रास्वपामा असन्तुष्टि चुलिँदै: बर्दघाटमा नेता–कार्यकर्ताको राजीनामा, पार्टी छाड्नेको संख्या बढ्दै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन् । यससँगै नवलपरासीमा पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ र पार्टी छाड्ने क्रम बढ्दै गएको संकेत देखिएको छ ।
फागुन २१ गते हुने आम निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई रास्वपाले टिकट दिएपछि स्थानीय पार्टी पंक्तिमा असन्तुष्टि बढेको थियो । पार्टी निर्माणमा लामो समय योगदान गरेका स्थानीय नेताहरूमाथि बेवास्ता गर्दै चुनावको मुखैमा प्रवेश गरेका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि गहिरिएको हो ।
हरिजनले राजीनामापत्रमा विभिन्न कारण उल्लेख गरे पनि उनी निकट स्रोतका अनुसार नेतृत्वको निर्णयप्रति असन्तोष र संगठनात्मक योगदानको अवमूल्यन भएको अनुभूति मुख्य कारण रहेको बताइएको छ । उनले पार्टी नेतृत्वको भनाइ र व्यवहारबीच तालमेल नभएको टिप्पणी गर्दै निर्णयप्रति असहमति जनाएका छन् ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए । संगठन कमजोर रहेका बेला चुनावी मैदानमा उत्रिएर पार्टी विस्तारमा महत्वपूर्ण भूमिका खेलेको आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने माग स्थानीय पंक्तिमा थियो । तर टिकट खनाललाई दिइएपछि असन्तुष्टि बढ्दै गएको छ ।
पार्टी छाडेका हरिजन बर्दघाट–१३ का सभापति हुन् । यस घटनासँगै क्षेत्रीय तहमा रास्वपाभित्र असन्तुष्टि र नेतृत्व निर्णयप्रति प्रश्न उठ्ने क्रम बढेको देखिएको छ ।
रौतहट–४ मा नेकपा उम्मेदवारको पक्षमा उत्साहजनक जनलहर
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. ४ मा यतिबेला राजनीतिक सरगर्मी तीव्र बनेको छ। विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अगाडि बढिरहेका नेपाली कम्युनिस्ट पार्ट (नेकपा) का उम्मेदवार रामकुमार भट्टराईको पक्षमा क्षेत्रभर व्यापक जनसमर्थन देखिएको छ। वर्षौँदेखि विकासका आधारभूत पूर्वाधार र सेवा–सुविधाबाट वञ्चित यस क्षेत्रका नागरिकहरूले अब परिवर्तन र नयाँ नेतृत्वको आवश्यकता महसुस गर्दै नेकपाको अभियानलाई साथ दिएका छन्। घरदैलो अभियान, टोल भेला तथा स्थानीय छलफल कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार भट्टराईले रौतहट–४ को समग्र विकासका लागि व्यावहारिक योजना प्रस्तुत गरिरहेका छन्। उनले सडक सञ्जाल विस्तार, सिँचाइ सुविधा सुदृढीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेका छन्।स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै कृषि र उद्योगको व्यवसायीकरणमार्फत युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उजको प्रतिबद्धताले युवापुस्तामा सकारात्मक ऊर्जा सञ्चार गरेको छ। नेकपाको नेतृत्व र संगठनात्मक संरचनासँग जोडिएको यस अभियानले विकासलाई दीर्घकालीन योजनासँग आवद्ध गर्ने उद्देश्य लिएको छ। पार्टीका स्थानीय नेताहरूका अनुसार विगतमा अधुरा रहेका विकास आयोजना सम्पन्न गर्ने र नयाँ पूर्वाधार योजना अघि बढाउने ठोस खाका तयार पारिएको छ। भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी सेवा प्रवाह र सुशासन कायम गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ। मतदाताहरूले उम्मेदवार भट्टराईको सरल स्वभाव, जनतासँगको निरन्तर सम्पर्क र समस्याप्रति संवेदनशील दृष्टिकोणलाई सकारात्मक रूपमा लिएका छन्। घरदैलो अभियानमा देखिएको स्वतःस्फूर्त सहभागिताले उहाँप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको स्थानीय अगुवाहरू बताउँछन्। गाउँ–टोलमा हुने छलफलमा नागरिकहरूले सडक स्तरोन्नति, सिंचाइ कुलो पुनःनिर्माण, विद्यालय पूर्वाधार सुधार र स्वास्थ्य चौकीको सेवा विस्तारजस्ता विषयमा आफ्ना अपेक्षा राखिरहेका छन्, जसलाई सम्बोधन गर्न नेकपाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन्। नेकपाले यस निर्वाचनलाई विकासमुखी नेतृत्व र पुरानो अव्यवस्थित प्रणालीबीचको छनोटका रूपमा प्रस्तुत गरेको छ। पार्टीका प्रतिनिधिहरूले रौतहट–४ को समग्र मुहार फेर्नका लागि स्थिर, योजनाबद्ध र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार क्षेत्रको दीर्घकालीन हितका लागि पार्टीले अघि सारेका योजना कार्यान्वयन गर्न सक्षम जनप्रतिनिधि आवश्यक छ। यस पटकको निर्वाचनमा नेकपा उम्मेदवारको चुनावी चिन्ह ‘तारा’ प्रति मतदाताको आकर्षण बढिरहेको देखिन्छ। विकास, सुशासन र युवामुखी कार्यक्रमलाई केन्द्रमा राखेर अघि बढेको अभियानले गाउँ–गाउँमा नयाँ आशा सञ्चार गरेको छ। स्थानीय नागरिकहरूले समृद्ध रौतहट निर्माणको संकल्प पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको भन्दै नेकपाको पक्षमा ऐक्यबद्धता जनाइरहेका छन्। समग्रमा, रौतहट–४ मा नेकपा र यसका उम्मेदवार भट्टराईको पक्षमा सकारात्मक माहोल बन्दै गएको छ। विकासप्रतिको प्रतिबद्धता, जनतासँगको निरन्तर संवाद र स्पष्ट कार्ययोजनाले यस क्षेत्रको भविष्य उज्ज्वल बनाउने अपेक्षा गरिएको छ। नयाँ सोच, नयाँ ऊर्जा र योजनाबद्ध विकासमार्फत रौतहट–४ लाई समृद्ध दिशामा अघि बढाउने संकल्पसहित नेकपाको अभियान अघि बढिरहेको छ।
