रास्वपाले भन्यो- 'पदीय लेनदेन मिलाउन उपसभामुखलाई विवाद तान्ने कोशिस भयो'

काठमाडौँ । अमेरिकी दूतावासमा भिसाको अन्तर्वाताको लागि पत्र लेखेपछि विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ। आइतबार प्रवक्ता मनिषा झाले एक विज्ञप्ती जारी गर्दै अन्तर्वाताको मितिका लागि पत्र लेखिएको देखिएपनि भिसाा दिलाउन वा अन्य प्रयोजनमा कुनै आर्थिक लेनदेन नभएको जनाइएको छ।  

विज्ञप्तीमा पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ। 

विज्ञप्तीमा भनिएको छ ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’

यस्तो छ विज्ञप्ति 

काँग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा अविश्वास छ : महामन्त्री थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसएमालेबीच भएको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। विगतमा दलहरुबीच सहमति हुने तर कार्यान्वयन नहुने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले पनि हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा सहमति कार्यान्वयनको विषयमा अविश्वास रहेको बताएका हुन्। ४२ औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहमतिको एउटा बुँदामा स्थिरता दिने भनिए पनि ढुक्क हुने अवस्था चाहिँ नरहेको बताए। नेपालमा सरकारहरू धेरै बदलिएको प्रसङ्ग उल्लेख गर्दै उनले एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार र अर्को चरणमा काँग्रेस सभापतिको नेतृत्वमा सरकार बनाउने सहमति भएपनि त्यसअनुरूप सरकार बन्छ कि बन्दैनन् भन्ने विषयमा सबैको मनमा आशंका रहेको बताए। उनले भने, ‘मनमा सबैको आशंका छ, यहाँ भाषण एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ। सदनमा ताली ठोक्नेको मनमा पनि त्यही छ। किनकि एकले अर्कालाई यति पटक ढाँटिसकेको छ। उसले उसलाई छक्क्याएको छ, अहिले हस्ताक्षर गर्नेहरूको पनि सदनमा बसेर हेर्दा ढाटेको १५र१६ पटक पुग्ने रहेछ। त्यहाँ कसले कसलाई ढाटेको भनेरै झुक्किने रहेछ। यो स्थितिमा हामी मिलेको छौं। यो तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ।’ महामन्त्री थापाले एमालेसँग भएको समझदारी काँग्रेसको कारणले तलमाथि नहुने पनि प्रष्ट पारे। काँग्रेसले विगत देखि त्यस कुराको पुष्टि गर्दै आएको उनको भनाई थियो। ‘अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहीँ पनि तलमाथि हुँदैन,’ उनले भने, ‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहीँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं।’ सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको महामन्त्री थापाको टिप्पणी छ। उनले काँग्रेसएमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग पनि गरे। उनले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने जिकिर गरे। ‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ। ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’

ओलीमाथि उठेका गिरीबन्धुलगायतका मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन् । शनिवार काठमाडौंमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने, तर उनका विगतमा उठेका मुद्दाका विषयमा भने कांग्रेस मौन नबस्ने बताए ।  प्रधानमन्त्री ओली गिरीबन्धु चिया बगानको जग्गा अनियमिततालगायतका मुद्दामा मुछिएका छन् ।  महामन्त्री शर्माले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए । उनले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए ।  उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनले बेला(बेला अलि धङ्धङ्गीमा हुनुपर्छ वा बौद्धिकतामा हुनुपर्छ, वा आवेग, विचारमा हुनुपर्छ। के भनिदिनुहुन्छ भने कम्युनिष्ट आन्दोलनको निर्धारित कार्यभार पूरा भएको छैन । कार्यभार पूरा हुँदै गर्दा अमूर्त प्रकृतिको समाजवादको परिकल्पना बन्ने भन्दा नयाँ प्रकृतिको समाजवादको परिकल्पनामा जानुपर्छ भनेर डा. भट्टराईले भनेको सन्दर्भ यो पुस्तकमा रहेको छ । यो बेलामा नयाँ सरकार बनेको छ। नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भुमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुने छैन की कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका छौँ, त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन । उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन ।'  महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसद्‌मा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताए ।

