ल्याश डेटाका अनुसार २०१७ र २०१८ मा खराब पासवर्डको शीर्षमा 123456 परेको छ । त्यस्तै password, iloveyou जस्ता पासवर्ड समेत लगातार खराबको सूचीमा परेका छन् । बढी जसो यस्ता पासवर्डमा सजिलै देखिने शब्दहरू छन् । जस्तो कि प्रयोगकर्ताहरूले कम्युटरको प्रयोग गर्ने क्रममा सजिलै देख्ने र अनुमान लगाउन सक्ने शब्दहरू अधिकतर यो सूचीमा छन् । त्यस्तै क्रमैसँग आउने अङ्कसमेत यो सूचीमा परेका छन् । कम्पनीले जारी गरेको सूचि अनुसार सन् २०१८ र २०१७ मा शीर्ष २५ खराब पासवर्ड   क्रम २०१८ २०१७ १ 123456 123456 २ password password ३ 123456789 12345678 ४ 12345678 qwerty ५ 12345 12345 ६ 111111 123456789 ७ 1234567 letmein ८ sunshine 1234567 ९ qwerty football १० iloveyou iloveyou ११ princess admin १२ admin welcome १३ welcome monkey १४ 666666 login १५ abc123 abc123 १६ football starwars १७ 123123 123123 १८ monkey dragon १९ 654321 passw0rd २० !@#$%^&* maste २१ charlie hello २२ aa123456 freedom २३ donald whatever २४ password1 qazwsx २५ qwerty123 trustno1 एजेन्सीहरू   

यी स्मार्टफोनमा अर्को वर्षदेखि बन्द हुने, कतै तपाइको फोन त परेन ?

काठमाडौं, पुष ७ । कुराकानी र कागजात पठाउन निकै प्रयोग हुने मोबाइल एप्लिकेसन व्हाट्सएप अर्कोवर्षदेखि भने धेरै मोबाइल फोनमा नचल्ने भएको छ । नोकिएले एउटा सूचि जारी गर्दै केही फोनहरुमा व्हाट्सएप नचल्ने बताएको हो ।  समाचार जनाइए अनुसार, अहिले नोकिएका एस ४० अपरेटिङ सिष्टम प्रयोग गरिरहेका उपभोक्ताहरुका लागि नयाँ फिचर विकास गर्ने छैन । यति मात्रै हैन, नोकिया एस४० मा काम गरिरहेका मोबाइल फोनमा व्हाट्सएपका केही फिचर्स कुनै पनि बेला चल्न बन्द हुन सक्छन् । व्हाट्सएपका अनुसार, एन्ड्रोइड भर्जन २‍.३.७ र त्यसअघिका अपेरेटिङ सिष्टम, आइओएस ७ र पुराना अपरेटिङ सिष्टममा चलिरहेका आइफोनमा समेत सन २०२० देखि व्हाट्सएप चल्ने छैन । व्हाट्सएपले आगामी सात वर्षसम्म मानिसहरुले सबैभन्दा बढी प्रयोग गर्ने फोनहरुमा मात्रै ध्यान केन्द्रीत गर्ने जनाएको छ । कम्पनीले गत वर्ष ३१ डिसेम्बरदेखि ब्ल्याकबेरी ओएस, ब्ल्याकबेरी १० र विन्डोज ८.० लगायत कैयन अन्य अपरेटिङ सिष्टममा व्हाट्सएप बन्द गरेको थियो ।

