गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ को उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् ।

यस उपधारामा संसदमा सहभाथी सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुने पाउने व्यवस्था छ । सोही अनुसार पाण्डे नियुक्त भएका हुन् । २७ सीटले काँग्रेस संसदमा सबैभन्दा ठूलो दल हो । पाण्डे यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् ।

वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डेले आज वेलुका ५ बजे शपथ लिने कार्यक्रम छ ।उनलाई प्रदेश प्रमुख भट्टले पद तथा गोपनियताको शपथ खुवाउनेछन् ।

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नवलपुर (नवलपरासी)। दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए ।   दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातिदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।   विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् । रासस

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला)मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन्। प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो। अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए।

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।  विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

कोशी र बागमतीमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती भूभागमाजेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गरिने

काठमाडौं। सरकारले अब क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

भरतपुर, पोखरा र बुटवललाई जोड्ने गण्डकी आर्थिक त्रिभुज परियोजना घोषणा

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उनले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने बताए । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ ।गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए । बुटवल-पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने पनि मन्त्री पुनले बताए ।त्रिभुजका तीन वटै कोरिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिए ।

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने भएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगतमार्फत पाँच लाख जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने घोषणा गरे।

सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने

काठमाडौं । नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा। एसके सिंह र डा। पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो । सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ । दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो ।

साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम चलाइने

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ ।  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । यस्तै उनले सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने पनि बताए । यसले विद्यागर्थीको सिकाई र शैक्षिक नेतृत्वमा विकास हुने बताए ।

करिब दुई लाख व्यक्तिगतलाई न्यूनतम १०० दिनको रोजगारी दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ ।’

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बजेट सार्वजनिक गर्दै छन् ।

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताएका छन्। उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन्। उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन्। आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उनीहरुको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन्। नेपाली जनताको शान्तिपूर्ण आन्दोलनबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको थियो। आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो। गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ। सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ।संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार अपराह्न पत्रकार सम्मेलन हुनेछ। बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय)पछि प्रतिनिधि सभा बैठक बस्नेछ।उक्त बैठक सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको हो। संघीय संसद भवन परिसरमा मंगलबार अपराह्न प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने

यार्सा टिप्न गएकी युवतीको मृत्यु

रुकुम पश्चिम ।यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए । उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्।  “बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो,” वडाध्यक्ष विष्टले भने, “सशस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।” अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताए । रासस

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने गृहमन्त्रीको घोषणा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरूले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन्। त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने छन्। लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन्। गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’