छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

नुवाकोट । यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो ।

बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । रासस

बोक्सी भनेर किशोरीलाई कुटपिट गरेकाे जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

धनगढी, फागुन २७ । बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ । जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने । बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो । इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए । अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने । शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए । घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’ युवतीको अवस्था खतरामुक्त सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको टाउको, छाती, आँखा, पेट, खुट्टा, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको चिकित्सकले बताए । ढाड र आँखामा बढी चोट देखिए पनि अवस्था भने खतरामुक्त रहेको डा। सजन केसीले बताए । भित्री चोट बढी लागेको देखिएको उनले बताए । पीडित युवती राधाले आँखा, घाँटीलगायत शरीरका विभिन्न भाग दुखिरहेको बताएकी छिन् । आफू राम्रोसँग बोल्न सक्ने अवस्था नरहेको उनले बताइन् । संलग्नलाई कारबाहीको माग बोक्सी भन्दै यातना दिनेलाई कारबाही हुनुपर्ने माग पीडित पक्षले गरेको छ । ‘मेरी छोरीमाथि यातना दिनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । कुटपिट गर्ने अरूलाई पनि प्रहरीले पक्राउ गर्नुपर्छ,’ पीडितकी आमा फुलकेशरी चौधरीले माग गरिन्, ‘दोषीलाई उम्किन नदिइयोस् ।’ पीडित पक्षले राहत र क्षतिपूर्तिसमेत माग गरेको छ । पीडितलाई भेटे मेयरले घटनाका मुख्य दोषी छुटाउन भूमिका खेलेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बोक्सीको आरोपमा कुटिएर घाइते भएकी किशोरीलाई भेटेका छन् । सेती अञ्चल अस्पताल पुगेर शनिबार उनले पीडित र पीडितका आफन्तलाई भेटेका हुन् । पीडित युवतीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संलग्नलाई कारबाही गराउन सहयोग गर्ने बताए । ‘फलफूल लिएर आउनुभएको थियो । एकछिन बसेर जानुभयो,’ पीडितकी दिदी सन्ध्या योगीले भनिन्, ‘उपचारमा र दोषीलाई कारबाही गर्न सहयोग गर्छौँ भन्नुभयो ।’ घटना भएकै दिन अभियुक्त रामबहादुरलाई पक्राउ गरिए पनि मेयर चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकायालगातको रोहवरमा प्रहरीले रिहा गरेको थियो । मेयर चौधरीले घटनाका विषयमा पत्रकार सम्मेलनसमेत गरे । धनगढीमा पत्रकार बोलाएर उनले प्रहरी चौकीमा घटना मिलाउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरे । ‘भिड भएकाले प्रहरी चौकीमा गएको कुरा साँचो हो, तर मिल्नुपर्छ भनेर मैले भनेको छैन,’ उनले भने, ‘जाहेरी स्पष्ट नभएर प्रहरीले उजुरी दर्ता नगरेको होला ।’ जाहेरी स्पष्ट नभएकाले दर्ता नभएको प्रहरीले आफूलाई बताएको पनि उनले जनाए । प्रहरी चौकीभित्र पस्नुभयो, घटनाबारे बुझ्ने कामसम्म तपाईंले गर्नुभएन, आफ्नो दायित्व होइन ठान्नुभएको हो ? पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जिम्मेवारी हो । दोषीलाई कारबाही हुनुपर्छ । कारबाहीका लागि हामी पनि सहयोग गर्छौं ।’ बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् । तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो । ‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’ यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए । विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् । उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् । बोर्डको अध्यक्ष ममताप्रसाद आफैं छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् । प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा – मिलापत्र गराउनेलाई कारबाही होस् बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो । खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ । यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’ पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् । सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् । ‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ । समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’ सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् । पुरुष सांसद बोलेनन् बोक्सीको आरोपमा युवतीमाथि भएको जघन्य अपराधविरुद्ध महिला सांसद बोले, तर पुरुष सांसदको मन छोएन । उनीहरूले संसद्को कार्यसूची शिरोपर गरे, जघन्य घटनालाई पाखा लगाए । तीन महिला सांसद बोलेपछि बैठकमा प्रदेश सभा नियमावली प्रस्तुत गरिएको थियो । त्यसो त सुरुमै नियमावलीको मस्यौदा सीधै पेस गर्ने कार्यसूचीमै बैठक अघि बढ्न खोजेको थियो । तर, महिला सांसदहरू चुप लागेनन् । बोक्सी आरोपमा भएको जघन्य अपराधबारे संसद्मा बोल्न पाउनुपर्ने माग उनीहरूले सभामुखसमक्ष राखे । अन्ततः तीन महिला सांसदलाई बोल्न दिने र त्यसपछि मस्यौदा पेस गर्ने सहमति बैठकले ग¥यो । यो निर्णयमा पुरुष सांसदहरूले ताली बजाए । ‘तीनजना महिला सांसद बोलेपछि मस्यौदा पेस गर्ने सहमति गरायौँ,’ सांसद पूर्णा जोशीले भनिन्, ‘बैठक सुरु हुनुअघि यही सहमति गरिएको हो ।’ पीडितलाई मन्त्री र सांसदको आश्वासन प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले पीडित किशोरी तथा उनका आफन्तलाई भेटेर उपचार, राहत र संलग्नलाई कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितलाई भेट्न अस्पताल पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताइन् । यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, उपसभामुख निर्मला बडाल जोशी, सांसदहरू वीरमान चौधरी, मालामतीदेवी राना, माया तामाङ बोहरा, सुशीला बुढाथोकीलगायत पनि शनिबार सेती अस्पताल पुगे । उनीहरूले पीडित र पीडितका परिवारलाई भेटेर स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिए । भेटपछि सांसद चुनकुमारी चौधरीले दोषीलाई कारबाही गर्ने, पीडितको उपचार र राहतका लागि पहल गर्ने आश्वासन दिइन् । बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा बादलले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् । तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो । ‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’ यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए । विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । (नयाँ पत्रिका दैनिक)

