मोदी ईनर्जीको आईपीओ बाँडफाँट, ५ लाख भन्दा बढीले पाए शेयर

काठमाडौं । मोदी इनर्जि लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।  मोदी ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले आज बिहान क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँट गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभावित स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।

जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

मेन्छियामले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेको नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट गरिसकेको मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले सर्वसाधरणका लागि आगामी वैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । अब २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ विक्री बन्द छिटोमा वैशाख ७ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने विक्री अवधि ढिलोमा वैशाख १९ गतेसम्म लम्बिनेछ ।

पछिल्लो समय वित्तीय अपराध बढ्यो नियामक निकाय सक्रिय हुनुपर्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय अपराध बढेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले वित्तीय अपराधलाई रोक्न नियामक निकाय सक्रिय हुनुपर्ने बताए । ‘पछिल्लो समय वित्तीय अपराध बढेको छ । त्यो रोक्न नियामक निकायलाई म निर्देशन दिन्छु,’ उनले भने, ‘वित्तीय अपराधले सर्वसाधारणको विश्वास टुट्नुहुन्न ।’ आयातमुखी अर्थतन्त्रलाई निरूत्साहित गरी उत्पादन संरक्षण र प्रर्बद्धन गर्ने सन्र्दभमा सहकारी अभियानसँग समन्वय र सहकार्य गर्नु सरकारको प्राथमिकता रहने प्रधानमन्त्रीले बताए । सहकारीलाई कृषि उत्पादन र श्रमसँग जोड्न केही अन्तरसम्बन्धित कानुनहरू बाधक रहेकोमा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनी जटिलता फुकाउन समेत सरकारको तर्फबाट आवश्यक पहल हुने जानकारी दिए । सम्बोधनको पूर्णपाठ प्रत्येक पाँच वर्षमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त तत्वाधानमा सम्पन्न हुने महासम्मेलनको तेस्रो संस्करण यस राष्ट्रिय सहकारी महासम्मेलनमा आमन्त्रण गर्नुभएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिँदै यस ऐतिहासिक कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । समान रूचि, आवश्यकता भएका, एउटा निश्चित भूक्षेत्रभित्र बसोबास गर्ने नागरिकहरूले साझा आर्थिक क्रियाकलाप गर्ने उद्देश्यद्वारा नै विश्वमा सहकारीको अवधारणा अगाडि आएको पाइन्छ । हाम्रो सापेक्षतामा सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजी तथा श्रमअनुसार मुनाफा बाँडिने एक संस्था आर्थिक–सामाजिक संरचना हो । सामूहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु, समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्यायको फराकिलो प्रणालीभित्र आवद्ध गर्नु सहकारीको मूल ध्येय रहन्छ । यही उद्देश्यद्वारा प्रेरित सहकारी क्षेत्र नेपालको सन्दर्भमा अर्थतन्त्रको एक बलियो खम्बाको रूपमा विकसित हुँदै आएको छ । नेपालको संविधानले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै समाजवादोन्मुख अर्थतन्त्र निर्माणको एक बलियो खम्बाको रूपमा परिभाषित गरेको छ । निजी, साझेदारी र सहकारी मोडलमार्फत् स्वाधीन एवं उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्नु त्यसको मूल ध्येय रहेको छ । राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि अन्य दुई क्षेत्रको महत्वपूर्ण भूमिका रहने भए पनि समाजवादोन्मुख अर्थतन्त्रको प्रमुख आधारका रूपमा सहकारी क्षेत्र नै रहने गर्दछ । यस अर्थमा सहकारी क्षेत्रको भूमिका दूरगामी, अर्थपूर्ण र बहुआयमिक छ । संघसंस्थाको दिगोपनाको लागि मात्र नभई समुन्नत राष्ट्र निर्माणमा समेत स्वनियमन र सुशासन अपरिहार्य रहन्छ । यस महासम्मेलनका लागि तय भएको “सहकारीको दिगोपनाका लागि स्वनियमन र सुशासन”को नाराको सान्दर्भिकता झनै बढेर गएको छ । राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको यस क्षेत्रको विकास र विश्वासनीयतामा समेत केही आशंका र प्रश्नहरू उठिरहेको सन्दर्भमा स्वनियमनलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्नसमेत म यहाँहरूलाई अनुरोध गर्दछु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरूको यो बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आमागी