नेकपाको पक्षमा देशभर बढ्दो जनलहर (फाेटाेफिचर)

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा देशभर जनलहर बढ्दो क्रममा देखिएको छ। गाउँदेखि सहरसम्म आयोजित सभा, भेटघाट र घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिन थालेपछि नेकपा समर्थकहरू उत्साहित बनेका छन्।

पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका मुद्दालाई प्राथमिकतामा राख्दै मतदातामाझ पुगिरहेका छन्। रोजगारी सिर्जना, कृषि उत्पादनमा आत्मनिर्भरता, शिक्षा–स्वास्थ्यको सुदृढीकरण तथा भ्रष्टाचार नियन्त्रणजस्ता एजेन्डाले आम नागरिकको ध्यान आकर्षित गरेको नेताहरूको भनाइ छ।

विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार युवा, महिला तथा मजदुर समुदायको सक्रिय सहभागिताले चुनावी माहोल थप उत्साहजनक बनेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरू परिवर्तन, पारदर्शिता र स्थायित्वको अपेक्षासहित नेकपाको पक्षमा खुलेर लागिरहेका दृश्यहरू देखिन थालेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा नेकपाले प्रस्तुत गरेको स्पष्ट कार्यक्रम र संगठनात्मक सुदृढताले जनविश्वास बढाएको संकेत मिलिरहेको छ। जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका मुद्दामा केन्द्रित अभियानले ग्रामीण भेगसम्म सकारात्मक प्रभाव पारेको बताइन्छ।

फागुन २१ को निर्वाचनलाई परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्रसँग जोड्दै नेकपाका उम्मेदवारहरू जनताको घरदैलोमा निरन्तर संवाद गरिरहेका छन्। देशभर देखिएको यो उत्साह र समर्थनलाई नेकपाले जनमतको बलियो आधारका रूपमा लिएको छ।

nullnullnullnullnullnullnullnullnull

अरूको आलोचना नगरी आफ्नै एजेन्डामा भोट माग्दै लमजुङका उम्मेदवार हरिजङ तामाङ

लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दल तथा स्वतन्त्र उम्मेदवारहरू यतिबेला मतदाता भेटघाटमा व्यस्त छन्। जिल्लामा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी बीच मुख्य प्रतिस्पर्धा देखिएको छ। नेकपाबाट हरिजङ तामाङ, कांग्रेसबाट गमप्रसाद गुरुङ, एमालेबाट पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा रास्वपाबाट धर्म केसीलगायत १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपाका उम्मेदवार हरिजङ तामाङ सबैभन्दा कान्छा र युवा उम्मेदवारका रूपमा परिचित छन्। यतिबेला उनी चुनावी अभियानमा सक्रिय छन्। तर उनको प्रचारशैली भने अन्य प्रतिस्पर्धीभन्दा केही फरक देखिएको छ। उनले अन्य उम्मेदवारको आलोचना नगरी आफ्ना एजेन्डा र योजना सार्वजनिक गर्दै मतदातासँग मत मागिरहेका छन्। तामाङले गाउँ–गाउँ पुगेर रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार र सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेका छन्। “हामी अरूलाई होच्याएर होइन, आफ्ना काम र योजनाका आधारमा जनताको विश्वास जित्न चाहन्छौँ,” उनले एक कार्यक्रममा बताए। उनको चुनावी अभियान विशेषगरी युवा तथा आदिवासी जनजाति समुदायमा केन्द्रित देखिन्छ। जिल्लामा उल्लेख्य तामाङ मतदाता रहेको सन्दर्भमा उनले समावेशी विकास र पहिचानको मुद्दालाई पनि जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना योजनाहरू सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको लमजुङमा तामाङको सकारात्मक प्रचारशैली

