नेप्से परिसूचक आज ५६ अंकले बढ्यो

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो ।

बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

अर्थतन्त्रकाे आधा कथा मात्रै वर्णन भयाे, नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्छ : विश्व बैंक

  काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चितिको आधारमा मात्र संकटको अनुमान गर्न सही नहुने विश्व बैंकले बताएको छ। विश्व बैंककी नेपाल मामिला अर्थविद एलिस ब्रोक्सले विदेशी मुद्रा सञ्चितिलाई लिएर पछिल्लो समय नेपालमा बनेको अर्थतन्त्रसम्बन्धी धारणाले कथाको आधा भागको मात्रै वर्णन गर्ने बताएकी छन् । उनले त्यही कारण विदेशी पैसाको सञ्चितिलाई मात्र हेरेर धारणा बनाउन नहुने बताएकी छन् । ब्रोक्सले सार्वजनिक ऋण निकै कम रहेकाले नेपाललाई यसको लाभ रहेको दोहोर्‍याइन्। नेपालको यस्तो ऋण चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ प्रतिशतसम्म पुग्ने विश्व बैंकको प्रक्षेपण छ। आगामी आर्थिक वर्षमा भने यो ४४.५ प्रतिशतसम्म रहने अनुमान गरिएको हो। अन्य मुलुकहरूमा जस्तो नेपालको सार्वजनिक ऋणमा बढी ब्याज तिर्नुपर्ने दीर्घकालीन व्यावसायिक ऋण नभएकाले पनि डराउने अवस्था नरहेको ब्रोक्सले बताइन्। उनले पछिल्लो समय औद्योगिक आयातमा वृद्धि भइरहेको र यो अर्थतन्त्रका लागि राम्रो हुने समेत बताइन्। विश्व बैंकले राष्ट्र बैंकले हाल आयात घटाउन यससँग सम्बन्धित कर्जामा गरिएको कडाइ अल्पकालीन उपाय भए पनि यो व्यवस्था कायम रहने निश्चित समय तय भने गरिनुपर्ने बताएको छ। त्यसैले दीर्घकालमा भने प्रत्यक्ष वैदेशिक लगानी बढाउनेमा नेपालले ध्यान दिनुपर्ने पनि उसले भनेको छ। विश्व बैंकले बैंकिङ क्षेत्रमा निक्षेप स्रोतमा सुधार नहुँदासम्म कर्जा प्रवाहको गति केही सुस्त बनाउन भने आग्रह गरेको छ। घट्यो यसअघिको प्रक्षेपण आर्थिक वृद्धि प्रक्षेपण विश्व बैंकले नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्ने संशोधित प्रक्षेपण गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा भइरहेको वृद्धि र पर्यटक आउने क्रममा भइरहेको सुधारले यो दरमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो। यसअघि विश्व बैंकले ३.९ प्रतिशतसम्म आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। सरकारले मध्यावधि समीक्षाबाट बजेटको आकार घटाए पनि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य संशोधन गरेको छैन। विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.१ प्रतिशत र त्यसपछिको वर्षमा ५.८ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण समेत गरेको छ। मूल्यवृद्धिले गति समात्दै यस आर्थिक वर्षको मध्यसम्ममा भने महँगी औसत ५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा सरकारी लक्ष्यभन्दा आधाले कम भएको मूल्यवृद्धि दर यसपटक भने बढ्दो क्रममा छ। गत वर्ष औसत ७ प्रतिशतको लक्ष्य लिएकोमा ३.६० कायम भएको थियो। यसपटक भने ६.५ को सरकारी लक्ष्य छ। गैर खाद्यवस्तुमा भइरहेको मूल्य वृद्धिले समग्रमा महँगी बढाइरहेको विश्व बैंकको भनाइ छ। यद्यपि सरकारी नीतिले महँगी कम गर्न सहयोग पुगिरहेको विश्व बैंकले उल्लेख गरेको छ। सरकारले १५० देखि २ सय ५० किलोवाटसम्म विद्युत प्रयोग गर्ने घरपरिवारलाई मासिक शुल्क घटाएको र २० किलोवाटसम्म विद्युत् प्रयोग गर्नेलाई महशुल छुट दिइएको छ। त्यस्तै आयल निगमबाट बिक्री हुने ग्यासको मूल्य लागतभन्दा कममा बिक्री भइरहेकाले पनि महँगी दर कम गर्न सहयोग पुगिरहेको हो। चालु आर्थिक वर्षको मध्यसम्ममा वस्तु आयातमा भएको वृद्धि र रेमिट्यान्स भित्रने दरमा भएको कमीले मुलुकको चालु खाता (सेवा तथा वस्तु बिक्री लगायत थप केही माध्यमबाट हुने आम्दानी र यसको खरिदबाट हुने खर्चको खाता) घाटा बढ्दै गएको छ। यस्तो घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ८ प्रतिशतसम्म पुगेको छ। जबकि गत वर्ष यस्तो घाटा अनुपात १.२ प्रतिशत थियो। चार सय ५६ मेगावाटको अप्पर तामाकोशी हाइड्रोसहित कुल ५ सय ९८ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएकाले औद्योगिक उत्पादनमा समेत वृद्धि हुने अनुमान छ। चालु आर्थिक वर्षमा मुलुकभित्रैकै व्यवसायीहरूबाट प्रवर्द्धित नयाँ व्यवसाय दर्ता संख्या १ सय ५४ ले बढेको छ। यो हालसम्मकै उच्च भएको विश्व बैंकले उल्लेख गरेको छ। तर विदेशी लगानीमा खुल्ने व्यवसाय भने इतिहासकै कम रहेको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रमा २.७ प्रतिशत, सेवा क्षेत्र १.६ प्रतिशत र विद्युत उपलब्धताले औद्योगिक क्षेत्र ०.९ प्रतिशतले बढेको विश्व बैंकको प्रक्षेपण छ।