नुवाकाेट-१ मा शतप्रतिशत जित पक्का: हितबहादुर तामाङ
नुवाकोट । नुवाकाेट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार तथा निवर्तमान सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो जित शतप्रतिशत सुनिश्चित भइसकेको दाबी गरेका छन् । तादी गाउँपालिकामा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा उनले मतदातासँगको संवादमा यस्तो विश्वास व्यक्त गरेका हुन् । “हार्ने कुनै संकेत छैन, जनताको साथ र समर्थन स्पष्ट देखिएको छ। शतप्रतिशतले हामी चुनाव जित्छौं,” उनले भने ।उनका अनुसार तादी क्षेत्रका गाउँ–टोलमा देखिएको उत्साह र सहभागिताले नेकपाको पक्षमा बलियो जनलहर निर्माण भएको छ । उनले मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस आफ्नो संगठनात्मक आधार कमजोर बन्दै गएपछि आत्तिएर वडावडामा अभियान चलाउन बाध्य भएको टिप्पणीसमेत गरे । “नेकपाको माहोल जताततै देखिएपछि कांग्रेस मतदाता भेटघाट भन्दै जनतामाझ पुग्न थालेको छ,” तामाङले कार्यकर्ता भेलामा भने । उनले नेता तथा कार्यकर्तालाई थप सक्रिय भई भोलिदेखि नै घरघर पुगेर मतदातासँग सिधा संवाद गर्न निर्देशन दिए । उनले चुनावपछि आफ्नो पार्टीको सरकार बन्ने सम्भावना रहेको भन्दै रोकिएका बजेट फुकुवा गरी विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
पब्लिक डिबेटबाट बालेन भागे: झापा-५ मा रञ्जित खोज्न थाले मतदाता
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहसहितसँग सार्वजनिक बहस गर्ने बताएका नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओली यो साता सार्वजनिक बहसमा सहभागी भए । बहसमा बालेन्द्र अनुपस्थित रहेपनि अन्य उम्मेदवारहरू उपस्थित थिए। चुनावी अभियान सुरु भएपछि चर्को दबाबमा रहेका ओली पत्रकार विजय पौडेलले सञ्चालन गरेको सार्वजनिक बहसपछि थप रक्षात्मक बनेका छन्। सार्वजनिक बहसमा खासगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले उठाएका सवालहरूको तथ्यपरक जवाफ दिन नसकेपछि ओली रक्षात्मक बनेका हुन् । भदौ २३ को जेन्जी आन्दोलनमा भएको क्षतिको नैतिक जवाफदेही केपी ओली हुनुपर्ने र ओलीले क्षेत्रमा गरेको विकास जनताको आवश्यकता र मागअनुसार नभएको विषय तामाङले जोडदार रुपले उठाएका थिए। कार्यकारी प्रमुख भएकोले सरकारमातहत भएका सबै कामको नैतिक जिम्मेवारी त्यो पदले लिनुपर्ने तामाङको स्पष्ट अडानमा कार्यक्रमका सहभागी मात्र नभएर क्षेत्रका मतदाता पनि सहमत छन्। अर्कोतिर तामाङले ओलीले प्रयोगविहीन भ्यु टावर बनाएको तर भ्युटावरको नजिकै मोबाइलको टावर नहुँदा नागरिकले सहज ढंगले सञ्चार सेवा उपभोग गर्न नपाएको विषय उठाएका थिए। तामाङले विद्यालयका भवन बनेपनि विद्यार्थी नभएको र किसानहरूले मल बिउ सिंचाई नपाएको मात्र नभएर उत्पादन गरेको कृषि उपजले बजार मूल्य नपाएको विषय समेत उठाएका थिए। तामाङले ओलीलाई किसानले उत्पादन गरेको धानको मूल्य कति छ थाहा छ भनेर कार्यक्रममा सोधेका थिए। थाहा नभएको बताए । जेन्जी आन्दोलनको नैतिक जिम्मेवारीबारे ओलीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको बताए पनि आफ्नो कमजोरी स्वीकार गरेनन् । आन्दोलनको बेला नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पदबाट राजीनामा दिई बाहिरिएका ओलीले आफू भागेको नभई थप मानवीय क्षति नहोस् भनेर ठाउँ सरेको जिकिर गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरिया, राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौला सहितले आठौं पटक चुनाव लडिरहेका ओलीमाथि प्रश्न बर्साएका थिए। कार्यक्रमका सहभागीहरूले पनि उनीमाथि धेरै प्रश्न गरेका थिए। खासगरी तामाङले उठाएका सवालहरूमा सहभागीले हुटिङ नै गरेर समर्थन गरेका थिए। कार्यक्रमको भिडियो सार्वजनिक भएपछि क्षेत्रका मतदाताहरू बीचमा ओली थप रक्षात्मक बनेको देखिएको छ। मतदाताहरूले कार्यक्रममा तर्कपूर्ण र तथ्यपरक विषय राखेका रन्जित तामाङ योग्य र उपयुक्त उम्मेदवार भएको विश्लेषण गर्न थालेका छन्। क्षेत्रबाट केपी ओलीलाई चुनाव जसरी पनि हराउने मनोविज्ञान बढ्दै जाँदा जुन उम्मेदवारको पक्षमा माहोल देखिन्छ त्यसलाई मतदान गर्ने मुडमा मतदाताहरु देखिएका छन् । 