आज झण्डै ३८ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं : धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको छ ।
सोमबार परिसूचक ३७ दशमलव ७४ अङ्कले बढेर १४ सय ३० दशमलव ४१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आइतबार पनि नेप्से परिसूचक ११ अङ्कले बढेको थियो । यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७ दशमलव ६३ अङ्कले बढेको छ ।
सोमबार म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको २८३ र जीवन बीमा समूहको २२३ दशमलव १५ अङ्कले परिसूचक बढेका छन् ।
सोमबार दिनभर ८६ करोड ९२ लाख रुपैयाँ बराबरका २६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबारकाे कारोबार रकम भने आइतबारकाे भन्दा थोरै हो । आइतबार ९७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै ६ प्रतिशत गुमाएका छन् ।
नेप्से ओरालो, लघुवित्त कम्पनिको शेयर मूल्य घट्यो
काठमाडौं: आजपनि शेयर कारोबारमा कमी आएको छ । आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ४.५४ प्रतिशत घटेर एक हजार ४४१.२० विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। सबैभन्दा बढ लघुवित्त कम्पनीहरुकै शेयरमूल्य घटेको छ। वाणिज्य बैंकहरुको मात्रै १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। जीवन बीमा कम्पनीहरुको ५३ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
नेप्से १९.३९ अंकले उकालो लाग्यो
काठमाडौंः आज साताको पहिलो दिन (आइतबार) पुँजी बजार मापक नेप्से १९.३९ अंकले बढेको छ। नेप्से बढेर १३६३.९७ अंकमा पुगेको छ। आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४१६.७९ अंकले बढन पुग्यो। साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि ३९८.६९ अंकले उकालो लाग्यो। यसैगरी, लघुवित्त समूहको सूचक पनि ५७.८१ अंकले बढन पुग्यो। उक्त दिन १२ वटा समूह मध्ये ९ वटा समूहको सूचक बढेको छ भने ३ समूहको सूचक घटेको छ। आज फाइनान्स समूहको सूचक ३.३४ अंक, अन्य समूहको सूचक २.६८ अंक र म्यूचुअल फन्ड समूहको सूचक ०.०६ अंकले घटेको छ। आज १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त दिन हिमालयन डिष्टिलरीको सेयर सबैभन्दा बढी १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार शिवम सिमेन्टको सेयर भएको छ। उक्त सिमेन्टको १३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ। उक्त इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
दोहोरो अंकले उकालो लाग्यो बजार, कारोबार रकम पनि बढोत्तरी
काठमाडौं: केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक मंगलबार १७.११ अंकले उकालो लागेर १३४१.३८ अंकमा अडिएको छ । सोमबार ४ अंकले बढेको बजार आइतबार १३ अंकले ओरालो लागेको थियो । आज भने कारोबार रकममा पनि बढोत्तरी भएको छ । यसदिन १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ । व्यापारबाहेक सबै समूहगत उपसूचक उकालो लागेका थिए। यसदिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। सो कम्पनीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैंक, सिभिल बैंक लिमिटेड, छिमेक लघुवित्त बैंक लगायतका कम्पनीको कारोबार धेरै भएको छ । मंगलबार ६ प्रतिशत भन्दा बढी कमाउनेमा कालिका पावर कम्पनी, नेपाल सेवा लघुवित्त वित्तिय सेवा, नेपाल हाइड्रो डेभलपर्स, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता रहेको नेप्सेले जनाएको छ । यसदिन समूहगत परिसूचकमा बैंकिङ १४.४८, विकास बैंक १८.६४, जलविद्युत ९.८९, निर्जीबन ९३.४७, जीबन बीमा कम्पनी ५३.२६, लघुवित्त ७०.२२ अंकले उकालो लागेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार (पुस २५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः
नेप्सेमा सुधार
काठमाडौंः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा आज भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई २६४.२६ मा पुगेको छ । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे । बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बीमा ९५.४१, लघुवित्त ६३ र जीवन बीमा १९.१२ ले बढेको छ । कारोवारका आधारमा आज सिभिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर मात्रै रु २० करोड १८ लाख ८८ हजार १०० को कारोवार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्था रु दुई करोड ३६ लाख २४ हजार १८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड २४ लाख ३३ हजार ५१८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रु एक करोड ७० लाख २७ हजार ६०२, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ६८ लाख २८ हजार १०८, साना किसान विकास बैंक रु एक करोड ५८ लाख २४ हजार ३४३ र प्रभु बैंकको रु एक करोड ५४ लाख ७८ हजार १६५ बराबरको कारोवार भई शीर्षस्थानमा रहे । नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.१० प्रतिशतले कमाए । त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले २.१५ प्रतिशतले गुमाए ।
