२० प्रतिशत बाल श्रमिकप्रति नगरपालिकाको ध्यान गएन

बर्दिया । बार बर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् ।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरे पनि २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गर्दैछन् ।

भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउनुपर्ने नीति बनाउनुपर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नगएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए । रासस

मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र

चितवन, असार ३२ । गाेरखाकाे इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा रहेको नेपालकै पहिलो मनकामना केबुलकारले निरन्तर चौथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सिलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनको आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो । सेवाग्राहीहरुको मूल्यांकन (रिभ्यु) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकोले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ । ‘ग्राहकहरुको वास्तविक मूल्यांकनको आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ’ मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो, ‘सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाएका छौँ ।’ ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे रिभ्यु गरेका छन् । ९० वटा रिभ्युमध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्यांकन गरेका छन् । पाँच अंकको समग्र मूल्यांकनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेको छ ।

सुविसुको विशेष अफर : भाग्यशाली विजेतालाई प्रिमियम प्याकेज

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्ना क्लियर टिभी प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टि।भी। सेवामा आवद्ध भएका ग्राहक मध्येबाट गोला प्रथाबाट ३२ जना भाग्याशाली क्लियर टिभी ग्राहकहरुलाई तीन महिनाको क्लियर टिभी प्रिमियम प्याकेज प्रदान गर्ने भएको छ । हाल क्लियर टिभी सेवाअर्तगत ६० भन्दा बडि एच डि च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् ।

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौं, असार ३२ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।” उहाँले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले अस्पताल प्रशासन स्वयम्ले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेटको उपयोग हुन नसकेको टिप्पणी गर्नुभयो । धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पु¥याउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड थियो । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दीपकप्रकाश महराले तीन वर्षदेखिको प्रयासपछि कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अन्तिम तयारीमा पुगेको बताउनुभयो । उहाँले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा कलेजो प्रत्यारोपणका लागि बजेट विनियोजित भएपछि भौतिक पूर्वाधार तयारीको अन्तिमचरणमा रहेको र आफ्नै जनशक्तिबाट नियमित प्रत्यारोपण सेवा उपलब्ध गराउने गरी कार्य थालनी गरिएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु ११ करोड विनियोजित गरेको थियो । आज उद्घाटन गरिएको अत्याधुनिक सघन उपचार कक्षसहित कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणलगातका लागि रु आठ करोड खर्च भएको अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपण टिमका संयोजक कजेलो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले सेवा शुरु गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सबै प्रक्रिया सकिएपनि सरकारले सञ्चालन गर्न लाइसेन्स दिनुपर्छ, त्यस लागि मन्त्रालयमा एक डेढवर्षदेखि प्रत्यारोपण समिति छैन, मन्त्रालयमा भनिरहेका छाैं, स्वास्थ्यमन्त्रीले बनाएको भन्नुभएको छ ।” नेपालबाट हरेक वर्ष करीब चार सयबढी बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सक बताउछन् । वर्षेनी नेपालबाट भारतमा कलेजो प्रत्यारोपणका लागि रु ६० लाखसम्म बाहिरिने गरेको छ ।

संघीय संसदअगाडि प्रदर्शन गर्ने पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा सुधारको माग राखेर गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन सरकारलार्य दवाव दिन उनीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले स्वास्थ्य माफिया अन्त्य गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, सत्याग्रही भोकै छन्, जनता रोएका छन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए । संसदको ३ नम्बर गेटस्थित पानी ट्यांकी नजिक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ । पछिल्लो समय मानवअधिकारकर्मी, पेशाकर्मी र स्वस्फूत रुपमा नागरिकहरु डा केसीको पक्षमा प्रदर्शनमा उत्रिएका छन् ।

तस्वीरमा अमरगढी किल्ला

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्ला । यसै किल्लामा रहेर अमर सिंह थापाले डोटी राज्य माथि विजय हासिल गरी विशाल नेपालमा विलय गराएका थिए । तस्वीरः रासस

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

पर्वत, ३० असार  कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ । डा थापाका ठाउँमा बुटवलबाट नयाँ डा आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिनुभयो । तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसंँग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फछ्र्योटमा समस्या देखिएको छ । त्यसबाहेक गर्मी र वर्षायामका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि प्रमुख चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने चिकित्सकसमेतको अभाव खड्किएको छ । हाल गाउँगाउँमा रहेका स्वास्थ्यचौकीका कर्मचारीलाई समेत बिदामा नबस्न भन्दै अनुरोध गरेको जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालमा प्रमुख नै नहुँदा भने जिल्ला अस्पतालमा देखिएको लापर्वाही प्रष्ट देखिएको गुनासो बढेको छ । अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका डा थापाका सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिनुभयो । रासस

