कार्यकर्ता भर्तिका लागि सरकारको नयाँ संरचना : अरबौँको कोषमा भर्तिकेन्द्र बनाउने षड्यन्त्र
काठमाडौँ । नेपाल सरकारले पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन गर्ने लक्ष्यसहित नयाँ विधेयक अघि बढाएको छ । 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१' प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा छलफलमा छ र यसलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी भइरहेको छ । विधेयकले 'वैकल्पिक वित्त कोष' नामक स्वायत्त संस्था स्थापना गर्ने प्रस्ताव गरेको छ, जसको अधिकृत पुँजी १ खर्ब र चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुने छ । सरकारको ५१ प्रतिशत सेयर रहने यो कोषले ऊर्जा, यातायात, सहरी विकास, खानेपानी लगायतका क्षेत्रमा लगानी गर्ने योजना छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परम्परागत स्रोत अपर्याप्त भएको भन्दै यो कोषले विकास आयोजनामा वैकल्पिक स्रोत जुटाउने र मुनाफा कमाउने दाबी गरेका छन् । कोषले १ अर्बभन्दा बढीका आयोजनामा मात्र लगानी गर्ने, ऋणपत्र जारी गर्ने र निजी तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने प्रावधान छ । अर्थसचिव घनश्याम उपाध्यायले यसलाई अन्य संस्थाभन्दा फरक संरचना भएको बताएका छन्, जसमा अर्थसचिव अध्यक्ष रहने र प्रमुख कार्यकारी अधिकृत कार्यकारी भूमिकामा हुने व्यवस्था छ ।
तर, विज्ञ र सांसदहरूले यो विधेयकको औचित्यमाथि प्रश्न उठाएका छन् । विगतमा स्थापित हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) जस्ता संस्थाले अपेक्षित नतिजा दिन नसकेको उदाहरण दिँदै उनीहरूले राज्यलाई थप आर्थिक भार बढाउने आशंका व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सैद्धान्तिक रूपमा राम्रो भए पनि भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका कारण असफल हुने जोखिम रहेको बताए । सांसद मेटमणि चौधरी र विराजभक्त श्रेष्ठले यो कोष राजनीतिक भर्ती केन्द्र बन्ने र विकासको नाममा स्रोत दुरुपयोग हुने खतरा औँल्याएका छन् ।
एचआईडीसीएलले जलविद्युत् लगानीभन्दा बैंक निक्षेपमा मात्र ध्यान दिएको र निफ्राले पनि वाणिज्य बैंक जस्तै काम गरेको इतिहासलाई सम्झाउँदै उनीहरूले विधेयकमा संशोधन मागेका छन् । सरकारले भने यो कोषले पुँजीगत खर्च बढाउने र आर्थिक क्रान्ति ल्याउने विश्वास व्यक्त गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले सेयर लगानी गर्न सक्ने प्रावधान छ । तर, सार्वजनिक खरिद ऐनसँग जोडिएका चुनौती र विगतका असफलताले यसको सफलतामाथि शंका कायमै छ । यस्ता संस्था थप्नु राज्यको बोझ बढाउने मात्र हो कि विकासको वास्तविक माध्यम बन्ने, समयले बताउनेछ ।
सरकारले सुशासनको सट्टा भ्रष्टाचार र अनियमितता भित्र्यायो : अनन्त
शुसासनको प्रत्याभूति दिनुपर्नेमा वर्तमान सरकारले जनतामा थप निराशामात्रै ल्याएको बताउँदै उनले भने, राहदानीको टेण्डरमा पनि दुई दलले भागबण्डा गरेको कुरा आएको छ । यो चरम विकृत्ति हो । दुई ठूला दलले गरेको यो भ्रष्टाचारको छानविन आवश्यक छ ।
के थियो प्रचण्ड सरकारले २ अर्ब विनियोजन गरेको त्रिभुज परियोजना, जसमाथि प्रतिशोध साँध्यो ओली सरकारले ?
नेपालको परनिर्भर आर्थिक विकासको मोडेललाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ लैजान यो परियोजना अघि सारिएको थियो । आर्थिक विकासको नयाँ चरणमा देशलाई नलगी उत्पादन र रोजगारीमा वृद्धि नहुने निश्कर्षसहित प्रचण्ड सरकारले अन्य कैयन आयोजनाका साथै यो परियोजनालाई पनि विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । यो नेपालको समावेशी र क्षेत्रीय सन्तुलित विकासको खोजीमा एक महत्वपूर्ण प्रयासका रूपमा गण्डकी आर्थिक त्रिभुज परियोजना थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’**ले २०८१ जेठ १५ मा संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त परियोजनाका लागि रु २ अर्ब बजेट विनियोजन भएको घोषणा गरेका थिए । भरतपुर, पोखरा र बुटवललाई तीन कोणमा राखी औद्योगिक इकोसिस्टम निर्माण गर्ने यो परियोजना नेपालको आर्थिक इतिहासमा दीर्घकालीन सोचमा आधारित नमुना योजना मानिएको थियो। परियोजनाको स्वरूप र उद्देश्य गण्डकी आर्थिक त्रिभुज परियोजनाको मूल उद्देश्य भनेको सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा औद्योगिक पुनरुत्थान, गुणस्तरीय रोजगारी सृजना, र क्षेत्रीय आर्थिक केन्द्रहरूको स्थापना गर्नु थियो। योजना अनुसार: नारायणगढ–बुटवल खण्ड: निर्माण सामग्री र हेभी उद्योगको केन्द्र मुग्लिन–पोखरा खण्ड: कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र पोखरा–बुटवल खण्ड: उपभोग्य वस्तु, लत्ताकपडा, जुत्ता, विद्युतीय उपकरण लगायतका उद्योगको केन्द्र साथै, परियोजनाले भरतपुरमा विशेषीकृत स्वास्थ्य सेवा, जलयात्रा र पर्यापर्यटन, पोखरामा साहसिक पर्यटन र अनुसन्धानमूलक उच्च शिक्षा, र बुटवल–भैरहवामा धार्मिक पर्यटन, सूचना प्रविधि तथा डाटा सेन्टर विकास गर्ने परिकल्पना गरेको थियो। प्रारम्भिक उत्साह र समर्थन यो योजना घोषणा भएपछि निजी क्षेत्र, प्रदेश सरकार र विकास चासो राख्ने वर्गहरूबाट सकारात्मक प्रतिक्रिया आएको थियो। पूर्वसचिव रामेश्वर खनालका अनुसार, "यदि गम्भीरतापूर्वक कार्यान्वयन गरियो भने यसले निजी लगानीको आकर्षण बढाउने थियो।" योजना केवल एक पूर्वाधार कार्यक्रम नभई समावेशी औद्योगिक रणनीतिका रूपमा हेरिएको थियो, जसले केन्द्रिकृत राजधानी-निर्भर अर्थतन्त्रलाई बहुकेन्द्रित विकासमा रुपान्तरण गर्ने सम्भावना राख्थ्यो। राजनीतिक परिवर्तन र परियोजनाको निष्क्रियता तर, राजनीतिक स्थायीत्वको अभावले योजनालाई ठोस मार्गमा अगाडि बढ्न दिएन। प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएसँगै ओली नेतृत्वको सरकार सत्तामा आएपछि यो महत्वाकांक्षी परियोजनालाई प्राथमिकता दिइएन। आर्थिक वर्ष २०८२/८३ को बजेटमा गण्डकी आर्थिक त्रिभुज परियोजना