यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बाग्मती, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयबाट बच्न सबैमा अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ ।
प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन्। भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन्। ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौँ। अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ।’
लोक सेवाको कार्यतालिका सार्वजनिक
काठमाडौं । लोक सेवा आयोगले सरकारी कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो । निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका सार्बजनिक गरिएको छ । सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने भनिएको छ । यस्तै, विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाइएको छ । जसको परीक्षा पुस माघ र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगले जानकारी दिएको छ । राजपत्राङ्कित द्धितिय श्रेणीको कति सङ्ख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस माघमा परीक्षा लिएर वैशाखमा अन्तरवार्ताको तालिका सार्वजनिक हुने भएको छ । यसैगरी, स्वास्थ्य सेवा ११ औ र नवौँ तह विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तरवार्ता भदौदेखि वैशाखसम्मको समय तालिका छ । निजामतीतर्फ विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगको तालिकामा उल्लेख छ । त्यस्तै, नेपाल प्रहरीको प्रहरी जवान (प्राविधिक) देखि प्रहरी निरीक्षक र सशस्त्र प्रहरीको खुलातर्फ जवानदेखि प्रहरी उपरीक्षक (एसपी) प्राविधिक सम्मको कार्य तालिका भदौमा सुरु गरेर तहअनुसार आगामी जेठभित्र आयोगले अन्तरवार्ताको समय निर्धारण गरेको छ । राष्ट्रिय अनुसन्धानको सहायक सूचकदेखि अनुसन्धान सहायक र अधिकृत सम्म पनि विज्ञापन खुलाउने भएको छ । यस्तै, सङ्गठित संस्थातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल आयल निगम, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, व्यापार निकासी प्रवर्द्धन केन्द्र, सांस्कृतिक संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोष गुठी संस्थान लगायतको पनि कहिले र कति सङ्ख्यामा सूचना प्रकाशन, परीक्षा र लिखित परीक्षा गर्ने भन्ने आयोगको सूचनामा उल्लेख गरिएको छ ।
कृषि मन्त्रालयमा धर्नामा बसेका कर्मचारीको आन्दोलन रोकियो
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गएको असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन रोकिएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूहरुले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले स्पष्ट पारे ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।
समाजवादी मोर्चाको बैठक शुरु
काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक शुरु भएको छ ।बैठक आज (मंगलबार)अपराह्न ४ः१५ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा फुटाएर नयाँ पार्टी बनाएको पार्टीलाई सरकारमा समावेस गरेको भएपनि उपेन्द्र यादव नेतृत्वको जसपालाई वेवास्ता गरेका छन् । जसका कारण उपेन्द्र यादव पुनः समाजवादी मोर्चामा सहभागी हुने आकलन गरिएको छ। आजको बैठकमा पनि उनको लागि कुर्ची खालि राखिएको छ ।
उत्कृष्ट काम गर्ने १० प्रहरीको विशेष बढुवा
काठमाडौं । उत्कृष्ट कार्य गर्ने आधारमा १० प्रहरीलाई विशेष बढुवा गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको आधारमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले १० प्रहरीलाई विशेष बढुवा गरेका हुन् । बढुवा हुनेमा जवानदेखि सईसम्मका १० जना रहेका छन् । जसमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई वरिष्ठ सईमा बढुवा गर्ने निर्णय भएको छ । सई ईश्वर खत्रीलाई पनि वरिष्ठ सईमा बढुवा निर्णय भएको आईजीको सचिवालयले जनाएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक गोकुल खत्रीलाई सईमा बढुवा गर्ने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा प्रहरी कार्यालयमा कार्यरत अर्का वरिष्ठ हवल्दार दीपेन्द्र चन्दलाई असईमा बढुवा गर्ने निर्णय भएको छ । प्रहरी सहायक हवल्लार प्रभातकिरण श्रेष्ठ, अमरराज मिश्र, रविना राईलाई प्रहरी हवल्दारमा विशेष बढुवा गर्ने निर्णय भएको छ । प्रहरी जवानहरू भरत शाही, सूर्य कुँवर र पहलमान शाही पनि प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । विशेष बढुवा भएका सबै जनालाई भोलि, बुधबार दज्र्यानी चिह्न प्रदान गरिने बताइएको छ । प्रहरी नियमावलीको दफा ३९ मा रहेको बढुवा सम्बन्धी विशेष व्यवस्थामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तहमाथि बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको छ । नियमावली अनुसार आईजीले वरिष्ठ सईसम्म बढुवा गर्न सक्नेछन् ।
