मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

काठमाडौंः लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए ।

भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए ।

सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिनुभयो । सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ ।

बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।

लक्ष्मी बैंककाे अध्यक्षमा रमण नेपाल

काठमाडौं : लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

आज झण्डै ३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं : धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको छ । सोमबार​ परिसूचक ३७ दशमलव ७४ अङ्कले बढेर १४ सय ३० दशमलव ४१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आइतबार पनि नेप्से परिसूचक ११ अङ्कले बढेको थियो । यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७ दशमलव ६३ अङ्कले बढेको छ । सोमबार​ म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको २८३ र जीवन बीमा समूहको २२३ दशमलव १५ अङ्कले परिसूचक बढेका छन् । सोमबार दिनभर ८६ करोड ९२ लाख रुपैयाँ बराबरका २६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबारकाे कारोबार रकम भने आइतबारकाे भन्दा थोरै हो । आइतबार ९७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोमबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै ६ प्रतिशत गुमाएका छन् ।

शेयर बजार : नेप्सेमा झिनो वृद्धि

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १९७ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार र बैंकिङ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.३७ र व्यापार १८.५४ ले घटेका छन् । यस्तै होटल १२.१८, विकास बैंक ५.२४, जलविद्युत् ४.८२, वित्त ४.८३, निर्जीवन बीमा ३९.५१, उत्पादन ३५.३, अन्य ६.८७, लघुवित्त ९.६१, जीवन बीमा ६८.३३ र सामूहिक लगानी कोष ०.२८ ले बढेको छ । स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड १८ लाख ४५ हजार ८३० बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ४८ लाख एक हजार २७३, छिमेक लघुवित्त वित्तीय संस्था रु छ करोड ४१ लाख ६३ हजार ७७७, एनआईसी एशिया रु तीन करोड ४८ लाख २८ हजार ५९७, एनएमबी बैंक रु दुई करोड ७७ लाख ६० हजार ६०७, हिमालयन डिस्टिलरी रु दुई करोड ४२ लाख ४३ हजार ८६६ र नबिल बैंकको रु दुई करोड २२ लाख ७९ हजार १०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा आज सूर्योदय लघुवित्त ९.९९, एनआईसी एशिया लघुवित्त ९.९७, वोमी माइक्रोफाइनान्स ९.९०, गुह्यश्वरी मर्चेन्ट बैंक रु ७.२६, एनएमबी माइक्रोफाइनान्स ६.३३, तिनाउ विकास बैंक ६.११ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ५.९४ प्रतिशतले कमाए । त्यस्तै, ग्लोबल आईएमई समुन्नत स्किम एक ३.८५, नेशनल हाइड्रो पावर ३.७०, रिडी हाइड्रोपावर ३.४९, सबैको लघुवित्त ३.४२, गुराँस लघुवित्त २.५८, कालिका मर्चेन्ट डेभलपमेन्ट बैंक २.५० र साल्ट टे«डिङ कम्पनीका लगानीकर्ताले २.१४ प्रतिशतले गुमाए ।

डलरकाे भाउ बढ्याे

काठमाडौंः गएको हप्ता केही ओरालो लागेको डलरको भाउ साेमबार फेरि थोरै बढेको छ । साेमबार ८ पैसा बढेर अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५० रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैया ९८ पैसा रहेको छ । तालिका बिस्तृतमा हेर्नुहोस्  

नेप्से ओरालो, लघुवित्त कम्पनिको शेयर मूल्य घट्यो

काठमाडौं: आजपनि शेयर कारोबारमा कमी आएको छ । आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ४.५४ प्रतिशत घटेर एक हजार ४४१.२० विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। सबैभन्दा बढ लघुवित्त कम्पनीहरुकै शेयरमूल्य घटेको छ। वाणिज्य बैंकहरुको मात्रै १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। जीवन बीमा कम्पनीहरुको ५३ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

नेप्से १९.३९ अंकले उकालो लाग्यो

काठमाडौंः आज साताको पहिलो दिन (आइतबार) पुँजी बजार मापक नेप्से १९.३९ अंकले बढेको छ। नेप्से बढेर १३६३.९७ अंकमा पुगेको छ। आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४१६.७९ अंकले बढन पुग्यो। साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि ३९८.६९ अंकले उकालो लाग्यो। यसैगरी, लघुवित्त समूहको सूचक पनि ५७.८१ अंकले बढन पुग्यो। उक्त दिन १२ वटा समूह मध्ये ९ वटा समूहको सूचक बढेको छ भने ३ समूहको सूचक घटेको छ। आज फाइनान्स समूहको सूचक ३.३४ अंक, अन्य समूहको सूचक २.६८ अंक र म्यूचुअल फन्ड समूहको सूचक ०.०६ अंकले घटेको छ। आज १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त दिन हिमालयन डिष्टिलरीको सेयर सबैभन्दा बढी १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार शिवम सिमेन्टको सेयर भएको छ। उक्त सिमेन्टको १३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ। उक्त इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

