जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लवका विद्यार्थीले दले कालोमोसो

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् ।

संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनक शिक्षाकै अधिकारीबाट भएको छ ।

राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको जस्ता आरोप पनि अखिल क्रान्तिकारीले लगाएको छ ।

दुर्व्यवहार गरेको आरोपमा जुरेलीले दिइन युवा संघका केन्द्रीय सदस्यविरुद्ध जाहेरी

काठमाडौं । असार १५ मा हिलो खेल्ने क्रममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले जाहेरी दिएकी छन्। हिलो खेल्ने क्रममा युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्। जुरेलीले दिएको जाहेरी दर्ता गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ। ‘अभद्र व्यवहार र दुर्व्यवहारको आरोपमा जाहेरी आएको छ’, परिसर स्रोतले भन्यो। युवा संघले नै आयोजना गरेको कार्यक्रममा बुधबार उनी भैंसेपाटी पुगेकी थिइन्। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए। रोपाइँ उत्सव मनाउँदा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो। घटना लगत्तै उनले आपत्ति जनाएपछि लफडा भएको थियो। जुरेलीको कपडा पनि च्यातिएको थियो। उनीहरुबीच लफडा भएपछि अन्यले पछि छुट्याएका थिए।

सार्वजनिक शौचालयलाई चिह्न दिदै काठमाडौं महानगर, मर्मत र सरसफाईको जिम्मा संस्थाकै

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न दिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको हो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जानकारी दिएको छ । सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन् जसमा १०० मा चिन्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघिकै कामपामा रहेका ५८ गरी अब कामपामा २५० शौचालय सार्वजनिक रुपमा प्रयोगमा ल्याउन आउन लगिएको पनि कामपाले जानकारी दिएको छ । बैंक, रेष्टुराँ, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्स होटलसहित छन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक÷एक जना प्रतिनिधि तोकिएको छ र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन दिनेछन् ।

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् । उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नहुने

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नगर्ने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगमका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नेपाल आयल निगमको बढ्दो घाटा र अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर बाध्यतावश गरेको बताए ।   मूल्यवृद्धि गर्ने निर्णय आफैँलाई असहज लागे पनि संस्थाको हित तथा आपूर्ति शृङ्खला असहज नहोस् भनेर मूल्य वृद्धि गर्न बाध्य भएको सचिव पाण्डेयले स्पष्ट पारे । सचिव पाण्डेयले नेपाल आयल निगमको घाटामध्ये खाना पकाउने एलपिजि ग्याँसबाट मात्रै करिब ५० प्रतिशतको घाटा भइरहेको उल्लेख गर्दै ग्याँसको अवस्थासहित समग्र विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको बताए । पत्रकार सम्मेलनमा नेपाल आयल निगमका महाप्रबन्धक उमेश थानीले नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब ७० करोड घाटा भएको र आइतबारको मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमले पेट्रोलमा १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपिजि ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा बेहोर्नुपरेको बताए । आयल निगमले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा २ दिन सार्वजनिक बिदा दिँदा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले जनाएको छ ।

अखिल(क्रान्तिकारी)त्रि–चन्द्रद्धारा नवआगन्तुक विद्यार्थीलाई सिलेवस वितरण

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले स्नातक तह वि.एस्सी प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम वर्षको सिलेवस वितरण गरेको छ । नव आगन्तुक विद्यार्थीलाई प्रथम वर्षमा पढाई हुने विषयवस्तुको सुरुमै जानकारी होस र अध्ययनमा सहयोग पुगोस भनेर सिलेवस वितरण गरिएको अध्यक्ष सन्दीप पुडासैनीले जानकारी दिए ।   सिलेवस वितरणसँगै क्रान्तिकारी त्रि–चन्द्रले संगठन विस्तार पनि गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले आज विहानी सत्रको कक्षा कमिटीहरु निर्माण गरेको छ । त्रि–चन्द्र क्याम्पस कमिटीले १५५ जना नवआगन्तुक विद्यार्थीलाई अखिल(क्रान्तिकारी)को सदस्यता दिएको हो ।

आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घटेको आयल निगमको दावी

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दावी गरेको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् ।   उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए । सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यद्यपि सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन् । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गरे । गृहमन्त्री खाँणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गरे । उनले ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसाथ गरी समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गरे। उनले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गरे । योगाभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उनले भने, ‘योग एवं आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो ।’ प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए।

