लमजुङको सुन्दरबजार नगरपालिकामै रास्वपा कमजोर, नेकपा बलियो बन्दै
लमजुङ । आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसैबीच गरिएको एक स्वतन्त्र सर्वेक्षणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्म केसी आफ्नै पालिका सुन्दरबजार नगरपालिकामै अपेक्षाकृत कमजोर देखिएका छन्।
जिल्लाका ८ वटा स्थानीय तह मध्ये दोस्रो ठूलो मतदाता संख्या रहेको सुन्दरबजार नगरपालिकामा यसपटक मतदाताको झुकाव फरक ढंगले देखिएको सर्वेक्षणले संकेत गरेको छ। विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा उम्मेदवार हरिजङ तामाङ मतदाताको रोजाइमा अघि देखिएका छन्। घरदैलो अभियानका क्रममा तामाङले युवा, जनजाति तथा परिवर्तन चाहने मतदाताबाट उल्लेख्य समर्थन पाएको स्थानीय स्रोतको दाबी छ।
यसअघि एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्दै जित हासिल गरेका थिए। तर यसपटक भने उनीअघिको जस्तो एकल समर्थन नदेखिएको र केही मत अन्य दलतर्फ सर्ने संकेत देखिएको बताइएको छ।
लमजुङमा नेकपा, नेपाली कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा रहेको छ। रास्वपाका धर्म केसीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई प्रस्तुत गरे पनि आफ्नै आधार क्षेत्रमा अपेक्षित उत्साह देखिन नसकेको सर्वेक्षण निष्कर्षले देखाएको छ।
चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट, सभा–समारोह र सामाजिक सञ्जालमार्फत समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्। सुन्दरबजारको मतपरिणामले समग्र लमजुङको चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।
पाँचथरमा नेकपाका मिक्सोलाई विकासप्रेमी नेता आङ्बो र जबेगुको दर्बिलो साथ: चुनावी अभियान थप सशक्त
पाँचथर । कोशी प्रदेशसभामा पाँचथरबाट निर्वाचित दुई प्रभावशाली सांसदको स्पष्ट र सक्रिय समर्थनपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को चुनावी यात्रा नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढेको छ। पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका सांसद इन्द्रबहादुर आङ्बो र पूर्व भौतिक पूर्वाधार मन्त्री एवं बहालवाला सांसद कमलप्रसाद जबेगु दुबै जना अहिले मिक्सोको पक्षमा खुला रूपमा मैदानमा उत्रिएका छन्। आङ्बो क्षेत्र ‘ख’ र जबेगु क्षेत्र ‘क’ बाट निर्वाचित जनप्रतिनिधि हुन्। उनीहरूको बलियो संगठनात्मक पकड र जनाधारले मिक्सोको अभियानलाई जिल्लाभर सशक्त बनाएको छ। विकासको जगमा बनेको विश्वास स्व. पदमसुन्दर लावतीपछि पाँचथरमा विकासवादी नेताका रूपमा चिनिएका आङ्बोले प्रदेश सरकारमा चार वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा जिल्लामा पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए। त्यही कार्यसम्पादनका कारण उनी जनताको मनमुटुमा बस्न सफल भएका छन्। अहिले सोही विश्वास र लोकप्रियताको जगमा उनी मिक्सोलाई विजयी गराउन कम्मर कसेर लागेका छन्। उता, माथिल्लो क्षेत्र ‘क’ मा प्रभावशाली पकड बनाएका जबेगुको साथले पनि मिक्सोको पक्षमा थप उत्साह र आत्मविश्वास थपेको छ। मिक्सो स्वयं सोही क्षेत्रका स्थायी बासिन्दा, पार्टीको प्रदेश नेतृत्व सम्हालिसकेका अनुभवी तथा निष्ठावान नेता भएकाले उनको उम्मेदवारीलाई जनस्तरमा सकारात्मक रूपमा लिइएको छ। तमोर करिडोरदेखि जनविश्वाससम्म तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा स्वकीय सचिवको रूपमा काम गर्दा तमोर करिडोरअन्तर्गत करिब ६ अर्ब रुपैयाँ बराबरका योजना पाँचथरमा भित्र्याउन भूमिका खेलेका कारण मिक्सो जिल्लामा विकाससँग जोडिएका नेताका रूपमा स्थापित छन्। यही पृष्ठभूमिले उनलाई “काम गर्ने उम्मेदवार” को छवि दिएको स्थानीय कार्यकर्ताहरू बताउँछन्। नयाँ शक्ति उदाउँदा नेकपालाई लाभ यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टी, उज्यालो नेपाल–राष्ट्रिय परिवर्तन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ शक्तिहरू मैदानमा उत्रिएपछि परम्परागत दुई ठूला दलबीचको मत विभाजन हुने आकलन गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो अवस्थामा वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ रहेको नेकपाका उम्मेदवार मिक्सोलाई तुलनात्मक लाभ पुग्ने देखिएको छ। जनलहर, संगठन र आत्मीयता मिक्सोको व्यक्तिगत सरलता, नेम्वाङ समुदायको आत्मीय साथ, पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको जोश तथा आङ्बो–जबेगुको दर्बिलो समर्थनले पाँचथरमा उनको पक्षमा सकारात्मक माहोल सिर्जना भएको छ। प्रदेश नेतृत्व, जिल्ला कमिटी, जनवर्गीय संगठन र युवा पंक्तिसमेत एकजुट भएर अभियानमा डटेका छन्। गाउँ–बस्ती हुँदै सन्देश फैलिँदै जाँदा मिक्सो पाँचथरे जनताको भरोसाको उम्मेदवारका रूपमा स्थापित हुँदै गएको नेकपा जिल्ला इन्चार्ज सीता थेबे बताउँछिन्। मिक्सोतर्फ आकर्षण पुराना दुई ठूला दलको गठबन्धन सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै निराश बनेका कार्यकर्ताहरू अहिले वैकल्पिक शक्ति खोज्ने मनस्थितिमा देखिएका छन्। जेन्जी आन्दोलनपछि उदाएका नयाँ दलहरूमा केही कार्यकर्ता प्रवेश गरे पनि ती दलहरूले नेकपालाई प्रतिस्पर्धीभन्दा सम्भावित सहकार्यकारी शक्तिका रूपमा हेरेको चर्चा छ। यही समग्र राजनीतिक परिवेश, प्रभावशाली प्रदेश सांसदहरूको स्पष्ट साथ र जनस्तरमा बढ्दो स्वीकार्यताका कारण पाँचथरमा मिक्सोको चुनावी यात्रा झनै शक्तिशाली, संगठित र जनप्रिय बन्दै गएको राजनीतिक वृत्तमा आकलन गरिएको छ।
धादिङको विकासका लागि ‘पाँचकुने तारा’ चिन्हमा मतदान गर्न आह्वान
धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। जिल्लाका विभिन्न स्थानमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रममार्फत उम्मेदवारहरूले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ‘पाँच कुने तारा’ चुनाव चिह्नमा मतदान गरी राजेन्द्र प्रसाद पाण्डे (धादिङ क्षेत्र नं. १) र राम बहादुर भण्डारी (धादिङ क्षेत्र नं. २) लाई विजयी गराउन समर्थकहरूले आह्वान गरेका छन्। समर्थकहरूका अनुसार राजेन्द्र प्रसाद पाण्डे अनुभवी र परिपक्व नेतृत्वका रूपमा स्थापित व्यक्ति हुन्। लामो राजनीतिक यात्राका क्रममा उनले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गरिएको छ। जिल्लामा सडक सञ्जाल विस्तार, विद्यालय स्तरोन्नति तथा स्वास्थ्य संस्थाको सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रहेको भन्दै समर्थकहरूले पुनः अवसर दिनुपर्ने तर्क अघि सारेका छन्। त्यसैगरी, राम बहादुर भण्डारीलाई जनताको सुख–दुःखमा साथ दिने, सरल र पहुँचयोग्य नेताका रूपमा चित्रण गरिएको छ। स्थानीय तहदेखि नै सामाजिक गतिविधिमा सक्रिय भण्डारी जनतासँग प्रत्यक्ष संवाद गर्ने र समस्या समाधानमा तत्पर रहने नेताका रूपमा परिचित रहेको उनका समर्थकहरूको भनाइ छ। उनी धादिङ क्षेत्र नं. २ मा विकास र रोजगारी सिर्जनाका एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै उम्मेदवारले कृषि आधुनिकीकरण, सडक स्तरोन्नति, खानेपानी तथा सिँचाइ सुविधा विस्तार, युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका छन्। “तारा” चिन्हमा मतदान गर्नु भनेको स्थिरता, सुशासन र समृद्धिको पक्षमा मत दिनु भएको समर्थकहरूको दाबी छ। चुनावी प्रचारप्रसार अन्तर्गत दुवै उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले आफूहरूलाई विजयी गराए धादिङलाई नमूना जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय बुद्धिजीवी तथा समर्थकहरू विकासको निरन्तरता र सुशासनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताउँछन्। निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङमा चुनावी माहोल झन् सक्रिय बन्दै गएको छ, र मतदाताहरू आफ्नो रोजाइ तय गर्ने तयारीमा जुटेका छन्।
आजकाे माैसम: यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाटबजारलाई व्यवस्थित र दिगो बनाउँछु: रुपन्देही-२ का उम्मेदवार विश्वदीप
