शान्तिपूर्ण रूपमा निर्वाचन गराउन मानवअधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सवै पक्षलाई आग्रह गरेका छन् ।
बुधबार (फागुन १२) काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधिहरू नगरी वा नगराई नागरिकको मानवअधिकारको सम्मान गर्न र आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सबै पक्षलाई आग्रह गरे ।
सबै पक्षहरूले धैर्यता र संयमता अपनाउन, अरुप्रति लक्षित अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा साँस्कृतिक सद्भाव बिथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन/प्रसारण नगर्न समेत सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने बताए । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यावहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे ।
मगरले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानुनी कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए । योग्य र सक्षम प्रतिनिधि निर्वाचित गराएर देशको शासन गर्ने ठाँउमा पठाउन सबैले योगदान गर्नुपर्ने उनको भनाइ छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न माग
काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् । बुधबार (फागुन १३) विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । "गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी सार्वजनिक गरी कार्यान्वयन गर्न तथा न्याय सुनिश्चित गर्न हामी जेनजी जनआन्दोलनका प्रतिनिधिहरू गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ," विज्ञप्तिमा भनिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका क्रममा ७६ जनाको गैरन्यायिक हत्या र दुई हजार २१३ जनाभन्दा बढी घाइते भएको दुःखद घटना नेपाली समाजको सामूहिक स्मृतिमा अझै ताजा रहेको विज्ञप्तिमा उल्लेख छ । "भ्रष्टाचार निवारण र वाक/डिजिटल स्वतन्त्रताको हक सुनिश्चितताका लागि युवाहरूले भदौ २३ गते शान्तिपूर्ण रूपमा आह्वान गरेको सडक आन्दोलनमाथि तत्कालीन सरकारले गरेको बर्बर दमनका कारण नेपाली नागरिकको गैरन्यायिक हत्या भएको र त्यसले भाद्र २४ गतेको थप जटिल अवस्था निम्त्याएको तथ्य सबैलाई विदित नै छ," विज्ञप्तिमा भनिएको छ, "देश अराजकताको डिलमा पुगेको संक्रमणकालीन अवस्थालाई न्यायोचित ढंगले सम्हाल्न, शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न, जेनजीले उठाएका मागहरू सम्बोधन गर्न र भदौ २३ र २४ का घटनामा न्याय सुनिश्चित गर्न हामीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्लाई राज्यको बागडोर सुम्पिने सामूहिक निर्णय गरेका थियौँ ।" आज ती कहालीलाग्दा दिनहरूबाट देश प्रतिनिधिसभा निर्वाचनको मुखमा आइपुगेको विज्ञप्तिमा उल्लेख छ । अन्तरिम नागरिक सरकारले फागुन २१ गते खुला, शान्तिपूर्ण तथा निष्पक्ष निर्वाचन गराई देशलाई पुनः संवैधानिक मार्गमा फर्काउनेमा आफूहरू विश्वस्त रहेको जनाइएको छ । "निर्वाचन मात्र नभई गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी यही अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारबाही गर्ने प्रक्रिया अघि बढाउँछ भन्ने अपेक्षा हाम्रो थियो । तर, पछिल्लो समय जाँचबुझ आयोगको म्याद पटकपटक थपिँदै जानु र निर्वाचनपछि फागुन २२ गतेसम्मका लागि म्याद थप गरिएको अवस्थाले हामीलाई गम्भीर रूपमा चिन्तित बनाएको छ," जारी विज्ञप्तिमा उल्लेख छ ।
एकैदेखि ओखलढुंगामा एमाले, कांग्रेस र रास्वपा परित्याग गरी १२०० जना नेता-कार्यकर्ता नेकपामा प्रवेश
ओखलढुंगा । जिल्लामा नेकपा प्रवेशको लहर तीव्र बन्दै गएको छ। आज मात्रै विभिन्न दल परित्याग गर्दै करिब १२०० जना नेता–कार्यकर्ता तथा समर्थकहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी का स्थानीय नेता तथा कार्यकर्ता रहेका छन्। नवप्रवेशीहरूलाई नेकपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले भव्य कार्यक्रमका बीच स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै नेकपा नै जनताको आशा र भरोसाको केन्द्र बनेको दाबी गरे। उनीहरूले सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, सुशासन र विकासको स्पष्ट दृष्टिकोणसहित नेकपा अघि बढिरहेको भन्दै नवप्रवेशीहरूलाई संगठित संघर्ष र