यस्ता छन् निर्वाचनपछि नेकपा देशकाे पहिलाे शक्ति बन्ने प्रचण्डका ‘९’ दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने आधार मजबुत रहेको दाबी गर्नुभएको छ। प्रचण्डले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै संगठनात्मक सक्रियता, स्पष्ट राजनीतिक एजेन्डा, जनस्तरको समर्थन र विगतका ऐतिहासिक उपलब्धिहरू नै पार्टीको मुख्य बल भएकाे दाबी गर्नु भएकाे हाे ।

निर्वाचन अभियान तीव्र रूपमा अघि बढिरहेको र यसले सकारात्मक संकेत देखाइरहेको उहाँको भनाइ छ । प्रचण्डले देशभर निर्वाचनको तयारीका लागि सबैभन्दा बढी सक्रिय रहने र जनतालाई निर्वाचन नै लोकतान्त्रिक निकासको मुख्य विकल्प हो भनेर अपिल गर्ने पहिलो पार्टी नेकपा रहेको दाबी गर्नुभयो। पार्टीका नेता–कार्यकर्ता गाउँदेखि सहरसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। धनगढीदेखि विराटनगरसम्म तथा पहाडी जिल्लाहरूमा विशाल जनसभाहरू आयोजना गरी पार्टीले आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गरेको छ। यसले पार्टीभित्र नयाँ उत्साह र एकताको भावना बढाएको नेताहरूको भनाइ छ।

१‍.असाधारण राजनीतिक परिस्थिति र निर्वाचनको महत्व

उहाँका अनुसार अहिलेको निर्वाचन नियमित प्रक्रिया मात्र नभई असाधारण राजनीतिक परिस्थितिबीच सम्पन्न हुन लागेको विशेष निर्वाचन हो। देशले राजनीतिक संक्रमण र स्थायित्वको चुनौती सामना गरिरहेको अवस्थामा निर्वाचनमार्फत जनमत अभिव्यक्त हुनु आवश्यक रहेको नेकपाको ठहर छ। राजनीतिक निकास र स्थिरताको आधार नै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनु हो भन्ने पार्टीको धारणा छ।

२.स्थिरता, विकास र समृद्धिको एजेन्डा

पार्टीको मूल लक्ष्य निर्वाचनमार्फत देशमा स्थिरता कायम गर्दै विकासको दीर्घकालीन यात्रा सुरु गर्नु रहेको बताइएको छ। राजनीतिक अस्थिरताले विकास परियोजना र आर्थिक योजनामा असर पार्ने भएकाले बलियो जनादेश आवश्यक रहेको तर्क पार्टीले अघि सारेको छ। मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर जस्ता ठूला पूर्वाधार परियोजनाहरू अघि बढाएको उदाहरण दिँदै पार्टीले आगामी दिनमा पनि विकास केन्द्रित नीति अघि बढाउने प्रतिबद्धता जनाएको छ।

३.वैचारिक संघर्ष र एजेन्डाको नेतृत्व

प्रचण्डले अहिलेको राजनीतिक बहस ‘नयाँ विरुद्ध पुरानो’ नभई ‘सही र गलत’ बीचको वैचारिक संघर्ष भएको बताउनुभएको छ। २०५२ सालदेखि नेपालको राजनीतिक रूपान्तरणका मुख्य एजेन्डा—गणतन्त्र, समावेशीता र समानुपातिक प्रतिनिधित्व—नेकपाकै नेतृत्वमा स्थापित भएको दाबी उहाँको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणमा पार्टीले खेलेको भूमिकालाई ऐतिहासिक उपलब्धि मानिएको छ।

४.भ्रष्टाचारविरुद्धको अभियान र सुशासन

सरकारमा रहँदा नेकपाले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गरेको तथा सुशासन कायम गर्न महत्वपूर्ण कदम चालेको दाबी गरिएको छ। लोडसेडिङ अन्त्य गर्न पहल गर्नु, सार्वजनिक सेवा सुधार गर्नु र जनमुखी नीति ल्याउनु पार्टीका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। भ्रष्टाचारविरोधी अडानकै कारण राजनीतिक प्रतिशोधको सामना गर्नुपरेको तर जनताले वास्तविकता बुझिसकेको पार्टीको निष्कर्ष छ।

५.सामाजिक न्याय, युवा सहभागिता र संगठनात्मक पुनर्गठन

नेकपाले सामाजिक न्याय र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको जनाएको छ। गरिब किसानको ऋण मिनाहा जस्ता निर्णयलाई जनमुखी कदमका रूपमा व्याख्या गरिएको छ। साथै जेनजी युवाहरूको डिजिटल अभियान र सामाजिक सञ्जालमा उठेका भ्रष्टाचारसम्बन्धी मुद्दालाई पार्टीले समयमै समर्थन गरेको उल्लेख छ। बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै २६ वटा साना–ठूला समूहलाई एकीकृत गरी नयाँ संगठनात्मक संरचना निर्माण गरिएको र अब पार्टीमा विचार तथा सामूहिक नेतृत्वलाई प्राथमिकता दिइएको बताइएको छ।

६.राष्ट्रिय एकता र लोकतान्त्रिक प्रतिबद्धता

देश संकटमा परेका बेला सबै देशभक्त र वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा पार्टीले जोड दिएको छ। कांग्रेस, एमाले लगायतका दलहरूसँग मुद्दाका आधारमा सहकार्य गर्न सकिने र कसैका लागि ढोका बन्द नगरिएको समदूरीको नीति अपनाइएको छ। निर्वाचनको परिणाम जुनसुकै आए पनि स्वीकार गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।

७.बाह्य हस्तक्षेप, अराजकता र संवैधानिक संरक्षण

नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै बाह्य हस्तक्षेपप्रति पार्टी सचेत रहेको उल्लेख छ। शान्तिपूर्ण आन्दोलनको आवरणमा हुने घुसपैठ तथा विध्वंसकारी गतिविधिको नेकपाले कडा विरोध गरेको छ। साथै संविधानको मर्म विपरीत हुने निर्णय र दुई–तिहाइको अहंकारप्रति खबरदारी गर्दै लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

८.पहिलो शक्ति बन्ने रणनीतिक लक्ष्य

पार्टी नेतृत्वका अनुसार कार्यकर्तामा बढेको उत्साह, देशव्यापी अभियानको तीव्रता र वैचारिक स्पष्टताका कारण नेकपा यस निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्ने सम्भावना बलियो छ। आगामी दिनमा अभियानको गति निरन्तर कायम राख्न सके जनमत पार्टीको पक्षमा अनुकूल हुने विश्वास व्यक्त प्रचण्डकाे छ । 

९.संविधान, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार

प्रचण्डले संविधान संशोधन र परिमार्जनकाे एजेन्डा पनि मुख्य रहेकाे बताउनु भएकाे छ । उहाँले संविधान संशोधन र परिमार्जन गर्नुपर्ने पक्षमा रहेकाे दाबी गर्नु भएकाे छ ।  शासकीय स्वरूपमा सुधार ल्याउनु पार्टीको प्रमुख एजेन्डा हो । यसअन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) हुनुपर्ने धारणा अघि सारिएको छ र पार्टी त्यसप्रति सकारात्मक छ। तर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने कि प्रधानमन्त्री हुने भन्ने विषयमा हामी एक मत छाैँ ।
उहाँका अनुसार वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल भएकाले त्यसमा सुधार आवश्यक रहेको पार्टीको निष्कर्ष छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नेमा नेकपा प्रतिबद्ध छ । पार्टीको प्रतिबद्धता पत्रमा संविधान पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार र शासकीय स्वरूप सुधारलाई मुख्य प्राथमिकताका रूपमा समेटेका छाैँ ।

भ्रष्टाचार नियन्त्रणका लागि नेकपा प्रतिबद्ध: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन गर्ने प्रस्ताव