मुद्धा हेर्नै नमिल्ने न्यायाधिशद्धारा गर्भनरको थमौती

काठमाडौं । मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ बिपरित सर्वोच्च अदालतका न्यायधिश हरि फुयाँलले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको मुद्धामा सुनुवाई गरेको पाइएको छ । ऐनको दफा २७१ मा ‘स्वार्थ बाझिएको मुद्धा हेर्न नहुने’ सम्बन्धी व्यवस्था छ । जसअनुसार दफा २७१ को १ मा न्यायधिशले देहायको मुद्धाको कारबाही, सुनुवाई र किनारा गर्नु हुँदैन भनी सोही दफाको खण्ड ९ख० मा कुनै बखत निज (न्यायधिश) वारेस, कानून व्यवसायी वा साक्षी भएको मुद्धा न्यायधिशले हेर्न हुँदैन भन्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई मिचेर न्यायधिश फुयाँलले अधिकारीको मुद्धा ऐन बिपरित सुनुवाई गरेको ठरिन आउँछ । गभर्नर अधिकारी यसअघि लगानी बोर्डको कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ती हुँदा उनको शैक्षिक योग्यतालाई लिएर मुद्धा परेको थियो । तत्कालिन् समयमा हरि फ्याल महान्यायाधिबक्ताको भूमिकामा थिए ।   बोर्ड सिइओको रुपमा अधिकारी बिरुद्ध मुद्धा परेपछि फुयाँलले महान्याधिबक्ताको रुपमा अधिकारीको पक्षमा बहस, पैरवी गरेका थिए । अधिकारीको शैक्षिक योग्यतालाई लिएर दायर मुद्धा अहिले पनि अदालतमा बिचाराधिन छ ।   ‘अधिकारी लगानी बोर्डको सिइओ हुँदा उनको पक्षमा बहस, पैरवी गर्ने तत्कालिन् महान्याधिबक्ता फुयालले आफु न्यायाधिश भएपछि अधिकारी बिरुद्धको अर्को मुद्धा हेर्न मिल्ने थिएन’ एक कानून व्यवसायी भन्छन्, ‘उनले ऐन बिपरित आफ्नो इजलाशमा मुद्धा राखेर कानूनकै उपहास गरेका छन् ।’   न्यायधिश फुयाँलले यो मुद्धाको सुनुवाईका क्रममा निलम्बित गभर्नर अधिकारीको पक्षमा बहस गर्ने वकिलहरुको मात्रै एकतर्फी धारणा सुनेर अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् । जुन न्यायसंगत नभएको कानून व्यवसायीहरुको भनाई छ । ‘न्यायधिश फुयाँलले मुद्धाको पक्षमा बहस गर्ने वकिलहरुको एकोहोरो बहसलाई मात्रै आधार मानेर निवेदकको मागअनुसारको आदेश जारी गरेका छन् । यसमा सरकारी वकिल तथा बिपक्षी बनाइएका पक्षको वकिलहरुको धारणा सुनेको पाइदैन । यति उच्चस्तरीय मुद्धामा सबैको धारणा सुनेर मात्रै आदेश जारी गर्नुपर्ने थियो’ ती कानून व्यवसायीले भने । राष्ट्र बैंक ऐनअनुसार