शेयर बजारमा असोज १८ गतेदेखि नयाँ आईपीओ किन्ने अवसर

काठमाण्डौ, असोज १३ । दशै लागेको छ सबै पैसा नसक्नु होला । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) असोज १८ गतेदेखि विक्री खुला हुँदैछ ।

शेयर निष्काशन छिटोमा असोज २३ गते बैंकिङ समय पश्चात बन्द हुनेछ । तर पर्याप्त दरखास्त नपरेको खण्डमा भने कार्तिक १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दैछ, जसमा २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात् ९ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय इटहरी उपमहागरपालिका वडा नं. २६ सुनसरी जिल्लामा अवस्थित छ । यस माइक्रोफाइनान्सको १० जिल्लामा शाखा कार्यालय फैलिएको छ ।

माइक्रोफाइनान्सको आइपिओमा दरखास्त दिनु पर्ने न्यूनतम कित्ता ५० र अधिकतम ९०० कित्ता रहेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनाएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौलाई गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ (क) अनुसार यस निष्काशनलाई क्रेडिट रेटिङ गराउन आवश्यक नभएकोले क्रेडिट रेटिङ गरेको छैन ।

धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुका लागि आस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर एफपीओका लागि आवेदन दिन सकिन्छ ।

dainiknews dot com बाट

आइएमइ सेवाग्राही ठकुरीले जितिन ६ लाखको जीवन बीमा

काठमाडौं, असोज १० । आइएमइ छक्का–पञ्जा अफर सेवाग्राही मोहेदिन मिया ठकुरीले ६ लाखको जीवन बीमा जितेकी छन । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमइले ल्याएको ‘आइएमइ छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आइएमइ सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेकी हुन । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारबाट नेपालमा पैसा पठाउने ठकुरी विजेता छनोट भएकी हुन । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने छन । गएको भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९ सय जना आइएमइ पे क्यासमार्फत् पुरस्कृत भइसकेका जनाइएको छ । अफर मंसिर ३ गतेसम्म संचालन हुने छ । आइएमइमार्फत पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमार्फत विजेता छानिन्छ ।

राजश्व विभागको असहयोगले अनुगमन प्रभावकारी भएन : आपूर्ति मन्त्री

विराटनगर, असोज १० । आपूर्ति मन्त्री शिवकुमार मण्डलले राजश्व विभागले सहयोग नगरेकोले नै बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका छन । आपूर्ति मन्त्री शिवकुमार मण्डलले कानून अभावमा कालोबजारी गर्नेलाई कसुर अनुसारको कारबाही गर्न नसकिएको बताएका छन । विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले ५ वर्षमा १७ हजार पटक बजार अनुगमन भए पनि अनुगमन गर्ने निकायलाई अधिकार नभएकोले कारबाही गर्न नसकिएको अबस्था रहेको बताएका हुन । चाडपर्वको समयमा देशभर दैनिक उपभोग्य सामाग्री मिसावट हुने गरेको भएपनि स्पष्ट कानूनको अभावमा मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न नसकेकाले यो संस्कृति व्यापकरुपमा मौलाएको मन्त्री मण्डलले बताए । कानून निमार्णको मस्यौदा भइरहेको बताउदै उनले कानून निर्माण भइसकेपछि मिसावट गर्ने र कालोबजारी गर्नेले उन्मुक्ति नपाउने दावी गरे । मन्त्री मण्डलले समय समयमा बजार अनुगमन भएपनि प्रविधि, प्राविधिक र कानूनको अभावमा दोषीले उन्मुक्ति पाइरहेको बताए ।

भद्रपुर नगरपालिकाको बजेट

भद्रपुर, असोज १० । भद्रपुर नगरपालिकाले आव २०७४-७५ का लागि रु ६० करोड ७० लाख ६० हजार ८४० बराबरको आयव्यय विवरण पारित गरेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गर्नुभएको हो । राजस्व बाँडफाँडमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६.२९ प्रतिशत कार्यक्रम खर्च १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत, सशर्त अनुदान, १७.१३ प्रतिशत, बजेट विनियोजन गरिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिनुभयो ।