  काठमाडौँ । सुशासन, पारदर्शिता र जवाफदेहितालाई राज्य सञ्चालनको आधारस्तम्भका रूपमा स्थापित गर्ने दृढ संकल्पसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ।  देशलाई दीर्घकालीन रूपमा जकडेर राखेको नीतिगत भ्रष्टाचार, शक्तिको दुरुपयोग र दण्डहीनताको संस्कृतिको अन्त्य नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने निष्कर्षसहित नेकपाले ठोस र संरचनात्मक प्रस्तावहरू सार्वजनिक गरेको हो । अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन गर्ने प्रस्ताव नेकपाले राज्यका विभिन्न निकायबीचको कार्य दोहोरोपन, समन्वय अभाव र प्रभावकारिताको कमीलाई अन्त्य गर्दै एकीकृत र शक्तिशाली संयन्त्र निर्माण गर्ने योजना अघि सारेको छ। हाल कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभाग जस्ता निकायहरूलाई समाहित गरी अधिकारप्राप्त, स्वतन्त्र र उच्चस्तरीय ‘लोकपाल’ गठन गर्ने नेकपाको स्पष्ट प्रस्ताव छ । यस प्रस्तावित लोकपाललाई अनुसन्धान, अभियोजन सिफारिस, सम्पत्ति जफत, विदेशमा लुकाइएका अवैध सम्पत्तिको खोजी तथा फिर्ता प्रक्रियामा समन्वय गर्ने व्यापक अधिकार प्रदान गरिनेछ । नेकपाका अनुसार यसले भ्रष्टाचार नियन्त्रणको कामलाई छरिएर होइन, एकीकृत र परिणाममुखी ढंगले अघि बढाउनेछ । भ्रष्टाचार नियन्त्रणलाई केवल कानुनी प्रक्रिया नभई राजनीतिक प्रतिबद्धता, नैतिकता र प्रशासनिक सुधारसँग जोडेर हेर्नुपर्ने पार्टीको धारणा छ । त्यसैले लोकपाल गठन केवल संस्थागत पुनर्संरचना नभई सुशासनको नयाँ अध्याय प्रारम्भ गर्ने ऐतिहासिक कदम हुने नेकपाको विश्वास छ । सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन नेकपाले विगतदेखि हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ । यसका लागि एक वर्षको समयसीमा तोकी अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गरिने प्रस्ताव अघि सारिएको छ । यो आयोगले मन्त्री, सांसद, उच्च कर्मचारी, संवैधानिक निकायका पदाधिकारी तथा सार्वजनिक संस्थानका प्रमुखहरूको सम्पत्ति विवरणको व्यापक छानबिन गर्नेछ । अस्वाभाविक रूपमा आर्जित सम्पत्ति, नीतिगत भ्रष्टाचारका काण्ड तथा राज्यलाई क्षति पुर्‍याउने निर्णयहरूको अनुसन्धान गरिनेछ । नेकपाका अनुसार “कानून सबैका लागि समान” भन्ने सिद्धान्तलाई व्यवहारमा लागू नगरेसम्म जनतामा राज्यप्रति विश्वास पुनर्स्थापित हुन सक्दैन । त्यसैले अतीतका काण्डहरूलाई थन्क्याउने होइन, छानबिन गरी दोषीलाई कारबाही र अवैध सम्पत्ति राज्यकोषमा फिर्ता गर्ने नीति लिइनेछ । पाँच वर्षभित्र प्रशासनिक पुनर्संरचना भ्रष्टाचार नियन्त्रण केवल कारबाहीमा सीमित नभई संरचनागत सुधारबाट सम्भव हुने नेकपाको ठहर छ । त्यसैअनुसार आगामी पाँच वर्षभित्र सरकारी सेवामा कम्तीमा ३० प्रतिशत नयाँ, दक्ष र प्रतिस्पर्धात्मक जनशक्ति भित्र्याउने लक्ष्य राखिएको छ । पुराना र अप्रभावकारी संरचनालाई परिमार्जन गर्दै एउटै प्रकृतिका दोहोरो भूमिका र जिम्मेवारी भएका निकायहरूको पुनर्संरचना गरिनेछ । यसले प्रशासनिक खर्च घटाउने, निर्णय प्रक्रियालाई छरितो बनाउने र सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास नेकपाले व्यक्त गरेको छ । योग्यता प्रणाली लागू, दलगत भागबण्डा अन्त्य संवैधानिक तथा सार्वजनिक निकायमा दलगत भागबण्डा, राजनीतिक संरक्षण र अनुचित नियुक्तिको प्रवृत्तिले सुशासन कमजोर बनेको विश्लेषण गर्दै नेकपाले योग्यता, क्षमता र पारदर्शितामा आधारित नियुक्ति प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत खुला प्रतिस्पर्धा, स्पष्ट मापदण्ड र स्वतन्त्र छनोट प्रक्रियामार्फत् नियुक्ति गरिनेछ । यसले राज्य संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक, दक्ष र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ । सुशासनमार्फत समृद्धिको आधार नेकपाका अनुसार भ्रष्टाचारविरुद्धको कठोर अभियानले मात्र लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक सेवा प्रवाहमा सुधार, विकास परियोजनाको समयमै सम्पन्नता र राज्य स्रोतको न्यायपूर्ण उपयोग सुनिश्चित गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रणलाई पार्टीको आधारभूत मान्यता, सोच, नीति तथा कार्यक्रमको प्रस्थानविन्दु बनाइने उल्लेख गर्दै नेकपाले स्पष्ट गरेको छ—“दण्डहीनताको अन्त्य र पारदर्शिताको स्थापना बिना समृद्धि सम्भव छैन ।” यस व्यापक र संरचनात्मक प्रस्तावमार्फत नेकपाले आफूलाई सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिएको स्पष्ट सन्देश दिएको छ । पार्टीका अनुसार यो केवल चुनावी प्रतिबद्धता नभई राज्य व्यवस्थामा आमूल सुधार ल्याउने दीर्घकालीन राष्ट्रिय अभियान हो ।

मकवानपुर-१ नेकपाका उम्मेदवार गौतमद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

बागमती । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार बिजय गौतमले आज विस्तृत ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्ध, पारदर्शी र जनउत्तरदायी मकवानपुर निर्माणको स्पष्ट खाका प्रस्तुत गरेका छन् ।  हेटौँडामा आज बिहान आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो निर्वाचन अभियानको मूल आधार बनाएको बताए । “राजनीति सत्ता प्राप्तिको माध्यम मात्र होइन, जनताको जीवनस्तर उकास्ने साधन हो,” भन्दै उम्मेदवार गौतमले पारदर्शिता, जवाफदेहिता र जनसरोकारका विषयलाई केन्द्रमा राखेर नीति तथा कानून निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।  पूर्वाधार विकासमा दीर्घकालीन दृष्टि भौतिक पूर्वाधारतर्फ उनले ग्रेटर हेटौँडा चक्रपथ निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे । हेटौँडालाई व्यवस्थित, सुगम र आधुनिक सहरका रूपमा विकास गर्न चक्रपथ निर्माण अपरिहार्य रहेको उनको धारणा थियो। साथै हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यातायात पूर्वाधार सुदृढीकरणका लागि कर्रा खोला करिडोर, राप्ती खोला करिडोर तथा वागमती नदी करिडोर निर्माण गरी सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ । हेटौँडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति, ग्रामीण बस्तीमा बाह्रै महिना सञ्चालन हुने सडक निर्माण तथा टोलदेखि वडा कार्यालय र वडा कार्यालयदेखि पालिका केन्द्रसम्म सहज सडक सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत उनले अघि सारेका छन् । त्यसैगरी राईगाउँ–क्यान्टीन मोटर बाटो, निजगढ–दोभान–फापरबारी हुँदै काठमाडौँ जोड्ने मार्ग, शहिद रुद्रमार्ग–कान्तिलोकपथ जोड्ने सडक तथा ठिंगन–मन्थली–बेतिनी–भोर्लेनी हुँदै जनमुक्ति मार्ग जोड्ने सडकलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । आधारभूत सेवामा सर्वसुलभ पहुँच उम्मेदवार गौतमले प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच तथा सबै वडामा इन्टरनेट र डिजिटल सेवा विस्तार गर्ने लक्ष्य अघि सारेका छन् । डिजिटल प्रविधिको उपयोगमार्फत ई–सेवा विस्तार गरी सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने उनको योजना छ । राजमार्ग ऐनअन्तर्गत हेटौँडा नगर विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको सुनिश्चितता गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । एकीकृत नमुना बस्ती विकासमार्फत सुरक्षित, व्यवस्थित र आधुनिक आवास प्रणाली विस्तार गर्ने लक्ष्यसमेत उनले सार्वजनिक गरेका छन् । सुशासन र प्रत्यक्ष जनसंवाद भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन स्थापना आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्दै उनले अनियमितता र ढिलासुस्तीविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद” कार्यक्रम नियमित सञ्चालन गरी नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष सुन्ने र समाधान गर्ने संयन्त्र विकास गर्ने योजना पनि उनले अघि सारेका छन् । कृषि, उद्योग र रोजगारीमा विशेष जोड कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा विस्तार तथा व्यावसायिक कृषि जोन/पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको योजना छ । गढी, बकैया, बागमती र हेटौँडाका विभिन्न वडामा व्यावसायिक कृषि प्रवर्द्धन गरी किसानलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। वागमती, कर्रा र राप्ती खोलाको उकास जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्ने, पशुपालन र दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै व्यवस्थित बजार सुनिश्चित गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गर्ने रणनीति उनले सार्वजनिक गरेका छन् ।  औद्योगिक विकासका सन्दर्भमा हेटौँडा औद्योगिक क्षेत्रको विस्तार, नयाँ उद्योग स्थापना, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्द्धन तथा युवालाई सहुलियत ऋण र स्टार्टअप सहयोगमार्फत उद्यमशीलता विकास गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ। यसबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण हेटौँडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रलाई संरक्षण तथा सम्बर्द्धन गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन् । होमस्टे प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिइने बताइएको छ। समग्रमा उम्मेदवार बिजय गौतमको ११ बुँदे प्रतिबद्धतापत्र पूर्वाधार विकास, सुशासन, कृषि आधुनिकीकरण, औद्योगिक विस्तार, डिजिटल सेवा र पर्यटन प्रवर्द्धनलाई समेट्दै समग्र मकवानपुरको दीर्घकालीन विकासको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत भएको छ । विकास र परिवर्तनको स्पष्ट दृष्टिकोणसहित प्रस्तुत गरिएको यो प्रतिबद्धता मतदातामा सकारात्मक ऊर्जा र भरोसा जगाउने अपेक्षा गरिएको छ ।