'ओलीलाई यसपटक जसरी पनि हराउने हो' तर्कपूर्ण ढङ्गले उनको प्रतिवाद गर्न सक्ने क्षमता तामाङको रहेछ', गौरादह १ का एक मतदाताले भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने सोचेका थियौँ, क्षमताको हिसाबले रन्जित अबल रहेछन् । अब उनलाई भोट हाल्छौं ।' क्षेत्रमा जसरी पनि ओलीलाई हराउने मनोविज्ञान एमाले र कांग्रेसका कार्यकर्ताहरू बीचमा पनि छ। जसले माहोल बनाउँछ त्यसलाई भोट हालेर ओली हराउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यसअघि ओलीको विकल्प बालेन मात्र हुन् भन्ने चर्चा क्षेत्रमा थियो। दमकको सार्वजनिक बहसपछि भने धेरैले तामाङलाई अब्बल उम्मेदवारको रुपमा लिन थालेका छन्। झापा गौरादह घर भई हाल क्यानडामा बसोबास गर्ने भानुभक्त आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले आफूलाई अबल साबित गरेको बताएका छन्। कुनै क्षेत्रमा ओलीलाई पराजित गर्नुपर्ने मत राख्दै आएका पत्रकारिता विषयका प्राध्यापक हुन् । सार्वजनिक बहसको प्रभाव तामाङ मतदाताको घर दैलोमा पुग्दा देखिन थालेको छ । 'सार्वजनिक बहसमा तपाईंको प्रस्तुति उत्कृष्ट लाग्यो, तपाईँलाई हामीले बल्ल चिन्यौं' झापाको कमल गौरादह नगरपालिका सितापुरीका युवा अशोक राईले शुक्रबार तामाङलाई भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ । तर, बालेन हामीसँग भेट्दै नभेट्ने, हाम्रा सवालहरूको जवाफै नदिने र राजाको सवारी जस्तै हिँड्ने पात्र रहेछन्। अब तपाईँलाई सहयोग गर्छौं।' चुनावी अभियानको क्रममा क्षेत्रका करिब १० हजार घरमा पुगेको बताउँदै नेकपाको चुनाव प्रचार समितिका संयोजक सुरेन्द्र बस्नेतले रन्जित तामाङको पहिचान मतदाताको बीचमा स्थापित हुँदै गएको बताए । सुरुवातमा दुई उम्मेदवारको मात्र चर्चा रहेकोमा त्यो अवस्था पुरै फेरिएको दाबी गर्दै उनले आफूहरु चुनाव जित्ने अवस्थामा पुगिसकेको बताए । दुईखाले अतिवादलाई परास्त गरौं, क्षेत्रको स्थानीय समस्या बुझेको युवा उम्मेदवारलाई मतदान गरौं भन्ने नारा दिएर चुनावी अभियानमा रहेका तामाङले आफू पछिल्लो पटक मतदाताको प्रतिक्रियाबाट उत्साही रहेको बताए । उम्मेदवारले जनताले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने र सामूहिक मञ्चबाट पनि दिनुपर्ने मत राख्दै आएका उनले बालेन्द्र शाहले ओलीसँग एउटै मञ्च सेयर गर्न तयार नभए भोलि बाहेकका उम्मेदवार बीचको बहसमा आउन पनि आह्वान गरेका छन्।
सिन्धुली-२ मा नेकपाको बलियो जनाधार: दाहाल निर्विकल्प
सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा रहेका ३८ वटा वडामध्ये, गत स्थानीय निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले २० वटा वडा जितेको तथ्यले यस क्षेत्रको बलियो जनाधारलाई स्पष्ट देखाएको छ। त्यहाँका अन्य वडाहरूमा पनि नेकपा समर्थकले झिनो मतान्तरले पराजय भोगेका थिए, जसले पार्टीको प्रभाव र जनताको व्यापक समर्थनलाई प्रमाणित गर्दछ। यस क्षेत्रको निर्वाचित उम्मेदवार लेखनाथ दाहाल (राजन) ले गत प्रतिनिधि सभा निर्वाचनमा यहाँबाट निर्वाचित भइ संसदमा दमदार भूमिका निर्वाह गर्नुका साथै देश–विदेशमा उच्च साख कमाएका थिए। दाहालले सिन्धुलीको समग्र विकासमा प्रभावकारी योगदान पुर्याएका छन् र यसको कारण जनतामा उनप्रति गहिरो विश्वास र स्नेह निर्माण भएको छ। अन्य नेताहरू निर्वाचित भएपछि आफ्नै निर्वाचन क्षेत्रको जनताको घर–आगनमा पुग्दैनन् भन्ने गुनासो सुनिन्थ्यो, तर दाहाल जहिले पनि जनताको दुःखमा साथ दिन र सुखमा सँगै रम्न उनी अग्रसर रहँदै आएका छन्। यसैले जनताको मनमा उनप्रति असाध्यै माया र भरोसा रहेको छ। हाल दाहाल निर्वाचन प्रचार–प्रसारका क्रममा जनताको घरदैलोमा पुग्दा जनता उनलाई हर्षपूर्वक स्वागत गर्दै उत्साहका साथ सघाइरहेका छन्। अघिल्लो संसदको कार्यकालमा दाहालले सबै दलसँग समन्वय गर्दै विकास निर्माणका कामहरू गरेको अनुभवले उनलाई मात्र नभएर अन्य दलका समर्थकहरूमा पनि विश्वास र सम्मान दिलाएको छ। यसै कारण यो निर्वाचनमा पनि दाहालले व्यापक सहयोग प्राप्त गर्ने देखिन्छ। दाहालले अघिल्लो संसद कार्यकालको दौरान केही योजना पूरा गर्न पाएका थिएनन्। अब उनी बाँकी योजनाहरू पूरा गर्दै समृद्ध सिन्धुली निर्माण, सुशासन र समग्र विकासका लागि दृढ प्रतिबद्ध छन्। दाहालले जनता समक्ष आफ्नो प्रतिवद्धता व्यक्त गर्दै भनेका छन् कि, “म बाँकी रहेका विकास योजना पुरा गर्न, सुशासन कायम राख्न र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्न तपाईंहरूको समर्थन आवश्यक छ। तपाईंको मतले मात्र समृद्ध सिन्धुली र समग्र देशको भविष्य सुनिश्चित हुनेछ।” सिन्धुली क्षेत्र नं. २ मा नेकपा र दाहालको बलियो जनाधार, कार्यदक्षता र जनसहयोगको कारण यस निर्वाचनमा विजयी सुनिश्चित देखिन्छ। यहाँका जनता पनि दाहालको प्रतिबद्धता र निरन्तर सेवाभावको कदर गर्दै उनलाई पुनः जनप्रतिनिधि बनाउन तत्पर रहेकाे बताउँछन् ।
कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
धनगढी । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ । यस्तै, सुप प्र०१-००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।” मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १५०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १५०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
यस्ता छन् आज फागुन ९ गते संयोजक प्रचण्डका चार कार्यक्रम