नातिनीले गरिन हजूरबुवाको हत्या

कपिलवस्तु, असार २९ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियामा नातिनीले लाठ्ठी प्रहार गरी ८० वर्र्षीय हजुरबुवाको हत्या गरेकी छन् । १८ वर्षीया नातिनी अस्मिता सुनारले सामान्य घरायसी विवादमा लाठ्ठी प्रहार गरेर हजुरबुवा थाने सुनारको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अस्मितालार्इ थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । लाठ्ठी प्रहारबाट गम्भीर घाइते भएका सुनारको बुटवलबाट उपचार गरी घर लैजाँदा शुक्रबार विहान मृत्यु भएको हो ।

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

काठमाडौं, असार २९ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । प्रधानसेनापति क्षत्री भ्रमणका लागि यही असार १९ गते म्यानमारतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष सिनियर जनलर मिन आङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरे । साथै असार २४ देखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डरलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनाका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

गंगामायाले तोडिन् अनशन

काठमाडौं, असार २९ । वीर अस्पतालमा गएको जेठ १५ बाट अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले सरकारले पूर्वसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार अपरान्ह अनशन तोडेकी हुन । अधिकारीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका थिए ।

बाजुरामा भूकम्प गयाे, त्रासले स्थानीय घर बाहिर निस्किए

बाजुरा, असार २९ । जिल्लामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । -रासस

अवरुद्ध बेनी-जोमसोम सडक खुला

म्याग्दी, असार २९ । पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक पुनः सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका-३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ । चीनको तिब्बत जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको बेनी–जोमसोम-कोरला सडक आयोजना गण्डकी प्रदेशकोे जीवनरेखा मानिएको छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ । पाइप बगाउँदा खानेपानीको हाहाकार मंगला गाउँपालिका-५ अर्मनमा बाढीले पाइप बगाउँदा दुई बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम-टिकावाङ सडक विस्तारका क्रममा क्रममा निस्किएको माटो सीधै खहरे खोलामा फाल्दा दिही-पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा मनपरी फालिएको माटाले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताउनुभयो । “पटक पटक मर्मत गर्दा पनि बगाएको छ, धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ”, उहाँले भन्नुभयो । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बलबहादुर विकले बताउनुभयो । “सडकले पानीको मुहानमै असर गरेको छ, बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौँ” विकले भन्नुभयो । उहाँका अनुसार पटक पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ । हिउँदमा समेत मुहान सुक्दा समस्या भएकाले स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् । बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २६५ मिटर पाइपसमेत बगाएको छ । दुई हजार घरधुरी जोखिममा कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ । पहिराले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् । उहाँका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ । -रासस

नक्कली स्टिकर प्रकरणका चारजनालाई कैद सजाय

वीरगञ्ज, असार २९ । मदिराको बिक्रीमा टाँसिने राजश्वको नक्कली स्टिकर प्रकरणमा पक्राउ परी वीरगञ्ज कारागारमा रहेका चारजनालाई आन्तरिक राजश्व कार्यालय, पर्साले कैद तथा जरिवानाको सजाय सुनाएको छ । कैद सजाय पाउनेमा विराटनगर महानगरपालिका-१ बस्ने हरिओम ट्रेडिङ प्रालिका सञ्चालक कुलप्रसाद राजभण्डारी, भारतको पूर्वी चम्पारण रक्सौल-२० घर भएका वीरेन्द्रकुमार महतो, मोरङ विराटनगर-११ मधुमारा बस्ने प्रकाश घिमिरे र धादिङ धुनिबेँसी-३ घर भई काठमाडौँ बूढानीलकण्ठ-१० बस्ने राजकुमार भण्डारीसमेतलाई कैद सजाय सुनाइएको आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए । अन्तःशुल्क ऐन, २०५८ को दफा १६९१० को खण्ड ‘घ’मा उल्लिखित कसुर ठहरेकाले निजहरुलाई जनही नक्कली स्टिकर प्रयोग गर्दा कायम हुने बिगो र बिगोबराबरकै जरिवाना गरी रु छ करोड ७८ लाख ७० हजार ११६ र एक वर्षको कैद सजाय सुनाइएको छ । विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतबाट करीब रु तीन करोड ५० लाख मूल्यबराबरको ८६ हजार ७४० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेला पक्राउ गरिएको थियो । यस मुद्दामा दोषी ठहर भई फरार रहेका विनोदकुमार गुप्ता, मधुकुमारी चौधरी, सतिस गुप्ता र राहुल गुप्तालाई मुलुकी ऐनको दण्ड सजाय महल नम्बर ३८ बमोजिम थप दश बर्ष कैद सजाय, बिगो र बिगोबमोजिमको जनही रु छ करोड ७८ लाख ७० हजार ११६ जरिवाना तिर्नुपर्ने देखिन्छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकाहरुसँग पटकपटक बयान लिने क्रममा गुप्ताको नाम दोहोरिइरहँदा उनलाई पनि सोधपुछका लागि बोलाउँदा आएका थिएनन् । सो स्टिकर बजारमा गए सरकारलाई रु चार करोड घाटा हुने थियो । -रासस

