पूर्वन्यायाधीश गिरी जेल चलान
काठमाडौं ।पूर्वन्यायाधीश भुवन गिरी जेल चलान भएका छन् ।उनी वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानूनी लडाई लडिरहेकी थिइन् ।
अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।
हङकङको छैटौं विकेट पतनः अविनाश बोहोराले लिए विकेट
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले छैटौं सफलता पाएको छ । खेलको १२.१ ओभरमा नेपालका अविनाश बोहोराले यसिम मुर्ताजालाई व्यक्तिगत २ रनमा आउट गराएका छन् । यसअघि खेलको ११.२ ओभरमा ललित राजबंशीले हङकङका आइजज खानलाई एलविडब्लु धरापमा पारेका थिए । निकै किफायती बलिङ गरिरहेका उनले यो ओभरमा मेडन पनि गरेका थिए । त्यस्तै खेलको ९.२ ओभरमा ललित राजबंशीले नै आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका थिए । यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले १४ ओभर सकिदा ६ विकेटको क्षतिमा ८५ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
नेपालका लागि ललित राजबंशीले नै लिए हङकङको पाँचौं विकेट
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले पाँचौ सफलता पाएको छ । खेलको ११.२ ओभरमा ललित राजबंशीले हङकङका आइजज खानलाई एलविडब्लु धरापमा पारे । निकै किफायती बलिङ गरिरहेका उनले यो ओभरमा मेडन पनि गरे । त्यसअघि खेलको ९.२ ओभरमा ललित राजबंशीले नै आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका थिए । यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले १२ ओभर सकिदा पाँच विकेटको क्षतिमा ७६ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
नेपालका लागि ललित राजबंशीले लिए हङकङको चौथो विकेट
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले चौथो सफलता पाएको छ । खेलको ९.२ ओभरमा ललित राजबंशीले आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका छन् । यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले १० ओभर सकिदा चार विकेटको क्षतिमा ७० रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
हङकङको तेस्रो विकेट पनि रनआउट
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता पाएको छ । खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका हुन् । यसअघि दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले ९ ओभर सकिदा तीन विकेटको क्षतिमा ६७ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तार हुनुपर्ने हो त्यसरी हुन नसकेको बताएका छन्।संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । नयाँ संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको शुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहेको बताए। “अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” अध्यक्ष दाहालले भने, “नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद गम्भीर हुनु जरुरी छ।” समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए। नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरु सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए। कानुन निर्माणका विभिन्न चरणहरुबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उनको भनाई थियो। अभिमुखीकरणमा विधेयक निर्माण प्रकृया, विधेयकको संसदीय चरण, संशोधन प्रकृया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए भने राष्ट्रिय सभाका समितिहरु र निगरानी सम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा। खिमलाल देवकोटाले प्रस्तुति प्रस्तुत गरे। त्यसैगरी, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम रहेको छ। त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल र संघीय संसद सचिवालय, सांगठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम रहेको छ। संघीय संसद सचिवालयले आयोजना र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा भएको १ दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्धेश्यबारे प्रकाश पारेका थिए भने जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा.भीष्मनाथ अधिकारीले विषय प्रवेश गरेका थिए।
नेपाललाई दोस्रो सफलता
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ । खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका हुन् । त्यसअघि नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले आठ ओभर सकिदा दुई विकेटको क्षतिमा ५९ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८/१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
नेपाललाई पहिलो सफलता
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले तीन ओभर सकिदा एक विकेटको क्षतिमा २१ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
जसपा महाधिवेशनको कार्यतालिका सार्वजनिक