दोहोरो अंकले उकालो लाग्यो बजार, कारोबार रकम पनि बढोत्तरी

काठमाडौं: केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक मंगलबार १७.११ अंकले उकालो लागेर १३४१.३८ अंकमा अडिएको छ । सोमबार ४ अंकले बढेको बजार आइतबार १३ अंकले ओरालो लागेको थियो । आज भने कारोबार रकममा पनि बढोत्तरी भएको छ । यसदिन १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ । व्यापारबाहेक सबै समूहगत उपसूचक उकालो लागेका थिए। यसदिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। सो कम्पनीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैंक, सिभिल बैंक लिमिटेड, छिमेक लघुवित्त बैंक लगायतका कम्पनीको कारोबार धेरै भएको छ । मंगलबार ६ प्रतिशत भन्दा बढी कमाउनेमा कालिका पावर कम्पनी, नेपाल सेवा लघुवित्त वित्तिय सेवा, नेपाल हाइड्रो डेभलपर्स, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता रहेको नेप्सेले जनाएको छ । यसदिन समूहगत परिसूचकमा बैंकिङ १४.४८, विकास बैंक १८.६४, जलविद्युत ९.८९, निर्जीबन ९३.४७, जीबन बीमा कम्पनी ५३.२६, लघुवित्त ७०.२२ अंकले उकालो लागेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार (पुस २५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

नेप्सेमा सुधार

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा आज भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई २६४.२६ मा पुगेको छ । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे । बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बीमा ९५.४१, लघुवित्त ६३ र जीवन बीमा १९.१२ ले बढेको छ । कारोवारका आधारमा आज सिभिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर मात्रै रु २० करोड १८ लाख ८८ हजार १०० को कारोवार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्था रु दुई करोड ३६ लाख २४ हजार १८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड २४ लाख ३३ हजार ५१८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रु एक करोड ७० लाख २७ हजार ६०२, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ६८ लाख २८ हजार १०८, साना किसान विकास बैंक रु एक करोड ५८ लाख २४ हजार ३४३ र प्रभु बैंकको रु एक करोड ५४ लाख ७८ हजार १६५ बराबरको कारोवार भई शीर्षस्थानमा रहे । नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.१० प्रतिशतले कमाए । त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले २.१५ प्रतिशतले गुमाए ।

१६ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौंः मंगलबार नेप्से परिसूचक १६ दशमलव २३ अंकले बढेको छ । नेप्से बढेर १२ सय १६ दशमलव ९२ विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । होटल र उत्पादनमूलक क्षेत्रबाहेक आज सबै समूहको उप–सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक ८६ दशमलव ५६ अंकले बढेको हो । कारोबार रकम पनि आज १ अर्ब रुपैयाँ नाघेको छ । आज १ अर्ब १० करोड रुपैयाँ बराबरका ३८ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन् । माछापुच्छ्रे बैंक लिमिटेडको आज सबैभन्दा धेरै १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलगायत कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशत कमाएका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयर लगानीकर्ताले भने ४ प्रतिशत गुमाएका छन् । यो हप्ताको तीन दिनमा नेप्से परिसूचक ५० अंकभन्दा धेरैले बढेको छ । सोमबार नेप्से परिसूचक १८ अंक र आइतबार १६ अंकले बढेको थियो ।

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार (पुस २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२९ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

लामो समयपछि नेप्से परिसुचक १२ सय बिन्दुमा

काठमाडौंः लामो समयपछि नेप्से परिसूचक १२ सय बिन्दुमा पुगेको छ । आज ११८३.३६ बिन्दुबाट कारोबार सुरु भएको थियो भने समिक्षा अवधिसम्म आउदाँ त्यो परिसुचक १७.६९ अंकले बढेर १२००.१२ बिन्दुमा पुगेको हो । यसअघि अप्रील १६ देखी अगस्ट २६ सम्म नेप्से परिसुचक १२०० बिन्दु भन्दामाथि थियो ।

४० प्रतिशत लाभांश वितरण गर्दै नेप्से

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेको हाल कायम चुक्ता पूँजी ५० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । नेप्सेले नगद लाभांश प्रस्ताव पारित गर्न आगामी पुस २९ गते मंगलबार ३८ औं वार्षिक साधारणसभा बोलाएको छ । हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको ५÷५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकर संघको ०.६२ प्रतिशत शेयर हिस्सा छ ।

नेप्से शून्य दशमलव ३१ अंकले घट्यो

काठमाडौंः बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ३१ अंकले घटेर १ हजार १५१ दशमलव ७५ विन्दुमा रहेको छ । यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सात समूहको बढेको छ भने पाँच समूहको घटेको छ । बैकिंङ, व्यापार, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ट र अन्य समूहको परिसूचक बढेको छ भने होटल्स, विकास बैंक, नीर्जिवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र लघुवित्त समूहको परिसूचक घटेको हो । यस अवधिमा ९८ कम्पनीहरुको शेयर कारोबार भएको छ । यी कम्पनीहरुको ५६१ पटकको व्यापारमा रू.३ करोड ३८ लाख ५ हजार ७६५ बराबरको १ लाख २५ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा बढि एनएमबि बैंकको रू.१ करोड २१ लाखको कारोबार भएको छ । एनएमबिको प्रस्तावित ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन भएकाले पनि कारोबार बढेको देखिन्छ ।