प्रतिशतमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै सुदूरपश्चिम सरकारको चर्को विरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि चार सातापछि बुधबार मात्र छलफल सुरु भयो। छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष सबै दलका सासंदहरुले आवश्यकता र औचित्यको आधारमा नभई बिचौलियाको सेटिङमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै चर्को बिरोध गरेका छन्। सासंदहरुले शंसोधन गरेर मात्र यो बजेट पारित हुनुपर्ने माग राखेका छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कुन्ती जोशीले प्रतिशत कमिशन खाएर बजेट र योजना बितरण गरिएको भन्दै बिरोध गरिन्। उनले क्रमागत योजना, ठेक्का भएका योजनामा पनि बजेट विनियोजन नगरिएको बताइन्।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सरकारले ल्याएको बजेट देखेर लज्जाबोध भएको बताए। सरकारको नियत ठिक भएको भए बिगतका विकृती हटाएर ल्याउन सक्नु पर्नेमा त्यस अनुसार बजेट नआएको उनले बताए। सरकारले जनताको आवश्यकताको आधारमा नभई बिचौलियाको आधारमा ल्याएको बजेटका कारण जनतामा घृणा पैदा भएको बताए।

प्रदेश संरचनामाथि नै वितृष्णा उत्पन्न भएको बताए। प्राविधिक दृष्टीकोणले त पास होला, स्वतन्त्ररुपमा बजेटको पक्षमा मत हालेमा मन्त्री बाहेक कुनै सासंदले मत हाल्दैन, ११ मन्तीमा पनि ४, ५ जनाले मत हाल्दैनन् गैर जिम्मेवार ढंगले सत्ताको प्रयोग गरिएको उनले बताए। ‘सत्ताको उन्माद लाग्नू नहुने उल्लेख गर्दै भोलिका दिनमा छिमेकी, वरपरका मान्छेले घृणा गर्ने, घरमा आगो लाग्ने र ठाउँ छोड्ने दिन नआओस’ उनले भने। ‘करको कुराको सूचना पनि चुहाइएको छ, यो अपराध हो, जनबिरोधी,राष्ट्र विरोधी काम हो।’ सत्ता पक्षका सासंदले विपक्षी दलका भन्दा बढी असन्तुष्टी र आक्रोश व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सहकार्यको राम्रो कुरा गर्दै बजेट बनाउदाँ बिचौलियासँग सहकार्य गरेको हो भनेर उनले प्रश्न गरे। बिभागिय मन्त्रीलाई समेत योजना काटेको र कुन योजना हालेको थाहा नभएको उनले बताए। मन्त्रीसँग समेत सहकार्य नगरेको उनको भनाई छ। सरकारले ल्याएको बजेटका कारण प्रदेश संरचनामाथि नै वितृष्णा पैदा भएको उनले बताए।

नेकपा माओवादी केन्द्रका प्रदेश शभा सदस्य महेश दत्त जोशीले बिचौलियाहरुको प्रभावबाट यो बजेट बनेको बताए । जनताले भनिरहेका छन् ‘दलालहरुका योजना परे, तपाईँहरुका योजना परेन। जनताले नमागेका ठाउँमा पनि बजेट गएका छन्।’ बिचौलियाकोे पोल्टामा नजाने गरी बजेट सन्तुलन हुने गरि बजेट शंसोधन भएमात्र पारित हुनुपर्छ। त्रुटीहरु सच्याईनुपर्छ। बजेटलाई निजी पेवा सम्पती बाँडे जस्तै बाडिएको उनले बताए। जनताले नमागेको ठाउँमा पनि बजेट विनियोजन गरेको उल्लेख गर्दै बिचौलिया र ठेकेदारले माग गरेर विनियोजन गरिएको उनको भनाई छ।

‘ बजेटमाथि सरकारले छानविन गर्नुपर्छ। एक दुई मन्त्रीको खल्तीको जस्तो बजेट भयो।‘ यती मनोमानी ढंगले बजेट ल्याइयो, व्यवस्था प्रति नै बितृष्ण पैदा हुने भो’ करका प्रवाधानमा पनि बिचौलियाको आधारमा हेरफेर गरेको सरकारको नियतमाथि शंका लाग्छु, उनले भने। यो बजेट सच्याउन उनले माग गरे।