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज फागुन ९ गते राजधानीका विभिन्न स्थानमा आयोजना हुने चार वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रचण्डकाे सचिवालयका अनुसार अनुसार उहाँले उम्मेदवारसहित विभिन्न जिल्लागत भेला तथा बुद्धिजीवी–पेशाकर्मीहरूसँग अन्तरक्रिया गर्नुहुनेछ। निर्धारित कार्यक्रमअनुसार दिउँसो १२:०० बजे बनस्थलीस्थित मदर्श सभा भवनमा गोरखाली भेला आयोजना गरिएको छ । उक्त भेलामा सम्बन्धित क्षेत्रका उम्मेदवारसमेत सहभागी रहने जनाइएको छ । दिउँसो १:०० बजे गौशालास्थित अनुपम भोजनालयमा दोलखाली भेला आयोजना हुनेछ । कार्यक्रममा उम्मेदवारसहित स्थानीय समर्थक र कार्यकर्ताको उपस्थिति रहनेछ । दिउँसो २:०० बजे जडिबुटीस्थित रायल सभा भवनमा काभ्रेली भेला आयोजना गरिएको छ । सो कार्यक्रममा पनि उम्मेदवारसहित प्रचण्डको सम्बोधन रहने कार्यक्रम तय गरिएको छ । दिउँसो ३:०० बजे राष्ट्रिय सभा गृह मा बुद्धिजीवी तथा पेशाकर्मीहरूसँग घोषणा पत्रबारे बृहत् छलफल कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा पार्टी प्रवेशसमेत गराइने जनाइएको छ । पार्टीले चुनावी अभियानलाई तीव्रता दिँदै विभिन्न समुदाय र पेशागत समूहसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको जनाएको छ ।
बैतडीलाई आत्मनिर्भर बनाउने नेकपाको स्पष्ट खाका, भट्टको सशक्त प्रतिबद्धता
बैतडी । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा बैतडीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार परमानन्द भट्टले जिल्लाको समग्र विकासका लागि स्पष्ट, कार्यान्वयनयोग्य र दीर्घकालीन दृष्टिकोणसहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। जिल्ला सदरमुकाम गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले बैतडीलाई स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र उद्योगको क्षेत्रमा आत्मनिर्भर र समृद्ध जिल्लाका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे। नेकपा एमाले बैतडीका संस्थापक तथा तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहेका भट्ट लामो राजनीतिक अनुभव र विकास निर्माणको व्यावहारिक पृष्ठभूमि बोकेका नेता हुन्। एमाले विभाजनपछि समाजवादी पार्टी हुँदै हाल एकीकृत नेकपामा आबद्ध भट्ट अहिले प्रतिनिधि सभाका उम्मेदवारका रूपमा जनतामाझ प्रस्तुत भएका छन्। छ भेगमा सुविधा सम्पन्न अस्पताल र गुणस्तरीय शिक्षा उम्मेदवार भट्टले बैतडीका मुख्य छ वटा भेगमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने घोषणा गर्दै स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दीसहित स्तरोन्नति गरी दक्ष जनशक्ति, उपकरण र विशेषज्ञ सेवासहित सुदृढ बनाइने उनले बताए। त्यसैगरी, बसाइँसराई रोक्न गुणस्तरीय शिक्षा र रोजगारीमुखी पाठ्यक्रम विकासमा जोड दिइने उल्लेख गर्दै युवालाई जिल्लामै अवसर सिर्जना गर्ने स्पष्ट योजना प्रस्तुत गरे। कालोपत्रे सडक र महाकाली करिडोरसँग रणनीतिक जोड भट्टले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरिएका अधुरा सडक योजनाहरूलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने योजना अघि सारेका छन्। च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक, श्रीभावर–बचपानी–शिवलिङ सडकलाई स्तरोन्नति गर्ने उनले बताए। दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, देहिमाण्डौं–गिरेगाडा, देहिमाण्डौं–सलेना सडक र सतबाँझ–श्रीभावर सडकलाई महाकाली करिडोरसँग जोडेर बैतडीलाई सुदूरपश्चिमकै व्यापारिक तथा रणनीतिक नाकाका रूपमा विकास गर्ने लक्ष्य उनले सार्वजनिक गरे। जडीबुटी उद्योग, खानी उत्खनन र रोजगारी रोजगारीका लागि युवाहरू बाहिरिनु पर्ने अवस्थाको अन्त्य गर्ने संकल्पसहित भट्टले बैतडीमै रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरे। ग्वाल्लेक र सिगास संरक्षित क्षेत्रका जडीबुटी तथा वनपैदावरमा आधारित उद्योग स्थापना गरिने उनले बताए। साथै, फस्फोराइट खानी, फलामखानी र चुनढुङ्गा उत्खनन तथा अन्वेषणलाई अघि बढाएर स्थानीय स्तरमै औद्योगिक आधार तयार पारिने उनको प्रतिबद्धता छ। धार्मिक पर्यटन र कृषि विविधीकरण पातालभूमेश्वर क्षेत्रमा विगतमा गुरुयोजनाअनुसार गरिएको विकासले अहिले भारतीय पर्यटक आकर्षित गर्न थालेको अनुभव सुनाउँदै उनले धार्मिक पर्यटनलाई अझ व्यवस्थित र विस्तार गरिने बताए। सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रलाई कृषि होमस्टेमा रूपान्तरण गरी कृषि पर्यटन प्रवर्द्धन गरिने योजना पनि उनले सार्वजनिक गरे। बाँदर आतंकका कारण किसान विस्थापित हुने अवस्थालाई अन्त्य गर्न कृषि विविधीकरणमा जोड दिँदै टिमुर, बेसार, अदुवा र अमिलो जातका फलफूल खेतीलाई प्राथमिकता दिइने उनले बताए। विपद् व्यवस्थापन र सुशासनमा जोड ढुङ्गाड, ढिक, सलेना र गोकुलेश्वर क्षेत्रमा पहिरो तथा भू–क्षय नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याइने भट्टको प्रतिबद्धता छ। सुशासनका लागि स्रोतको न्यायोचित वितरण, पारदर्शी कार्यप्रणाली र जनउत्तरदायी नेतृत्वमार्फत बैतडीलाई विकासको नयाँ उचाइमा पुर्याउने उनको दाबी छ। “बैतडीलाई स्वास्थ्य, शिक्षा, सडक, उद्योग र पर्यटनको आधारमा आत्मनिर्भर र समृद्ध जिल्ला बनाउने स्पष्ट योजना लिएर जनतामाझ आएको छु,” उम्मेदवार भट्टले भने। उनको प्रतिबद्धता पत्रले बैतडीको समग्र विकासका लागि ठोस मार्गचित्र प्रस्तुत गरेको भन्दै स्थानीय स्तरमा सकारात्मक चर्चा सुरु भएको छ।