माेरङ-४ मा माेदीलाई जिताउन कांग्रेसका नेतासहित कार्यकर्ता नेकपामा प्रवेश

विराटनगर । ग्रामथान गाउँपालिका ३ का निर्वाचित वडा सदस्यसहित नेपाली कांग्रेस सम्बद्ध एक दर्जनबढी कार्यकर्ताहरु आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित अनिरुद खाँको नेतृत्वमा कांग्रेसका क्रियाशील सदस्यहरु पार्टीमा प्रवेश गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रुपेस खतिवडाले जानकारी दिए । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत कटहरी गाउँपालिका ५ मा घरदैलो कार्यक्रम चलिरहेको बेला खाँसहितको टोलीलाई प्रवेश गराएको खतिवडाले जानकारी दिए । उनीहरुलाई प्रतिनिधि सभा सदस्य पदका नेकपाका  उम्मेदवार अमनलाल मोदीले स्वागत गरेका थिए । स्थानीय वडामा राम्रो प्रभाव राख्ने उनी कांग्रेस क्रियाशील सदस्य हुन् । तर विगत केही समयदेखि उनी असन्तुष्ट रहँदै आएका थिए भने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनाव लडेर जितेका थिए । नेकपाको प्रभाव क्षेत्रको रुपमा स्थापित भएको ग्रामथानमा कांग्रेस कार्यकर्ताहरुको पार्टी प्रवेशले उम्मेदवार मोदीलाई थप बलियो बनाएको बताइएको छ ।

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, दुई जना घाइते

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप भएको छ। चुनावी प्रचार–प्रसारका क्रममा घरदैलो अभियान चलाइरहेका बेला दुवै पक्षका कार्यकर्ताबीच विवाद उत्पन्न भई झडप भएको हो। झडपमा परेर एमालेका दुई जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा केही समय तनाव उत्पन्न भए पनि अवस्था हाल नियन्त्रणमा रहेको बताइएको छ।