बुटवल । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बुटवल–७ स्थित हाटबजारलाई व्यवस्थित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार घरदैलो अभियानका क्रममा हाटबजार लाइन पुगेका पाण्डेले व्यवसायीहरूले भोग्दै आएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीयदेखि केन्द्रीय तहसम्म पहल गर्ने बताएका हुन्। भेटघाटका क्रममा व्यवसायीहरूले व्यापारमा मन्दी बढ्दै गएको, अस्वस्थ प्रतिस्पर्धा चुलिएको तथा बुटवल क्षेत्रमा व्यवसाय सञ्चालनको वातावरण खस्कँदै गएको गुनासो राखेका थिए। बजार क्षेत्र व्यवस्थित नहुँदा फोहोर व्यवस्थापन र खानेपानी अभावजस्ता समस्या झनै जटिल बन्दै गएको उनीहरूको भनाइ थियो। एक व्यवसायीले भने, “सरसफाइ र खानेपानीको अभावसँगै व्यापारमा मन्दी हाटबजारको मुख्य समस्या बनेको छ। धेरै युवा वैदेशिक रोजगारीमा गएकाले ग्राहक संख्या घटेको छ।” गुनासो सुनेपछि पाण्डेले समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले भने, “तपाईंहरूले उठाउनुभएको विषय गम्भीर छन्। यसको समाधानका लागि आवश्यक पहल तत्काल थालिनेछ।” पाण्डेले साना–ठूला सबै व्यवसायमा संकट देखिएको उल्लेख गर्दै यसको प्रभाव समग्र राष्ट्रिय अर्थतन्त्रमा परेको बताए। “रोजगारी घट्ने, लगानीमा कमी आउने र बजारमा चलायमानता घट्ने जस्ता समस्या गम्भीर बन्दै गएका छन्। यस अवस्थालाई सुधार्न उद्योग–व्यवसायलाई प्रोत्साहन, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष ध्यान दिन आवश्यक छ,” उनले भने। व्यवसायीहरूले वर्षा र गर्मी दुवै मौसममा हाट सञ्चालन गर्न कठिनाइ हुने बताउँदै सेमि–पर्मानेन्ट संरचना निर्माण गरिए सहज हुने धारणा व्यक्त गरेका थिए। उक्त क्षेत्रमा करिब ७५० व्यवसायीले हाट सञ्चालन गर्दै आएका छन्।
उदयपुर–१ मा नेकपाका चौधरीलाई संयुक्तकी समानुपातिक उम्मेदवार सानी दनुवारको समर्थन, प्रत्यक्षतर्फ तारा छापमा तदान गर्न आह्वान
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) की समानुपातिक उम्मेदवार सानी दनुवारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर–१ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार बलदेव चौधरीलाई सघाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आसन्न निर्वाचनमा उदयपुर–१ बाट विकास, समृद्धि र स्थायित्वको नेतृत्व गर्न सक्षम उम्मेदवारका रूपमा चौधरीलाई प्रस्तुत गर्दै मतदातालाई प्रत्यक्षतर्फ “तारा” छापमा मतदान गर्न आग्रह गरेकी हुन्। दनुवारले उदयपुर–१ को समग्र विकासका लागि दूरदृष्टि, इमानदारी र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौधरी त्यस्ता गुणले सम्पन्न नेता भएको बताएकी छन्। “उदयपुरको कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका सवालमा ठोस योजना र स्पष्ट धारणा भएका उम्मेदवार बलदेव चौधरी नै हुनुहुन्छ,” उनले भनिन्, “उहाँलाई जिताउनु भनेको उदयपुरको भविष्य सुरक्षित गर्नु हो।” नेकपा उदयपुरका स्थानीय नेता इश्वर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दनुवारको समर्थन सार्वजनिक गर्दै चौधरीको पक्षमा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको जनाएका छन्। उनका अनुसार दनुवारको समर्थनले वामपन्थी तथा प्रगतिशील मत एकीकृत हुने विश्वास गरिएको छ। यसैबीच, नेकपाका उम्मेदवार चौधरी अहिले त्रियुगा र चाैदण्डीगढी नगरपालिका सहित उदयपुर–१ का विभिन्न गाउँ–टोलमा घरदैलो अभियानमा सक्रिय छन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय आवश्यकता, समस्या र सुझाव संकलन गरिरहेका छन्। ग्रामीण सडक स्तरोन्नति, सिँचाइ विस्तार, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम, सामुदायिक विद्यालयको गुणस्तर सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार आफ्नो प्राथमिकतामा रहेको उनले बताएका छन्। चौधरीले निर्वाचन जितेपछि घोषणापत्रमा समेटिएका कार्यक्रमलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो” भन्ने धारणा दोहोर्याउँदै आएका छन्। उदयपुर–१ मा निर्वाचन गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा चौधरीको पक्षमा विभिन्न तहबाट समर्थन बढिरहेको नेताहरूको दाबी छ। सानी दनुवारको समर्थनपछि प्रत्यक्षतर्फ तारा छापमा मतदान गर्न आह्वानले चुनावी प्रतिस्पर्धालाई नयाँ आयाम दिएको विश्लेषण गरिएको छ।
बुढीगण्डकीको लगानी ढाँचा स्वीकृत