१६ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौंः मंगलबार नेप्से परिसूचक १६ दशमलव २३ अंकले बढेको छ । नेप्से बढेर १२ सय १६ दशमलव ९२ विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । होटल र उत्पादनमूलक क्षेत्रबाहेक आज सबै समूहको उप–सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक ८६ दशमलव ५६ अंकले बढेको हो । कारोबार रकम पनि आज १ अर्ब रुपैयाँ नाघेको छ । आज १ अर्ब १० करोड रुपैयाँ बराबरका ३८ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन् । माछापुच्छ्रे बैंक लिमिटेडको आज सबैभन्दा धेरै १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलगायत कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशत कमाएका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयर लगानीकर्ताले भने ४ प्रतिशत गुमाएका छन् । यो हप्ताको तीन दिनमा नेप्से परिसूचक ५० अंकभन्दा धेरैले बढेको छ । सोमबार नेप्से परिसूचक १८ अंक र आइतबार १६ अंकले बढेको थियो ।
यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)
काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार (पुस २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२९ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः
लामो समयपछि नेप्से परिसुचक १२ सय बिन्दुमा
काठमाडौंः लामो समयपछि नेप्से परिसूचक १२ सय बिन्दुमा पुगेको छ । आज ११८३.३६ बिन्दुबाट कारोबार सुरु भएको थियो भने समिक्षा अवधिसम्म आउदाँ त्यो परिसुचक १७.६९ अंकले बढेर १२००.१२ बिन्दुमा पुगेको हो । यसअघि अप्रील १६ देखी अगस्ट २६ सम्म नेप्से परिसुचक १२०० बिन्दु भन्दामाथि थियो ।
४० प्रतिशत लाभांश वितरण गर्दै नेप्से
काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेको हाल कायम चुक्ता पूँजी ५० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । नेप्सेले नगद लाभांश प्रस्ताव पारित गर्न आगामी पुस २९ गते मंगलबार ३८ औं वार्षिक साधारणसभा बोलाएको छ । हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको ५÷५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकर संघको ०.६२ प्रतिशत शेयर हिस्सा छ ।
नेप्से शून्य दशमलव ३१ अंकले घट्यो
काठमाडौंः बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ३१ अंकले घटेर १ हजार १५१ दशमलव ७५ विन्दुमा रहेको छ । यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सात समूहको बढेको छ भने पाँच समूहको घटेको छ । बैकिंङ, व्यापार, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ट र अन्य समूहको परिसूचक बढेको छ भने होटल्स, विकास बैंक, नीर्जिवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र लघुवित्त समूहको परिसूचक घटेको हो । यस अवधिमा ९८ कम्पनीहरुको शेयर कारोबार भएको छ । यी कम्पनीहरुको ५६१ पटकको व्यापारमा रू.३ करोड ३८ लाख ५ हजार ७६५ बराबरको १ लाख २५ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा बढि एनएमबि बैंकको रू.१ करोड २१ लाखको कारोबार भएको छ । एनएमबिको प्रस्तावित ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन भएकाले पनि कारोबार बढेको देखिन्छ ।
यस्तो छ आजको विनिमय दर (तालिकासहित)
काठमाडौंः नेपाली बजारमा साताको पाँचौं दिन बिहीबार कतारी रियालसहित केही देशको विनिमयदर सामान्य बढेको छ । नेपाल राष्ट्र बैकले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४९ रुपैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । नेपाल राष्ट्र बैकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्ः
दूरसञ्चार सेवा प्रदायक एनसेलको ‘अप्रत्याशित’ छुट खरिद
काठमाडौंः गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन सकिने खर्च शीर्षकअन्तर्गत कम्पनीले ठूला करदाता कार्यालयमा अर्बौं रकम छुट खरिदका रूपमा देखाएको हो । कार्यालयले यस्तो रकमलाई ‘अप्रत्याशित’ वृद्धिका रूपमा मूल्याङ्कन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा बहुराष्ट्रिय कम्पनीतर्फ यस्तो छुट खरिद २१ करोड रुपियाँ मात्र रहेकामा यो वर्ष त्यस्तो रकम १९ अर्ब रुपियाँ पुगेको छ । उक्त रकममध्ये १८ अर्ब ८० करोड रुपियाँ एउटै करदाता (एनसेल)को रहेको कार्यालयको तथ्याङ्क छ । अघिल्लो वर्ष यस्तो रकम शून्य रहेको पनि कार्यालयले स्पष्ट पारेको छ । १८ अर्ब ८० करोड रुपियाँमध्ये १३ अर्ब ६० करोड रुपियाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको पाइएको छ । प्राधिकरणलाई बुझाएको रकमका कारण पनि बहुराष्ट्रिय कम्पनीतर्फको छुट खरिदमा अप्रत्याशित वृद्धि भएको कार्यालयको ठहर छ । दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानी घट्दा पनि बहुराष्ट्रिय कम्पनीतर्फको छुट खरिदतर्फको रकम भने बढेको पाइएको हो । कार्यालयका अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको बिक्री गत वर्षको पहिलो त्रैमासिकको तुलनामा १.