विश्वविद्यालयमा तालाबन्दी सधैंका लागि अन्त्य गरौं : मन्त्री पौडेल

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गनुपर्ने बताएका छन् ।
आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् ।

‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वार्तामार्फत समाधान खोजौं ।’
उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए ।
उनले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत बताए ।

उच्च शिक्षाको नाममा विदेशी गएका विद्यार्थी मध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने औंल्याए ।

प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकाशमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा उनको जोड थियो ।

उनले शिक्षक तथा प्राध्यपकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताए ।

दुई वटा विश्विद्यालयको ऐन संसदमा रहेको बताउँदै भएका विश्वविद्यालयले शिक्षण सिकाई र पाठ्यक्रम बनाउन मिहिनत गनुपर्ने समय आएको बताए ।

काठमाडौंको सोल्टी होटलमा भारतीय खानाको महोत्सव

काठमाडौं । भारतीय खानाका उत्कृष्ट खानाहरूको जानकारी प्रदान गर्न काठमाडौंको सोल्टी होटलले भारतीय खाना महोत्सवको आयोजना भइरहेको छ । सीडी फाउण्डेसन इन्डियासँगको सहकार्यमा सन् २०२२ को १५ जुलाईदेखि २४ सम्म दिनभर रेस्टुरेन्ट पार्क र छतमा भोजन कार्यक्रम आयोजना हुने सोल्टी होटलले जनाएको छ । सोही महोत्सवमा प्रत्येक साँझ रात्री भोजनका लागि लाइभ संगीतका साथ आनन्द लिन समेत सकिने छ । भारतमा बनेका अनपेक्षित व्यञ्जनहरूको पाककलाको नवीनताहरू समेटेको छ । सोल्टी होटलका कार्यकारी शेफ श्री अग्निमित्रा शर्माको विशेषज्ञताका साथ साथै ट्राइडेन्ट हैदराबाद शेफका अतिथि शेफहरूका साथमा खानाहरू संयुक्त रूपमा क्युरेटेड हुने भएको छ । यसको सबै भन्दा प्रामाणिक रूप र स्वादमा, अझै समकालीन समाप्त र प्रस्तुतीकरण रहेको छ । भारतीय खानामा पहिला भन्दा वर्तमान समयमा विकसित भएको छ । अन्य संस्कृतिहरूसँग व्यापार साझेदारीबाट प्रभावित हुनेछ। यो खानाको उद्देश्य भनेको तपाई भित्र रहेका अन्वेषकहरूलाई प्रेरणा दिन र अपील गर्न, भारतीय संस्कृतिलाई पूर्ण नयाँ तरिकाले अनुभव गर्नको लागि भएको जनाइएको छ । सोल्टी काठमाडौं सीडी फाउन्डेसनसँगको सहकार्यमा आफ्नो दूतावास जडान कार्यक्रम मार्फत देशहरूबीच द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न बाहेकका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, चकलेट, विदेशी मदिरा, सूर्तिजन्य पदार्थ, हिरा, महंगा विद्युतीय सामाग्रीलगायत छन् । त्यस्तै १ सय ५० सीसी भन्दा बढीका सबै खाले मोटरसाइकल, जीप, कार, भ्यान, खेलौनाको समेत आयातमा प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ । जुन, असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ । जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो ।

गभर्नर अधिकारीले २४ घण्टाभित्र राजीनामा नदिए उनका सबै कार्यक्रम बिथाल्ने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् । नक्कली एम नाम धारण गरी एमालेको कार्यकर्ता महाप्रसाद अधिकारी एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा नपालको अर्थतन्त्र धरासायी बनाउँन लागि परेको विद्यार्थी संगठनहरुको आरोप छ । साथै, गभर्नर विरुद्ध प्रदर्शन गर्ने क्रममा अखिल(क्रान्तिकारीका) विद्यार्थीमाथि प्रहरीको धरपकड गरि हिरासतमा राखेको छ । धरपकड पर्नेहरुमा क्षितिज सापकोटा,रेशम लाल श्रेष्ठ ,सम्राट थापा,भरत महतरा,बिनोद शाही ,रबिन्द्र न्यौपाने ,बिनोद बहादुर शाही र कृष्ण प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई तत्काल रिहाई गर्न क्रान्तिकारीले माग गरेको छ । प्रर्दशनका क्रममा अखिल(क्रान्तिकारी)का नेता बाबुराम नेपालीको घाँटी अठठ्याउदै प्रहरी

