ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

खोटाङ। जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना १ क ७३४७ नम्बरको जेबिसीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबी र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए । भेटिएका सवारीसाधन अधिकांश काठमाडौं उपत्यका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको उनले बताए । चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको छ । कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ । 

सुडानमा ड्रोन आक्रमणमा कम्तीमा १५ बालबालिकाको मृत्यु

खार्तुम । सुडानको एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघको बालबालिका मामिला निकाय (युनिसेफ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।” युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भनिन्, “हामीले डार्फरबाट पनि त्यस्तै विचलित गर्ने ढाँचाहरू देखिरहेका छौँ, जसमा मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन् ।”

आज अमेरिक डलरकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।           युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।       अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा कायम भएको छ । NMB Bank केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा कायम गरिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।              राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

कञ्चनपुरका मुक्त हलिया भन्छन्– पहिले लिखित प्रतिबद्धता, अनि मात्र मतदान

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यस पटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा नयाँ बहस सृजना भएको छ । विसं २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पुग्न लाग्दा पनि कञ्चनपुरका धेरै परिवारले पुनःस्थापनाको पूर्णता महसुस गर्न पाएका छैनन् । यही पीडा र आक्रोशबीच समुदायले यस पटक ‘भोटअघि प्रतिबद्धता’को नीति अघि सारेका छन् । निर्वाचनको सरगर्मी बढेसँगै गाउँ पसेका उम्मेदवारलाई देख्दा हलिया परिवारमा उत्साहभन्दा बढी संशय देखिन्छ । वैशाखा शिविरका मोहन दमाईले विगतका कयौँ निर्वाचनमा मतदान गरिसकेको भए पनि आफ्नो जीवनस्तरमा कुनै परिवर्तन नआएको बताए । उनी भन्छन्, “धेरैपटक चुनावमा भोट हाल्यौँ, उम्मेदवारहरू आउँछन् र भन्छन्, पुनः स्थापना गरेर छाड्छौँ, रोजगारी र बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौँ, तर ती कुरा चुनावी नारामै सीमित रहे, जितेर गएपछि फर्केर कोही आउँदैनन् ।” आवासको समस्या झनै विकराल छ । कृष्णपुर नगरपालिका–२ की सृजना ओडले सुरक्षित आवास नहुँदा अझै झुपडीमै बस्नुपरेको पीडा सुनाउनुभयो । “चुनाव जितेर गएपछि पक्की घर बनाइदिन्छौँ भन्छन्, अहिले पनि त्यही पुरानै कुरामा अल्झाउन थालेका छन्, विश्वास गर्न पनि गाह्रो परेको छ, कुन उम्मेदवारलाई पत्याउने ? सबैले अवस्था परिवर्तन गर्छौँ भनिरहेका छन्, तर यस पटक भने सोचेरै मतदान गर्छौँ”, उनले भने । भौगोलिक विकटता र आधारभूत पूर्वाधारको अभावले पनि यो समुदायलाई पिरोलेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका कालुराम भुलले बस्तीमा जाने सडक पनि सहज नभएको गुनासो गरे । गाउँमा काम नपाउँदा उहाँ दैनिक गुजाराका लागि सीमावर्ती भारतीय बजार टनकपुर जानुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, “गाउँमै रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो तर कोही पनि त्यसका लागि तयार छैनन्, चुनावका बेला प्रतिबद्धता जनाउने सबै छन्, चुनाव सकिएपछि बस्तीमा फर्केर आउने कोही होइनन्, हाम्रा दुःख हेर्ने कोही छैन ।” मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारका अनुसार सुरुआतमा केही प्रगति भए पनि पुनः स्थापना कार्य अझै अधुरो र अपुरो छ । संविधानले समानता र न्यायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा मुक्त हलियाको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अझै न्यून रहेको उनको ठम्याइ छ । सरकारी तथ्याङ्क र महासङ्घको अभिलेखअनुसार कञ्चनपुरमा अझै ठूलो सङ्ख्यामा हलिया परिवार सरकारी प्याकेजबाट वञ्चित छन् । कञ्चनपुरमा ‘क’ श्रेणीका १६८ जनाले जग्गा खरिद र घर निर्माणको रकम पाउन अझै बाँकी छ । ‘ख’ श्रेणीका ७२३ जनाले घर निर्माणको दोस्रो किस्ता अझै प्राप्त गर्न सकेका छैनन् । लगतमा समावेश भएका मुक्त हलियाको सङ्ख्या दुई हजार ५१६ रहेकामा जसमध्ये परिचयपत्र प्राप्त सङ्ख्या एक हजार ९९१ रहेको छ । पुनः स्थापन भएका एक हजार ८३० परिवार रहेका छन् भने पुनः स्थापन हुन बाँकी १६१ जना छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै तीन हजार ४०७ मुक्त हलिया परिवार पुनः स्थापना हुन बाँकी छन् । प्रारम्भमा १९ हजार ५९ घरपरिवारको विवरण सङ्कलन गरिएकामा सरकारले पुनः प्रमाणीकरण गरेका १६ हजार ९५३ परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् । अझै एक हजार १०४ परिवार अन्तिम किस्ताको रकम पाउनबाट वञ्चित छन् । पुनःस्थापनामा ढिलाइ हुनुको मुख्य कारण तीन तहका सरकारबीचको समन्वय अभावलाई मानिएको छ । अध्यक्ष लुहार भन्छन्, “पहिले पुनः स्थापना समस्या समाधान समितिमार्फत केही काम अघि बढेको थियो, तर पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि पुनःस्थापनाको कार्यले गति लिनसकेको छैन, सङ्घीय सरकारले अधिकार त दियो तर बजेट र स्पष्ट कार्ययोजना दिएन ।” बजेटसहित मुक्त हलिया परिवारलाई पुनःस्थापनसँगै शिक्षा, रोजगारीमा पहुँच पुर्‍याउने मागको उम्मेदवारहरूसँग प्रतिबद्धता माग गरिएको उनी बताउँछन् । विशेषगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला वर्षहरूमा मुक्त हलियाका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि समस्या थप गम्भीर बनेको छ । विनियोजन गरिएको बजेट पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नहुँदा मुक्त हलियाहरू आफ्नै भूमिमा भूमिहीन र सीमान्तकृत बन्नुपरेको अधिकारकर्मीको गुनासो छ । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले उम्मेदवारका लागि अघि सारेको नौ बुँदे प्रतिबद्धता पत्रमा सुरक्षित आवास, खेतीयोग्य जमिनको लालपुर्जा, उच्च शिक्षासम्म छात्रवृत्ति र बिना धितो सहुलियतपूर्ण ऋणजस्ता महत्त्वपूर्ण माग समावेश छन् । “संविधान जारी भएको दशक बितिसक्दा पनि दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्यको पूर्ण अनुभूति नहुनु राज्य र राजनीतिक दलहरूका लागि गम्भीर प्रश्नका रूपमा रहेको छ”, महासङ्घका अध्यक्ष ईश्वर सुनारले भने । मुक्त हलियाहरूले यस पटक आफ्ना मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । मुक्त हलियाले उम्मेदवारहरूले लिखित प्रतिबद्धता नजनाए समुदायले सामूहिक रूपमा ‘नो भोट’ वा वैकल्पिक रणनीति अपनाउने चेतावनीसमेत दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरका राजनीतिक दल र उम्मेदवारले मुक्त हलियाको यो ‘प्रतिबद्धता अभियान’लाई कसरी लिन्छन् र कार्यान्वयनमा कत्तिको इमानदार देखिन्छन्, त्यसैमा उनीहरूको चुनावी नतिजा र लोकतन्त्रको समावेशी सफलता निर्भर रहने देखिएको छ ।

