हेर्नुहोस् आज सुनचाँदीको मूल्य
काठमाडौं। आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार रहेको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज सचिवहरूलाई निर्देशन दिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन भएका छन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सबै सचिवहरुसँग मन्त्रालयका कामका अहिलेको अवस्था र भावी योजनाका विषयमा गएको आइतबार साउन १३ गते सुझाव लिनुभएको थियो । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे ब्रिफिङ गरेका थिए ।
संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के छ ?
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नै आज बस्न लागेको हो । दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । बैठकमा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आज देशैभर धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल
काठमाडौं । देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । आगामी २४ घण्टामा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना पनि रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अति ठूलो वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।
प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल सुरु भएको हो। बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन्।
गुडिरहेको ट्रकमा आगो लाग्यो, ट्रक जलेर नष्ट
घोराही। दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो। आइतवार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा आफैं आगो लागेको देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’ ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए। आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भए। ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो। आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो। चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए । रासस
नेकपा (माओवादी केन्द्र)पदाधिकारी बैठक बस्दै
काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ। साथै पार्टीका आगामी रणनीति, सांगठनिक विषयहरुमा पनि छलफल हुने बताइएको छ। केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ।
तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने/नगर्नेबारेमा निर्णय हुनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको मौसम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् । नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत-संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए । उनले अहिले साहित्य केही माथि उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृत्ति र भूत पिसाच कृतिहरूको विमोचन गरेका हुन् ।
एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश
काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्। गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो। बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर् यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो। यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो।