‘पोटा’ कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा राख्छु : प्रचण्ड

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आतंकवाद नियन्त्रण ऐन (पोटा) कानुनलगायतका विषयमा भारत सरकारसँग कुरा राख्ने बताएका छन्। भारतस्थित नेपाली दूतावासमा राजदूत शंकर शर्मासँगको ब्रेकफास्ट बैठकपछि पदायका प्रतिनिधिले राखेको मागलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। अखिल भारत नेपाली एकता मञ्चलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने, विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था हुनुपर्ने र प्रवासी नेपालीलाई नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुनेलगायतका विषय राखेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेको प्रचण्डले भेटमा बताएका थिए।

वडा जिताउन नसकेको भन्दै कांग्रेस बैठकमा राठौर र दहितबीच घोचपेच, देउवाले सम्झाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री किशोरसिंह राठौर र सदस्य गोपाल दहितबीच घोचपेच भएको छ । दहितले अघिल्लो बैठकमा राठौरले पार्टीलाई उनकै वडामा पनि जिताउन नसकेको भन्दै आलोचना गरेका थिए । उनले आफूले वडामा कांग्रेसलाई जिताए पनि राठौरले जिताउन नसकेको भन्दै व्यंग्य गरेका थिए । सानेपामा जारी बैठकमा शनिबार राठौरले दहितलाई जवाफ फर्काए । “१० वटा पार्टी चहार्दै आएको मान्छेले मेरो डिग्नेटीमाथि प्रश्न उठाउने रु मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन । पार्टी फेर्दै हिँड्नेले मेरो बारेमा प्रश्न उठाउने रु,” राठौरले भने । त्यसपछि सभापति शेरबहादुर देउवाले राठौरलाई सम्झाएका थिए । “तपाईं पदाधिकारी हो, केन्द्रीय सदस्यलाई त्यसो भन्न हुँदैन,” बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । राठौर र दहित दुवै बर्दियाका हुन् । उनीहरूको निर्वाचन क्षेत्र पनि एउटै हो ।

मुलुकलाई संकटबाट जोगाउन वामपन्थी मिल्न आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरूलाई चुनावी तालमेल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरू तालमेल गरेर अघि बढ्नुपर्ने उनले तर्क गरे । शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थीले एकार्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले सबै वामपन्थी नेताहरूले कमी–कमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेता श्रेष्ठले आफैँ सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले तत्काल पार्टी एकताका लागि आधार नबने पनि वामपन्थी दलहरूबीच तालमेल गरेर जान सकिने पटक–पटक दोहोर्‍याए । “वामपन्थीहरूको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । तर, त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ, अरू नेताहरू बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु– तुम शेर तो, हम सवाशेर छोडिदिऊँ,” उनले भने, “घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ । कतिपय पछाडि गरौँला । जो अहिल्यै गर्नैपर्नेछ । कमी–कमजोरी भए आत्मालोचना गरौँ । म त आत्मालोचना गर्छु पार्टी एकता जोगाउन सकिनँ भनेर । सबै मिलौँ । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बुँदे आरोपपत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला । तर, तालमेल गरेर अघि बढ्न सकिन्छ ।” नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाइराख्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

चीनलाई कमजोर पार्न अमेरिका नेपाललाई प्रयोग गर्न चाहेको छ : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए ।   दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको उनले बताए । माओवादी केन्द्रका नेता श्रेष्ठले अघि भने, ‘चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरु नेपाल भएर फ्रि तिब्बतको मुद्दा लिएर होस् वा नेपालको भूमि प्रयोग गरेर होस् वा नेपालको सत्तालाई प्रयोग गरेर होस् वा नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी थलोका रुपमा नेपाल हुन नपाओस् भनेर हेर्छ ।’ अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताए । ‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले अमेरिकाबारे भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ ।’   यसलाई चिर्ने ठीक नीति र व्यवहार नै आजको आवश्यकता भएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । तर अहिले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन त भइरहेको छैन भन्ने प्रश्न उठेको उनले बताए । दलहरुले गर्नुपर्ने चार काम श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चार काम गर्नुपर्ने बताए । उनले भने, ‘चुनाव लड्न वा पार्टी चलाउन कुनै पनि विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । ठूलो कुरा गरेर कसैले पनि हुँदैन ।’ चुनाव जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने उनले बताए । ‘आफ्नो छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘सत्ता प्राप्त गर्नका निम्ति विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्छ ।’