सुशासन, सामाजिक न्याय र समाजवादतर्फ अघि बढ्ने नेकपा भक्तपुर-१ काे सङ्कल्प

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुर क्षेत्र नं. १ ले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई लक्षित गर्दै आफ्नो औपचारिक प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हरिराम लवजूले प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पार्टीले देशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेको हो । पार्टीले जारी गरेको वक्तव्यमा नेकपा एमाले र नेपाली कांग्रेस को दुई तिहाइको गठबन्धन सरकारको “खराब कर्म, दम्भ, अहङ्कार र असक्षमता” का कारण जनस्तरमा तीव्र असन्तुष्टि र आक्रोश बढेको दाबी गरिएको छ । वक्तव्य अनुसार गत भदौ २३ गते नवयुवा (जेन–जी) पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फुकुवा तथा राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायतका मागसहित सडक आन्दोलन गरेको उल्लेख गरिएको छ । समयमै वार्ता–संवादमार्फत निकास दिन नसक्दा भदौ २३ र २४ गतेका घटनामा ७६ जना युवाले ज्यान गुमाउनुपरेको तथा सयौँ घाइते भएको दाबी पार्टीले गरेको छ । यस घटनापछि जनआक्रोश चुलिएको र उक्त आक्रोशलाई “मलिन तत्वहरूले हिंसात्मक रूप दिँदै” सिंहदरबार, सर्वोच्च अदालत तथा संसद भवन लगायतका राज्यका महत्वपूर्ण संरचनामा क्षति पु¥याएको आरोप पनि वक्तव्यमा उल्लेख गरिएको छ । निजी क्षेत्रले अरबौँको नोक्सानी व्यहोर्नुपरेको र राज्यविहीनताको अवस्था सिर्जना भएको दाबी समेत गरिएको छ । पार्टीले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी तथा जनजाति आन्दोलन र नवयुवा आन्दोलनका क्रममा शहिद भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ती आन्दोलनमार्फत उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादतर्फ देशलाई अग्रसर गराउने सङ्कल्पसहित प्रस्तुत प्रतिबद्धता पत्रलाई आगामी निर्वाचनको मुख्य राजनीतिक एजेन्डा बनाइने नेकपा भक्तपुर – १ ले जनाएको छ । को हुन् भक्तपुर १ का उम्मेदवार हरिराम लवजूू ?  नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार हरिराम लवजूको जन्म २०३० साल मंसिर १८ गते भक्तपुर नगरपालिकाको वडा नं. ३, तचपाल टोल, दत्तात्रयमा भएको थियो ।  लवजू पिता रामभक्त लवजू र माता नानी कुमारी लवजूका सुपुत्र हुन् । उनी बाल्यकालदेखि नै समाजप्रति जिम्मेवार र न्यायप्रेमी स्वभावका थिए । कानुन, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा तीन दशकभन्दा लामो योगदान दिएका अधिवक्ता लवजू जनआन्दोलनका घाइतेदेखि समाज परिवर्तनका सचेत अभियन्तासम्मको यात्रामा खारिएका व्यक्तित्व मानिन्छन् । लवजूले कानुन शास्त्रमा स्नातकोत्तर (मानव अधिकार र लैंगिक न्याय) काठमाडौं स्कुल अफ लबाट तथा राजनीति शास्त्रमा स्नातकोत्तर (अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध) उपाधि हासिल गरेका छन् । लवजू नेपाल बार काउन्सिलको पाँचौँ परीक्षामा उनी देशका १० उत्कृष्टमध्ये तेस्रो हुन सफल भएका थिए  साथै, राष्ट्रिय न्याय प्रतिष्ठानबाट उनले ४८ घण्टे प्रशिक्षक प्रशिक्षण तालिम र भारतको बैंगलोरबाट मानव अधिकार तथा शरणार्थीसम्बन्धी सार्क तथा राष्ट्रस्तरीय अन्तर्राष्ट्रिय कोर्ससमेत गरेका छन् । विगत २६ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न लवजूले करिब १० वर्ष प्राध्यापन पनि गरेका छन् । उनले बिबिएस दोस्रो वर्षमा वाणिज्य कानुन तथा बिएड तेस्रो वर्ष र एमएड दोस्रो वर्षमा सामाजिक न्याय र शिक्षा विषय प्राध्यापन गरेका थिए । कानुन र शैक्षिक क्षेत्र संगै लवजूको सरकारी क्षेत्रमा समेत अनुभव रहेको पाईन्छ उनी  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा स्व. पोष्ट बहादुर बोगटी र रामकुमार श्रेष्ठ मन्त्री रहँदा करिब २२ महिना कानुनी सल्लाहकारको रुपमा रहेका थिए ।  लवजूको राजनीतिक यात्रा पनि निकै संघर्षमय देखिन्छ २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा नेपाल बन्दको जुलुसमा सहभागी हुँदा २०४६ फागुन ८ गते उनी गोली लागी गम्भीर घाइते भएका थिए त्यसपछि उपचारकै क्रममा उनलाई प्रहरीले पक्राउ गरि सार्वजनिक अपराध मुद्दामा  ३४ दिन प्रहरी हिरासत र झण्डै एक महिना केन्द्रीय कारागारमा राजबन्दीका रूपमा राखिएको थियो । पछि सरकारले मुद्दा फिर्ता लिएपछि उनी जेलमुक्त भएका थिए । त्यसपछि २०५२ सालदेखि मानव अधिकार, लैंगिक न्याय र नागरिक सहभागितामा निरन्तर सक्रिय लवजूले नेपाल मानव अधिकार संगठन र राष्ट्रिय मानव अधिकार आयोगमार्फत देशका विभिन्न जिल्लामा अनुगमन गर्दै पीडितका पक्षमा आवाज उठाएका थिए । त्यस्तै २०६३ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सदस्यता लिई हाल उनी पार्टीको बागमती प्रदेश समिति सदस्य रहदै आएका छन् । साथै, प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य तथा पार्टी पेशागत संगठनका जिल्ला कमिटी सदस्य रहिसकेका छन् । साथै लवजू नेपाल बार एसोसिएसन, मानव अधिकारसम्बन्धी संस्थाहरू, सिद्धि स्मृति प्रतिष्ठान, सहकारी संस्थाहरू र नेपाल रेडक्रस सोसाइटीमा आबद्ध छन् ।

के–के छन् काठमाडौँ-४ को विकासका लागि इन्द्र भुसालका योजना ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार इन्द्र कुमार भुसालले काठमाडौँ क्षेत्र नं. ४ को विकासका लागि सुशासन, सडक र ट्राफिक, खानेपानी शिक्षा, फोहोरमैला व्यवस्थापन र स्वास्थ्य लगायतका विषयमा जोड दिएर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । सशक्त युवा उम्मेदवार भुसालले जनताको स्थानीय आवश्यकता र जनचाहानालाई जोड दिदैँ प्रतिबद्धता गरेसँगै काठमाडौँ ४ मा दिनप्रतिदिन नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह ताराप्रतिको आकर्षण बढ्दै गइरहेको छ । सडक र ट्राफिक समस्या समाधानका लागि पहल गरिने भुसालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ को निखिलेश्वर मन्दिरबाट सुन्दरवस्ती, जगन्नाथ मन्दिर हुँदै भंगालसम्मको खहरे खोलाको सडक निर्माणको बाँकी खण्डलाई सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । उनले चुनीखेल कपन सिमानाको चिहाने खोलालाई व्यवस्थित गरी कोरिडोरको रुपमा सञ्चालन गर्ने, सडकहरूमा पैदलमार्ग र ट्राफिक लाइटको व्यवस्थापन गर्ने र बजार क्षेत्रहरूमा गाडीहरूको पार्किङका लागि पार्किङ स्थलहरुको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । नपुगेका ठाउँमा खानेपानी सुविधा पु¥याउने, कौसी खेतीलाई प्रोत्साहन गर्ने भुसालले साविक कपन गा.वि.स, रुद्रमतीटोल, सुन्दरवस्ती र बालुवाखानी लगायत अन्य खानेपानी नपुगेका ठाउँमा मेलम्ची खानेपानी विस्तारका लागि पहल गर्ने बताएका छन् । खानेपानी सेवा शुल्कमा एकरूपता र पारदर्शीता अपनाई सरलीकृत गराउने पनि उनको प्रतिबद्धता छ । उनले चुनीखेल र सुन्दरवस्तीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्दै उत्पादित तरकारी तथा कृषि उपजहरुको बजार व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताएका छन् । त्यस्तै, शहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहन गर्ने पनि उनको घोषणा छ । उनले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै आवश्यकताका आधारमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थाका लागि पहल गर्ने बताएका छन् । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रमको लागि नीति बनाउन पहल गर्ने र निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गरी सबैको पहुँचमा पु¥याउने उनको भनाई छ । भुसालले सो निर्वाचन क्षेत्र अन्तर्गतका अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूको गुणस्तरमा सुधार गर्ने र शहरी स्वास्थ्य केन्द्रलाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी स्तरोन्नति गर्ने घोषणा पनि गरेका छन् । स्वास्थ्यका लागि आधारभूत स्वास्थ्य परीक्षण, योग, ध्यान प्राकृतिक उपचार लगायतका आरोग्यता सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यकता अनुसार केन्द्रहरु स्थापना गर्ने पनि उनको भनाई छ । निजी अस्पतालमा लाग्ने शुल्कलाई नियन्त्रण गरी सर्वसाधारणको पहुँचमा राख्ने बताइएको छ । बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने नेकपा उम्मेदवार भुसालले बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि विषेश पहल गर्ने बताएका छन् । उनले पशुपति गुठी लगायतका स्थानीय गुठीका जग्गाहरूलाई व्यवस्थित गर्न पहल गर्ने पनि बताएका छन् । स्थानीय मौलिक कला, संस्कृतिको संरक्षण गर्न स्थानीय आवश्यकताको पहिचान गरी लोपोन्मुख लोक संस्कृतिक केन्द्र, गुठी भवन, शिव पार्वती नृत्य, तामाङ्ग समुदायमा प्रचलित म्हेन्दोमाया नृत्य, धिमे बाजा, पञ्चेबाजा, डम्फु, टुङ्ना, लगायतका स्थानीय संस्कृति र सम्पदाहरूको संरक्षणका लागि विशेष पहल गर्ने उनको प्रतिबद्धता छ । चन्द्रविनायक चोकदेखि चावहिल चोकसम्मको बजारलाई सांस्कृतिक क्षेत्रको रूपमा विकास गरी संरक्षण गर्न पहल गर्ने उनको भनाई छ । विभिन्न स्थानहरूमा पदमार्गको विकास गरी शिवपुरी निकुञ्ज लगायतका स्थानहरुमा आउजाउ गर्ने पर्यटकहरूलाई आकर्षण गर्ने प्रकारका कार्यक्रम ल्याउने उनको भनाई छ । पशुपतिनाथ र बौद्धनाथ परिक्रमा पदमार्ग निमार्ण गर्ने, कपन डुवान र खहरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने, धोवी खोला जल शुद्धीकरण योजना निर्माण गर्न पहल गर्ने र मैतिदेवीदेखि शिवपुरी निकुञ्ज सम्मको धोवीखोलामा भएको अव्यवस्थित ढलको उच्च प्राथमिकताका साथ व्यवस्थापन गर्ने बताइएको छ । भुसालले फोहर व्यवस्थापन सम्बन्धी समस्या दीर्घकालीन समाधानका लागि राष्ट्रिय स्तरमा पहल गर्ने बताइएको छ । फोहर संकलन कार्यलाई स्थानीय पालिकाले नै जिम्मा लिने गरी व्यवस्था मिलाउन पहल गर्ने उनको भनाई छ । स्थानीय तहमा रहेका सार्वजनिक महत्वका स्थानहरुमा पिउने पानी, स्नानगृह तथा शौचालय व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

जलवायु परिवर्तनका मुद्दामा नेकपा सबैभन्दा अग्रगामी, यस्ता छन् प्रतिवद्धतापत्रमा समावेश विषय