जितगढीबाट पाण्डेको आह्वान  ‘आसन्न निर्वाचन संकीर्ण र फराकिलो राष्ट्रियताबीचको छनोट’

बुटवल । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालद्वारा जितगढी किल्लामा आयोजित ‘आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा रुपन्देही–२ बाट नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले आगामी निर्वाचनलाई संकीर्ण र फराकिलो राष्ट्रियताबीचको छनोटका रूपमा व्याख्या गरेका छन्। फागुन ७ अर्थात् प्रजातन्त्र दिवसको सन्दर्भ उल्लेख गर्दै पाण्डेले ७५ वर्षअघि रैतीबाट नागरिक बन्न गरिएको संघर्षको स्मरण गरे। २००७ सालको क्रान्तिदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नागरिक सर्वोच्चता, संविधानवाद र विधिको शासनको रक्षा गर्नुपर्ने बताए। ऐतिहासिक स्थल जितगढी किल्लाले अंग्रेज साम्राज्यविरुद्धको नेपाली वीरताको स्मरण गराउने उल्लेख गर्दै उनले नेपालको स्वाधीनता कुनै एक नायकको देन नभई आम जनताको बलिदानको परिणाम भएको धारणा राखे। “हाम्रो राष्ट्रियता सामूहिक साहस, सौर्य र स्वतन्त्रताप्रतिको विश्वासबाट निर्मित भएको हो,” उनले भने। राष्ट्र र राष्ट्रियताको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै पाण्डेले साझा इतिहास, भाषा, संस्कृति र अर्थतन्त्रले राष्ट्र निर्माण गर्ने बताए। उनले राष्ट्रियतालाई आत्मगौरवसँग जोड्दै अरूप्रति घृणा फैलाउने राष्ट्रवादको राजनीतिक दुरुपयोगप्रति सचेत रहन आग्रह गरे। “आफूप्रतिको गौरव राष्ट्रियता हो, अरूप्रतिको घृणा राष्ट्रवाद हो,” उनले भने। पञ्चायती व्यवस्थाले ‘एक भाषा, एक भेष, एक धर्म’मा आधारित संकीर्ण राष्ट्रियता थोपरिएको टिप्पणी गर्दै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनले राष्ट्रियताको परिभाषा फराकिलो बनाएको बताए। संघीयता, समावेशिता, समानुपातिकता, सामाजिक न्याय र धर्मनिरपेक्षताले बहुसांस्कृतिक राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ थियो। उनले अहिलेको निर्वाचनलाई “पञ्चायती संकीर्ण राष्ट्रियता र जनआन्दोलनहरूले स्थापित गरेको फराकिलो राष्ट्रियताबीचको चुनाव” का रूपमा चित्रण गरे। संविधानको मर्मविपरीत काम गर्ने र संघीयताको आधारभूत कानुन नबनाउने शक्तिहरू संकीर्ण राष्ट्रियताका पक्षधर भएको आरोप पनि उनले लगाए। आर्थिक समृद्धिलाई दिगो राष्ट्रियताको आधार ठहर गर्दै पाण्डेले आम जनतालाई सक्षम बनाउनु नै राष्ट्रियताको सार भएको बताए। बुटवललाई आईटी हबका रूपमा विकास गर्ने, कृषि व्यवसायीकरणमार्फत किसानलाई सशक्त बनाउने तथा बिचौलियाविहीन बजार प्रणाली निर्माण गर्ने आफ्नो योजना उनले सार्वजनिक गरे। “अदक्ष र सस्तो श्रम होइन, प्रतिस्पर्धी जनशक्ति निर्माण नै फराकिलो राष्ट्रियताको आधार हो,” उनले जोड दिए। विदेशी हस्तक्षेपको विषयमा बोल्दै उनले संसारका सबै देशमा बाह्य चलखेल हुने उल्लेख गरे। तर त्यसबाट जोगिन बलियो अर्थतन्त्र, सक्षम जनशक्ति र जनसामान्यको समावेशी सशक्तीकरण आवश्यक रहेको बताए। विदेशी हस्तक्षेपको बहाना बनाएर आफ्ना कमजोरी ढाकछोप गर्ने प्रवृत्तिप्रति पनि उनले आलोचना गरे। कार्यक्रममा सहभागीहरूबीच आसन्न निर्वाचन, राष्ट्रिय स्वाधीनता र समावेशी लोकतन्त्रका विषयमा छलफल भएको थियो।

कास्की २ मा  नेकपाका उम्मेदवार थापाको घरदैलो अभियान तीब्र

कास्की । कास्की  निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण  थापा ‘हेम’ ले  यो देशमा भ्रष्टाचार उन्मूलन गर्ने कास्की छेत्र न २ मा भएका अव्यवस्थित बसोबास भएको सुकुम्बासी बस्तीका भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बिहीबार पोखरा १७ को  घरदैलो अभियानको क्रममा उनले नेपाली  कम्युनिष्ट पार्टीको घोषणापत्रमा पनि  २ बर्ष भित्र देशमा  कोहि भुमी हिन सुकुम्बासी  नरहने लेखेको र आफू पनि जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै थापाले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं। जनताको माया र विश्वास पाएका छौं। यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ।” तपाईँहरूलाई चाँडै नै अब आफ्नो भूमिको मालिक हामी बनाउनेछौं तपाईँ हामीलाई ढुक्कले मत दिनुहोस् उनले भने । हाल उनी  पोखरा महानगरपालिका वाडाहरु मा घरदैलो अभियानमा रहेका छन्। थापाका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन्। “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे। स्थानीय र युवा उम्मेदवार थापालाई स्थानीय जनताको राम्रो साथ रहेको छ। थापा युवा पुस्ताका लोकप्रिय उम्मेदवार पनि हुन्  उनी भन्छन “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने गुगलमा होइन भूगोलमा भेटिने मानिस हुँ। प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु। अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर कास्की –२ को विकास अघि बढाउने योजना छ।” थापाले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे।

दक्षिणपन्थी र अग्रगामी शक्तिबीच निर्णायक प्रतिस्पर्धा: वर्षमान पुन

राेल्पा । रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले २१ फागुनमा हुने निर्वाचन दक्षिणपन्थी र अग्रगामी शक्तिबीचको प्रतिस्पर्धा भएको बताएका छन् । बिहीबार रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यो निर्वाचन केवल सांसद र सरकार बनाउने प्रक्रियामा सीमित नभई देशको वैचारिक दिशा निर्धारण गर्ने अवसर भएको बताए । उनका अनुसार अहिलेको चुनाव सामान्य प्रकृतिको नभई राजनीतिक र वैचारिक ‘डिपार्चर’ तय गर्ने चरणमा पुगेको छ । “दक्षिणपन्थी शक्तिले जिते हालसम्म प्राप्त उपलब्धि र जनअधिकारहरू कमजोर हुने जोखिम छ,” पुनले भने, “तर जनपक्षीय र अग्रगामी शक्तिले जिते सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सम्भावना बलियो हुन्छ ।” पुनले कांग्रेस–एमालेलाई यथास्थितिवादी शक्तिका रूपमा चित्रण गर्दै राज्य दोहन, भ्रष्टाचार र बिचौलिया प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको दाबी गरे । उनका अनुसार आगामी निर्वाचन दक्षिणपन्थी, यथास्थितिवादी र अग्रगामी शक्तिबीचको राजनीतिक परीक्षण हुनेछ ।