दिनमा कसरी लैजाने भन्ने विषयमा स्पष्ट रणनीतिक मार्गचित्र तय गर्न सफल हुनेमा विश्वस्त छु । यस महासम्मेलनमा विदेशी पाहुनाहरूलाई नेपाल सरकारको तर्फबाट हार्दिक स्वागत गर्दै यहाँहरूका अभ्यास र अनुभवहरू हाम्रो सन्दर्भमा समेत लाभदायी हुने विश्वास व्यक्त गर्दछु । नेपालको भौगोलिक बनोट, सामाजिक परिवेश, विविधतायुक्त जातीय संरचनामा आधारित सामाजिक आर्थिक र सांस्कृतिक मूल्य, मान्यतालाई परिस्कृत र परिमाजित गर्दै आम नागरिकको बहुआयामिक क्षेत्रको विकास गर्न सहकारी अभियानले पु¥याएको योगदानलाई नेपालको संविधानले आत्मसाथ गरी अर्थतन्त्रको एक खम्बाको रूपमा स्वीकार गरेको छ । नेपालको अर्थतन्त्रको एक खम्बाको रूपमा रहेको सहकारी अभियानलाई सशक्त रूपमा स्थापित गराउन आवश्यक पहलकदमी लिन नेपाल सरकार सदैव तत्पर रहनेछ । मुलुकलाई आर्थिक रूपमा स्वाधीन बनाउने सहकारीको भूमिका महत्वपूर्ण छ । यद्यपि, सहकारी संस्थाहरूप्रति लाभग्राही र नागरिक तहबाट उठेका प्रश्नहरूको यस महासम्मेलनले गहन विचारविमर्श गर्नेछ भन्ने विश्वास लिएको छु । हाल नेपाल लगायत विश्वका कैयौं मुलुकहरू आर्थिक संकुचनको चपेटाबाट गुज्रिरहेका छन् । यस अवस्थाबाट मुलुकका हरेक संघसंस्थाका साथै आम नागरिकहरूसमेत प्रभावित छन् । मुलुकको आर्थिक चक्रमा आएको नकारात्मक प्रभावबाट सहकारी क्षेत्रसमेत अछुतो नरहेको परिस्थिति विद्यमान छ । यस चुनौतीपूर्ण परिस्थितिबाट बाहिर निस्कन आवश्यक गर्ने नीतिगत, व्यवस्थापकीय र कार्यशैलीगत विषयमा महासम्मेलनको गम्भीर ध्यान जाने मैले विश्वास लिएको छु । नेपालको अर्थतन्त्र चलायमान बनाउन सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ । तर, नेपालको संविधानले सहकारी क्षेत्रलाई स्वाधीन एवं राष्ट्रिय अर्थतन्त्र विकासको जुन आधारस्तम्भका रूपमा परिभाषित गरेको छ, यस क्षेत्रबाट जुन प्रकृतिको अपेक्षा गरिएको छ, सोअनुरूप सहकारी क्षेत्रले आफ्नो प्राथमिकता बदल्न आवश्यक छ । विद्यमान सहकारीहरू क्रमशः उत्पादन र श्रम सहकारीमा रूपान्तरण गरेर मात्र उक्त कार्यभार पूरा गर्न सकिन्छ । यद्यपि, उत्पादन र श्रमको क्षेत्रमा रूपान्तरणका आफ्नै चुनौतीहरू रहेका छन्, ती चुनौतीहरूलाई साझेदारी गर्दै सहकारी क्षेत्रलाई मर्यादित र प्रतिफलमुखी बनाउन नेपाल सरकारको तर्फबाट आवश्यक पर्ने अभिभावकीय जिम्मेवारीप्रति म प्रष्ट छु । वित्तीय क्षेत्रमा देखापरेको तरलताको समस्या सहकारीमा समेत देखा परिरहेको छ । सदस्यको बचतका साथसाथै सहकारीप्रतिको आशा र भरोसा समेतको सुरक्षा गर्नुपर्ने दायित्व यतिबेला देखापरेको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसमा देखा परेको चुनौतीलाई आवश्यक सहजीकरण गर्न सरकार तत्पर छ । सदस्यहरूको सहकारीप्रतिको विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको छ । ऐन, कानुन र सहकारी सिद्धान्त, मूल्य मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाहरूमा आएका समस्या समाधानमा सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिनेछ । तर, ऐन, कानुनविपरित भए÷गरेका कार्यहरू र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजकतालाई नियमन र नियन्त्रण गर्न पनि म नेपाल सरकारका नियामक निकायहरूलाई यसै मञ्चबाट निर्देशित गर्दछु । आयातमुखी अर्थतन्त्रलाई निरूत्साहित गरी उत्पादन संरक्षण र प्रर्बद्धन गर्ने सन्र्दभमा सहकारी अभियानसँग समन्वय र सहकार्य गर्नु सरकारको प्राथमिकता रहनेछ । सहकारीलाई कृषि उत्पादन र श्रमसँग जोड्न केही अन्तरसम्बन्धित कानुनहरू बाधक रहेकोमा उल्लेखित कानुनी जटिलता फुकाउनसमेत सरकारको तर्फबाट आवश्यक पहल हुनेछ । सहकारी ऐन २०७४ मा भएका प्रवद्र्धनात्मक व्यवस्थाहरूः कर्जा सूचना केन्द्रको स्थापना, कर्जा असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना, सहकारी प्रवद्र्धन कोषको परिचालन लगायतका विषयहरू शीघ्र कार्यान्वयन, सहकारीको ब्याजदर सम्वन्धि व्यवस्थाको पुनरावलोकनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत् समाधान खोजिनेछ । अन्त्यमा, सहकारी क्षेत्रका चुनौतीहरू छिचोल्दै अगाडि बढ्न, यस क्षेत्रले जनतामा विश्वासको रक्तसञ्चार गर्ने परिस्थिति निर्माण गर्न, छिटफुट रूपमा देखा परेका वित्तीय अराजकता नियन्त्रण गर्न र सहकारी क्षेत्रलाई गुणात्मक नेतृत्व प्रदान गर्न यस महासम्मेलन सफल हुने विश्वासका साथ महासम्मेलनको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