सिंहदरबारमा खादा र मालाको लर्को छोडेर, उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौं । सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाइ थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरूसंग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे। ‘सिंहदरबार कामकाजी अड्डा हो । त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ । मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ,ु उनले भने, ुसम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ । जनता विपद्को सामना गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’  

घण्टी बजाउँदै र लौरो ठटाउँदै आए भनेर छेक्न दुई ठुला पार्टी मिले : रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव निर्वतमान गृहमन्त्री रबि लामिछानेले देशमा राम्रो गर्न भन्दा पनि राम्रो गर्नेहरु आउँछन् कि भन्ने डरले देशका दुई ठुला पार्टी एक ठाउँमा आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मौद्रिक नीति लक्षित नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । देशमा सुधारका काम गर्न धेरै रहेको बताउँदै उनले राम्रो गर्नेहरु आए भनेर छेक्न र घेराबन्दी गर्न लागिएको बताए । रास्वपाले नेतृत्व गरेका मन्त्रालयले गरेका राम्रा काम उल्टाउन थालिएको उनले बताए ।उनले देश कसरी र कस्ले चलाएको सिक्नका लागि आफुहरु सरकारमा सहभागी भएको बताए । ‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा खेरी गल्ती खानेबाहेक केही काम भएको रहेनछ । हामीलाई त केही सिक्नु थियो, केही गर्नु थियो, हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने जान्नका लागि सिंहदरबार कसरी चल्छै छ भन्नै हेर्नैपर्छ । त्यही हेर्न जति गाली खाएर भएपनि जसरी पनि सरकारमा जानु नै थियो ।’, लामिछानेले भने, ‘पहिलो पटक पर्याप्त थिएन । ३४ दिन म मन्त्री भएँ अरु साथीहरु २२/२४ दिन मन्त्री बन्नुभयो । अहिले जुन ४ महिनाको अवधि हामीले सरकारमा बस्यौँ । यो अवधिले अब चाहीँ हामीलाई धेरैकुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको सपथ खाएका छौँ । सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने राम्रो हिन्ट हामीले पाएका छौँ ।' त्यस्तै उनले आफूहरुले ४ महिना सरकार चलाएर देशलाई केही घाटा नलगाएको बरु ४ जना भष्ट्रहरुलाई रोक्यौँ कि भन्ने लागेको बताएका छन् । ‘हामीले यो समय लिएर अनुभव लिँदा राज्य घाटा लगाएका छैनौँ है ।’, उनले थपेका छन्, ‘...बरु ४ वटा मन्त्रालय लिएर ४ वटा भ्रष्टहरुलाई रोक्यौँ कि भन्ने लागेको छ हामीलाई ।’

देशको भविष्य उज्वल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन्। बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।  देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए। देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए। ‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ। देशको इतिहास प्रशंसा गर्न लायक छ।  गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्ने छ।’ उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए। इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ।

शिक्षासहित पाँचवटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौँ । संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन्। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेका हुन्। शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। यस्तै, उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यस्तै, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्‍न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुनेछ।

प्रधानमन्त्री भन्दा उपप्रधानमन्त्री सिंह एक कदम अगाडि, देशको शान्ति सुरक्षाबारे लिए जानकारी