नेकपाको चुनावी अभियानमा अभूतपूर्व जनलहर : प्रचण्ड

सल्यान । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको चुनावी अभियानमा देशभर अभूतपूर्व जनलहर देखिएको बताउनुभयो। उहाँले यस पटकको चुनाव जनमत संग्रहजस्तै भएको उल्लेख गर्दै देश, राष्ट्र र जनताको हकहितको रक्षा गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। सल्यानको सल्लीबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको ऊर्जा र सहभागिताले आफू अत्यन्त उत्साहित भएको बताउनुभयो। “चुनावी अभियानका क्रममा जहाँ पुगे पनि जनताको उत्साह, भरोसा र सहभागिता उल्लेखनीय देखिएको छ। यो केवल चुनावी प्रचार होइन, जनताको भावना अभिव्यक्त हुने जनलहर हो,” उहाँले भन्नुभयो। उहाँले पार्टीप्रति बढ्दो जनविश्वासले राजनीतिक सक्रियता पनि तीव्र बनेको उल्लेख गर्नुभयो। पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र सामाजिक रूपान्तरणका कार्यक्रममार्फत पार्टीले जनताको जीवनस्तर सुधार्ने स्पष्ट योजना अघि सारेको उहाँको भनाइ थियो। “पार्टीका एजेन्डाले जनताको आशा जगाएको छ, त्यसैले समर्थन दिनप्रतिदिन बढिरहेको छ,” उहाँले जोड दिनुभयो। सल्यान जिल्लामा पार्टी नेताहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै प्रचण्डले पार्टी एकता र विकासका मुद्दामा यहाँका नेताहरूले उदाहरणीय योगदान दिएको बताउनुभयो। उहाँले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीम प्रकाश शर्मा र कर्णबहादुर बुढाथोकीजस्ता नेताहरूले संगठन निर्माण र विकास अभियानमा निरन्तर समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो। प्रचण्डले सल्यानको विकासलाई थप व्यवस्थित र दिगो बनाउन पार्टीका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो। सरकारमा सहभागी हुने अवसर प्राप्त भए योग्य प्रतिनिधिलाई मन्त्री बनाउने संकेत पनि उहाँले गर्नुभयो। यसअघि रुकुम पश्चिममा आयोजित कार्यक्रममा उहाँले गोपाल शर्मालाई विजयी बनाए मन्त्री बनाउने घोषणा गरिसक्नुभएको थियो। चुनावी जुलुस, गाउँ–टोल भ्रमण र स्थानीय सहभागिताबारे अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “जनताको सशक्त सहभागिता नै लोकतन्त्रको बल हो। अभियानका क्रममा मैले जनताको चेतना, सांस्कृतिक सक्रियता र अनुसन्धानशील सोच प्रत्यक्ष अनुभव गरेको छु। यसले पार्टीको नीतिप्रति विश्वास अझ बलियो बनाएको छ।” कार्यक्रममा नेकपा नेता प्रकाश ज्वालाले जिल्लाको चुनावी अवस्थाबारे जानकारी गराउनुभयो। सभामा कर्णाली प्रदेशसभा सदस्य भीम प्रकाश शर्मा, केन्द्रीय सदस्य लोकबहादुर डाँगी, कर्णबहादुर बुढाथोकीलगायत नेताहरूको सहभागिता रहेको थियो।

रामेछापको समृद्धिका लागि श्याम कुमार श्रेष्ठ 'कुशल'

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रामेछाप निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ। नेपाली कम्युनिस्ट पार्टी (NCP) ले पूर्व राज्यमन्त्री तथा अनुभवी नेता श्याम कुमार श्रेष्ठ 'कुशल' लाई चुनावी मैदानमा उतारेको छ। आज प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक वृहत् चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले रामेछापको अधुरो विकासलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको घोषणा गर्नुभयो। २०७४ को निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका श्रेष्ठ २०७९ मा गठबन्धनका कारण चुनावी दौडबाट बाहिर रहनुभएको थियो। यसपटक एकीकृत कम्युनिस्ट शक्ति र युवाहरूको साथ पाउनेमा उहाँ ढुक्क देखिनुहुन्छ।  प्रतिबद्धता पत्रका बुँदाहरू: उहाँको 'प्रतिज्ञा पत्र' मा रामेछापलाई आगामी ५ वर्षभित्र बागमती प्रदेशकै नमुना जिल्ला बनाउने संकल्प गरिएको छ: सुनकोशी-मरिन डाइभर्सन: आयोजनामा रामेछापवासीको अनिवार्य १०% सेयर र प्रभावित क्षेत्रका नागरिकलाई न्यायोचित मुआब्जा। सडक सञ्जाल: मन्थली-खुर्कोट सडकलाई 'टु-लेन' बनाउने र जिल्लाका सबै पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने। जुनार र सुन्तला क्रान्ति: जुनार सुपरजोन मार्फत व्यावसायिक खेती र प्रशोधन केन्द्रको स्थापना गरी युवाहरूलाई जिल्लामै स्वरोजगार बनाउने। पर्यटन हब: शैलुङ र खाँडादेवीलाई धार्मिक तथा पर्या-पर्यटनको मुख्य गन्तव्यको रूपमा विकास गर्ने। जनताले श्याम कुमार श्रेष्ठलाई नै किन छान्ने ? निर्वाचनको यस घडीमा धेरै उम्मेदवारहरू मैदानमा भए पनि श्याम कुमार श्रेष्ठलाई रोज्नुपर्ने कारणहरू १. परीक्षण भइसकेको र सफल नेतृत्व: उहाँले २०७४ मा निर्वाचित हुँदा रामेछापमा सडक, पुल र विद्युतीकरणको क्षेत्रमा उल्लेखनीय काम गरेर देखाउनुभएको छ। उहाँ केवल गफ गर्ने नभई नतिजा दिने नेताको रूपमा चिनिनुहुन्छ। २. विकासको निरन्तरता: २०७९ मा उहाँको अनुपस्थितिका कारण कतिपय ठूला आयोजनाहरू (जस्तै: मध्यपहाडी लोकमार्गका सहायक सडकहरू) सुस्ताएका छन्। ती अधुरा कामहरू पूरा गर्न र रामेछापको आवाज केन्द्रमा बुलन्द पार्न उहाँको अनुभव आवश्यक छ। ३. 'ठेक्कापट्टा' विरुद्ध 'राजनीति': उहाँका मुख्य प्रतिस्पर्धीहरूमाथि ठेक्कापट्टा र व्यवसायमा संलग्न रहेको आरोप लाग्ने गरेको छ। श्रेष्ठले आफूलाई निष्कलंक र पूर्णकालीन राजनीतिकर्मीको रूपमा प्रस्तुत गर्नुभएको छ, जसले गर्दा उहाँको ध्यान व्यक्तिगत व्यापारमा नभई जनताको सेवामा हुने विश्वास गरिन्छ। ४. स्थानीय र पहुँचयोग्य नेता: रामेछापको भूगोल र प्रत्येक गाउँका समस्याहरूसँग उहाँ साक्षात्कार हुनुहुन्छ। राजधानीमा बसेर राजनीति गर्ने भन्दा पनि जिल्लाकै माटोमा भिजेको र जनताले सजिलै भेट्न सक्ने नेता उहाँ हुनुहुन्छ। ५. कम्युनिस्ट एकताको शक्ति: यसपटक उहाँ केवल एउटा पार्टीको मात्र नभई एकीकृत कम्युनिस्ट शक्तिको साझा उम्मेदवार हुनुहुन्छ। यसले गर्दा उहाँ विजयी भएमा स्थिर सरकार र विकासको सुनिश्चितता हुने मतदाताहरूको बुझाइ छ। रामेछाप १ मा यसपटक 'अनुभव र नयाँ जोस' बीचको रोचक भिडन्त छ। श्याम कुमार श्रेष्ठको 'कुशल' नेतृत्वले जिल्लाको कायापलट गर्ने दाबी गरिरहँदा, फागुन २१ को फैसलाले रामेछापको आगामी ५ वर्षको भविष्य तय गर्नेछ।