गर्भनरमााथी छानबिन २४ चैतको मन्त्रिपरिषद् बैठकले गर्भनर महाप्रसाद अधिकारीमाथी छानबिन गर्न राष्ट्र बैंक ऐन, २०५८ अनुसार जाँचबुझ समिति गठन गरेको थियो । गर्भनर अधिकारीले श्रीलंका जस्तो स्थितिमा नेपाल पुग्न सक्दै भन्दै सर्वसाधारणलाई भ्रमित पार्ने काम गर्दै आएको, बढ्दो ब्याजदर नियन्त्रण गर्न उदासिन भएको, पुनकर्जा र सहुलियत कर्जा शीर्षकमा प्रवाह भएको ४ खर्ब रुपैयाँ भन्दा बढी ऋण उत्पादनमुलुक क्षेत्रमा पठाउन कडाई नगरेको, बढ्दो आयात नियन्त्रणमा उदासिन देखिएकोलगायत कैफियत भेटिएपछि सरकारले उनको पदीय जिम्मेवारी पुरा भए, नभएको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको थियो । राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ को उपदफा ५९ख० मा बैंकको उदेश्य हाँसिल गर्नको निमिक्त बैंकले गर्नुपर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा वा मुलुकको बैंकिङ एवं बित्तिय अवस्थामा हानी नोक्सानी हुने कार्य गरेको देखिएमा वा नेपाल राष्ट्र बैंकको काम कारबाहीमा बदनियतसमेत गरेको देखिन आएमा गर्भनरमाथी छानबिन गर्न जाँचबुझ समिति बनाउन सकिने बारे ऐनको दफा २३ मा व्यवस्था छ । दफा २३ मा ‘जाँचबुझ समिति गठन’ व्यवस्था गर्दै ‘सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधिश मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ती अध्यक्ष र आर्थिक, मौद्रिक, बैंकिङ, बित्तीय, बाणिज्य तथा व्यवस्थाप क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तीहरुबाट नेपाल सरकारले तोकेको दुई जना व्यक्ती सदस्य रहने गरी जाँचबुझ समिति गठन गर्न सक्ने व्यवस्था छ । ऐनको सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकले उनीमाथी छानबिन गर्न समिति बनाएको थियो । तर, मौजुदा ऐन बिपरित न्यायधिश हरी फुयाँलले आफ्नो इजलासमा मुद्धाको सुनुवाई गर्दै सरकारद्धारा निलम्बित गर्भनरलाई काम काजमा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् । सो आदेशसँगै जाँचबुझ समिति तत्काललाई निष्क्रियसमेत भएको छ ।

लक्ष्मी बैंकद्धारा एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बताएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको हो । साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बताएको छ ।