संसदीय छानबिन विशेष समितिद्वारा अर्थमन्त्रालयको सिसिटिभी फुटेजमाथि अध्ययन शुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन शुरु गरेको बताएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले शनिवार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए । उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताए । उनले भने, ‘सिसिटिभीको बारेमा हेर्ने काम पनि भयो । आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने । साथै अर्थ मन्त्रालयका राजश्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सिसिटिभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ ।’ उनले थपे, ‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ । हामी अहिले अर्थ मन्त्रालयदेखिको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सिसिटिभीका फुटेजमा नै केन्द्रित छौँ ।’ सचिव अर्यालले आज प्राविधिक विषय सिसिटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुयाउने गरी अघि बढेको बताए । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषबीच भेटघाट कार्यक्रम

काठमाडौं। गैरआवासीय संघका अध्यक्ष डा.बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरुबीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको थियो। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराए । साथै कोषले गरेका क्रियाकलापहरुबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, बर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । आजको भेटघाटको मुख्य उद्देश्य संरक्षणकोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रमहरु मध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो ।   कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा.केसिले संघले स्थापनाकाल देखी नै संचालन गरेका गतिविधिहरुबारे अवगत गराए। उनले संघले हरेक २ वर्षमा नेपालमा विज्ञ सम्मेलनको आयोजना गर्दै आएको छ भने विश्वका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय ज्ञान सिप सम्मेलनको पनि आयोजना हुदै आएको बारे जानकारी गराए। उनले विभिन्न मुलुकहरुमा गैरआवासीय नेपालीहरुले ज्ञान सीप तथा प्रविधिको क्षेत्रमा विद्वता हासिल गरेको समेत जानकारी गराए।   अन्त्यमा उनले कोषले आज प्रस्तु गरेको क्षेत्रमा मार्फत सहकार्य गरी अघि बढ्नु पर्ने बताए। साथै उनले विदेशमा रहेका गैरआवासीय नेपालीका दोश्रो पुस्तालाई यहाँको वन्यजन्तु संरक्षणमा अध्ययन गर्न र विदेशमा रहेर यस विषयमा विज्ञता हासिल गरेका विज्ञहरुलाई समेत समेटर लान सुझाव दिए।

भरतपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ

भरतपुर । भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो । भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ । त्यस्तै प्रदेश सरकारले पनि बिदाइ गर्दा रु २० हजार दिने गरेको छ । बिदाइ कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गरिन् । जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन उनले आग्रह गरिन् । कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

विविध माग राख्दै वाईसीएलको प्रधानमन्त्रीलाई ज्ञापन पत्र , गभर्नर हट्न सक्ने सम्भावना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाहीको माग गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारीलाई बर्खास्त गरी छानबिन गर्नुपर्ने लगायतका माग राखेको हो । वाइसीएलले एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ । एम अधिकारीको छद्म नाममा एमाले अर्थ तथा योजना विभागमा बसेको र शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै उनलाई गभर्नरबाट हटाउनुपर्ने माग लिएर शनिबार बालुवाटार पुगेको माओवादी केन्द्रनिकट युवा संगठन वाइसीएलको प्रतिनिधि मण्डलसगँ देउवाले अधिकारीलाई हटाउन सक्ने संकेत गरेका छन् । देउवाले शुक्रबार सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैकठमा गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । वाइसीएलले यसअघि बिहीबार गभर्नर अधिकारीलाई कारबाहीको माग गर्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो । हेर्नुहोस् ज्ञापन पत्र

जसपाका ६९ जना नेता तथा कार्यकर्ताद्वारा पार्टी परित्याग

वीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्। शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका हुन्। पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहेका छन्। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए। जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रब्यदारहरूको चंगुलमा फस्दै गएको ठहर गर्दै आफुहरूले पार्टी परित्याग गर्नुपरेको बताए।

बाबुराम भट्टराई नयाँ पार्टी गठनको तयारीमा, कस्तो बन्ला पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले आफूसहित ९ जना नेतालाई गरेको कारबाहीको भत्र्सना गर्दै पार्टी पुनर्गठनका लागि आह्वान गरेका छन्। शुक्रबार राति विज्ञप्ति जारी गरी अध्यक्ष यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहित ९ जनालाई पदबाट हटाएको आरोप लगाएका हुन्। आन्तरिक विवाद केन्द्रीय समितिका बैठक नै अलग अलग बस्ने अवस्थामा पुगेकाले अब पार्टी पुनर्गठनको विकल्प नरहेको उनले उल्लेख गरेका छन्। त्यसका लागि तयार रहन उनले पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्। ‘अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईले भनेका छन्, ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं।’ हेर्नुहोस् विज्ञप्ति–

