सल्यानलाई ‘उत्पादन र पर्यटन केन्द्र’ बनाउने नेकपाको घोषणा
सल्यान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी, सल्यानले “समृद्ध सल्यान, हाम्रो अभियान” नारासहित विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।
राजनीतिक स्थायित्वदेखि उत्पादन वृद्धि, पूर्वाधार, पर्यटन, शिक्षा–स्वास्थ्य, ऊर्जा र युवा स्वरोजगारसम्मका क्षेत्रलाई समेट्दै पार्टीले सल्यानलाई आगामी दुई वर्षभित्र ‘उज्यालो, जोडिएको र उत्पादक जिल्ला’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको हो।
राजनीतिक स्थायित्व र सुशासनलाई केन्द्रमा
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षता जस्ता संवैधानिक मूल्यलाई आत्मसात गर्दै आवश्यक संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व र सुशासन सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ। जनआन्दोलन र जनयुद्धका सहिद तथा बेपत्ता परिवारको सम्मान, घाइतेको उपचार र राहतलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
युवा बेरोजगारी र भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्दै उत्पादनमुखी अर्थतन्त्र र उद्यमशीलता विस्तारमार्फत रोजगारी सिर्जनामा जोड दिइने पार्टीको भनाइ छ।
सडकदेखि डिजिटल पूर्वाधारसम्म जोड्ने योजना
राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गलगायत रणनीतिक सडकको स्तरोन्नति, सबै पालिका–वडासम्म पक्की सडक र झोलुङ्गे पुल विस्तार मुख्य प्राथमिकता रहेको जनाइएको छ।
दुई वर्षभित्र सम्पूर्ण घरधुरीमा गुणस्तरीय सञ्चार सुविधा र सार्वजनिक सेवा क्षेत्रमा भरपर्दो इन्टरनेट विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
पर्यटनलाई आर्थिक इन्जिन बनाउने रणनीति
कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, फालाबाङ दरबारलगायत ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण–प्रवर्द्धन गर्दै नयाँ ट्रेकिङ रूट विकास गर्ने घोषणा गरिएको छ।
लोकसंस्कृति संरक्षणका लागि “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना, वार्षिक पर्यटन महोत्सव र होमस्टे प्रवर्द्धनमार्फत आन्तरिक पर्यटन बढाउने रणनीति अघि सारिएको छ।
शिक्षा–स्वास्थ्यमा संरचनात्मक सुधार
संघीय शिक्षा ऐन पारित गर्न पहल, कृषि क्याम्पस स्थापना, डिजिटल सिकाइ प्रणाली अनिवार्य र सीपमूलक शिक्षामा जोड दिने प्रतिबद्धता जनाइएको छ।
सल्यान जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्यामा स्तरोन्नति गरी क्रमशः १०० शैय्यामा विस्तार गर्ने, प्रत्येक पालिकामा १५ शैय्याको अस्पताल र वडास्तरमा स्वास्थ्य चौकी सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। स्वास्थ्य बिमा, टेलिमेडिसिन र घुम्ती विशेषज्ञ सेवा पनि प्राथमिकतामा छन्।
ऊर्जा, सिँचाइ र खानेपानीमा तीव्रता
दुई वर्षभित्र पूर्ण विद्युतीकरण, १३२ केभी सबस्टेशन निर्माण, नाङ्गा तार विस्थापन र एबीसी केबल जडानको योजना उल्लेख गरिएको छ।
शारदा–बबई र भेरी करिडोरका सिँचाइयोग्य जमिनमा सतह तथा लिफ्ट सिँचाइ विस्तार, बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध र सुरक्षित खानेपानी योजनालाई तीव्रता दिने भनिएको छ।
‘उत्पादन ३० प्रतिशत वृद्धि’ लक्ष्य
अदुवा, सुन्तला, आलु, खसी–बोका, टिमुर र तरकारी उत्पादन बढाएर वार्षिक ३० प्रतिशत वृद्धि गर्ने लक्ष्य पार्टीले लिएको छ। शीत भण्डार निर्माण, सहुलियत ऋण, अनुदान र ब्रान्डिङमार्फत “सल्यानी उत्पादन”लाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रणनीति सार्वजनिक गरिएको छ।
खुकुरी उद्योग, बाँस–निगालो हस्तकला र जडिबुटीको व्यावसायिक प्रवर्द्धनमार्फत स्थानीय उद्योगलाई बलियो बनाउने योजना अघि सारिएको छ।
सामाजिक सुरक्षा र समावेशी कार्यक्रम
लघुवित्त पीडित समस्या समाधान, जनता आवास कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। “एक पालिका–एक उत्पादन” कार्यक्रममार्फत सहकारी सुदृढीकरण र अन्तरपालिका व्यापार प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ।
पार्टीले सल्यानबाट प्रत्यक्षतर्फ युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ शारदा परियारलाई अघि सारेको छ। “तारा” चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्दै पार्टीले समृद्ध सल्यान निर्माणका लागि जनताको ऐक्यबद्धता अपरिहार्य रहेको जनाएको छ।
सल्यानको विकासलाई समग्र र दीर्घकालीन ढंगले अघि बढाउने दाबी गर्दै सार्वजनिक गरिएको यो प्रतिबद्धता आगामी निर्वाचनमा मतदाताको निर्णायक परीक्षणमा उत्रनेछ।
समृद्ध सल्यान, हाम्रो अभियान
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
नेपाली कम्युनिष्ट पार्टी, सल्यानको प्रतिबद्धता
१. नीतिगत प्रतिबद्धता :
१.१. जनक्रान्तिको बलमा जननिर्वाचित संविधान सभाको प्रक्रियाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत संवैधानिक मूल्य मान्यताहरू आत्मसाथ गर्दै राजनीतिक स्थायित्व र सुशासन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।
१.२. देशमा राजनीतिक परिवर्तन र सुशासनका पक्षमा भएका सबै प्रकारका जनक्रान्ति र आन्दोलनमा अभिव्यक्त भएको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै महान सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य उपचार तथा राज्यबाट राहत र सहयोग उपलब्ध गराउनेबारे हामी प्रतिबद्ध छौँ।
१.३. जेनजी (नवयुवा) आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति-सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
१.४. पर्यावरणमैत्री विकासलाई आत्मसाथ गर्दै वन पैदावार र वन्यजन्तु सम्बन्धी कानूनहरूलाई विकासमैत्री र व्यावहारिक बनाउन प्रचलित ऐन, कानून र नियमावलीहरू संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।
१.५. सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसक्नुभएका जनप्रतिनिधिहरूले शुरू गरेका जिल्लास्तरका रणनीतिक तथा निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वयमा मात्र जिल्लाको विकास र समृद्धिको अभियान सफल हुन्छ भन्ने कुरामा हामी पूर्ण प्रतिबद्ध छौँ। साथै संघीय निजामती ऐनको अन्योलले पैदा गरेको कर्मचारी समायोजन, अन्तरप्रदेश सरूवा तथा अन्तरतह बढुवा लगायतका सेवा सुविधाको लागि पहल गर्न हामी प्रतिबद्ध छौँ।
