राष्ट्रिय दुग्ध विकास बोर्डले माग्यो कार्यकारी निर्देशक, दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । 

बोर्डले शनिबार जारी गरेको सूचनाअनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । 

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

null

 

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ : सभापति देउवा

काठमाडौं । नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बताएका हुन् । नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने उहाँले सन्देशमा उल्लेख गरे । सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उहाँले सन्देश मार्फत बताए ।  उनले नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल वैशाख १ गते शनिबार सन् २०२४ अप्रिल १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ नयाँ वर्षको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेश  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी मुख्यतया बदली रही बाँकी भू९भागमा मौसम सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। केही भूभागमा हावाहुरी समेत चल्नेछ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती भने सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।त्यसैगरी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

आज नयाँ वर्ष

काठमाडौँ । आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ। वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। वि.सं.हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ। नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले संक्रान्ति हेराउने  र राशी अनुसार मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। पछिल्लो समय नयाँ वर्षलाई विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ प्रण पनि गर्ने समेत गरीन्छ ।

कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो । आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । उनले मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रूपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनले भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी ३ महिनाका लागि पार्टीबाट निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।  अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए। यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।  त्यस्तै,नाउपा अध्यक्ष श्रेष्ठले आफ्नै पति रेशमलाल चौधरी पक्ष मानिने प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुलाई पनि कारबाही गर्न लागिएको बताइएको छ । यसअघि उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई नेताहरूबिच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि ‘प्रचण्ड’ले ओलीसँग छलफल गरेका हुन् । आजको क्याविनेटबाट मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय गर्नुका साथै केही सचिवहरूको सरुवा पनि गर्ने बुझिएको छ भने हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा ९सुक ब। तामाङ ० ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको महाभिडन्त हुने पक्कापक्की देखिएको छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको उक्त कार्यक्रम कलाकार तथा कार्यक्रम सञ्चालिका अनिता नेगी तामाङले उद्घोषिकाको भुमिका निभाएको थियो । कला र कलाकारहरु प्रति आफ्नो सिधा व्यांग्यय प्रहार गरिरहने भएपनि भित्रि मन देखि सदैव सम्मान रहेको प्रमुख अतिथि बाईबाले बताएका थिए । जालझेल नगरि विशुद्ध रुपमा कार्यक्रम सम्पन्न गरे सहि कलाकारको मुल्यांकन हुने र मनोबल बढ्ने भएकोले यस्ता कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडि बढने पतिबद्धता समेत जाहिर गरेका छन् । पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ मा थाईल्याण्डमा, दोश्रो मलेसिया र तेश्रो नेपालमा सम्पन्न गर्न लागिएको जानकारी गराएको छ ।

भण्डारीको नेतृत्वमा सिंजा सभ्यता संरक्षणको लागि पहल समिति गठन

काठमाडौँ । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितको लागि पहल समिति’ गठन गरिएको छ । विहीबार संवाद डबलीमा सम्पन्न भेलाले नरेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बल बहादुर महत रहेका छन् । समितिमा भिमनिधी हमाल, हरि रावललगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति रहेका छन् । त्यस्तै, सल्लाहकार र एक्येवद्धता समिति पनि गठन गरेका गरिएको छ । समितिले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग भेटेर विधेयक पारितको लागि पहल गर्ने समितिले निर्णय गरेको छ । सल्लाहकार समिति र एक्येवद्धता समितिको बैठक बसेर थप पहलका कार्यक्रम अगाडि बढाउने संयोजक भण्डारीले बताए ।संयोजक भण्डारीकै पहलमा बनेको विधेयक अहिले संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ ।

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको बताइन्।  सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् । मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् । उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् । शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । सरकार आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदमा पेश गर्ने अन्तिम तयारीमा छ।  

मन्त्रिपरिषद् बैठक एक बजे बस्ने

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।  यसअघि बिहीबारलाई बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय लिने छ ।

मध्यरातमा बहुमूल्य बुद्धचित्तको रुख काटिदिए, घरमा सकेट बम राखिदिए

काभ्रे । काभ्रेको रोसीमा गएराति एक समूहले बुद्धचित्तको रुख काटेर घरमा बम राखिदिएको छ । बिस्फोटक पदार्थसहित गएका १५/२० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि फेला परेको छ। नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको छ । राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुपख काटेका घरमुली तामाङले बताएकी छन्।  खबर पाएपछि राति अढाईबजे इलाका प्रहरी कार्यालय मंगलटारबाट गएको प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको छ। रुख काट्नेहरुको पहिचान भएको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।