आफ्नाे र पार्टीको प्रतिबद्धता पत्रसहित देशभरका नेकपा उम्मेदवार मतदाताकाे घरघरमा

काठमाडाैं । आगामी २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देशभर आक्रामक चुनावी प्रचारमा सक्रिय भएको छ। पार्टीले आफ्ना उम्मेदवार र मतदाता बीच प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको छ भने प्रविधिको प्रयोगबाट पनि प्रचारलाई सुदृढ बनाउने रणनीति अपनाएको छ। नेकपाले तत्कालीन माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)को अर्धसैन्य संरचना फेरि सक्रिय गर्दै स्पेशल टास्क फोर्स (एसटीएफ) गठन गरेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा परिचालन हुने एसटीएफले मतदाता र उम्मेदवारको सुरक्षा, अवैध घुसपैठ रोकथाम र भयरहित निर्वाचन सुनिश्चित गर्ने कार्यभार पाएको छ। वाईसीएलका अध्यक्ष पुष्प वलीका अनुसार, “एसटीएफ मतदाता सुरक्षा, अवैध चलखेल रोक्न र चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सक्रिय हुनेछ। यसले प्रत्येक निर्वाचन क्षेत्रमा युवा कार्यकर्तालाई परिचालन गर्नेछ।” घरदैलो अभियान: प्रत्यक्ष संवादमा जोड नेकपाले चुनाव प्रचारमा घरदैलो प्रणालीलाई केन्द्रमा राखेको छ। पार्टीका केन्द्रीय सदस्या जगनाथ खतिवडाले भने, “हामीले ४ हजार ५ सय जनाको निर्वाचन परिचालन समिति गठन गरेका छौँ, जसले सबै १६४ निर्वाचन क्षेत्रमा प्रचारको जिम्मेवारी लिएको छ। यस अभियानमा मतदातासँग प्रत्यक्ष संवाद, कोठे बैठक, घरघरमा भेटघाट र मतदान सिकाउने काम प्राथमिकता दिइएको छ।” नेकपाका नेताहरू भन्छन् कि पार्टीको नाम र चुनाव चिह्न दुवै नयाँ भएकाले जनतासम्म सीधै पुग्नै पर्दछ। यसैले, घरदैलो कार्यक्रमले मतदातामा पार्टीको नाम र ‘तारा’ चुनाव चिह्न चिनाउने मुख्य माध्यम बन्नेछ। कोशी प्रदेश ताप्लेजुङका उम्मेदवार हर्क नेम्वाङले भने, “मैले जिल्लामा घरदैलो र सामाजिक सञ्जालको प्रयोग गर्दै प्रचार गर्दैछु। हाम्रो टिमले सामाजिक सञ्जालका लागि प्रचार सामग्री तयार पारेको छ। चुनाव चिह्न चिनाउन घरदैलो गर्नु आवश्यक छ।” गोरखा २ का उम्मेदवार लेखनाथ न्यौपाने पनि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाटमा जोड दिँदै सामाजिक सञ्जाल सामग्रीसँग समन्वय गर्दै घरदैलोमा सक्रिय छन्। कर्णाली जाजरकाेटका नेता शक्ति बस्नेतले भने, “हामी घरदैलोमा नै छौँ। स्थानीय आवश्यकताअनुसार समर्थकले सामाजिक सञ्जालमा प्रयोग हुने सामग्री पनि तयार पारिदिएको छ। हाम्रो मुख्य जोड घरदैलोमा नै छ।” प्रविधिको प्रयोग: सामाजिक सञ्जाल र डिजिटल प्रचार नेकपाले चुनाव प्रचारमा विज्ञान र प्रविधिको प्रयोग पनि अत्याधिक गरेको छ। तत्कालीन माओवादीनिकट आईसीटी फोरम र अलग आईटी सेलले प्रचार सामग्री उत्पादन गर्दै आएका छन्। आईसीटी फोरमले पार्टीको पक्षमा मतदातालाई कन्भिन्स गर्ने विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ। यसमा कन्टेन्ट उत्पादन, भिडियो, ग्राफिक्स र सामाजिक सञ्जाल सामग्री समावेश छ।” चुनाव प्रचारको केन्द्रित योजना नभए पनि निर्वाचन क्षेत्रका उम्मेदवार, शुभचिन्तक र कलाकारहरूले आ–आफ्नो स्तरबाट प्रचार सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमा प्रयोग गरिरहेका छन्। चितवन ३ की उम्मेदवार रेनु दाहालको अभियानमा सामाजिक सञ्जाल सामग्री उनको क्षेत्रको टिम र आईटी टिमले उत्पादन गरेको छ। उम्मेदवार र नेकपाको प्रतिबद्धता पत्र एकसाथ नेकपाले घरदैलो अभियानमार्फत उम्मेदवारको व्यक्तिगत प्रतिबद्धता पत्र र पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्र दुवै प्रस्तुत गर्दै मतदाता माझ स्पष्ट सन्देश प्रवाह गरिरहेको छ। यसले मतदातालाई उम्मेदवारको स्थानीय जिम्मेवारी र पार्टीको राष्ट्रिय नीति दुवै बुझ्न सहयोग गर्छ। घरदैलोमा मतदाता भेट्दा, पार्टीले आफ्नो विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारमा केन्द्रित कार्यक्रम र योजना स्पष्ट रूपमा व्याख्या गर्दैछ। उम्मेदवारहरूले व्यक्तिगत प्रतिबद्धता पत्रमा आफ्नो निर्वाचन क्षेत्रको प्राथमिकता अनुसार विकास योजनाका कदम, स्थानीय समस्या समाधान र प्रत्यक्ष सहभागितामा जोड दिएका छन्। यससँगै पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्रले समग्र देशको समान विकास, न्यायपूर्ण सेवा वितरण, युवालाई अवसर प्रदान र भ्रष्टाचार विरोधी अभियानको मापन प्रस्तुत गर्दै मतदाता विश्वास जित्ने लक्ष्य राखेको छ। देशभर आक्रामक प्रचार र जनलहर नेकपाको चुनावी रणनीति देशभर समानरूपमा लागू हुँदैछ। प्रत्येक निर्वाचन क्षेत्रमा घरदैलो, प्रत्यक्ष भेटघाट, कोठे बैठक र सामाजिक सञ्जालको संयोजनले मतदातामाझ ‘जनलहर’को सन्देश फैलाउँदैछ। नेकपाका एक नेता भन्छन्, “हामी घरदैलोमा धेरै जोड दिएका छौँ। यस अभियानले मतदातासँग प्रत्यक्ष संवाद कायम गर्छ र चुनाव चिह्न चिनाउन सहयोग पुर्‍याउँछ। सामाजिक सञ्जालले हाम्रो संदेशलाई द्रुत र व्यापक बनाउँछ।” यस प्रकार, नेकपाले देशभर घरदैलो र प्रविधिमा आधारित एकीकृत रणनीति अपनाउँदै मतदाता माझ आफ्नो पहिचान र चुनावी कार्यक्रम प्रवाह गर्दै देशव्यापी जनलहरको सन्देश दिने तयारी गरेको छ। पार्टी र उम्मेदवारको प्रतिबद्धता पत्र एकसाथ प्रस्तुत गर्ने यो रणनीतिले मतदातामा प्रत्यक्ष विश्वास जगाउने र भयरहित, प्रभावकारी मतदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