कैलाली जिल्ला–५ मा नेकपाका उम्मेदवार प्रेमबहादुर आलेकाे विकासको स्पष्ट रोडम्याप
धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिएका प्रेमबहादुर आलेले समग्र सुदूरपश्चिमको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत र महत्वाकांक्षी चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको उक्त घोषणा–पत्रले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, रोजगारी, सामाजिक न्याय र सांस्कृतिक संरक्षणका बहुआयामिक एजेण्डालाई समेटेको छ। आलेले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई शीघ्र निर्माण सम्पन्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस परियोजनाले सुदूरपश्चिमलाई खेल पर्यटनको नयाँ गन्तव्य बनाउने र युवाहरूलाई खेलमार्फत अवसर सृजना गर्ने विश्वास व्यक्त गरिएको छ। त्यसैगरी, गेटा विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोड्ने योजना अघि सारिएको छ। यसले पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गरी प्रदेशमै गुणस्तरीय मेडिकल शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने एजेण्डा प्राथमिकतामा राखिएको छ। यसबाट सुदूरपश्चिमका विद्यार्थीलाई बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने र स्वास्थ्य सेवा थप सुदृढ हुने बताइएको छ। स्वास्थ्यतर्फ, धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत विशिष्टिकृत सेवा प्रदान गर्ने केन्द्रका रूपमा विकास गरिने उल्लेख छ। सिकलसेल रोगका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरी उपचार र अनुसन्धानलाई व्यवस्थित तथा प्रभावकारी बनाइने योजना पनि घोषणा–पत्रमा समावेश छ। पूर्वाधार विकासका क्षेत्रमा धनगढी–खुटिया–डिपायल–बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङसम्म जोड्ने भारत–नेपाल–चीन त्रिदेशीय सडक शीघ्र सम्पन्न गरिने प्रतिबद्धता जनाइएको छ। उक्त सडकमार्फत सुदूरपश्चिममा आर्थिक, व्यापारिक तथा धार्मिक पर्यटन गतिविधि तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। बाढी र डुबान समस्याबाट पीडित धनगढी क्षेत्रका बासिन्दालाई राहत दिन मोहना, खुटिया, घुरही, घुराहा र शिवगंगा नदी किनारमा ग्रिनरीसहित दीर्घकालीन तटबन्ध निर्माण गरी खेतीयोग्य जमिन र बस्ती सुरक्षित गरिने योजना अघि सारिएको छ। साथै, भादा–घुरही नदीमा पक्की पुल, गदरिया–सिमराना जोड्ने घुराहा नदीमा पुल, शिवगंगा–डुमलिया जोड्ने पक्की पुल लगायत आवश्यक स्थानमा आधुनिक पुल निर्माण गरिने प्रतिबद्धता गरिएको छ। युवालाई लक्षित गर्दै प्रदेश स्तरीय सिप तालिम केन्द्र स्थापना गरी प्राविधिक शिक्षा, रोजगारमुखी तालिम र सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। लागूऔषध दुर्व्यसनमा फसेका बालबालिकालाई पुनर्स्थापना, सचेतना र रोजगारीसँग जोड्ने विशेष कार्यक्रम ल्याइने घोषणा गरिएको छ। पर्यटन तथा सांस्कृतिक विकासतर्फ धनगढी वडा नं. ७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ। थारू समुदायलगायत स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक संग्रहालय स्थापना गर्न पहल गरिने उल्लेख गरिएको छ। सामाजिक न्याय र समावेशीतालाई जोड दिँदै भूमिहीन, सुकुम्बासी, मुक्तकमैया तथा लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराइने, सुरक्षित आवास कार्यक्रम लागू गरिने तथा अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँच सुनिश्चित गरिने योजना अघि सारिएको छ। दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ। कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै सिँचाइ व्यवस्थापन, मल–बीउको सहज उपलब्धता र उत्पादनको बजार सुनिश्चित गरिने उल्लेख छ। साना तथा मध्यम उद्योग प्रवर्द्धन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ। साथै, वृद्धाश्रम, अनाथालय तथा अपाङ्गता सेवा केन्द्रलाई राज्यको आर्थिक सहयोग र अनुदानमार्फत सशक्त बनाउने प्रतिबद्धता गरिएको छ। शिक्षातर्फ सरकारी तथा सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षा विस्तार र प्राविधिक शिक्षामा राज्यको लगानी वृद्धि गरिने घोषणा गरिएको छ। समग्रमा, प्रेमबहादुर आलेको घोषणा–पत्रले कैलाली–५ लाई खेलकुद, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार र सामाजिक न्यायको समन्वित नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ। विकास, समृद्धि र अवसर सृजनाको ठोस कार्ययोजनासहित सार्वजनिक गरिएको यो घोषणा–पत्रले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