रूपान्तरणको अभियानमा सक्रिय भूमिका खेल्न आह्वान गरे। ओखलढुंगामा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिरबाबु गुरुङकाे चुनावी अभियान थप शक्तिशाली बनेकाे छ । नेकपाले पछिल्लो समय जनताको व्यापक समर्थन प्राप्त गरिरहेको छ। पछिल्लो प्रवेशले जिल्लामा नेकपाको संगठनात्मक आधार थप सुदृढ भएको र चुनावी प्रतिस्पर्धामा उम्मेदवार गुरुङ अझै शक्तिशाली बनेको पार्टीले उम्मेदवार गुरुङकाे भनाइ छ । स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। निराशा, अवसरवाद र दिशाहीन राजनीतिबाट आजित कार्यकर्ता तथा नागरिकहरू वैकल्पिक र सिद्धान्तनिष्ठ शक्तितर्फ आकर्षित भइरहेको संकेतका रूपमा यसलाई विश्लेषण गरिएको छ। ओखलढुंगामा देखिएको यो उत्साहजनक लहरले आगामी दिनमा नेकपाको प्रभाव अझ विस्तार हुने अपेक्षा गरिएको छ।
रुपन्देही-२ मा अग्रजले नगरेका काम हामी गर्छौँ : विश्वदीप
बुटवल । रुपन्देही जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ घरदैलो अभियानमा फरक शैलीमा प्रस्तुत भएका छन्। प्रतिस्पर्धी उम्मेदवारविरुद्ध आरोप–प्रत्यारोप नगरी उनी मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित देखिएका छन्। घरदैलोका क्रममा उनी प्रायः भन्छन्, “अग्रजहरूले नगरेका काम हामी गर्छौँ।” चुनावका बेला एक–अर्कालाई आरोप लगाउने परम्परागत शैलीभन्दा अलग हुँदै उनले आफ्ना एजेन्डा र योजनामै जोड दिएका छन्। सैद्धान्तिक असहमतिका बाबजुद प्रचारका क्रममा प्रतिस्पर्धीप्रति संयमित अभिव्यक्ति दिँदै उनले राजनीतिक संस्कार प्रस्तुत गरेको स्थानीय मतदाताहरू बताउँछन्। तर मतदातामा विगतप्रति निराशा प्रष्ट देखिन्छ। अघिल्ला निर्वाचनमा गरिएका वाचा पूरा नहुँदा धेरै मतदाता उम्मेदवारका कुरा सुन्नसमेत अनिच्छुक देखिन्छन्। यस क्षेत्रका पुराना प्रतिनिधिहरूले विकास र समस्या समाधानका आशामा तुषारापात गरेकाले नयाँ उम्मेदवारहरूलाई विश्वास जित्न चुनौती थपिएको छ। यद्यपि पुरानाभन्दा नयाँ अनुहारप्रति केही सकारात्मक झुकाव देखिएको छ। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तारा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका विश्वदीप भन्छन्, “मतदातालाई सबै उस्तै लाग्ने अवस्था बनेको छ। चुनावमा लोभ देखाउने र त्यसपछि गाउँ नफर्किने प्रवृत्तिले निराशा बढाएको हो। अग्रजहरूले गरेका गल्तीको जवाफदेही हामीजस्ता नयाँ पुस्ताले पनि बन्नुपरेको छ। तर म तपाईंहरूलाई धोका नदिने प्रतिबद्धता व्यक्त गर्छु।” घरदैलो अभियानका क्रममा उनले मतदाताका गुनासा, जिज्ञासा र अपेक्षालाई नजिकबाट सुन्दै आएका छन्। टोल–टोलका भेटघाटमा उनी दोहोर्याउँछन्, “अब तपाईंहरूको दुःख–सुखमा साथ दिन युवा पुस्ता आएको छ। हिजो भएका कमजोरीको सट्टा छोरा–नातीजस्तै भएर सेवा गर्नेछु।” आगामी २१ गते हुने निर्वाचनको माहोल यसपटक केही फरक देखिएको छ। विगतको जस्तो कटु आलोचना भन्दा आफ्ना योजनासहित मत माग्ने प्रवृत्ति बढेको छ। नयाँ उम्मेदवारहरू यसलाई सकारात्मक संकेतका रूपमा लिइरहेका छन्। रुपन्देही–२ का उम्मेदवार विश्वदीप भन्छन्, “विगतका कमजोरीले देश थाकिसकेको छ। अब थाकेको युवा शक्तिलाई ऊर्जा भर्ने जिम्मेवारी यही निर्वाचनले लिनुपर्छ। देशलाई अब थाक्न दिनु हुँदैन, युवाले सम्हाल्नुपर्छ। मतदाता पनि डर र लोभबाट मुक्त भएर ढुक्कसँग मतदान गर्नुपर्छ।”
गुण्डुको जंगलमा एक जना पुरुष मृत फेला
काठमाडौँ । भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले बताए । कटुन्जे बस्दै आएका थापा सोमबार घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् । घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको बिएडी–६७४० नम्बरको कार र मोबाइल भेटिएको छ । उनी बैंकका कर्मचारी हुन् । घरबाट कार्यालय जान्छु भनेर निस्केका थापा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको लागी निवेदन दिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए।
एक लाख ८६ हजार अस्थायी मतदाता कायम
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्र्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश छ । ती अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
रोल्पाको विकास र समृद्धिमा निरन्तरता दिन मतदान गर्न वर्षमान पुनको आव्हान