भारत सरकारले पुनः नेपाली भूमिमा रेल कुदाउने

काठमाडौं, फागुन २७ । नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ। चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ। भारत सरकाको सहयोगमा निमाणधीन जनकपुरजयनगर –बर्दिबास खण्डको बिजलापुरसम्मको ५२ किमीखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगमी असोजसम्माम रेहलमार्ग निर्माण सकिने रभारतले नै रेल कुदाउने रेल विभागका प्रक्ता प्रकाशभक्त उपाधयले जानकारी दिए । उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दुरीमा रेलमार्ग बनाउँदैछ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

काठमाडौं, फागुन २७ । सचिव थपलियाका अनुसार स्थानीय तह पुनः संरचना गरी अस्थायी संगठन संरचना र दरबन्दी अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी लागू गरिनेछ। सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहको नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनः संरचना गर्दै नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको हो। समायोजनमा ढिलाइ भएकाले कर्मचारी स्थायी रूपमा समायोजन नहुँदासम्म तत्काल सबै स्थानीय तहलाई कामकाजी र प्रभावकारी बनाउन पुनः संरचना गदै नयाँ संगठन संरचना र दरबन्दी तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकासहित सबै स्थानीय तह तदर्थ र कामचलाउ रूपमा सञ्चालित छन्। अधिकांश स्थानीय तह केन्द्रीकृत शासन प्रणलीकै संरचना र ढाँचामा रहँदा सेवा प्रभावकारी बन्न सकेको छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सर्वसाधारणमा तत्काल संघीय शासनको अनुभूति दिलाउन पनि सबै स्थानीय तहको पुनः संरचना गर्दै नयाँ संगठन संरचगना र दरबन्दीको टुंगो लगाएर कर्मचारी खटाउने जानकारी दिए। हाल स्थानीय तहको प्रशासनिक पुनस् संरचना नगरी पठाइएकाले पनि कर्मचारी जान आनाकानी गर्दै आएको मन्त्रालयले जनाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

कुखुरा चोरेर खाने वडाअध्यक्ष केसीकाे राजीनामा माग

काठमाडौं, फागुन २७ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी खाएको आरोप लगाएका हुन् । वडाअध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरुको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर राजीनामा माग्दै गाउँका सार्वजनिकस्थलमा टाँसेका समेत छन् । अाजको अन्नपूर्णमा खबर छ-स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरुले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ वडाध्यक्षले भनेः बेइज्जत गर्न खोजियो तर, वडाअध्यक्ष दुर्गबहादुर केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएका छन् । उनले कुखुरो चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले सँगै खाजा खाएको पनि स्वीकारेका छन् । केसीले सिपखानाका व्यवारीबाट अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरुले मासु खाएको बताए । त्यहीकारण आफूहरुमाथि कुखुरो चोरीको आरोप लगाइएको उनले बताए । ‘खाजा खाँदा उनीहरुले एकापसमा विवाद गरेका थिए’, उनले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’ कुखुरो चोरी गरेर खाएको आरोपसहित स्थानीयले विज्ञप्ती नै निकालेको बारेमा आफुलाई थाहा नभएको उनले बताए । ‘कुखुरो चोरीको आरोप कसले लगायो थाहा भएन’, उनले भने, ‘अहिले म गाउँ जाँदैछु । बुझेर तपाईँलाई खबर गरौंला ।’ वडाअध्यक्ष केसीले कुखुरो चोरेर खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

एम्बुलेन्स कुर्दाकुर्दै बिरामीको मृत्यु !