समावेश गरिएन। फागुन २८, २०८१ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि बजेट समीक्षामार्फत परियोजना पूर्ण रूपमा बजेटबाट हटाए। सरकारले औपचारिक रूपमा यसका पछाडि योजना अपरिपक्व, अवधारणापत्रको अभाव, कार्यविधिको अस्पष्टता र तत्काल कार्यान्वयन असम्भव भएको तर्क दियो। तर यसको महत्वका आधारमा थप अध्ययन गर्ने या अवधारणा अघि सार्ने प्रतिपक्ष दल तथा तत्कालिन अर्थमन्त्री र योजना आयोगसँग परामर्श गर्न सरकारले चाहेन । सरकार पूर्वाग्रही भएर यसका लागि विनियोजित रु १ अर्ब ९५ करोड रकम समेत अन्य शीर्षकमा सारियो। यद्यपि संघीय तहमा परियोजना रोकिए पनि, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले संयुक्त रूपमा गण्डकी आर्थिक त्रिभुजलाई पुनः प्राथमिकतामा ल्याउने प्रतिबद्धता जनाएका छन्। प्रदेश तहबाट यस्तो चासोले देखाउँछ कि योजना केवल संघीय सपना नभई क्षेत्रीय विकास आकांक्षासँग पनि गाँसिएको छ। तर ओली सरकारले प्रतिशोधको साँध्न पुग्दा यो परियोजना तुहिन पुग्यो । गण्डकी आर्थिक त्रिभुज परियोजना नेपालमा दिगो, समावेशी र औद्योगिक विकासको आधारशिला राख्न सक्ने क्षमता बोकेको योजना थियो। तर, राजनीतिक अस्थिरता, नीति निरन्तरताको अभाव र कार्यान्वयन क्षमताको कमजोरीका कारण यो योजना अहिले निष्क्रिय अवस्थामा पुगेको छ। यथासमय निर्णय नभएर आर्थिक अवसर गुमाउने प्रवृत्तिले नेपालको विकास नीतिलाई गम्भीर चुनौती दिएको छ। यस्ता दीर्घकालीन रणनीतिहरूलाई सत्ताको परिवर्तनभन्दा माथि राख्ने, राष्ट्रिय सहमतिको परियोजनाको रूपमा अघि बढाउने आवश्यकता अब झनै देखिएको छ। यो केवल विकासको कुरा होइन—यो राष्ट्रको दीर्घकालीन सोच, नीति अनुशासन र प्रतिबद्धताको परीक्षण पनि हो।
मर्निङ वाक र स्थानीय परिकार ग्रहणसँगै समुदायसँग साक्षात्कार गर्दै प्रचण्ड
विराटनगर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोदेखि मोरङको जनभेटघाट अभियानमा रहनुभएको छ । उहाँ निरन्तर देशब्यापी जनघेटघाट अभियानमा रहनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरमा ‘मर्निङवाक’ गर्नुभएको छ । उहाँ देशब्यापीरुपमा विभिन्न जिल्लामा पुग्दा त्यहाँ मर्निङवाकमा सहभागी भएर जनघेटमा लाग्ने गर्नुभएको छ । सोही क्रममा उहाँले आज विराटनगरको देखि सम्म मर्निङ वाक गरेर स्थानीय राजवंशी समुदायको लोकप्रिय खाजा भक्का ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा आज भक्काको दैनिकी सुरु गरेको जानकारी दिंदै दिनभरिजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने बताउनुभएको छ । उहाँले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने, बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, भेटघाट गर्ने र १ बजे मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । स्मरणीय छ, अध्यक्ष प्रचण्डले गत भदौ २९ गते ग्रामथानको सभालाई सम्बोधन गरेर स्थानीय तह उपनिर्वाचनको प्रचार सुरु गर्नुभएको छ । यो पालिका अध्यक्ष यसपटक माओवादी केन्द्रले जितेको छ । यसअघि तेस्रो बनेको पालिकामा जीत हात पार्नुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा रहेको छ ।
माओवादी र एमाले बैठकबारे प्रचण्डको टिप्पणीः लोकतान्त्रिक अभ्यास र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै समयमा चलेका पार्टी र एमाले बैठकबारे तुलना गर्नुभएको छ । प्रस्तुत छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक समापनमा माओवादी केन्द्र र एमालेका एकै दिन सुरु भएर एकै दिन सकिएका दुई बैठकप्रति गर्नुभएको तुलनात्मक टिप्पणीः बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् । म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ । एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो । यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ । यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ । एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।
यी हुन् एनपीएलमा दुई छोरालाई विजेता र उपविजेता बनाउने आमाबुवा
वीरगञ्ज । वीरगञ्ज (पर्सा), पुस ७ गते । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो । बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।” शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।” सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।” सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो । शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो । बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।” आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ । नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो । आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो । विश्वकप जितेको हेर्ने बुबाको धोको मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ । आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”
डिग्रे मेलामा एक लाखले गरे दर्शन
रुकुमपश्चिम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा यो वर्ष एकादशी देखि शुक्रबारसम्म १ लाख हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ । डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
काठमाडौं । काठमाडौँ, कात्तिक १३ गते । यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गरिनेछ । उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादनमा केही कमी छ । तर मखमली नपुग भएमा सयपत्री, र सयपत्री नपुग भएमा मखली र गोदावरी फूलबाट त्यसलाई पूर्ति गरिने अवस्था छ । त्यही कारण यसपाली फूलको मूल्य केही महँगो पर्ने देखिन्छ ।” असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन । हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । सयपत्री मालाको ८० रुपियाँ एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो । यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो । अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ । मखमली मालाको ४५ रुपियाँ यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार निर्यात हुने अवस्थामा छ । गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ । गोदावरी मालाको एक हजार गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ । मिक्स माला तीन सय ५० रुपियाँ यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।
