सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताउँदै युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न अपिल गरेका छन्।

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे। 

“राज्यको प्राथमिकता र प्रोत्साहनबिना नै युवा वैज्ञानिकहरूले गरेको प्रयास, प्राप्त गरेको सफलता र राज्यलाई गरेको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले राष्ट्रिय आयका क्षेत्रहरूमध्ये सूचना–प्रविधिको क्षेत्र विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थ प्रमाणित गर्दछ ।” उनले आफ्नै पहलमा अत्यन्तै राम्रो मेहेनत गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित गर्नु र त्यसका निम्ति योगदान गर्नु राज्यको आधारभूत दायित्व भएको तथ्य उजागर गरेको स्पष्ट पारे।

नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा नेपालको बढ्दो व्यापारघाटा तथा बेरोजगारीको समस्या सम्बोधन गर्न यस क्षेत्रको प्रमुख योगदान हुने कुरा आत्मसात गरी नीतिगत तथा प्रणालीगत सुधारको अधिकतम प्रयास गरिने विश्वास दिलाए। 

“नेपालमा कृत्रिम बौद्धिकतासम्वन्धी कार्यहरू व्यावसायिक रूपमा पनि उदय भइरहेको छ । हामी आयातित प्रविधिको उपभोग गर्ने मात्र नभई नेपालमा नै नयाँ प्रविधिहरू विकास गर्नेतर्फ सचेत भएर सोच्न र लाग्न जरूरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यस्तै, सूचना प्रविधि नेपालको रणनीतिक उपयोगको क्षेत्र भएकाले यस क्षेत्रको उत्पादनमा हामी आत्मनिर्भर बन्न सबैको ध्यान पुग्न जरूरी छ। यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न सरकार तत्पर छ।”

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना उपकरणसहित पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

काठमाडौं, ८ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराए । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरे । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताए। मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिए ।  उनले  सुशासनलाई ध्यान दिन पनि आग्रह गरे । सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उनले स्पष्ट गरे । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।  नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए । भण्डारी खुला प्रतिष्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिष्पर्धाका लागि आव्हान गरिएको थियो । प्रतिष्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि मन्त्रालयले २५ जनालाई अन्तर्वार्तामा बोलायो (समय तालिकासहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि थप प्रक्रिया अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त दिएका २५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय र स्थान तोकेको हो । मन्त्रालयका अनुसार फागुन २ गतेदेखि ५ गतेसम्म विभिन्न चरणमा सबै आवेदनकर्ताको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइने छ । सो प्रस्तुतीकरण र अन्तर्वार्ता मन्त्रालयमा नै हुने जानकारी दिइएको छ । त्यसपछि अध्यक्ष पदका लागि सिफारिसको प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताएका छन् । गत माघ १४ गते मन्त्रालयले सूचना जारी गर्दै अध्यक्ष पदमा आवेदनका लागि आह्वान गरेको थियो । हाल प्राधिकरणको अध्यक्ष पद खाली छ । प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी रहेका छन् ।

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताइन् । ‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उनले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’ डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताइन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले थपिन्, ‘‘हामी यसकै मुख्य सोचमा आधारित रहेर आगामी १६ औँ राष्ट्रिय योजनाको तयारीमा पनि जुटेका छौँ । आगामी पञ्चवर्षीय योजनालाई डिजिटल रूपान्तरणकारी योजनाको रूपमा अघि बढाउनुपर्छ भन्ने सरकारको सोच रहेको छ ।’’ अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘अहिले ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको बेलामा नेपाली जनशक्ति देशभित्रै बसेर सूचना प्रविधि सेवा निर्यातमार्फत आर्थिक समृद्धिमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै जानु निकै खुसीको कुरा हो । यसबाट एकातिर हामी सूचना प्रविधि उद्योगमार्फत विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने छौँ भने अर्कोतिर जनशक्ति पलायन रोकेर श्रमिक होइन श्रम र सेवा निर्यातको नयाँ ढोका खोल्न सक्ने छौँ ।’’ सरकारले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा प्रेरित गर्ने कार्यक्रम समावेश गरेको र स्टार्टअप उद्यम कर्जा कार्यविधि पारित गरेर यसका लागि परियोजना आह्वान पनि गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिमा आधारित स्टार्टअप गर्न चाहनेहरूलाई यसमा समावेश हुन आग्रह गरिन् । सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको जानकारी दिंदै नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डाटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी दिइन् । कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका काम पनि भइरहेको उनले स्पष्ट पारिन् । अब सूचना प्रविधि क्षेत्रमा विकास र प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात् गर्दै आविष्कार र नवप्रवर्तनमा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल ईन्टेलिजेन्स् (एआई) जस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नुपर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको विषय हो भन्ने सवाल नेपाल राज्यले औपचारिकरुपमा स्वीकार गरेको भए पनि यसलाई सिङ्गो मुलुककै साझा धारणा बनाउन अझै मेहनत गर्न आवश्यक रहेको पनि मन्त्री शर्माले स्पष्ट गरिन् ।

टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् । सोमबार नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै रहेको बताइन् । उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको बताइन् । मन्त्री शर्माले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् । उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् । यस वर्ष मात्रै सरकारले नयाँ प्रिmक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । मन्त्री शर्माले अब जतिसक्दो छिटो अनलाइन प्रणालीमा जान जरुरी रहेको र त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त रहेको बताइन् । मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार हो भन्नेकुरा हामीलाई थाहा छ । सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको छ । समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको छ ।” मन्त्री शर्माले कर्मचारीहरूको पेसागत, हक, हीतको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको बताइन् ।

दस वर्षयताकै लामो दिन आज, अत्यधिक गर्मी हुने

काठमाडौं । पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन आज । आज अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरेका छन् । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । आज दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने बताए । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । “पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, “पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।” उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

सञ्चार प्रविधिको सही सदुपयोगका लागि नीतिगत व्यवस्था गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याए । “सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ”, उनले भनेका छन् । विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उहाँले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाले डिजिटल प्रणालीमा सेवा प्रदान गर्दै आशाको सञ्चार गरेको महसुस गरेको बताउँदै उनले सरकारी सेवामा अनलाइन प्रणालीको विकास, मोबाइल बैंकिङ, इलर्निङ लगायतमा भएको प्रगतिले सेवा प्रवाहमा सहजता र समयको वचत गर्न सहयोग गरेको जनाएका छन्। उनले भनेका छन्, “सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रियालगायत कार्यक्रम गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल र्‍याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा सो मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।

माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न यूटीएललाई दूरसञ्चारको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न निर्देशन दिएको छ । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब ३० करोड बढी बक्यौता दाखिला गर्न कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको हो । पुष मसान्तसो बाँकी रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ लामो समय दाखिला नभएकोले सम्पूर्ण बक्यौता माघ मसान्तसम्म बुझाई सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्राधिकरणले भनेको छ । यदि माघ मसान्तसम्म रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरण चेतावनी दिएको छ ।सरकार र प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम बुझाउन निर्देशन गरेको हो । युनाइटेड टेलिकम कम्पनीले वि।सं। २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो ।

५ जीसहित आईफोन १२ सिरिजका ४ मोडल बजारमा, फ्ल्यासबिना राती फोटो लिन सकिने (फिचरसहित)

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ । यी सबै सेटहरु ५ जी मा आधारित हुनेछन् । आइफोनले यसलाई नयाँ युगको शुरुआत भनेको छ । के के लन्च भए त? आईफ़ोन12 (64, 128, 256 जीबी स्टोरेज), आईफ़ोन12 Mini (64, 128 और 256 जीबी स्टोरेज) आईफ़ोन12 Pro (128, 256 और 512 जीबी स्टोरेज), आईफ़ोन12 Pro Max (128, 256 और 512 जीबी स्टोरेज) के होला मूल्य आइफोनका यी मोडेलहरुको मूल्य १ लाख १० हजारदेखि २ लाख २० हजारसम्म रहेको छ । आइफोन १२ मिनिको मूल्य १ लाख १० हजार, आइफोन १२ को मूल्य १ लाख २० हजार, १२ प्रोको मूल्य १ लाख ९० हजार र १२ प्रो म्याक्सको मूल्य २ लाखको हाराहारिमा रहेको छ । बजारमा भने आगामी ६ नोभेम्बरकाट प्रि अर्डर सुरु हुने छ । यसमा १२ प्रो म्याक्सको प्री अर्डर भने १३ नोभेम्बरबाट शुरु हुने र २० नोभेम्बरदेखि बिक्री शुरु बताइएको छ । यो सिरिजको फोनहरु आकारमा यसअघिको आइफोन भन्दा ठूलो रहेका छन् । तर पहिलोपटक आइफोनमा हेडफोन या चार्जर हुनेछैन । एप्पले वातावरणमा यसको प्रभाव क मगर्न यस्तो गरेको बताएको छ । आइफोनको स्क्रिन ६.१ इन्च हुने भएपनि पहिलाको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने छ । नयाँ फोनको रेजुलेसन बढी छ । यसमा सिरमिक शिल्डको प्रयोग गरिएको छ । यी नयाँ फोनमा फ्लायसको प्रयोग नगरी नाइटमोडमा सेल्फी लिन सकिने छ । यसका साथै कलर कन्ट्रास्ट र आवाजमा पनि यी अघिल्ला सेट भन्दा उत्कृष्ट छन् । नयाँ सिरिजनमा १२ मेगापिक्सलका दुई वाइड एंगल क्यामरा रहेका छन् । यसबाट कम उज्यालोमा पनि निकै राम्रो तस्वीर लिन सकिने आइफोनको दावी छ । यही कुरा भिडियो रेकर्डमा पनि लागु हुने छ । यो फोनलाई ५ जी र ४ जीका बीचमा रुचि अनुसार परिवर्तन गर्न सकिने छ ।

ग्यासभन्दा भान्सामा बिजुली सस्तो!

