आदिवासी जनताजतिका तीन संगठनद्वारा नेकपाकाे पाँचकुने तारामा भोट हाल्न अपील
काठमाडौँ । आदिवासी जनजातिका तीन संगठनले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा नेपाली कम्युनिष्ट पार्टीकालाई भोट हाल्न अपील गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले उत्पीडित जाति तथा समुदायहरूको पहिचान, हक अधिकार र जातिय सांस्कृतिक स्वायत्तताको लागि आवाज उठाएको भन्दै सोही पार्टीलाई भोट हाल्न अपील गरिएको हो ।
आदिवासी/जनजाति संयुक्त मोर्चा नेपाल, नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले संयुक्त रुपमा अपील जारी गर्दै मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित, मुस्लिम लगायतका सम्पूर्ण उत्पीडित वर्ग, जाति समुदाय, लिङ्ग, क्षेत्रहरूको पार्टी नै नेकपा भएको बताइएको छ ।
‘यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी र यस्का प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका सबै उम्मेदवारहरूलाई बिजयी गराउनका लागि मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित र मुस्लिम समुदायका सम्पूर्ण मतदाताहरूलाई तारा चुनाव चिन्हमा मतदान गर्न अनुरोध छ ।’ अपीलमा भनिएको छ ।

उदयपुर–१ मा पाँचकुने तारा चिन्हका उम्मेदवार बलदेव चौधरीको त्रियुगा क्षेत्रमा निरन्तर घरदैलो
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार बलदेव चौधरीले त्रियुगा नगरपालिकाका विभिन्न वडामा निरन्तर घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। विशेषगरी त्रियुगा नगरपालिका वडा नम्बर ३ र ४ मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। पाँचकुने तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका चौधरीले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता राखिरहेका छन्। घरदैलोका क्रममा उनले उदयपुर–१ को समग्र विकास, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय जनताका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले जनताकै बलमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे। मतदाता भेटघाटका क्रममा चौधरीलाई विभिन्न टोलमा स्थानीयले फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ। नेकपाका नेता–कार्यकर्ताहरूले “नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद” र “भोट केमा? तारामा!” भन्ने नारासहित अभियानलाई सशक्त बनाइरहेका छन्। पार्टीका अनुसार त्रियुगा क्षेत्रमा सुरु भएको घरदैलो अभियान अन्य वडामा समेत निरन्तर विस्तार गरिनेछ। उदयपुर–१ मा पाँचकुने तारा चिन्हका उम्मेदवार चौधरीको घरदैलो कार्यक्रमले चुनावी प्रतिस्पर्धालाई थप गतिशील बनाएको छ।
४८ वर्षपछि अमेरिकामा हिमआँधी : पूर्वी तट ठप्प, हजारौँ उडान रद्द, जनजीवन अस्तव्यस्त
अमेरिका ।अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्। न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू हिउँको बाक्लो तहले ढाकिएका छन्, जसले गर्दा सडक, हवाई र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ। सरकारी निकायहरूले यात्रा गर्नै नसकिने स्थिति रहेको भन्दै चेतावनी जारी गरेका छन्। हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ। यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत ध्वस्त पारेको छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ। मौसमविद्हरूले यो अवस्थालाई सोचेभन्दा निकै भयावह र अनपेक्षित भनेका छन्। हिउँको थुप्रोका कारण सडकमा गुडिरहेका सयौँ सवारी साधनहरू बिचैमा फसेका छन् भने हिउँ पन्छाउने कार्यमा अवरोध पुर्याउने ३०० भन्दा बढी गाडीहरूलाई प्रहरीले तानेर हटाउनुपरेको छ। सुरक्षालाई ध्यानमा राख्दै रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्स जस्ता राज्यहरूमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले मानिसहरूलाई घरभित्रै रहन आग्रह गर्दै हिउँका कारण केही नदेखिने अवस्थाले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको बताएकी छन्। न्युयोर्क जस्तो व्यस्त सहर पनि सोमबार दिउँसोसम्म झण्डै सुनसान बनेको थियो। हवाई यात्राको अवस्था झनै नाजुक देखिएको छ। फ्लाइटअवेयरका अनुसार अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। न्युयोर्कका लागार्डिया विमानस्थल र जेएफके अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भए भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि आफ्ना अधिकांश उडान कटौती गर्नुपर्यो। म्यासाचुसेट्सको केप कडलगायतका क्षेत्रमा ८५ प्रतिशत ग्राहक अन्धकारमा बस्न बाध्य भएका छन्। रुखका हाँगाहरू भाँचिएर विद्युत्का तार र सडकमा खस्दा दुर्घटनाको जोखिम अझै बढेको छ।
घरदैलो र मतदाता भेटघाटमा सक्रिय नेकपा उम्मेदवार तिमिल्सिना, पर्वतमा समर्थन बढ्दो
पर्वत। पर्वतमा प्रतिनिधिसभाका कान्छा उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिस्पर्धामा रहेका मनहरि तिमिल्सिना यतिबेला निरन्तर घरदैलो, मतदाता भेटघाट र चुनावी सभामा व्यस्त छन्। गाउँ–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। कुस्मा नगरपालिका–पाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले विदेशबाट आउने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। “रेमिट्यान्सलाई केवल उपभोगमा सीमित नगरी साना उद्योग, कृषि र सेवा क्षेत्रमा दीर्घकालीन लगानी गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना हुन्छ,” उनले भने। विदेशमा श्रम गरिरहेका परिवारमा वित्तीय साक्षरता अभिवृद्धि, बचत संस्कारको विकास, सहकारीमार्फत सामूहिक लगानी र उद्यमशीलतामा जोड दिनुपर्ने उनको धारणा थियो। अनुत्पादक खर्चले क्षणिक राहत दिए पनि दिगो योजनाले मात्रै दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने उनले बताए। घरदैलो अभियानका क्रममा स्थानीय विद्वत् वर्ग, नागरिक अगुवा तथा सर्वसाधारणसँग भेटघाट गर्दै तिमिल्सिनाले पाङ र खुर्कोट क्षेत्रका समस्या, सम्भावना र विकासका प्राथमिकताबारे खुला छलफल गरेका छन्। जनताबाट प्राप्त सुझाव र साथले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उनले समुदायसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न साना उद्योग र उद्यमशीलता प्रवर्द्धन गर्ने, किसानलाई आधुनिक कृषि प्रविधि र सिँचाइ सुविधा उपलब्ध गराउने तथा उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्ने योजनामा आफू लागिपर्ने उनले बताए। साथै सडक, पुल, विद्युत् र सञ्चारजस्ता भौतिक पूर्वाधारमा लगानी गरी उत्पादनदेखि बजारसम्मको पहुँच विस्तार गर्ने उनको भनाइ छ। शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने एजेन्डासमेत उनले अघि सारेका छन्। चुनावी अभियान लिएर पाङ पुगेका तिमिल्सिनालाई स्थानीयले भव्य स्वागत गरेका थिए। स्थानीय मिनराज केसी ‘अविरल’का अनुसार घरदैलो अभियानले उम्मेदवार र मतदाताबीचको सम्बन्ध अझ प्रगाढ बनाएको छ। निरन्तरको जनसम्पर्क र प्रत्यक्ष संवादका कारण तिमिल्सिनाप्रति समर्थन बढ्दै गएको स्थानीयको भनाइ छ।
रुकुम पश्चिमकाे आठविसकोटमा कांग्रेसका पूर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश
रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ मा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्षसहित ६ जना कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। २०५६ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित जोखबहादुर पुनसहित अर्जुन पुन, धनजित पुन, नवीन पुन र धनबहादुर पुनले औपचारिक रूपमा नेकपा रोजेका हुन्। नवप्रवेशीहरूलाई आयोजित चुनावी कार्यक्रममा नेकपा रुकुम पश्चिमका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्मा, नेताहरू वसन्त शर्मा र महेन्द्र केसीलगायतले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले जनताको अपेक्षा पूरा गर्ने स्पष्ट राजनीतिक दृष्टिकोण र वैकल्पिक कार्यक्रमसहित नेकपा अघि बढिरहेको दाबी गरे। उनीहरूले विभिन्न दलबाट आउने नेता–कार्यकर्ताको समर्थनले पार्टी अझ सुदृढ बन्दै गएको बताए। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुकुम पश्चिमसहित देशभर नेकपामा प्रवेश गर्ने क्रम तीव्र बनेको बताइएको छ। यसअघि एमालेका स्थापित नेता तथा राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज संगम केसी, राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमका सचिव टिकाराम बिष्ट र जिल्ला सदस्य पैलबहादुर घर्तीसमेत नेकपामा प्रवेश गरिसकेको जनाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो दल–परिवर्तनले जिल्लाको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
सिन्धुपाल्चोकका दुबै क्षेत्रमा नेकपाको मजबुत अग्रता, जिततर्फ उन्मुख चुनावी लहर
चौतारा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक यतिबेला चुनावी उत्साहले तरंगित बनेको छ। हिमाल, पहाड र राजधानीसँगको रणनीतिक जोडले विशेष महत्त्व बोकेको यो जिल्ला अहिले राजनीतिक रूपमा पनि निर्णायक मोडमा उभिएको छ। विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेकपाका उम्मेदवारहरूको पक्षमा देखिएको व्यापक जनसमर्थनले चुनावी परिणाम एकतर्फी हुने संकेत दिएको छ। गाउँ–गाउँमा तीव्र घरदैलो अभियान, टोल–टोलमा सशक्त कोणसभा, युवा–महिलाको सक्रिय सहभागिता र संगठनात्मक मजबुतीका कारण जिल्लाभर नेकपामय माहोल देखिएको छ। विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। क्षेत्र नम्बर १ : विकासको निरन्तरता र भरोसाको मत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार माधव सापकोटा (सुबोध) स्पष्ट अग्रतामा देखिएका छन्। अघिल्लो कार्यकालमा गरेका विकास निर्माणका काम—सडक विस्तार, पुल निर्माण, विद्यालय स्तरोन्नति, खानेपानी आयोजना तथा स्वास्थ्य चौकी सुदृढीकरण—जनतामाझ प्रत्यक्ष अनुभूत विषय बनेका छन्। चौतारा साँगाचोकगढीदेखि बाह्रबिसे भोटेकोशी, लिसंखुपाखरदेखि जुगलसम्म आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिताले क्षेत्र नम्बर १ मा नेकपाको पकड झनै बलियो बन्दै गएको देखिन्छ। स्थानीयवासीहरू खुलेर भन्छन्, “देखिएको विकासलाई निरन्तरता दिनुपर्छ।” युवा पुस्ताले रोजगारी, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिँदै सापकोटालाई साथ दिएका छन् भने महिला समूहहरूले सामाजिक सुरक्षा र आयआर्जन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्। क्षेत्र नम्बर २ : युवा ऊर्जा र परिवर्तनको नेतृत्व त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार युवराज दुलाल (शरद) प्रति उत्साहजनक समर्थन देखिएको छ। युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका दुलाल स्पष्ट दृष्टिकोण, संगठनात्मक क्षमता र जनतासँगको निरन्तर सम्पर्कका कारण बलियो दाबेदारका रूपमा उभिएका छन्। उनको चुनावी अभियानमा युवाहरूको उत्साहपूर्ण सहभागिता देखिन्छ। किसान भेटघाट, महिला अन्तरक्रिया तथा जनसंवाद कार्यक्रमले क्षेत्र नम्बर २ को चुनावी माहोललाई थप ऊर्जा दिएको छ। “उत्पादनमा वृद्धि, बजारमा पहुँच र युवालाई स्वरोजगार” भन्ने मूल नारासहित अघि बढेको अभियानले किसान र उद्यमशील युवाहरूलाई विशेष रूपमा आकर्षित गरेको छ। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र उत्पादनको बजार सुनिश्चितताजस्ता एजेण्डा जनतामाझ सकारात्मक सन्देशका रूपमा स्थापित भएका छन्। प्रवेश र संगठन विस्तारको लहर जिल्लाभर अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छ। बाह्रबिसेमा आयोजित युवा भेलामा मात्रै तीन सयभन्दा बढी युवाहरू नेकपामा प्रवेश गरेका छन्। वडास्तरदेखि पालिकास्तरसम्म संगठन सुदृढीकरण अभियान तीव्र पारिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार संगठनात्मक हिसाबले नेकपा अहिले जिल्लामा सबैभन्दा सुदृढ अवस्थामा छ। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, युवा उद्यमी र सामाजिक अभियन्ताहरूको समर्थनले चुनावी समीकरण नेकपाको पक्षमा स्पष्ट रूपमा ढल्किएको आकलन गरिएको छ। जनताका एजेण्डा : विकास, स्थिरता र समावेशी समृद्धि सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा विपद् व्यवस्थापन दुबै क्षेत्रका प्रमुख चुनावी मुद्दा बनेका छन्। भूकम्प र बाढीपहिरोबाट प्रभावित जिल्लाका रूपमा पुनर्निर्माण र सुरक्षित बस्ती विकासप्रति जनताको उच्च चासो देखिन्छ। उम्मेदवारहरूले दीर्घकालीन पूर्वाधार निर्माण, जलविद्युत् सम्भावनाको उपयोग र दिगो विकासलाई प्राथमिकतामा राखेका छन्, जसले मतदातामा विश्वासको वातावरण सृजना गरेको छ। जिततर्फ उन्मुख चुनावी लहर यद्यपि चुनाव प्रतिस्पर्धाविहीन छैन, पछिल्ला दिनहरूमा देखिएको जनलहर, संगठनात्मक सक्रियता र उम्मेदवारहरूको जनसम्पर्कले नेकपालाई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाएको छ। यदि वर्तमान गति कायम रह्यो भने सिन्धुपाल्चोक का दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित हुने राजनीतिक वृत्तमा आकलन भइरहेको छ। अन्तिम निर्णय मतपेटिकाले गर्ने भए पनि, अहिले देखिएको उत्साह, भरोसा र समर्थनले स्पष्ट संकेत दिएको छ—सिन्धुपाल्चोकमा कम्युनिष्ट शक्तिको प्रभाव अझ सुदृढ बनेको छ। अब केही दिनमै हुने मतदानले यो जनलहरलाई औपचारिक परिणाममा रूपान्तरण गर्नेछ। तर यति निश्चित छ—सिन्धुपाल्चोक यतिबेला ऐतिहासिक निर्णयको क्षणमा उभिएको छ, र त्यो निर्णय नेकपाको पक्षमा जाने बलियो संकेत देखिएको छ।
देशभर नेकपा प्रवेशकाे जनलहर: दिनदिनै प्रवेशीको संख्या बढ्दै
काठमाडौं । पछिल्लो समय देशभर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विभिन्न जिल्लामा आयोजित कार्यक्रममार्फत अन्य राजनीतिक दल परित्याग गरी नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरू नेकपामा समाहित भइरहेका छन्। पार्टी प्रवेशको यो क्रमलाई नेताहरूले “देशव्यापी लहर”का रूपमा व्याख्या गरेका छन्। पार्टीका अनुसार चितवन, गोरखा, उदयपुर, मकवानपुर, सिन्धुली र सिन्धुपाल्चोकलगायतका जिल्लाबाट पछिल्ला केही सातायता सयौंको संख्यामा नयाँ सदस्यहरू पार्टीमा आबद्ध भएका छन्। स्थानीय तहका जनप्रतिनिधि, युवानेता, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूले पुराना दलसँगको सम्बन्ध तोड्दै नेकपा रोजेका हुन्। हालै कीर्तिपुरमा आयोजित एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र कीर्तिपुर वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष न्हुच्छे महर्जनले नेकपा (एमाले) परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै देश र जनताको पक्षमा क्रियाशील शक्तिहरू एकै ठाउँमा उभिनु समयको माग भएको बताएको छ। चितवन र गोरखामा आयोजित सभाहरूमा पनि विभिन्न दलका स्थानीय नेताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन्। उदयपुर र मकवानपुरमा युवा पंक्ति उल्लेख्य रूपमा आकर्षित भएको जनाइएको छ भने सिन्धुली र सिन्धुपाल्चोकमा जनसंगठनका कार्यकर्ताहरू