नेपाल टेलिकमले ल्यायो दसैं अफर; यस्तो छ व्यवस्था

काठमाडौं, असोज २३ । आसन्न चाड विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमले ग्राहकहरूले थप सेवा प्रदान गर्ने भएको छ । चाडबाडको अवसर पारेर टेलिकमले भ्वाइस र डाटामा सहुलियत दिने घोषणा गरेको हो । टेलिकमले दसैँको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने भएको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी डाटा प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी ‘अफपिक आवर’ (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३०० ब्यालेन्समा समेत उपलब्ध हुनेछ । प्याक लिने सेवाग्राहीलाई ‘वाउ टाइम’ र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै टेलिकमको भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँ ब्यालेन्समा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने त्यो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । टेलकमको डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु आउँदो असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छन् । टेलिकमले अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *१४१५*९# डायल गर्नु पर्ने जनाएको छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकेज खरिद गर्न सकिने जनाइएको छ । त्यसैगरी कम्पनीको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्युडटएनटिसीडनेटडटएनपी  मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने जनाएको छ । यसका साथै टेलिकमले रिचार्जमा बोनस पनि दिने जनाएको छ । आउँदो असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस अन्तर्गत १०० रुपैयाँ र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १०० रुपैयाँ र २०० रुपैयाँको बोनस ३ दिन भित्र र ५०० रुपैयाँ र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र त्यो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । आउँदो असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल–एफटीटीएच तथा वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु रहने छ ।

ताइवानको एक कम्पनीले सबैभन्दा सस्तो स्मार्टफाेन सार्वजनिक

ताइवानको एक कम्पनी अासुस (Asus) ले भर्खरैमात्र नयाँ स्मार्टफोन Asus ZenFone Ares सार्वजनिक गरेको छ । विगतको वर्ष सार्वजनिक भएको ZenFone AR सँग मिल्दोजुल्दो रहेको छ । Ares मा 8GB रैम रहेको छ । त्यस्तै, यो  AR र VR अनुभवका लागि निकै परफेक्ट रहेको छ । यतिमात्र होइन कि यो 8GB रैमका स्मार्टफोन अहिलेसम्मकै सस्तो मूल्य रहेको छ । हालैमात्र ताइवानले यस स्मार्टफोनलार्इ सार्वजनिक गरेको हो । इण्डिया लञ्चिङको बारेमा कुनै जानकारी भने दिएका छैनन्  । कम्पनीले यसको मूल्य TWD 9,990 (लगभग २२,७०० रुपैयाँ) तोकिएको छ । जबकी ZenFone AR को मूल्य ४९,९०० रुपैयाँ रहेको थियो । कम मूल्य हाइटेक फिचर्स – ZenFone Ares को कम मूल्य तोकिए पनि तर यो हाइटेक फिचर्ससँग सुसज्जित रहेको छ । – म्यूजिकका लागि यसमा सोनिक मास्टर ३.० Hi-Res अडियो ३८४ 4kHz डेकोडर दिएको हो । यो DTS हेडफोन र ७.१ च्यानललार्इ सपोर्ट गर्दछ । – यसमा २३ मेगापिक्सल रियर क्यामरा रहनुको साथै जो आसुस की हाई-रेजोल्यूशन फिक्सलमास्टर ३.० प्रविधि र f/२.० अपरचरको साथ राखिएको छ। – सेल्फीका लागि फ्रन्ट क्यामेराका ८ मेगापिक्सल दिएको छ, जो f/२.० अपरचरकाे साथ राखिएको छ । ZenFone Ares को अन्य फिचर्स – यसमा ५.७ इन्च QHD (१४४०x२५६० पिक्सल) सुपर AMOLED डिस्प्ले टचस्क्रीन रहनुको साथै यसको अनुपात १६:९ रहेको छ । – यसमा दुर्इवटा सिम लाग्ने स्मार्टफोन ZenUI को साथ एन्ड्रोइड नगट अपरेटिङ सिस्टम रहेको छ । – फोनमा क्वालकम स्नैपड्रैगन ८२१ प्रोसेसरकाे साथमा ८ GB रैम रहेको छ । इन्टरनल मेमोरी १२८ GB रहेको छ । – यसमा ४ G LTE, Wi-Fi 802.11ac, Bluetooth v4.2, GPS/ A-GPS, USB Type-C, 3.5mm हेडफोन जैक कनेक्टिविटी दिएको छ । – फोनमा ३३००Ah को ब्याट्री रहेको, जो क्वालकॉम क्विक चार्ज 3.0 को सपोर्ट गर्ने गर्दछ । एजेन्सीको सहयोगबाट

