यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २४ गते बिहीबार सन् २०२४ जुन ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको छ।


अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ शून्य पैसा र बिक्री दर १७० रुपैयाँ ७६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर 

सहकारी प्रकरण छानबिन गर्न गठित समितिको पहिलो बैठक बस्दै

काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक बुधबार बस्दैछ । अहिले जारी प्रतिनिधि सभाको बैठकलगत्तै सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको पहिलो बैठक बस्न लागेको हो । सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले काम थालिसकेको छ। सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ । समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद राखिएको छ । समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८, सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।  यसैगरी, विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।  “प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,” तिमिल्सिनाले भने। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा आएका हुन्। 

सशस्त्रको मनसुन प्रतिकार्य टोली गठन, चौबिसै घण्टा तैनाथ रहने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरूमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सातरसात प्लाटुन, नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन् ।  ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा रहेका आपत्कालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ । सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा बस्तीलगायत महत्त्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ । बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरूमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेसहरूमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेरि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्व अभ्याससमेत सञ्चालन गरेका थिए ।

बजेटमाथि सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुन

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची छ ।  बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र  ‘भन्सार महशुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  यस्तो छ कार्यसूची

देशका यी  भू–भागमा बिहानैबाट वर्षा, यस्तो हुनेछ मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।      जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान, मधेस, लुम्बीनी र कर्णाली प्रदेशका थोरै क्षेत्र तथा बाँकी कभू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, कर्णाली र लुम्बीनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले स्पष्ट पारेको छ । 

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २३ गते बुधबार सन् २०२४ जुन ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य बुधबार भने बढेको छ । बेलायती पाउण्डको मूल्य १७० नाघेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।

टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई सरकारले निःशुल्क विद्युतीय चुलो दिने

काठमाडौं । सरकारले काठमाण्डौं बाहिरबाट काठमाडौँ उपत्यका आई घर भाडामा लिई स्नातक वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्युतीय चुलो दिने भएको छ ।  नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २०८१/०२/२२ गतेका दिन सूचना प्रकाशन गरी जेठ ३० गते भित्र अनलाईन फारम भर्न आग्रह गरेको छ ।  हेर्नुहोस् सूचना 

लोकसभा चुनाव : प्रधानमन्त्री मोदी सबैभन्दा कम मतान्तरले विजयी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका छन् । यो उनको वाराणासीबाट लगातार तेस्रो जीत हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए ।

थारू भाषा सरकारी कामकाजीको भाषा हुनुपर्छ : सांसद आचार्य

काठमाडौं । कोशी प्रदेश सभाका सांसद पूर्वअर्थमन्त्री जीवन आचार्यले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् । मंगलबार (आज) विराटनगरमा बसेको प्रदेशसभाको बैठकममा प्रदेश सरकारका तर्फबाट सदनमा पेश गरिएको नीति तथा कार्यक्रमबारे धारणा राख्ने क्रममा सांसद आचार्यले सो कुरा बताएका हुन् । बैठकमा सांसद आचार्यले थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताउँदै भने “मोरंग सुनसरीमा ठुलो थारु समुदायको बस्ती छ, थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्न म सरकारलाई अनुरोध गर्छु।”  कोशी प्रदेश सभामा प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमका बारेमा मंगलबार(आज) देखि छलफल प्रारम्भ भएको छ।  

एकीकृत समाजवादीका मन्त्रीले मधेस सरकारबाट राजीनामा बुझाउँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मधेस सरकारबाट बाहिरिने भएको छ। मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी भएको एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन्। त्यहाँ एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुंगेली मन्त्री छन् । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिर लागेको हो। यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए। पटेलले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताए ।  