नेकपालाई फागुन २१ मा किन मत ? के छ प्रतिवद्धता पत्रमा ? (प्रतिवद्धता पत्रकाे पूर्णपाठसहित)

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको प्रतिबद्धता–पत्रमा नयाँ पन र देशकाे लागि आवश्यक एजेन्डहरु लिएर मतदाताकाे घरदैलाेमा पुगेकाे छ ।  नेकपाले राष्ट्रिय स्वाधीनता, आर्थिक विकास, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य सुधार, संघीयता सुदृढीकरण, सामाजिक न्याय, र परराष्ट्र नीतिमा स्पष्ट योजना विशेषा गरेर लिएकाे छ ।  पार्टीका अनुसार यी प्रतिबद्धताहरूले आगामी पाँच वर्षभित्र देशको समग्र विकास, जनताको जीवनस्तर सुधार, र राष्ट्रिय स्वाभिमानको उच्च स्तर सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। यस पत्रले केवल घोषणापत्र मात्र नभई, व्यवहारमा लागू हुने सकारात्मक परिवर्तनका उपायहरू जनसमक्ष ल्याउने विश्वास व्यक्त गर्दछ। १. राष्ट्रिय स्वाधीनताको रक्षा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धतामा पहिलो प्राथमिकता राष्ट्रिय स्वाधीनताको रक्षा राखेको छ। यसमा देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने योजना समावेश गरिएको छ। पार्टीले स्पष्ट पारेको छ कि कुनै पनि विदेशी दबाब वा हस्तक्षेप नेपालमा स्वीकारिने छैन। यसका लागि सीमा सुरक्षा बलको क्षमता अभिवृद्धि, आधुनिक उपकरण र प्रविधिको प्रयोग, र सीमा निगरानी प्रणालीलाई सुदृढ गर्ने योजना छ। वैदेशिक सम्बन्धमा स्पष्ट नीति निर्माण गरिनेछ जसले नेपालको स्वाधीनता र राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ। साथै, अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न स्पष्ट सन्देश दिइनेछ। यसले नेपाली नागरिकमा आफ्नो राष्ट्रप्रति गर्व र सुरक्षा भावना बढाउने विश्वास गरिएको छ। २. संविधान परिमार्जन पार्टीले संविधानमा आवश्यक परिमार्जन गरी देशको शासकीय स्वरूप, संघीय संरचना, र निर्वाचन प्रणालीलाई अधिक समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। यसमा विशेष रूपमा युवापुस्ताको भावना समेट्ने, लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने, र नीति निर्माणमा व्यापक सहभागिता सुनिश्चित गर्ने उद्देश्य समावेश छ। संविधान संशोधन प्रक्रियामा समाजका सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। यसले राजनीतिक स्थिरता, निर्णयमा पारदर्शिता, र दीर्घकालीन शासन सुधारमा योगदान पुर्‍याउनेछ। पार्टीले वचन दिएको छ कि संविधान परिमार्जन गर्दा दलहरूको स्वार्थ भन्दा माथि सार्वजनिक हित र देशको दीर्घकालीन भविष्यलाई प्राथमिकता दिइनेछ। ३. भ्रष्टाचार नियन्त्रण भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ। यसअन्तर्गत हालसम्म सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति व्यापक रूपमा छानबिन गरिनेछ। अवैध रूपमा सञ्चित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने व्यवस्था पनि लागू हुनेछ। यसले सरकारी निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउनेछ। जनताले सरकारी सेवा सहज र निष्पक्ष वातावरणमा पाउनेछन्। भ्रष्टाचार नियन्त्रणले सरकारी निर्णय प्रक्रिया छिटो, विश्वसनीय, र नाफामूलक नभई जनमुखी हुने विश्वास गरिएको छ। यसले दीर्घकालीन रूपमा आर्थिक वृद्धि, विदेशी लगानी र समाजिक विश्वासमा सकारात्मक असर पार्नेछ। ४. राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी पदमार्फत राजनीतिक स्थिरता सुनिश्चित गर्ने योजना राखेको छ। यसले कार्यकारी र विधानमण्डल बीच सन्तुलन कायम गर्नेछ र निर्णय प्रक्रियामा प्रभावकारी नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्नेछ। प्रत्यक्ष निर्वाचित कार्यकारी पदले जनता र सरकारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नेछ। यसले दीर्घकालीन स्थिरता, नीति निरन्तरता, र सरकारी निर्णयमा विश्वास निर्माण गर्नेछ। साथै, राजनीतिक विवाद र अस्थिरता घटाउने यस मोडलले सरकारलाई द्रुत निर्णय र ठोस कार्यान्वयनको क्षमता दिने अपेक्षा गरिएको छ। ५. निर्वाचन प्रणाली सुधार र सानो मन्त्रिपरिषद् पार्टीले वर्तमान महँगा र जटिल निर्वाचन प्रणालीलाई सरल, पारदर्शी, र कम खर्चिलो बनाउन सुधार गर्ने योजना प्रस्तुत गरेको छ। यसले राजनीतिक दलहरू र उम्मेदवारहरूलाई समान अवसर दिनेछ र जनता मतदानमा सहज सहभागी हुन सक्नेछन्। साथै, मन्त्रिपरिषद्को आकार २५ सदस्यबाट घटाएर विषय विशेषज्ञहरू समावेश गर्ने सानो, दक्ष, र प्रभावकारी मन्त्रिपरिषद् बनाइनेछ। यसले नीति निर्माणको गति बढाउने, सरकारी खर्च कम गर्ने, र निर्णय प्रक्रियामा दक्षता सुनिश्चित गर्नेछ। छोटो मन्त्रिपरिषद्ले जिम्मेवारी स्पष्ट गर्ने र कार्यशैलीमा सुधार ल्याउने विश्वास गरिएको छ। ६. रोजगारी सिर्जना र युवा प्रोत्साहन पार्टीले आगामी पाँच वर्षमा वार्षिक ५ लाख र कुल २५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। यस अन्तर्गत ग्रामीण र शहरी क्षेत्रका युवाहरूलाई समान अवसर सुनिश्चित गरिनेछ। विदेशबाट फर्किएका युवाहरूको सीप र पुँजी परिचालन गर्न ‘रिटर्नी उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिनेछ। यसले युवाहरूलाई स्वरोजगार, व्यवसाय, र नवप्रवर्तनमा प्रोत्साहित गर्नेछ। रोजगार सिर्जनाले मात्र आर्थिक समृद्धि होइन, सामाजिक स्थायित्व, अपराध घटाउने र युवाको क्षमतामाथि भरोसा बढाउने कार्य गर्नेछ। ७. कृषि आत्मनिर्भरता र किसानको सुरक्षा पार्टीले आगामी पाँच वर्षभित्र धान, मकै, गहुँ, तरकारी, मासु, र दूधमा देशलाई पूर्ण आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। यसका लागि उत्पादन प्रविधि, सिँचाइ, बजार पहुँच, र मूल्य स्थायित्वमा विशेष योजना लागू गरिनेछ।   साथै, योगदानमा आधारित किसान पेन्सन कार्यक्रम लागू गरी वास्तविक किसानलाई परिचयपत्र वितरण गरिनेछ। यसले किसान वर्गलाई आर्थिक सुरक्षा, सामाजिक सम्मान, र दीर्घकालीन आय सुनिश्चित गर्नेछ। आत्मनिर्भर कृषि प्रणालीले खाद्य सुरक्षा सुनिश्चित गर्ने, आयातमा निर्भरता घटाउने, र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउनेछ। ८. शिक्षा, स्वास्थ्य र डिजिटल शासन पार्टीले शिक्षा र स्वास्थ्यलाई नाफामूलक व्यवसायबाट मुक्त गर्दै सबैका लागि गुणस्तरीय र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ। विद्यालय र अस्पतालमा गुणस्तरीय सेवा सुनिश्चित गरिनेछ, शिक्षक र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिनेछ, र ग्रामीण तथा शहरी दुबै क्षेत्रमा सेवा पहुँच विस्तार गरिनेछ। साथै, सरकारी सेवालाई भनसुनमुक्त, कागजमुक्त, र डिजिटल बनाउने ‘डिजिटल नेपाल’ र ‘ई–गभर्नेन्स’ लागू गरिनेछ। यसले सेवाग्राहीलाई सहज, छिटो, पारदर्शी, र विश्वसनीय सेवा प्राप्त गराउनेछ। डिजिटल शासनले सरकारी प्रक्रियामा भ्रष्टाचार घटाउने र प्रशासनिक दक्षता बढाउने अपेक्षा गरिएको छ। ९. सामाजिक न्याय र शान्ति प्रक्रियाको पूर्णता पार्टीले जातीय छुवाछूत, छाउपडी, दाइजो जस्ता कुरीतिहरू पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। सहिद परिवार र द्वन्द्वपीडितलाई सम्मान, क्षतिपूर्ति, र पुनःस्थापना गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने योजना पनि प्रस्तुत गरिएको छ। यसले समाजमा समानता, न्याय, र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नेछ। शान्ति प्रक्रियाले दीर्घकालीन स्थिरता, सामूहिक विश्वास, र सामाजिक सद्भाव बढाउनेछ। यसले केवल भौतिक पुनःस्थापना मात्र होइन, मानसिक र सामाजिक पुनःस्थापनामा पनि योगदान पुर्‍याउनेछ। १०. आर्थिक वृद्धिदर, पर्यटन र सन्तुलित परराष्ट्र नीति पार्टीले आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। बहुआयामिक गरीबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने योजना प्रस्तुत गरिएको छ। नेपाललाई साहसिक, सांस्कृतिक, र पर्यावरणीय पर्यटनको केन्द्रको रूपमा विकास गरिनेछ। यसका लागि पूर्वाधार निर्माण, स्थानीय जनशक्तिको प्रशिक्षण, र दिगो पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रको आधारमा राष्ट्रिय हितलाई सर्वोपरी राख्दै सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिनेछ। यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, र राष्ट्रिय स्वाभिमान कायम राख्ने विश्वास गरिएको छ। नेकपाले भनेकाे छ, “हाम्रो प्रतिबद्धता–पत्र केवल घोषणापत्र मात्र होइन, यो देशको समृद्धि, सामाजिक न्याय, र जनताको जीवनस्तर उकास्ने मार्गदर्शक दस्तावेज हो। हामी यसलाई कार्यान्वयन गर्न सबै तहमा दृढ भएर लाग्नेछौं।” यस प्रतिबद्धता–पत्रले चुनावी अभियानमा नयाँ ऊर्जा प्रदान गर्ने र जनता माझ पार्टीको लक्ष्य र योजना स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यसले आगामी पाँच वर्षमा नेपालमा स्थायित्व, समृद्धि, र समानताको सुनिश्चितता ल्याउने प्रतिवद्धता प्रस्ट पार्छ। हेर्नुहाेस् प्रतिवद्धता पत्रकाे पूर्णपाठ