आर्थिक अनुशासनहीनतामा रेर्कड : बेरुजुमा स्याङ्जाकै प्रथम बन्यो गल्याङ्ग नगरपालिका

गल्याङ्ग । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार स्याङ्जाका एघारवटा स्थानीय तहको २६ करोडभन्दा बढी बजेट बेरुजु देखिएको छ । बेमनासिब तरिकाले आर्थिक कारोबार गरेर स्याङ्जामा गल्याङ्ग नगरपालिकाले सबैभन्दा धेरै बेरुजु निकालेको छ । आर्थिक अनुशासनहीनतामा गल्याङ्ग नगरपालिका जिल्लामै प्रथम बनेको हो । जिल्लाका एघार स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा २६ करोड ४ लाख १७ हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको हो । एघार स्थानीय तहको रु १४ अर्ब ७ करोड ९२ लाख ५७ हजारको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा १.८५ प्रतिशत बेरुजु देखिएको छ । रकमको आधारमा नगरपालिकामा सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिकामा देखिएको छ भने सबैभन्दा कम भीरकोट नगरपालिकामा देखिएको छ । गल्याङ नगरपालिकामा रु एक अर्ब ७९ करोड १४ लाख ६३ हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ४१ लाख २८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । चापाकोट नगरपालिकामा रु एक अर्ब ३५ करोड ५९ लाख ६५ हजारको लेखापरीक्षण गर्दा रु तीन करोड ५१ लाख ५२ हजार बेरुजु देखिएको छ । त्यसैगरी पुतलीबजार नगरपालिकामा दुई अर्ब ३ करोड ९१ लाख १३ हजारको लेखापरीक्षण गर्दा ४ करोड ७१ लाख ५८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भीरकोट नगरपालिकामा एक अर्ब १८ करोड २३ लाख ४७ हजारको लेखापरीक्षण गर्दा १ करोड ३२ लाख ३६ हजार बेरुजु देखिएको छ । वालिङ नगरपालिकामा एक अर्ब ९७ करोड ११ लाख ५३ हजारको लेखापरीक्षण गर्दा २ करोड ३९ लाख ७१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु फेदीखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा देखिएको छ । अर्जुन चौपारी गाउँपालिकामा ७७ करोड ७६ लाख ५४ हजारको लेखापरीक्षण गर्दा १ करोड ७६ लाख ५ हजार बेरुजु देखिएको छ । त्यसैगरी आँधीखोला गाउँपालिकामा एक अर्ब ५ करोड ८७ लाख ५२ हजारको लेखापरीक्षण गर्दा एक करोड ३२ लाख ५५ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । कालीगण्डकी गाउँपालिकामा १ अर्ब १७ करोड ७४ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ५३ लाख १५ हजार बेरुजु देखिएको छ । त्यसैगरी फेदीखोला गाउँपालिकामा ९१ करोड २५ लाख २५ हजारको लेखापरीक्षण गर्दा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । विरुवा गाउँपालिकामा ९७ करोड ९१ लाख ३० हजारको लेखापरीक्षण गर्दा दुई करोड १९ लाख २ हजार बेरुजु देखिएको छ । हरिनास गाउँपालिकामा ८३ करोड ३६ लाख ५७ हजारको लेखापरीक्षण गर्दा ६३ लाख ४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ । बेरुजु प्रतिशतको आधारमा जिल्लाको सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिकामा ३।०२ प्रतिशत देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ०।४५ प्रतिशत देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको जिल्लाका नगरपालिकाहरुमध्ये २०७६/७७ को ९५८ औँ को भन्दा २०७७/७८ को ९५९ औँ प्रतिवेदनमा चापाकोट नगरपालिकामा मात्रै बेरुजु बढेको देखिएको छ भने गल्याङ, पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकामा घटेको देखिएको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिका देखिएको छ भने दोस्रोमा चापाकोट नगरपालिका परेको छ । त्यसैगरी गाउँपालिकाहरुमध्ये २०७६/७७ को (५८ औँ) को भन्दा २०७७/७८ को (५९ औँ) प्रतिवेदनमा आधिँखोला र फेदीखोला गाउँपालिकामा बेरुजु बढेको छ भने अर्जुन चौपारी, कालीगण्डकी, विरुवा र हरिनास गाउँपालिकामा घटेको देखिएको छ । स्थानीय तहले पूर्वतयारी विनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ । बेरुजुलाई कसरी बुझ्ने  सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो , जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुयाई कारोबार गरेको , राख्नु पर्ने लेखा नराखेको , बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो , जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औल्याएको हुन्छ ।