चौथो त्रैमासिकमा वाणिज्य बैंकहरुले बढाए २३ प्रतिशत नाफा
काठमाडौं। वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका छन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् ।
गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले बढाएका छन् । कोरोनाको असर बाँकी नै रहेको अवस्था र कर्जा लगानी सोचे जति गर्न नपाएको अवस्थामा पनि बैङ्कहरूको ग्रोथ राम्रो देखिएको हो ।
अघिल्लो आवमा तेस्रो भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क गत आवमा १ नम्बरको ताज पाउन सफल भएको छ । सरकारी फन्डको परिचालनले गर्दा बजारमा आक्रामक लगानी गर्न सफल राष्ट्रिय वाणिज्य बैङ्कले अन्य निजी बैङ्कहरूलाई उछिनेको हो । अघिल्लो आवमा १ नम्बर बनेको नविल बैङ्क गत आवमा तेस्रो बनेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब २१ करोड मुनाफा आर्जन गर्दा निजी क्षेत्रको ग्लोवल आईएमई बैङ्कले ५ अर्ब २० करोड नाफा गर्न सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैङ्कले ४ अर्ब ९७ करोड मुनाफा गरेको हो । अघिल्लो अवामा पनि चौथो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क गत आवमा पनि चौथो भएको छ ।
गत आवमा स्टाडर्ड चाटर्ड, माछापुच्छ्रे, सिटिजन्स, एभरेस्ट, प्रभु, सनराइज, एनसिसि बैङ्कको नाफामा व्यापक ग्रोथ भएको छ । आव २०७७र७८ मा अन्तिम अवस्थामा रहेको सिभिल बैङ्कले सेन्चुरी बैङ्कलाई उछिनेको छ । २६ वाणिज्य बैङ्कमध्ये अघिल्लो आवमा अरबपति क्लबमा पुग्न नसकेका नेपाल एसविआई, सिभिल र सेन्चुरी सबै गत आवमा अरबपति क्लबमा पुगेका छन् ।
कुल विनियोजन बजेटको ४०.५० प्रतिशत रकमान्तर
काठमाडौं । सरकाले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रकमान्तर गरेको हो, जुन कुल विनियोजन बजेटको ४०.५० प्रतिशत हुन्छ । गत आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख थियो । सरकारले रकमान्तर गरेको मध्ये आर्थिक वर्षको अन्तिम महिनामा मात्रै ४२ अर्ब ५५ करोड २५ लाख र असार अन्तिम सातामा ६ अर्ब ११ करोड २० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्षको अन्तिम महिनामा मात्रै यति धेरै रकमान्तर हुनुले अर्थ मन्त्रालयको नेतृत्व लिइकाहरूमाथि गम्भिर प्रश्न उब्जिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
डलरको मूल्य आजसम्मकै महंगो, यस्तो छ विनिमय दर
शुक्रबार डलरको मूल्य आजसम्मकै महंगो हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियम दर अनुसार, आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर भने १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सानिमा बैंकको सेवा अब काठमाडौँको नेपालटारबाट पनि
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित नेपालटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र संचालक गायत्री थापाले संयुक्त रुपमा गरे । त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।
रोकिएन शेयर बजारमा ओरालो यात्रा , ३७ अंकले गिरावट
काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि रोकिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएको छ । आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे रहे । निर्जीबन बीमा समूह सबैभन्दा उच्च डेढ सय अंक बढीले ओर्लिएको छ । जीवन बीमा र विकास बैंक समूह पनि सय अंक बढीले ओरालो लाग्दा अरुपनि अधिकांश समूह दोहोरो अंकले झरे । आइतबार कारोबारमा आएका जम्मा १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ७९ कम्पनीको शेयरमूल्य घटेको छ । आइतबार आधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सकारात्मक सर्किट लाग्ने गरी बढ्यो । आइतबार पनि रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाए । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी टोलिकमको भएको छ । यस कम्पनीको मात्र आइतबार १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।
बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्याे
काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ । जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ । अघिल्लो साता बैंकहरुले २ अर्ब रुपैयाँले नै कर्जा लगानी घटाउँदै ४१ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका थिए । यो साता कर्जा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको नेपाल बैकर्स संघले जनाएको छ । समग्रमा जेठ महिना लागेसँगै निरन्तर निक्षेप बढाइरहेका बैंकहरुले जेठ ६ गतेदेखि २७ गतेसम्ममा १६ अर्ब रुपैयाँले निक्षेप बढाइसकेका छन् । यता कर्जा प्रवाहमा भने कडाई गरिरहेका बैंकहरुले यो अवधिका लगानी कम गरेका छन्.।
३६ अंकले घट्यो नेप्से, कारोबार कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो । १.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ । परिसूचक उच्च अंकले घटेको दिन आज कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् । यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको बताइएको छ । आज बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
३ सय कृषि स्वयम्सेवक तयार गरिने, प्रत्येक प्रदेशका ३ नमूना स्थानीय तहलाई ५ करोड
काठमाडौं । सरकारले ३ सय कृषि स्वयम्सेवक तयार गर्ने भएको छ । साथै प्रत्येक प्रदेशका ३ नमूना स्थानीय तहलाई ५ करोड छेट्टाएको छ । तेस्तै, कृषि क्षेत्रको रुपान्तरण र रोजगारी वृद्धि, निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि । आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम शुरु गरिने । किसानहरुलाई सहकारी समूहमा संगठित गरी खेतीयोग्य र बाँझो जमिन उपयोग गरी उत्पादकत्व बढाइने कृषिको यान्त्रिकीकरण र आधुनिकीकरण गरिने र यसको मार्गनिर्देशनका लागि प्रधानमन्त्रीको नेतृत्वमा संयन्त्र कृषि विमा, मलखाद, बिउबिजन, कृषि उत्पादन ढुवानी एम्बुलेन्स, मूल्य निर्धारण, बजारको व्यवस्था स्थानीय तहले तोकेका विशिष्ट उपजको न्यूनतम समर्थन मूल्य प्राविधिक तह उल्लेख गराउन हरेक स्थानीय तहमा एकजना जनशक्ति र सबै वडामा कृषि प्राविधिकको व्यवस्था प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रमा सूचिकृतहरुबाट श्रम सहकारीमा आवबद्ध गरी ३ सय कृषि स्वयमसेवक निर्माण गरिने संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा उपयोगविहिन र बाँझो जमिनलाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने प्रत्येक प्रदेशका ३ वटा स्थानीय तहलाई पाँच करोडका दरले प्रोत्साहन बजेट कृषि कर्जा घरदैलौमा सहजरुपमा उपलब्ध लगाउन लघुवित्त कोष स्थापना गरिने वित्तिय पहुँच अभिवृद्धि गरिने ग्रामिण विकास लघुवित्त विकास संस्थाको पुनसंरचना गरि स्थानीय तहले ५० लाख र १ करोडसम्म शेयर लगानी गर्न सकिने । किसान परिचय पत्रका आधारमा सार्वजनिक सेवामा सहुलियत र छूट मल खरिदका लागि बजेटको व्यवस्था उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड उखु अनुसन्धान कार्यक्रम सञ्चालन गरिने, चीनीमा आत्मनिर्भरका लागि उखुमात्रै नभएर अन्य क्षेत्रमा पनि लगानी गरिने छ । उखु किसानहरुलाई सोही वर्ष मूल्य दिइने छ ।
आज शेयर बजार ३४ अङ्कले घट्यो, कारोबार कति ?
काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीकाे ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
शेयर बजार आज साढे २३ अङ्कले घट्यो, कतिको कारोबार ?
काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ । आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।
शेयर बजार आज साढे १८ अङ्कले घट्यो, कारोबार रकममा भने सुधार
काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ । आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेप्से परिसूचक आज ५६ अंकले बढ्यो
काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो । बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
रिभर फल्स पावरको आईपीओ खुल्यो, कहिलेसम्म खुला रहने ?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नौ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदो जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदो जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यस्तो छ आजको विनिमय दर
काठमाडौं । आज एक अमेरिकी डलरको बिक्रीदर १२२.५९ रुपैयाँ र खरिददर १२१.९९ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद–बिक्री भाउ तोकेको हो । यस्तै, एक यूरोको बिक्री मूल्य १२९.६० रुपैयाँ र खरिद मूल्य १२८।९७ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको खरिद मूल्य १५३.९४ रुपैयाँ र बिक्री मूल्य १५३.१८ रुपैयाँ छ । यसैगरी, ८७.७९ रुपैयाँमा सटहीदर कायम अष्ट्रेलियन डलरको खरिद दर ८७.३६ रुपैयाँ छ । यसका साथै, ८८.८७ रुपैयाँ बिक्रीदर तोकिएको सिंगापुर डलरको खरिद दर ८८.४३ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य ९.४१ रुपैयाँ र खरिद मूल्य ९.३७ रुपैयाँ छ । १८.६० रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिद १८.५१ रुपैयाँमा भइरहेको छ । यस्तै, साउदी अरबको रियालको बिक्री ३२.६८ रुपैयाँ छ भने बिक्रीदर ३२.५२ रुपैयाँ कायम भएको छ । कतारी रियालको बिक्री मूल्य ३३.६१ रुपैयाँ तय हुँदा ३३।४४ रुपैयाँ खरिद मूल्य तय भएको केन्द्रीय बैंकले जनाएको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.३८ रुपैयाँ छ भने खरिद मूल्य ३३.२१ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.१६ रुपैयाँ हुँदा खरिद मूल्य २८.०२ रुपैयाँ छ ।
बजेट निर्माणलाई तिव्रता दिदै अर्थ मन्त्रालय, यस्तो छ कार्यसूची
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो । १३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु भएको छ । अर्थले बिहिबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । सबै बैठकमा योजना आयोगको उपस्थिति अनिवार्य गरिएको थियो । हरेक दिन बिहान नौ बजे, दिउँसो एक बजे र चार बजेलाई बैठक राखिएको छ । शुक्रबार, ९ बैशाखमा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग बैठक राखिएको छ । आइतबार, ११ बैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिलाा तथा सामान्य प्रशाशन मन्त्रालयसँग बैठक राखिएको छ । सोमबार, १२ बैशाखमा बन तथा बाताबरण मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग बैठक राखिएको छ । मंगलबार, १३ बैशाखमा संचार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल राखिएको छ । बिषय बिज्ञ र सर्वसाधारणबाट सुझाव संकलन सम्पन्न १ चैतदेखी औपचारिक रुपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रकृयाका लागि सुझाव संकलन शुरु गरेको थियो । त्यसयता अर्थले कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, बित्तीय संघीयता, बैंक, बित्तीय संस्था र बिमा, अर्थबिद्, निजी क्षेत्र, युवा तथा बिद्यार्थी, शिक्षालगायतका क्षेत्रसँग सरोकारवाला तथा बिज्ञसँग छलफल गरी सुझाव संकलन सकेको छ । त्यस्तै मन्त्रालयले भौतिक रुपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्रिी नम्बर ११३८ बाट ७ बैशाखसम्म सुझाव संकलनको व्यवस्था मिलाएको छ । टोल फ्रि नम्बर ११३८ बाट पनि उत्साहजनक रुपमा सुझावहरु प्राप्त भैरहेको मन्त्रालयले जनाएको छ ।
अर्थतन्त्रकाे आधा कथा मात्रै वर्णन भयाे, नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्छ : विश्व बैंक
काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चितिको आधारमा मात्र संकटको अनुमान गर्न सही नहुने विश्व बैंकले बताएको छ। विश्व बैंककी नेपाल मामिला अर्थविद एलिस ब्रोक्सले विदेशी मुद्रा सञ्चितिलाई लिएर पछिल्लो समय नेपालमा बनेको अर्थतन्त्रसम्बन्धी धारणाले कथाको आधा भागको मात्रै वर्णन गर्ने बताएकी छन् । उनले त्यही कारण विदेशी पैसाको सञ्चितिलाई मात्र हेरेर धारणा बनाउन नहुने बताएकी छन् । ब्रोक्सले सार्वजनिक ऋण निकै कम रहेकाले नेपाललाई यसको लाभ रहेको दोहोर्याइन्। नेपालको यस्तो ऋण चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ प्रतिशतसम्म पुग्ने विश्व बैंकको प्रक्षेपण छ। आगामी आर्थिक वर्षमा भने यो ४४.५ प्रतिशतसम्म रहने अनुमान गरिएको हो। अन्य मुलुकहरूमा जस्तो नेपालको सार्वजनिक ऋणमा बढी ब्याज तिर्नुपर्ने दीर्घकालीन व्यावसायिक ऋण नभएकाले पनि डराउने अवस्था नरहेको ब्रोक्सले बताइन्। उनले पछिल्लो समय औद्योगिक आयातमा वृद्धि भइरहेको र यो अर्थतन्त्रका लागि राम्रो हुने समेत बताइन्। विश्व बैंकले राष्ट्र बैंकले हाल आयात घटाउन यससँग सम्बन्धित कर्जामा गरिएको कडाइ अल्पकालीन उपाय भए पनि यो व्यवस्था कायम रहने निश्चित समय तय भने गरिनुपर्ने बताएको छ। त्यसैले दीर्घकालमा भने प्रत्यक्ष वैदेशिक लगानी बढाउनेमा नेपालले ध्यान दिनुपर्ने पनि उसले भनेको छ। विश्व बैंकले बैंकिङ क्षेत्रमा निक्षेप स्रोतमा सुधार नहुँदासम्म कर्जा प्रवाहको गति केही सुस्त बनाउन भने आग्रह गरेको छ। घट्यो यसअघिको प्रक्षेपण आर्थिक वृद्धि प्रक्षेपण विश्व बैंकले नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्ने संशोधित प्रक्षेपण गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा भइरहेको वृद्धि र पर्यटक आउने क्रममा भइरहेको सुधारले यो दरमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो। यसअघि विश्व बैंकले ३.९ प्रतिशतसम्म आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। सरकारले मध्यावधि समीक्षाबाट बजेटको आकार घटाए पनि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य संशोधन गरेको छैन। विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.१ प्रतिशत र त्यसपछिको वर्षमा ५.८ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण समेत गरेको छ। मूल्यवृद्धिले गति समात्दै यस आर्थिक वर्षको मध्यसम्ममा भने महँगी औसत ५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा सरकारी लक्ष्यभन्दा आधाले कम भएको मूल्यवृद्धि दर यसपटक भने बढ्दो क्रममा छ। गत वर्ष औसत ७ प्रतिशतको लक्ष्य लिएकोमा ३.६० कायम भएको थियो। यसपटक भने ६.५ को सरकारी लक्ष्य छ। गैर खाद्यवस्तुमा भइरहेको मूल्य वृद्धिले समग्रमा महँगी बढाइरहेको विश्व बैंकको भनाइ छ। यद्यपि सरकारी नीतिले महँगी कम गर्न सहयोग पुगिरहेको विश्व बैंकले उल्लेख गरेको छ। सरकारले १५० देखि २ सय ५० किलोवाटसम्म विद्युत प्रयोग गर्ने घरपरिवारलाई मासिक शुल्क घटाएको र २० किलोवाटसम्म विद्युत् प्रयोग गर्नेलाई महशुल छुट दिइएको छ। त्यस्तै आयल निगमबाट बिक्री हुने ग्यासको मूल्य लागतभन्दा कममा बिक्री भइरहेकाले पनि महँगी दर कम गर्न सहयोग पुगिरहेको हो। चालु आर्थिक वर्षको मध्यसम्ममा वस्तु आयातमा भएको वृद्धि र रेमिट्यान्स भित्रने दरमा भएको कमीले मुलुकको चालु खाता (सेवा तथा वस्तु बिक्री लगायत थप केही माध्यमबाट हुने आम्दानी र यसको खरिदबाट हुने खर्चको खाता) घाटा बढ्दै गएको छ। यस्तो घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ८ प्रतिशतसम्म पुगेको छ। जबकि गत वर्ष यस्तो घाटा अनुपात १.२ प्रतिशत थियो। चार सय ५६ मेगावाटको अप्पर तामाकोशी हाइड्रोसहित कुल ५ सय ९८ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएकाले औद्योगिक उत्पादनमा समेत वृद्धि हुने अनुमान छ। चालु आर्थिक वर्षमा मुलुकभित्रैकै व्यवसायीहरूबाट प्रवर्द्धित नयाँ व्यवसाय दर्ता संख्या १ सय ५४ ले बढेको छ। यो हालसम्मकै उच्च भएको विश्व बैंकले उल्लेख गरेको छ। तर विदेशी लगानीमा खुल्ने व्यवसाय भने इतिहासकै कम रहेको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रमा २.७ प्रतिशत, सेवा क्षेत्र १.६ प्रतिशत र विद्युत उपलब्धताले औद्योगिक क्षेत्र ०.९ प्रतिशतले बढेको विश्व बैंकको प्रक्षेपण छ।