नेकपा एमालेका प्रदेशसभा सदस्य पठान सिंह बोहराले सत्तापक्ष र विपक्षी दलका सासंदहरुको बुझाई र धारणा एउटै रहेको बताए। यहाँ छलफलमा सासंदहरुको एउटै आवाज आउदाँ को सत्तापक्ष र को प्रतिपक्ष छुट्याउन सकिने अवस्था छैन। प्रतिपक्ष दलका एक सासंदलाई प्रलोभन दिएर बजेटको पक्षमा बोल्न आग्रह गरेको उल्लेख गर्दै सरकारको नियत नै गलत भएको बताए।

‘क्रमागत, बहुवर्षिय गौरवका योजना काटिएका छन्, शिक्षा, स्वास्थ्य,महत्वपुर्ण योजनामा न्युन बजेट छ। अनुत्पादक रुपमा बजेट वितरण गरिएको छ’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुदमा कम बजेट छ तर मन्दिरमा धेरै बढी बजेट छ, समाजिक मन्त्रालयमार्फत पनि मन्दिरमा बजेट छ।’

संसदमा आज मात्र छलफल सुरु भएपनि बिचौलियाको सेटिङमा, कमिशनको खेलमा ल्याइएको बजेटको कुरुप रुपवारे जनताका बिचमा पहिलेदेखि व्यापक छलफल भैसकेको उनले बताए। ‘यो संसदको कार्यकाल सकिदैछ, हामी के छोडेर जादै छौं, उनले प्रश्न गरे।

नेकपा एकीकृत समाजवादीका सासंद शुसिला बुढाथोकीले बजेट सन्तुलित नभएको बताइन्। मुख्यमन्त्री र मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा धेरै बजेट बिनियोजन भएको तर सासंदहरुको निर्वाचन क्षेत्रमा न्युन बजेट बिनियोजन भएको उनले बताइन्। जनताको आवश्यकता अनुसार नभएर मन्त्रीको मनोमानीरुपमा बजेट विनियोजन भएको उनको भनाई छ।

नेकपा एमालेका सासंद कृष्णराज सुवेदीले बजेट र योजनाको वितरणमा सेटिङ मिलाउन सरकारले धनगढीका दुई होटलमा बिचौलियासँग कुरा गरेको बताए। सरकारलाई सच्चिन उनले माग गरे।

विपक्षी दलहरुसँग १४ बुदे सहमति भएपछि बुधबार प्रदेश सभा बैठकमा छलफल सुरु भएको हो। यसअघि प्रतिपक्ष दलका साथै सत्ता पक्षकै सासंदहरुले पनि चर्को असन्तुष्टी र विरोध गरेकाले बजेट माथिको छलफल नै हुन सकेको थिएन। बजेटमाथि छलफलका लागि असार ८ गते, असार १२ गते र असार १६ र असार २६ गतेको प्रदेश सभाको बैठक सुरु हुनुअघि नै सूचना टाँस गरेर स्थगित गरिएको थियो।

बजेट प्रस्तुत पछि पहिलो पटक सोमबार बसेको प्रदेश सभा बैठकमा विपक्षी दल नेकपा एमाले, जसपा र लोसपाका सासंद अनुपस्थित भएकाले शभामुख अर्जुन बहादुर थापाले कामकारबाही सुरु नगरि बैठक स्थगितको घोषणा गरेका थिए। मंगलबार दिउँसो १२ बजको बसेको बैठकमा विपक्षी दलका साथै नेपाली काँग्रेस र एकीकृत समाजवादीका सासंद पनि अनुपस्थित थिए। गणपुरक संख्या नपुगेकाले शभामुख थापाले बैठक स्थगित गरेका थिए। भने दोश्रो पटक मंगलबार दिउँसो ३ बजे बसेको बैठक पनि विपक्षी दलको बहिष्कारका कारण शभामुख थापाले स्थगित गरे।

मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रतिपक्ष दल नेकपा एमाले, जसपा, लोसपाबीच बुधबार १४ बुँदे वार्ता भएपछि बजेटमाथिको छलफल सुरु भएको हो। बजेट शंसोधन गरेर मात्र पारित गरिनुपर्ने आफूहरुको माग सरकार सकरात्मक भएकाले बजेट छलफलमा सहभागी भएको नेकपा एमालेका सासंद वोहराले बताए। आफूहरुको कमजोरी भएको सरकारले स्विकारे गल्ती सुधार्ने प्रतिबद्धता भएपछि बजेटमाथि छलफल भएको उनले बताए।

प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको थियो।नागरिक दैनिकमा खबर छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो।

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् । मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् । ‘पहिचानको अधिकारका लागि लडेर आएका हौ,उनले भनिन् ,‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’ मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व सम्हाली रहनु भएको बताइन् । ‘उपराष्ट्रपति नन्द बहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ, उनले भनिन् ,‘ओनसरी घर्ती सभामुख हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’ मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् । यसैबीच मेयर दाहालले भरतपुर १ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन्। हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो । सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतीका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता गरिन् ।

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।   साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

बुहारीलाई बलात्कार गरेको अभियोगमा जेठाजु पक्राउ

गुल्मी। गुल्मीमा जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए । आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले जानकारी दिए । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

गोरखा । गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ रसुवा जिल्लको नौकुण्ठ गाँउपालिका वडा नं. ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि त्रिशुली जिल्ला अस्पताल पुर्याएको थियो । उपचारको क्रममा आज बिहान १ बजे अस्पतालले उनलाई मृत घोषणा गरि दिएको परिवार स्रोतले जानकारी दिएको छ ।

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

केन्द्रको निर्णयविना बागमतीका मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

काठमाडौं । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको छ। प्रदेश सरकार पाँच दलीय गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय बैठकले गरेको हो । बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन । केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’ नियमित प्रकियाअन्तर्गत संसदीय दलको बैठक बसेको जानकारी दिँदै उनले मुख्यमन्त्रीको राजीनामाको विषयबारे कुरै नभएको पनि बताए । उनका अनुसार यस विषयमा छलफलका लागि कार्य तालिका नै थिएन । शनिबार बसेको बैठकले प्रदेश सरकारको बजेट कार्यान्वयन र आगामी चुनौतीबारे छलफल गरेको बताइएको छ । साथै, आगामी निर्वाचनबारे पनि छलफल भएको बताइएको छ ।

बिजुली निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् ।   नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युतको उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् । उनले भनिन्, “बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।” आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन् । देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गरिन् ।

गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् । उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’ मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी।पी। कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।  

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बस्ने भएको हो । संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको एक नेताले बताए । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसअघि नै काठमाडौं आइपुगेका छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेका थिए । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले बतायो ।

इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन अध्यक्ष सिंहको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन आग्रह गरेकी छन । अखिल क्रान्तिकारी इन्जिनियरङ क्याम्पस पुल्चोकद्वारा आयोजित राजनीतिक प्रशिक्षग कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएकी हुन् । अध्यक्ष सिंहले स्थानीय तहको चुनावमा माओवादीले प्राप्त गरेको मतलाई सम्रक्षण गर्दै संघ र प्रदेशको चुनावमा परिचालित हुन समेत आग्रह गरिन् । कार्यक्रममा क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महरासहित सचिव द्वय प्रसुन कार्की र इ. नारायन बडालले पनि प्रशिक्षण दिएको स्ववियू सभापति रोशन थापाले जनाकारी दिए।

देउवा–नेपालबीच भेटः निजगढ विमानस्थल अवलोकन गर्न शीर्ष नेता जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । उक्त भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीका डा.बेदुराम भुसाल सहभागी थिए । भेटमा सहभागी नेकपा समाजवादीका महासचिव भुसालले खासगरी विकास निर्माणका बारेमा दुई नेताबीच कुराकानी भएको बताए । ‘विकास निर्माण र राष्ट्यि योजनाबारे छलफल भयो, अन्य राजनीतिक विषयमा धेरै कुराकानी भएन’ महासचिव भुसालको भनाइ छ । उनले वागमति प्रदेश सरकारका मुख्यमन्त्री फेरबदलबारे सामान्य कुराकानी भएपनि थप केही नभएको बताए । वागमतीका मुख्यमन्त्री फेर्न सत्तारुढ दलमै प्रयास भएका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा लिइएको छ । यद्यपी नेताहरुले भने स्पस्ट केही खुलाउन चाहेका छैनन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु निजगढ विमानस्थलको स्थलगत अवलोकन गर्न जाने भएका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भएको भेटवार्तामा तीनै दलका शीर्ष नेता शनिबार निजगढ विमानस्थलको स्थलगत अवलोकनमा जानेबारे कुराकानी भएको डा.भुसालको भनाइ छ ।