लम्जुङमा परिवर्तनको बहस तीव्र: नेकपाका उम्मेदवार हरि जङ्ग तामाङप्रति बढ्दो जनलहर

लम्जुङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा लम्जुङमा राजनीतिक सरगर्मी दिनानुदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका हरि जङ्ग तामाङको पक्षमा जनलहर बढ्दै गएको दाबी गरिएको छ। नयाँ पुस्ताको प्रतिनिधित्व, बौद्धिक क्षमता र जनस्तरसँगको सजीव सम्बन्धका कारण तामाङ यतिबेला चर्चाको केन्द्रमा छन्। अध्ययन, दृष्टि र प्रतिबद्धता संयोजनका केन्द्र तामाङ हरि जङ्ग तामाङले त्रिभुवन विश्वविद्यालय बाट उच्च शिक्षा हासिल गरेका छन्। कानुन र सामाजिक अध्ययनसँग सम्बन्धित विषयमा गहिरो अध्ययन गरेका उनी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ एजुकेश्नमा पिएचडी अध्ययनरत ३५ वर्षे युवा हुन । उनको शैक्षिक पृष्ठभूमिले राजनीतिलाई भावनात्मक नाराभन्दा माथि उठाएर तथ्य, अनुसन्धान र नीतिगत बहसको आधारमा अघि बढाउनुपर्ने स्पष्ट सन्देश दिन्छ। समर्थकहरूका अनुसार संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न शैक्षिक र बौद्धिक तयारी अत्यन्तै महत्त्वपूर्ण हुन्छ, र तामाङमा त्यो क्षमता विद्यमान छ। जनआन्दोलन र समुदायसँगको सम्बन्ध तामाङको राजनीतिक यात्रा कुनै अचानक उछाल होइन। उनी नेपाल आदिवासी जनजाति महासंघ लम्जुङका पूर्व अध्यक्षका रूपमा कार्य गरिसकेका छन्। सो जिम्मेवारीमा रहँदा उनले आदिवासी जनजाति, सीमान्तकृत र आवाजविहीन समुदायको सवाललाई संगठित ढङ्गले उठाएका थिए। लम्जुङको बेसीशहरबाट आफ्नो राजनीतिक आधार निर्माण गरेका तामाङ स्थानीय जनताको दुःख, संघर्ष र आकांक्षासँग प्रत्यक्ष रूपमा जोडिएका छन्। गाउँ–टोलमा पुगेर छलफल गर्ने, सुझाव संकलन गर्ने र नीतिगत समाधान खोज्ने उनको शैलीलाई समर्थकहरूले “जमिनसँग जोडिएको नेतृत्व” का रूपमा व्याख्या गरेका छन्। किन बढ्दैछ तामाङप्रति जनलहर? लम्जुङमा विगतका चुनावहरूमा परम्परागत दल र पुरानै अनुहारबीच प्रतिस्पर्धा हुँदै आएको थियो। तर यसपटक नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारप्रति उत्साह बढ्दो छ। तामाङप्रति जनलहर बढ्नुका केही मुख्य कारणहरू यसप्रकार छन्— १. स्पष्ट राजनीतिक दृष्टिकोण: तामाङले शिक्षा, रोजगारी, सुशासन र न्याय प्रणाली सुधारलाई आफ्नो केन्द्रीय एजेन्डा बनाएका छन्। अस्पष्ट नाराभन्दा ठोस नीति प्रस्तावसहित मैदानमा उत्रनुले मतदातामा विश्वास बढाएको छ। २. युवा ऊर्जा र वैकल्पिक सोच: युवाहरूलाई अवसर, सीप विकास र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिएका कारण युवा वर्गमा उनको लोकप्रियता बढ्दै गएको देखिन्छ। ३. अकादमिक र नीतिगत क्षमता: पिएचडी अध्ययनरत उम्मेदवारका रूपमा नीति निर्माण, संसदीय बहस र विधेयक तयारीमा प्रभावकारी योगदान दिन सक्ने विश्वास व्यक्त गरिएको छ। ४. पारदर्शिता र जवाफदेहिता: गुट–उपगुट, नातावाद र परम्परागत शक्ति संरचनाबाट बाहिर रहेर नयाँ राजनीतिक संस्कारको वकालत गर्नुले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको छ। चुनावी एजेन्डा: शिक्षा, रोजगारी र सुशासन तामाङले गुणस्तरीय सार्वजनिक शिक्षामा लगानी वृद्धि, सामुदायिक विद्यालय सुदृढीकरण, युवाका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन्। “राजनीति सेवा गर्ने माध्यम हो। जनताको विश्वास जित्न पारदर्शिता, इमानदारी र नीतिगत स्पष्टता आवश्यक हुन्छ। म संसद्मा पुगेपछि लम्जुङको आवाज राष्ट्रिय स्तरमा बलियोसँग उठाउने प्रतिबद्धता व्यक्त गर्छु।” उनले भने। घरदैलो अभियानमा उत्साह हाल तामाङले लम्जुङका विभिन्न वडा, गाउँ र बस्तीमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। स्थानीय नागरिक, शिक्षक, युवा समूह र किसानसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गर्ने अभियानले चुनावी माहोल थप उत्साहपूर्ण बनेको बताइएको छ। समर्थकहरूका अनुसार पछिल्ला दिनहरूमा विभिन्न समुदाय, पेशागत समूह र युवाहरू खुला रूपमा तामाङको पक्षमा उभिन थालेका छन्। सामाजिक सञ्जालदेखि स्थानीय छलफल मञ्चसम्म उनको उम्मेदवारीबारे सकारात्मक बहस बढ्दै गएको देखिन्छ। परिवर्तनको संकेत? लम्जुङमा यसपटकको निर्वाचन केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र नभई राजनीतिक संस्कार र नेतृत्वको शैलीबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अघि सारेका उम्मेदवार हरि जङ्ग तामाङलाई समर्थकहरूले “नयाँ सोच, स्पष्ट नीति र जवाफदेही नेतृत्व” को प्रतिनिधि बताएका छन्। जनतामाझ बढ्दो समर्थन र सक्रिय घरदैलो अभियानले लम्जुङमा नयाँ राजनीतिक समीकरणको संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। आगामी निर्वाचनले त्यसको अन्तिम निर्णय गर्नेछ, तर हालसम्मको माहोलले भने तामाङप्रति बढ्दो जनलहर स्पष्ट देखाएको समर्थकहरूको दाबी छ।

भाेजपुरकाे भर्‍याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित भर्‍याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताए। हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् । “यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह, योगशालालगायतका संरचनाहरू निर्माण गरिएका छन् । यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजन–कीर्तन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, सचिव शर्माले बताए,“विशेष पर्व–उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ । यसले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि हुनाका साथै सामाजिक एकता अझ सुदृढ बन्ने हाम्रो विश्वास छ ।” विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा करिब रु आठ करोड बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब रु चार करोड र गाउँपालिकाको रु एक करोड लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ । समाजसेवी डा लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताउनुभयो । “त्रि–धार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । धार्मिक सहअस्तित्वको सन्देश दिने यस्तो संरचनाले देश–विदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्नेछ”, उनले भने । बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताए । हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उनले उल्लेख गरे । सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए । यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ । प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीका अनुसार त्रि–धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।

माैसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी  तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।   आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी,  गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।   कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

एसियन हाइवेकाे आठ किलोमिटर कालोपत्र पूरा

झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको छ । मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको पन्तले जानकारी दिए । आयोजनाले आगामी असार मसान्तसम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ । सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आधुनिक ‘ओभरपास’ निर्माण पनि भइरहेको छ । मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले जनाएको छ । वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जङ्गली जनावर ओहोरदोहोर गर्न ‘एनिमल अन्डरपास’ पुलसमेत निर्माण भइरहेको छ । यो नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री पूर्वाधार मानिएको छ । एसियाली विकास बैंकको रु १० अर्ब सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ । निर्माण कम्पनीले सडकमा पर्ने कल्भर्ट र साना पुलको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ । मुख्य सहरी क्षेत्रमा अझै पनि करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही चुनौती देखिएको छ । आयोजना प्रमुख पन्तले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सारेलगत्तै ती क्षेत्रमा पनि कामले थप गति लिने बताए । काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर क्षेत्रमा निर्माणाधीन यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुनेछ । सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

सुनसरी । धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मङ्गलबारदेखि फुकुवा गरिएको छ । फुकुवासम्बन्धी निर्णय वडा नं १७ कार्यालय, मालपोत तथा नापी कार्यालयमा पठाइसकिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए। डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब सात बिघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नरहेकाले विमानस्थल निर्माण अघि बढ्न सकेको थिएन । विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीयले विमानस्थल नबन्ने भएपछि आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका थिए । २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब २९ घरपरिवारसँग प्रतिकट्ठा रु २८ हजारदेखि रु ३२ हजारसम्ममा जग्गा खरिद गरेको थियो । विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा विमानस्थल निर्माण उपयुक्त नहुने निष्कर्ष निकालेपछि सो परियोजना अन्योलमा परेको थियो । पछिल्लो समय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा पुनः अध्ययन प्रक्रिया अघि बढाइएको थियो । प्राधिकरणले २०८० कात्तिक २३ गते प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउण्टेन्ट अनिल बस्नेत सदस्य रहेको तीन सदस्यीय टोली गठन गरी अध्ययन थालेको थियो । उक्त टोलीले २०८० मङ्सिर २१ गते प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । सो टोलीले विगतका प्रतिवेदनलाई आधार मानेर अध्ययन गरेको । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर–४२ क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । हाल ७२ सिट क्षमताका जहाज सञ्चालनमा रहेकाले अझ बढी क्षेत्रफल आवश्यक पर्ने निष्कर्ष टोलीले निकालेको थियो ।

कर्णालीमा १० जिल्लाका ३५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए ।   प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । एउटा मात्र केन्द्र भएको स्थलको संख्या  कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको संख्या  १२, पाँच केन्द्र भएको स्थलको संख्या एक, ६ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको संख्या १८, थप मतदान केन्द्रको संख्या ४९६ रहेका छन् । कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई/दुई वटा र अन्य आठ जिल्लामा एक/एक वटा निर्वाचन क्षेत्र छन् ।  प्रदेशमा कुल मतदाता संख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका छन् ।

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम विशेष गरेका कार्य गर्नेलाई कारबाही गरिएकाबारे जानकारी दिन अनुरोध गरिएको जनाएको छ । आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ । “मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन) हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू संवत् २०८२ साल फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउनू”, आयोगले भनेको छ । यसैगरी मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले स्पष्ट पारेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा छ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यसहित सोही दफाको खण्ड ९झ० मा उल्लेख भएको प्रतिनिधिसभा सदस्य निर्वाचन ९मतदान० निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेका छ । सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकार भएकाहरूलाई सूचना सम्प्रेषण गर्न पनि आयोगले सूचित गराएको छ । विज्ञप्तिमा भनिएको छ, “आयोगले जारी गरेको सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका तर्फबाट दुई जना कर्मचारीलाई तोक्ने ।’