एउटै नदीमा पाँच जलविद्युत् आयोजना
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन्। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ। “८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भने, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ।” राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताए। गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उनले जानकारी दिए। तुदी पावरका दुई आयोजना अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ। १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो। चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताए। प्रसारण लाइनको पर्खाइमा ठूलोखोला संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताए। २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ। राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्। प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन्। मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ। आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए। एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो। दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए। अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन्। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्।
चीनको एआई बूममा नयाँ अनुप्रयोगहरूको लहर
हेफेई । "मलाई तिर्खा लागेको छ," एक आगन्तुकले पूर्वी चीनको अनहुई प्रान्तको हेफेईमा आयोजित सातौं वर्ल्ड भ्वाइस एक्स्पोमा १.७ मिटर अग्लो र ६५ किलो तौलको एक विशाल मानवाकार रोबोटलाई भन्यो। बिना कुनै हिचकिचाहट, कालो मानवाकार रोबोटले डेस्कमा रहेका दुई अन्य वस्तुहरू मध्ये कफीको बोतललाई पहिचान गर्यो र आगन्तुकलाई हस्तान्तरण गर्यो। "ठूलो भाषा मोडेलद्वारा संचालित, हाम्रो दोस्रो-पीढीको मानवाकार रोबोट अझ स्मार्ट छ र कफी खन्याउने जस्ता संवेदनशील कार्यहरू गर्न सक्षम छ," कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी आईफ्लाइटेकका प्रमुख रोबोटिक्स वैज्ञानिक जी चाओले भने। आईफ्लाइटेकको सुपरब्रेन रोबोटिक प्लेटफर्मले कम्पनीको ठूलो भाषा मोडेल खुला गरेर देशभर ४५० रोबोटिक्स उद्यमहरू र १५,००० विकासकर्ताहरूलाई सशक्त बनाएको छ, जीले बताए। बिहीबारदेखि आइतबारसम्म सञ्चालनमा रहेको सातौं वर्ल्ड भ्वाइस एक्स्पोमा मानवाकार रोबोटहरू, मानव-मेसिन अन्तरक्रिया प्रणालीहरू र अपग्रेड गरिएका ठूलो भाषा मोडेलसहित २०० भन्दा बढी एआई उत्पादनहरू प्रदर्शित छन्। यस कार्यक्रमले एआईले विकास गरेको उल्लेखनीय गतिको झलक दिन्छ र विभिन्न परिस्थितिहरूमा यसको प्रयोगको बढ्दो प्रचलनलाई देखाउँछ। हाङ्झाउस्थित रोबोटिक्स स्टार्टअप युनिट्रीले आफ्नो स्टार मानवाकार रोबोट, युनिट्री एच१, जसले प्रति सेकेन्ड ३.३ मिटरको गति लिन सक्छ, प्रदर्शित गर्यो। "हामीले यस्ता १०० भन्दा बढी रोबोटहरू बेचिसकेका छौं, प्रत्येकको मूल्य $९०,००० छ, जसले मानवाकार रोबोटहरूको पूर्ण व्यापारिकीकरणको लागि ठूलो बजारको झलक दिन्छ," युनिट्रीका प्राविधिक सेवाका प्रमुख ली जुनले भने। चीनमा, एआई नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको विकासको लागि एक महत्वपूर्ण इन्जिन बन्दैछ। यस वर्षको सरकारी कार्य प्रतिवेदनमा, चीनले डिजिटल अर्थतन्त्रको विस्तारलाई अघि बढाउन र उत्पादन क्षेत्रको रूपान्तरण तथा आधुनिकीकरणको नेतृत्व गर्न एआई प्लस पहल घोषणा गर्यो। एक्स्पोमा नयाँ ऊर्जा सवारी साधन (एनईभी) हरूका लागि एक स्वचालित भ्वाइस-इन्टरएक्शन परीक्षण प्रणाली प्रस्तुत गरियो र व्यापक रुचि प्राप्त गर्यो। एनईभी भित्र, एक रोबोटले मानव यात्री जस्तै सवारी साधनसँग अन्तरक्रिया गर्दछ। यसैबीच, एक बाह्य प्लेटफर्मले वास्तविक-समयमा अन्तरक्रियाको सटीकता, स्थिरता र समयतालाई ट्र्याक गर्दछ र देखाउँछ। यसले सबै संकलित डाटालाई स्वचालित रूपमा विस्तृत प्रतिवेदनमा संकलन गर्दछ। "भ्वाइस अन्तरक्रिया एनईभीको बौद्धिक ककपिटको मुख्य कार्य हो। पहिले, यसले अनुसन्धान तथा विकास अवधिमा साता दिनसम्मको मानव परीक्षण आवश्यक पर्दथ्यो," राष्ट्रिय बुद्धिमान भ्वाइस इन्नोवेसन सेन्टरका महाप्रबन्धक वू जियाङझाओले भने। "यस ऑटो-टेस्ट प्रणालीसँग, परीक्षण समय मात्र दुईदेखि तीन दिनसम्म छोट्याउन सकिन्छ, जसले अटोमोबाइल उद्योगमा बौद्धिक उन्नयनलाई ठूलो समर्थन पुर्याउँछ।" "एआईले अटोमोबाइल उद्योगलाई पुनःआकार दिन्छ," चिनियाँ कार निर्माता चेरीका अध्यक्ष यिन टोंग्युएले भने। बोल्ने सवारी साधनहरू विकास गर्नेदेखि विदेशी बजारका लागि विदेशी भाषाहरूमा कुरा गर्न सक्ने कारहरू सम्म र अब मानवीकृत बौद्धिक ककपिट प्रणालीसम्म, चेरी एआई बूमलाई आत्मसात गर्दैछ, यिनले भने। स्मार्ट फ्रिजदेखि एआई चस्मा र स्मार्ट कपसम्मको दैनिक आवश्यकताका वस्तुहरू अब एआईको ठूलो भाषा मोडेलहरूसँग एकीकृत छन्, जसले प्रयोगकर्ताहरूलाई रोमाञ्चक नयाँ अनुभवहरू प्रदान गर्दछ। अनहुईस्थित उच्च-प्रविधि कम्पनी मि-माउसले एक्स्पोमा आफ्नो सबैभन्दा धेरै बिक्ने स्मार्ट माउससँगै नयाँ विकसित स्मार्ट किबोर्ड पनि प्रदर्शन गर्यो, जसलाई ठूलो भाषा मोडेलद्वारा संचालित गरिएको छ। धेरै ठूलो भाषा मोडेलहरूसँग एकीकृत गरिएको यस किबोर्डले केही कुञ्जीहरूको थिचाइमा लेखहरू सिर्जना गर्न, पावरपोइन्ट प्रस्तुति बनाउन, चित्रहरू कोर्न र अनुवाद गर्न सहजै सक्छ। "स्मार्ट किबोर्ड र माउसले कार्यालय कामदारहरूको लागि दोहोरिने कार्यहरू कम गर्न मद्दत गर्न सक्छ," मि-माउसका महाप्रबन्धक फेंग हाइहोंगले भने, थप्दै कि उनीहरूले एक महिनाभन्दा कम समयमै करिब १०,००० स्मार्ट माउसहरू बिक्री गरे। एआई बूमको कारणले, चीनमा अहिले ४,५०० भन्दा बढी एआई कम्पनीहरू रहेका छन्। यसको मुख्य एआई उद्योगले २०२३ मा ५७८ अर्ब युआन ($८१.