धनकुटा, फागुन २७ । पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो। घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै उनको निधन भएको हो। यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ। अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन्। ‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन। प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो। सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे। उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो। पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत

ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । फेसबुकपछि बालबालिकाहरुको रोजाइमा ‘युट्युब’परेको छ । ‘भ्वाइस अफ चिल्ड्रेन्ट’ले आयोजना गरेको एक कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्बजनिक गरेको छ । ‘इन्टरनेटमा घन्टौं विताउने बालबालिका नजानिंदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्बेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन । -अन्नपूर्णपोष्ट दैनिकबाट

इलाममा विस्फोट, एक युवकको मृत्यु

इलाम, फागुन २७ । इलाममा शनिबार विस्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भन्ज्याङमा विस्फोट भएको र विस्फोटकाक्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् । राईको शनिबार साँझ इलाम अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटी र जीआई पाइपका टुक्राहरुसमेत फेलापरेको बताइएको छ । विस्फोटको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकमा सुसाइड नोट लेखेर पत्रकारले गरे आत्महत्या

बझाङ, फागुन २६ । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन । शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै बोहराले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए । रेडियो स्थापनाकै सिलसिलामा दुई महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंको एक अनलाइनमा कार्यरत थिए । बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीसँग एउटै कोठामा बस्दै आउको बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले जानकारी दिए । शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बाहिरिएका बोहराले साँझ ८ वजे तिर बोहराले आत्महत्या गर्न लागेको मोबाइलमा म्यासेज आएको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षीय छोरा छन् ।

प्रधानमन्त्री ओलीलाई राप्रपाको पनि समर्थन

काठमाडौं ।कमल थापा नेतृत्वकाे राप्रपाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । राष्ट्रियता र प्रजातन्त्रको सम्वद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदैछन् । उनलाई माओवादी, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका राजनीतिक दलले समर्थन गर्ने जानकारी गराइसकेका छन् ।

ओलीले गरे श्रीमतीको हत्या

तेह्रथुम, फागुन २६ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमतीको हत्या भएको छ । बर्दिया बाँसगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताउनुभयो । मादकपदार्थ सेवन गरेका श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीको कञ्चटमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा राखिएको छ । ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत आठराई सडकखण्डमा मजदूरीका आएका थिए ।

