सचेतकहरूसँग सभामुखको बैठक सम्पन्न, चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिचको छलफल सकिएको छ ।

शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनेको हो। 

आजको बैठकले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने क्यालेन्डर बनाएको ह।राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको छ ।

आजको बैठकमा आइतबार ११ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय पनि भएको छ। 
 

राष्ट्रिय सभा बैठक

काठमाडौं । राष्ट्रिय सभाको पन्ध्रौं अधिवेशनको १७ औं बैठक वानेश्वरमा जारी छ । 

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

हेटौंडा, मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् । मकवानपुरमा आज नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१र८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए ।  “पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।” आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे। “दिनदिनै काठमाडौँमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ,” प्रधानमन्त्री प्रचण्डले भने।  माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने र २०८४ को आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे। 

कांग्रेस फेरि सरकारमा आइहाल्छ  : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ,’ थापाले भने । सो अवसरमा देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले जिकिर गरे ।

मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ को उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन्। मिलनले रास्वपाबाट टिकट लिएपछि प्रेस सेन्टरले विज्ञप्ति निकालेर उनलाई बर्खास्त गरिएको जनाएको हो । मिलन रास्वपा प्रवेश गर्नुअघि माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिव समेत रहेका थिए । माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न अर्कोतिर लागेपछि उनलाई बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।  पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समय रास्वपाको तर्फबाट उम्मेदवार बनेको देखिएको छु, पौडेलले भनेका छन्, संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ।’ गत भदौ २५ गते राति नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको  निधन भएपछि इलाम २ रिक्त थियो ।  उपनिर्वाचनमा नेकपा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ उठेका छन् । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिः 

गुणस्तरीय काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा र कठिनाइहरूप्रति सरकार गम्भीर छ तर निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा राज्यलाई अतिरिक्त दायित्व थपिनेजस्ता समस्याहरू पनि गम्भीर छन् ।

देउवाले गरे आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत

काठमाडौं ।पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपेका छन् । उनले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् । पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राप्रपासँग एकता गरेर अर्को गल्ती गर्दिनँः कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको भन्दै थापाले आफू एकतामा नजाने बताए । शुक्रबार हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर अर्को गल्ती गर्न नचाहेको बताए । राप्रपा र राप्रपा नेपालबीच ६ मंसिर २०७३ मा पार्टी एकता घोषणामा थापाले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए । राप्रपा वर्तमान व्यवस्थामा सत्ता अवसरको चिन्तनबाट अगाडि बढेको थापाले आरोप लगाए । 

बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । केन्द्रमा समीकरण फेरिएपछि २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ । ११० सदस्य रहेको वाग्मती प्रदेशसभामा ५६ मत जुटाएमा जम्कट्टेल मुख्यमन्त्रीमा कायम रहनेछन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच विहीबार सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुट्ने निश्चित भएको छ । बागमती प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्यलाई मनोनयन गरेका हुन् । मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) रहेका छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनयनमा परेका छन् । पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।  त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फिर्ता

काठमाडौँ ।जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ।   १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो ।  टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको छ। सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ गएको थियो। सभामुख घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सहभागी भएका थिए । सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन रोकेर स्वीट्जरल्याण्ड उडेका थिए । 

वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति

काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच वाग्मती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ । दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ । सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । एकसय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ ।  हेर्नुहोस् सहमतिपत्र

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थ सिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए। नेकपा (एमाले) झापाको ११ औँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । समीकरणमा सामेल दलहरूले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे । उनले एमाले र काँग्रेसबिच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।” उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । वि.सं. २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको बताए। काँग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे ।

रास्वपाबाट इलाम २ को उम्मेदवार मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदबारमा बसिरहेको छ । यो नियमित बैठक हो ।