सरकारविरूद्ध लागेकाले गभर्नरलाई स्पष्टिकरण सोधियो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई असहयोग गरेका कारण सपष्टिकरण सोध्नुपरेको बताएका छन्। आज (सोमबार) बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथिको कारबाही र पछिल्लो अर्थतन्त्रमाथिको संकटबारे प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए। सोको जवाफ दिने क्रममा प्रम गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असहयोग गरेको भन्ने गुनासो बढेकाले कारबाही गरिएको प्रधानमन्त्री देउवाले बताए। अर्थमन्त्री जनार्दन शर्माले आफूलाई गभर्नरले काम गर्न नदिएको र आफूले गरेका कामहरुमा असहयोग गरेको भन्ने गुनासो आफूसमक्ष गरेको पनि प्रधानमन्त्रीले बताए। सरकारले शुक्रबार गभर्नर अधिकारीमाथि सर्वोच्च अदालतका पूर्व–न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो, जससँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन्। गभर्नरमाथिको आरोप छानबिनपछि पुष्टि भएमा सरकारले उनलाई बर्खास्त गर्नेछ।

गभर्नर निलम्बनको सबै जवाफ छानविन रिपोर्टले दिनेछ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री शर्माले गभर्नरको कानुनसम्मत भएको दाबी गरे । उनले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताए । ‘राष्ट्र बैंक ऐनअनुसार नै गर्भनर निलम्बन गरेका हौ’ मन्त्री शर्माले भने, ‘किन गरियो भन्ने बारेमा हामीले छानविन कमिटी बनाएका छौं । त्यो कमिटीले छानविन गरेर हामीलाई रिपोर्ट दिनेछ । त्यो रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ ।’ उनले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताएका छन् । अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताए । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताए । साथै उनले केपी ओली तर्फ संकेत गर्दै विदेसी पानी खाने एक वृद्धले बिना आधार देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भन्दै अफवाह फैलाएको बताए । उनले तेस्तो बिना तथ्यको अफवाहले देशलाई समेत नोक्सानी गर्ने भन्दै त्यसो नगर्न समेत आग्रह गरे । ‘जसरी यहाँ ठूलो संकट आयो, अब यो देश के के न हुन्छ भनेर जो गरिएको छ, तथ्याङ्क र अहिलेको हाम्रो अवस्थाले पनि के देखाउँछ भने हाम्रो अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन,’ शर्माले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । राजनीतिकरण गर्नुहुँदैन ।’ आर्थिक मामिलामा राजनीतिकरण गर्दै देश, व्यवसायी र जनतालाई हतोत्साही बनाउने खालको प्रचारबाजी नगर्न पनि अर्थमन्त्री शर्माले आग्रह गरेका छन् । विगत १० वर्षको ट्रेण्ड र विश्वभरिको ट्रेण्ड हेर्दा पनि अहिले ठूलो संकटमा गयो भनेर गरिएको प्रचार उपयुक्त नभएको उनको भनाइ छ ।

सेयर बजार ४४ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचकमा सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ । सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो । नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ । आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए । नेसडो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार आठ सय ७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।

निलम्बनमा परे गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर पाल्नेहरुका सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रस्ट पारेका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरूलाई धेरै धन्यवाद दिनुपर्छ। किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन।’ नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाई थियो। ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगायतका तथ्याङ्क हेर्यौँ भने श्रीलंकासँग तुलना नै हुन सक्दैन। तुलना हुनै नसक्ने विषयलाई लिएर एक थरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन्। त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ’ उनले भने। श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरूलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरेका हुन्। ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि बहस गरौँ’ उनले भने। क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए। तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैध रूपमा पैसा बाहिरिन थालेको उनको भनाई थियो। ‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन। यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’ उनले भने। अर्थतन्त्र यति बेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए। काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ थियो। मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताए। वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरूलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिएका थिए। कोभिड(१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाइ छ।