काठमाडौँ । प्रतिनिधिसभा सदय निर्वाचनका लागि अनेकन खालका घोषणापत्र सार्वजनिक भएका छन् । कोही व्यवहारिक खालका छन् भने कुनै स्वरै कल्पना भरिएका छन् । मुख्य पक्ष विचार, राजनीति र देश अनि जनतालाई केन्द्रमा राखेर सार्वजनिक भएका घोषणापत्र भने सिमित छन् ।  विशेष गरी नेपाली कम्युनिस्ट पार्टीले पछिल्ला दिनमा देखा परेको विराट समस्याको बारेमा प्रतिवद्धतापत्रमा महत्वका साथ समावेश गरेको विषय हो, जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण वातावरणमा देखा परेको समस्या दिन दुई गुणा रात चार गुणाका दरमा बढीरहेको छ ।  हिमालमा हिउँ छैन । अत्याधिक बर्षा, न्यून बर्षा अनि बेसौसमा पर्ने पानीका कारण हरेक बर्ष नेपालले ठूलो समस्या र जटिलता भोग्दै आएको छ । समस्या यति धेरै विकराल भइसकेको छ कि आगामी केही बर्षभित्रै हामीले अझै ठूलो समस्या झेल्नुपर्नेछ ।  ग्रामीण बस्तीमा पानीको मुहान सुक्दै गएको छ । पिउने पानीको खोजीमा मानिस भौतारिनुपर्ने अवस्था छ । स्वच्छ पिउने पानी संविधान प्रदत्त मौलिक हक भित्र पर्ने भएपनि स्रोतको अभावमा आम नागरिकले भोग्नु परेको हैरानी भनी साध्ये छैन ।  ठूला र आफूलाई पूँजीवादी देशले थोपरेको समस्या र जलवायुजन्य फोहोरका कारण नेपाल जस्ता देशले ठूलो समस्या र परेसानी सहनु परेको छ । अति वृष्टि, अनावृष्टि, मौसमी चक्रमा आएको परिवर्तन तथा हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप आदि इत्यादि ।  नेपाली कम्युनिस्ट पार्टीले जैविक विविधतामा आधारित प्रागरिक, वातावरणमैत्री, र जलवायु अनुकूल कृषि प्रणालीलाई प्राथमिकतामा राखेको छ । उत्पादन बृद्धिसहित देशलाई प्रागरिक मुलुक घोषणा गर्ने नेकपाको संकल्प रहेको छ ।  हानीकारक रासायनिक विषादी नियन्त्रणगरी जैविक विविधता र रैथाने बाली संरक्षण गर्ने नीति नेकपाको छ । यस्तै, जनस्वास्थ्य र जैविक सुरक्षाका आधारमा जिएमओ बाली प्रयोगमा प्रतिबन्ध लगाउने कार्यक्रमलाई नेकपाले आफ्नो प्रतिवद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । यो जलवायु परिवर्तनसँग लड्ने एउटा महत्वपूर्ण आधार हो ।  जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य र हुँदै नभएपनि हामीले जटिल मानवीय समस्या भोग्नु परेको छ । हामी संकटमा परिसकेका छौ । यो अवस्थालाई ख्याल गरेर प्रतिवद्धतापत्रमा नै नेपाली कम्युनिस्ट पार्टीले यो विषयलाई आत्मसाथ गरेको हो ।  यस्तै, कृषि वनलाई प्राथमिकता दिई जैविक विविधता संरक्षण र कृषि पर्यटन प्रवद्र्धन गर्ने, वन्यजन्तुलाई वनमै राख्ने वातावरण सिर्जना गरी बालीमा क्षत्रि क्रमशः अन्त्य गर्ने, कृषि वनमा जडीबुटी खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि अगाडि सारिएको छ ।  यस्तै, नेकपाले हरित अर्थतन्त्रको प्रवद्र्धनमा जोड दिएको छ । उद्योग, व्यवसाय, कार्यालय तथा प्रतिष्ठानले वातावरणमैत्री विधिहरु अवलम्बन गर्नुपर्नेछ । कार्बन मूल्य निर्धारणका लागि नीति निर्माण गरी कार्बन व्यापारको लागि स्पष्ट कानुनी र संस्थागत आधार तयार पार्ने, नयाँ बन्ने नीतिले उत्सर्जन घटाउने परियोजनालाई प्रोत्साहन दिई काबन क्रेडिटको उत्पादन, खरिद बिक्री र नियमनको व्यवस्था गर्नेछ भन्ने नेपाली कम्युनिस्ट पार्टीले स्पष्ट रुपमा आफ्नो वाचामा समावेश गरेको छ ।  नेपालले सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिएको सन्दर्भमा नेकपाले कार्बन उत्सर्जन कम गर्दै जाने महत्वाकांक्षी लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ ।  हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने अर र जोखिमलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ ।  पृथ्वीको बढ्दो तापमान तथा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु संकटले हिमाली देशहरुमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापी रुपमा ध्यानाकर्षण गर्दै नेपालको नेतृत्वमा सरोकारवाला मुलकको सञ्जाल निर्माण गर्न पहल गर्ने योजना नेकपाले अगाडि सारेको छ ।  हिमाल बचाऔ अभियान सञ्चालन गर्ने, जलवायु परिवर्तनसँग सम्वद्ध विश्व सम्झौताहरुद्धारा स्थापित हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तिय कोषको रकम तथा अन्य अवसरहरुको अधिकतम उपयोग गर्नका लागि विशेष कुटनीतिक साथै प्राविधिक पहल गर्ने नेकपाको योजना छ ।  विपदको सम्भाव्य जोखिममा रहेका स्थानमा विपद न्यूनीकरण पूर्वाधारको निर्माण गर्ने, पूर्व तयारी संयन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने विषय हालसम्मकै नयाँ कार्यक्रमको रुपमा नेकपाले लिपीबद्ध गरेको छ ।  प्राकृतिक प्रकोप तथा विपद प्रभावित बाढी पहिरो, भूकम्पजस्ता विपदबाट प्रभावित परिवारलाई तत्काल राहत, पुनः स्थापना र दीर्घकालीन जीविकोपार्जन योजना लागू गर्ने, विकासका योजना निर्माण गर्दा विपदजन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नीति अवलम्बन गर्ने नेकपाको प्रतिवद्धतापत्रमा समावेश छ ।  तेस्रो पटक प्रधानमन्त्रीका रुपमा नेकपाका संयोजक प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नु परेको समस्यालाई जसरी विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । त्यो आफैमा हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रयास र पहल थियो । त्यसअघि त्यो रुपमा मर्मवोधका साथ कहिल्यै विषय उठेकै थिएन ।    संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण, विश्व जलवायु सम्मेलनमा नेपालले देखाएको प्रभावकारी उपस्थिती आफैमा ऐतिहासिक परिघटनाको रुपमा स्थापित छ । संसार जोगाउने भए हिमाल जोगाउनै पर्छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको मुद्दा र सुनिने गरी भनिएको विषयले आज क्रमशः प्रतिफल दिन शुरु गरेको छ ।   गल्ती नगर्दा पनि नेपालले भोग्नु परेको जलवायुजन्य समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायले सुन्ने गरी स्पष्ट शब्दमा प्रचण्ड प्रधानमन्त्री भएकै बखत मात्रै आफ्नो धारणा राखिएको थियो । औद्योगिक राष्ट्रले गरेको प्राकृतिक स्रोतमाथिको अत्याधिक दोहन, खनिज तेलको अत्याधिक उपभोगका कारण हरित गृह ग्यासको बढ्दो उत्पादनले ओजन तहमा देखा परेको प्वाल तथा नेपाल जस्ता हिमाली देशले भोग्नुपरेको समस्यालाई प्रचण्डले जसरी अन्तर्राष्ट्रिय समुदायका सामु विषय वस्तु राखेका थिए, त्यो आफैमा ऐतिहासिक परिघटना नै थियो । सोही सन्दर्भमा नेकपाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जलवायु परिवर्तनका  एजेण्डाले महत्व पाएको छ ।  आफ्नो कुनै भूमिका नभएपनि जलवायु परिवर्तन र त्यसले पारेको प्रभावकाबारेमा अन्य राजनीतिक दल भन्दा नेकपाले अगाडि सारेको कार्यक्रम सबैभन्दा वस्तुवादी र वैज्ञानिक रहेको तथ्यले पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समुदायका सामु नेपालको अधिकार हो, नेपालले जलवायु जन्य समस्याबाट भोग्नु परेको जटिला समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले यो वा त्यो तर्क गरेर भाग्न पाउँदैन भन्ने दृष्टिकोण आफैमा ऐतिहासिक छ ।  प्रतिवद्धतापत्रमा समावेश भएका विषय कार्यान्वयनका लागि पनि नेपाली जनताले नेकपालाई ढुक्क भएर मतदान गर्नुपर्छ । तब मात्र यो विषयले थप मुखर हुने अवसर पाउँछ । अन्यथा अन्य राजनीतिक दलको प्राथमिकतामा नपरेको यो विषय थप प्रष्ट हुन र कार्यान्वयनमा जान नसक्ने स्पष्ट छ ।

जुम्लाका नीतिगत विकल्प: नेकपाका ‘नरेश भण्डारी’