२. भौतिक पूर्वाधारको क्षेत्रमा हाम्रो प्राथमिकता :
२.१. यथाशीघ्र राप्ती लोकमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्ग, जिल्ला पर्यटकीय चक्रपथ सल्यान (DTRRS), खलङ्गा-मार्के-कालिमाटी रामपुर-घुइयाबारी-खर्कबार-कोहलपुर निर्वाचन क्षेत्र रणनीतिक सडक, प्रदेश राजधानी सुर्खेत जोड्ने लोकमार्गहरू, प्रादेशिक रणनीतिक सडकहरू, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने प्रदेश सडकमार्गहरूको पूर्णता र स्तरोन्नति हाम्रो मुख्य प्राथमिकता रहनेछ।
२.२. जिल्लाभित्रका सबै पालिका र वडा कार्यालयहरूसम्म पक्की सडक, आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माणका साथै सबै टोल, बस्तीमा यातायात सेवा पुर्याउने योजनामा हामी पूर्ण प्रतिबद्ध छौँ।
२.३. कतिपय बस्तीहरूमा अहिले पनि गुणस्तरीय सञ्चार सुविधा नपुगेको अवस्थालाई ध्यान दिदै आवश्यक टेलिफोन टावर र पूर्वाधारको व्यवस्था गरि २ वर्ष भित्र सबै घरमा गुणस्तरीय सञ्चार सुविधा पुर्याउन पहल गरिनेछ।
२.४. सार्वजनिक सेवा प्रवाह हुने जिल्लाका सम्पूर्ण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितता गरिनेछ। डिजिटल साक्षरताको विस्तार र सार्वजनिक सञ्चारका माध्यमहरूलाई व्यवस्थित गरिनेछ।
३. पर्यटन क्षेत्रको विकास र प्रवर्धन :
३.१. जिल्लाको समग्र “पर्यटन गुरूयोजना” निर्माण गरि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, शैक्षिक र युद्ध पर्यटनजस्ता क्षेत्रको एकीकृत आयोजना निर्माण तथा कार्यान्वयनले मात्र जिल्लाको पर्यटन क्षेत्रको विकास सम्भव छ भन्ने बिषयमा हामी पूर्ण प्रतिबद्ध छौँ।
३.२. मुख्यगरी जिल्लाका पर्यटकीय गन्तव्यहरू कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, लक्ष्मीपुर शिव मन्दिर, फालाबाङ पुतली दरबार, र्याले पौवा लगायतका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार संरक्षण र प्रवर्धन गर्दै क्रमश: कुमाख, निगालचुला, जथाक लेक (पाथिभरा), सुकिदह, कछुवा दह, मालिका लेक, बामे लेक, कालीमाटीको गंगामाला देउतीबज्यै मन्दिर, त्रिवेणीको तीर्थशाला धाम, शिद्धगुफा, देवस्थल कृष्ण मन्दिर, मालिका-कालिका, कोटमौला कालिका मन्दिर, बडागाउँ नाउला दरबार, लखिमपुर, रिमको शिवगुफा, ब्याउलाब्याउली ढुङ्गा, शिव पाइला, सातामुल लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा केही नयाँ ट्रेकिङ रूट र नयाँ पर्यटकीय गन्तव्यको निर्माण र प्रवर्धनमा हाम्रो प्राथमिकता रहने छ।
३.३. बनगारी टप्पा, सेरिङ्गे, लोकदोहरी, लोकभाका, ठारीभाका, सोरठी, पैसेरी, झाप्रे, झ्याङ जस्ता लोकसंस्कृति तथा स्थानीय मेला-जात्रालाई संरक्षण तथा सम्बर्धन गर्न जिल्लाका राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार समेतको सहभागितामा “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना गरि सहभागितामूलक संस्कृतिको विकास र जगेर्ना गर्ने हाम्रो साझा सङ्कल्प हुनेछ।
३.४. आन्तरिक पर्यटन प्रवर्धन, होमस्टे, स्वस्थ र अर्गानिक खानामार्फत् जनस्वास्थ्य र जीवनस्तरमा सुधार, वार्षिक पर्यटन महोत्सव, नेवार तथा मगर जातिको स्थानीय भाषाका साथै सल्यानको ठेट नेपाली भाषाको संरक्षण र सम्वर्धनका लागि अध्ययन, अनुसन्धान गर्न पहल गरिनेछ।
४. शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको गुणस्तर वृद्धिमा हाम्रो जोड :
४.१. संघीय शिक्षा ऐन पारित गर्न पहल गर्नु, जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्नु, विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु हाम्रो शैक्षिक कार्यभार हुनेछ।
४.२. क्याम्पस र विद्यालयहरूमा भौतिक पूर्वाधारको निर्माण, आवश्यक दरबन्दीको व्यवस्थापन, प्राविधिक धारका शैक्षिक कार्यक्रमहरूको विस्तार र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, सतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना जस्ता कार्यमा विशेष जोड दिइनेछ।
४.३. बसाइँसराइ र विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिई शिक्षण संस्थाहरूको स्थानान्तरण वा समायोजन तथा क्याम्पस र विद्यालयहरूमा शैक्षिक कार्यक्रम एवम् संकाय संशोधन गरेर समयसापेक्ष र व्यावहारिक बनाइने छ। प्रारम्भिक तहको आधारभूत शिक्षा जन्मथलोमै आमाको काखमा हुर्किदै लिने व्यवस्था गराउन पहल गरिनेछ।
४.४. जिल्लाको प्राकृतिक सम्पदा र उत्पादनमा आधारित उद्यमशीलता तथा उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक धारका सीपमूलक जनशक्ति उत्पादनमा हाम्रो जोड हुनेछ।
४.५. सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चालिनेछ। तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्ने र क्रमश: १०० शैय्यामा स्तरोन्नति गर्न पहल गरिनेछ। सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिनेछ।
४.६. सल्यानका सबै नागरिकमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सूचीकृत रोगहरूको निःशुल्क उपचार गर्ने, बिशेषज्ञ डाक्टर सेवासहित घुम्ती सेवा, दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा, सुरक्षित मातृत्त्व कार्यक्रम लगायत महिला, जेष्ठ नागरिक र बालबालिका लक्षित स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी बनाउन हामी पूर्ण प्रतिबद्ध छौँ।
४.७. जेष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी बनाउनु हाम्रो कर्तव्य हुनेछ। साथै स्वदेश तथा विदेशमा रोजगारीमा रहेका युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि पहल गरिने छ।
४.८. युवा उद्यमशीलता प्रवर्धनमा विशेष जोड दिइनेछ। युवालाई कृषि, वन, पर्यटन, कला संस्कृतिको संरक्षण र विकास लगायतका क्षेत्रमा सीपमूलक तालिमको व्यवस्था गरि उत्पादन र रोजगार केन्द्रित कार्यक्रममार्फत् वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगार बनाउन र स्वरोजगारमा जोड्न पहल गरिनेछ।
४.९. खेलकुदको विकासका लागि जिल्ला स्तरमा रंगशाला, पालिका स्तरमा कभर्ड हल, हरेक वडा, विद्यालय र क्याम्पसहरूमा खेल मैदानको व्यवस्था गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना निर्माण तथा कार्यान्वयनमा प्राथमिकता दिइनेछ। विधागत रूपमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्न र जिल्लाबाट प्रादेशिक र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विद्यालय स्तरदेखि नै खेलकुद सम्बन्धी योजना निर्माण र कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ।