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यता लगायत बैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुने समेत निर्णय गरेको छ । कार्यतालिका अनुसार बैशाख १० गतेभित्र संगठन विभागले आवश्यकता अनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटी देखिएमा बैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ । त्यसैगरी, बैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजूरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजूरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण बैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । बैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ । यसैगरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन् । गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । संगठित पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यहरुको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनु पर्ने जसपाले जनाएको छ ।
सांसद आचार्यको पहलमा बुढीगंगाका दुई सामुदायिक विद्यालयमा पुग्यो बस
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा दुईवटा बस प्राप्त गरेका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको माइक्रो बस प्राप्त गर्न सफल भएका हुन् । विराटनगर महानगरपालिकाले एउटा बस स्कुल बस प्राप्त गर्दा छिमेकी गाउँपालिकाका दुई वटा विद्यालयले दुई वटा बस प्राप्त गर्नुमा सांसद आचार्यको पहलले काम गरेको कर्मवीर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलभद्र सरदारले बताए । अध्यक्ष सरदारले भने ‘हामीले माननीय आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेका थियौं, उहाँकै पहलबाट बस प्राप्त गर्न हामी सफल भएका छौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यामिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबार विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसमेतले बसको जरुरी रहेको बताएका थिए । अध्यक्ष सरदारले भने ‘अहिले एउटै मात्र भए पनि निकै राहात पुगेको छ, विद्यालयमा अरु पनि बस आवश्यक छ । थप बस ल्याउनका लागि सरकार र दातृ निकायसँग पहल गरिदिन माननीय ज्यूलाई हामीले आग्रह पनि गरिरहेका छौं ।’ नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलास केसीले पनि भारतीय राजदूतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको बताए । विद्यालयमा थप स्कुल बस आवश्यक भएको बेला आफ्नो निर्वाचन क्षेत्रका सांसद तथा पूर्व मन्त्री जीवन आचार्यले बस उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेको उनले बताए । बस हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा अरु प्रतिनिधिहरु पनि काठमाडौं पुगेका थिए । सांसद जिवन आचार्यमार्फत बस प्राप्त गर्न सफल भएपछि दुवै विद्यालयका प्रतिनिधिहरुले आचार्यबाट चाबी हस्तान्तरण गरेको डेमो तस्बिरसमेत खिचाएका थिए । भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि ६६ वटा स्कुल बस र ४५ वटा एम्बुलेन्स वितरण गरेको थियो । भारतीय राजदूतावासले वितरण गरेका बस र एम्बुलेन्सहरु यस पटक पहाडी जिल्ला र पश्चिम नेपालतर्फ धेरै गएको थियो । भारतीय राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रहेका वर्षमान पुनले विभिन्न पालिका र विद्यालयका प्रतिनिधिहरुलाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्दै
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्ने भएको छ । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो ।
आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
अछाम । अछाममा आगलागीमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती बालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ। यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । मध्याह्न ११ः४५ मा ओमनको अल अमरेत क्रिकेट ग्राउण्ड –१ मा सुरु हुने खेल वर्षाका कारण केहि ढिलो सुरु हुने भएको हो । अहिले खेल हुने मैदानमा हल्का वर्षा भइरहेको कारण पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने भएको छ । नियमित समय अनुसार ११ः१५ मा टस हुनुपर्नेमा पानी नरोकिएको कारण टस हुन सकेको छैन । दुवै टोलीका खेलाडी मैदानमा आई पुगिसकेका छन् । नेपाल आज हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । नेपाल र हङकङबीच ९ टी –२० आई खेल हुँदा दुवै टोली समान ४ खेलमा विजयी भएका छन् भने एक खेल वर्षाको कारण रद्द भएको थियो । १० टोली सहभागी रहेको प्रिमियर कपको विजेताले एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, ३१ जना बेपत्ता
काठमाडौं । वि.सं. २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् । अरु एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएको जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ । गत वर्ष पनि पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए । कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ । त्यसपछि धेरै क्षति आगलागीबाट भएको सहसचिव पाण्डेले बताए । मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका छन् । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको छ भने पाँच सय ६ जना घाइते भएका छन् । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका छन् । आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको छ । यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटनामा परेर ४६ जनाको मृत्यु भएको छ भने दुई सय २८ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका छन् । गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको छ ।
टिपर दुर्घटनामा चालकको मृत्यु
मन्थली । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