रुकमपश्चिममा काम गर्ने गोपाल, झुटको खेती गर्ने जनार्दन

रुकमपश्चिम । रुकुम पश्चिम निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक रंग चर्किरहेको छ।  विकासका काम र त्यसको श्रेयको बहस पनि चुनावी माहोलमा तातिरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा उम्मेदवार जनार्दन शर्माले हेलिकोप्टरमार्फत डोजर खसालेर सडक निर्माण गरेको दाबी गर्दै आफैंलाई श्रेय दिन खोजेका छन्। तर स्थानीय स्रोत र पूर्व प्रशासनका विवरणले स्पष्ट पारेका छ कि रुकुम पश्चिममा सडक निर्माण, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीजस्ता विकासका वास्तविक कामहरू गोपाल शर्माले गरेका हुन्। उनि नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का उम्मेदवार पनि हुन् । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले भने, “म अर्थमन्त्री हुँदा बजेटको व्यवस्था गरेर गाउँ–गाउँमा सडक निर्माण अघि बढाइएको हो। कठिन भूगोल र सीमित स्रोतको बाबजुद पनि स्थानीय आवश्यकताअनुसार सडक निर्माण भएको थियो। प्रचारभन्दा कामलाई प्राथमिकता दिइएको कारण आज सडक देखिन्छ।” स्थानीय नेताहरू र स्रोतका अनुसार २०७८ सालमा आठबिसकोट–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको थियो। तर त्यसको भाडा ठेकेदारहरूसँगको समझदारी र कमिसनबाट तिरेको थियो, जनार्दनले कुनै आर्थिक योगदान नगरी अवास्तविक प्रचार गरेर आफैंलाई श्रेय लिन खोजेका थिए। नेकपाका नेता हरिभक्त खड्काले भने, “हेलिकोप्टरमार्फत डोजर ढुवानी गर्दा हाम्रो टोलीले ज्यान जोखिममा राख्यो। त्यसको भाडा ठेकेदारहरूसँगको सम्झौताबाट तिरेको हो। जनार्दनले आफैंलाई श्रेय दिन खोज्नु लज्जास्पद छ।” स्थानीयवासीहरूले पनि विकास कार्यमा गोपाल शर्माको सक्रियता र अनुगमन देखिरहेका छन्। बजेट व्यवस्थापनदेखि कार्यान्वयन, उपभोक्ता समितिसँग समन्वय र समस्या समाधानसम्म उनी प्रत्यक्ष संलग्न रहँदै आएका छन्। रुकुम पश्चिममा विकास र प्रचारको बहसले मतदातालाई सचेत बनाएको छ। कार्य गर्ने व्यक्ति र प्रचार गर्ने नेता अलग देखिनु निर्वाचन नजिकिँदै गर्दा अझै बढी ध्यानाकर्षक विषय बनेको छ। गलत प्रचार गर्नतिर लागेकाे जनार्दनकाे मानसिक हार भइसकेकाे र गाेपालकाे जित सुनिश्चित भएकाे स्थानीय विश्लेषकहरुकाे भनाइ छ । 

बारा–२ मा जनलहर: रमेश यादवका घरदैलो र पार्टी प्रवेशमा जनता एकताबद्ध

बारा । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बारा क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का चुनाव चिन्ह तारा छाप का उम्मेदवार रमेश यादव ले आफ्नो चुनावी अभियानलाई तीव्र गतिमा अघि बढाएका छन्। करैया माई गाउँपालिका–४ अन्तर्गत लौतन, करैया गाउँ र वरिपरिका टोलहरूमा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै यादवले जनताको मन जित्ने क्रममा रहेका छन्। उम्मेदवार यादवले प्रत्येक घरमा पुगेर प्रत्यक्ष संवाद, समस्या सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने कामलाई प्राथमिकता दिएका छन्। घरदैलो अभियानमा उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि विकास र रोजगारी जस्ता स्थानीय मुख्य आवश्यकता र जनचासोका विषयमा स्पष्ट योजना प्रस्तुत गर्दै जनताको विश्वास जितेका छन्। स्थानीय बासिन्दाहरूले पनि आफ्नो आवश्यकता र समस्या प्रत्यक्ष उम्मेदवारसँग राख्न पाएकोमा खुशी व्यक्त गरेका छन्। यसैबीच, करैयामै पार्टीको चुनावी सम्पर्क कार्यालय विधिवत् उद्घाटन गरिएको छ। कार्यालय उद्घाटन समारोहमा स्थानीय अगुवा, युवासंघका सदस्य, विद्यार्थी, महिला र पार्टीका पुराना तथा नयाँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। उम्मेदवार यादवले कार्यालय उद्घाटनसँगै चुनावी गतिविधिलाई अझ संगठित र योजनाबद्ध बनाउने रणनीति राख्नुभएको छ। उक्त अवसरमा करिब १०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूले विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सदस्यहरूलाई रमेश यादवले गम्छा र टीका लगाएर भव्य स्वागत गर्नुभएको थियो। उनले नयाँ सदस्यलाई पार्टीमा विश्वास जनाएकामा धन्यवाद व्यक्त गर्दै सबैलाई जनताको हित र पार्टीको मूल लक्ष्यमा एकजुट भएर अघि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रममा स्थानीय अगुवा सुरेश यादव, निबेश यादव, बतहु यादव लगायतका नेताहरूको उल्लेखनीय उपस्थितिले पार्टीको संगठनात्मक शक्ति र क्षेत्रीय जनसमर्थनको व्यापकता देखाएको थियो। उनीहरूले चुनावी अभियानलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता जनाए। यसरी सँगै कार्यरत हुने नेतृत्व र कार्यकर्ता वर्गले बारा–२ मा नेकपा र ‘तारा छाप’को जनलहर अझ दृढ बनाएको स्पष्ट देखिन्छ। स्थानीय बासिन्दाहरूका अनुसार, रमेश यादवको घरदैलो अभियान र पार्टी प्रवेश कार्यक्रमले निर्वाचन मैदान तताएको छ। गाउँ–टोलमा तारा छापको झण्डा फहराउँदै, पार्टी सदस्यता बढाउँदै, र जनताको विश्वास जित्दै जाने क्रम निरन्तर जारी छ। यस अभियानले उम्मेदवारको पहुँच र पार्टीको विश्वसनीयता दुवै वृद्धि गरेको छ। यादवले आफ्नो सम्पर्क अभियानमा विशेष गरी युवासँग संवाद, महिला र वृद्धवृद्धासँग भेटघाट, किसान र व्यवसायी वर्गसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। यसरी प्रत्येक वर्गसँग सिधा संवाद गर्नु र उनीहरूको समस्या बुझ्नु उनको चुनावी रणनीतिको मुख्य भाग बनेको छ। यसले जनतामा ‘तारा छाप’ प्रति सकारात्मक धारणा सिर्जना गरेको छ। राजनीतिक विश्लेषकहरूको मत अनुसार, बारा–२ मा यस्ता घरदैलो र सक्रिय सदस्यता अभियानले निर्वाचनको निर्णायक प्रभाव पार्न सक्छ। करैयामा भएको पार्टी प्रवेश कार्यक्रम र नवसदस्यहरूको भव्य स्वागतले चुनावी मैदानमा नेकपाको एकता र संगठनात्मक शक्ति देखाएको छ। यसले रमेश यादवको जनआधार मात्र बलियो बनाएको छैन, समग्र पार्टीको प्रतिकात्मक शक्ति पनि व्यापक बनाएको छ। यसैबीच, यादवले आगामी दिनमा पनि घरदैलो, टोल–टोल भ्रमण, युवासँग संवाद र कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने योजना बनाएका छन्। पार्टी नेतृत्वले पनि यस अभियानलाई सहयोग गर्ने र जनलहर अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ। बारा–२ मा नेपाली कम्युनिस्ट पार्टीको जनसमर्थन र ‘तारा छाप’को लोकप्रियता निरन्तर बढिरहेको यस अभियानले प्रष्ट देखाएको छ। यसरी, करैयामा भएको व्यापक घरदैलो अभियान, पार्टी कार्यालय उद्घाटन, र १०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूको प्रवेश कार्यक्रममा देखिएको उत्साहले बारा–२ मा नेकपा र रमेश यादवको शक्ति प्रदर्शनलाई प्रत्यक्ष झल्काएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनमा यस अभियानले निर्णायक भूमिका खेल्ने स्थानीय र पार्टी स्रोतहरूले विश्वास व्यक्त गरेका छन्।