५. विद्युत, सिँचाइ र खानेपानीको क्षेत्रमा हाम्रो प्राथमिकता :
५.१. सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको योजनालाई तिव्रता दिदै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरि दुई वर्ष भित्र सल्यानलाई पूर्ण उज्यालो जिल्ला बनाइनेछ।
५.२. विद्युतीय जोखिम हटाउनको लागि नाङ्गो तार विस्थापन गरि यथाशीघ्र Covered Conductors तथा ABC Cable जडान गर्नुका साथै काठका पोल हटाइनेछ। जिल्लामा उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने विद्युतीय क्षमता वृद्धि गर्न १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण गरिनेछ।
५.३. शारदा-बबई करिडोर र भेरी करिडोरका सबै सिँचाइयोग्य जमिन, फाँट र टारहरूमा सतहगत सिँचाइ र लिफ्ट सिँचाइको माध्यामबाट सिँचाइको व्यवस्था गरिने छ। त्यसैगरि बाढी पहिरोबाट खेतीयोग्य जमिन तथा वस्तीहरू सुरक्षित गर्न व्यवस्थित तटबन्धको योजना निर्माण र कार्यान्वयन गरिनेछ।
५.४. स्वस्थ खानेपानी नपुगेका बस्तीहरूमा पाइपलाइन तथा लिफ्ट खानेपानी योजनामार्फत् खानेपानीको व्यवस्था गर्नुका साथै जीर्ण खानेपानी योजनाहरूको पुन:निर्माण गरिनेछ। साथै जलश्रोत तथा पानीका मुहानहरू संरक्षण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ।
६. उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगार मुख्य प्राथमिकता :
६.१. सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ। यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडिबुटी पनि निर्यात भइरहेको देखिन्छ। सल्यानको उत्पादनलाई बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरि कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ।
६.२. सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसायहरू सञ्चालन गरेर मात्र हामीले युवा स्वरोजगार सिर्जना गर्न तथा आयआर्जनमा वृद्धि गर्न सक्छौँ भन्ने विषयमा हामी स्पष्ट छौँ। साथै स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणको व्यवस्था गरि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सल्यानी उत्पादनको पहिचान बनाउन पहल गरिनेछ।
६.३. उत्पादित वस्तुहरूको भण्डारणका लागि जिल्लाभित्र आधुनिक शीत भण्डार निर्माण र बजार विस्तार गर्नुका साथै बीउबिजन, मल तथा कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन निरन्तर पहल गरिनेछ।
६.४. सल्यानका पौराणिक सीपमा आधारित खुकुरी उद्योग, बाँस/निगालोबाट निर्मित वस्तु र तयारी पोशाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवम् बजारीकरणका लागि आवश्यक पहल गरिनेछ।
६.५. सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गरिनेछ।
६.६. जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार/व्यवसायको प्रवर्धनको लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड दिइनेछ।
६.७. लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनको लागि जनता आवासको कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउन पहल गरिनेछ।
६.८. कृषि सहकारी सुदृढीकरण, एक पालिका - एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादित वस्तुको अन्तर पालिका व्यापार प्रवर्धनमा जोड दिइनेछ।
आदरणीय सल्यानी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरू,
सुन्दर र समृद्ध सल्यान निर्माण गर्ने अभियानमा तपाई हाम्रो साझा प्रयास र सहकार्य आवश्यक छ। यी प्रतिबद्धता हाम्रा प्रारम्भिक सङ्कल्प मात्र हुन्। तपाईं हाम्रो जिल्ला र गाउँघरको विकास एवम् समृद्धिका साझा एजेन्डामा केन्द्रित भएर परिणाममुखी काम गर्न तपाईंको अभिमत र हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ।
तपाईं हाम्रो साझा प्रतिबद्धता पूरा गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फ योग्य, क्षमतावान् युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ महिला नेता शारदा परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यस अभियानमा तपाईंहरूको ऐक्यबद्धतासहित चुनाव चिन्ह “तारा”मा मतदान गरि अत्यधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।
क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताउनुभयो। “रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,” उहाँले भन्नुभयो। संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो। जनतासँगको भेटघाटलाई उहाँले विजय उत्सवसँग तुलना गर्नुभयो। “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ,” उहाँले भन्नुभयो। उहाँले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो। चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उहाँले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गर्नुभयो। “मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,” उहाँले भन्नुभयो। आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गर्नुभयो। “यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ,” उहाँले उल्लेख गर्नुभयो। भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो।
प्रचण्डलाई सहिद परिवारको निर्वाचन सहयोग
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन्। मतदाता भेटघाटका लागि पुग्नु भएका प्रचण्डलाई सिस्ने-८, धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका हुन् । बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका छन्। रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गर्नुभयो । जनभेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक तर शक्तिशाली भएको बताउनुभयो । उहाँले सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउनु हुँदै सहिद र परिवारजनप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सहिद परिवारलाई सम्मान समेत गर्नुभयो।
१५५०१ सदस्यीय बाम बुद्धिजीवी–पेशाकर्मी निर्वाचन परिचालन समिति गठन, तारा चिन्ह बाहक उम्मेदवारहरूको विजय सुनिश्चित गर्ने लक्ष्य