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले रोल्पाका मतदातासँग भेटघाट तथा चुनावी संवाद गर्दै आफ्नो कार्यकालमा भएका विकास निर्माणका उपलब्धि र आगामी योजनाबारे स्पष्ट धारणा प्रस्तुत गर्दै मतदान गर्न आव्हान गरेका छन्। फेसबुकबाट भिडियाे सन्देश जारी गर्दै उनले भनेका छन्- रोल्पाबासी बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सबै रोल्पालीलाई हार्दिक अभिवादन व्यक्त गर्दछु। उनले यस पटक पनि रोल्पाबाट प्रतिनिधिसभाका लागि नेकपाको तर्फबाट तारा चिन्ह लिएर उम्मेदवार बनेको जानकारी गराउँदै जिल्लाको विकास र जनताको जीवनस्तर उकास्न निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका पुनले आफ्नो कार्यकालमा रोल्पामा भएका मुख्य विकास गतिविधिहरूको विवरण प्रस्तुत गर्दै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, खानेपानी, सञ्चार तथा कृषि क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए। उनले मदन भण्डारी लोकमार्ग र सहिद मार्गको निर्माण तथा कालोपत्रेमा विशेष भूमिका निर्वाह गरिएको उनले उल्लेख गरेका छन। सडक सञ्जाल विस्तारले जिल्लालाई अन्य सहरसँग प्रत्यक्ष जोड्दै आर्थिक गतिविधि र आवागमन सहज बनाएको उनको भनाइ छ। जिल्लाभर उदाहरणीय विद्यालय भवन निर्माण, शिक्षाको गुणस्तर सुधार, साथै सरकारी कृषि क्याम्पस र बहुप्राविधिक शिक्षालयको स्थापना तथा विस्तारले शैक्षिक अवसर बढाएको उनले बताए। १० वटै पालिकामा प्रशासनिक भवन निर्माण तथा १५ शय्याका अस्पतालहरू निर्माण सम्पन्न वा अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। यसले स्थानीय स्तरमै सेवा प्रवाह र स्वास्थ्य पहुँच सुदृढ बनाएको उनको दाबी छ। शान्ति प्रक्रिया सुरु हुँदा करिब १२ प्रतिशत मात्र रहेको विद्युतीकरण अहिले ९० प्रतिशतभन्दा माथि पुगेको उनले उल्लेख गरेका छन्। विद्युत् विस्तारले ग्रामीण जीवनशैली र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ। खानेपानी सुविधाको विस्तारसँगै जिल्लाका सबै क्षेत्रमा ४जी टेलिफोन सेवा पुर्याइएको उनले बताए। सञ्चार पहुँचले सूचना प्रवाह र डिजिटल सेवामा सहजता ल्याएको छ। विकसित सडक सञ्जालका कारण थवाङको आलु र जिल्लाका सुन्तलाहरू पोखरा, काठमाडौं र बुटवलजस्ता सहरमा पुग्न थालेको तथा किसानहरूले लाखौँ रुपैयाँ आम्दानी गरिरहेको उनले उल्लेख गरेका छन। यसले कृषि उत्पादनलाई बजारसँग प्रत्यक्ष जोडेको छ। पुनले रोल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जनप्रतिनिधिका रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले युवाहरूलाई शिक्षित र प्रशिक्षित मात्र नभई रोजगार तथा स्वरोजगार बनाउने योजना अघि सारेका छन्। साथै, आफ्नो मन्त्री तथा जनप्रतिनिधिको अनुभवलाई देशको विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा सदुपयोग गर्ने उनले बताएका छन् रोल्पाको समग्र विकासलाई दिगो र योजनाबद्ध रूपमा अगाडि बढाउने संकल्पसहित उनले मतदाताको साथ र विश्वास आवश्यक रहेको धारणा राखेका छन्।
याे निर्वाचनमा चार प्रमुख शक्तिबीच कडा प्रतिस्पर्धा हुन्छ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी राजनीतिक प्रतिस्पर्धा चार प्रमुख शक्तिबीच केन्द्रित हुने बताउनुभएको छ । उहाँका अनुसार अहिलेको चुनावी तथा राजनीतिक मैदानमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मुख्य प्रतिस्पर्धा रहनेछ । “अहिलेको प्रतिस्पर्धा मुख्य रूपमा चार शक्तिबीच केन्द्रित छ,” प्रचण्डले भन्नुभयाे, “यी शक्तिहरूबीचको प्रतिस्पर्धाको नतिजा निर्वाचन परिणामबाट मात्रै स्पष्ट हुनेछ ।” उहाँले आगामी सात–आठ दिनको समय निर्णायक रहेको उल्लेख गर्दै संगठनात्मक परिचालन, मतदाता जागरण, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई तीव्र बनाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ। प्रचण्डले पार्टीको राजनीतिक दृष्टिकोण राष्ट्रको स्वाधीनता, लोकतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली र शान्ति प्रक्रियाको संरक्षणमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । “संविधानसभा, गणतन्त्र र समावेशी व्यवस्थाको स्थापनामा हाम्रो ऐतिहासिक भूमिका छ, त्यसको संरक्षण र सुदृढीकरण नै हाम्रो आगामी राजनीतिक