जुम्ला । जुम्लाको राजनीतिक परिदृश्यमा नरेश भण्डारी नयाँ अनुहार होइनन्, बरु निरन्तर नीति–संघर्ष र कानुनी पहलकदमीमार्फत पहिचान बनाएका एक परिपक्व नेता हुन्।  २९ वर्षकै उमेरमा २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका भण्डारीले त्यसयता कर्णालीको मुद्दालाई सदनभित्रबाट उठाउँदै आएका छन्। २०७४ सालमा प्रदेशसभा सदस्य जितेर कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका उनले नीति निर्माणमार्फत विकासको आधार तयार गर्ने अभ्यास स्थापित गरेका छन् । यस पटक प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारका रूपमा जुम्लाबाट मैदानमा उत्रिएका भण्डारीको चुनावी शैली अरूभन्दा पृथक् छ। अधिकांश उम्मेदवारले बाटो, बत्ती, खानेपानीका प्रतिबद्धता दोहोर्‍याइरहँदा भण्डारी भने एउटा हातमा माइक र अर्को हातमा विधेयकको ड्राफ्ट बोकेर घरदैलोमा पुगेका छन्। उनी स्पष्ट शब्दमा भन्छन्—“सांसदको काम नीति बनाउने हो, ठेकेदार बन्ने होइन।” नीतिमार्फत विकासको मार्ग भण्डारीले जुम्लाको दीर्घकालीन समृद्धिका लागि ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’लाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। नेपाली भाषाको उद्गमस्थल मानिने सिञ्जा क्षेत्रलाई सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने, खस सभ्यताको संरक्षण गर्ने तथा धार्मिक–पर्यटकीय पूर्वाधार निर्माण गर्ने स्पष्ट दृष्टि उनले प्रस्तुत गरेका छन्। उनको तर्क छ—राज्यसँग सानो बजेट माग्दै हिँड्नेभन्दा कानुन बनाएर बजेटको स्थायी सुनिश्चितता गर्नुपर्छ। भूगोल, जनसङ्ख्या, मानव विकास सूचकांक र पूर्वाधारको अवस्थाका आधारमा कानुनी व्यवस्था गरी बजेट विनियोजन हुनुपर्नेमा उनको जोड छ। प्रमाणित पहल र उपलब्धि संविधानसभा सदस्य हुँदा २०६८ सालमा उनले ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका थिए। पछि सरकारले त्यसलाई आफ्नो दायित्वका रूपमा ग्रहण गर्दै ऐन बनाएपछि उनी उक्त प्रतिष्ठानका जन्मदाताका रूपमा चिनिन थाले। प्रदेश मन्त्री हुँदा सिञ्जा सभ्यता विकास विधेयकको मस्यौदा तयार पारेका उनले पद गुमेपछि पनि पहल रोकेनन्। २०७८ सालमा ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’ र ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ प्रदेशसभामा दर्ता गराएर संघीयताको अभ्यासमा गैरसरकारी विधेयकमार्फत नयाँ इतिहास रच्ने प्रयास गरे। विधेयक पारित गराउन उनले नागरिक समाजलाई संगठित गर्दै दबाबमूलक कार्यक्रमसमेत सञ्चालन गरे। प्रधानमन्त्रीसम्म पुगेर विधेयकको औचित्य बुझाउने पहल गरे। राजनीतिक उतार–चढावका कारण प्रक्रिया अघि नबढे पनि उनको संकल्प डगमगाएको छैन। सिञ्जा सभ्यताको संस्थागत संरक्षण प्रस्तावित विधेयकले सिञ्जा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा भाषिक सम्पदाको संरक्षणका लागि ‘सिञ्जा सभ्यता विकास तथा संरक्षण सभा’ गठन गर्ने व्यवस्था गरेको छ। कार्यकारी परिषद् र प्राधिकरणमार्फत दीर्घकालीन नीति निर्माण, संरक्षण क्षेत्र घोषणा, अनुसन्धान तथा पर्यटन प्रवर्द्धन गर्ने संरचना प्रस्ताव गरिएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहने र दैलेखको दुल्लु तथा सुर्खेतको वीरेन्द्रनगरमा आवश्यकतानुसार कार्यालय रहने प्रस्तावले सिञ्जा क्षेत्रलाई कर्णालीकै साझा पहिचानका रूपमा विकास गर्ने दृष्टि प्रस्तुत गरेको छ। नेपाल सरकार, प्रदेश सरकार, स्वदेशी–विदेशी सहयोग र अनुदानबाट कोष सञ्चालन गर्ने प्रावधानले यसलाई दीर्घकालीन र स्थायी परियोजनाका रूपमा स्थापित गर्ने आधार तयार पार्छ। जुम्लाका लागि स्पष्ट विकल्प भण्डारी आफू मन्त्री वा प्रधानमन्त्री बन्ने आकांक्षा होइन, आफ्नो माटो र मातृभूमिको रूपान्तरणलाई लक्ष्य बनाएको बताउँछन्। “म के बन्छु ठूलो कुरा होइन, जुम्ला के बन्छ भन्ने मुख्य कुरा हो,” भन्ने उनको उद्घोषले मतदातामा अलग भरोसा जगाएको छ। नीति, कानुन र संस्थागत संरचनामार्फत जुम्लालाई सांस्कृतिक, शैक्षिक र स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट खाका प्रस्तुत गर्ने उम्मेदवारका रूपमा भण्डारी उभिएका छन्। यस सन्दर्भमा जुम्लाको दीर्घकालीन हित, पहिचान र समृद्धिका लागि नीतिगत दृष्टि बोकेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भण्डारी जुम्लाका लागि एक सशक्त, भरोसायोग्य र प्रभावकारी विकल्पका रूपमा स्थापित भएका छन्। सिञ्जा सभ्यताको संरक्षणदेखि कर्णालीको स्वास्थ्य र नवप्रवर्तनसम्मको एजेण्डा बोकेका भण्डारीको उम्मेदवारी जुम्लाको स्वाभिमान, पहिचान र समृद्धिको अभियानका रूपमा उभिएको छ। यस्ताे छ-भण्डारीकाे जुम्ला समृद्धिको संकल्प-पत्र  

भोजपुरमा नेकपाका उम्मेदवार काङमाङका यस्ता छन् जितका आधार

भोजपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा अजम्बर राई काङमाङ को उम्मेदवारीले चुनावी माहोल तातेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको छ। लामो राजनीतिक अनुभव, स्वच्छ छवि र स्थानीय तहमा बलियो जनसमर्थनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित जस्तै देखिएको छ। ५८ वर्षीय अजम्बर राई काङमाङ भोजपुरका स्थानीय हुन् उनी अनुभवी तथा प्रभावशाली राजनीतिक हस्ती हुनुहुन्छ। संघीयता, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आउनुभएका उहाँले विगतका विभिन्न निर्वाचनमा सहभागिता जनाउँदै जनसरोकारका विषय उठाउँदै आउनुभएको छ। संसद प्रवेश नगरे पनि स्थानीय विकास, सुशासन र सामाजिक रूपान्तरणका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ। यस्ता छन् राईका मुख्य एजेन्डा  विकासमा हिसाब, नारामा होइन उहाँले “भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ” भन्ने चुनावी नारासहित सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाउनु भएको छ। उहाँले सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोक्ने, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्र। भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ उहाँको चुनावी नारा यस्तो छ । स्थानीय जनतामाझ विश्वासयोग्य र स्वच्छ छवि निर्माण गर्न सफल उहाँको उम्मेदवारीले भोजपुरमा नेकपाको संगठनात्मक आधार थप मजबुत बनेको देखिन्छ। लामो राजनीतिक यात्रामा कुनै विवादमा नमुछिनु र निरन्तर समाजसेवामा सक्रिय रहनुले उहाँलाई “अनुभवी र विश्वासयोग्य नेता” को रूपमा स्थापित गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार उहाँको अनुभव, स्थानीय प्रभाव र पार्टीको सुदृढ संगठनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित देखिएको छ। अजम्बर राई काङमाङ भोजपुरको मात्र नभई समग्र पूर्वी नेपालको आवाज बनेका नेता हुनुहुन्छ। उहाँको जितले भोजपुर क्षेत्रमा थप विकास र सामाजिक न्यायको ढोका खोल्ने अपेक्षा गरिएको छ। विचारमा प्रष्ट, अवसरबाट बञ्चित लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय अजम्बर काङमाङ राई अहिलेसम्म कुनै राजकीय पदमा  छैनन् । त्यसैले उनलाई अवसर नपाएका नेताका रुपमा बुझ्न सकिन्छ । उहाँ जनप्रतिनिधिका रुपमा आफूलाई पहिचान गराउन नपाएका विचारमा स्पष्ट र बलियो जनसम्पर्क भएका नेता मानिन्छन् । कुनै समय एमालेकै उदयीमान नेता मानिने उहाँ अहिले नेकपाका केन्द्रीय सदस्यको रुपमा हुनुहुन्छ ।   जोशिला छन्, मतदाताको अपेक्षा पूरा गर्ने नेताको रुपमा अपेक्षा गरीएका नेतामा पर्नुहुन्छ  । मतपरिणाम हेर्ने हो भने उनलाई कमजोर मान्न सकिँदैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको १२ हजार ७ सय ५० समानुपातिक मतमा एकीकृत समाजवादीको ३ हजार ६ सय ९३ र जसपाको १ हजार ३ सय ९१ मत जोड्दा करिब १७ हजार बढी मत हुने देखिन्छ यस्ले पनि जितको आधार थप सुनिश्चित जस्तै देखिएको छ ।

मकवानपुर १ मा विजय गौतम: ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार विजय गौतमप्रतिको जनलहर दिनप्रतिदिन बढ्दै गइरहेको छ । हेटौँडाको स्थानीय आवश्यकता र जनचाहानालाई सम्बोधन गर्ने एजेन्डा अघि सारेसँगै उनीप्रतिको आकर्षण बढेको हो । उनले ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन् ।  हेटौडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने, कर्रा खोला करिडोर र राप्ती खोला करिडोर निर्माण गरि यातायात सेवा सुचारु गर्ने, वागमती नदि करिडोर निर्माण गर्ने तथा हेटौंडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति गर्न पहल गर्ने काम उनले प्राथमिकतामा राखेका छन् । त्यस्तै, ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडकका लागि पहल गर्ने, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच विस्तार गर्ने, सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा पुर्याउन पहल गर्ने, एकीकृत नमुना वस्तीको विकास गर्ने र राजमार्ग ऐन अन्तर्गत हेटौडा नगरको विस्तार गर्दा पिडित पक्षलाई उचित मुआब्जा र क्षतिपुर्तिको  व्यवस्था गर्न पहल गर्ने गौतमको प्रतिबद्धता छ । उनले जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद कार्यक्रम संचालन गरेर सदैव जनताको साथमै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गढी, बकैया, बागमती र हेटौडाको वडाहरुमा व्यावसायिक कृषि जोन र पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको भनाई छ । वागमती, कर्रा र राप्ती खोलाको नदि उकास जमिनमा उत्पादन वृद्धि गर्ने, पशुपालन, दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै बजार व्यवस्थापनका लागि पहल गर्ने, हेटौंडा औद्योगिक क्षेत्रको विस्तार गरि नयाँ नयाँ उद्योग स्थापना गर्न विशेष पहल गर्ने उनको घोषणा छ । उनले मयूरधाप औद्योगिक क्षेत्रको संचालन गर्न पहल गर्ने पनि भनिएको छ । गौतमले हेटौडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने योजना पनि अघि सारेका छन् । ऐतिहासिक मकवानपुर गढ़ी दरबार क्षेत्रलाई संरक्षण गर्ने,  एवम् सम्बर्धन गर्दै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने,  होमस्टे लगायत आन्तरिक पर्यटनको विकास गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उनले उद्घोष गरेका छन् । त्यसैग्री, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना गर्ने, गरिब, दलित र पिछडिएका वर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने पनि उनले प्रतिबद्धता गरेका छन् । एक वडा एक महिला उद्यम कार्यक्रम संचालन गर्ने, गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने, हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्राथमिकता दिने, हरेक स्थानीय तहमा शिशु स्याहार केन्द्र स्थापना गर्न पहल गर्ने र मध्यवर्ती क्षेत्र र आरक्षको समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेको छ ।