काठमाडौं । आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तारा चिन्ह बाहक उम्मेदवारहरूको विजय सुनिश्चित गर्न १५५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन भएको छ। समितिको संयोजकत्वमा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ रहेका छन्। सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी नियुक्त भएका छन्। मूल समितिमा देशभरिका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघका प्रतिनिधि, इन्जिनियरिङ् एशोसिएशन र कानुन व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरू समावेश छन्। समितिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ५५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। सचिवालय संयोजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयोजकमा प्रेमलकुमार खनाल, सचिवमा कृष्ण केसी, र आर्थिक परिचालन संयोजकमा लक्ष्मी प्रसाद पण्डित रहेका छन्। सचिवालयका अन्य सदस्यहरूमा प्रा.डा. गोविन्द सुवेदी, समर नेपाल, सि. ढकाल, प्रा.डा. शिव शरण महर्जन, डा. वि.सी. शर्मा, डा. टी.पी. शर्मा, नीलकण्ठ तिवारी, कृष्णप्रसाद भण्डारी, एस. गुरुङ, एन. पोख्रेल, रामकुमार वान्तवा, एस.आर. उपाध्याय, सिताराम घले, चन्द्रबहादुर केसी, पुरुषोत्तम लामिछाने, कृष्णमान श्रेष्ठ, प्रभा बज्राचार्य, सुशील ढुङ्गाना, एन. खत्री, प्रदीप राई, शरणकुमार गुरुङ, सरिना गुरुङ, अर्जुन श्रेष्ठ, ओमनारायण श्रेष्ठ, मणिरत्न श्रेष्ठ, डी.एन. रावल, एम.भी. भट्ट, एल.ए. चौलागाईं, सी.आर. कार्की, एल.आर. लुंगेली, दिपेन्द्र खड्का, के.आर. जोशी, शंकर अधिकारी, रमेश रुपाखेती, पि.के. कुँवर, यादव खेरवार, हितमान बस्नेत, मंगल महर्जन, उमेश गौतम, आर.भी. गुरुङ, रमेश प्रसाद मैनाली, गोपाल श्रेष्ठ, दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी, गोपाल सिंह, डा. विष्णु हरि पण्डित, अन्जु शाह रहेका छन्। समितिले देशभरिका बुद्धिजीवी एवं पेशाकर्मीहरूलाई एक ऐतिहासिक अपील प्रकाशन गरेको छ। अपीलमा उल्लेख छ कि मुलुकमा युगान्तकारी परिवर्तन गर्दै गणतन्त्र, समावेशी लोकतन्त्र, शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा र रोजगारीका अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ। अपीलमा समाजवादी क्रान्ति मार्फत उत्पादन र रोजगारी बढाउने, नवउदारवादी अर्थनीति र गरिबी, बेरोजगारी, आय असमानता, आर्थिक शोषण रोक्ने प्रतिबद्धता व्यक्त गरिएको छ। समितिले १६४ निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरूको विजयका लागि शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी, कानुन व्यवसायी, पत्रकार लगायत बुद्धिजीवी र पेशाकर्मीहरूलाई सक्रिय सहभागी हुन अपील गरेको छ। यसैक्रममा, आगामी फाल्गुन ९ गते, शनिबार, दिउँसो १:३० बजे, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री तथा नेकपा संयाेजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डा. दीपेन्द्र बहादुर क्षेत्री, प्रा. खगेन्द्र प्रसाईं, डा. मिना पौडेल लगायतका वक्ताहरूले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम हुने भएको छ। समितिले काठमाडौं उपत्यकाका बुद्धिजीवी, पेशाकर्मी र पत्रकार महानुभावहरूको सक्रिय सहभागीताका लागि अनुरोध गरेको छ। १५५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन प्रेस विज्ञप्ति काठमाडौ मिति: २०८२/११/०६ गते नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरुलाई आगामी निर्वाचनमा बिजयी गराउन बामबुद्विजीवी एव चिनका लागि पूर्व राजदूत कमरेड विष्णु पुकार श्रेष्ठकाे संयाेजकत्वमा १५५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ। समितिकाे सहसंयाेजकमा कमरेड प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी रहनु भएको छ। मूल समितिमा बुद्धिजीवी ,प्राध्यापक ,शिक्षक,स्वास्थ्यकर्मी ,ट्रेड युनियन महासंघहरु, ईन्जिनियरिङ एशाेशिएशन, कानुन व्यवसायी संगठन का केन्द्र, प्रदेश ,जिल्ला , प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु रहेका छन। मूूल समितिकाे कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन भएको छ। सचिवालयकाे संयाेजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पण्डित र सदस्यहरु मा प्रा .डा, गाेविन्द सुवेदी ,समर नेपाल , सि. ढकाल , प्रा डा शिव शरण महर्जन , डा. विसि शर्मा , डा. टिपि शर्मा , नील कण्ठ तिवारी , कृष्णप्रसाद भण्डारी ,एस गुरुङ , एन पाेख्रेल ,रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ , प्रभा बज्राचार्य ,सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई , शरण कुमार गुरुङ , सरिना गुरुङ ,अर्जुन श्रेष्ठ , ओमनारायण श्रेष्ठ , मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट , एलए चौलागाईं ,सिआर कार्की , एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी , रमेश रुपाखेती,पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत,, मंगल महर्जन ,उमेश गौतम , आरवि गुरुङ , रमेश प्रसाद मैनाली , ,गाेपाल श्रेष्ठ , दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी , गाेपाल सिंह,डा. बिष्णु हरि पण्डित , अन्जु शाह रहनु भएको छ। बुद्धिजीवी मूल समितिले देश भरका बुद्धिजीवी एवं पेशाकर्मीहरुमा एक अपिल प्रकाशित गरेको छ। अपीलमा मुलुकमा युगान्तकारी परिवर्तन गरेर गणतन्त्र ,समावेशी लाेकतन्त्र, जनताका मौलिक हककाे रुपमा रहेको शिक्षा ,स्वास्थ्य ,सुरक्षित आवास,स्वच्छ खानेपानी ,खाध्यान्न, सामाजिक सुरक्षा,राेजगारीका अधिकार लाई संबैधानिक रुपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ। अव देशमा उत्पादन र राेजगारी बृद्वि गर्न समाजवादी क्रान्ति गर्न आवश्यक छ। नेपाली कम्युनिस्ट पार्टीले जनसमक्ष ल्याएको प्रतिबद्धता पत्रले राष्ट्र र जनताका अभिभारा पुरा गर्ने संकल्प गरेको छ। देशमा नवउदारवादी अर्थनीतिले गरिबी ,बेरोजगारी ,आय असमानता ,आर्थिक शाेषण गरेर देशको आर्थिक विकासलाई पछाडि धकेल्ने काम गरेको छ। अतः नेपाली कम्युनिस्ट पार्टीले अगाडि सारेको प्रतिबद्धता पत्रका आधारमा राष्ट्रियता स्वाधीनता ,र लाेकतन्त्रकाे सुदृढीकरण गर्दै मुलुकमा उत्पादन ,राेजगारी बृद्वि गरिफ समाजवादकाे आधार निर्माण गर्ने संकल्प गरेको हुदा १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरुलाई बिजयी गराउन हामी देश भरका शिक्षक,प्राध्यापक ,स्वास्थ्यकर्मी ,श्रमिक ,कर्मचारी ,कानुन व्यवसायी ,पत्रकार लगायतका बुद्धिजीवी एवं पेशाकर्मीहरु विच अपिल गर्दछौ भनी अपिलमा उल्लेख गरिएको छ। यस्तै मूल समितिले आगामी फाल्गुन ९ गते , शनिबार दिनकाे १.३० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल , डाक्टर दीपेन्द्र बहादुर क्षेत्री , डाक्टर प्रा खगेन्द्र प्रसाईं ,डा मिना पौडेल लगायतका बक्ताहरुले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा काठमाडौ उपत्यकाका समस्त बुद्धिजीवी ,पेशाकर्मीहरु र पत्रकार महानुभावहरुलाई सक्रिय सहभागीताका लागि समितिकाे तर्फबाट अनुराेध गर्दछौं । मिति : २०/११०६ गते विष्णु पुकार श्रेष्ठ संयाेजक प्रेमलकुमार खनाल सह संयाेजक वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समिति काठमाडौ