३ अर्ब) को आकारमा पुग्यो, जुन वार्षिक रूपमा १३.९ प्रतिशतले वृद्धि भएको छ, आधिकारिक तथ्यांक अनुसार। भविष्यमा, एआईले औद्योगिक र प्रतिस्पर्धात्मक ढाँचा तथा वैज्ञानिक अनुसन्धानलाई रूपान्तरण गर्नेछ, सबै पेशा र व्यवसायहरूमा परिवर्तन ल्याउनेछ, र सबैभन्दा महत्वपूर्ण रूपमा, जनताको राम्रो जीवनको आकांक्षालाई पूरा गर्नेछ, आईफ्लाइटेकका अध्यक्ष लिउ छिङफेङले एक्स्पोमा भने। स्रोतः चाइला डेली
असोजमा मात्रै पुगे सगरमाथा क्षेत्रमा झण्डै ९ हजार पर्यटक
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व संकलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीसँग एक सय, सार्क मुलुककासँग एक हजार पाँच सय र अन्य मुलुकका नागरिकसँग तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा ३२ लाख ३६ हजार छ सय ९६ रुपैयाँ राजस्व संकलन भएको कर्मचारी श्रेष्ठले बताए । 'यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको संख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख संकलनमा हामी व्यस्त छौँ,' श्रेष्ठले भने । सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौं र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकोप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौंबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । १५ फागुनदेखि १५ जेठसम्म र असोज, कात्तिक, मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।
मस्क भर्सेज अम्बानीः भारतको स्याटेलाइट इन्टरनेटमा अर्बपतिहरूको प्रतिस्पर्धा
सौतिक बिस्वास विश्वका दुई धनी व्यक्तिहरू, एलन मस्क र मुकेश अम्बानीबीचको प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारमा तीव्र हुँदैछ, किनभने उनीहरू सामना गर्न तयार छन्। पछिल्लो हप्तामा भारतको सरकारले स्याटेलाइट स्पेक्ट्रम ब्रोडब्यान्डका लागि लिलामीमार्फत नभई प्रशासनिक रूपमा प्रदान गरिने घोषणा गरेपछि यो प्रतिस्पर्धा अझ तातियो। मस्कले पहिले नै अम्बानीले समर्थन गरेको लिलामी मोडलको आलोचना गरेका थिए। स्याटेलाइट ब्रोडब्यान्डले स्याटेलाइटको कवरेज भित्र जुनसुकै ठाउँमा इन्टरनेट पहुँच प्रदान गर्छ। यसले ग्रामीण वा दुर्गम क्षेत्रहरूमा, जहाँ परम्परागत सेवाहरू जस्तै डिएसएल - जसले डेटा प्रसारण गर्न टेलिफोन लाइन प्रयोग गर्छ - वा केबल उपलब्ध छैन, भरपर्दो विकल्प प्रदान गर्छ। यसले डिजिटल विभाजनलाई पनि कम गर्न मद्दत गर्छ। भारतको दूरसञ्चार नियामकले अझै स्पेक्ट्रम मूल्य निर्धारण घोषणा गरेको छैन, र व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवाहरू सुरु हुन बाँकी छ। तर, क्रेडिट रेटिङ एजेन्सी ICRA का अनुसार, भारतमा सन् २०२५ सम्म स्याटेलाइट इन्टरनेट ग्राहकहरूको संख्या दुई मिलियन पुग्ने अनुमान गरिएको छ। यो बजार प्रतिस्पर्धात्मक छ, जहाँ करिब आधा दर्जन प्रमुख खेलाडीहरू छन्, जसमा अम्बानीको रिलायन्स जियो अग्रस्थानमा छ। दूरसञ्चार क्षेत्रमा हावी हुन अरबौं लगानी गरेका जियोले अब लक्जमबर्गमा आधारित अग्रणी स्याटेलाइट अपरेटर एसईएस एस्ट्रासँग साझेदारी गरेको छ। मस्कको स्टारलिंकले छिटो सेवाका लागि पृथ्वीको सतहदेखि १६० देखि १००० किमीको दूरीमा अवस्थित निम्न-पृथ्वी कक्ष (LEO) स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले उच्च कक्षमा रहेको मध्यम-पृथ्वी कक्ष (MEO) स्याटेलाइटहरू चलाउँछ, जसले कम लागतमा प्रणाली प्रदान गर्छ। स्थलमा रहेको रिसिभरले स्याटेलाइट सिग्नललाई इन्टरनेट डेटामा रूपान्तरण गर्छ। मस्कको स्टारलिंकसँग कक्षमा ६,४१९ स्याटेलाइटहरू छन् र १०० देशहरूमा चार मिलियन ग्राहकहरू छन्। उनले २०२१ देखि भारतमा सेवा सुरू गर्ने लक्ष्य राखेका छन्, तर नियामक अवरोधहरूले ढिलाइ गरेको छ। उनको कम्पनी यसपटक भारत प्रवेश गरेमा, प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने धेरैले बताउँछन्। यसले उनको सरकारको व्यवसाय-समर्थक छविलाई पनि सुधार गर्न मद्दत गर्नेछ, जसले अम्बानी जस्ता शीर्ष भारतीय व्यवसायीहरूको पक्षमा सरकारको नीति रहेको आरोपलाई खण्डन गर्नेछ। भारतको सरकारले अघिल्लो पटक लिलामीहरूबाट ठूलो लाभ उठाए तापनि यस पटक स्याटेलाइट स्पेक्ट्रमलाई प्रशासनिक रूपमा वितरण गर्ने निर्णयको बचाउ गर्दै, यसले अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने दाबी गरेको छ। "स्याटेलाइट स्पेक्ट्रम सामान्यतया लिलामीमार्फत वितरण गरिँदैन, किनकि यसमा लाग्ने खर्चले व्यवसायमा लगानी वा आर्थिक तर्कलाई असर गर्न सक्छ," काउन्टरप्वाइन्ट रिसर्चका प्रविधि विश्लेषक गेरेथ ओवेनले भने। "प्रशासनिक वितरणले योग्य खेलाडीहरूबीच स्पेक्ट्रमलाई निष्पक्ष रूपमा वितरण गराउनेछ, जसले स्टारलिंकलाई प्रतिस्पर्धामा प्रवेश गर्ने मौका दिनेछ।" तर, अम्बानीको रिलायन्सले भने निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न लिलामी आवश्यक रहेको बताएको छ, किनकि भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू मानिसहरूलाई प्रत्यक्ष रूपमा कसरी उपलब्ध गराउने भन्ने बारेमा स्पष्ट कानूनी प्रावधानहरू छैनन्। अक्टोबरको सुरुमा बीबीसीले देखेका पत्रहरूमा रिलायन्सले दूरसञ्चार नियामकलाई बारम्बार "स्याटेलाइट-आधारित र स्थल-आधारित पहुँच सेवाहरू बीच समान प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्न" आग्रह गरेको थियो। कम्पनीले भनेको छ कि "स्याटेलाइट प्रविधिहरूमा हालै भएका प्रगतिले स्याटेलाइट र स्थल-आधारित नेटवर्कहरू बीचको भिन्नता धेरै हदसम्म