एन्ड्रोइड मोबाइलले ल्यायो नयाँ एप्स

भोपाल । रेल यात्राका लागि स्टेशनमा गएर लामो लाइन बसी टिकट काट्नुपर्ने झन्झटबाट अब मुक्त हुनुहोस् । आधुनिक समयसँगै एन्ड्रोइड मोबाइलले ल्याएको छ नयाँ एप्स । यो एप्सबाट तपाई जहाँ भएपनि बिना झन्झट सिधै रेलवे टिकट बुक गर्न सकिन्छ । यस मोबाइल एप्स गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यस मोबाइल एप्सबाट रिजर्भका लागि टिकटमात्र नभई मासिक सिजन टिकट प्लेटफार्मका लागि पनि टिकट बनाउन सकिन्छ । रेलवेले यसको माध्यमबाट टिकट बुक गरी मोबाइलमा सेभ गरेर आनन्दका साथ रेलमा यात्रा गर्न सकिन्छ । शुक्रबारमात्रै यो एप्सको माध्यमबाट भोपाल रिजनको ३८० व पश्चिम क्षेत्रमा १३२२ अन रिजर्भ टिकट बुक गरिएको छ ।

फेसबुकका कारण याहु म्यासेञ्जरको प्रयोगकर्ता घट्यो, अब चाँडै बन्द गर्ने घोषणा

अमेरिका । अमेरिकी वेब सर्भिस कम्पनी याहुले आफ्नो इन्ष्ट्याण्ट म्यासेजिङ सेवा याहु म्यासेञ्जर बन्द गर्दैछ । शुक्रबारमात्रै कम्पनीले जुलाई १७ देखि २ दशक पुरानो सो सेवा बन्द गर्ने घोषणा गरेको हो । यस सेवाका कयौं ‘लोयल’ प्रयोगकर्ता भएपनि नयाँ म्यासेञ्जर टुलका लागि सो च्याट एप बन्द गर्न लागेको कम्पनीको भनार्इ छ । तत्कालै यसको विस्तापनका लागि अर्को एप ल्याइने छैन । यद्यपि, नयाँ च्याट एपको परीक्षण भइरहेको बताइएको छ । तर यो एप सबै तिर उपलब्ध भने छैन । याहु म्यासेञ्जरमा भएका कुराकानी हेर्न र डाउनलोड गर्न चाहानेका लागि स्पेशल साइटको व्यवस्था गरिनेछ । यद्यपि, यस्तो व्यवस्था ६ महीनासम्म मात्रै हुनेछ । याहुले सन् १९९८ मा याहु म्यासेञ्जर शुरु गरेको हो । त्यति बेला यसको नाम याहु पेजर थियो । सन् १९९० को मध्यतिर च्याटिङ सेवा भर्खरै शुरु भएका थिए । तर त्यसपछिका वर्षहरुमा आएका विभिन्न फिचरसहितका फेसबूक म्यासेञ्जर र हवाट्सएपले याहु म्यासेञ्जरको लोकप्रियता छायाँमा पारिदियो । सन् २०१७ मा एओएलले २० वर्षसम्म चलेका आफ्नो इन्ष्ट्याण्ट म्यासेञ्जर एम बन्द गरेको थियो । एजेन्सीको सहयोगबाट

दरवाङमा टेलिफोन सेवा विस्तार हुँदा स्थानीय हर्षित

म्याग्दी । सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो । तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ । असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहुँच पुगेको शाखा प्रमुख साहले बताउनुभयो । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । रासस

लामो समयदेखि टेलिफोन अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा

नुवाकोट । नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् । गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ । सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ । “मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडाँैबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,” शाखा प्रमुख चौधरीले भन्नुभयो, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।” खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हँुदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् । फोन सेवा अवरुद्ध हँुदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् । रासस