७८ प्रतिशतले घटेको छ । यद्यपि एनसेलको बिक्रीबापतको आम्दानी भने गत आवको असोजसम्मको तुलनामा चालू आवको असोजसम्म चार करोडले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा एनसेलको आम्दानी १५ अर्ब ४४ करोड थियो जुन समीक्षा अवधिसम्म १५ अर्ब ४८ करोड रुपियाँ पुगेको छ । बिक्रीमा खासै अन्तर नदेखिए पनि एनसेलको खरिद रकममा भने व्यापक वृद्धि देखिएको हो । कार्यालयका अनुसार अघिल्लो आवको पहिलो त्रैमासिकमा तीन अर्ब ७५ करोड रुपियाँको खरिद गरेकामा एनसेलले चालू आवको सोही अवधिसम्म २३ अर्ब ९१ करोड रुपियाँको खरिद गरिसकेको छ । अर्थात् एनसेलको खरिद मात्र २० अर्ब १६ करोड रुपियाँले बढेको छ । यस्तो खरिदमा कम्पनीले छुट खरिदको अंश तुलनात्मक रूपमा अत्यधिक बढी देखाएको पाइएको हो । आर्थिक ऐनमा कर छुटको व्यवस्था भएका वस्तुमा सम्बन्धित कम्पनीले कार्यालयमा बुझाउने आफ्नो वित्तीय विवरणमा यस्तो कर छुट खरिद देखाउन सक्छन् । आर्थिक ऐनमा व्यवस्था भएबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा ग्रामीण क्षेत्रमा सेवा पुर्याउने दूरसञ्चार सेवा प्रदायक वा दूरसञ्चार सेवा स्थापना गरी सञ्चालन गर्ने सरकारी वा निजी क्षेत्रका निकायले एक्स्चेन्ज स्थापना तथा नेटवर्क विस्तारका लागि आयात गर्ने केबुल तथा ब्याट्रीमा सात प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था छ । यद्यपि दूरसञ्चार कम्पनीले आयात गर्ने अधिकांश वस्तु दूरसञ्चार उपकरणसम्बन्धीकै सामग्री हुने भएकाले यस्तो उपकरणमा भ्याट छुटको व्यवस्था भने छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासिकसम्म सात अर्ब ५९ करोड रुपियाँको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात भएको छ । एनसेलबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले आयात गर्ने उपकरणको लागत पनि यसमै समेटिएको हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)
काठमाडौंः नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।
नेप्से दोहोरो अंकले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो
काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयरमात्र ओरालो लागेको छ । सो उपसमूहको शेयर ३०.३२ अङ्कले घटेको छ । बैंकिङ ४.२७, व्यापार २९.५६, होटल २२.७९, विकास बैंक १६.८, हाइड्रोपावर ६.२, फाइनान्स ६.२४, निर्जीवन बीमा ११३.१३, अन्य ५.१४, माइक्रोफाइनान्स ५७.०८, जीवन बीमा ७९.२८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ । स्टकका अनुसार कारोवार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंक लिमिडेटको संस्थापक शेयर शीर्षस्थानमा रह्यो । सो बैंकको शेयर रु छ करोड ४१ लाख ६१ हजार ६४८ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंक लिमिटेडको रु तीन करोड ६ लाख ९४ हजार २४८, लुम्बिनी विकास बैंकको रु दुई करोड ८७ लाख चार हजार २४०, एनएमबी बैंक लिमिटेडको रु दुई करोड ७२ लाख ३६ हजार ६४० र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड दुई लाख ५० हजार ८९६ मा खरिदबिक्री भयो । नेप्से दोहोरो अङ्कले बढे पनि युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा बढी गुमाए । सो कम्पनीका लगानीकर्ताले ३।९५ प्रतिशतले गुमाए । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेड ३.८९, नेपाल बैङ्गलादेश बैंक लिमिटेड (संस्थापक) ३.३८, सिटिजन म्युचुअल फन्ड–१ का शेयरधनीले १.८३ र माछापुछ्रे बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए । आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाए । सो संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाउँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९.९५, युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.८७, नयाँ नेपाल लघु वित्त विकास बैंक ९.८६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.०७ प्रतिशतले कमाए ।
नेपालको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब
काठमाडौंः संघीय सरकारको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो तीन महिनामा १० खर्ब चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँको सार्वजनिक ऋण रहेकोमा पछिल्लो महिना ९६ कोड घटेको हो। यस अवधिसम्म तिर्न बाकी आान्तरिक ऋण चार खर्ब ५३२ अर्ब र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। पहिलो चार महिनाको अवधिमा आन्तरिकण ऋणतर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ। बाह्यतर्फ दुई अर्ब ३३ करोडको सावामा र ५५ करोड ५३ लाख ब्याज भुक्तानी गरिएको छ। अहिलेसम्मको तीर्न बाँकी १० खर्ब ८४ अर्ब रुपैयाँको आधारमा एक नेपालीको टाउकोमा ३७ हजार ५८९ रुपैयाँ ऋण रहन्छ।