काठमाडौंः ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्रा.डा. जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।’ केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २।७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम ९स्टिल० को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो । ऊर्जाविद् प्रा.डा. श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ’ उनले भने । अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो । सरकारले २०७५–२०८५ साललाई ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । गत २०७५ साल वैशाख २५ मा जारी स्वेतपत्रमा हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो भनेर उल्लेख गरिएको छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ । सो १० करोड रुपियाँभन्दा बढी हुन्छ । बर्सेनि ४२ अर्ब रुपियाँभन्दा बढीको एलपी ग्यास खरिद हुँदै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने ऊर्जाको ६९ प्रतिशत खाना पकाउनमा प्रयोग हुने गरेको छ । आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाट बराबर एक अर्बबाट हुन्छ । ऊर्जाविद् प्रा।डा। श्रेष्ठले इन्डक्सन चुलोबाट खाना पकाएर आर्थिक बचत गर्न गुणस्तरीय र दुईमुखे चुलो हुनुपर्ने, विद्युत् प्रवाह नियमित हुनुपर्ने, कम्तीमा १५ एम्पियरको विद्युत् लाइन जडान हुनुपर्ने, विद्युत् महसुल हालको भन्दा बढाउन नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

सि.जी लक्की–ड्रः यी ३ जोडीले पाए थाइल्याण्ड जाने अवसर

काठमाडौंः नेपालको नं १ ब्राण्ड सि.जीको ‘सि.जीसँग उत्साह उमंग थाइल्याण्ड जाउ परिवार संग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्रका विजेताको नाम सार्वजनिक गरिएको छ । मंसिर ६ गते सार्वजनिक गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपन्देहीका धनपति न्यौपाने गरी तीन जोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका छन् । भाद्र २० गतेदेखि लागू गरिएको यो योजनामा सि.जि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । कम्पनीका अनुसार यो योजना सिमीत अवधिको लागि लागू गरिएको थियो ।

फेसबुक र गूगलको व्यापार शैली मानवधिकारका लागि खतरा

एजेन्सीः मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ । मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी पु¥याउने अवस्था सिर्जना गरिरहेको छ ।’ फेसबुकले रिपोर्टप्रति असहमती व्यक्त गरेको छ । कम्पनीले आफ्नो प्लाटफर्मले मानव अधिकारलाई सशक्त बनाइरहेको टिप्पणी गरेको छ । रिपार्टमा गूगललाई संसारको ९० प्रतिशतभन्दा बढी खोजको लागि प्रयोग गरिने सर्च इन्जिन बताइएको छ । त्यस्तै संसारको एक तिहाई जनसंख्याले हरेक दिन फेसबुक प्रयोग गर्ने पनि रिपोर्टमा लेखिएको छ । एमनेस्टीका महासचिव कूम नायडूले रिपोर्टको व्याख्या गर्दै भने ,‘ अरबौं मानिस फेसबुक र गूगलले निर्धारण गरेको सर्तभन्दा बाहिर गएर यसलाई प्रयोग गर्न सक्दैनन् ।’ ५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबुकको व्यापार मोडलको कारण ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ भइरहेको उल्लेख गरेको छ । मानव अधिकार संगठनले प्रविधि कम्पनीहरुले तिनको व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ ल्याउनु पर्ने आवश्यक रहेको बताएको छ । एमनेस्टीको भनाईमा फेसबुक र गूगलले तिनको सेवा प्रयोग गरेबापत शूल्क लिदैंनन् तर उपभोक्ताको व्यक्तिगत तथ्याकंहरु तिनले आफ्नो फाइदाको लागि उपयोग गर्ने गर्छन् । रिपोर्टले क्याम्ब्रिज एनालिटिका प्रकरणको उदारण दिएर फेसबुकले उपभोक्ताको व्यक्तिगत तथ्याकंलाई कसरी प्रयोग गरिरहेको बताएको छ । एमनेस्टीले सरकारसँग प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्नको लागि कानून बनाउन र प्रविधि कम्पनीले अपनाएको ‘निगरानीमा आधारित व्यापार मोडल’मासुधार गर्न भनेको छ ।

दूरसञ्चारले अब सिमकार्डमा पनि ‘केवाईसी’ लागू गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’(केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ । सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो । केआइसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।