संस्कृत विश्वविद्यालयको जग्गा खोजबिनमा सहयोग गर्न पालिकालाई शिक्षा मन्त्रालयको पत्र
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिलाई सहयोग गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिलाई समितिले कार्यादेश अनुरूप तत्काल काम सुरु गर्ने भएकाले समितिलाई आवश्यक समन्वय सहयोग तथा सहजीकरण गर्न सचिव स्तरीय निर्णय गर्दै परिपत्र गरेको हो। असार २० गतेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्न पौडेलेको नेतृत्वको ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ। समितिको सदस्यमा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिले तोकेको प्राध्यापक, पूर्व सहसचिव रोहितकुमार भट्टराई, पूर्व सहसचिव कपिल डंगोल र शिक्षा विकास तथा समन्वय एकाइ दाङका एकाइ प्रमुख देवमणी चौधरी सदस्य सचिव रहेका छन् ।
‘प्रचण्ड’ सरकारले भ्रष्ट उपप्रधानमन्त्री, मन्त्रीलाई जेल हाल्यो, अरूले पनि गरेर देखाए भैगो नि’
काठमाडौँ। कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा संस्थागत भ्रष्टाचार बढ्दै गइरहेको र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले त्यसलाई रोक्ने प्रयास गरेको बताएका छन्। इतिहासमा पहिलो पटक मन्त्री, उपप्रधानमन्त्रीलाई गलत काम गरेकाले जेल हालिएको उनको भनाइ छ। मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले भने, ‘हामीले देशमा सुशासनको सुरुवात गर्यौँ, अरूले पनि त्यस्तो गरेर देखाए भैगो नि।’ देश दिनप्रतिदिन कङ्गाल हुँदै गइरहेको उनले बताए। रातारात चरम भ्रष्टाचार गरेर धनी भएकाहरूलाई सरकारले कारबाही गरोस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ। कतिपय दलहरूले आफ्ना मान्छेहरू धमाधम पक्राउ पर्ने थालेपछि अत्तालिएर सरकार परिवर्तन गरेको उनले शाहीले बताए । यदि अपराधको ढाकछोप गरेर अहिले बनेको नयाँ सरकार अघि बढे माओवादी त्यसको विरुद्धमा लड्ने पनि बताए । शाहीले भने, ‘उपलब्धिहरूको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो, अर्को जनताको चाहना भनेको अवस्था परिवर्तनका लागि हो । परम्परागत शैलीको विकासले परिवर्तन सम्भव छैन। विकास मोडल परिवर्तन गर्न आवश्यक छ ।’
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक बस्दै छ । आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिको ज्यान गयो, एक जना बेपत्ता, सात घाइते
काठमाडौं ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाको पुरिएर ज्यान गएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको पुरिएर ज्यान गएको हो र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । सात जना घाइते बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । नगरप्रमुख केसीले भने, 'खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।'
प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । साउन ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ।
विधायन समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती, गण्डकी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ ।
प्रधानमन्त्री ओलीको तस्बिर, पूर्वप्रधानमन्त्री प्रचण्डको जीवनी
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । उनी प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेवसाइडमा अपडेट गरिएको छ । अपडेटमा प्रधानमन्त्री ओलीको तस्बिर राखिएको छ भने जीवनी निर्वातमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रहेको छ ।
उर्जा क्षेत्रका माफिया नै ऊर्जामन्त्री नियुक्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीपरिषदमा उर्जा क्षेत्रका माफिया भनेर चिनिने दीपक खड्का उर्जामन्त्रीमा नियुक्त भएका छन् । जलविद्युत् आयोजना लिने र पुरा नगर्ने गरेका खड्का ऊर्जामन्त्रीमा नियुक्त भएका हुन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक समेत हुन् । संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का यसअघि खानेपानी राज्यमन्त्री हुँदा पनि विवादित बनेका थिए । उनीमाथि लैनचौरमा रहेको नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको गम्भीर आरोप पनि छ । उनले ५ करोड रुपैयाँभन्दा बढी जग्गाको भाडा स्काउटलाई नबुझाएको स्काउटले नै बताएको छ । सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि खड्काकै दबाबका कारण त्यो कार्यान्वयन हुन सकेको छैन ।

