आन्तरिक पर्यटक मनाङ भित्रिए
२० असोज, २०७४
मनाङ, असोज २० । हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो । दशैँ बिदाको अवसर पारेर मनाङ घुम्न आउने नेपाली पर्यटक दिनहुँ १०० देखि २०० जनासम्म मनाङ भित्रिने गरेका छन् । गतवर्ष आठ हजार आन्तरिक पर्यटकले भ्रमण गरेकामा यसवर्षको १५ दिनमा करिव सात हजार आन्तरिक पर्यटकले भ्रमाण गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवले बताए । लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ आउने पर्यटकले रु ४० हजारमा गाडी रिर्जभ गरेर पनि आफ्नो परिवारसँग मनाङ घुम्न आएको पाइएको छ । साथी साथी मिलेर वा आफन्तसँग यहाँका प्राकृतिक सौन्दर्य, आग्ला अग्ला हिमशृंखला, हिमताल झरना र विशेष गरेर विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न पनि आन्तरिक पर्यटकको ओइरो लागेको हो । पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा अग्रिम बुकिङ गरेर आउनुपर्ने अवस्था आएको छ । उता तिलिचो बेस क्याममा जम्मा तीनवटा मात्र होटल भएकाले त्यहाँ जाने पर्यटकलाई बस्ने समस्या परेको छ । अन्पूर्ण पदमार्गमा बाह्य पर्यटकसँगसँगै आन्तरिक पर्यटकको चासो बढ्न थलेको छ ।
एमाले बागलुङले उम्मेदवार सिफारिस गर्यो
२० असोज, २०७४
सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे
२० असोज, २०७४
राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग
२० असोज, २०७४
सुस्तमनस्थिति महिलालाई करणी गर्ने खोज्ने पक्राउ
२० असोज, २०७४
नदीको भंगालोमा अलपत्र बाबुरामको सुरक्षित अवतरण
२० असोज, २०७४
सेक्स र सेयर बजारका ४ चरण
२० असोज, २०७४
रामेछापमा टाटा सुमो अभाव
२० असोज, २०७४