‘दशैं मनाऔं यामाहासँग’ अभियान सुरु

काठमाडौं, असोज ८ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दशैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत यामाहाले दशैं एक्सचेन्ज मेला, ‘न्युनतम मूल्यांकन रु २५०००’ र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको छ । एमएडब्लुले ८, ९ र १० असोजमा भक्तपुर, चाहविल, नैकाप, टेकु, मिर्चैया, तमघास र प्युठानमा दसैं एक्सचेन्जको आयोजना गर्नेछ । त्यसैगरी, ९ र १० असोजमा धनुषामा र ९, १० र ११ मा जनकपुरमा विशाल एक्सचेन्ज क्याम्पको आयोजना हुँदैछ । एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको अधिकतम मूल्य पाउनुका साथै यामाहाका नयाँ बाइकको खरिदमा ‘स्पट फाइनान्सिङ’ को व्यवस्था पनि हुनेछ । साथै, एमएडब्लुले असोज १ गतेदेखि ११ गते स्थानमा न्युनतम रु.२५००० योजना संचालन गरिरहेको छ । यो योजना अन्तर्गत कुनै पनि ब्रान्डको जस्तोसुकै अवस्थामा रहेको पुरानो मोटरसाइकल र स्कुटरको न्युनतम रु २५ हजार मूल्यांकन पाइने छ । यसका लागि ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बिलबुक उपलब्ध गराउनुपर्ने छ । त्रिपुरेश्वर, कुमारीपाटी, कान्तिपथ, चावहिल, महाराजगञ्ज, भक्तपुर, गठ्ठाघर, नयाँबजार, टेकु, बालाजु, कोटेश्वर, रातोपुल, सतुंगल, बनेपा, बिर्तामोड, दमक, पठारी, विराटचोक, धरान, इलाम, इटहरी, विराटनगर, हेटौंडा, पर्सा, नारायणघाट, कावासोटी, पोखरा, दमौली, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगगढी, महेन्द्रनगर र टिकापुर गरी यामाहाका ३४ सोरुममा यो योजना संचालन भइरहेको छ । यामाहाले आफ्नो दसैं अफर ‘क्यास–इन–ओ’लाई पनि जारी राखेको छ । ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । यो ‘लक्की ड्र’ को प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा ¥यापिड जित्न सक्नेछन् । यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर (डिस्क–ड्रम बैंक) र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजी २५ ‘स्ट्रिटफाइटर’, एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् । यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । त्यसैगरी, यामाहाले भर्खरै आफ्नो सुपरमोडल स्कुटर फेसिनोलाई थप परिमार्जन गरेर बजारमा ल्याएको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा उपलब्ध भएको छ ।

एनसेल कमायाे पछिल्लाे तीन महिनामा ३५ प्रतिशत नाफा

काठमाडौं, असोज ४ । दोस्रो त्रैमासिकमा एनसेलको खुद मुनाफा ३५ प्रतिशतले बढेको छ । सन् २०१७ को दोस्रो त्रैमासमा कम्पनीले उल्लेखनीय नाफा वृद्धि गरेको मातृकम्पनी आजियाटाको तथ्यांकमा उल्लेख छ । आजियाटाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार ३० जुन २०१७ सम्म एनसेलले ३ दशमलव ९ प्रतिशत सञ्चालन आम्दानी वृद्धि गरेको छ । त्यस्तै, कम्पनीले ३ दशमलव ५ प्रतिशत सञ्चालन मुनाफा बढाएको छ । सन् २०१७ को दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । १ जुन २०१७ मा एनसेलले सुरु गरेको फोरजी सेवा तथा विभिन्न अफरले कम्पनीको आम्दानीमा सकारात्मक असर परेको एनसेलले जनाएको छ । अन्तर्राष्ट्रिय लामो दूरीको कल सेवाबापतको आम्दानी घटे पनि फोरजी सेवाको सुरुवात र विभिन्न नयाँ अफरले दोस्रो त्रैमासिकको मुनाफामा वृद्धि भएको हो । आजियाटाअन्तर्गत एनसेलजस्तै अन्य विभिन्न देशमा दूरसञ्चार कम्पनी सञ्चालनमा छन् । मातृकम्पनी आजियाटाको पनि डाटा खपतबाट आम्दानी बढाउन एनसेल निकै सहयोगी बनेको छ । कम्पनीले सन् २०१६ मा सेवाबापतको आम्दानीमध्ये ३१ दशमलव ७ प्रतिशत डेटाको हिस्सा रहेकोमा सन् २०१७ मा बढेर ४२ दशमलव ६ प्रतिशत पुगेको छ । आजियाटाको मुनाफा वृद्धिमा एक नम्बरमा एनसेल २०१७ को दोस्रो त्रैमासिकसम्म समग्रमा एनसेलको प्यारेन्ट कम्पनी आजियाटा समूहको नाफा १५ दशमलव ७ प्रतिशतले वृद्धि भएर २ खर्ब ९१ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ । सन् २०१६ को सोही अवधिसम्म आजियाटाको आम्दानी २ खर्ब ५१ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । ग्रुपको आम्दानीमा बढोत्तरी हुनुमा मलेसियाबाहेक मुलुकमा रहेका मुख्य कम्पनीको योगदान रहेको आजियाटाको वित्तीय प्रतिवेदनमा उल्लेख छ । समूहको सञ्चालन मुनाफा १२ दशमलव ४ प्रतिशतले वृद्धि हुनुमा मुख्यतः एनसेलको योगदान सबैभन्दा महत्वपुर्ण रहेको आजियाटाले जनाएको छ । –नयाँ पत्रकिाबाट