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक कदम अगाडि देखिएका छन् ।प्रकाशमान सिंहले आज सिंहदरबारमा राज्यका तीन वटा सुरक्षा अंगसँग छलफल गरेका छन् ।  देशमा केही बाढिपहिरो र दुर्घटनाका कारण भएको जनधनको क्षतिबारे जानकारी समेत लिन नभ्याइ बधाई तथा शुभकामनामा प्रधानमन्त्री ओली व्यस्त भैरहेका बेला सत्ता साझेदार पहिलो दल नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर ओली नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका सिंहले प्रधानमन्त्री ओली भन्दा एक कदम अगाडि बढेर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।  उनले आज सिंहदरबारमा भएको छलफल पश्चात भनेका छन्-' सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक  र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएको छु।' प्रकाशमानले सत्ता साझेदार प्रमुख दलको सरकारको नेतृत्व कर्ताका हिसाबले बैठक बोलाएको बताएका भएपनि सहरी विकास मन्त्रालयको जिम्मेवारी समालेका प्रकाशमानले आफुसँग असम्बन्धित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठक बोलाएर छलफल गरी प्रधानमन्त्रीलाई चुनौती दिएको भन्दै नेकपा (एमाले) वृतबाट भने उनको आलोचना भएको छ ।

माओवादी बलियो प्रतिपक्षको रुपमा खरो उत्रन्छ : उपाध्यक्ष मैनाली

काठमाडौं । अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले माओवादी बलियो प्रतिपक्ष बनेर संसदमा खरो रुपमा उत्रन पर्ने बताएका छन्। राम्रो  काम गर्दा गर्दै सरकारबाट बहिरिन परे पनि त्यसमा गुनासो गर्नुको कुनै अर्थ नरहेको उनको भनाई छ। अखिल (क्रान्तिकारी)काठमाडौ ईन्जिनियरिङ कलेजको १३ ओैं इकाइ सम्मेलनलाई प्रमुख बक्ताका रुपमा बोल्दै मैनालीले यस्तो बताएका हुन्। केइसी कलेजका पूर्व बिध्यार्थी समेत रहेका मैनालीले क्रान्तिकारी साथीहरु प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न संभव छ भनिरहेका छन । माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको भन्दै  मैनालीले भने 'प्रचण्ड खुमलटारबाट बालुवाटार सर्दा दलाल मार्काका साथीहरुले रुवाबासी गरिरहनु भएको छ तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ ,भन्ने साथीहरु उत्साहित नै  हुनुहुन्छ।'  सरकारमा रहँदा  भ्रष्टाचार बिरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढल्नुले पनि माओवादीले प्रतिपक्षमा बसेर सुशासन पक्षधर जनसमुदायसँग मिलेर अभियान चलाए तेसैले विशाल पार्टी निर्माण गर्न सकिने  बिचार राखेको विद्यार्थी नेता रजिन रानाले जानकारी दिए । क्रान्तिकारीको काठमाडौँ इन्जिनियरिङ कलेज को १३औ इकाई सम्मेलनबाट मोहित  अमात्य को अध्यक्षतामा ४५ कमिटी सदस्यीय समति बनेको छ ।  

बरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि पनि ओली सरकारकै पालामा महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना  बडाल महान्यायाधिवक्ता थिए । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् । बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । उनी महान्यायाधिवक्ता नियुक्त हुनुअघि एमालेको कानून विभागका प्रमुख हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई एकजुट गराउन उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेका थिए । उनी दुई शीर्ष नेताको सहमति भएको दिन असार १७ गते मध्यरातमा पनि सँगै रहेको बताइएको छ ।  

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते)विश्वासको मत लिने भएका हुन्।  त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्ने र त्यसपछि उनले विश्वासको मत लिने बताइएको छ । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

फुटेर नजान बास्तोलालाई वैद्यको आग्रह

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीबाट अलग भएको घोषणा गरेका नेता धमेन्द्र बास्तोला समूहलाई पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी निर्णय पत्र फिर्ता लिन आग्रह गरेका छन् ।  पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै बास्तोलाले पार्टी कार्यालयमा पत्र पठाएपछि वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न आग्रह गरेका हुन् । बैद्यले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ । यसका साथै समग्र पार्टी पङ्क्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौँ ।’  २०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र विप्लवबाट अलग भएको नेकपा (बहुमत) बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरिएको थियो ।  गत असार ११ देखि १६ गतेसम्म बसेको दोस्रो पूर्ण बैठकमा बास्तोलाले राजनीतिक कार्यदिशाबारे आफ्नो असहमति राखेका थिए । बैठकले कात्तिक पहिलो हप्ता एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन्। भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन्। ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्‍यौँ। अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ।’

युवा-विद्यार्थीले खुमलटार पुगेर प्रचण्डलाई भने-“सुशासनको नायक हो तपाईं, तपाईप्रति गर्व छ"

काठमाडौं । नेकपा(माओवादी केन्द्र)निकट युवा विद्यार्थीले माओवादी केन्द्रका अध्यक्ष एंव निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट तथा अन्तरक्रिया गरेका छन् । बुधबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर युवा विद्यार्थीको एउटा टोलीले समसामयीक विषयमा छलफल गरेको हो। अध्यक्ष प्रचण्डसँगको भेटमा युवा विद्यार्थीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध सुशासनको लडाई लडेकाे बताए। उनीहरुले सरकारले र नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले खेलेको भुमिका गर्व गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए। “अध्यक्ष प्रचण्ड तपाई नेतृत्वको सरकार जनपक्षिय काम गर्दा गर्दै राम्रो गरेकै कारण ढलेको छ।तपाँई भ्रष्टाचारविरुद्ध सुशासनको लडाइ लडेर आउनुभएको छ।सुशासनको नायक हो तपाईं, तपाईप्रति गर्व छ" अध्यक्ष प्रचण्डसँग युवा विद्यार्थीले भने । भेटका क्रममा अध्यक्ष प्रचण्डले सरकारको १८ महिना नेतृत्व गरेर प्रमुख प्रतिपक्षको रुपमा बाहिर आउँदा आफुले राम्रो बाहेक नराम्रो नगरेको बताए। अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गरेर कुनै दाग नलगाईकन बाहिर निस्केको बताउँदै पार्टीलाई जनता समक्ष लैजाने आधार बनेको बताए। सुशासनको लडाईबाट डराएर देशका दुई ठुला दल एक भई सरकार बनाउँनू लोकतन्त्र, सुशासन,संविधान र देशको निम्ति सकारात्क संकेत नभएको उनले बताए ।  सो क्रममा अध्यक्ष प्रचण्डले आफ्नो भरोसा युवा विद्यार्थीमा रहेको बताउदै देश र पार्टीको नेतृत्व दुवैमा आफुले युवा पुस्तालाई अगाडि बढाउन चाहेको बताए । साथै, आफुले युवा पुस्तामा भरोसा गरेको समेत उनले बताए। भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री हितबहादुर तामाङ लगायत नेताहरु सहभागी थिए ।

तीनवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौं। संघीय संसद्अन्तर्गत आज तीन समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ। महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ। त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ। त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

माफियाहरूको सरकारमा ओलीको नेतृत्व : दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माफियाहरूको भएको दाबी गरेका छन् ।  मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री हुनेवित्तिकै देशका ठुला ठुला व्यापारीहरू बालुवाटार पुगेको दाबी गर्दै अव देश माफियाहरूको हातबाट फुत्काउनुपर्ने बताए । उनले केपीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए। ‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको दाबी गरे ।  ‘राजश्व तिरेको छैन भने हतकडी लगाऊ’ प्रधानमन्त्रीलाई चुनौती दिँदै ओली नेतृत्वको सरकारलाई विदेशीले तीन वटा टाक्स दिएको बताए । ‘इन्डियाले संविधान संशोधन गर भनेको छ । त्यसो गर्दा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नु भनेको छ । त्यो किनभने ४५ लाख भारतीयलाई राष्ट्रिय परिचयपत्र दिनुपर्ने । अनि राष्ट्रिय परिचय पत्रको सिस्टम नै भारतलाई सुम्पनुपर्ने रे १’ उनले भने, ‘खबरदार केपी ओली सरकार यो संविधान नछोऊ ।’