जीप दुर्घटनामा तीन जनाको मृत्यु

मेलम्ची, असार २९ । पाँचपोखरी थाङ्पाल गाउँपालिका-४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । -रासस

सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम

काठमाडौं, असार २८ । अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ । संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ । संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ । “नेपालको शिक्षा क्षेत्रको प्राविधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी देशको निम्न मध्यम वर्गीय जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो । तर बिडम्बनाको कुरा, राज्यले नै शिक्षाको दायित्व ग्रहण गर्नुको साटो शिक्षालाई व्यापारिक वस्तु झै बनाएकोले संस्था र राज्यमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केहि भ्रष्ट ब्यक्तिहरु र शैक्षिक माफियाका कारण यो संस्था सधैं अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको कुरा दुःखद छ । सिटिइभीटीको पारदर्शिता, प्राविधिक जनशक्ति उत्पादनमा प्रभावकारी भूमिकाको बढोत्तरी, निम्न मध्यम वर्गका जनताको पहुंचमा सिटिइभीटी हुनुपर्ने लगायत समग्र शैक्षिक प्रणालीको रुपान्तरणका निम्ति संघर्षरत हाम्रो संगठन अखिल (क्रान्तिकारी)द्वारा तपशिलका विषयहरुमा यो मागपत्र पेश गरिएकोछ । यी मागहरुको सुनुवाइको निम्ति १० दिनको समयावधी उपलब्ध गराउदछौं । अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउँदछौं” मागपत्रमा भनिएको छ । यी हुन् क्रान्तिकारीका ५ बुँदे माग १) शिक्षा मन्त्रालयले गठन गरेको ‘शूल्क निर्धारण तथा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउन गरेको नियोजित प्रस्तावप्रति खेद प्रकट गर्दछौं । साथै शुल्क वृद्धि रोक्न जोडदार माग गर्दछौं । शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड अवलम्वन गरि लागु गरियोस । २) हाल प्रदान गरिएका विभिन्न कार्यक्रम अन्तर्गतका १० प्रतिशत छात्रवृत्ति कोटा लक्षित वर्गका विद्यार्थीको पहुँचमा पुग्न नसक्नुका साथै अपर्याप्त भएकोले उक्त छात्रवृत्ति कोटामा पारदर्शी प्रक्रिया अपनाइयोस् । साथै छात्रवृत्ति कोटा २० प्रतिशत पु¥याउन जोडदार माग गर्दर्छौ । ३) हालको परीक्षा प्रणालीले मौका परीक्षाको व्यवस्था नगरेको हुँदा हजारौं विद्यार्थी एक वर्षसम्म परीक्षाको लागि पर्खिनुपर्ने र यसबाट विद्यार्थीलाई व्ययभार पर्ने र समय खेर जाने भएका कारण विद्यार्थी मर्कामा पर्ने भएकाले अनिवार्य रुपमा मौका परीक्षाको व्यवस्था गरी तुरुन्तै लागू गरियोस् । ४) मापदण्ड अनुसार आवश्यक पूर्वाधार लगायतका प्रक्रिया पूरा नगरेका शैक्षिक संस्थाहरुलाई पहुँचका आधारमा, प्रलोभनमा परेर सम्बन्धन दिन खोजिएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो गरिएमा कडा संघर्षमा उत्रिन वाध्य हुनेछौं । ५) मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन , नियमन र कार्वाही गर्न माग गर्दछौं ।

नेटका कर्मचारी नियन्त्रणमा

काठमाडौं, असार २८ । जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ । बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आफ्नो काम गर्ने क्रममा अरूलाई असर नपु¥याई सुन्दर शहरलाई जोगाउन सचेत गरिएको छ । यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए । आज बिहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा शहरको सन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए । आफू कहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले शहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभी क्यामराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्छ भन्नुभयो । रासस