काठमाडौं । सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । धादिङ र गोरखामा निर्माण प्रस्ताव गरिएको १२ सय मेगावाट क्षमताको सो परियोजनाको वित्तीय लगानीको मोडेल गत मङ्सिर दोस्रो साता ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अन्तिम स्वरूप दिएर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । अर्थ मन्त्रालयले सो प्रस्तावलाई मन्त्रीपरिषद्मा पठाउन स्वीकृति दिएपछि प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको थियो । मङ्गलबारको मन्त्रीपरिषद् बैठकले आयोजनाको लगानी ढाँचा स्वीकृत गरे पनि विस्तृत विवरण भने प्राप्त भइनसकेको बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन रजौरियाले बताए । “लगानी ढाँचा स्वीकृत भएको सार्वजनिक जानकारीमा आए पनि प्रस्तावमा केही संशोधन भए/नभएको जानकारी अहिले प्राप्त भइसकेको छैन,” उनले भने, “तर आयोजनालाई निर्माणको चरणमा प्रवेश गराउनका लागि यो स्वीकृतिले विशेष महत्व राख्छ ।” तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सो आयोजनालाई निर्माणको चरणमा प्रवेश गराउने उद्देश्यसहित कम्पनीलाई वित्तीय लगानीको सम्भाव्य वैकल्पिक ढाँचा तयार गर्न निर्देशन गरेपछि कम्पनीले प्रस्ताव निर्माण गरेको थियो । ऊर्जा मन्त्रालयले स्वीकृत गरेको प्रस्ताव अनुसार सो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने योजना छ । करिब तीन खर्ब ७४ अर्ब रुपियाँ आधारभूत लागत तय गरिएको सो आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गराउन खोजिएको छ । आठ वर्ष निर्माण अवधि तय गरिएको सो परियोजनामा निर्माण अवधिको ब्याज मात्रै ३२ अर्ब रुपियाँ लाग्ने छ । आयोजनामा स्वपुँजीबापत ९७ अर्व ४७ करोड रुपियाँ र सहुलियत पूर्ण कर्जाका रूपमा एक खर्ब ५० अर्ब रुपियाँ सरकारले लगानी गर्ने भनिएको छ । सहुलियत पूर्ण कर्जामा पेट्रोलियम पदार्थमा लगाउँदै आइएको पूर्वाधार करको ५० प्रतिशत पनि समावेश गर्ने प्रस्ताव ऊर्जा मन्त्रालयको थियो । आयोजनाका लागि जग्गाको मुआब्जासमेत हालसम्मको खर्चलाई पनि लागत गणना गर्दा सरकारले थप दुई खर्ब २८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गराउनुपर्ने हुन्छ । वित्तीय ढाँचामा बैङ्क तथा वित्तीय संस्थाबाट एक खर्ब चार अर्ब रुपियाँ ऋण लगानी गराउने योजना छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड, सामाजिक सुरक्षा कोषलगायत सार्वजनिक कम्पनीलाई पनि सहवित्तीयकरणमा समावेश गराउने योजना छ ।
प्रतिनिधि सभा निर्वाचन: कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी ६७ जनाको सहभागिता थियो । कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले परराष्ट्र मन्त्रालयले विदेशी पाहुनलाई स्वागत गरी सहजीकरण गर्न खटाएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दा नै नेपालको तर्फबाट प्रभाव पार्नेगरी प्रस्तुत हुनुपर्ने बताउनुभयो । सम्पर्क अधिकृतले देशका नाम पनि राख्ने गरी गुण विकास गरी विदेशी पाहुनासमक्ष व्यवहार गनुपर्ने उनले जानकारी गराए। मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने पनि निर्वाचन आयुक्त राणाले बताए। देशको इज्जत राख्ने सामूहिक काम भएकाले मिलेर काम गर्न उनले निर्देशन दिए । सम्पर्क अधिकृतले नेपालको छवि राम्रो बनाउने गरी काम गर्नुपर्ने तयारी गर्न उनले सुझाव दिए। कार्यक्रममा यसअघि पनि सम्पर्क अधिकृतका रूपमा काम गरिसकेका अनुभवीहरूले विदेशी पाहुनाले सम्पदास्थलमा पनि भ्रमण गर्न चाहने भएकाले त्यसअनुसारका कार्यक्रम पनि बनाउन अनुरोध गरेका थिए । सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले ‘सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व’ प्रस्तुतीकरण गरेका थिए ।
भाेजपुरमा उन्नत जातका सुन्तलाका बेर्ना वितरण