खुटिया–दिपायल–उरै भञ्ज्याङ फास्ट ट्रयाक अघि बढाउने नेकपा उम्मेदवार भट्टको अठोट
डोटी । डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भएपछि कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङको चीनसँग जोडिने उरै (उरई) भञ्ज्याङ नाकासम्मको ‘फास्ट ट्रयाक’ निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भट्टले संघीय सरकारअन्तर्गत रहेको उक्त बहुप्रतीक्षित योजना कार्यान्वयनका लागि जनप्रतिनिधिको हैसियतमा प्रभावकारी पहल गर्ने स्पष्ट पारे। उनले मुख्यमन्त्री रहँदा प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई यो सडकलाई भारत–चीन सीमाना जोड्ने सम्भावित त्रिदेशीय करिडोरका रूपमा विकास गर्न संघीय सरकारलाई औपचारिक आग्रह गरिएको स्मरण गराए। “सुरुमा खुटिया–दिपायल फास्ट ट्रयाकका रूपमा अघि बढाइएको थियो। हाम्रो पहलमा संघीय सरकारले यसलाई दिपायल हुँदै बझाङको उरै नाकासम्म विस्तार गर्ने निर्णय गरेको हो,” भट्टले भने, “ट्रयाक खोल्ने काम प्रदेश सरकारकै सक्रियतामा पूरा गरिएको हो। अब यसको स्तरोन्नति र निर्माणलाई तीव्रता दिन म सरकार र संसद् दुवै ठाउँमा सशक्त आवाज उठाउनेछु।” सुदूरपश्चिमको आर्थिक–सामाजिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक रणनीतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। डोटी र कैलालीका केही खण्ड कालोपत्रे भइसके पनि समग्र निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सहजपुर–बोगटान–दिपायल सडक पनि प्राथमिकतामा भट्टले सहजपुर–बोगटान–दिपायल सडकलाई पूर्ण कालोपत्रे गर्ने योजनालाई पनि आफ्नो प्रतिवद्धतापत्रमा उच्च प्राथमिकताका साथ समेटेका छन्। दर्जनौँ ग्रामीण बस्तीलाई प्रत्यक्ष जोड्ने यो सडक हाल सुस्त गतिमा निर्माणाधीन छ। सहजपुरदेखि करिब ५० किलोमिटर खण्ड संघीय सरकारले पिच गरिसकेको छ भने भट्ट मुख्यमन्त्री हुँदा डोटी खण्डलाई ‘प्रदेश गौरव आयोजना’मा सूचीकृत गरिएको थियो। पूर्वमुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार मार्गसँग जोड्न सडक पूर्वाधार नै प्रमुख आधार हुने उल्लेख गर्दै दीर्घकालीन दृष्टिकोणका साथ दुवै सडक योजनालाई अघि बढाउने अठोट दोहोर्याएका छन्।
सुर्खेत–२ मा परिवर्तनको लहर : नेकपाका झकबहादुर मल्ल ‘सुदिप’ प्रति जनताको बढ्दो भरोसा
सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुर्खेत क्षेत्र नं. २ मा चुनावी माहोल तातिएको छ। यसपटक मतदातामाझ विकास, इमान्दारी र स्पष्ट दृष्टिकोण भएको नेतृत्वको खोजी तीव्र बनेको छ। यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार झकबहादुर मल्ल ‘सुदिप’ प्रति जनसमर्थन उल्लेख्य रूपमा बढिरहेको देखिन्छ। ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका सुदिपलाई स्थानीयले केवल उम्मेदवारका रूपमा होइन, संघर्ष र सेवाबाट खारिएका नेतृत्वका रूपमा हेरेका छन्। दशकौँदेखि सुर्खेतको सामाजिक, राजनीतिक र विकास अभियानमा सक्रिय रहँदै आएका उनी जनताको सुख–दुःखका सहयात्रीका रूपमा परिचित छन्। संघर्षबाट खारिएको नेतृत्व विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका सुदिपले सामाजिक रूपान्तरणका आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका छन्। जनआन्दोलन, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका विभिन्न चरणहरूमा उनको सक्रिय सहभागिता रह्यो। राजनीतिलाई पद र सुविधाको माध्यम नभई समाज परिवर्तनको साधनका रूपमा प्रयोग गर्ने उनको दृष्टिकोणले उनलाई फरक पहिचान दिलाएको छ। स्पष्ट दृष्टि र योजनाबद्ध विकास एजेन्डा अध्ययनशील र तथ्यमा आधारित धारणा राख्ने नेताका रूपमा चिनिने सुदिपले सुर्खेत–२ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। उनका प्रमुख प्राथमिकताहरू यसप्रकार छन् : १. पूर्वाधार विकास र सडक सञ्जाल विस्तार वीरेन्द्रनगरदेखि चौकुने र पञ्चपुरीसम्मको सडक स्तरोन्नति गर्दै ग्रामीण भेगमा बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता। २. कृषिको आधुनिकीकरण र बजारीकरण कर्णालीको कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन शीतभण्डार, प्रशोधन केन्द्र र बजार पहुँच विस्तार गर्ने योजना। ३. शिक्षा र स्वास्थ्यमा गुणस्तर वृद्धि सुर्खेतलाई शैक्षिक केन्द्र (हब) का रूपमा विकास गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा गुणस्तरीय, प्रविधिमैत्री सेवा सुनिश्चित गर्ने लक्ष्य। ४. युवा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी युवालाई आफ्नै जिल्लामा रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने कार्यक्रम। जनताको अपेक्षा र नयाँ विकल्प सुर्खेत–२ का मतदाताहरूले यसपटक काम गर्ने, जवाफदेही र संसद्मा कर्णालीको आवाज बुलन्द रूपमा उठाउने नेतृत्व चाहेका छन्। भ्रष्टाचार र अनियमितताको विरोधमा स्पष्ट अडान लिँदै आएका सुदिपप्रति युवादेखि ज्येष्ठ नागरिकसम्म सकारात्मक माहोल देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेकपाका कार्यकर्ता र समर्थकहरूका अनुसार सुदिपको जित सुर्खेतको समावेशी विकास, गरिब तथा सुकुम्बासी समुदायको अधिकार सुदृढीकरण र युवाको भविष्य निर्माणसँग जोडिएको छ। आगामी निर्वाचनले सुर्खेत–२ को राजनीतिक दिशालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। मतदाताहरू अब नाराभन्दा परिणाम खोजिरहेका छन्, र यही सन्देशलाई आत्मसात गर्दै नेकपा तथा उसका उम्मेदवार झकबहादुर मल्ल ‘सुदिप’ जनतामाझ पुगिरहेका छन्।