१७ गैँडा मारेपछि पक्राउ, जेलबाट छुटेर थप चार शिकार गर्ने पक्राउ

काठमाडौं । २१ गैँडा मारेको आरोप लागेका बमबहादुर प्रजा र राजकुमार पर्जा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमबहादुर प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरेको हो भने रामकुमार प्रजालाई मकवानपुरबाट पक्राउ गरेको हो ।   प्रहरीले प्रजा दोयलाई बिहीबार राती चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको हो। प्रजामाथि पछिल्लो पटक चार वटा गैँडा मारेको आरोप लागेको छ । २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै गैँडाको खाग झिकिएको अवस्थामा भेटिएको थियो । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनमा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैँडाको शिकार बमबहादुर प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।   १७ वटा गैँडा मारेपछि बमबहादुर २०६० सालमा पक्राउ परेका थिए । त्यति बेला उनले १७ वटा गैँडा मारेको स्वीकारेका थिए । जेलपछि छुटेपछि उनी पुन गैँडा शिकार र खाग तस्करीमा संलग्न भएका हुन् ।रामकुमार प्रजा पनि चोरी सिकारीमै १० वर्ष जेल सजाय भागेका व्यक्ति हुन ।

तत्कालका घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न कानुन मन्त्रीको आग्रह

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसो नगर्न सांसद र संसदीय समितिहरूलाई आग्रह गरे । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिङ्क टयाङ्क नै बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे। संसदले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए त्यो थिङ्क टयाङ्कको आवश्यक्ता नै नहुने उनको भनाइ थियो । ‘नेपालको कानुन निर्माणको सबैभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित भएर कानुनमा ठूलो प्रभावपार्ने कुरामा विचार गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘सबै विषयमा यही हिसावले कुरा गरौं, संसद ठूलो कुरा हो, तर लिगल थिङ्क टयाङ्क बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ ।’ मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए। हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेकाले त्यसलाई परिवर्तन गरेर सोझै पीडितको हातमा दिन सकिने कानुनी व्यवस्था गर्न सकिने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री कोइरालाले अपराध कर्म अनुसार दण्ड जरिवानाको व्यवस्था हुने प्रचलन रहिआएको पनि बताए ।

भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गरेकी छन् । सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिनु भएको थियो । कलेजका बारेमा व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङले ब्रिफिङ गरेका थिए । निरीक्षणका क्रममा कलेजका व्यवस्थापन र प्राध्यापकहरुले कलेजको स्तरोन्ती गर्न महागनर प्रमुख दाहालसँग माग राखेका थिए । मागबारे महानगर प्रमुख दाहालले आफू कलेजको विकासका लागि सकारात्मक रहेको बताए। उनले कलेजको कम्पाउण्ड, गेट तथा क्यान्टिनको थप निर्माणमा सहयोग पुराउने प्रतिवद्धता व्यक्त गरे । उनले प्राथमिकताको बारेमा कलेजको भौतिक तथा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका निर्वाह गर्ने उल्लेख गरे । विस २०५१ सालमा स्थापना भएको कलेजमा डिग्रीसम्म पढाई हुने गरेको छ । विस २०१८ सालको क्रान्तिमा यस ठाँउमा ६ जना शहीद भएका थिए । कलेजले व्यवस्थापन, शिक्षा र मानविक संकायमा अध्ययपन गराउँदै आएको छ ।यो कलेजले पश्चिम चितवनको शैक्षिक उन्नतीमा ठूलो भूमिका निर्वाह गरेको छ ।