आइएमइआई दर्ता बिनाका मोबाइल नचल्ने प्रक्रिया सुरु, कसरी गर्ने दर्ता

काठमाडौँ, चैत १७- नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइल नचल्ने बनाउन आवश्यक प्रक्रिया थालिसकेको बताएको छ । प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल मोबाइल आयातकर्ता संघद्वारा आयोजित एक कार्यक्रममा प्राधिकरणले आवश्यक यसबारे प्रक्रिया थालिसकेको जानकारी दिए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उपभोक्ताका समस्या समाधानमा केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे । ‘भन्सार छलीका मोबाइलबाट राजस्व गुमेको मात्र नभई अपराध नियन्त्रणमा समेत जटिलता थपिएको छ,’ राज्यमन्त्री बास्कोटाले भने, ‘त्यसलाई नियन्त्रण गर्न अनिवार्य रूपमा मोबाइल दर्ता गर्नुपर्ने र दर्ताविनाका मोबाइल चल्न नसक्ने व्यवस्था लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरण क्रियाशील छ ।’ त्यस्तै मोबाइल आयातमा सरकारले दिएको छुटले वैधानिक कारोबारलाई सहयोग गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताएका छन् । मोबाइल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘दर्ताबिनाका मोबाइल नचल्ने व्यवस्था लागू गर्न सकिएमा मोबाइलको कालोबजारीले फस्टाउने मौका पाउने छैन, त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ।’ कसरी गर्ने आइएमइआई दर्ता मोबाइलको आईएमइआई दर्ताका लागि सम्बन्धित कम्पनीले प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । सो निवेदन प्राप्त गरेसँगै प्राधिकरणले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमइआईको अरु प्रक्रिया शुरु गरिने हुन्छ । व्यक्तिगत मोबाइलको हकमा भने प्राधिकरणको वेबसाईटमा उपलब्ध फारम भरेर इमेल ठेगानामा पठाउनु पर्दछ । मोबाइल प्रयोगकर्ताले *#06# डायल गरेर आफ्नो मोबाइलको आईएमइआई नम्बर पत्ता लगाउन सक्छन् । साथै मोबाइलमा व्याट्रि राख्ने भागमा र नयाँ किन्दा बक्समा पनि यो नम्बर राखिएको पनि आईएमइआई नम्बर उल्लेख गरिएको हुन्छ । आइएमइआई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटीको संक्षिप्त रुप हो। हरेक मोबाइलको आइएमइआई नम्बर पृथक हुने गर्दछ।

गुगलले ल्याउने भयो एंड्रोइड-पी, आइफोन प्रयोगकर्ताहरूसम्म पुग्ने कोसिस

तपाईं यदि एंड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने मोबाइल चलाउनु हुन्छ भने त्यसमा एंड्रोइडको कुन भर्सन रहेको छ ? हाल बजारमा उपलब्ध नयाँ स्मार्ट फोनहरूमा पनि धेरैमा त अझै पनि ६.० मार्समेलो नै छ र अधिकतरले ७.० नुगटको अपडेट प्राप्त गरिसकेका छन्। अहिले बजारमा उपलब्ध रहेको सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सन भनेको ८.० ओरियो हो। अहिलेका कतिपय फ्ल्यागसिप फोनहरूमा यो भर्सनको एंड्रोइड उपलब्ध रहेको छ भने कतिपय ब्रान्डहरूले धमाधम ओरियो अपडेट पठाइरहेका छन्। हाल बजारमा उपलब्ध स्मार्ट फोनहरूमध्ये लगभग १.१ प्रतिशत मात्रै डिफल्ट ओरियो सिस्टमका साथ बजारमा आएका छन्। बाँकीले या त किन्नासाथ नै या केही समय पछि यसको अपडेट उपलब्ध गराएका हुन् र यो क्रम केही समय अझै जारी रहने छ। हुन त ओरियो अपडेट प्राप्त भएको मोबाइल फोन लेटेस्ट नै हो तर गुगलले भने ओरियो भर्सनको उत्तराधिकारी कस्तो हुने भनेर निर्धारित गरिसकेको छ। आजसम्म गुगलले जति पनि एंड्रोइड भर्सनहरू सार्वजनिक गरेको छ सबै कुनै न कुनै खानेकुराको नामबाट छन् र त्यो पनि वर्नानुक्रम अनुसार। यसपालि भने गुगलले सायद अल्फाबेट मात्रैबाट नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गर्ने सम्भावना देखिएको छ र यस सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सनको नाम ‘एंड्रोइड-पी’ दिइएको छ। प्रविधि समाचारहरूमा हाल यस सफ्टवेयरको ‘लुक’ बदल्ने काम भइरहेको र यसका माध्यमले गुगलले आइफोन प्रयोगकर्ताहरूलाई आकर्षित गर्न खोजेको छ। एप्पलले आफ्नो नयाँ भर्सनको अपरेटिंग सिस्टममा ठुलो परिवर्तन नल्याउने समाचार आइरहेको अवस्थामा गुगलको यस कदमले उसलाई रणनीतिक फाइदा पुग्ने देखिन्छ। गुगलको एंड्रोइड-पीमा मल्टिपल स्क्रीन सपोर्ट गर्ने भएकाले यसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ। गुगलले एंड्रोइड-पीको पहिलो डेभेलपर प्रिभ्यु केही दिनमै सार्वजनिक गर्न सक्ने जनाइएको छ।  