हटाएको छ", र "स्याटेलाइट-आधारित सेवाहरू अब स्थल-आधारित नेटवर्कले नछोएका क्षेत्रहरूमा मात्र सीमित छैनन्।" एउटा पत्रमा भनिएको छ कि भारतको दूरसञ्चार कानूनअन्तर्गत स्पेक्ट्रम वितरण लिलामीमार्फत गरिन्छ, र प्रशासनिक वितरण केवल "सार्वजनिक हित, सरकारी कार्यहरू, वा लिलामी रोक्न प्राविधिक वा आर्थिक कारणहरू" भएको अवस्थामा मात्र अनुमति दिइन्छ।" X (पूर्व ट्विटर) मा, मस्कले भनेका छन् कि स्पेक्ट्रम "आईटियूले स्याटेलाइटहरूको लागि साझा स्पेक्ट्रमको रूपमा लामो समयदेखि तोकेको थियो।" अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU), जुन डिजिटल प्रविधिको लागि संयुक्त राष्ट्रसंघको एक संस्था हो,ले विश्वव्यापी नियमहरू बनाउँछ, र भारत यसको सदस्य तथा हस्ताक्षरकर्ता हो। रॉयटर्सले मुकेश अम्बानीले सरकारलाई आफ्नो स्थिति पुनर्विचार गर्न लबिङ गरिरहेको खबर प्रकाशित गरेपछि, मस्कले X मा एक पोस्टको जवाफमा भने, "म [अम्बानी] लाई कल गरेर सोध्नेछु कि भारतका जनतालाई इन्टरनेट सेवा उपलब्ध गराउन स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिनु धेरै समस्या हुने हो कि।" अम्बानीको प्रशासनिक मूल्य निर्धारणको विरोध रणनीतिक फाइदाबाट उत्पन्न हुन सक्छ, ओवेनले संकेत गरे। "उद्योगपति लिलामीमा मस्कलाई माथ गर्न तयार हुन सक्छन्", जसले लिलामीको प्रयोग गरी सम्भवतः स्टारलिंकलाई भारतीय बजारबाट बाहिर राख्न सक्छ, उनले भने। तर, लिलामी मार्गको समर्थन गर्ने एक्ला व्यक्ति अम्बानी मात्र होइनन्। भारती एयरटेलका अध्यक्ष सुनील मित्तलले भनेका छन् कि शहरी, उच्चस्तरीय ग्राहकहरूलाई सेवा दिन चाहने कम्पनीहरूले "अरूले जस्तै दूरसञ्चार लाइसेन्स लिन र स्पेक्ट्रम किन्नु पर्छ।" भारतका दोस्रो ठूलो वायरलेस अपरेटर मित्तल, अम्बानीसँगै, देशको दूरसञ्चार बजारको ८०% नियन्त्रण गर्छन्। "यस प्रकारको प्रतिरोध भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको लागि लागत बढाउन गरिएको एक रक्षात्मक कदम हो, जसलाई दीर्घकालीन खतरा रूपमा हेरिएको छ," टेलिकम विशेषज्ञ महेश उप्पल भन्छन्। “यद्यपि तत्काल प्रतिस्पर्धा छैन, स्याटेलाइट प्रविधिहरू छिटो विकास हुँदैछन्। भारतमा रहेका ठूलो स्थलाधारित व्यवसाय भएका दूरसञ्चार कम्पनीहरूले स्याटेलाइटहरूले छिट्टै प्रतिस्पर्धात्मक हुन सक्ने र आफ्नो प्रभुत्वलाई चुनौती दिन सक्ने डर राख्छन्।” स्पष्ट रूपमा, विशाल भारतीय बजारको वाचा दाउमा छ। परामर्श कम्पनी EY-Parthenon का अनुसार, भारतको १.४ अर्ब जनसंख्याको करिब ४०% जनतासँग अझै इन्टरनेट पहुँच छैन, जसमा ग्रामीण क्षेत्रहरूको संख्या सबैभन्दा बढी छ। सन्दर्भका लागि, चीनमा झण्डै १.०९ अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन्, जुन भारतका ७५१ मिलियनभन्दा लगभग ३४० मिलियन बढी हो, ग्लोबल अनलाइन ट्रेन्डहरू ट्र्याक गर्ने DataReportal का अनुसार। भारतको इन्टरनेट अपनाउने दर अझै विश्व औसत ६६.२% भन्दा पछि छ, तर पछिल्ला अध्ययनहरूले देखाउँछन् कि देशले यस अन्तरलाई कम गर्दैछ। यदि उचित मूल्य निर्धारण गरियो भने, स्याटेलाइट ब्रोडब्यान्डले यस अन्तरलाई केही हदसम्म कम गर्न मद्दत गर्न सक्छ, र इन्टरनेट-अफ-थिंग्स (IoT) मा पनि सहयोग पुर्याउन सक्छ, जसले दैनिक जीवनका वस्तुहरूलाई इन्टरनेटसँग जोडेर एक-अर्कासँग कुरा गर्न सक्षम बनाउँछ। भारतमा मूल्य निर्धारण महत्त्वपूर्ण हुनेछ, जहाँ मोबाइल डेटा विश्वमै सबैभन्दा सस्तो छ - मोदीका अनुसार प्रति गिगाबाइट मात्र १२ सेन्ट। "भारतीय अपरेटरहरूसँग मूल्य प्रतिस्पर्धा अनिवार्य छ। मस्कसँग प्रशस्त आर्थिक स्रोत छ। कुनै कारण छैन कि उनले घरेलु बजारमा आफ्नो ठाउँ जमाउनका लागि [केही] ठाउँहरूमा एक वर्षको निःशुल्क सेवा प्रस्ताव गर्न सक्दैनन्," प्रविधि विश्लेषक प्रसान्तो के रोय भन्छन्। स्टारलिंकले पहिले नै केन्या र दक्षिण अफ्रिकामा मूल्य घटाइसकेको छ। तर यो सजिलो नहुन पनि सक्छ। २०२३ को रिपोर्टमा EY-Parthenon ले उल्लेख गरेको छ कि स्टारलिंकको उच्च लागत - जसले भारतका ठूला ब्रोडब्यान्ड प्रदायकहरूको लागतभन्दा झण्डै १० गुणा बढी छ -ले सरकारी सब्सिडी बिना प्रतिस्पर्धा गर्न कठिन बनाउन सक्छ। ग्लोबल कवरेज दिनको लागि स्टारलिंकले चलाउने LEO स्याटेलाइटहरू MEO स्याटेलाइटहरूको तुलनामा धेरै चाहिन्छ, जसले प्रक्षेपण र मर्मतको लागत बढाउँछ। र, भारतीय अपरेटरहरूको केही डर आधारहीन हुन सक्छ। "कुनै पनि व्यवसायले स्याटेलाइटमा पूर्ण रूपमा स्विच गर्नेछैन जबसम्म स्थल-आधारित विकल्प हुँदैन। स्थल-आधारित नेटवर्कहरू स्याटेलाइटभन्दा सधैं सस्तो हुनेछ, विरल जनसंख्या भएका क्षेत्रबाहेक," ओवेन भन्छन्। मस्कले पहिला प्रवेश गर्ने फाइदा पाउन सक्छन्, तर "स्याटेलाइट बजारहरू कुख्यात रूपमा ढिलो विकास हुन्छन्।" इन्टरनेटको ठाउँको लागि विश्वका दुई धनी व्यक्तिहरूबीचको प्रतिस्पर्धा साँच्चै सुरु भइसकेको छ। बिबिसी विश्व सेवाको अनुवादित स्रोतः https://www.bbc.com/news/articles/ce3z3ydwdppo
पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् । परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी रु पाँच सयका दरले रु दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप रु तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ । नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन्। “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उनले भनिन्, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।” जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्याङ्कानुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् । नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी रु दुई सय ७० देखि रु तीन सय सम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए । जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् ।
एआई कला: सिर्जनशीलताको अन्त्य वा नयाँ आन्दोलनको सुरुवात?