यात्राको मूल लक्ष्य हो,” उहाँले भन्नुभयाे । उहाँले सरकार अस्थिर बनाउने, हिंसात्मक प्रवृत्तिलाई बढावा दिने वा लोकतान्त्रिक संरचनामाथि प्रहार गर्ने कुनै पनि तत्वविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “राष्ट्रिय मुद्दामा आवश्यक परे कांग्रेस, एमाले लगायतका दलसँग संवाद र सहकार्य गरेर राष्ट्रहितमा साझा धारणा बनाउने नीति हामीले लिएका छौँ,” प्रचण्डले भन्नुभयो । उहाँले एकातर्फ आलोचना र विरोधको जवाफ जनस्तरमै स्पष्ट रूपमा दिइने र अर्कोतर्फ राजनीतिक प्रतिस्पर्धालाई संयमित, लोकतान्त्रिक तथा तथ्यपरक ढंगले अघि बढाइने बताउनुभयो । “चरमपन्थी सोच र अतिवादी धारभन्दा अलग रहेर राष्ट्र, जनता र संविधानको पक्षमा केन्द्रित राजनीति अहिलेको आवश्यकता हो,” उहाँको भनाइ छ ।
प्रचण्डद्वारा बुद्धिजीवीलाई नेकपाको पक्षमा जनमत निर्माण गर्न आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार तथा सामाजिक अगुवाहरूलाई पार्टीको पक्षमा जनमत निर्माण गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बामबुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले लेख, रचना, अन्तर्वार्ता, छलफल तथा संयुक्त वक्तव्यमार्फत आफ्ना धारणा स्पष्ट राख्न आग्रह गर्नुभएको हो। जनमत निर्माणमा बौद्धिक समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले निर्वाचन प्रक्रियामा सकारात्मक र रचनात्मक सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै संस्थागत तथा व्यक्तिगत रूपमा सबैले निगरानी बढाउनुपर्ने बताउनुभयो। मतदान केन्द्रमा प्रतिनिधि परिचालन गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने तथा आवश्यक प्रशिक्षणलाई प्राथमिकतामा राख्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ। प्रचण्डका अनुसार यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र नभई देशको भविष्य कुन दिशामा जाने भन्ने विषयमा जनमत अभिव्यक्त गर्ने अवसर हो। देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउने कि अन्योल र अस्थिरतामा धकेल्ने भन्ने निर्णय जनता स्वयंले गर्ने समय आएको उहाँको भनाइ छ। नेकपाले आफूलाई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको संरक्षण गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ। पार्टी नेतृत्वले जनताको समर्थन, संगठनात्मक एकता र प्रभावकारी राजनीतिक रणनीतिलाई सफलताको आधार मान्दै अघि बढिरहेको छ।
स्वच्छ र भयरहित निर्वाचन भए नेकपाकाे पक्षमा बहुमत जनमत आउँछ, देशभर जनलहरु उत्सहाजनक छ: प्रचण्ड (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्वच्छ रभयरिहत निर्वाचन भए नेकपाकाे पक्षमा बहुमत आउने बताउनु भएकाे छ । पार्टीले संगठनात्मक सक्रियता, वैचारिक स्पष्टता र जनस्तरको व्यापक अभियानमार्फत आफ्नो राजनीतिक उपस्थितिलाई थप सुदृढ बनाउने रणनीति अघि सारेकले र पार्टी नेतृत्वले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएको अवस्थामा नेकपाकाे पक्षमा परिणाम अपेक्षाकृत राम्रो आउने विश्वास व्यक्त गर्नुभएकाे छ । ‘प्रचण्ड’ले बुधबार बामबुद्धिजीवीहरूसँगको छलफलका क्रममा पार्टीभित्रको सक्रियता, एकता र जनताको उत्साह अन्य राजनीतिक शक्तिको तुलनामा सशक्त रहेको बताउनु भएकाे छ । उहाँले जहाँसुकै पुगे पनि जनताको सकारात्मक प्रतिक्रिया पाइएको उल्लेख गर्दै केही स्थानलाई अपवादका रूपमा छोडेर अधिकांश क्षेत्रमा पार्टीप्रति समर्थन बढिरहेको दाबी गर्नुभएकाे छ । राष्ट्रहित र लोकतन्त्रको पक्षमा स्पष्ट अडान उहाँले पार्टीको राजनीतिक दृष्टिकोण राष्ट्रको स्वाधीनता, लोकतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली र शान्ति प्रक्रियाको संरक्षणमा केन्द्रित रहेको स्पष्ट पार्नु भएकाे छ । उहाँका अनुसार संविधानसभा, गणतन्त्र र समावेशी व्यवस्थाको स्थापनामा आफूहरूको ऐतिहासिक भूमिका रहेको र त्यसको संरक्षण तथा सुदृढीकरण नै आगामी राजनीतिक यात्राको मूल लक्ष्य हो। सरकार अस्थिर बनाउने, हिंसात्मक प्रवृत्तिलाई बढावा दिने वा लोकतान्त्रिक संरचनामाथि प्रहार गर्ने तत्वहरूविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । तर साथसाथै राष्ट्रिय मुद्दामा आवश्यक परे कांग्रेस, एमालेलगायतका दलहरूसँग संवाद र सहकार्य