उत्कृष्ट कृषकलाई सम्मानित

काठमाडौं, असोज १ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सार्वजनिकरण तथा तर्जुमा कार्यक्रममा ५० जना भन्दा बढी उत्कृष्ट कृषक सम्मानित भएका छन् । परियोजनाले कृषकलाई उचाइमा पुर्याउने परियोजना प्रमुख सोमनाथ घिमिरेले बताए । साथै कृषि उपजको सहज विक्रिका लागि उपुक्त स्थानको खोजी गरि संचालन गरिने र सल्लाह सुझावलाई सम्बोधन गरिने कार्यक्रमकमा जानकारी दिइयो । कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, यान्त्रिकीकरण, उत्पादनमा वृद्धि, गुणस्तरयुक्त उत्पादन, विषादी नियन्त्रण लगाएतमा प्राथमिकता दिइ कृषि उत्पादनको मुख्य केन्द्रका रुपमा परियोजना अगाडि बढ्नुपर्ने मेयर रेणु दाहालले बताइन ।

पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, असोज १ । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो । निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव सुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको उनले बताए । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार रु पाँच हजार जरिवाना गरिन्छ । रासस  

चिलिमेकाे निर्माण चाँडाे सक्न कुलमानकाे निर्देशन

रसुवा, भदाै ३१ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा  घिसिङले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्राधिकरण प्रमुख घिसिङल निर्माणस्थलमै पुगेर प्रगतिबारे जानकारी लिएका छन् । भूकम्पका कारण केही समय रोकिएको आयोजनमा अहिले तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुखहरुले बताएका छन् । चिलिमेले १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४५.५ मेगावाटको सञ्जेन र १ सय ११ मगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसमा कम्पनीका साथै विद्युत प्राधिकरण, रसुवाबासी र सर्वसाधारणको सेयर लगानी छ । चिलिमेले सञ्जेन र रसुवागढी आयोजनाबाट सन् २०१९ को डिसेम्बरसम्म विजुली उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । माथिल्लो साञ्जेन पनि सन् २०१८ को डिसेम्बरसम्म सक्ने लक्षको साथ काम गरिरहेको छ ।आयोजनाहरुमा सुरुङ, बाँधस्थल र पावरहाउस निर्माणको काम भइरहेको छ ।

यसकारण चामलको भाउ बढ्योः दालको घट्यो

काठमाडौं, भदौ ३० । तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् । चामलको उपभोक्ता मूल्य पनि बढेको छ । थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् । थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् । दालको मूल्य दालको तुलनात्मक मूल्य घटेको छ । असारको तुलनामा भदौमा केही मूख्य दालको मूल्य घटेको हो ।

