‘द कपिल शर्मा शो’ बन्द हुने
१७ भदौ, २०७४
काठमाडौं, भदौ १७ । सोनी च्यानलले अन्तत आफ्नो चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित कमेडि कार्यक्रम बन्द गर्नुको कारण कपिल शर्माको स्वास्थ्यस्थिति उल्लेख गरेको छ । तर, भारतीय सन्चारमाध्यमहरुका अनुसार शो बन्द हुनुको कारण कपिल शर्माले सहकर्मी सुनिल गोब्ररसँग झगडा गर्नु र पछिल्लो समय भारतीय नायक अजय देबगन लगायतको टोलिले ‘शो’को छायाँकन बहिस्कार गर्नु रहेको उल्लेख गरेका छन् । यि दुबै घटनाले ‘द कपिल शर्मा शो’ले आफ्नो टीआरपीमा गुमाएपछि त्यसको सट्टामा सोनी च्यानलले कपिल शर्माकै प्रतिस्पर्धी कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताइएको छ । ‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेपछि अन्य कलाकारले शो छोडेका थिए । उक्त घटनापछि एक्लै भएका कपिलले शोलाई अगाडी बढाउन निकै कोशिस गरेपनि दर्शकले मन पराउन छोडेको थिए । विस्तारै शो को लोकप्रियता घट्दै गैरहेको पछिल्लो समयमा नायक अजय देबगन आफ्नो टोलिसहित आफनो फिल्म बादशाहोको प्रमोशनका लागि शोमा भाग लिन गएका थिए । तर, कपिलकै कारण उनीहरुले शो बहिस्कार गरेपछि फेरि कपिल विवादमा परेका थिए । यसको असर दर्शकमा परेपछि शोको लोकप्रियतता एक्कासी घटेको र सोनि च्यानल आफ्नो लोकप्रिय कमेडि कार्यक्रम बन्द गर्न बाध्य भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
खण्डहर बन्दै सिंहदरबार
१७ भदौ, २०७४
शरणामतिका बाढी पीडितलाई राहत वितरण
१६ भदौ, २०७४
सांसद झा राजपामा प्रवेश
१६ भदौ, २०७४
सेजन अध्यक्षमा आचार्य निर्वाचित
१६ भदौ, २०७४
दशैंको टिकट बुकिङ २२ भदौदेखि
१६ भदौ, २०७४
बिरगञ्जबाट पनि लखेटिए माधव नेपाल
१६ भदौ, २०७४
भारतमा घर भत्किदाँ ३३ जनाको मृत्यु
१६ भदौ, २०७४
‘निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध’
१६ भदौ, २०७४
नयाँ नियुक्ति, सरुवा र विदा नदिनु : आयोग
१६ भदौ, २०७४
बसमा २० किलोभन्दा बढी सामान बोक्न प्रतिबन्ध
१६ भदौ, २०७४
सुपथ मूल्यका पसल सञ्चालनमा
१६ भदौ, २०७४
अभिनेता सरोज खनाल अस्पतालमा भर्ना…
१६ भदौ, २०७४