क्लाउडिया बक्सटर ग्रामीण अक्सफोर्डशायरको एक शाही घरको बैठक कोठामा, म डुङ्गरी लगाएकी एक कलाकारलाई विस्तारै र सावधानीपूर्वक कागजमा कलम राख्दै हेरिरहेको छु। उनको हात क्यानभासमा चलिरहेको छ, र ती चिह्नहरू बिस्तारै जोडिएर उनको अमूर्त आत्म-चित्रमा परिणत हुँदैछन्। यो सृजनात्मक अभिव्यक्तिको एउटा क्षण जस्तो देखिन्छ। तर यो साधारण कलाकार होइनन् – उनी संसारकै पहिलो ह्युमनॉइड रोबोट कलाकार, एआई-डा हुन्। उनको अस्तित्वले नै कलालाई कसरी परिभाषित गरिन्छ भन्ने प्रश्न खडा गर्छ, र को, वा यस अवस्थामा, के, कलाको सिर्जना गर्न सक्छ? के एआई एल्गोरिदमहरू र एआई-डा जस्ता रोबोटहरूले मानव सृजनात्मकता र कलात्मकताको अन्त्यको संकेत गर्नेछन्, वा तिनीहरूलाई हाम्रो आफ्नै सृजनात्मक सम्भावनालाई वृद्धि गर्न harness गर्न सकिन्छ? परिवर्तनशील कला जब मार्सेल डुचाम्पले २०औं शताब्दीको सुरुमा न्यूयोर्कमा एउटा पोर्सिलिन युरिनललाई कला मान्न प्रस्ताव गरे र प्रदर्शनीमा पेश गरे, उनले कलाको संसारलाई नै उल्टाइदिए। उनले तर्क गरे कि कलाकारले रोजेको र त्यसलाई कला भनी चिन्हित गरेको कुनै पनि वस्तु कला हुन सक्छ। यो एक गहिरो क्रान्तिकारी सोच थियो जसले सुन्दर, प्राविधिक रूपमा निपुण र भावनात्मक कला हुनु पर्छ भन्ने अघिल्लो मान्यतालाई चुनौती दियो। त्यस्तैगरी, एआईद्वारा सिर्जित कलाहरूले पनि कला जगतका स्वीकृत मान्यताहरूलाई चुनौती दिइरहेका छन्। नर्थईस्टर्न युनिभर्सिटी लन्डनकी दार्शनिक एलिस हेलिवेल भन्छिन्, यदि हामी डुचाम्पको युरिनल र ट्रेसी इमिनको ओछ्यानलाई साँचो कला मान्न सक्छौं भने, जनरेटिभ एल्गोरिदमद्वारा सिर्जित केहि कुरालाई किन अस्वीकार गर्न सकिन्छ? किनभने दुवै समयमै विवादास्पद थिए र यी वस्तुहरू प्राविधिक रूपमा "कलाकारको" हातबाट सिर्जित भएका थिएनन्। "इतिहासमा, हामीले कलाको परिभाषालाई बुझ्ने तरिका परिवर्तन भएको छ," हेलिवेल भन्छिन्। "युरिनल कला हुन सक्छ भनेर बुझ्न गाह्रो छ, तर जनरेटिभ एल्गोरिदमले बनाएको कला हुन सक्दैन।" इतिहासभरि, हरेक क्रान्तिकारी कलात्मक आन्दोलनले समयको सांस्कृतिक अवस्थाको गहिरो प्रतिबिम्ब गरेको छ, जस्तै टर्नरका औद्योगिक भूदृश्यहरू र दा भिन्सीको विज्ञान र गणितप्रतिको लगाव। एआई पनि फरक छैन। एआई-डाका सर्जकहरू, ग्यालरिस्ट ऐडन मेलर र अनुसन्धानकर्ता लुसी सिलले यसलाई एआई-डा जस्ता ह्युमनॉइड कलाकारको अस्तित्वको लागि एक महत्वपूर्ण कारणको रूपमा उद्धृत गर्छन्। कलाकार को हो? अक्सफोर्डशायरमा एआई-डा बस्ने ठाउँमा घुम्दै गर्दा, मैले उनको अहिलेसम्मको कलाको व्यापकता बुझ्न पाएँ। उनको आँखा बन्द गरिएको डरलाग्दो मूर्तिहरू, अनुहारमा चढाइएको चिचिंरी भुसुना, कम्प्युटर वैज्ञानिक एलन ट्युरिङको आंशिक र पारदर्शी चित्रणहरू, र ग्लास्टनबरीको मुख्य कलाकारहरूको पप-आर्टबाट प्रेरित रंगीन चित्रहरू देख्न पाइयो। डाल-ई र मिडजर्नी जस्ता धेरै पाठ-देखि-तस्बिर जेनरेटरहरूले पत्रिकाका कभर पेजहरू बनाउन र प्रतिष्ठित कला प्रतियोगिता जित्न सक्ने क्षमता राख्छन्, तर एआई-डाको कलात्मक प्रक्रिया केवल उनी प्रशिक्षित गरिएको डेटामा निर्भर गर्दैन। (मेसिन लर्निङको यस सरल मार्गनिर्देशनमा एआई प्रशिक्षणको बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।) एआई-डा पनि उनका आँखामा भएका क्यामेराको प्रयोग गर्छिन्, जसले उनका एल्गोरिदममा नयाँ तस्बिरहरू पठाउँछ, जसले गर्दा मानवद्वारा सिर्जित डेटासेटहरूबाट टाढा रहेका नयाँ र अद्वितीय कार्यहरू सिर्जना हुन्छन्। यसरी नै उनले आत्म-चित्र बनाउन सक्षम छिन्। के यसले उनलाई आफ्नै अधिकारमा सृजनात्मक बनाउँछ? र के हामी उनलाई सिर्जनशीलताको श्रेय दिन सक्छौं, वा यो उन कलाकारहरूमा छ, जसका कामहरूमा उनी प्रशिक्षित भएकी छिन्, र उनका एल्गोरिदमका सर्जकहरूमा छ, जसले अन्ततः उनको कोड लेखेका छन्? संयुक्त अधिराज्यको ससेक्स विश्वविद्यालयकी संज्ञानात्मक विज्ञानकी शोधकर्ता मार्गरेट बोडेनले आजसम्मको सृजनात्मकताको सबैभन्दा व्यापक रूपमा स्वीकृत परिभाषा विकास गरेकी छन्। उनको विचारमा, सृजनात्मकता भनेको नयाँ, मूल्यवान, र आश्चर्यजनक विचारहरू उत्पन्न गर्ने क्षमता हो। यो परिभाषाको प्रयोग गरेर, एआई-डा जस्ता मेसिनहरूद्वारा उत्पादन गरिएका कामहरू सृजनात्मक मान्न सकिन्छ, भन्छन् उनका सर्जकहरू। एउटा एल्गोरिदम वा रोबोटलाई आफ्नै अधिकारमा सृजनात्मक संस्था, मानवजस्तै 'कलाकार' मान्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा अझै बहस भइरहेको छ, र यसमा आंशिक रूपमा यो सिर्जनाको श्रेयसँग सम्बन्धित छ। सिर्जनाको श्रेय र डेटाको स्वामित्वले कृत्रिम बुद्धिमत्ता सम्बन्धी कथा-परकतालाई सताएको छ। कलाकारहरू होली हेर्नडन र म्याट ड्राईहर्स्ट, जसले हालै लन्डनको सर्पेन्टाइन ग्यालरीमा एआईको युगमा सहयोगात्मक कलाको अन्वेषण गर्ने प्रदर्शनी आयोजना गरे, एआईमा डेटाको दुरुपयोग र सिर्जनाको श्रेयको मुद्दालाई चुनौती दिन चाहन्छन्। तिनीहरूले 'स्पोनिंग एआई' को स्थापना गरे, जसले मानव सर्जकहरूलाई आफ्नो काम प्रयोग गर्न रोक्न र एआईद्वारा सिर्जित कार्यहरूमा उनीहरूको काम पहिले नै प्रयोग गरिएको छ कि छैन भन्ने पत्ता लगाउन सशक्त बनाउने उपकरणहरूको सेट हो। कृत्रिम बुद्धिमत्ताद्वारा उत्पादन गरिएका कामहरूमा आफ्नो कामको नक्कल हुनसक्ने भएकाले प्लेजरिजम (नक्कल) धेरै कलाकारहरूका लागि वैध चिन्ता हो। तर केही कलाकारहरू एआईलाई आफ्नो सिर्जनात्मकताको नयाँ माध्यमको रूपमा हेर्छन् – एउटा ताजा माध्यम जसलाई उनीहरूले ब्रश वा प्यालेट चक्कुको जस्तै प्रयोग गर्न सक्छन्। केही कलाकारहरू, जस्तै सोगवेन चुंग, अब आफ्ना कार्यहरूमा मात्र एल्गोरिदमहरू प्रशिक्षण गरिरहेका छन् ताकि उनीहरूको सिर्जनात्मक