दशैंका लागि नयाँ नोट साट्न सर्वसाधारणहरुको भीड

काठमाडौँ, भदौ ३० । हिन्दूहरुको महान् दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। थापाथलीस्थित नोट सटही केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका नयाँ नोट साटिने व्यवस्था मिलाइएको हो । यसपालि दशैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनार्इ छ । केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ । यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन् । पोहोरको तुलनामा यसपाली पैसा सटही गर्नेको भीड कम भएकाले सहजै पैसा साट्न पाइएको पैसा साट्न राष्ट्र बैंक अएकी माया तामाङले बताइन्। ुपोहोर साल दिनभरी लाइन बस्नु परेको थियो, यसपाली पनि भीड हुन्छ भनेर चाँडै आएको धेरै भिड रहनेछु, उनले भनिन् । यसपालि दशैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ । यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन् । नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ। पोहोरको तुलनामा यसपाली पैसा सटही गर्नेको भीड कम भएकाले सहजै पैसा साट्न पाइएको पैसा साट्न राष्ट्र बैंक अएकी माया तामाङले बताइन् । ‘पोहोर साल दिनभरी लाइन बस्नु परेको थियो, यसपाली पनि भीड हुन्छ भनेर चाँडै आएको धेरै भिड रहनेछु, उनले भनिन्।

सि.जी. इलेक्ट्रोनिक्स महाकुम्भ मेला

काठमाडौं, भदौ ३० । हिन्दुहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी यसपालि चौधरी गु्रपको घरायसी सामाग्रीको नेपालमा आधिकारिक बिक्रेता रहेको सिजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्स महाकुम्भ मेला आयोजना गर्ने भएको छ । टंगालस्थित कम्पनीको आफ्नै सोरुम सिजी डिजिटलमा भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म चल्ने मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिद गरेमा आकर्षक नगद छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन् । उक्त मेलामा अन्य थुप्रै कार्यक्रमहरुको आकर्षण रहेको साथै अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन ‘लक्की ड्र’ मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बिर्तामोडमा टाटा मोटर्स कार मेला र टाटा टिगोरको लञ्चिङ

बिर्तामोड, भदौ ३० । अाज शुक्रबारबाट बिर्तामोडमा दुई दिने टाटा मोटर्स कार मेला शुरु हुँदैछ । हवी स्वीमिङ पुलमा हुने टाटा मोटर्स कार मेलाको उद्घाटन शुक्रबार बिहान सांसद सुधिरकुमार शिवाकोटी र बिर्तामोडका मेयर धुव्रकुमार शिवाकोटीले गर्ने बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सीप्रदी ट्रेडिङ प्रालि र आधिकारिक डिलर अलास्का अटो मोवाइल्सको संयुक्त आयोजनामा उक्त मेला हुन लागेको अलास्का अटो मोवाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले बताए । भदौ ३० गते सुरु हुने मेला भदौ ३१ गते बिहान ९ देखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । नेपालका विभिन्न स्थानमा वार्षिक रुपले आयोजना गरिँदै आएको उक्त मेला बिर्तामोडमा भने पहिलोपटक हुन लागेको जनाइएको छ । टाटा कार मेलाको मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, अन द स्पट फाइनान्स सुविधा, पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्स लोयल्टी बोनस, स्विमिङ्ग पुल, रेन डान्स, फेस पेन्टिङ्ग, नेल आर्ट, बी–बोईङ्ग, हिपहप फोटोसुट लगायत विभिन्न सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै उक्त मेलामा टाटाले मोटर्स्द्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको स्टाइलब्याक कार, टाटा टिगोर उद्घाटन कार्यक्रम पनि रहेको कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पत्रकार भेटघाटमा अलास्काका प्रबन्ध निर्देशक शिवाकोटी, कर्पोरेट मेनेजर सञ्जिव ओली, सेल्स मेनेजर गोपी खनाल तथा सिप्रदीका प्रज्वल उप्रेती, सुवासकुमार दास र अनुपप्रसाद चौधरीले पत्रकारका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । टाटा टिगोर कार चारवटा मोडल र छ वटा कलरमा उपलब्ध रहेको बताइएको छ । मेलामा टाटा टिगोर कारको लञ्चिङसँगै फाइनान्सको व्यवस्था समेत मिलाइएको छ । एनआइसी एसिया बैंकले फाइनान्स गर्ने, प्रिमियर इन्स्योरेन्सले इन्स्योरेन्सको सुविधा मेला स्थलमै उपलब्ध गराउने भएको छ । पुरानो गाडीको मूल्याङ्कनका लागि सिप्रदीको विशेषज्ञ टोलीसमेत मेला स्थमै रहने बताइएको छ । जुनसुकै कम्पनीका कार ल्याएर पनि टाटाका कार लैजान सकिने बताइएको छ । मेलामा एक हजार बढीले अवलोकन र सेवा लिने पत्रकार भेटघाटमा जानकारी दिइयो । टाटा टिगोर कार नेपाल भित्रिएको छोटो अवधिमै डेढ सय बढी बिक्री भइसकेको बताइएको छ । मेचीमा भने यो कार पहिलो पटक शुक्रबारबाट बिक्री वितरण हुँदैछ । दुईवटा कारको अग्रिम बुकिङ भइसकेको अलास्का अटो मोवाइल्सले जनाएको छ । १२ सय सीसीको यो कार २३ लाख ४५ हजारदेखि ३१ लाख ४५ हजारसम्मको मूल्यमा उपलब्ध रहेको छ ।