नेप्सेमा सामान्य गिरावट, कारोबार ९२ करोड

काठमाडौं । साताको कारोबारको आज अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज २८ दशमलव २८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा पुगेर बन्द भएको छ । आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ । कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा भने वृद्धि भएको छ । कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ दशमलव ८० रुपैयाँ पुगेको छ भने सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । साताको कारोबार हुने तेस्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्रा कायम रहेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ । यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । यसै गरी, नेप्से सूचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ । एनआइसि एशिया बैंक दोस्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो । मंगलबार १३ उपसूचक मध्ये ७ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ । मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसै गरी सानिमा ग्रोथ फण्डको ८।९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको ७।७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६।८४ प्रतिशतले सेयर कारोबार बढेको छ ।

सेयर बजारमा भारी गिरावट

काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार बजार ३०.७७ अंकले घटेको १९३८.२५ अंकमा पुगेको छ। यो १.५६ प्रतिशतको गिरावट हो ।आइतबार कारोबार रकम समेत खुम्चिएको छ । २५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो । आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ । सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः ४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । यस्तो छ अर्धवार्षिक समीक्षाको पूर्ण पाठ

सेयर बजार बढ्यो, कारोेबार रकम ४ अर्ब बढी

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आजको दिन नेप्से परिसूचक १७.२४ अंकले वृद्धि हुँदा २०४६.२६ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। यसैगरि बजारमा १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

माया खोलाको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । माया खोला हाइड्रोपावरले शुक्रबार९मंसिर २३ गते०देखिका लागि आइपीओ बिक्री खुला गरेको छ। हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस्तै, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ। यसैगरी, स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। दुवै समूहका आवेदकहरुले पुस ८ गतेसम्म आइपीओ भर्न सक्नेछन्। यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावितले बिक्री प्रबन्धक र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। उता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

काठमाडौं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । वैदेशिक व्यापार नियमन एवम् प्रवर्द्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेप्से ६.४३ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंक घटेको छ ।सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार भने २ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बिमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । सोमबार धौलागिरी लघुवित्तको सेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य यसदिन करिब ७ प्रतिशत बढेको छ । तर, ग्लोबल आईएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । सोमबारको कारोबारमा सेयर मूल्य बढ्ने र घट्ने सबै लघुवित्तहरू रहेका छन् । आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। आईएमएफले ‘वर्ल्ड इकनोमिक आउटलूकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गरी नेपालको आर्थिक वृद्धिदरको शुरूआती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। यसअघि गत जनवरीमा गरेको प्रक्षेपण अनुसार, आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो। अहिले त्यो प्रक्षेपणलाई घटाएर पाँच प्रतिशतमा सीमित गरिएको छ। सरकारले भने आर्थिक वर्ष २०७९–८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। त्यस्तै, आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आईएमएफको शुरूआती अनुमान थियो। तर, अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ। पछिल्लो समय मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ। कोभिड–१९ महामारी र रूस–युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ। आईएमएफका अनुसार, विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। त्यस्तै, २०२३ मा झन् खस्केर २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त हो। विश्व मुद्रास्फीति दर यस वर्ष ८.८ प्रतिशत कायम हुने आईएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। –रासस

धेरैपछि दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ।आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ। यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा बिमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले बढेको छ। दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता सेयर ५१ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि सिटिजन म्युचुअल फन्ड टु को सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्सेमा ३८.८१ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजार आइतबार ३३.९७ अंकले गिरावट आएको थियो । आज ३८.८१ अकंले नेप्स ओरालो लागको छ । आज नेप्से २.०७ प्रतिशतले घटेर १८३७.६० मा पुगेको हो । आज २३१ कम्पनीका ३८ लाख ५९ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२.२७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९१ प्रतिशतले घेटर ३५८.८७ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज फाइनान्स समूहको समूहगत सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ ।

नेप्सेमा गिरावट, १ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झर्यो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७८ अंकले घट्दै ३९४।५१ अंकमा झरेको छ । १८ अंकमाथिले घटेको बजारमा आज १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये १३ वटै ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी अप्पर हेउवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।

नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा (नेप्से) सामान्य गिरावट आएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से घटेर बन्द भयो। आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ । आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको १२ करोड २८ लाख ५१ हजारको कारोबार हुँदा अपी पावरको १० करोड २ लाख २६ हजारको कारोबार भएको छ । दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १३२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आइतबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै एनएमबि ५० म्युचुअल फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता रिभर फल्स पावरको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा हिमालयन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट भएको छ ।