इन्धनको मूल्य बढाउने सरकारको बाध्यात्मक निर्णय : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने सरकारको बाध्यात्मक निर्णय भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा पेरर मूल्य बढाउनुपरेको बताएका हुन् । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महंगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए । मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको स्मरण गराए । मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउए। सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर गरे । मन्त्री बडूले असार २ गते आएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेको बताए । सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँ कायम गरिएको उनको भनाइ छ । मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए। आयल निगमलाई अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको दाबी गरे । उद्योगमन्त्री बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी गरे। उनले अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरु ७० प्रतिशत भन्दा बढी क्षमता चल्न नसकेको अवस्था रहेको बताए । मन्त्री बडूले भएका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएमात्रै राष्ट्रिय उत्पादन बढ्ने बताए । उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन भएमा समस्या र उद्योगीको मागलाई सम्बोधन गर्न सरकार तयार रहेको बताए । सरकारको नीति तथा कार्यक्रम अनुसार नयाँ चालु आर्थिक वर्ष लागेको एक महिनाभित्र नै रुग्ण उद्योग सञ्चालन मोडालिटि ल्याउने तयारी भइरहेको बताए । उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गरे। देशमा भएका चिनी उद्योगको उत्पादनले माग धान्न नसक्ने अवस्था भएको बताउँदै उनले अहिले ४० प्रतिशत भन्सार कर लगाइएको बताए । सचिव पाण्डेले मूल्यवृद्धि कम गर्नको लागि सरकार आफैँले चिनी आयात गरेर बजारमा उपभोक्ता माग पु¥याउनु पर्ने आवश्यकता रहेको बताए । सचिव पाण्डेले सरकारले किसानहरुलाई सहज रूपमा जनतालाई मल उपलब्ध गराउने प्रयास गरिरहेको बताए । उनले त्यसको लागि भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको बताए ।  

फेरि बढ्यो हवाई भाडा, कहाँको कति ? हेर्नुहोस्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।   सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य अनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । सो रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन पाउने छन् । यस्तै, सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन्। उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरे । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्कनुभएको हो । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए । मङ्गलबारदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।

कोलोम्बियामा पूर्व लडाकु तथा वामपन्थी नेता राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । कोलोम्बियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी गुस्ताभो पेट्रोले निर्वाचित भएका छन् । यसअघि बोगोटाका मेयर तथा पूर्व विद्रोही लडाकु समेत रहेका गुस्ताभोले दक्षिणपन्थी गठबन्धनका म्याग्नेटे रोडोल्फोलाई हराउँदै निर्वाचित भएका हुन । ६२ वर्षीय गुस्ताभोले आफ्नो जीतलाई भगवान र जनताको जीत भनेका छन् । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियामा विपक्षी नेताले निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् । एम १९ गुरिल्ला आन्दोलनका सदस्यका रुपमा परिचित गुस्ताभोले निर्वाचनमा क्रान्तिकारी घोषणापत्र सार्वजनिक गर्दै मत मागेका थिए । उनले विश्वविद्यालयको शिक्षा, पेन्सनमा सुधार र अनुत्पादक भूमिमा उच्च करजस्ता एजेण्डा सार्वजनिक गरेका थिए । यसका साथै उनले विद्रोही समूहसँग सन् २०१६ मा भएको शान्ति सम्झौतालाई समेत पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका थिए । कोलोम्बियामा कम्युनिष्ट विद्रोहीहरुको ५० वर्ष लामो सशस्त्र विद्रोह गर्दै आएको फार्क समूहसँग सन् २०१६ मा शान्तिर्वार्ता भएको थियो । यसका साथै गुस्ताभोले अहिले पनि अस्तित्वमा रहेका इएलएन विद्रोहीसँग समेत वार्ता गर्ने बताएका छन् ।

सिन्धुलीमा जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् ।   घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका–४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । जिपसहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

अदालत परिसरबाट फरार व्यक्ति पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए। अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताए । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रममा के–के छन् ? (पूर्णपाठसहित)

काठमाडौँ महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनमा मेयर बालैन्द्र साहले २०७९८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उनले संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्धहरुको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रत्येक हप्ताको आइतबार महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने जनाए। प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने पनि मेयर शाहले बताए। महानगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गर्ने भएको छ। नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडा कार्यालयमार्फत सरकारले उपलब्ध गराउने औषधि निःशुल्क दिने सहजीकरण गर्ने भएको छ। महानगरको विशेष भत्ता योजना ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार निरन्तरता दिएको छ। ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ। क वर्गका अपांगलाई वार्षिक ३ हजारबाट ६ हजार पु¥याइने भएको छ। अपांगमैत्री एटीएम मेसिन चलाउन बैंकसँग समन्वय गर्ने भएको छ। पूर्णपाठ