नेकपा प्युठानका उम्मेदवार कृष्ण ध्वज खड्काका प्रतिबद्धतामा के छन् ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्युुठानका उम्मेदवार कृष्ण ध्वज खड्काले यातायात पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर आफ्नो एजेन्डा बनाएका छन् । उनले पर्यटन, भाषा धर्म र संस्कृति, खानेपानी, सिँचाई सुुविधा, शहरी विकास तथा सञ्चारको क्षेत्रमा पनि गर्नुपर्ने कामहरुको लागि प्रतिबद्धता जनाएका छन् । उनले भालुवाङ्ग बाट डेढ घण्टामै सदरमुकाम खलङ्गा पुग्नेगरि भालुवाङ्ग–प्युठान सडकलाई डबललेनमा स्तरोन्नति गरिने प्रतिबद्धता गरेका छन् । ६४ वटै वडाका केन्द्रहरूमा पुग्ने सडक ग्राबेल र कालोपत्रे गर्ने, बाग्दुलादेखि पुष्पलाल लोकमार्ग जोड्ने सडकलाई संघीय बजेटबाट सम्पन्न गर्ने र गाउँपालिका केन्द्र र वडाका केन्द्रहरूमा बाह्रै महिना सडक सुचारू गर्न सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्दै आवश्यक ठाउँमा सडक पुलहरू निर्माण गर्ने पनि उनको प्रतिबद्धता छ । त्यस्तै, अन्तरजिल्ला जोड्ने सडकहरू स्तरोन्नति र कालोपत्रे गर्ने, मदन भण्डारी राष्ट्रिय लोकमार्ग र इच्छुक आश्रीत प्रादेशिक लोकमार्गको कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । सुविधासम्पन्न बहुप्राविधिक कलेज स्थापना गर्ने घोषणा खड्काको स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने घोषणा छ । सुुविधासम्पन्न बहुुप्राविधिक कलेज स्थापना गर्ने पनि घोषणा गरिएको छ । प्रत्येक पालिकामा एक–एक वटा प्राविधिक धारको व्यावसायिक शिक्षा सहितको नमुना स्मार्ट विद्यालयहरू सञ्चालन गर्ने, २५० जनाभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयहरूमा स्मार्ट शौचालय व्यवस्थापनको नीति कार्यान्वयन गर्ने लगायतको योजना उनले अघि सारेका छन् । जिल्ला अस्पतालमा शैय्या थपा र आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापनाको योजना प्युठान अस्पतालको भवन निर्माण सम्पन्न गरी शैय्या थप गरिने जनाइएको छ । जिल्लामा एक आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने, स्वर्गद्वारी र मल्लरानीमा मेडिटेसन सेन्टर र प्रत्येक स्थानीय तहमा योग तथा ध्यान केन्द्रहरू स्थापना गर्ने, मृगौला डायलासीस लगायतका अत्याधुनिक सेवाहरू प्युठान अस्पतालमा सञ्चालन गर्ने प्रवन्ध मिलाउने पनि उनको प्रतिबद्धता छ ।  प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने योजना, जडिबुुटी प्रशोधन केन्द्रको स्थापना गरिने त्यस्तै, जिल्लाको समथर क्षेत्रमा माछापालन र कुखुरापालन, चुरे तथा महाभारत क्षेत्रमा बाख्रापालन तथा उच्च पहाडी क्षेत्रमा भेडापालनलाई व्यावसायिकरण गर्ने, प्युठानी मुलाको व्यावसायिक खेती गरी राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्ने, विभिन्न रैथाने बालीहरूको संरक्षण गर्न बीउ बैंकको स्थापना गर्ने र प्युठानमा उत्पादन हुने मह, अदुवा र बेसारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने उनको प्रतिबद्धता छ । त्यसैगरी, प्रत्येक वडामा नमुना कृषि फार्म र कृषि सिकाइ केन्द्रहरूको स्थापना गर्ने, जिल्लामा प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने लगायतको योजना खड्काले अघि सारेका छन् ।  त्यस्तै, प्युठानमा अत्याधुनिक जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको छ । ओखर र टिमुरको व्यवसायीक खेती गर्ने, अल्लो र भांग्रोको व्यवसायीक खेती र प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ । स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाइने स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने, ८ गौमुखी, नौबहिनी, भित्रीकोट, ऐरावती, उदयपुरकोट, झाकृस्थान, झाकूढुङ्गा, मल्लरानी, कोठिभिर, नाङ्गी, बाइसमुल झरना, झुलेनी, माक्रे, विजुलीकोट लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार निर्माण र प्रवर्धन गर्ने बताइएको छ । प्युठान जिल्लाको पर्यटन प्रोफाइल तयार गर्ने तथा इको टुरिजम, एग्रो टुरिजम, भिलेज टुरिजम र जल पर्यटनको विकास गरिने उल्लेख छ । सदरमुकाम खलङ्गालाई पुरातात्विक, सांस्कृतिक र शैक्षिक शहरको रूपमा विकास गर्ने, जिल्लाको प्रमुख व्यापारीक केन्द्र दम्ती–बाग्दुला–बिजुवार देखि दाखाक्वाडी सम्मको क्षेत्र र गोठिवाङ्ग देखि भिगृ सम्मको क्षेत्रलाई नमुना शहरको रूपमा विकास गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ । नौमुरे जलाशययुक्त विद्युत आयोजना निर्माण अगाडि बढाउने, राप्ती र त्यसका सहायक नदीहरू झिमरूक, माडी, लुङ्गखोलाका विभिन्न स्थानहरूमा जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी एएए मोडलमा जलविद्युत आयोजनाहरू अगाडी बढाइने पनि प्रतिबद्धता गरिएको छ ।  जिल्लाका ६४ वटै वडाहरुमा नेपाल टेलिकमको एफटिटिएच प्रविधि पुर्‍याउन द्रुत रुपमा काम गर्ने, प्रत्येक बस्ती सडक सञ्जालहरुमा फोर जी नेटवर्कको पहुँच अनिवार्य पुु¥याउने, हरेक पालिकाहरुमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने लगायतका योजना खड्काको रहेको छ ।

यस पटक नेपाली कम्युनिस्ट पार्टी नै किन ?

काठमाडौं । बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा देशले स्पष्ट दृष्टि, दृढ नेतृत्व र जनमुखी नीतिको आवश्यकता महसुस गरिरहेको छ। यही ऐतिहासिक घडीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र समतामूलक विकासका लागि स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्र केवल चुनावी कागज होइन—यो राष्ट्र निर्माणको कार्ययोजना छ ।  तारा चुनाव चिह्नमा मतदान गरी व्यवस्था बदल्ने पार्टीलाई अब देशको अवस्था बदल्ने अवसर दिन नेकपाले जनतासँग आग्रह गरेको छ। यस्ता छन्  दश मुख्य कारण १. राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको सुदृढ आधार नेकपाले राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयलाई सुदृढ गर्दै वैदेशिक हस्तक्षेप र परनिर्भरताको अन्त्य गर्ने स्पष्ट अडान लिएको छ। स्वाधीन राष्ट्रको निर्माण यसको पहिलो प्राथमिकता हो। २. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र परिमार्जन गणतन्त्रको रक्षा मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन, सङ्घ–प्रदेश–स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट र उत्तरदायित्व सुनिश्चित गर्दै शासन प्रणालीलाई जनमुखी बनाउने लक्ष्य नेकपाको छ। ३. समाजवादतर्फ अग्रसर समतामूलक समृद्धि देशको उत्पादन, वितरण र सेवामा जनताप्रतिको उत्तरदायित्व सुनिश्चित गर्दै सुशासन, सामाजिक न्याय र मानवीय मूल्यमा आधारित समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता नेकपाको मूल दर्शन हो। ४. संविधानको रक्षा र अग्रगामी संशोधन वर्तमान संविधानका सकारात्मक पक्षहरूको सुदृढीकरण गर्दै, शासकीय स्वरूप, निर्वाचन प्रणाली र सङ्घीय संरचनालाई समयानुकूल सुधार गर्ने साहस नेकपाले देखाएको छ—विशेषगरी युवा पुस्ताको भावना समेटेर। ५. समावेशी लोकतन्त्रको सुनिश्चितता बहुलतायुक्त समाजअनुकूल राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माण गर्ने प्रतिबद्धता स्पष्ट छ। ६. मौलिक हकको व्यवहारिक कार्यान्वयन भोक, रोग, गरिबी, असमानता र वर्गीय विभेदबाट मुक्ति दिलाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षालाई व्यवहारमा लागू गर्ने कार्यक्रम नेकपाको प्राथमिकतामा छ। ७. सीमान्तीकृत समुदायको समानुपातिक सहभागिता महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई राज्यका सबै निकायमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने स्पष्ट नीति नेकपाको छ। ८. श्रमिक, किसान र उत्पीडित वर्गको अधिकार महिला, मजदूर, किसान, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायको अधिकार र अवसरमा समानता सुनिश्चित गर्दै सामाजिक न्याय स्थापना गर्ने प्रतिबद्धता नेकपाले दोहोर्‍याएको छ। ९. सार्वभौमिकता र राष्ट्रिय एकता देशको भूअखण्डता र सार्वभौमिकताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार—तीनै मोर्चाबाट सङ्घर्षरत रहने अठोट नेकपाको छ। १०. धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव धार्मिक स्वतन्त्रता, बहुसांस्कृतिक सम्मान र सामाजिक सद्भावलाई सुदृढ गर्दै विभेद र उत्पीडनको अन्त्य गर्ने स्पष्ट संकल्प नेकपाले अघि सारेको छ। परिवर्तनको भरोसायोग्य शक्ति नेपाली कम्युनिस्ट पार्टी केवल राजनीतिक दल होइन—यो परिवर्तनको आन्दोलन हो। यसले विगतका संघर्ष, वर्तमानका चुनौती र भविष्यका सम्भावनालाई जोडेर समृद्ध, न्यायपूर्ण र समावेशी नेपाल निर्माण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया होइन—यो देशको दिशा तय गर्ने ऐतिहासिक अवसर हो। त्यसैले, व्यवस्था बदल्ने शक्ति अब देश बदल्ने संकल्पका साथ-नेकपा नै किन होइन ?