सीमा बढाउन सकून्। यस मुद्दाको अर्को तर्क पनि छ। जनरेटिभ एआई एल्गोरिदमहरूलाई प्रशिक्षण गर्न प्रयोग गरिने मेसिन-लर्निङ प्रक्रियाहरू आफैँमा सृजनात्मक प्रक्रिया हुन सक्छन्। "डेटालाई कोडमा – जस्तै, अवस्थित कलाहरूमा – प्रस्तुत गर्दा, यो सिक्न, उत्परिवर्तित गर्न र विकसित गर्न सक्षम हुन्छ," डु सउटोइले भन्छन्। "यसले सिकाइ प्रक्रियाको अन्त्यसम्म कोड मूलतः मानिसले लेखेको कोडभन्दा धेरै फरक हुने सम्भावना दिन्छ। यसले कोडले केही त्यस्तो उत्पादन गर्ने सम्भावना दिन्छ जुन मानिसको होइन, कोडकै सृजनात्मकताको रूपमा परिभाषित गर्न योग्य हुन्छ।" "यो पिकासो उनको आमाबाबुको डीएनएबाट बनेको हो, तर उनको संसारप्रतिको सिकाइ र अनुभव नै उनको सृजनात्मकताको कारण थियो भन्ने जस्तै हो। तपाईले कहिल्यै यो श्रेय उनका अभिभावकलाई दिनुहुन्न, यद्यपि सबै कुरा उनीहरूको कोड वा डीएनएबाट सुरु भएको थियो।" सशक्त एल्गोरिदमहरू 'क्रियटिभ एडभरसिरियल नेटवर्क्स' (CANs) पनि अहिले अस्तित्वमा छन्, जसले प्रशिक्षण डेटामा भएका शैलीका विरुद्ध जान र आश्चर्यजनक परिणामहरू सिर्जना गर्नका लागि डिजाइन गरिएका छन्। "धेरै मेसिन लर्निङ एल्गोरिदमहरू 'ब्ल्याक बक्स' हुन्," हेलिवेल भन्छिन्। "हामीले आफैंले डिजाइन गरे पनि, प्रणालीभित्र के भइरहेको छ भनेर पूर्ण रूपमा थाहा छैन।" यो एआई दुनियाँभरको साझा र असहज समस्या हो। यदि हामीलाई पहिलो पटक एआई कसरी त्यो निष्कर्षमा पुगेको भन्ने थाहा छैन भने, हामी कसरी एआईबाट आएको निर्णय वा आउटपुटमा विश्वास गर्न सक्छौं? के कला विशेष मानव मात्र हो? साँचो कलात्मक मेसिनहरूको सम्भावनाले हामीलाई मानव बनाउने के हो भन्ने विषयमा लामो समयदेखि रहेको विश्वासलाई चुनौती दिइरहेको छ। कलालाई लामो समयदेखि मानवद्वारा निर्मित, अन्य मानिसहरूद्वारा सौन्दर्यपूर्ण रूपमा प्रशंसा गरिने उद्देश्यका साथ बनाइएको भनेर हेरिएको छ। कलाकृतिहरू आफैंमा तिनका सर्जकहरूको भावनाहरूसँग जोडिएका छन्। त्यसैले, गैर-मानव संस्थाहरूको सिर्जनालाई हामी यसै परिभाषामा कला मान्न सक्छौं? केहि विश्वास गर्छन् कि जनावरहरूले पनि पहिले नै कला उत्पादन गर्छन्। अनुसन्धानहरूले परेवाहरूले विभिन्न प्रकारका कलाहरू छुट्याउन सक्ने देखाएको छ। यो सबै उद्देश्यमा निर्भर गर्दछ, "मानव र मेसिनको सृजनात्मकतालाई केले वास्तवमै छुट्याउँछ भनेकै उद्देश्य हो," डु सउटोइ भन्छन्। "कुनै मेसिनलाई सृजनात्मक रूपमा आफैंलाई व्यक्त गर्न प्रेरित गरिदिएको हुँदैन। यो मानवको उद्देश्यबाट प्रेरित हुन्छ।" के यसको अर्थ एआईले अहिलेसम्म साँचो कलाको सिर्जना गर्न पूर्ण रूपमा सक्षम छैन? आखिर, कम्प्युटर एल्गोरिदमहरूमा कुनै वास्तविक संसारको अनुभव छैन, र एआई-डा जस्ता रोबोटहरू, जसले आत्म-चित्रण गर्न सक्छन्, वास्तवमा आत्म-चेतना राख्दैनन्। यो प्रश्न अझै विवादको विषय बनेको छ। हेलिवेलका लागि, उद्देश्यको अभावले अनिवार्य रूपमा एआईद्वारा सिर्जित कार्यहरूलाई कला मान्नबाट रोक्नुपर्दैन। र सायद कुरा यहीँ आइपुग्छ। एउटा भनाइ अनुसार, कला दर्शकको आँखामा हुन्छ। उदाहरणका लागि, हामी मानवले प्राकृतिक संसारमा देखिने कलात्मकतालाई पहिचान गर्छौं र प्रशंसा गर्छौं – माकुराको जालको जटिलता, मयूरको सुन्दर प्वाँख। हामी प्रायः चराहरूको बोलावटलाई संगीतको रूपमा र केही जनावरहरूको प्रणय प्रदर्शनलाई नृत्यको रूपमा हेर्छौं। यस्ता धेरै उदाहरणहरू छन्, जहाँ जनावरहरूले सिर्जनात्मक व्यवहार देखाउँछन्, जसलाई हामी कलात्मक भन्न सक्छौं। उदाहरणका लागि, बावर बर्ड र पफरफिसले मानव कलाकारले प्रयोग गर्ने जस्तै परिप्रेक्ष्य, सन्तुलन र रंगसँग खेल्छन्। र, यद्यपि यी जनावरहरूले आफ्नो कला प्रस्तुत गर्ने उद्देश्यले यी कामहरू सिर्जना नगरेका हुन्, तिनका कार्यहरू संगीनी आकर्षित गर्न वा प्रतिस्पर्धीलाई भगाउन चाहिने सन्देशका रूपमा त्यति नै उद्देश्यपूर्ण छन्। कला वा कलाकारलाई परिभाषित गर्न हामी जे गरौँ, एआई एल्गोरिदम र एआई-डा जस्ता मेसिनहरूले कलाको संसारमा प्रभाव पारिरहेको कुरा स्पष्ट छ। तिनका कलाहरू विश्वभरका स्थापित कला संस्थाहरूमा परम्परागत कलाहरूका साथ प्रदर्शन भइरहेका छन्। अर्को वर्ष लस एन्जल्समा विश्वकै पहिलो एआई कला ग्यालरी खुल्दैछ, जसले "नैतिक एआई" लाई स्थायी रूपमा प्रदर्शन गर्ने ठाउँ हुनेछ। लन्डनको सर्पेन्टाइन ग्यालरीमा सृजनात्मक एआई प्रमुख र कला प्रविधिकी क्युरेटर इभा जेगरले पनि एआई कलालाई जनसमक्ष ल्याउन मद्दत गरिरहेकी छन्। उनले प्रविधिको कलामा पार्ने प्रभावबारे आलोचनात्मक छलफललाई प्रोत्साहित गर्ने प्रदर्शनी कार्यक्रमहरू ल्याइरहेकी छन्। उनका लागि, एआई कलाको भविष्य द्वन्द्वात्मक छैन। परम्परागत कलाका रूपहरू जस्तै, एआई कलाका रूपहरू पनि निरन्तर विकास भइरहने छन्। उनले मानव र मेसिनको सहकार्यलाई वास्तविक सिर्जनात्मक सम्भावनाको ठाउँका रूपमा हेर्छिन्। उनी विश्वास गर्छिन् कि कलाकारको उद्देश्य र प्रविधि जस्तै एआईको प्रयोगमा आधारित मानव अभ्यास अन्तिम सौन्दर्यभन्दा बढी महत्त्वपूर्ण छन्। "मेरो लागि केहि साँच्चै रोचक जनरेटिभ तस्बिरहरू उत्पादन हुन्छन्, तर पछाडि रहेको अभ्यासबिना म तिनीहरूलाई मात्र अद्भुत तस्बिर भएकैले विश्वास गर्दिन," उनी भन्छिन्। "म पेन्टिङको हकमा पनि त्यही कुरा भन्थें। म प्रणालीहरूमा, विशेष गरी कामको पछाडि रहेका मानिसहरूमा धेरै चासो राख्छु। म जान्न चाहन्छु कि उनीहरूले प्रणालीलाई केका लागि प्रयोग गरिरहेका छन्, के उनीहरू अन्वेषण गर्दैछन्? केवल अन्तिम कृतिमा ध्यान दिनु गल्ती हो।" र, जब एआई कलाको प्रामाणिकता र विश्वसनीयताको मूल्याङ्कनको कुरा आउँछ, जुन एआई कला अनुशासनको सबैभन्दा विवादास्पद पक्षहरू मध्ये एक हो, डु सउटोइले एउटा ठोस तर्क गर्छन्। सबै कला यसअघि भएका कुराहरूको उत्पादन हो, र सिर्जनात्मकता केही नहुने ठाउँबाट आउँदैन – सबै कलाकारहरू, चाहे मानव हुन्, रोबोट वा एल्गोरिदम, अरूका कार्यहरूमा आधारित भएर निर्माण गर्छन्। "धेरै मानिसहरू सिर्जनात्मकताबारे यसरी कुरा गर्छन् कि यो कुनै अनौठो मानवीय प्रक्रिया हो, जसले जादुगरले केही नभएको ठाउँबाट केही सिर्जना गरेको जस्तो देखाउँछ," डु सउटोइ भन्छन्। "तर त्यो केवल हामीले हाम्रो आफ्नै सिर्जनात्मकतालाई नबुझेको हुनाले हो।" साभारः बिबिसी स्रोतः https://www.bbc.com/future/article/20241018-ai-art-the-end-of-creativity-or-a-new-movement
कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध
बाँके । बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए । तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरे । प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उनले उल्लेख गरे । प्रशासकीय अधिकृत गिरीले कोहलपुर नगरपालिकासहितका स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न अनुरोध गर्दै कोहलपुर बजारमा व्यापारीलाई समेत प्लाष्टिकका फूलगुच्छा तथा मालाको बेचबिखन गर्न रोक लगाइएको बताए। तिहारमा अधिकांशले यस क्षेत्रमा भारतबाट ल्याएका प्लाष्टिकका फूलका माला प्रयोग गर्ने गर्छन् । कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन भएकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोगगरी नेपालभर प्लाष्टिकजन्य उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने सरकारले निर्णय गरेको थियो । कैलालीको टीकापुर नगरपालिकाले पनि तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ । सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो । प्लाष्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएका र वातावरणका हिसाबले पनि उपयुक्त नहुने जनाउँदै प्लाष्टिकका माला निषेध गरेको हो । सूचनामा पालिकाभित्र प्लाष्टिकजन्य फूलका माला प्रयोगमा रोक लगाएकाले त्यसको प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए । नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी भने खुसी भएका छन् । कैलालीमा दर्जन बढी किसान पुष्प व्यवसायमा लागेका छन् । गत वर्ष कैलालीका बजार प्लाष्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका फूल बारीमै सडेका थिए । कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा पूmलका माला छरेका थिए । “गत वर्ष हामीले धेरै घाटा बेहोर्यौँ, तयार भएमा माला बिक्री भएनन्”, पुष्प व्यवसायी छत्र मल्लले भने, ‘‘पालिकाले निर्णय गरेको छ । कार्यान्वयन पनि गर्नुपर्छ । देशैभरि प्लाष्टिकका माला निषेध गरेमा पुष्प व्यवसायी मर्कामा पर्दैनन् ।’’ उपभोक्ता रविना विष्ट बजार प्लाष्टिकका मालाले ढाक्दा व्यवसायीलाई घाटा भइरहेको बताउनुहुन्छ । ‘‘मानिसले झिलीमिली देख्छन्, त्यही किन्छन्’’, उनी भन्छन्, ‘‘प्लाष्टिकका माला रोकेमा हरेक पसल अगाडि स्थानीय पूmलका माला झुण्ड्याएमा त्यही बिक्री हुन्छ ।’’ व्यापारी पनि स्थानीय फूलका माला खपत भएमा स्वदेशमै व्यापार र स्वदेशमै अर्थ रहने बताउँछन् । ब्यापारी रेश्मा धामी पनि प्लाष्टिकका माला निधेष गरेपछि खुसी हुनुभएको छ । ‘‘अब हामीलाई पनि सहज हुन्छ, स्थानीय उत्पादित पूmल बिक्री गर्न पाइन्छ’’, उनले भने, ‘‘स्थानीय सरकारले यस्तै काम गर्नुपर्छ । स्थानीय किसान पनि जोगिने, व्यापारमा पनि असर नपर्ने कार्य राम्रो हो ।’’
जापानी ‘ओके बाजे’लाई पाल्पामा सम्मान
पाल्पा । तीन दशकदेखि पाल्पाको पूर्वीभेगमा रहेर सामाजिक सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमीलाई रामपुर किसानबारीमा शनिबार सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिएको छ । पाल्पा, नवलपुर र नवलपरासीका विभिन्न शैक्षिक संस्था, स्थानीय तह, सामाजिक विकास संघसंस्था, क्लबलगायतले उनलाई र्यालीसहित रामपुर नगरक्षेत्रमा रथारोहण सहित परिक्रमा गराइएको थियो । काकिमीको बालबालिकासहितको पूर्ण कदको प्रतिमासमेत स्थापना गरिएको छ । मितेरी पार्कमा प्रतिमा राखिएको छ । पदयात्रीका रूपमा ३० वर्षअघि नेपाल आएका काकिमी सामाजिक सेवामार्फत पाल्पालीको उन्नतिका लागि निरन्तर सक्रिय छन् । काकिमीले गरिबी, अशिक्षा र पछौटेपन देखेर पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमाराबाट सामाजिक काम थालेका थिए । काकिमी त्यसताका नेपाली भाषा नबुझे पनि कुरा गर्दा ‘ओके ओके’ भन्ने गरेकाले स्थानीयले उनको उपनाम नै ‘ओके बाजे’ दिएका थिए । यहाँका २ सय ५० भन्दा बढी संघसंस्थाले उनको सम्मान गरेका हुन् । यातायातको सुविधा नपुगेको, ग्रामीण विकट बस्ती, हिँडेर जानुपर्ने स्थानमा पुगेर जनताको सेवा गर्ने गरेको आफूले पाएको अभिनन्दन समितिका संयोजक भीमविश्व भट्टराईले बताए । जापानका विभिन्न संस्थासँग सहयोग मागेर उनले यहाँ खर्चिंदै आएका छन् । जापानमा आफूले पाएको सम्मानको रकमबाट यहाँ अक्षयकोष खोलेका छन् । जसबाट दुर्गम, मगरबस्ती, खसभाषा नबुझ्ने गाउँका विद्यार्थी पढ्न सक्ने भएका छन् । उनले विद्यालय भवन निर्माण गर्नुका साथै विद्यालय जान नसक्नेलाई घरमै पढ्न बालकक्षा पनि सञ्चालन गरेका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बांकामलांग, ख्याहालगायतका स्थानमा झोलुंगे पुल निर्माणमा समेत सहयोग गरेका छन् । काकिमीले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि उपचार गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्याएका छन् । यातायात, कृषि, सिँचाइ, पुललगायतका विकास निर्माणका काम गरेका छन् । उनले ७ सय बढी शौचालय बनाउन पनि सहयोग गरेका छन् ।


एभरेष्ट डेस्क