रुकुम पूर्वको उकाली–ओरालीमा प्रचण्डको 'सेकेन्ड इनिङ'
पूर्ण घर्ती गत माघ २९ गते दिउँसो ४ बजे, भूमे गाउँपालिका–१, लुगुम गाउँमा प्रवेश गरेपछि, कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो ७ दिने रुकुम पूर्व यात्रामा सक्रिय भए। काल्गुण १ गते, ३१ औँ महान् जनयुद्ध दिवसको अवसरमा शहीद तथा बेपत्ता योद्धाका परिवार, घाइते तथा सम्मानित योद्धासँग विशेष सम्वोधन गर्दै, प्रचण्ड दैनिक जन भेटघाटमा निरन्तर जुट्नुभयो। नेपाली राजनीतिको केन्द्रविन्दुमा झन्डै चार दशकदेखि उपस्थित प्रचण्डका लागि रुकुम पूर्वको यो यात्रा केवल चुनावी अभियान मात्र थिएन। यो यात्रा थियो—७० वर्षीय क्रान्तिकारी योद्धाले आफ्नै 'आधार इलाका' को माटोमा ऊर्जा सञ्चय गर्दै, पुनर्जीवन अनुभव गर्ने यात्रा। ३१ वटा वडा, ९६ घण्टाको घनिभूत संवाद, र प्रत्येक स्थानमा प्रत्यक्ष जनसंपर्कले स्पष्ट पार्दछ कि प्रचण्ड अझै पनि ‘मुभमेन्ट’मा विश्वास गर्छन्। १. उमेरलाई चुनौती दिने पदचाप जुन उमेरमा सामान्य मानिसहरू सक्रिय राजनीतिबाट विश्राम लिन्छन् र सामाजिक सुरक्षा भत्ता र नातिनातिनीको काखमा सीमित हुन्छन्, प्रचण्ड भने रुकुमका भिराला पाखाहरूमा जोसिलो गतिमा उक्लिएका भेटिए। धेरै स्थानमा त युवा कार्यकर्ताहरू पनि उहाँको हिँडाइको गति पछ्याउन कठिनाइ अनुभव गरिरहेका थिए। यो शारीरिक सक्रियता केवल चुनाव जित्ने रणनीति मात्र थिएन; यो प्रचण्डको जनताप्रतिको अगाध निष्ठा र बदलिँदो समयसँग आफूलाई पनि परिवर्तन गर्न चाहने उत्कट इच्छाको प्रतिविम्ब थियो। २. आँगनको सरकार र मनको संवाद प्रचण्डले रुकुमका दुर्गम बस्तीहरूमा पुगेर जनताका गुनासा मात्र सुन्नुभएन। उनीहरूसँगै नाचेर, उनीहरूसँगै बसेर मकैको रोटी र स्थानीय खाजा खाएर, आफूलाई ‘जनताकै मान्छे’को रूपमा पुन: स्थापित गर्नुभयो। सत्ताको सिंहासन र सिंहदरबारभित्र हराउने नेताहरूका लागि यो एउटा महत्वपूर्ण पाठ हो। जनताको आँगनमा पुगेर, उनीहरूको हात समातेर, उनीहरूसँग खुट्टा मिलाएर हिँड्नु, नेताको दूरी जनतासँग शून्यमा झार्ने अनुभव प्रदान गर्छ। ३. गुनासोको घाउमा समृद्धिको मलम जनतासँगको संवादको क्रममा कतिपय स्थानमा आक्रोश र गुनासो पनि प्रकट भए। तर, प्रचण्डले ती गुनासोलाई धैर्यपूर्वक सुनेर समृद्धिको स्पष्ट योजना प्रस्तुत गर्नुभयो। यसले निरासालाई आशामा परिवर्तन गर्ने काम गर्यो। विशेषगरी: डिजिटल रुकुम: आईटी पार्क र प्रविधिको प्रयोगमार्फत युवा पलायन रोक्ने योजना। औद्योगिक क्रान्ति: खानी, जडीबुटी प्रशोधन, र जलविद्युत मार्फत 'गाउँमै रोजगारी' सुनिश्चित। सांस्कृतिक गौरव: स्थानीय पहिचान र पर्यटनको विश्वव्यापी ब्रान्डिङ। ४. "चुनवाङ स्पिरिट" को आधुनिक संस्करण यो रुकुम दौडाहले सन् २००५ को ऐतिहासिक ‘चुनवाङ बैठक’ को झझल्को दिन्छ। त्यतिबेला राजनीति परिवर्तनको संकल्प थियो, अहिले रुकुमको अवस्था सुधार्ने संकल्प छ। जनताको उपस्थितिले प्रचण्डलाई उत्साहित बनायो मात्र होइन, उहाँमाथि जिम्मेवारीको भार पनि थपेको छ। रुकुमेली जनताले देखाएको यो अभूतपूर्व विश्वास अब भाषणमा मात्र नभई विकासका आयोजना र युवाको हातमा मिल्ने रोजगारीमा परिणत हुनुपर्छ। निष्कर्ष: इतिहास र भविष्यको संगम प्रचण्डको सक्रियता र रुकुमको प्रत्यक्ष अन्तरक्रियाले नेपाली राजनीतिमा नयाँ मानक स्थापित गरेको छ। उमेर केवल संख्या हो-यदि लक्ष्य स्पष्ट छ र जनतासँगको सम्बन्ध गहिरो छ भने जस्तोसुकै कठिन भूगोल पनि चुनौतीपूर्ण हुँदैन। अब रुकुमले प्रचण्डबाट केवल सांसद वा नेता मात्र खोजेको छैन। रुकुमले खोजेको छ—‘प्रविधि र प्रकृतिलाई जोडेर आफ्नै माटोमा स्वाभिमानी जीवन जिउन सक्ने नमुना रुकुम’। यो ७ दिने दौडधुपले जगाएको आशाको दियो अब समृद्धिको उज्यालो बनेर प्रत्येक रुकुमेलीको घरदैलोमा पुग्नुपर्छ। त्यसका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचकुने तारा चिन्हमा मतदान गरेर बहुमतले विजयी बनाउने दिन मात्र १३ दिन बाँकी छ।
उदयपुर–२ मा नेकपाको आक्रमण चुनावी प्रचार: उम्मेदवार राई र प्रभावशाली नेता खतिवडा एकसाथ सक्रिय
उदयपुर–२ मा नेकपाको आक्रमण चुनावी प्रचार: उम्मेदवार राई र प्रभावशाली नेता खतिवडा एकसाथ सक्रिय उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ उदयपुरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो आक्रमणकारी चुनावी अभियान जारी राखेको छ। पार्टीका उम्मेदवार सुरेशकुमार राई हिमाल र केन्द्रीय सदस्य जगनाथ खतिवडा यस निर्वाचनमा जनतासँग प्रत्यक्ष सम्पर्क गर्दै अभियानको नेतृत्व गर्दैछन् । उम्मेदवार राईले कटारीमा आयोजित पत्रकार सम्मेलनमा विगतमा निर्वाचित प्रतिनिधिहरू निरीह भएको गुनासोलाई अब अन्त्य गर्ने दाबी गर्दै भने, “हामी जनताको सेवक भएर काम गर्नेछौँ। फागुन २१ पछि आउने मत परिणामलाई स्पष्ट विजयमा परिणत गर्नु हाम्रो मुख्य लक्ष्य हो।” उनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार परिचालन, केन्द्रीय समितिदेखि स्थानीय तहसम्म नेताहरूको सक्रिय भूमिका, र निर्वाचन क्षेत्रभित्रको जिम्मेवारीबारे विस्तृत जानकारी दिएका छन्। राईले उदयपुर–२ का सबै पालिका र वडामा पार्टीको बलियो उपस्थिति रहेको र वामपन्थी शक्तिहरूको ऐतिहासिक एकता अबको विकास र समृद्धिको मुख्य बाटो भएको बताए। उनले जनताको संशय र अन्यौलतालाई सम्बोधन गर्दै आगामी सरकार जनताको सेवक भएर राष्ट्रिय नीति र योजनाहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता दोहोर्याए। पत्रकार सम्मेलनमा राईले पार्टीको मुख्य राजनीतिक एजेन्डा