युवालाई १० लाख निर्ब्याजी ऋण

बैतडी, भदौ २९ । जिल्ला युवा समितिले बैतडीमा दुईवटा युवा समूहलाई १० लाख बिना धितो निर्ब्याजी ऋण सहयोग गर्ने भएको छ । समितिले जिल्लाका ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गतका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो । ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं एकबाट लालीगुराँस बाख्रापालन समूह कोटपेटरा र क्षेत्र नं दुईबाट आशाकिरण व्यावसायिक बाख्रापालान समूह दशरथचन्द नगरपालिका रहेका जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताएका छन् । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि दश युवा ‘एक वडा एक उद्यम कार्यक्रम’अनुसार केही महिनाअगाडि सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको थियो । ती समूहले काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋणबापतको रकम सहकारीमार्फत फिर्ता गर्नुपर्ने छ । ऋण सहयोग मागेका समूहले आफूले लगेको सो रकम पाँच वर्षभित्र फिर्ता गरिसक्नुपर्ने र फिर्ता भएको रकम घुम्ती युवा कोषमा जम्मा हुनेछ ।

राँगाबाट मासिक नब्बे हजार कमाइ

कञ्चनपुर, भदौ २९ । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ । भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्र्दै आउनुभएको हो । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ । नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिनुहुन्छ । उहाँले चार वर्षअघि रु ३५ हजारमा खरिद गर्नुभएको राँगाले मनग्य आम्दानी दिन थालेको छ । पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताउनुभयो । राँगाको कमाइबाट आउने रकमले उहाँले रु दुई लाख खर्चेर घरमै किराना पसल खोल्नुभएको छ । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउनुहुन्छ । राँगा पाल्नका लागि उहाँले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आउनुभएको छ । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गर्नुभएको छ । “घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु”, रानाले भन्नुभयो । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् ।

तेह्रथुमबाट ६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको आलु निर्यात

तेह्रथुम, भदौ २९ । तेह्रथुम जिल्लाबाट आर्थिक वर्ष २०७३/०७४ मा ६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको आलु निर्यात गरिएको छ । जिल्लामा उत्पादित ३४ हजार ६२ मेट्रिक टनमध्ये ६ करोड ८७ लाख रुपैयाँ बराबरको आलु जिल्ला बाहिर निर्यात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष २५ हजार ४ सय २२ मेट्रिक टन वर्षे र ८ हजार ६ सय ४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो । जसमध्ये उत्पादनको ४० प्रतिशत मात्रै जिल्लाबाहिर निर्यात हुने गरेको छ । भु-बनोट र मौषम अनुसार खाद्यान्न बालीभन्दा तरकारी र नगदे बालीतर्फ आकर्षित कृषक आलुको व्यावसायिक खेतीमा लागेकाले धेरै आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । जिल्लाका जिरिखिम्ती, बसन्तपुर, आङ्दिम, खाम्लालुङ, सोल्मा, सुङ्नाम, फुलेकलगायत गाउँमा आलुको व्यावसायिक खेती हुने गरेको छ ।