सूचीकरण हुन बाँकी सत्र लाख किसान सूचीबद्ध गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी करिब १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ । स्थानीय तथा क्षेत्रीय स्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढावलगायत केही प्राविधिक कारणले सूचीबद्ध गर्न ढिला भएकाले १७ लाख ३७ हजार किसान सूचीबद्ध गर्न बाँकी थिए । हालसम्म २३ लाख ९३ हजार किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । बाँकी किसानलाई छिट्टै गणनामा समावेश गरी विद्युतीय सूचना प्रणालीमा जोड्ने तयारी भइरहेको जनाइएको छ । उक्त प्रणालीमा जोडिएका किसानलाई परिचयपत्र वितरण गरेर त्यसका आधारमा उनीहरूलाई विभिन्न सेवा सुविधासहित अनुदान उपलब्ध गराउने योजना छ । जसमा रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधासहित आवश्यक सहायता गरिने जनाइएको छ । देशभर स्थानीय तहसँग समन्वय गरी वास्तविक किसान पहिचान गरेर किसानको खेती गरेको जमिनको क्षेत्रफल, उत्पादित उपजलगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन तथा अभिलेख राखिने छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले सूचीकृत किसानलाई उनीहरूको जमिनको विवरण, खेती उत्पादन तथा आम्दानीका आधारमा निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठुला किसान गरी चार प्रकारमा वर्गीकरण गरिने जनाएको छ । केन्द्रले किसानलाई सम्बन्धित स्थानीय तहमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेको जनाइएको छ । कृषि जनगणनाबाट प्राप्त किसानको सङ्ख्या केही घटबढ हुनसक्ने जनाइएको छ । कृषि जनगणनाका क्रममा जोडिएका कतिपय किसानले सो व्यवसाय छाडेको तथा केही नयाँ किसान थपिन सक्ने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताए ।

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमुना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरहरूमा यो सङ्क्रमण देखिएको हो । “रोगको सङ्क्रमण प्रारम्भिक चरणमै छ । किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बङ्गुरपालक किसानले ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने छ”, जोशीले भने, “नमुना सङ्कलन गरिएका फार्मका धनीहरूलाई सचेत गराएका छौँ, सङ्क्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन भनेका छौँ ।” अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने सङ्क्रामक र घातक महामारी भएको उल्लेख गर्दै उनले सतर्कताका लागि सबैमा आग्रह गरे । यो रोग लागेका बङ्गुरलगायत पशुको मृत्युदर शत्प्रतिशतसम्म हुने भएकाले यसलाई पशु स्वास्थ्यको क्षेत्रमा अत्यन्तै भयावह मान्ने गरिएको जोशीले बताए । “सङ्क्रमण फैलिएपछि पूरै बथान नै सखाप हुने हुँदा किसानको वर्षौँको लगानी र मेहनत एकैक्षणमा खरानी हुने जोखिम रहन्छ । त्यसैले किसानले समयमै सचेत हुनु आवश्यक छ”, उनले भने । पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरहरूमा सुरुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने गर्दछ । बङ्गुरहरू दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन् । विशेष गरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागको छालामा रगत जमेका रातो वा नीलो रङ्गका धब्बाहरू देखिनु यस रोगको प्रमुख पहिचानका रूपमा रहेको उनले बताए । “यसका साथै नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, छेर्ने र हिँड्दा चाल धरमराउने जस्ता लक्षणहरू देखिने गर्दछन् । यस्ता लक्षण देखिएको केही दिनभित्रै बङ्गुरहरू मर्ने गर्दछन् । यो रोग पशुबाट मानिसमा सर्ने ‘जुनेटिक’ रोग त होइन, तर यसले पुर्‍याउने आर्थिक क्षति भने निकै ठुलो हुन्छ, जसले साना र मध्यम स्तरका किसानलाई प्रत्यक्ष मारमा पार्ने गर्दछ”, भट्टले भने । वरिष्ठ पशु चिकित्सक जोशीले कुनै पनि स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखापरेमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

देशका अधिकांश ठाउँमा नेकपाको नतिजा सकारात्मक आउँछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र निष्पक्ष निर्वाचन भए आफ्नो पार्टीको परिणाम अधिकांश स्थानमा सकारात्मक आउने दाबी गर्नुभएकाे छ । बुधबार (फागुन १२) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित वामपन्थी बुद्धिजीवीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था र जनसमर्थनको आधारमा यस्तो विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँका अनुसार अहिलेको माहोललाई विश्लेषण गर्दा केही अपवादबाहेक देशका धेरैजसो निर्वाचन क्षेत्रमा नेकपाको स्थिति बलियो देखिन्छ। “यदि निर्वाचन पूर्ण रूपमा स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुन्छ भने हाम्रो नतिजा राम्रो आउँछ भन्नेमा म विश्वस्त छु,” उहाँले भने, “जति सक्रियता, संगठनात्मक एकता र कार्यकर्ताको उत्साह अहिले हाम्रो पार्टीभित्र देखिएको छ, त्यस्तो अवस्था अरू दलमा खासै देखिएको छैन।” प्रचण्डले चुनावी अभियानका क्रममा पार्टीले घरदैलो, जनभेटघाट र वैचारिक अन्तरक्रियालाई तीव्र बनाएको उल्लेख गर्नुभयाे। उहाँका अनुसार पार्टीका नेता–कार्यकर्ता गाउँदेखि सहरसम्म संगठित रूपमा परिचालित भइरहेका छन्, जसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ। उनले यो सक्रियताले निर्वाचन परिणाममा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे।  देशको ऐतिहासिक परिवर्तनमा आफूहरूको भूमिका निर्णायक रहेको स्मरण गराउँदै उहाँले मुलुकको राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र सामाजिक न्यायको एजेन्डालाई अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे। हिजोका सहयात्री शक्तिहरूसँग सहकार्य गर्दै विदेशी दलाल प्रवृत्तिका विरुद्ध उभिनुपर्ने जिम्मेवारी पनि नेकपाकै काँधमा आएको उहाँको भनाइ थियो। चुनावी प्रतिस्पर्धालाई मर्यादित र मुद्दा–केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजको राजनीतिले देशलाई निकास नदिने बताउनुभयाे। “हामी कसैलाई गाली गरेर होइन, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र वर्तमान संकटबाट देशलाई कसरी जोगाउने भन्ने स्पष्ट दृष्टिकोणसहित जनतामाझ गएका छौं,” उहाँले स्पष्ट पार्नुभयाे। प्रचण्डले निष्पक्ष निर्वाचन वातावरण निर्माण गर्न नागरिक समाज र बुद्धिजीवी वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयाे। उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, निर्वाचन प्रक्रियाको पारदर्शिता र जनमतको सम्मान सुनिश्चित गर्न बौद्धिक समुदायले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयाे। कार्यक्रममा सहभागी बुद्धिजीवीहरूले पनि समसामयिक राजनीतिक अवस्था, निर्वाचनको विश्वसनीयता र वामपन्थी शक्तिहरूको भविष्यबारे आफ्ना धारणा राख्नुभयाे। छलफलका क्रममा देशको समग्र राजनीतिक स्थायित्व र विकासका लागि वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र जनविश्वास नै निर्णायक हुने निष्कर्ष निकालिएको थियो।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएकाृ छ ।  साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २५  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले गुमाए सांसद पद

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले सांसद पद गुमाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले बुधबार (फागुन १३) शर्मालाई सांसदबाट हटाइएको सूचना जारी गरेको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलले गएको माघ २५ गते प्रदेशसभा सचिवालयलाई पत्रचार गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (१) बमोजिम शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी गराएको थियो । सचिवालयले उक्त सूचना कर्णाली प्रदेशसभा सभामुखसमक्ष पेस गरेको थियो  । यस्तो सूचना प्राप्त भएपछि १५ दिनभित्र सम्बन्धित सभालाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर, कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका निम्ति स्थगन भएको अवस्थामा प्रदेशसभा नियमावली, २०८१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम सभामुखको निर्देशनानुसार शर्मालाई हटाइएको सूचनामा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐनानुसार दलत्याग वा निष्कासनको अवस्थामा संसद्/प्रदेशसभामा सदस्यको पदसम्बन्धी निर्णय सम्बन्धित संवैधानिक तथा कानुनी प्रक्रियाअनुरूप हुने व्यवस्था छ । शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा सक्रिय छन् ।