थपियो फेसबुकको संकट, पूर्व सहकर्मीले गरे फेसबुक डिलिट गर्नुपर्ने भन्दै ट्विट

काठमाडौँ, चैत ७ । फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप कम्पनी व्हाट्स एपका सह-संस्थापक ब्रायन एक्टनले एक ट्विट गर्दै अब फेसबुक डिलिट गर्ने समय एको बताएका छन् । स्वतन्त्र मेसेजिंग एपको रूपमा स्थापित व्हाट्स एपलाई २०१४ मा फेसबुकले अधिग्रहण गरेको थियो । त्यस यता यो फेसबुककै एउटा हिस्साको रूपमा रहिआएको छ। यस्तो अवस्थामा एक्टनको ट्विटले तात्विक प्रभाव पार्दछ। केही समय पहिलेसम्म फेसबुककै महत्वपूर्ण जिम्मेवारीमा रहेका एक्टनले यस्तो विचार किन अभिव्यक्त गरे भन्नेबारे त केही खुल्न आएको छैन तर यो अभिव्यक्ति यस्तो समयमा आएको छ जब फेसबुक प्रयोगकर्ताहरूको निजी विवरण चोरिएको समाचार सार्वजनिक भएको समाचार आएपछि फेसबुकको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ। विवरण चुहाएको समाचार आए यता सेयर बजारमा फेसबुकको सेयर मूल्य १० प्रतिशत घटिसकेको छ । सोमवारमात्रै यसमा ७ प्रतिशत गिरावट आएको थियो । यसले फेसबुक संस्थापक मार्क जुकरबर्ग लागत अन्य लगानीकर्ताहरूलाई ठुलो घाटा लागेको थियो। यसको असर विश्वका सबै प्रमुख सेयर बजारहरूमा समेत अनुभूत गरिएको थियो। व्हाट्स एपको स्थापना जेन कुम र ब्रायन एक्टन नामका दुई युवाहरूले गरेका थिए। कुम अधिग्रहणपछि हालसम्म पनि फेसबुकसँगै कम गर्दछन् भने एक्टन यस वर्षको सुरुमै आफ्नै संस्थानको स्थापना गर्न फेसबुकबाट अलग्गिएका हुन् । एक्टनले २००९ मा फेसबुकमा जागिरका लागि आवेदन दिएका थिए तर उनको आवेदन अस्वीकृत भएको थियो। त्यसपछि गरेको ट्विटमा उनले भनेका थिए, “फेसबुकले मलाई अस्वीकृत गरिदिएको छ । यो उत्कृष्ट व्यक्तिहरूसँग जोडिने राम्रो अवसर थियो। म जीवनको अर्को साहसिक यात्राका लागि तयार छु।“ अमेरिकी राष्ट्रपतीय चुनावको दौरान प्रयोगकर्ताहरूको विवरण चोरी भएको समाचार आए यता फेसबुकमाथि एक पछि अर्को संकट थपिँदै आएको छ।

लमजुङमा शुरु हुँदै टेलिमेडिसिन सेवा

लमजुङ,४ चैत, । लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताए । जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको हो । परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (एनसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए ।