राष्ट्रियसभा अध्यक्ष दाहाल र इजरायली राजदूत गोदारबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नेपालस्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेट भएको छ।आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल(इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गरे।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै अध्यक्ष दाहालले भने “हामी सधैं मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौं,” उनले थपे, “संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।”

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए । 

अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरुमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरे। 

अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरु इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरु आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्यो धेरै इजरायली नागरिकहरुलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रह समेत गरे। 

सो अवसरमा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरुका हिसाबले निकै धनी रहेको बताउनु भयो। आफू लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको भन्दै राजदूतले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारा लगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरुले विश्वमै नेपालको पहिचान दिएको बताए।

लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताए । उनले दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घर घरमै पुगेर भेटेको बताए। इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उनले उल्लेख गरे। उनले विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको जानकारी दिए।

४७ पछिका सबै कान्ड छानबिन गर्न रास्वपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।  नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर पत्रकारहरुमार्फत कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् । 

सिंहदरबारअगाडिको सडक बन्द

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ । मंगलबार दिउँसो उक्त सडक बन्द गरिएको हो । सो सडक भएर गुड्न लागेका सवारीसाधनलाई अन्यत्र पठाइएको छ । त्यहाँको बाटो बन्द गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राप्रपाले आज बृहत् प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनलाई मध्यनगर गरी ठूला संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् ।  बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो ।  कांग्रेसकी सचेतक सुशीला थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिएका थिए । कांग्रेसका सांसदले अवरोध गरेपछि सत्ता पक्षका सांसद पनि उभिएका थिए । उनीहरूले बोल्न दिनका लागि माग गरेका थिए । सभामुखले सदन सुचारु गर्न पटक-पटक आग्रह गरेका थिए ।

संसद्को अवरोध खुलाउने प्रयास असफल

काठमाडौं । संसद्को अवरोध खुलाउन दलहरूबीच भएको प्रयास फेरि असफल भएको छ । सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा ठूला दलहरूका शीर्ष नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको हो ।  आजको छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गर्नुपर्ने मागमा कांग्रेस अडिग रह्यो भने सत्तारुढ दल समिति बनाउनुनपर्नेमा अडिग रहे। एक अर्काले आ-आफ्नै अडान कायम राखेका कारण दलहरूबीच सहमति जुट्न नसकेको हो। बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री रमेश लेखक उपस्थित थिए ।

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो। माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही २८ गते हुँदैछ।

संसदको अवरोध खुलाउन सभामुखसहित शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुबीच छलफल भैरहेको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली,एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रबि लामिछाने, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहितको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको हो। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान १० बजे सभामुखले शीर्ष नेताहरुको छलफल गरेका थिए । सो बैठकमा सहमतिको वातावरण भने बनेन ।प्रतिनधि सभाको आजको बैठक ११ बजे बोलाइएको थियो । दलहरु पुरानै अडानमा रहेका कारण संसद् बैठक चल्ने अनिश्चित भएपछि दलहरु छलफलमा जुटेका हुन् ।

विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उमेदवार बनाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई निर्णय गरेको हो । माघमा भएको राष्ट्रियसभा निर्वाचन महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी  उनी ७३ वर्षकी भइन् ।  

कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै

काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।  तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।  पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।  ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।  त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् । 

राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता आज

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ। त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो। संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।  राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य रहेका छन् । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरेपनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् ।यद्यपी सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार बिमला आचार्य उपाध्यक्षको उम्मेदवार बन्ने करिब टुंग्गो लागेको छ । राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेश हुनेछ । 

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ समय र कार्यसूची

काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट पारित भएका संकल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रस्तावकहरूसँग छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरुरूसँग छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ ।बैठक प्रतिनिधिसभा बैठक बस्नु अघि बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।हिजो सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले पुरानै अडान कायम राखेको छ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बैठक बालाइएको नेताहरुले छन् ।

गणतन्त्र खतम गर्ने षड्यन्त्र चकनाचुर पार्न गणतन्त्रवादी शक्ति एक हुनुपर्छ : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने  बर्ताका छन् ।  आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित कथित विरोध प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने  घोषणालाई राष्ट्रिय जनमोर्चाले गम्भीर रूपमा लिएको समेत बताए ।  यस्तो छ विज्ञप्ति 

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ ।प्रदर्शनमा विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ। प्रदर्शन आज दिउँसो भृकुटीमण्डपबाट सुरु भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरी जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिसलाई सडकमा उतार्ने दाबी गरेको छ । राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा संवैधानिक राजसंस्था पुर्नस्थापना हुनुपर्ने लगायतका माग रहेका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कायसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज को बैठकमा  प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धन ९आईएसए०को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

माओवादीका तीन मन्त्रीद्वारा राजीनामा

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री  गणेशप्रसाद उप्रेती र खानेपानी सिँचाइ तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले पदबाट राजीनामा दिए । उनीहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिए। नयाँ गठबन्धनबाट सरकार बनाउन सहमत भएपछि माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र त्यसभन्दा अगाडि मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।