पनि सार्वजनिक गरे, जसमा संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र अखण्डताको सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रण, समाजवादको स्थापनाका लागि बलियो सरकार गठन, संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउने, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने योजना प्रमुख छन्। त्यसैगरी, नेकपा केन्द्रीय सदस्य जगनाथ खतिवडाले वर्तमान राजनीतिक अस्थिरता र आर्थिक संकटको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीलाई 'राष्ट्रिय शक्ति'को रूपमा स्थापित गर्न चुनावी मैदानमा उत्रिएको बताए। उनले वामपन्थी शक्तिहरूको एकता र सुदृढ नेतृत्वको आवश्यकतामा जोड दिँदै भने, “देश विषम परिस्थितिमा छ। यस्तो बेला राष्ट्रिय शक्तिको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै नयाँ सोचका साथ जनताको माझ आएका छौँ।” खतिवडाले वर्तमान नेपाली राजनीतिमा चार प्रवृत्तिहरू सक्रिय रहेको औंल्याउँदै नेकपालाई प्रगतिशील र क्रान्तिकारी शक्ति भनेर चिनाए। यथास्थितिवादी शक्ति नेपाली कांग्रेस र नेकपा एमाले, लोकप्रियतावादी शक्ति विचारविहीन भीड, र पुनरुत्थानवादी शक्ति राजतन्त्र फर्काउन चाहने तत्वहरू रहेको बताए। उनले पार्टीका मुख्य एजेन्डामा संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, भ्रष्टाचार र कुशासन अन्त्य, तथा समाजवाद उन्मुख आर्थिक–सामाजिक विकास रहेको पनि स्पष्ट पारे। पत्रकार सम्मेलनमा नेकपा नेताहरू मोहनबहादुर खत्री, जगनाथ खतिवडा, समानुपातिक उम्मेदवार विनोद कटुवाल दिवस र नेता केपी बराल लगायतको उपस्थित रहेको थियो। पार्टीले अबको बाँकी चुनावी अभियानमा सम्पूर्ण शक्ति परिचालन गर्दै ‘तारा’ चिन्हको सुनिश्चितताका लागि जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाएको छ। राईले पुन थप्दै भने, “जनताको समस्या र गुनासोलाई केवल हाम्रो पार्टीको नेतृत्व र जनप्रतिनिधिहरूले मात्र सही ढंगले सम्बोधन गर्न सक्छ। यही आत्मविश्वासका साथ हामी आम मतदातासम्म पुगिरहेका छौँ।”
मुलुकको संकट समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीको विकल्प छैन: खतिवडा
उदयपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेता जगनाथ खतिवडाले वर्तमान राजनीतिक अस्थिरता र आर्थिक संकटको समाधानका लागि आफ्नो पार्टीलाई 'राष्ट्रिय शक्ति'को रूपमा स्थापित गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन् । नेकपा उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका नेताले देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान रक्षाका लागि वामपन्थी शक्तिहरूको एकता र सुदृढ नेतृत्व आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा बोल्दै नेताले वर्तमान निर्वाचन स्वाभाविक गतिबाट नभई संविधानका धाराहरूको अपव्याख्या र 'कामचलाउ आवश्यकताको सिद्धान्त' अनुसार हुन लागेको टिप्पणी गरे । "देश विषम परिस्थितिमा छ । यस्तो बेला राष्ट्रिय शक्तिको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई एकीकृत र विस्तारित गर्दै हामी नयाँ सोचका साथ जनताको माझ आएका छौँ," उनले भने । पार्टीले 'तारा' चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरहेको र यसले विजय हासिल गर्ने दाबी समेत उनले गरे । खतिवडाले पार्टीले वर्तमान नेपाली राजनीतिमा चार मुख्य प्रवृत्तिहरू सक्रिय रहेको औंल्याएको बातए । उनले भने- प्रगतिशील र क्रान्तिकारी शक्ति: नेपाल कम्युनिस्ट पार्टी, जसले समाजवादको आधार निर्माण गर्ने लक्ष्य राखेको छ । दाेस्राे यथास्थितिवादी शक्ति: नेपाली कांग्रेस र नेकपा एमाले, जसले पुरानै ढर्रालाई कायम राख्न खोजेका छन् । तेस्राे लोकप्रियतावादी (पपुलिष्ट) शक्ति: विचार र सिद्धान्तविहीन भीडको भरमा असन्तोषको खेती गर्ने शक्ति । र चाैथाेमा पुनरुत्थानवादी शक्ति: राजतन्त्र फर्काउन चाहने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोज्ने प्रतिगामी तत्वहरू । उनले नेकपाका मुख्य एजेण्डाहरूमा संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार रहेकाे पनि बताए । भ्रष्टाचार, कुशासन र आर्थिक असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख आर्थिक-सामाजिक प्रणालीको विकास गर्ने नेकपाकाे लक्ष्य रहेकाे बताए । नेताले सञ्चारकर्मीहरूसँग आग्रह गर्दै भने, "मुलुकको स्थिरता, शान्ति र विकासका लागि नेपाल कम्युनिस्ट पार्टीको पक्षमा कलम चलाइदिनुस् । हामीले उठाएका एजेण्डाहरू नै जनताको जीवनस्तर परिवर्तन गर्ने वास्तविक आधार हुन् ।" पार्टीले अबको बाँकी चुनावी अभियानमा सम्पूर्ण शक्ति परिचालन गर्ने र 'तारा' चिन्हको सुनिश्चितताका लागि जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता समेत जनाएको छ ।
विगतमा निर्वाचित प्रतिनिधिहरू निरीह भएका थिए भन्ने गुनासोलाई अब अन्त्य गर्नेछौं: उम्मेदवार राई
उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-२ उदयपुरका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशकुमार राई हिमालले विगतमा निर्वाचित प्रतिनिधिहरू निरीह भएका थिए भन्ने गुनासोलाई अब अन्त्य गर्ने बताएका छन् । उनले कटारीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीको स्पष्ट विजयको दाबी गर्दै भने, “विगतमा निर्वाचित प्रतिनिधिहरू निरीह भएका थिए भन्ने गुनासोलाई अब अन्त्य गर्नेछौं । हामी जनताको सेवक भएर काम गर्नेछौँ ।” राईले पार्टीको निर्वाचन तयारी र अभियानबारे विस्तृत जानकारी दिँदै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार परिचालन, केन्द्रीय समितिदेखि स्थानीय तहसम्मका नेताहरूको सक्रिय भूमिका र आ–आफ्नो क्षेत्रको जिम्मेवारीबारे चर्चा गरे । उनले भने, “हाम्रो मुख्य लक्ष्य फागुन २१ पछि आउने मत परिणामलाई स्पष्ट विजयमा परिणत गर्नु हो। हामी देशव्यापी र स्थानीय तहसम्मको संगठनात्मक तयारी पूरा गरी निर्वाचन मैदानमा खटिएका छौँ।” उनले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का सबै पालिका र वडामा पार्टीको उपस्थिति बलियो रहेको दाबी गर्दै वामपन्थी शक्तिहरूको ऐतिहासिक एकतालाई बलियो एजेन्डा भएको स्पष्ट पारे । “२२–२४ वटा साना र ठूला कम्युनिष्ट घटकहरूको एकता अबको विकास र समृद्धिको लागि एउटै बलियो बाटो तयार गरेको छ,” उनले