नेकपाकाे पक्षमा पश्चिममा बढ्दो जनलहर: गोपाल शर्माको सक्रियता व्यापक
रुकुम । रुकुमपश्चिमको राजनीतिक माहोल यतिबेला नयाँ मोडमा पुगेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माको पक्षमा जनलहर बढ्दै जाँदा उनको चुनावी सक्रियता पनि झन् व्यापक बन्दै गएको छ। गाउँ–गाउँ, टोल–टोलमा भइरहेको घरदैलो, भेटघाट र अन्तरक्रिया कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिन थालेपछि चुनावी समीकरण उनको पक्षमा मोडिँदै गएको विश्लेषण गरिएको छ। सङ्गठनबाट निर्माण भएको विश्वास लामो राजनीतिक यात्राका धनी गोपाल शर्मा विगतमा जनार्दन शर्मासँगै एउटै राजनीतिक धारमा रहेर सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका व्यक्तित्व हुन्। तत्कालीन माओवादी केन्द्रको संरचना विस्तार, जनसङ्गठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच स्थापना गर्न उनले खेलेको भूमिकालाई अहिले उनका समर्थकहरूले मुख्य आधारका रूपमा प्रस्तुत गरिरहेका छन्। स्थानीय कार्यकर्ताहरूका अनुसार, “सङ्गठनभित्रैबाट खारिएका, जनतासँग निरन्तर जोडिएका र संघर्षको पृष्ठभूमि बोकेका उम्मेदवार” का रूपमा गोपाल शर्मा स्थापित हुँदै गएका छन्। ‘नेतृत्व हस्तान्तरण’को एजेन्डाले तान्यो ध्यान यसपटकको निर्वाचनमा गोपाल शर्माले ‘नेतृत्व हस्तान्तरण’को मुद्दालाई प्रमुख एजेन्डा बनाएका छन्। लामो समयदेखि एउटै नेतृत्वको निरन्तरताले नयाँ पुस्तालाई अवसर नदिएको भन्दै उनले वैचारिक बहस अघि सारेका छन्। यही एजेन्डाले विशेषगरी युवा मतदाताहरूलाई आकर्षित गरेको देखिन्छ। उनको भनाइ छ— “पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन र नयाँ ऊर्जा भित्र्याउन नेतृत्वको क्रमिक हस्तान्तरण आवश्यक छ।” यही सन्देश लिएर उनी दैनिक रूपमा दर्जनौं कार्यक्रमहरूमा सहभागी भइरहेका छन्। घरदैलोमा उत्साहजनक उपस्थिति पछिल्ला केही दिनयता रुकुम पश्चिमका विभिन्न वडाहरूमा गोपाल शर्माको घरदैलो कार्यक्रम उत्साहजनक देखिएको छ। स्थानीय बासिन्दाहरूले स्वागत, समर्थन र प्रतिवद्धता व्यक्त गर्दै खुलेर साथ दिने संकेत दिएका छन्। विशेषगरी युवावर्ग, किसान र श्रमिक समुदायबाट सकारात्मक प्रतिक्रिया आएको नेकपाको दाबी छ। पार्टीका स्थानीय नेताहरूका अनुसार, “पहिलेभन्दा फरक माहोल बनेको छ, जनताको सहभागिता र समर्थनले चुनावी लहर स्पष्ट देखिएको छ।” प्रतिस्पर्धाले थप चासो एक समयका सहयात्रीबीचको प्रतिस्पर्धाले चुनावी मैदानलाई थप रोचक बनाएको भए पनि गोपाल शर्माको सक्रियता र जनसम्पर्कको तीव्रताले चुनावी बहसलाई आफ्नो पक्षमा मोड्न सफल भएको नेकपा वृत्तको विश्लेषण छ। विकास, सुशासन र पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व स्थापना गर्ने प्रतिबद्धतासहित अघि बढेका गोपाल शर्मा अहिले रुकुम पश्चिममा परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत भइरहेका छन्। निर्णायक क्षणतर्फ रुकुम पश्चिम यसपटकको निर्वाचनलाई रुकुम पश्चिमका जनताले नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा हेरिरहेका छन्। बढ्दो जनलहर, सघन अभियान र स्पष्ट एजेन्डाका साथ मैदानमा उत्रिएका गोपाल शर्मा जिततर्फ उन्मुख देखिएको उनका समर्थकहरूको दाबी छ। चुनावी माहोल उत्कर्षमा पुग्दै जाँदा रुकुम पश्चिमको मत परिणामले स्थानीय राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
कपिलवस्तु–१ मा नयाँ आशा: कृष्ण बहादुर कुँवर प्रति बढ्दो जनसमर्थन
कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा राजनीतिक सरगर्मी बढ्दो छ। यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी काउम्मेदवार कृष्ण बहादुर कुँवरप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरूको दाबी छ। वर्षौंदेखि अधुरा विकास आयोजना, बेरोजगारी र पूर्वाधार अभावले थलिएको कपिलवस्तु–१ का मतदाताहरू यसपटक ‘नतिजामुखी नेतृत्व’ को खोजीमा देखिएका छन्। स्थानीय युवादेखि अग्रजसम्मको साझा आवाज बनेका कुँवरलाई “धरातलीय यथार्थ बुझेका उम्मेदवार” का रूपमा चित्रित गरिँदै आएको छ। धरातलसँग जोडिएको नेतृत्व स्थानीय बासिन्दाहरूका अनुसार कुँवर केवल चुनावी मौसमका नेता होइनन्। गाउँ–गाउँमा पुगेर जनताको समस्या सुन्ने, विकासका प्राथमिकता पहिचान गर्ने र समाधानका स्पष्ट खाका