भोजपुर । किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यहाँको भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण गरिएको छ । वडा कार्यालयले १५० किसानलाई करिब एक हजार २५० सुन्तलाका बेर्ना वितरण गरेको हो । बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ । किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । ती बेर्ना धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्रबाट ल्याइएका हुन् । ‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाका बेर्ना वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए । यस वर्ष वडाले सुन्तला तथा अङ्गुरका बेर्ना वितरणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । मागका आधारमा हाल सुन्तलाका बेर्ना वितरण गरिएको र केही समयपछि अङ्गुरका बेर्ना पनि वितरण गरिने उनको भनाइ छ । “बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो,” वडाध्यक्ष प्रधानले भने, “सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन । किसानलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बेर्ना वितरण गरेका हौँ ।” हाल यहाँका करिब ३०० किसान सुन्तला खेतीमा आबद्ध छन् । स्थानीय किसान भीमबहादुर दाहालले उन्नत जातका बेर्ना वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताए ।
सिराहामा प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ
सिराहा । सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका– ३ स्थित भित्री सडकखण्डबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ठाढीस्थित प्रहरी चौकी र सीमा सुरक्षा गुल्म हेड क्वार्टर इनर्वाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा लहान नगरपालिका– १ बस्ने करिब २८ वर्षीय चन्दन चौधरी र वडा नं. ७ गणेशचोक बस्ने करिब ३३ वर्षीय लक्ष्मी साहलाई पक्राउ गरेको हो । सीमावर्ती भारतीय बजारबाट प्रदेश २–०२–००५ प ३३०६ नम्बरको स्कुटर चढेर नेपालतर्फ आउँदै गरेका दुईजनालाई चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध बरामद भएपछि आइतबार राति पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । उनका अनुसार स्कुटरचालक रहेका साहको साथबाट दुई एमएलको २०–२० वटा डाइजिपाम तथा बुप्रेनर्फिन इन्जेक्सन, १६ वटा नाइट्राजिपाम ट्याब्लेट, दुई एमएलको १९ वटा प्रोमेथोजिन इन्जेक्सन, पाँच सय मिलिग्रामको एउटा मोनोसेफ, दुई एमएलको सुरिङ, ६० थान डिस्कोपाम र पाँच एमएलको एउटा स्टेरिलवाटर बरामद भएको छ । स्कुटर र लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई सोमबार सिराहा जिल्ला अदालतमा उपस्थित गराई म्याद लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
निर्वाचनमा बालबालिका प्रयोग नगर्न आयोगको निर्देशन
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको समग्र सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनपूर्व अनुगमनलाई देशभर तीव्र पारिएको जानकारी दिइएको छ। पछिल्लो समय दाङ, रौतहट र पर्सालगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबिच विवाद बढ्दै जाँदा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यसले शान्तिसुरक्षामा गम्भीर चुनौती थपिएको आयोगको ठहर छ। आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबिच लक्षित अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिहरूले निर्वाचनको वातावरण बिथोल्न सक्ने चेतावनी दिएको छ। यस्ता गतिविधिले सामाजिक तथा सांस्कृतिक सदभावमा नकारात्मक असर पार्न सक्ने भन्दै सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरिएको छ। विशेषगरी निर्वाचन प्रचारप्रसार तथा राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भइरहेको पाइएकाले आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। सामाजिक सञ्जालमार्फत प्रसारित प्रचार सामग्रीमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय, अभिभावक तथा सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी रहने आयोगले स्पष्ट पारेको छ। साथै, सरकार र सम्बन्धित निकायहरूलाई शान्तिसुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न र नागरिकका मानव अधिकारको पूर्ण सम्मान सुनिश्चित गर्न आग्रह गरिएको छ।