कृषि लगानी दशक घोषणा गर्दै देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने नेकपाको योजना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि नेकपाले ल्याएको प्रतिबद्धता पत्रमार्फत् कृषि क्षेत्रलाई्र मुख्य प्राथमिकतामा पारेको हो ।  नेकपाले देशलाई अत्यावश्यक खाद्यान्नमा आत्मनिर्भर बनाई ग्रामीण अर्थतन्त्रको विकास र व्यापक रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्यसहित पार्टीले कृषि क्षेत्रमा आमूल सुधारका महत्वाकांक्षी योजना अघि सारेको छ । ‘सिँचाइ, बीउ, मल, मूल्य र बजार कृषि क्षेत्र विकासको मूल आधार’ भन्ने नारालाई अघि सार्दै आगामी दशकलाई “कृषि लगानी दशक” घोषणा गर्ने प्रतिवद्धता नकेपाले जनाइएको छ । किसान परिचयपत्र र पेन्सनको व्यवस्था नेकपाको नेतृत्वमा सरकार बनेको एक वर्षभित्र एकीकृत कृषि ऐन र किसान अधिकार ऐन लागु गर्ने प्रतिवद्धता सो दलले जनाएको छ । उत्पादन र स्वामित्वका आधारमा किसानको वर्गीकरण गरी एक वर्षभित्रै सबै किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिने बताइएको छ । सोही परिचयपत्रका आधारमा मात्र वास्तविक किसानलाई अनुदान, ऋण, सेवा, सुविधा र सामाजिक सुरक्षा प्रदान गरिने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।  साथै, योगदानमा आधारित किसान पेन्सन तथा सम्मान कार्यक्रम ल्याउने र साना, गरिब, भूमिहीन दलित तथा सुकुम्बासी किसानको स्वास्थ्य र कृषि बीमाको प्रिमियम राज्यले नै बेहोर्ने पार्टीको योजना रहेको छ । नेकपाले आगामी २ वर्षभित्र धान, गहुँ, मकै, तरकारी, फलफूल, उखु, दूध, मासु र मत्स्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ । किसानको उत्पादन सुनिश्चित गर्न उत्पादन सुरु हुनुअघि नै ‘अग्रिम खरिद सम्झौता’ गरिने र उत्पादित वस्तुको बजार मूल्य किसान आफैँले तोक्न पाउने व्यवस्था मिलाइने नेकपाले जनाएको छ ।  गाँजा खेतीको अध्ययन हरेक वर्ष किसानले भोग्दै आएको मल अभावलाई सम्बोधन गर्न नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययन गर्ने र प्राङ्गारिक मल उत्पादनलाई जोड दिने पार्टीको नीति छ । नेकपाका संयोजक प्रचण्ड प्रधानमन्त्री भएको बेला नेपालमा रासायनिक मलको कारखाना खोल्ने भनि अध्ययन भएको छ । नेकपाको नेतृत्वमा सरकार बनेपछि त्यसलाई तत्कालै निरन्तरता दिने भनेको छ ।  यसैगरी, औषधीय प्रयोजनका लागि गाँजाको नियन्त्रित उत्पादन गर्न सम्भाव्यता अध्ययन गरी कानुनी व्यवस्था मिलाइने पनि नेकपाले प्रतिवद्धता जनाएको छ । जनस्वास्थ्य र जैविक सुरक्षालाई ध्यानमा राख्दै ‘जीएमओ’ बाली प्रयोगमा भने पूर्ण प्रतिबन्ध लगाइनेछ । आगामी ५ वर्षभित्र ८० प्रतिशत सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य पार्टीले राखेको छ । पहाडमा लिफ्ट सिँचाइ र तराईमा पम्प सिँचाइलाई प्रवद्र्धन गर्दै किसान परिवारलाई ५० प्रतिशत र सहकारीलाई ६० प्रतिशत विद्युत महसुल अनुदान दिइनेछ । सातै प्रदेशमा कृषि औद्योगिक पार्क, शीतभण्डार (कोल्ड स्टोर) र बहुस्तरीय कृषि थोकबजार निर्माण गरिनेछ । तराईमा सुगन्धित धान, प्याज र मासु उत्पादनलाई प्राथमिकता दिइनेछ भने पहाड र हिमाली क्षेत्रका लागि भेडा, च्याङ्ग्रा, स्याउ र जडीबुटी खेती लक्षित “हिमाल समृद्धि कार्यक्रम” सञ्चालन गरिनेछ ।  जग्गा बाँझो राख्न नपाइने भूमि सुधारलाई उत्पादनसँग जोड्ने नीति लिएको नेकपाले कृषि भूमिको गैर–कृषि उपयोग गर्न र जग्गा बाँझो राख्न पूर्ण रूपमा निषेध गर्ने कडा नीति अघि सारेको छ । नेकपाको नेतृत्वमा सरकार हुँदा पनि बाँझो जमिन राख्न नपाउने गरी नीति अघि सारेको थियो । चाकलाबन्दी खेती गर्ने, भूमी बैंक बनाउने जस्ता अवधारणा पनि अघि सारेको थियो ।  खेती भइरहेको गुठी जग्गा जोताहा किसानको नाममा रैतानीमा परिणत गर्ने र भूमिहीनलाई कृषि ऋण बिना धितो उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । कृषि र कृषिमा आधारित उद्योगमा सामूहिक तथा सहकारी मोडेल अपनाएर आगामी ५ वर्षमा १५ लाख मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी चुनावमा होमिएको छ ।

यस्ता छन् नेकपा डडेल्धुराका उम्मेदवार मान सिंह मालका मुख्य प्रतिबद्धता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका डडेल्धुराका उम्मेदवार मान सिंह मालले शिक्षा, स्वास्थ्य, जलाधार तथा भूसंरक्षण, पूर्वाधार विकास, कृषि तथा पशुपालन, वन तथा पर्यटन प्रवद्र्धन, उद्योग, सञ्चार, सिँचाई र युवा तथा खेलकुलको एजेन्डालाई प्राथमिकता दिएका छन् । यि एजेन्डा बोकेर घरदैलो गरिरहेका मालको पक्षमा जनलहर बढ्दै गइरहेको छ । डडेल्धुराको विकासका लागि उनले बुँदागत रुपमा आफ्नो योजना प्रष्ट पारेका हुन् । स्थानीय आवश्यकता र जनचाहाना अनुसारको एजेन्डा बोकेसँगै डडेल्धुरामा यसपटक नेकपाको झण्डा फहराउने अवस्था बनेको छ । डढेल्धुरालाई प्राविधिक शिक्षाको हब बनाइने उम्मेदवार मालले डडेल्धुरा बहुमुखी क्याम्पसलाई सुदुरपश्चिमको शैक्षिक हव  र  त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढामा स्नातकोत्तर तह  र प्राविधिक धार संञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीहरूलाई निशुल्क रूपमा पढ्ने व्यवस्था मिलाउने, ५ वर्ष भित्र प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्राविधिक कलेजको स्थापना गरी डडेल्धुरालाई प्राविधिक शिक्षाको हव बनाउने उनको प्रतिबद्धता छ । ट्रमा सेन्टर र सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पहल गरिने उनले डडेल्धुरा अस्पताललाई सुविधासम्पन्न विशेषज्ञ सेवा केन्द्र बनाउँदै अविलम्ब एम.बि.बि.एस. कक्षा संञ्चालन गर्न पहल गर्ने उल्लेख गरेका छन् । पालिका स्तरीय अस्पतालको पूर्वाधार निर्माण तथा जनसक्ति व्यवस्थापनका लागि पहल गर्ने, सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्था गर्न पहल पर्ने र जोगबुडा अस्पताललाई  विशेषज्ञ सेवा विस्तार संगै भित्रि मधेश क्षेत्रमा सर्पदंश उपचार केन्द्र  स्थापनाका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, प्रत्येक ३÷३ महिनामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गर्ने बताइएको छ । जोखिमपूर्ण बस्ती एक वर्षभित्र स्थान्तरण गरिने  मालले बाढी र पहिरो प्रभावित क्षेत्रको जोखिम नक्सांकन र दीर्घकालीन नियन्त्रण योजना निर्माण गरी जोखिमपूर्ण वस्ती १ वर्ष भित्र स्थान्तरणका लागि पहल गर्ने बताएका छन् । महाभारत घनघश्य चुरे लगायत उच्च पहाडी भुभागमा पानिको मुहान रिचार्जको कार्यक्रमका लागि पहल गर्ने उल्लेख गरिएको छ भने तटबन्ध, ग्याबियन जाली र नदी नियन्त्रण संरचना निर्माण गरी डडेल्धुरा जिल्लाका ठुला नदीहरू महाकाली, रङ्गुन, पन्तुरा,सादनी, रडुव खोला, डोटी खोला, चामागाडमा  तटबन्ध निर्माणका लागि पहल गर्ने उनको उद्घोष छ । महाकाली नदीमा मोटरेवल पक्की पुल तथा छोटी भन्सार नाका निर्माण,मुख्य नदीहरूमा पक्की पुल निर्माण र १ वर्ष भित्र डडेल्धुरा जिल्लालाई पूर्ण विद्युतीकरण र व्यवस्थीत विद्युत लाईन विस्तार गर्न पहल गर्ने उल्लेख गरिएको छ । दैजी जोगबुढा चिर्किट्टे घटालथान, बगरकोट रूपाल, घुम्ति चिर्किट्टे, उग्रतारा मेलौली र पोखरा बेलापुर, भत्काडा रेल सडकलाई धार्मिक पर्यटकीय सडकको रूपमा विकास गर्दै तत्काल स्तरोन्नती र कालोपत्रेका लागि पहल गर्ने लगायतका कुरामा उनको प्रतिबद्धता छ । मान सिंह मालले २०५५ सालमा विद्यार्थी संगठनमार्फत् आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । तत्कालिन नेकपा(माओवादी केन्द्र)को जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका उनी सशक्त उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उनको उम्मेदवारीले डडेल्धुरामा नेकपाको विजय सम्मुखमा पुगेको छ ।

गोरखा–१ को समग्र विकासमा हरिराज अधिकारीको स्पष्ट दृष्टि: रणनीतिक कार्यक्रमसहित जनतामाझ

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराज अधिकारी (कुमार) ले जिल्लाको समग्र र दिगो विकासलाई केन्द्रमा राखेर स्पष्ट रणनीतिक कार्यक्रमसहित चुनावी अभियान तीव्र बनाएका छन्। उनले भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, सामाजिक न्याय र समावेशी सहभागितालाई समेट्ने बहुआयामिक योजना सार्वजनिक गर्दै गोरखालाई समृद्ध र व्यवस्थित जिल्लाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुढीगण्डकी आयोजना र पूर्वाधार विकासमा जोड अधिकारीले राष्ट्रिय गौरवको बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। आयोजना शीघ्र सम्पन्न गर्न संघीय तहमा सशक्त पहल गर्ने, डुबान प्रभावित नागरिकको न्यायोचित पुनर्वास र व्यवस्थापन सुनिश्चित गर्ने तथा स्थानीयलाई प्रत्यक्ष लाभको हिस्सेदार बनाउने उनले बताएका छन्। यससँगै बेनीघाट–सिउरेनिटार–आरुघाट–माछिखोला हुँदै लार्के (रुइला नाका) सम्मको सडक स्तरोन्नति तथा सम्पन्नता, सिउरेनीटार–बुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वी राजमार्ग को वैकल्पिक राजमार्ग निर्माण गर्ने योजना उनले अघि सारेका छन्। दुर्गम बस्तीलाई मुख्य व्यापारिक केन्द्रसँग जोड्ने रणनीतिले स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको विश्वास छ। साथै, बुढीगण्डकी करिडोरमा २२० केभी ट्रान्समिसन लाइन निर्माण, जडिबुटीको सम्भाव्यता अध्ययनसहित उत्पादन–संरक्षण–प्रशोधन उद्योग स्थापना र सीमावर्ती व्यापार प्रवर्द्धनलाई पनि उनले प्राथमिकतामा राखेका छन्। पर्यटन प्रवर्द्धन र गोरखाको पहिचान विस्तार गोरखालाई पर्यटन हबका रूपमा विकास गर्ने स्पष्ट योजनासहित अधिकारी चुनावी मैदानमा उत्रिएका छन्। गोरखा दरबार र मनकामना मन्दिर लाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसले अन्तर्राष्ट्रिय स्तरमा गोरखाको पहिचान विस्तार हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ। मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई गोरखा सदरमुकामबाट अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना उनले सार्वजनिक गरेका छन्। गोरखा बजारको व्यवस्थित विकासका लागि बृहत् गुरुयोजना तयार गरी पार्किङ, ढल निकास, खुला क्षेत्र संरक्षण र सहर व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइने उनले बताएका छन्। सामाजिक न्याय र समावेशीतामा प्रतिबद्धता अधिकारीले विकासको लाभ सबै समुदायसम्म पुर्‍याउने लक्ष्य लिएका छन्। चेपाङ, बराम, कुमाल, दराई, माझी, मुस्लिम, भोटे–लामा लगायत सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न संरक्षित क्षेत्र निर्माणमा पहल गर्ने उनले बताएका छन्। जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने तथा राज्यका सबै निकायमा युवाको निश्चित प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्ने नीति निर्माणमा पहल गर्ने उनको योजना छ। उत्तरी गोरखालाई संवैधानिक व्यवस्था अनुरूप स्वायत्त वा विशेष क्षेत्र घोषणा गर्न सशक्त पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। नेपाल–तिब्बत जोड्ने दुई नाकालाई नियमित सञ्चालनमा ल्याएर सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउने उनको योजना रहेको छ। समग्रमा, हरिराज अधिकारीले गोरखा–१ को विकासका लागि स्पष्ट रोडम्यापसहित जनतामाझ आफूलाई प्रस्तुत गरेका छन्। ऊर्जा, पूर्वाधार, पर्यटन, सामाजिक समावेशीकरण र युवासशक्तीकरणलाई केन्द्रमा राखेको उनको कार्यक्रमले गोरखाको दीर्घकालीन समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ। जनताको विश्वास र समर्थन पाए यी योजनालाई व्यवहारमा उतार्ने उनको दृढ अठोट छ।

यस्ता छन् नेकपाका ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकीका प्रतिबद्धता

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङका उम्मेदवार खेलप्रसाद बुढाथोकी (पराग) बलियो दाबेदारका रूपमा उदाएका छन्। लामो राजनीतिक अनुभव, स्वच्छ राजनितिक छवि र स्थानीय जनतासँगको निरन्तर सम्बन्धका कारण उनलाई यस क्षेत्रका मतदाताले भरोसायोग्य र काम गर्ने नेताका रूपमा लिएका छन्।  ताप्लेजुङ जिल्लामा जन्मिएर यहीँको सामाजिक र राजनीतिक परिवेशमा हुर्किएका बुढाथोकी शालीन, ईमानदार र जनमुखी व्यक्तित्वका रूपमा परिचित छन्  । पार्टीभित्र “पराग” नामले चिनिने उनी विगतमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सक्रिय रहँदै आन्दोलन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपाको केन्द्रीय सदस्य हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट उम्मेदवार बन्नुभएका बुढाथोकीले २१,७३५ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा योगेश भट्टराई ले २१,९४३ मत ल्याई २०८ मतको झिनो अन्तरले विजयी भएका थिए । उक्त परिणामले बुढाथोकीको बलियो जनाधार र लोकप्रियता स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ। झिनो मतान्तरको हारलाई यसपटक जितमा बदल्ने दृढ संकल्पसहित उनी  पुनः चुनावी मैदानमा उत्रिएका छन् । २०८२ को निर्वाचनमा नेकपाको ‘तारा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरेका बुढाथोकीका मुख्य एजेन्डा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण तथा समावेशी विकास रहेका छन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय पूर्वाधार विकास  आदिवासी जनजातिको हक अधिकार संरक्षण जस्ता मुध्दाहरुलाई प्राथमिकतामा राखेका छन् । ताप्लेजुङमा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरू चुनावी मैदानमा भएपनि बुढाथोकीको स्वच्छ छवि, विगतको अनुभव, झिनो हारबाट प्राप्त ऊर्जा र स्थानीयस्तरको सुदृढ संगठनका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको राजनीतिक वृत्तमा चर्चा छ। स्थानीय मतदाताहरूका अनुसार बुढाथोकी विकासप्रेमी, इमानदार र प्रतिवद्ध नेता हुन्, जसले व्यक्तिगत लाभभन्दा जनताको हितलाई प्राथमिकता दिन्छन्। लामो समयदेखि सामाजिक न्याय, समावेशी विकास र सीमान्तकृत समुदायको अधिकारका पक्षमा आवाज उठाउँदै आएका उनलाई यस क्षेत्रको साझा आवाजका रूपमा पनि हेरिएको छ। ताप्लेजुङमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि खेलप्रसाद बुढाथोकीको सशक्त उपस्थिति, जनसमर्थन र स्पष्ट एजेन्डाका कारण उनी विजयी हुने उच्च सम्भावना रहेको आकलन गरिएको छ। उनको सम्भावित जितले ताप्लेजुङमा सुशासन, विकास र सामाजिक न्यायको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

नीतिगत सुधार, सुशासन र समृद्ध सिन्धुली मेरो प्राथमिकता:  डेकेन्द्रप्रसाद सुवेदी

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी सिन्धुली–१ का उम्मेद्वार कानुनव्यवसायी डेकेन्द्रप्रसाद सुवेदीले आफ्नो उम्मेदवारी नीतिगत सुधार, सुशासन र दिगो विकासका लागि रहेको बताएका छन्। सुवेदीले पार्टीको लामो राजनीतिक संघर्ष, नेतृत्व अनुभव र समाजवादप्रतिको प्रतिबद्धता नै मुख्य आधार भएको भन्दै “देशको समृद्धि र समाजवाद स्थापनाका लागि हाम्रो पार्टीले निरन्तर भूमिका खेलेको छ। जनतामा हाम्रो पार्टीप्रति विश्वास बढ्दो छ,” उनले भने। गाउँ–गाउँमा पुग्दा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको सुवेदीको भनाई छ । उनले कानूनी तथा नीतिगत सुधारलाई पहिलो एजेन्डा बनाउने बताए। “म लामो समयदेखि कानूनी क्षेत्रमा काम गरिरहेको छु। जनताले भोगिरहेका प्रशासनिक जटिलता, भ्रष्टाचारजन्य प्रवृत्ति र सेवाग्राहीका समस्या समाधान गर्न नीतिगत हस्तक्षेप आवश्यक छ,” उनले स्पष्ट पारे। उनका अनुसार सिन्धुली–१ क्षेत्रमा सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधारका समस्या अझै विद्यमान छन्। ती समस्याको समाधानका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्ने उनको योजना छ। सिन्धुलीसँग जोडिएका  तराई भेगमा नदी कटानका कारण जनधनको क्षति भइरहेको उल्लेख गर्दै सुवेदीले स्थायी तटबन्ध निर्माणका लागि केन्द्र सरकार र सरोकारबालाहरुसँग सम्वन्वय र पहल गर्ने बताए । “खोलानाला र नदीजन्य कटानबाट जनताको भौतिक सम्पत्ति जोगाउन दीर्घकालीन समाधान आवश्यक छ,” उनले भने। सिन्धुली जुनार उत्पादनका लागि प्रसिद्ध जिल्ला मानिन्छ। यस सन्दर्भमा उनले पहाडी क्षेत्रमा उत्पादित जुनार तथा तराई क्षेत्रमा उत्पादन हुने ड्रागन फ्रुट र आँपजस्ता कृुषिजन्य उपजको  चिस्यान केन्द्र स्थापना गर्न बजारीकरणको प्रपञ्च मिलाउनु यस क्षेत्रको आम्दानीमा सहयोग पुुग्ने उनको धारणा छ । “बजार व्यवस्थापन र प्रशोधन प्रणाली सुधार भए किसानले बेसिजनमा पनि राम्रो आम्दानी गर्न सक्छन्,” यस्ता क्षेत्रको हितमा आफ्नो ध्यानाकर्षण हुने उनले बताए। त्यस्तै, पहाडबाट तराईसम्म कृषि उपजको सहज बजारीकरण र पशुजन्य र दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधनमार्फत किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ। युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। “यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ। अस्पताल, प्राविधिक शिक्षा र कृषि क्षेत्रमा सुधार अपरिहार्य छ,” उनले भने। सुवेदीले पपुलिज्मभन्दा माथि उठेर सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। किसान, मजदूर, दलित, मधेसी र मुस्लिम समुदायको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं दृढ रहेको उनको दाबी छ। “समृद्ध सिन्धुली निर्माणका लागि मेरो उम्मेदवारी हो। जनताको मतले यो अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु,” सुवेदीले भने। २०२६ माघ २६ गते साविक टाडी–६, धनसरी हाल दुधौली नगरपालिका ११ सिन्धुलीमा जन्मिएका सुवेदी पेशाले कानून व्यवसायीका रूपमा परिचित छन् । उनले समाजशास्त्र तथा मानवशास्त्रमा एम ए  र वाणिज्य कानूनमा एलएलएम गरेका  छन्। लामो समयदेखि वाम राजनीतिमा सक्रिय उनी विद्यार्थी राजनीति हुँदै विभिन्न पार्टी कमिटी तथा पेशागत संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। २०५१ सालदेखि कानुन व्यवसायमा आबद्ध सुवेदीले उच्च अदालत पाटन बार एसोसिएसनको कार्यसमिति सदस्य र नेपाल बार एसोसिएसनको कार्यकारी परिषद् तथा विभिन्न समितिहरूमा रहेर काम गरेका छन् ।  सुवेदीको राजनीतिक यात्रा सुवेदीको राजनीतिक यात्रा भने २०४२ सालदेखि अनेरास्ववियु (पाँचौं) बाट सुरु भएको हो । २०४५ सालदेखि तत्कालीन नेकपा (माले) सँग आबद्ध भएका उनी २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेका थिए । उनले सिन्धुलीको स्थानीय न्यायिक समितिको सचिवदेखि नेकपा ९एमाले० को सिन्धुली(काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जनकपुर अञ्चल सम्पर्क कमिटीको सचिवसम्मको जिम्मेवारी सम्हालेका छन् । पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट कानुन व्यवसायी संगठन (एसपीएल) को केन्द्रीय अध्यक्ष र पार्टीको निर्वाचन आयोगको सदस्यसमेत रहे । हाल उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।