समूहगत रूपमा पार्टीमा आबद्ध भएका छन्। नेकपाले आफ्नो वैचारिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ अडान, सामाजिक न्याय र समतामूलक समाज निर्माणको लक्ष्यका कारण जनताको आकर्षण बढेको दाबी गरेको छ। पार्टीका नेताहरूका अनुसार जनताको दैनिक जीवनसँग जोडिएका मुद्दा—रोजगार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास—लाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धताले नयाँ समर्थकहरूलाई आकर्षित गरिरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि, स्थिर र स्पष्ट विचारधाराप्रति खोजी तथा वैकल्पिक शक्तिप्रतिको विश्वासका कारण पनि पार्टी प्रवेशको लहर बढेको हुन सक्छ। स्थानीय तहदेखि केन्द्रसम्म प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत नेकपाले देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ। पार्टी नेतृत्वले प्रवेश गर्ने सबैलाई जिम्मेवारी र भूमिकासहित संगठनमा परिचालन गरिने जनाएको छ। “कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपानै हो,” भन्ने सन्देशसहित नेतृत्वले आगामी दिनमा अझ व्यापक रूपमा जनतामाझ जाने र पार्टीलाई सुदृढ बनाउने अभियानलाई तीव्र पार्ने बताएको छ। यसरी विभिन्न जिल्लाबाट निरन्तर बढिरहेको पार्टी प्रवेशको क्रमले नेकपालाई संगठनात्मक रूपमा थप मजबुत बनाएको पार्टीको दाबी छ। नेताहरूले यो लहर आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
बारा-१ मा नेकपाका उम्मेदवार दंगाल चुनावी मैदान तताउँदै
बारा । बारा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सन्तोष दंगालले युवा नेतृत्व, विकासको स्पष्ट खाका र निष्ठावान राजनीतिक प्रतिबद्धतासहित चुनावी मैदान तताएका छन्। जिल्लाको उज्ज्वल भविष्य, दिगो विकास र समृद्धिको यात्रालाई तीव्रता दिने लक्ष्यसहित दंगालले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। युवा पुस्ताको जोश र ऊर्जा बोकेका दंगाल प्रवासको लामो अनुभवबाट खारिएका व्यक्तित्वका रूपमा परिचित छन्। विदेशमा सङ्घर्षपूर्ण जीवन बिताउँदा श्रम, अनुशासन र व्यवस्थापनका विविध आयामहरू नजिकबाट बुझेका उनले त्यही अनुभवलाई बाराको विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। दंगालले बारालाई आधुनिक, व्यवस्थित र समुन्नत जिल्लाका रूपमा स्थापित गर्ने स्पष्ट भिजन अघि सारेका छन्। कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार, सडक तथा पूर्वाधार विकासलाई उनले प्राथमिकतामा राखेका छन्। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उनको योजना छ। उनी जनताको पीरमर्कालाई नजिकबाट बुझेका, सरल र पहुँचयोग्य उम्मेदवारका रूपमा प्रस्तुत हुँदै आएका छन्। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने मान्यतासहित उनले पारदर्शिता, सुशासन र जवाफदेहितालाई आफ्नो मूल आधार बनाउने बताएका छन्। दंगालको उम्मेदवारीलाई बारामा नयाँ ऊर्जा र सकारात्मक आशाका रूपमा हेरिएको छ। युवापुस्ताको सक्रिय सहभागिता, महिला सशक्तीकरण र समावेशी विकासमार्फत जिल्लाको समग्र रूपान्तरण सम्भव हुने विश्वास उनले व्यक्त गरेका छन्। आगामी निर्वाचनमा ‘तारा’ चुनाव चिह्नमार्फत जनतासामु पुगेका दंगालले बारा–१ लाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउने अठोट दोहोर्याएका छन्। जिल्लाको दीर्घकालीन हित, पारदर्शी शासन र जनउत्तरदायी नेतृत्वका लागि आफ्नो उम्मेदवारी निर्णायक हुने उनको दाबी छ।
सल्यानमा कतारबाट फर्किन थाले ‘ताराप्रेमी’ युवा: अतिवादविरुद्ध मत एकताबद्ध गर्ने अभियान