शहीद छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

कञ्चनपुर, फागुन २६ । गतवर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो । शहीद गौतमको सम्झनामा आज उहाँकै घर छेउमै रहेको नमूना प्राविमा स्मृतिसभामा सहभागी शहीद गौतमकी आमा हरिदेवी गौतम निराश मुद्रामा देखिनुभयो । कार्यक्रममा शहीदको सम्मान र भूमिको रक्षार्थ गौतमले बलिदान दिएको चर्चा भइरहँदा शहीद गौतमकी आमाले भने वर्षदिन वितिसक्दा पनि सरकार र नेताबाट पाएको आश्वासन पूरा नभएकोप्रति दुखः व्यक्त गर्नुभयो । ‘घटनाका बेला आनन्द बजारमा छोरो९गोविन्द०को सालिक बनाउनेदेखि बुहारीलाई जागिर दिनेसम्मका आश्वान धेरै पाएँ,’ हरिदेवीले भन्नुभयो–“न छोरोको सालिक बन्यो, न त बुहारीले जागिर नै पाइन ।” आनन्द बजारको मुख्य चोकमा सालिक बनाउन पुनर्वास नगरपालिकाले जग हालेको भए पनि सालिक बनाउने काम शुरु भएको छैन । ‘सालिक बनाउने ठाउँमा धुलोले पुरिँदैछ,’ उहाँले भन्नुभयो–“ढलेको ठाउँमा छोराको सालिक बनेको भए त्यै हेरेर बस्थेँ ।” घटनापछि सहानुभूति व्यक्त गर्न आउने सबै नेताहरुले आश्वासन बाँडेको उहाँको भनाईछ । ‘सालिक हेरेर छोरो सम्झिने दिन कहिले आउँला रु’ उहाँले भन्नुभयो–“तीन नातिनीहरुलाई यहाँका स्थानीय स्कुलहरुले भने निःशुल्क पढाएका छन ।” बुहारी लक्ष्मी गौतम ९शहीद पत्नी० लाई तत्कालीन अवस्थामा नगरपालिकामा जागिर दिने भनिए पनि त्यो पनि हालसम्म पूरा हुननसकेको हरिदेवीले बताउनुभयो । ‘नगरपालिकामा पनि अहिले ठाउँ छैन भन्ने गर्छन्,’ उहाँले भन्नुभयो– “छोरो शहीद भएकाले मिलेको सहयोगले औषधि खानेदेखि परिवारको खर्च चलाएका छौं ।” त्यसैगरी सोही घटनामा सख्त घाइते भएर अपांग जीवन विताइरहेका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंले पनि आफ्नो भूमिका लागि लड्दा सरकारी तवरबाट खासै सहयोग नभएको बताउनुभयो । ‘घाइते भएका बेला सरकारले १९ दिन काठमाडौँमा औषधि उपचार बाहेक केही गरेन,’ उहाँले भन्नुभयो–“श्रीमती जागिर र छोरीहरुलाई पढाइखर्च मागेको भए पनि वास्ता गरिएन ।” अशक्त अवस्थामा रहेका चापागाईंले घटनापछि विभिन्न संस्था र व्यक्तिबाट करिब रु आठ लाख सहयोग मिलेको बताउनुभयो । घटनापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन । घटनास्थल छेउ–छाउबाट भारततर्फ आवतजावत गर्दै सामान्य घरायसी समान किनमेल गर्न थालिए पनि नाका खोल्ने विषयमा पहल भएको देखिएको छैन । आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्न सकरात्मक देखिका छन् । तर सुचारु गर्न पहल गरिदिने कोही नभएको आनन्द बजारका व्यापारी टीकादेवी मगर बताउनुहुन्छ । “नेता आउदा नाका खुल्छ भन्छन,” टीकादेवीले भन्नुभयो–“नाका नखुल्दा दुबै तर्फ व्यापार घाटा भएको छ ।” शहीदको सम्झनामा स्मृतिसभा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ आनन्द बजारमा गतवर्ष भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका शहीद गोविन्द गौतमको सम्झनामा आज स्मृतिसभाको आयोजना गरिएको छ । गत फागुन २६ गते आजकै दिन आनन्द बजारमा रहेको स्थानीय खोलामा अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षकर्मीसितको विवादले उग्ररुप लिँदा गौतमले शहादत प्राप्त गर्नुभएको थियो । पुनर्वास नगरपालिका र शहीद गोविन्द गौतम सीमा संघर्ष समितिले संयुक्त रुपमा शहीद गौतमको प्रथम वार्षिक स्मृतिसभा आयोजना गरेका छन् । स्मृतिसभाको उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री पठानसिंह बोहरा नेपाल–भारतबीच हुने सीमा क्षेत्रका समस्याको समाधान दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘यहाँको दक्षिण क्षेत्रमा सीमा सम्बन्धी धेरै समस्या छन्,’ मन्त्री बोहराले भन्नुभयो–“दबै छिमेकी मिलेर समस्या समाधान गर्नुपर्छ ।” उहाँले सीमाक्षेत्रको सडक, सिँचाइ, खानेपानी लगायतको पूर्वाधार निर्माणका विषयमा प्रदेश सरकार योजनासहित अघि बढ्ने जानकारी दिनुभयो । प्रदेशसभा सदस्य तारालामा तामाङले शहीद गोविन्द गौतमको नाममा स्मृति प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिदैं ‘शहीद गौतमको नाममा केही न, केही गछौं भन्नुभयो ।’ कार्यक्रममा शहीद गौतमका बुबा खिमलाल गौतम, आमा हरिदेवी गौतम र पत्नी लक्ष्मी गौतमलाई सम्मान गरिएको छ । त्यसैगरी सोही घटनामा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंलाई पनि सम्मान गरिएको थियो । पुरिएर बालिकाको मृत्यु त्यसैगरी आज पुरैनामा सडकको नालीमा पुरिएको दश वर्षीया अर्मिता सार्कीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार निर्माणाधिन सडकको ६ फिट गहिरो नालीमा खेल्ने क्रममा माथिबाट माटो खस्दा सार्कीको मृत्यु भएको हो । मतृक सार्कीसँगै खेलिरहेका स्थानीय १२ वर्षीय सनिदेव चौधरी र सुरत चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रहरीकाअनुसार सार्कीसँगै नालीमा आधा पुरिएको अवस्थामा चौधरीद्वयलाई देखेपछि तत्काल स्थानीयवासीले उद्दार गरेका थिए । त्यसैगरी शुक्रबार पुनर्वास नगरपालिका– ५ का ३१ वर्षीया अम्बिका ओझाले आफ्नै तीन महिने छोरी पुष्पा ओझाको सलले बेहेर हत्या गरेकी छिन् । छोरीको हत्या गरी आत्महत्या गरिरहेको अवस्थामा आमालाई स्थानीयवासीले उद्धार गरेका थिए । छोरीको हत्यामा संलग्न आमालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिनुभयो ।

राजधानीबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं, फागुन २६ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५२औँ हप्तामा आज वाग्मती नदीको संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दाबढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३० संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालीम लिइरहेका १०० जना प्रशिक्षार्थीको समेत सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१३औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए । रुद्रमती सफाइको २०७औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजले काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित सांसद गगनकुमार थापा र प्रदेशसभा (क) बाट निर्वाचित सदस्य नरोत्तम वैद्यलाई स्वागत एवं सम्मान ग¥यो । सो अवसरमा उहाँहरुले सम्भव भएसम्म प्रत्येक हप्ताको सफाइ अभियानमा सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभयो । अभियानले केही हप्ताअघि कालोपुलमुनिबाट हटाइएको अव्यवस्थित तरकारी बजार भाडामा लिइएको स्थानमा व्यवस्थित गरिएको छ । सांसद थापा र प्रदेशसभा सदस्य वैद्यले तरकारी किनेर संयुक्तरुपमा बजारको उद्घाटन गर्नुभयो । वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५७औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४८औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा उपत्यका बाहिरबाट पढ्न आएका विद्यार्थी सहभागी हुँदा पनि स्थानीयवासी भने घरबाट ननिस्किएको सफाइ संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिनुभयो । चक्रपथ सफाइको ४८औँ हप्तामा चक्रपथ क्षेत्रको दायाँबायाँ सडक किनारमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामे रेलिङ भत्काइयो । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउने निर्णय गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । आज अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष बस्नेत नेतृत्वको समूहले सफाइ अभियानको निरीक्षणसमेत गरेको थियो । चक्रपथको बाफल खण्ड सफाइको ३०औँ हप्तामा स्वयम्भू ठूलो भ¥याङबाट कारखाना चोकसम्म सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो । आजको सफाइ डिपार्टमेन्टल स्टोरअघि केन्द्रित भएको उहाँले बताउनुभयो । घरअघि फोहर फाल्नेको तस्वीर खिचिएकाले आगामी हप्ता सफाइकाक्रममै त्यसलाई सार्वजनिक गरिने अभियानले जनाएको छ ।

हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति

काठमाडौं, फागुन २६ । दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताउनुभयो । “मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा समेत असर गरेको छ, गौतम बुद्धको ‘अहिंसा परमो धर्म’ भन्ने उक्तिलाई कार्यान्वयन गर्न सम्मेलनले सहयोग गर्ने विश्वास गरिएको छ, सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारका तर्फबाट सहयोग गर्नेछु”–उहाँले भन्नुभयो । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले विषादीमुक्त शाकाहारी भोजन हुनुपर्ने बताउनुभयो । “सरकारले सीमाका क्वारेन्टाइनबाट बढी विषादीयुक्त सामग्री आयात भएमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ, मानव स्वास्थ्यलाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी कुसुम दिदीले जस्तो अन्न खायो त्यस्तै मन एवं विचार हुने भएकाले शुद्ध विचारका लागि त्यसै अनुसारको खाना खानुपर्नेमा जोड दिनुभयो । आइतबारसम्म हुने सम्मेलनमा शाकाहारी परिकारको कक्षसमेत राखिएको छ । सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीस भन्दा बढी देशबाट सहभागी आएको आयोजक समितिले जनाएकोे छ । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र विश्व तापमान वृद्धिमा मासुका लागि बढ्दै गएको जनावर पालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । उद्योग धन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् । मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ ।

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा काेइराला

काठमाडौं, फागुन २६ । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताउनुभयो । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।” नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिनुभयो । सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताउनुभयो । क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिनुभयो । त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिनुभएको थियो । सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गर्नुभएको थियो ।

थामकोटमा भ्यूटावर निर्माण गरिने

म्याग्दी, फागुन २६ । पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् । हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ । समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताउनुभयो । थामकोटबा मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।