भ्रष्टाचारविरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धता: रूपा महर्जनको स्पष्ट एजेन्डा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा नेपाली कम्युनिष्ट पार्टी ले युवा तथा संघर्षशील नेतृ रूपा महर्जन (श्रेष्ठ) लाई उम्मेदवार बनाउँदै चुनावी अभियान तीव्र बनाएको छ । “तपाईंको आवाज संसदमा, मत हालौं तारामा” भन्ने नारासहित घरदैलो, कोणसभा र समुदायस्तरीय छलफलहरू मार्फत उम्मेदवार महर्जनले आफ्नो प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरिरहेकी छन् । कीर्तिपुरमा जन्मेकी र हाल चन्द्रागिरीमा बसोबास गर्दै आएकी रूपा महर्जन (श्रेष्ठ) लामो राजनीतिक अनुभव र सामाजिक आन्दोलनको पृष्ठभूमिसहित मैदानमा उत्रिएकी हुन् । राज्यद्वारा बेपत्ता योद्धा सुचेन्द्र श्रेष्ठका सहयोद्धा रहँदै उनले जनयुद्धकालीन संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक यात्रामा सक्रिय भूमिका निर्वाह गरेकी छन् । बेपत्ता योद्धा परिवार, युवा, जनजाति तथा महिला समुदायसँग निकट सम्बन्ध राख्दै आएकी उनी सबै वर्ग र समुदायको साझा प्रतिनिधिका रूपमा परिचित छिन् । उम्मेदवार महर्जन पूर्व संविधान सभा सदस्यसमेत हुन् । साथै, नेपाल भाषा आन्दोलनमा सक्रिय अभियन्ताका रूपमा उनले सांस्कृतिक पहिचान, भाषा अधिकार र स्थानीय समुदायको स्वाभिमानका मुद्दा निरन्तर उठाउँदै आएकी छन् । दक्षिणकाली क्षेत्रको विकास यात्रामा समेत सहयात्री रहेकी उनी स्थानीय तहका समस्या, विकासका अवरोध र जनताका दैनिक सरोकारसँग प्रत्यक्ष परिचित छिन् । सुशासन, स्थिरता र प्रणालीगत सुधारको एजेन्डा रूपा महर्जन (श्रेष्ठ) ले आफ्नो चुनावी घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शितालाई प्रमुख एजेन्डा बनाएकी छन् । सार्वजनिक स्रोत–साधनको दुरुपयोग रोक्न, नीति निर्माणमा पारदर्शिता कायम गर्न र जनउत्तरदायी शासन प्रणाली स्थापित गर्न आफू संसदमा सशक्त आवाज उठाउने उनले प्रतिबद्धता जनाएकी छन् । त्यसैगरी, उनले स्थिर शासन प्रणालीका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको धारणा अघि सारेकी छन् । राजनीतिक अस्थिरताले विकास अवरुद्ध गरेको निष्कर्षसहित उनले दीर्घकालीन स्थायित्वका लागि प्रणालीगत बहस संसदमा उठाउने बताएकी छन् । सहकारी, भूमि र विस्थापनका मुद्दा काठमाडौं–१० क्षेत्रमा सहकारी तथा सहकारी पीडितका समस्या जटिल बन्दै गएको सन्दर्भमा उम्मेदवार महर्जनले सहकारी पीडितको रकम फिर्ता र नियमन प्रणाली कडाइका साथ कार्यान्वयन गर्ने पहल गर्ने बताएकी छन् । स्वबासी, बेनिस्सा तथा बेदर्ता जग्गाका समस्या समाधान, अन्यायपूर्ण भूमि नीति र जबर्जस्ती विस्थापनविरुद्ध आवाज उठाउने उनको प्रतिबद्धता छ । भूमिमाथि स्थानीय समुदायको अधिकार सुनिश्चित गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्ने एजेन्डा उनले अघि सारेकी छन् । सम्पदा संरक्षण र वातावरणीय सुधार कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी क्षेत्र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले समृद्ध छन् । उम्मेदवार महर्जनले प्राकृतिका साथै सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेकी छन् । वातावरण प्रदूषण न्यूनिकरण, फोहोरको वैज्ञानिक व्यवस्थापन र जलाधार क्षेत्रको संरक्षणमार्फत दीगो विकासलाई जोड दिने उनले बताएकी छन् । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई स्थानीय विकाससँग जोड्दै हरित पूर्वाधार निर्माण र समुदाय–केन्द्रित कार्यक्रम अघि बढाउने उनको योजना छ । शिक्षा, स्वास्थ्य र रोजगारी उम्मेदवार महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकका मौलिक हक–अधिकारका रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा रहेको त्रिवि शिक्षण अस्पताल विस्तारका लागि पहल गर्ने उनको स्पष्ट योजना छ । सामुदायिक विद्यालय तथा कलेजहरूको स्तर उन्नति, प्रविधिमैत्री र सीपमूलक शिक्षा प्रणाली विकास, “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” मोडेल लागू गर्दै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ । कीर्तिपुरलाई आईटी हबका रूपमा विकास गर्दै सूचना प्रविधिमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि उनले अघि सारेकी छन् । यसले युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । पूर्वाधार र पर्यटन प्रवर्द्धन हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदलमार्गको स्तर उन्नति, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली लिङ्ग रोड विकास तथा सार्वजनिक यातायात सञ्चालन, कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तारजस्ता योजनाहरू उनको प्राथमिकतामा छन् । चन्द्रागिरी र कीर्तिपुर हुँदै दक्षिणकाली सम्मको दक्षिण–पश्चिम भेगलाई आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रूप दिने, विभिन्न पार्क तथा खेलमैदानको स्तर उन्नति गर्ने र क्षेत्रलाई खेलकुद प्रशिक्षणको हबका रूपमा विकास गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटिएको छ । स्मृति, अध्ययन र पहिचान जनआन्दोलन, जनयुद्ध र जेनेरेशन–जी आन्दोलनको अध्ययन, अनुसन्धान तथा स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्क विकास गर्ने योजना पनि उम्मेदवार महर्जनले अघि सारेकी छन् । इतिहास, संघर्ष र लोकतान्त्रिक यात्राको सम्मान गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्ने उनको भनाइ छ । नमुना क्षेत्रको संकल्प काठमाडौं–१० लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गराउने प्रतिबद्धता उम्मेदवार महर्जनले व्यक्त गरेकी छन् । समन्वित योजना, स्थानीय तहसँग सहकार्य र समुदाय–आधारित विकास मोडेलमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सम्भव रहेको उनको विश्वास छ । घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्दै समाधानको स्पष्ट खाका प्रस्तुत गरिरहेकी छन् । युवा, महिला, जनजाति तथा सहकारी पीडित समुदायबाट सकारात्मक समर्थन मिलिरहेको नेकपा स्रोतले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–१० मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । तथापि, नेकपा कार्यकर्ताहरूले “तारामा छाप, रूपा महर्जन (श्रेष्ठ) लाई अत्यधिक मत” भन्ने अभियानलाई तीव्र पार्दै उनलाई विजयी गराउने दाबी गरेका छन् । महर्जनले आफू संसदमा पुगेपछि “जनताको आवाज, जनताको अधिकार र जनताको विकास” का लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छन् । उनका समर्थकहरूका अनुसार, काठमाडौं–१० मा परिवर्तन, सुशासन र समावेशी विकासको नयाँ अध्याय सुरु गर्न तारामा मत हाल्नु अपरिहार्य छ ।

प्रजातन्त्र दिवसकाे अवसरमा प्रचण्डको आह्वान: राष्ट्रिय एकताबाट लोकतान्त्रिक उपलब्धि सुदृढ गरौँ

काठमाडौं । नेपाली कम्युनि्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणण्ड‌ले फागुन ७ का अवसरमा राणा शासनविरुद्ध नेपाली जनताले गरेको ऐतिहासिक तथा वीरतापूर्ण संघर्षलाई उच्च सम्मानका साथ स्मरण गर्नुभएकाे छ ।  शुभकामना सन्देश जारी गर्दै उहाँले निरंकुश राणा शासनविरुद्ध जनताले देखाएको साहस, त्याग र बलिदानकै बलमा देशमा प्रजातन्त्र स्थापना सम्भव भएको गर्नुभएकाे छ । उहाँले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरू राष्ट्रका गौरवपूर्ण अध्याय भएको बताउनु भएकाे छ । उहाँले राष्ट्रिय सार्वभौमसत्ता सुदृढीकरण, सुशासन प्रवर्द्धन, समृद्ध नेपालको निर्माण तथा न्यायपूर्ण समाज स्थापनाका लागि सम्पूर्ण नेपालीबीच दृढ राष्ट्रिय एकताको आवश्यकता अझ बढी रहेको धारणा व्यक्त गर्नुभएकाे छ । “यही एकतामार्फत लोकतान्त्रिक उपलब्धिहरूलाई अझ मजबुत बनाउँदै देशलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन सकिन्छ,” सन्देशमा भनिएको छ । उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशिता र सामाजिक न्यायलाई व्यवहारमा उतार्दै राष्ट्र निर्माणको अभियानमा सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनु भएकाे छ ।  उहाँकाे सन्देशको अन्त्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।