तुलसा फाउन्डेसनलाई महिला विश्व सञ्जालको सहयोग

काठमाडौं । नेपाली महिला विश्व सञ्जालले तुलसा फाउन्डेसनलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले तुलसा फाउन्डेसनकी अध्यक्षसरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।  ललितपुर महानगरपालिकाको वडा नं. २५ मा रहेको तुलसा फाउन्डेसनले तुलसालय आश्रममार्फत टुहुरा बालबालिका, वृद्धवृद्धा, मानसिक रोगीहरुलाई आश्रय दिइरहेको अध्यक्ष सुवेदीले बताईन् । उनले संस्था विधिवत रुपमा २०७५ सालमा दर्ता भएर निरन्तर रुपमा बालबालिका, वृद्धवृद्धा र मानसिक रोगीहरुको हितमा काम गर्दै आइरहेको बताईन् । सो क्रममा उनले तुलसा आश्रमले धेरै मानसिक रोगीहरुलाई संरक्षण र उपचार गराई पुनर्जीवन प्रदान गरेको पनि बताईन् ।  उनले कोरोना महामारीको समयमा पनि आफूहरुले गरेको विभिन्न सहयोगको स्मरण गराईन् । अध्यक्ष सुवेदीले आफ्नै घरलाई गरिब दुःखीको सहयोगार्थ खर्चिएको बताईन् । अहिले ३७ जना बालकालिकाहरु तुलसालय आश्रमको संरक्षणमा रहेका पनि उनले बताईन् । नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष थपलिया तुलसालय आश्रमको खम्बा बनेर उभिएको भन्दै उनले प्रशंसा गरिन् ।  नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले आफूहरु विशेष गरेर महिलाको हक अधिकारको बारेमा लडिरहेको बताईन् । उनले आफूहरुले महिलाको सशक्तिकरणको पक्षमा एकतावद्ध भएर काम गरिरहेको पनि बताईन् ।  उनले विदेशी भूमिमा रहेर पनि नेपालीहरुको दुःख सुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरिन् । सो रकम विभिन्न दाताहरु र कन्सर्टबाट संकलन गरिएको उनले बताईन् । उक्त रकम तुलसालय आश्रमले सही सदुपयोग गर्ने पनिउनले विश्वास व्यक्त गरिन् ।  उनले यसअघि पनि तुलसालय आश्रमलाई सहयोग गरेको स्मरण गराईन् । ‘हाम्रो संस्थाले विभिन्न संघ संस्थाहरुको कार्यक्रम हुँदा खेरी उहाँहरुलाई आवश्यक पर्ने सहयोगहरु गरिरहेका छौं । हामीले विशेषगरी आफ्नो मातृभूमिमै केही गरौं भन्ने उद्देश्यले कार्यक्रमहरु गरेर बालबालिकाको विकासका लागि काम गरिरहेका छौं,’– उनले भनिन् ।

अपाङ्गता भएका सहाराविहिनलाई सहयोगीको व्यवस्था गर्न माग

काठमाडौं ।राष्ट्रियसभाका सांसद श्रीकृष्ण अधिकारीले अप्राकृतिक अपाङ्ग भएका र जसको सहारा छैन उनीरूलाई एकजनाको सहयोगीको व्यवस्था गर्न आग्रह गरेका छन्।  माओवादी केन्द्रका सांसद अधिकारीले आजको राष्ट्रियसभा बैठकमा सो माग राखेका हुन् ।नेपालको संविधानको मौलिक हकमा अपाङ्गता सम्बन्धी भएको व्यवस्था र २०७७ को अपाङ्गता नियमावलिमा भएको व्यवस्था अनुसार अति अशक्त जो सहाराविहिन छन् र ती संवेदनशील अवस्थामा भएका अपाङ्गहरूलाई सहयोगको व्यवस्था गर्ने व्यवस्था अनुसार सहारा दिनुपर्ने उनले माग राखेका हुन् । सांसद अधिकारी भने -'२०८० वैशाख ६ बाट अनसनमा रहनुभएका दीपक भण्डारी लगायतका अनसनकारीहरूको अवस्था बिग्रिदै गएको छ र नेपालको संविधानको मौलिक हकमा अपाङ्गता सम्बन्धी भएको व्यवस्था त्यसैगरी २०७७ मा अपाङ्गता नियमावलिमा भएको व्यवस्था अनुसार अति अशक्त जो सहाराविहिन छन् र ती संवेदनशील अवस्थामा भएका अपाङ्गहरूलाई सहयोगको व्यवस्था गर्ने भन्नि नियमावलीमा पनि छ। र त्यो अनुसार अहिले सम्बन्धित मन्त्रालयको म जनयुद्ध जनआन्दोलनका अपाङ्गहरू त्यसैगरी अप्राकृतिक अपाङ्ग भएका अति संवेदनशील हरु हुनुहुन्छ जसको सहारा छैन उहाँहरूलाई एकजनाको सहयोगीको व्यवस्था गर्न म सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्दछु धन्यवाद।' भण्डारी काठमाडौंको शान्तिबाटिकामा अनशनमा बसेका छन् । सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अनशनमा बसेका हुन् । स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने सम्झौता भन्दै अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग चैत १४ गते सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनी अनशनमा बसेका हुन् । उक्त सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सुझाव

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए। “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।” सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा  स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए।  “गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भन्नुभयो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताए।