शेयर बजारमा फेरि करेक्सन, २५ अंकले घट्यो नेप्से

 

काठमाडौं । सोमबार उच्च अंकको सुधार आएको शेयर बजारमा मंगलबार फेरि दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर २ हजार ४१ मा आएर थामियो ।

कारोबार भने सुधारिएर पौने ३ अर्ब हाराहारी पुग्यो । सोमबार सबै समूहमा हरियाली छाएकोमा मंगलबार सबै समूह राताम्मे रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च डेढ सय अंक बराबरको गिरावट आयो । विकास बैंक समूह पनि सय अंक बढीले झर्दा अरु पनि अधिकांश समूह उच्च दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २१ कम्पनीको ६४ लाख कित्ता शेयर २ अर्ब ७४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । सोमबार अधिकांश कम्पनीको मूल्य बढ्दा मंगलबार १ सय ६९ कम्पनीको मूल्य घट्दा जम्मा १२ को बढ्यो ।

घटेको बजारमा पनि अपर हेवा खोला हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

१० अंकले बढ्यो शेयर बजार

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सामान्य सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर २१ सय २३ कायम भयो । अधिकांश समूहमा हरियाली छाउँदा होटल तथा पर्यटन समुहमा सबैभन्दा उच्च ६० अंकको वृद्धि आयो । जीवन बीमा समूह नगन्य अंकले रातो रहे बाहेक अरु समूह हरियो रहेका हुन् । विकास बैंक, लघुवित्त, व्यापार, जलविद्युत, वित्त र अन्य समूह पनि दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ६१ लाख बढी कित्ता शेयर जम्मा २ अर्ब ६७ करोड बराबरमा खरीदविक्री भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय १८ कम्पनीको शेयरमूल्य बढ्दा ५९ कम्पनीको शेयरमूल्य घटेको पनि नेप्सेले जनाएको छ । आइतबार मनकामना स्मार्ट लघुवित्तको सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावर र उपकार लघुवित्तको शेयर मूल्य पनि ९ प्रतिशतले बढ्यो । नयाँ सारथी लघुवित्त, सामलिङ् पावर, ग्रामिण विकास लघुवित्तलगायतको शेयर मूल्य ३ प्रतिशतले घटेको छ । यस दिन कारोबार रकमको आधारमा शिवम सिमेन्टको सर्वाधिक १३ करोड माथिको कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

चौथो त्रैमासिकमा वाणिज्य बैंकहरुले बढाए २३ प्रतिशत नाफा

काठमाडौं। वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका छन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले बढाएका छन् । कोरोनाको असर बाँकी नै रहेको अवस्था र कर्जा लगानी सोचे जति गर्न नपाएको अवस्थामा पनि बैङ्कहरूको ग्रोथ राम्रो देखिएको हो । अघिल्लो आवमा तेस्रो भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क गत आवमा १ नम्बरको ताज पाउन सफल भएको छ । सरकारी फन्डको परिचालनले गर्दा बजारमा आक्रामक लगानी गर्न सफल राष्ट्रिय वाणिज्य बैङ्कले अन्य निजी बैङ्कहरूलाई उछिनेको हो । अघिल्लो आवमा १ नम्बर बनेको नविल बैङ्क गत आवमा तेस्रो बनेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब २१ करोड मुनाफा आर्जन गर्दा निजी क्षेत्रको ग्लोवल आईएमई बैङ्कले ५ अर्ब २० करोड नाफा गर्न सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैङ्कले ४ अर्ब ९७ करोड मुनाफा गरेको हो । अघिल्लो अवामा पनि चौथो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क गत आवमा पनि चौथो भएको छ । गत आवमा स्टाडर्ड चाटर्ड, माछापुच्छ्रे, सिटिजन्स, एभरेस्ट, प्रभु, सनराइज, एनसिसि बैङ्कको नाफामा व्यापक ग्रोथ भएको छ । आव २०७७र७८ मा अन्तिम अवस्थामा रहेको सिभिल बैङ्कले सेन्चुरी बैङ्कलाई उछिनेको छ । २६ वाणिज्य बैङ्कमध्ये अघिल्लो आवमा अरबपति क्लबमा पुग्न नसकेका नेपाल एसविआई, सिभिल र सेन्चुरी सबै गत आवमा अरबपति क्लबमा पुगेका छन् ।

अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत खर्च

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत बराबरमात्र खर्च गर्न सकेको छ । यस अवधिमा पूँजीगत खर्च त झनै निराशाजनक जम्मा ५७ प्रतिशत मात्र खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यस अवधिमा सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा जम्मा १२ खर्ब ९६ अर्ब अर्थात लक्ष्यको ७९ दशमलब ३९ प्रतिशत गर्न सकेको हो । पूँजीगत खर्च ३ खर्ब ७८ अर्बको लक्ष्य राखिएकोमा जम्मा २ खर्ब १६ अर्ब अर्थात ५७ दशमलब २३ प्रतिशत मात्र भएको छ । चालु खर्च भने ९० प्रतिशत नै पुगेको छ । यस बर्ष ९ खर्ब ६१ अर्ब चालु खर्च भएको छ । यस अवधिमा राजस्व संकलन पनि ९० प्रतिशत अर्थात् १० खर्ब ७९ अर्ब उठाउन सरकार सफल भएको छ । कर राजश्व ९२ प्रतिशत अर्थात् ९ खर्ब ८४ अर्ब संकलन हुँदा गैरकर राजस्व भने जम्मा ७४ प्रतिशत अर्थात ८३ अर्ब ७९ करोड संकलन भएको छ । यस्तै, वैदेशिक अनुदान लक्ष्यको जम्मा ३० प्रतिशत प्राप्त भएको छ । यस बर्ष आन्तरिक राजस्व विभागले लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब राजश्व संकलन गरेको छ । विभागले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

शेयरबजारमा ११ खर्ब ४१ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं : सेयर बजार लगानीकर्ताले २०७८/२०७९ मा ११ खर्ब ४१ अर्ब ६२ करोड गुमाएका छन्। यस वर्ष नेप्से परिसूचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्षको अन्तमा सेयर पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड छ। भदौदेखि सेयर बजार निरन्तर घट्न थालेको थियो। वर्षको अन्तिम कारोबार दिन नेप्से २ हजार ८ सय ८३.४० अंकमा बन्द भएको थियो। सो समयमा सेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्षमा कारोबारको अन्तिम दिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ को बिन्दुमा पुगेको छ।

कुल विनियोजन बजेटको ४०.५० प्रतिशत रकमान्तर

काठमाडौं । सरकाले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रकमान्तर गरेको हो, जुन कुल विनियोजन बजेटको ४०.५० प्रतिशत हुन्छ । गत आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख थियो । सरकारले रकमान्तर गरेको मध्ये आर्थिक वर्षको अन्तिम महिनामा मात्रै ४२ अर्ब ५५ करोड २५ लाख र असार अन्तिम सातामा ६ अर्ब ११ करोड २० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्षको अन्तिम महिनामा मात्रै यति धेरै रकमान्तर हुनुले अर्थ मन्त्रालयको नेतृत्व लिइकाहरूमाथि गम्भिर प्रश्न उब्जिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

डलरको मूल्य आजसम्मकै महंगो, यस्तो छ विनिमय दर

शुक्रबार डलरको मूल्य आजसम्मकै महंगो हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियम दर अनुसार, आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर भने १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सानिमा बैंकको सेवा अब काठमाडौँको नेपालटारबाट पनि

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित नेपालटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।   त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

रोकिएन शेयर बजारमा ओरालो यात्रा , ३७ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि रोकिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएको छ । आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे रहे । निर्जीबन बीमा समूह सबैभन्दा उच्च डेढ सय अंक बढीले ओर्लिएको छ । जीवन बीमा र विकास बैंक समूह पनि सय अंक बढीले ओरालो लाग्दा अरुपनि अधिकांश समूह दोहोरो अंकले झरे । आइतबार कारोबारमा आएका जम्मा १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ७९ कम्पनीको शेयरमूल्य घटेको छ । आइतबार आधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सकारात्मक सर्किट लाग्ने गरी बढ्यो । आइतबार पनि रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाए । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी टोलिकमको भएको छ । यस कम्पनीको मात्र आइतबार १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्याे

काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ । जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ । अघिल्लो साता बैंकहरुले २ अर्ब रुपैयाँले नै कर्जा लगानी घटाउँदै ४१ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका थिए । यो साता कर्जा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको नेपाल बैकर्स संघले जनाएको छ । समग्रमा जेठ महिना लागेसँगै निरन्तर निक्षेप बढाइरहेका बैंकहरुले जेठ ६ गतेदेखि २७ गतेसम्ममा १६ अर्ब रुपैयाँले निक्षेप बढाइसकेका छन् । यता कर्जा प्रवाहमा भने कडाई गरिरहेका बैंकहरुले यो अवधिका लगानी कम गरेका छन्.।

३६ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।   १.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ । परिसूचक उच्च अंकले घटेको दिन आज कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् । यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको बताइएको छ । आज बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

३ सय कृषि स्वयम्सेवक तयार गरिने, प्रत्येक प्रदेशका ३ नमूना स्थानीय तहलाई ५ करोड

काठमाडौं । सरकारले ३ सय कृषि स्वयम्सेवक तयार गर्ने भएको छ । साथै प्रत्येक प्रदेशका ३ नमूना स्थानीय तहलाई ५ करोड छेट्टाएको छ । तेस्तै, कृषि क्षेत्रको रुपान्तरण र रोजगारी वृद्धि, निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि । आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम शुरु गरिने । किसानहरुलाई सहकारी समूहमा संगठित गरी खेतीयोग्य र बाँझो जमिन उपयोग गरी उत्पादकत्व बढाइने कृषिको यान्त्रिकीकरण र आधुनिकीकरण गरिने र यसको मार्गनिर्देशनका लागि प्रधानमन्त्रीको नेतृत्वमा संयन्त्र कृषि विमा, मलखाद, बिउबिजन, कृषि उत्पादन ढुवानी एम्बुलेन्स, मूल्य निर्धारण, बजारको व्यवस्था स्थानीय तहले तोकेका विशिष्ट उपजको न्यूनतम समर्थन मूल्य प्राविधिक तह उल्लेख गराउन हरेक स्थानीय तहमा एकजना जनशक्ति र सबै वडामा कृषि प्राविधिकको व्यवस्था प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रमा सूचिकृतहरुबाट श्रम सहकारीमा आवबद्ध गरी ३ सय कृषि स्वयमसेवक निर्माण गरिने संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा उपयोगविहिन र बाँझो जमिनलाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने प्रत्येक प्रदेशका ३ वटा स्थानीय तहलाई पाँच करोडका दरले प्रोत्साहन बजेट कृषि कर्जा घरदैलौमा सहजरुपमा उपलब्ध लगाउन लघुवित्त कोष स्थापना गरिने वित्तिय पहुँच अभिवृद्धि गरिने ग्रामिण विकास लघुवित्त विकास संस्थाको पुनसंरचना गरि स्थानीय तहले ५० लाख र १ करोडसम्म शेयर लगानी गर्न सकिने । किसान परिचय पत्रका आधारमा सार्वजनिक सेवामा सहुलियत र छूट मल खरिदका लागि बजेटको व्यवस्था उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड उखु अनुसन्धान कार्यक्रम सञ्चालन गरिने, चीनीमा आत्मनिर्भरका लागि उखुमात्रै नभएर अन्य क्षेत्रमा पनि लगानी गरिने छ । उखु किसानहरुलाई सोही वर्ष मूल्य दिइने छ ।

आज शेयर बजार ३४ अङ्कले घट्यो, कारोबार कति ?

काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीकाे ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

शेयर बजार आज साढे २३ अङ्कले घट्यो, कतिको कारोबार ?

काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ । आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।

शेयर बजार आज साढे १८ अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ । आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।