मुद्रास्फीति न्यून र विदेशी विनिमय सञ्चिति बलियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा धेरै उच्चस्तरमा रहेको जनाएको छ । चालु आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति करिब पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएकामा पहिलो छ महिनामा औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशतमा सीमित रहेको जनाइएको छ । यस्तै, कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखिएकामा २०८२ पुससम्म सञ्चिति १८ दशमलव एक महिनाको आयात धान्न पर्याप्त रहेको छ । राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरलाई व्यवस्थित बनाउने नीतिअनुसार बैंकदर घटाएर पाँच दशमलव ७५ प्रतिशत र नीतिगत दर चार दशमलव २५ प्रतिशत कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर यथावत राखिएको छ । बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २०८२ पुस महिनामा पटक–पटक गरी रू दुई खर्ब बराबर तरलता प्रशोधन गरेको छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएकामा पहिलो छ महिनामा पाँच दशमलव चार प्रतिशतले मात्र वृद्धि भएको छ । निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरिएकामा समीक्षा अवधिमा तीन दशमलव आठ प्रतिशत मात्र वृद्धि भएको छ । वित्तीय स्थायित्व कायम गर्दै आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर रू एक करोड कायम गरिएको छ भने लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा रू १५ लाख पुर्याइएको छ । साथै ऋणिको आवश्यकताअनुसार कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ । समीक्षा अवधिमा ट्रष्ट रिसिट (आयात) कर्जाको जोखिम भार घटाइएको, कर्जा वर्गीकरण व्यवस्थामा सहजीकरण गरिएको तथा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली संशोधन गरी सूचना प्रविधि उद्योगलाई २० हजार अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, विदेशी ऋण भित्र्याउने र लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रियासमेत सहजीकरण गरिएको छ । यसैगरी नगद कारोबारको सीमा पुनरावलोकन गर्दै रू पाँच लाख वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा ‘एकाउन्टपेयी चेक’ वा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर एकको विनिमयदर कति ?
काठमार्डौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
गण्डकीमा चुनावको तयारी तीव्र
गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए । मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको उनको भनाइ छ । कतिपय जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने केही जिल्लामा सुरु गर्ने तयारी छ । जिल्ला निर्वाचन कार्यालय, बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बुधबार र बिहीबार उक्त तालिम सञ्चालन गरिने बताए। तालिम पश्चात यही फागुन १८ गते कर्मचारी सम्बन्धित मतदानस्थलमा पुग्ने उनको भनाइ छ । गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् । “बागलुङमा चुनावको करिब ९० प्रतिशत तयारी पूरा भएको छ”, उनले भने, “अब मतदानस्थल केन्द्रित तयारी अगाडि बढ्छ ।” अहिले प्रदेशका प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा सञ्चालन भइरहेको छ । मतदान गर्ने सही तरिका सिकाइ बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरेको हो । चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन हरेक जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। सम्बन्धित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरेको छ । “मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ बरालले बताए । एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ । गण्डकी प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ । गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचनकाे प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ । निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ । आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । विभागले अनुगमनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको हो । विभागले एकै दिन कूल २० वटा फर्ममाथि अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा अनुगमन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारबाहीको दायरामा ल्याइएको विभागले प्रस्ट पारेको छ ।