प्रस्तुत गर्ने उनको शैलीले मतदाताको विश्वास जितिरहेको छ। विदेश पलायन, कृषिमा देखिएको निराशा र आधारभूत पूर्वाधारको अभावजस्ता विषयमा उनले दीर्घकालीन योजना अघि सारेको समर्थकहरूको भनाइ छ। स्पष्ट दृष्टिकोण र पारदर्शी प्रतिबद्धता कुँवरले चुनावी सभाहरूमा भावनात्मक भाषणभन्दा पनि कार्यान्वयनयोग्य योजना प्रस्तुत गर्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तार र युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनले “नारा होइन, परिणाम” को प्रतिबद्धता व्यक्त गरेका छन्। जनतासँग निरन्तर सम्पर्क चुनावपछि हराउने प्रवृत्तिविरुद्ध उभिँदै कुँवरले जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुख–दुःखका हरेक क्षणमा साथ दिने उनको स्वभावकै कारण क्षेत्रका महिला, युवा र किसान समुदायबीच सकारात्मक माहोल बनेको बताइन्छ। परिवर्तनको अपेक्षा कपिलवस्तु–१ का मतदाताहरू यसपटक स्थायित्व, पारदर्शिता र परिणाममुखी विकासको पक्षमा उभिने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। “हामीलाई भाषण होइन, काम चाहिएको छ,” एक स्थानीय युवाले भने, “त्यसका लागि कृष्ण बहादुर कुँवर सक्षम विकल्प हुन्।” निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा कुँवरको पक्षमा देखिएको उत्साहले यसपटकको प्रतिस्पर्धा रोचक बन्ने संकेत दिएको छ। स्थानीयको अपेक्षा छ— सही नेतृत्व चयनसँगै क्षेत्रको विकासले नयाँ गति लिनेछ।
आज कस्ताे रहला देशभरकाे माैसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
जीवन बदलिने आशामै छन् बोटे समुदाय
नवलपरासी । बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुख्र्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो । शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी शिविरका रनकुमार बोटे आफ्नो समुदायले नयाँ पेसा व्यवसाय गर्ने सोच राखे पनि पूरा हुन नसकेको बताए । “हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन । तालिम र रोजगारीको अवसर भए नयाँ काम गर्न सकिन्थ्यो, तर हालसम्म यही पेसामा निर्भर हुनुपरेको छ”,उनले भने । नदी किनार आसपास बसोबास गर्ने बोटे समुदायका अधिकांश परिवार बिहानै नदीमा पुग्छन् । कसैले जाल हाल्छन्, कसैले डुङ्गा चलाएर जीविका चलाउँछन् । दिनभरको मेहनतपछि कमाएको थोरै रकमले परिवार धान्नुपर्ने अवस्था रहेको स्थानीय श्यामकुमारी बोटेको भनाइ छ । उनका अनुसार वैकल्पिक रोजगारी नहुँदा नयाँ पुस्ता पनि पुरानै पेसामा बाँधिन बाध्यरहेका छन् । बोटेको भनिन्,“छोराछोरी पढिरहेका छन्, तर पढेपछि के गर्ने भन्ने अन्योल छ । काम गरिखाने सीप सिकाउने तालिम पाए फरक क्षेत्रमा जान सक्थे । सम्मानित जीवन जिउन सहज हुन्थ्यो ।” विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले साविक नारायणी गाविस– ३, ४ र कोल्हुवा गाविस–६ नन्दपुरका २३८ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये करिब ३८ बोटे परिवारलाई हालको मध्यविन्दु नगरपालिका–२ शिविर बोटे माझी टोलमा स्थानान्तरण गरिएको थियो । सरकारले दिएको १० धुर जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन्, तर अझै जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन । स्थानीय बासिन्दा भन्छन्, “जमिनको स्वामित्व सुनिश्चित भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो । हाल बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा असुरक्षा महसुस हुन्छ ।” सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत मानिएको यस समुदायलाई राज्यले शिक्षा, सीपमूलक तालिम र लक्षित रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय पूर्णिमा बोटेले बताइन्। परम्परागत पेसा संरक्षणसँगै आधुनिक सीप विकास गरिए मात्रै नयाँ पुस्ता गरिबीको रेखाबाट बाहिर निस्कनसक्ने उनको भनाइ छ । “स्थानीय तहले केही सामाजिक सुरक्षा र आधारभूत सेवा उपलब्ध गराए पनि दीर्घकालीन आयआर्जनका कार्यक्रमको अभाव छ”, बोटेले भनिन्, “माछा मार्ने पेसालाई सम्मानजनक रूपमा आधुनिकीकरण गर्दै पर्यटन, मत्स्यपालन तथा साना उद्यमसँग जोड्ने गरी सरकारले योजना ल्याउनुपर्छ ।” जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लामा बोटे समुदायको जनसङ्ख्या दुई हजार ४०६ रहेको छ । बोटे समुदायका ज्येष्ठ नागरिकहरू भन्छन्, “हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ । अब राज्यले हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदियो भने हाम्रो सङ्घर्षको सार्थकता हुनेछ ।” परम्परागत ज्ञान र संस्कृतिको धनी बोटे समुदाय आज पनि जीवनयापनको आधार खोज्दै सङ्घर्षरत छ । सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चितता भए उनीहरूको जीवनस्तर उकासिनुका साथै परम्परागत पहिचान पनि जोगिने विश्वास गरिएको छ । निर्वाचनको माहोल चलिरहेको अवस्थामा यस समुदायले दल तथा तिनका उम्मेदवारबाट यही आशा राखिरहेका छन् ।