गर्ने नीति पनि पार्टीले लिएकाले हिजोका सहयात्री शक्तिहरूसँग आवश्यक विषयमा संवाद गरेर राष्ट्रको हितमा साझा धारणा निर्माण गर्ने रणनीति अघि बढाइएको बताउनु भएकाे छ । उहाँका नेतृत्वका अनुसार एकातर्फ विरोध र आलोचनाको जवाफ जनस्तरमै स्पष्ट रूपमा दिइनेछ भने अर्कोतर्फ राजनीतिक प्रतिस्पर्धालाई संयमित, लोकतान्त्रिक र तथ्यपरक ढंगले अघि बढाइने छ। चरमपन्थी सोच र अतिवादी धारभन्दा अलग रहेर राष्ट्र, जनता र संविधानको पक्षमा केन्द्रित राजनीति नै अहिलेको आवश्यकता भएको दाबी गर्नुभयाे । पार्टीको एकता र संगठनात्मक सशक्तीकरण नेपालको राजनीतिक इतिहासमै २५/२६ वटा साना–ठूला समूह एकीकृत भएर एउटै राजनीतिक शक्तिका रूपमा संगठित हुनु आफैँमा ऐतिहासिक उपलब्धि भएको पार्टीको ठहर उहाँकाे छ। नेतृत्वका अनुसार पार्टीभित्र अहिले सबै तहका कार्यकर्ता सक्रिय छन् र संगठनात्मक संरचना मजबुत बनाइएको छ। पार्टीको राजनीतिक लाइन स्पष्ट रहेको र कुनै प्रकारको ‘यदि’ वा ‘तर’ बिना राष्ट्रहित, लोकतन्त्र र जनअधिकारको पक्षमा उभिने प्रतिबद्धता रहेको बताइएको छ। यही स्पष्ट दृष्टिकोणका कारण कार्यकर्तामा आत्मविश्वास बढेको र जनस्तरमा पनि सकारात्मक सन्देश पुगेको दाबी उहाँकाे छ । नेतृत्वले स्वच्छ निर्वाचन हुने हो भने पार्टीको परिणाम विगतको तुलनामा सुधार हुने विश्वास व्यक्त प्रचण्डकाे छ । विभिन्न आन्तरिक तथा बाह्य विश्लेषण र अनौपचारिक प्रतिवेदनमा समेत पार्टीको सिट संख्या बढ्न सक्ने अनुमान सार्वजनिक भइरहेका छन्। यद्यपि यस्ता अनुमानलाई अन्तिम सत्यका रूपमा नभई जनसमर्थनको संकेतका रूपमा मात्र लिनुपर्ने धारणा व्यक्त प्रचण्डले गर्नुभएकाे छ । चार प्रमुख शक्तिबीच प्रतिस्पर्धा अहिलेको राजनीतिक प्रतिस्पर्धा मुख्य रूपमा चार प्रमुख शक्तिबीच केन्द्रित रहेको बताउनु भएकाे छ— नेपाली कम्युनिस्ट पार्टी, कांग्रेस, एमाले र रास्वपा। यी चार शक्तिबीचको प्रतिस्पर्धामा कसले अग्रता लिने भन्ने विषय निर्वाचन परिणामबाट मात्र स्पष्ट हुने भनाइ छ। पार्टी नेतृत्वका अनुसार आगामी सात–आठ दिनको समय अत्यन्त निर्णायक रहेको छ। यस अवधिमा संगठनात्मक परिचालन, मतदाता जागरण, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई अझ तीव्र बनाइनेछ। पार्टीले कार्यकर्तालाई गाउँ–टोलसम्म पुगेर जनताको विश्वास मजबुत बनाउन निर्देशन दिएको छ। बुद्धिजीवी तथा नागरिक समाजको भूमिका व्यापक बनाउन माग पार्टीले बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार र सामाजिक अगुवाहरूलाई पनि निर्वाचन प्रक्रियामा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। जनमत निर्माणका लागि लेख, रचना, अन्तर्वार्ता, छलफल र संयुक्त वक्तव्यमार्फत आफ्नो धारणा स्पष्ट राख्न नेतृत्वले अपिल प्रचण्डले गर्नुभएकाे छ। साथै, निर्वाचन स्वच्छ र निष्पक्ष होस् भन्ने सुनिश्चित गर्न संस्थागत तथा व्यक्तिगत रूपमा सबैले निगरानी बढाउनुपर्नेमा जोड दिनु भएकाे छ। मतदान केन्द्रमा प्रतिनिधि परिचालन गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने र आवश्यक प्रशिक्षण प्रदान गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ। जनमत सङ्ग्रहजस्तै अवसर उहाँका अनुसार यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र होइन, देशको भविष्य कुन दिशामा जाने भन्ने विषयमा जनमत अभिव्यक्त गर्ने अवसर पनि हो। देश जलाउने, अशान्ति फैलाउने वा विकास र स्थिरताको मार्गमा अघि बढाउने भन्ने विषयमा जनताले स्पष्ट निर्णय दिने समय आएको पार्टीको ठहर छ। पार्टीले आफूलाई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको संरक्षण गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद र प्रतिबद्धता व्यक्त गरिरहेको छ। आगामी निर्वाचनमा बलियो उपस्थिति कायम गर्दै देशको राजनीतिक दिशा निर्धारणमा निर्णायक भूमिका खेल्ने लक्ष्य पार्टीले राखेको छ। नेकपाले स्वच्छ निर्वाचन, संगठनात्मक एकता र वैचारिक स्पष्टताका आधारमा आगामी चुनावमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेको छ। पार्टी नेतृत्वको बुझाइमा जनताको समर्थन, कार्यकर्ताको सक्रियता र राजनीतिक रणनीतिको प्रभावकारी कार्यान्वयन नै आगामी सफलताको आधार हुनेछ।
काठमाडौं २ मा नितेश पौडेलको पक्षमा उर्लियो जनलहर !