नेप्से ४१ अङ्कले घट्यो,कारोबारमा भने सुधार

काठमाण्डौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घट्यो । विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । पछिल्ला केही हप्ता औसतमा दैनिक तीन अर्ब रुपैयाँको कारोबार भइरहेकोमा आज दुई सय ३२ वटा कम्पनीका ८९ लाख २३ हजार कित्ता शेयर चार अर्ब ९८ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि जीवन विकास र राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसुचक १६.६९ अंकले घटेको छ । सो अंकले नेप्सेमा गिरावट आउँदा परिसुचक २६१३.६७ को बिन्दुमा पुगेको छ । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ राष्ट्र जनउत्थानका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज १० प्रतिशतका दरले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८१९.५० पुगेको छ । यस्तै ,इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७६०.७० पुगेको छ । युनाइटेड इदि मार्दीको शेयरमूल्यको ९।९३ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९९६ पुगेको हो ।

ब्रोकर नं. ११ लाई सेबोनले तिरायो जरिवाना

काठमाडौं । ब्रोकर नं. ११ अर्थात् मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को कारबाहीमा परेको छ । सेवनले कारबाहि गर्दै जरिवाना समेत तिराएको हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग लाई धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रूपैयाँ जरिवाना गरेको हो । बोर्डले आज एक सूचना प्रकाशन गर्दै भनेको छ, “धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१)को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ,व्यवस्था र सोही विनियमको उपविनियम (२) को उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने, व्यवस्था विपरित सम्झौता नगरी आफु खुसी १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।”  

नेप्से १८ अंकले बढ्यो

काठमाडौं । शेयर बजार (नेप्से) सोमवार करीब १८ अंकले बढेको छ । १७.९९ अंकले बजार बढेर २६३४.५७ बिन्दुमा पुगेको छ । बजार बढेको भए पनि कारोबार रकम भने बढ्न सकेन । आज जम्मा दुई अर्ब ५९ करोड रूपैयाँको मात्रै कारोबार भयो । नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयरको ३७ हजार ९३९ पटक कारोबार भएको छ । बजार बढेसँगै सबैभन्दा बढी कमाउनेमा इमर्जिङ नेपाल रहेको छ । यसका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् । कमाउने कम्पनीहरूको सूचीमा न्यादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल, कर्णाली विकास बैैंक, युनियन हाइड्रोपावरसहितका लगानीकर्ता छन् । यी कम्पनीका लगानीकर्ताले ५.५७ प्रतिशतदेखि ७.६७ प्रतिशतसम्मले कमाएका छन् ।

सिरानमुनी लुकाउने प्रवृत्तिले बजारबाट पैसा हरायो, यसको खोजीमा लागेको छुः मन्त्री शर्मा

काठमाडौं। घरमै पैसा लुकाएर राख्दा बजारमा तरलता अभाव सिर्जना भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवमा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा राख्दा समस्या आएको बताए। त्यस्तो पैसा आफूले खोज्न लागेको समेत उनले बताए। “पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनि त बन्द छैन ? उनले भने, “यसको खोजीमा म लागेको छु।”   क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्ड लगायत नयाँ प्रविधिका कारण पनि पुँजी पलायन भइरहेको उनको भनाई छ । उनले यसलाई रोक्न सरकारले संयन्त्र विकास गरेको पनि बताए।   मन्त्री शर्माले पछिल्लो समय भने शोधानान्तरस्थिति सुधार हुन थालेको बताए। उनले रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने गरी गृहकार्य समेत भएको बताए।

आजदेखि खुल्यो राष्ट्र उत्थान लघुवित्तको आईपीओ , कति दिने आवेदन

काठमाण्डौंं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ( (आईपीओ) को बिक्री खुला गरेको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २६ करोड रुपैयाँ र चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा फागुन ४ गतेदेखि फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन १८ गतेसम्म म्याद थप हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्ने परेको लघुवित्तले जनाएको छ। त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.६९ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेर चुक्ता पूँजी २६ करोड रुपैयाँ पुर्याउन लागेको हो।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ मा आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।