सल्यान । निर्वाचनको मिति नजिकिँदै जाँदा सल्यानमा चुनावी रौनक ह्वात्तै बढेको छ। गाउँ–टोल, चिया पसलदेखि बजार क्षेत्रसम्म चुनावी बहस चर्किँदै गर्दा वैदेशिक रोजगारीमा रहेका युवाहरू समेत गृहजिल्ला फर्किने क्रम तीव्र बनेको छ। दोहा, कतारमा श्रम गरिरहेका सल्यानका दर्जनौँ युवा यतिबेला मतदानका लागि घर फर्किएका छन्। स्थानीय स्तरमा ‘ताराप्रेमी’का रूपमा चिनिने यी युवाहरूले विकास, सुशासन र स्थायित्वको एजेन्डा बोकेर मतदातामाझ सक्रिय अभियान थालेका छन्। उनीहरूले देशमा बढ्दो अतिवादी चिन्तन र अस्थिर राजनीतिक प्रवृत्तिविरुद्ध सचेत मत प्रयोग गर्न आग्रह गर्दै ‘तारा’ चुनाव चिह्नमा मत दिन अपिल गरेका छन्। “अबको मत परिवर्तन र स्थायित्वका लागि हुनुपर्छ,” एक युवाले भने, “विदेशमा बसेर सिकेको अनुशासन र अनुभवलाई अब आफ्नै गाउँको विकासमा लगाउने समय आएको छ।” गाउँ–गाउँमा भेला, घरदैलो र युवा भेटघाटमार्फत उनीहरूले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। वैदेशिक रोजगारीको कठोर अनुभव बोकेर फर्किएका युवाहरूले अब आफ्नो मत ‘समृद्ध सल्यान’ निर्माणका लागि निर्णायक हुने दाबी गरेका छन्। विशेषगरी युवा पुस्तामा देखिएको ‘तारा’प्रतिको आकर्षणले सल्यानको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। पुराना शक्ति र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा चर्किँदै जाँदा यस पटकको निर्वाचनले सल्यानको राजनीतिक दिशालाई नयाँ मोड दिने आकलन गरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सक्रिय सहभागिताले मतपरिणाममा उल्लेख्य प्रभाव पार्न सक्छ। अब हेर्न बाँकी छ—सल्यानका मतदाताले स्थायित्व र परिवर्तनमध्ये कुन मार्ग रोज्छन्। सल्यानमा पाँचकुने तारा चिन्हका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टी युवा नेता तथा बाैदिक व्यक्तित्व रमेशकुमार मल्ल चुनावी मैदानमा छन् ।
धादिङ बस दुर्घटना: १९ को मृत्यु, २५ घाइते, घुम्नदेखि विदेश यात्रासम्मका यात्रुले गुमाए ज्यान
काठमाडौँ । पोखराबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस धादिङमा आइतबार राति दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेहरूको उपचार राष्ट्रिय ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचार भइरहेकाे छ । अस्पतालमा उपचाररत केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ। अधिकांशको टाउको, खुट्टा, ढाड तथा अनुहारमा चोट लागेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसेडाँडामा दुर्घटनामा परेको हो। घाइते आङ्जी शेर्पा चालकको पछाडिको सिटमा बसेका थिए । ४८ वर्षीया शेर्पाको टाउको, घाँटी र अनुहारमा चोट लागेको छ। उनले चालकको सामान्य लापर्बाहीका कारण दुर्घटना भएको दाबी गरे । दुर्घटनापछि १६ जना घाइतेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार अस्पताल ल्याइएकामध्ये एक जनाको मृत्यु भइसकेको थियो भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको छ। दुई जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको र हाल १३ जनाको उपचार भइरहेको उनले जानकारी दिए । केही घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । अर्का घाइते मनबहादुर थापाले मुग्लिङमा खाना खुवाएर बस अगाडि बढेको र एक्कासि दुर्घटना भएको बताए । “बस पल्टिने बेलामा मात्र ब्युझिएँ, त्यसपछि खोलाको किनारातिर पुगेछु,” उनले भने । सोमबार बिहान ९ बजे कुबेत जाने टिकट रहेको बताउँदै उनले अब विदेश जान नपाउने चिन्ता व्यक्त गरे । त्यस्तै, तनहुँबाट चढेका सोमकुमार मल्ल आफ्ना १८ वर्षीय छोरा सुविन मल्ललाई वैदेशिक अध्ययन प्रक्रियाका लागि काठमाडौँ ल्याउँदै थिए । उनकाे टाउको र बायाँ हातमा चोट लागेको छ। सदीक्षा हमालले पनि घुम्तीमा चालकको लापर्बाहीका कारण दुर्घटना भएको दाबी गरिन । उनको टाउको र खुट्टामा चोट लागेको छ। यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्याल ले घाइतेहरूको अवस्थाबारे जानकारी लिन राष्ट्रिय ट्रमा सेन्टर र नेसनल अस्पतालको भ्रमण गरे । उनिसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्की पनि अस्पताल पुगेका थिए ।