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यहीबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार नितेश पौडेलको चुनावी अभियानले सकारात्मक गति लिँदै गएको देखिएको छ। गाउँ गाउँ, टोल टोल र घर घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका पौडेलप्रति स्थानीय तहमा उत्साह र समर्थन बढ्दै गएको जनाइएको छ। घरदैलो अभियानका क्रममा स्थानीयवासीले उम्मेद्वार पौडेललाई आत्मीय स्वागत गर्दै आफ्ना समस्या, अपेक्षा र सुझाव राखिरहेका छन्। युवाहरूको उल्लेखनीय सहभागिता, महिलाहरूको सक्रियता तथा ज्येष्ठ नागरिकहरूको खुला समर्थनले चुनावी माहोललाई थप ऊर्जाशील बनाएको छ। स्थानीयका अनुसार प्रत्यक्ष संवाद र सरल व्यवहारका कारण मतदातासँगको विश्वास क्रमशः बलियो बन्दै गएको छ। “हामीलाई कुरा मात्र गर्ने होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ,” एक स्थानीय मतदाताले बताए। अर्का एक युवाले भने, “रोजगारी, शिक्षा र विकासका विषयमा स्पष्ट सोच भएका उम्मेद्वारलाई यसपटक मौका दिनुपर्छ भन्ने हाम्रो धारणा हो।” पौडेलले आफ्नो चुनावी अभियानमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले स्थानीय आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गर्ने र जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाउँदै आएका छन्। स्थानीय अगुवाहरूका अनुसार उम्मेद्वार पौडेलले समस्या सुन्ने मात्र होइन, समाधानका लागि दीर्घकालीन योजना प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। “युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेद्वारका रूपमा उहाँप्रति भरोसा बढेको छ,” एक स्थानीय सामाजिक अभियन्ताले बताए। अहिले सञ्चालन भइरहेको घरदैलो अभियानमा किसान, मजदुर, व्यवसायी, महिला, युवा तथा विभिन्न पेशामा आबद्ध नागरिकहरूको सहभागिता उल्लेखनीय देखिएको छ। धेरै मतदाताले यसपटक परिवर्तन, जिम्मेवार नेतृत्व र विकासका लागि मतदान गर्ने मनस्थिति बनाइसकेको प्रतिक्रिया दिएका छन्। दिनप्रतिदिन सशक्त बन्दै गएको प्रचार अभियान, जनतासँगको प्रत्यक्ष सम्पर्क र बढ्दो समर्थनले क्षेत्र नम्बर २ मा नितेश पौडेललाई एक प्रतिस्पर्धी तथा बलियो उम्मेद्वारका रूपमा स्थापित गर्दै लगेको संकेत देखिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातिँदै गएको छ।
विगतका काम देखाएर मत माग्दै वर्षमान पुन
रोल्पा । नेपालको चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन्। तर रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन अनन्तले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन्। तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका पुनले “के गर्ने” भन्दा “के गरियो” भन्ने बहसलाई केन्द्रमा राखेका छन्। उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ। विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पुनको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो। अर्थ, पूर्वाधार र नीतिगत छलफलमा सक्रिय रहे पनि जिल्लामा ठोस काम नदेखिएको भन्ने आलोचना उनीमाथि सुनिँदै आएको थियो। यसपटक भने उनले त्यही धारणा तोड्ने गरी विकासका काम सार्वजनिक गरेका छन्। रोल्पा ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ। यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषकहरू बताउँछन्। यस्तो सन्दर्भमा “काम देखाएर मत माग्ने” अभ्यासले चुनावी विमर्शलाई भावनात्मक नाराबाट तथ्यमा आधारित मूल्यांकनतर्फ मोड्ने संकेत दिएको छ। पुनले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ। नेता पुन भन्छन्, 'जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ। यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास लिएको छु।'
किन नेपाली युवाहरूको भरोसाको केन्द्र नेकपा ?
काठमाडाैं । नेपाली युवाहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई किन सम्झनुपर्छ ? किनकि नेकपा नेपाली इतिहासको सबैभन्दा ठूलो परिवर्तनको संवाहक हो, युवा ऊर्जाको अभिभावक हो र भविष्यको सुनौलो सपनाको रक्षक हो । आजको युवा पुस्ता बेरोजगारी, वैदेशिक पलायन, शिक्षा–स्वास्थ्यको महँगो बोझ र राजनीतिक निराशाको घेरामा छ । तर नेकपा यही युवा पुस्ताको आशा, विश्वास र क्रान्तिकारी ऊर्जालाई संस्थागत गर्ने पार्टी हो । नेकपाको ७० वर्षभन्दा लामो गौरवपूर्ण इतिहास, समाजवादी दृष्टिकोण र हालै सार्वजनिक गरिएको चुनावी प्रतिबद्धता पत्रले प्रमाणित गर्छ—नेकपा नेपाली युवाको भरोसाको पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । त्यतिबेला राणाशासनको अन्धकारमा देश डुबेको थियो । नेकपाले नै पहिलो पटक ‘जमिन जोत्नेको हुनुपर्छ’ भन्ने नारा उठायो, किसान र मजदुरको अधिकारको आवाज उठायो । युवाहरू त्यसबेलादेखि नै नेकपाको