भने । हिमालले जनतामा देखिएको संशय र अन्यौलताबारे पनि प्रतिक्रिया दिँदै भने, “के निर्वाचनपछि प्रतिनिधिहरू फेरि निरीह हुने त होइनन्?” भन्ने प्रश्नलाई सम्बोधन गर्दै हामीले जनतामा विश्वास जगाउने काम गरिरहेका छौँ। आगामी सरकार जनताको सेवक भएर राष्ट्रिय नीति र योजनाहरू कार्यान्वयनमा ल्याउने प्रतिवद्धता दोहोर्याए। पत्रकार सम्मेलनमा उनले पार्टीका प्रमुख राजनीतिक एजेन्डा पनि सार्वजनिक गरे, जसमा संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र अखण्डताको सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रण, समाजवादको स्थापनाका लागि बलियो सरकार गठन, संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउने, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने योजनाहरू मुख्य छन्। हिमालले निष्कर्षमा भने, “जनताको समस्या र गुनासोलाई केवल हाम्रो पार्टीको नेतृत्व र जनप्रतिनिधिहरूले मात्र सही ढंगले सम्बोधन गर्न सक्छ। यही आत्मविश्वासका साथ हामी आम मतदातासम्म पुगिरहेका छौँ।” पत्रकार सम्मेलनमा नेकपा नेता जगनाथ खतिवडा, माेहनबहादुर खत्री समानुपातिक उम्मेदवार विनाेद कटुवाल दिवस लगायतकाे उपस्थित रहेकाे थियाे ।
नुवाकोट–१ मा नेकपाको चुनावी लहर: हितबहादुर तामाङको पक्षमा व्यापक जनसमर्थन जुट्दै
नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल उत्कर्षमा पुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठित र सशक्त ढंगले अभियान अघि बढाउँदै क्षेत्रका ४५ वटै वडामा एकैसाथ व्यापक घरदैलो तथा जनभेटघाट अभियान सञ्चालन गरेपछि उम्मेदवार हितबहादुर तामाङको पक्षमा जनसमर्थन तीव्र रूपमा बढ्दै गएको देखिएको छ। बिहानैदेखि ‘तारा’ चुनाव चिह्न अंकित झण्डा र सामग्रीसहित हजारौँ नेता–कार्यकर्ता तथा समर्थकहरू घरदैलोमा पुगेपछि गाउँ–नगरका बस्तीहरू चुनावी उत्साहले भरिएका छन्। स्थानीयहरू स्वस्फूर्त रूपमा स्वागतमा उत्रिएका छन् भने मतदाताहरूले खुला रूपमा समर्थन जनाउन थालेका छन्। दुप्चेश्वरबाट अभियानको नेतृत्व गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार तामाङले मतदातासँग आत्मीय संवाद गर्दै विगतका उपलब्धि र आगामी कार्ययोजनाबारे स्पष्ट धारणा राख्ने गरेका छन् । “हामीले सधैं विधि, नीति र अनुशासनलाई प्राथमिकता दिएका छौँ । अब विकासलाई अझ तीव्र र दिगो बनाउने जिम्मेवारी तपाईँहरूसँगै मिलेर पूरा गर्नेछौँ,” उनले भने, “नुवाकोट–१ लाई समृद्ध र आत्मनिर्भर क्षेत्र बनाउने हाम्रो लक्ष्य हो।” तामाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सभ्य र मर्यादित ढंगले प्रचार अघि बढाइएको उल्लेख गरे । उनले विकास, सुशासन र जनसेवाको एजेन्डालाई केन्द्रमा राखेर जनमत मागेका छन् । बागमती प्रदेश सभा सदस्य राधिका तामाङको सक्रिय समन्वयमा सातै पालिकाका ४५ वटै वडामा योजना अनुसार टोली परिचालन गरिएको छ । प्रत्येक वडामा स्थानीय कमिटी, युवा दस्ताहरू र स्वयंसेवकहरू परिचालित भएपछि अभियानले तीव्रता लिएको छ। घरदैलोका क्रममा स्थानीय समस्याहरू—सडक विस्तार, कृषिको आधुनिकीकरण, सिँचाइ, स्वास्थ्य सेवा सुधार र रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको छ। मतदाताहरूले विगत कार्यकालमा भएका पूर्वाधार विकासलाई सकारात्मक रूपमा स्मरण गर्दै निरन्तरताको अपेक्षा व्यक्त गरेका छन् । समग्रमा, नुवाकोट–१ मा नेकपाको चुनावी अभियान केवल प्रचार मात्र नभई जनताको प्रत्यक्ष सहभागिता र भरोसाको अभिव्यक्तिका रूपमा विकसित हुँदै गएको देखिन्छ ।
काभ्रेपलाञ्चोक-१ मा निर्वाचन केन्द्रित सक्रियता बढाउँदै दिननाथ गौतम: महाभारतमा अगुवा कार्यकर्ता भेला सम्पन्न
काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतमले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं–१ लाई आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण समाजतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महाभारत गाउँपालिका–६ देविटारमा आयोजित महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै गौतमले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउने स्पष्ट पारे । उनले कृषि, पर्यटन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक रूपान्तरण सम्भव रहेको उल्लेख गरे । “जनताको साथ भए कुनै लक्ष्य असम्भव हुँदैन,” भन्दै गौतमले योजना निर्माण र कार्यान्वयनमा जनसहभागिता तथा निगरानी सुनिश्चित गरिने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता दोहोर्याए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले पार्टी संगठनलाई जनस्तरसँग अझ मजबुत रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीति सत्तामुखी नभई जनजीवन परिवर्तनमुखी हुनुपर्ने धारणा राखे । स्थानीय उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जनअधिकार केन्द्रित राजनीतिक अभ्यासमा जोड दिँदै उनले उम्मेदवार गौतमलाई विजयी बनाउन एकताबद्ध रूपमा लाग्न कार्यकर्तालाई आह्वान गरे । समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रिनले पनि समावेशी विकास र समानताको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन । भेलामा पार्टी संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा जनतासँगको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल भएको थियो। आ
दोलखामा नेकपाको चुनावी लहर : घर–घरमा उम्मेदवार, विकासको एजेण्डा अघि सार्दै मत माग्दै
दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्र बनाउँदै जिल्लाभर चुनावी माहोल तातेको छ। पार्टीका उम्मेदवार र नेताहरू यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। यसैक्रममा नेकपाले मेलुङ गाउँपालिका–१ पवटीमा वडास्तरीय चुनावी सभा सम्पन्न गरेको छ। मेलुङ–१ वडास्तरीय निर्वाचन परिचालन समितिको आयोजनामा भएको सभामा उल्लेख्य जनसहभागिता देखिएको थियो। सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार विशाल खड्का र समानुपातिक उम्मेदवार महेन्द्रबहादुर कार्कीले दोलखाको समग्र विकासलाई आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पार्दै आफूहरूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे। उनीहरूले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि आधुनिकीकरणलाई अभियानका मुख्य एजेण्डा बनाइएको बताए। समितिका संयोजक प्रेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा नेकपाका केन्द्रीय नेता गंगा कार्की, बागमती प्रदेश कमिटी अध्यक्ष तथा जिल्लास्तरीय निर्वाचन परिचालन समितिका संयोजक भीमप्रसाद दाहाल, सहसंयोजक भरत दुलाल लगायत शंकर लामा, बद्री चौँलागाईँ, रविन्द्र कार्की, चुनु केसी र दिनेश उप्रेतीले सम्बोधन गर्दै नेकपाको पक्षमा जनमत निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। यसअघि नेकपाले सोमबार जिरी र मंगलबार शैलुङ गाउँपालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ। सभा मात्र होइन, घरदैलो तथा मतदाता भेटघाट अभियानलाई पनि सँगसँगै तीव्र बनाइएको पार्टीले जनाएको छ। नेकपा दोलखाका अनुसार भोलिदेखि गौरीशंकर गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरिनेछ। चुनाव नजिकिँदै जाँदा नेकपाले जिल्लाभर संगठनात्मक सक्रियता बढाउँदै मतदाताको घर–घरमा पुग्ने रणनीति अघि सारेको छ।
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको खाता–सम्पत्ति रोक्का
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर तथा चल–अचल सम्पत्ति रोक्का गरेको छ। बचतकर्ताको रकम फिर्ता गराउन ऋण असुली प्रक्रिया तीव्र पार्ने उद्देश्यले यस्तो कदम चालिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार रोक्का गरिएका सम्पत्ति जफत गरेर बचतकर्तालाई रकम फिर्ता गर्ने प्रयास भइरहेको छ। तर हाल उपलब्ध सम्पत्तिबाट सबै बचत रकम फिर्ता गर्न पर्याप्त नहुने प्रारम्भिक संकेत देखिएको छ। सरकारद्वारा समस्याग्रस्त घोषित अधिकांश सहकारीको पुँजी कमजोर र असुली हुन नसक्ने कर्जा अत्यधिक भएकाले पूर्ण भुक्तानी कठिन देखिएको छ। समिति गठनपछि हालसम्म २३ सहकारी संस्था व्यवस्थापन जिम्मेवारीमा आएकोमा तीनवटाको मात्रै हिसाबकिताब राफसाफ भएको छ। बाँकी २० सहकारीमा सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया जारी रहेको जनाइएको छ। ७४ हजार ३ सय ७ बचतकर्ताबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ मागदाबी परेकोमा हालसम्म ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ मात्रै फिर्ता तथा मिलान भएको कार्यालयले जनाएको छ। अचल सम्पत्ति मूल्यांकन, कानुनी प्रक्रिया र मौद्रिक कारोबारमार्फत रकम प्राप्ति प्रक्रिया अत्यन्तै प्रक्रियामुखी भएकाले ऋण असुली प्रभावकारी बनाउन चुनौती देखिएको छ। यसका कारण बचतकर्ताको रकम फिर्ता र हिसाब मिलानमा अझै समय लाग्ने अधिकारीहरूको भनाइ छ। दक्ष र अनुभवी जनशक्ति अभाव, कर्मचारीको छिटो सरुवा तथा आवश्यक सूचना हस्तान्तरण नहुनुले काम ढिलो भइरहेको जनाइएको छ। त्यससँगै अभिलेख अपूर्ण वा लुकाइएको, हिसाब नमिलेको, ऋणीले तिरेको दाबी गरे पनि प्रणालीमा अद्यावधिक नभएको, गलत सूचना र अफवाह फैलाइएको जस्ता समस्याले प्रक्रिया थप जटिल बनेको छ। धेरै सहकारीले आफ्नै सूचना प्रणाली प्रयोग गरी कारोबार गरेको पाइएको छ। यसका कारण सञ्चालकहरूले विवरण परिवर्तन वा लुकाउने सम्भावना रहेको कार्यालयको भनाइ छ। कारोबार विवरण यकिन गर्न कठिन हुँदा बचत फिर्ता प्रक्रिया प्रभावित भएको छ। रकम हिनामिना र गलत कर्जा प्रवाह प्रमाणित भएका संस्थामा कानुनी जटिलता थपिँदा पीडितले तत्काल राहत पाउने सम्भावना कमजोर देखिएको छ। सरोकारवालाबीच समन्वय अभाव, स्वार्थ समूहको दबाब र गलत सूचना प्रवाहले समस्या थप गम्भीर बनेको समितिको निष्कर्ष छ। सम्पत्ति जफत प्रक्रिया सुरु भए पनि सहकारी संकटको समाधान तत्काल सम्भव नदेखिएको जनाउँदै कार्यालयले बचत फिर्ता लामो कानुनी र प्रशासनिक प्रक्रियामा निर्भर रहने स्पष्ट पारेको छ।
प्रजातान्त्रिक यात्राको स्मरणमा आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । २००७ साल फागुन ७ गते निरङ्कुश राणा शासन अन्त्यसँगै प्रारम्भ भएको प्रजातान्त्रिक यात्राको स्मरणमा आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। तीन महिनाको भारत निर्वासनपछि स्वदेश फर्किएका तत्कालीन राजा त्रिभुवन शाहले शाही घोषणामार्फत जननिर्वाचित वैधानिक सभाबाट शासन सञ्चालन हुने प्रतिबद्धता जनाउँदै नयाँ युगको सुरुवात गरेका थिए । प्रजातन्त्र स्थापनाको त्यो ऐतिहासिक क्षणमा बिपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंहलगायतका नेता तथा तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबरासमेत सहभागी थिए । यद्यपि त्यसपछिका दशकहरूमा प्रजातान्त्रिक अभ्यास अवरुद्ध र पुनर्स्थापित हुँदै अघि बढ्यो । २०१७ र २०५९ सालका ‘कू’पछि पनि जनआन्दोलनले लोकतन्त्र पुनःस्थापित गर्यो र अन्ततः २०६५ मा गणतन्त्रात्मक व्यवस्थाको औपचारिक अभ्यास सुरु भयो । वि.सं. १९९७ मा दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले दिएको बलिदानले सुरु गरेको जनसंघर्षले नै २००७ सालको परिवर्तन सम्भव बनाएको थियो । तिनै सहिदको त्यागले नागरिकमा स्वाभिमान, स्वतन्त्रता र अधिकारप्रतिको चेतना जगाएको इतिहास आज पनि स्मरणीय छ । अहिले देश लाेकतान्त्रिक गणन्त्र नेपाल बनेकाे छ । लोकतन्त्रले नागरिकलाई बोल्ने, संगठित हुने र राज्य सञ्चालनमा सहभागी हुने अधिकार दिएको छ । तर यसको सार्थकता सुशासन, जवाफदेहिता र जनविश्वास सुदृढ पार्ने अभ्यासमा निर्भर नभएकाे देखिन्छ । प्रजातन्त्र दिवसले निरङ्कुशताको चङ्गुलबाट मुक्त भएको ऐतिहासिक क्षण मात्र सम्झाउँदैन, आगामी पुस्ताका लागि उत्तरदायी राजनीतिक अभ्यासको प्रेरणा दिन जरुरी छ । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि सचेत नागरिक सहभागिता नै आजको मुख्य सन्देश बनेको छ ।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ । निर्वाचन आयोगले जारी गरेको उक्त कार्यविधिअनुसार कुनै व्यक्तिको नाम छुटेको वा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु
चितवन । यहाँको भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’को काम सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए । हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए । यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । “अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ”, उनले भने ।
माैसम पूर्वानुमान: आज वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ ।