निर्वाचन आचारसंहिताकाे लागि आयोगकाे ताकेता
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदै छ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ । सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन् । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उमेदवार तथा उमेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् । वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ । संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ । मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ चार पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ दुई पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ चार पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ चार पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ आठ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ एक पैसा र बिक्रीदर २१ रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३० पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
माेरङका १५६ वटै वडा वडामा मतदाता शिक्षा जारी
मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ । जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालले जानकारी दिए । निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दङ्गालले बताए । उनका अनुसार जिल्ला सुुरक्षा समितिले वर्गीकरण गरेको अतिसंवेदनशील निर्वाचन केन्द्रमा थप सुुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ । मोरङको बेलबारी–१० भाउन्नेस्थित शुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसकेकी छन् । पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताइन् । बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै छन् । उनले मतदान शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा ढुक्क रहेको उल्लेख गरे । रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदाता सङ्ख्या सात लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कूल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो । आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार ५३५ मतदाता थिए ।
पर्यटन प्रवर्द्धन गर्न साइकलमा झापा घुम्ने कार्यक्रम तय
झापा । ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य फोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नेलगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकडभिट्टा रहेको छ । उनका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रमअन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उहाँले जानकारी दिनुभयो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताए । पर्यटन कार्यालय, काँकडभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९, धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उनको भनाइ छ । तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू–भागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।
खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
काठमाडौँ । निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ । विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ । विभागले सोमबार एकै पटक कुलेश्वर क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ ।