झण्डामुनि गोलबन्द भए । २००७ को क्रान्ति, २०१५ को संसदीय व्यवस्था, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, २०५२ देखि २०६२/६३ को जनयुद्ध र दोस्रो जनआन्दोलन—हरेक परिवर्तनमा नेकपाका युवा योद्धाहरूले रगत बगाए । माओवादी जनयुद्धमा हजारौँ युवा लडाकुले सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्ष गरे । तिनै युवाहरूको बलिदानले नेपाललाई गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको उपहार दियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटकहरूको एकताबाट बनेको यो नेकपाले त्यही क्रान्तिकारी विरासत बोकेको छ । युवाहरूले नेकपालाई सम्झनुपर्छ, किनकि यो पार्टीले उनीहरूलाई इतिहासको नायक बनायो, केवल मतदाता मात्र होइन । आजको युवा पुस्ता १६ देखि ४० वर्षसम्मका करिब ४० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्छ । तर उनीहरू विदेशिन बाध्य छन् । वर्षेनी लाखौँ युवा खाडी र मलेसियाको श्रम बजारमा पसिना बगाइरहेका छन् । नेकपाले यो पीडालाई बुझेको छ । त्यसैले उसको चुनावी प्रतिबद्धता पत्र ‘युवा–केन्द्रित’ छ । नेकपाले आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने, वार्षिक ५ लाख नियमित रोजगारी र थप १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो केवल संख्या होइन, युवाको सपना हो । बाँझो जमिन, नदी–नाला, वन, खनिज र जैविक स्रोतलाई उत्पादनमूलक बनाएर युवा जनशक्तिलाई स्वदेशमै काम दिने योजना छ । कृषिलाई ‘लगानी दशक’ बनाउने, सहकारी मोडेलमार्फत युवालाई कृषि, पर्यटन, सूचना प्रविधि र उद्योगमा जोड्ने प्रतिबद्धता छ । विदेशबाट फर्किएका कम्तीमा एक लाख युवालाई उद्यमी बनाउने, स्टार्टअपलाई सहुलियत ऋण र कर छुट दिने योजना युवा उद्यमशीलताको क्रान्ति हो । नेकपाको प्रतिबद्धतापत्रले युवालाई मात्र रोजगारी होइन, सम्मानजनक रोजगारी दिने वाचा गरेको छ । निजी क्षेत्रका उद्योगलाई रोजगारी सिर्जनाका आधारमा कर छुट र सहुलियत कर्जा दिने, सामूहिक/सहकारी मोडेल अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले युवालाई ‘मालिक’ बनाउँछ, केवल मजदुर होइन । १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यले युवाको प्रतिभालाई राष्ट्रिय विकासमा जोड्छ । बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने योजना युवा परिवारको आर्थिक मुक्ति हो । स्मार्ट सिटी र स्मार्ट भिलेज निर्माण, १० हजार मेगावाट थप विद्युत् उत्पादन, राष्ट्रिय ग्रिड विस्तार—यी सबैले युवालाई प्रविधि, ऊर्जा र पूर्वाधार क्षेत्रमा अवसर दिन्छन् । शिक्षा र स्वास्थ्यमा पनि नेकपाको दृष्टि युवामैत्री छ । गुणस्तरीय, सीपमूलक र रोजगारीसँग जोडिएको शिक्षा प्रणाली बनाउने, प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजना छ । महिला स्वास्थ्यमा विशेष ध्यान—स्तन क्यान्सर, पाठेघर खस्ने जस्ता रोगको निःशुल्क उपचार । युवा स्वास्थ्यलाई समेटेर समग्र सामाजिक सुरक्षाको जालो बुनिनेछ । राजनीतिक रूपमा नेकपाले संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । युवा प्रतिनिधित्व बढाउने, मेरिटोक्रेसी लागू गर्ने, भ्रष्टाचारमुक्त प्रशासन, ई–शासन, अनुहाररहित र कागजरहित सेवा—यी सबैले युवालाई ‘सुशासन’को अनुभूति दिलाउँछन् । जेन–जी विद्रोहको भावनालाई आत्मसात् गर्दै नेकपाले युवा पुस्तालाई अभिभावकत्व दिएको छ । नेकपाले मात्र युवालाई ‘परिवर्तनको संवाहक’ मानेको छ भन्ने दाबी प्रस्तुत गरिएको छ । अन्य दलहरूले युवालाई भोट बैंक मात्र ठानेका छन् भन्ने आलोचना गरिएको छ । नेकपाले उनीहरूलाई नेतृत्व दिन तयार रहेको उल्लेख छ । पार्टीको समाजवादी लोकतान्त्रिक दृष्टिकोणले युवालाई वर्गीय न्याय, समानता र समृद्धिको बाटो देखाउँछ । नेकपाको इतिहासले प्रमाणित गर्छ-यो पार्टीले कहिल्यै युवा ऊर्जालाई दबाएन, सधैँ अघि बढायो । आजको युवा, जसले ‘देश बनाउने हो, विदेश भाग्ने होइन’ भन्ने सपना देखेको छ, उसको साथ नेकपा नै हो भन्ने दाबी गरिएको छ । नेपाली युवाहरू, अब समय आएको छ । २०८२ फागुन २१ को निर्वाचनमा नेकपालाई साथ दिनुहोस् । किनकि नेकपा युवाको भरोसा हो, क्रान्तिको निरन्तरता हो, समृद्धिको ग्यारेन्टी हो भन्ने दाबी गरिएको छ । नेकपाले दिएको प्रतिबद्धता केवल कागजको अक्षर होइन, युवा जीवनको यथार्थ बन्ने विश्वास व्यक्त गरिएको छ । युवा नेतृत्व, युवा रोजगारी, युवा उद्यम, युवा स्वास्थ्य र युवा सहभागिताको सपना नेकपासँगै पूरा हुनेछ भन्ने आशा राखिएको छ । नेकपा नै नेपाली युवाको पार्टी हो हाे । नेकपा नै भविष्यको पार्टी हो । युवाहरूले नेकपालाई सम्झनु मात्र होइन, यसलाई जिताउनु पर्छ । किनकि यो पार्टीले युवालाई इतिहासमा स्थान दियो, अब युवाले यसलाई सत्ता दिने छ । नेकपा जिते युवा जित्छन्, नेपाल जित्छ । त्यसैले युवाहरुले पाँचकुने तारा चिन्हमा मतदान गर्नु आव्हान गर्नुपर्छ ।
निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुग्यो, दुई जिल्लामा बाँकी
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइनेछ ।
भूमिहीनलाई लालपुर्जाको ग्यारेन्टीसहित मैदानमा नेकपा उम्मेदवार ‘विश्वदीप’
रुपन्देही । रुपन्देही–२ मा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्यालाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला घरदैलो अभियानमा सक्रिय छन्। मंगलबार सैनामैना–१ पेरिसडाँडामा पुगेका उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै लालपुर्जा समस्याको दीर्घकालीन समाधानका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीयले वर्षौंदेखि घरजग्गाको लालपुर्जा नपाएको, वर्षायाममा डुबानको समस्या झेल्नुपरेको र आधारभूत पूर्वाधार अपूरो रहेको गुनासो सुनाए। त्यसको जवाफमा उम्मेदवार पाण्डेले आफू स्वयं पनि लालपुर्जाविहीन नागरिक भएको उल्लेख गर्दै जनताको पीडालाई नजिकबाट बुझेको बताए। “सैनामैनाको विकास बिना समग्र रुपन्देहीको विकास सम्भव छैन,” उनले भने, “यसपटक तारा चुनाव चिह्नमा मतदान गरेर संसद्मा पठाइदिनुहोस्, म लालपुर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न कानुनी र नीतिगत पहल गर्नेछु।” स्थानीयले पनि पाण्डेको प्रतिबद्धतामा विश्वास व्यक्त गर्दै आश्वासनभन्दा कामको अपेक्षा राखेका छन्। सैनामैना मात्र होइन, बुटवल र तिलोत्तमा नगरपालिकामा पनि अव्यवस्थित बसोबासीको समस्या जटिल रहेको छ। नेकपाले यस विषयलाई प्राथमिक एजेन्डा बनाएको बताउँदै पाण्डेले निर्वाचनपछि परिणाम देखाउने दाबी गरेका छन्। भूमिहीन र सुकुमवासीको अधिकार सुनिश्चित गर्ने स्पष्ट योजना र दृढ प्रतिबद्धतासहित नेकपा उम्मेदवार पाण्डेको अभियानले रुपन्देही–२ मा सकारात्मक सन्देश फैलाइरहेको छ।
चितवन–३ मा नेकपाकाे जनलहर बढ्दै, घरदैलोमा सक्रिय रेनु दाहाललाई गाउँ–गाउँमा भव्य स्वागत
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल थप तातेको छ। विकास र परिणाममुखी नेतृत्वको परिचय बनाइसकेकी उम्मेदवार रेनु दाहाल यतिबेला तीव्र घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवादमा जुटेकी छन्। गाउँ–गाउँमा देखिएको उत्साहपूर्ण स्वागतले उनको पक्षमा बलियो जनसमर्थन संकेत गरेको छ। निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी चितवनकाे प्रतिनिधिसभा सदस्य चितवन-३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दाहाल उम्मेदवार छिन् । घरदैलो कार्यक्रमलाई जनताको भावना बुझ्ने अभियानका रूपमा अघि बढाएकी छन्। स्थानीयका गुनासा, सुझाव र अपेक्षालाई टिपोट गर्दै उनले स्पष्ट विकास एजेन्डासहित मत मागिरहेकी छन्। भरतपुर–२६ लहुरेचोकबाट सुरु गरिएको अभियान वडाका सबै टोल–टोलमा विस्तार गरिएको छ। “म नयाँ अनुहार होइन, काम गरेर देखाइसकेको प्रतिनिधि हुँ,” भन्दै उनले विगतका प्रतिबद्धता पूरा गरेको र बाँकी कार्यलाई संघीय तहबाट अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट व्यक्त गरिन्। भरतपुरमा सडक पूर्वाधार विस्तार, जंगली जनावर नियन्त्रणका उपाय, मेसजाली फाउन्डेसन निर्माण तथा नारायणी तटबन्धजस्ता महत्वपूर्ण योजनाको सफल कार्यान्वयन आफ्नो नेतृत्वकालको उपलब्धि भएको उनले स्मरण गराइन्। “लगातार ९ वर्ष महानगरको नेतृत्व गर्दा मैले विकासको आधार निर्माण गरेँ, अब त्यसलाई राष्ट्रिय समन्वयबाट थप उचाइमा पुर्याउने समय आएको छ,” दाहालको भनाइ छ। उनले चितवन निकुञ्ज पीडितको दीर्घकालीन समाधान, सुकुमबासीलाई लालपुर्जा वितरण, र प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन्। कृषि, पर्यटन र शिक्षालाई एकीकृत गर्दै चितवनलाई आत्मनिर्भर र समृद्ध बनाउने स्पष्ट खाका प्रस्तुत गर्दै उनले निकुञ्ज ऐनमा आवश्यक संशोधनमार्फत स्थानीय समुदायको हित सुरक्षित गर्न पहल गर्ने प्रतिबद्धता जनाइन्। घरदैलोका क्रममा धेरै स्थानमा जनताबाट उत्साहजनक समर्थन प्राप्त भएको उनको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना स्पष्ट देखिएको छ,” उनले भनिन्। कतिपय मतदाताले पुनः विजयी गराएर संघीय संसदमा पठाउने प्रतिबद्धता जनाएपछि अभियान थप ऊर्जावान बनेको छ। स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन उनका मुख्य प्राथमिकता हुन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने ठोस योजना उनले सार्वजनिक गरिसकेकी छन्। चितवन–३ मा मतपरिवर्तनको सम्भावना न्यून र दाहालको पक्षमा जनलहर सशक्त बन्दै गएको अभियानमा सक्रिय स्थानीय अगुवाहरूको दाबी छ। चुनाव नजिकिँदै जाँदा उनको सक्रियता, स्पष्ट दृष्टि र विगतको कार्यअनुभवले मतदातामा थप विश्वास जगाएको देखिन्छ। अब चितवन–३ का मतदाताले निरन्तर विकास, अनुभवी नेतृत्व र स्थिर भविष्यको पक्षमा निर्णय गर्ने समय आएको छ।

