गैरआवासीय तथा प्रवासी नेपालीको हक–अधिकार र लगानी प्रवर्द्धनमा नेकपा प्रतिबद्ध
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जारी गरेको प्रतिबद्धता पत्रमा गैरआवासीय तथा वासी नेपालीहरूको ज्ञान, सीप, पूँजी, अनुभव र योगदानलाई राष्ट्रिय विकासमा उपयोग गर्न नीतिगत रुपमा प्रतिबद्ध रहेकाे बताएकाे छ ।
सरकारी स्रोतका अनुसार, वासी नेपाली नागरिकको सामाजिक सुरक्षा लगायतका अधिकार सुनिश्चित गर्न विशेष पहल गरिने जनाएकाे छ । गैरआवासीय नेपालीमार्फत देशमा लगानी भित्र्याउन संघीय सरकारले विशेष योजना बनाउने तयारीमा रहेको पनि उल्लेख प्रतिबद्धता पत्रमा छ ।
त्यस्तै, गैरआवासीय नेपाली नागरिकलाई थप अधिकार प्रदान गर्न आवश्यक कानुन बनाउने पनि सरकारले जनाएको छ । वासी कामदारका लागि सामाजिक सुरक्षाको व्यवस्थापन गरी समयसापेक्ष लाभ सुनिश्चित गरिनेछ ।
नेकपाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हक, सुरक्षा र सामाजिक सुरक्षाको पूर्ण व्यवस्था गर्ने पनि सरकारी प्राथमिकतामा रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेकाे छ ।
नेकपाकाे सरकार बनेपछि यो पहलले नेपाली कामदार र गैरआवासीय नागरिक दुवैको हक–अधिकार सुदृढ पार्दै देशभित्रको लगानी वातावरणलाई समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त प्रतिबद्धता पत्रमा गरेकाे छ ।
टिपरको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ । प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
"विकास प्रतिवद्धतामा: रुपन्देही २ का मतदाताको भरोसा विश्वदीपमा"
लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने र सार्वजनिक विद्यालयहरुमा निःशुुल्क बसको व्यवस्था गरिने काठमाडौँ । रुपन्देही क्षेत्र नंं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे(शुुभाष)प्रतिको जनलहर बढ्दै गइरहेको छ । युवा पुुस्ता, राष्ट्रिय राजनीतिमा योगदान गरेको व्यक्तित्व तथा जिल्लाको विकास निर्माणको काममा विगतदेखि नै योगदान दिएको आधारले उनीप्रति रुपन्देही २ का मतदाता विश्वस्त र आशावादी देखिएका छन् । उनले स्थानीय स्तरमा गरेको प्रतिबद्धताहरुले पनि उनलाई अन्य उम्मेदवारभन्दा बलियो बनाएको छ । शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले आफ्नो प्रतिबद्धता गरिरहेका छन् । सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था गर्ने प्रतिबद्धता पाण्डेले बुटवल बहुमुखी क्याम्पसको विज्ञान संस्थानमा स्नातकोत्तर तह, एम्. फिल्, एवम् पिएचडी सञ्चालन गर्दै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले दलीय भागबण्डाको अन्त्य गर्न पहल गर्ने, साथै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने बताएका छन् । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयलाई समय सापेक्ष विकास र व्यवस्थित गर्ने तथा बि.टी.आई. लाई इन्जिनियरिङ क्याम्पसको रूपमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, बुटवलको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन, सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था, सडक बालबालिका, बेसहारा, अनाथ, अल्पसङ्ख्यक, सिमान्तकृत एवं अति विपन्न परिवारका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न पूर्ण आवासीय विद्यालय सञ्चालन गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने पाण्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको रूपमा विकास गर्दै क्यान्सर उपचारको सेवा थप गर्ने बताइएको छ । साथै बिरामी कुरुवाहरूको आवास गृहको व्यवस्था गर्ने र विपन्नहरुलाई उपचारका लागि विशेष कोषको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति गर्ने, प्रत्येक वडामा चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिष्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने, जटिल स्वास्थ्य समस्या मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, दम, क्षयरोग, एच।आइ।भि। एड्स, महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर तथा पुरुषहरूको प्रोस्टेट जस्ता जटिल तथा दीर्घकालीन प्रकृतिका रोगहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । बुटवलमा रहेको कृषि संकलन केन्द्रलाई आधुनिक र व्यवस्थित बनाइने पाण्डेले जानकारी दिएका छन् । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रुकुम, रोल्पा र स्याङ्जासम्मका ग्रामीण कृषि उपजको छुट्टै ुकृषि अर्गानिक स्टोर स्थापना गर्ने बताइएको छ । बुटवल बहुमुखी क्याम्पसले भोगचलन गरेको जग्गाको स्वामित्व क्याम्पसको नाममा गराउन पहल गर्ने तथा बुटवलको जवईमा राष्ट्रिय स्तरको उजिरसिंह रङ्गशाला निर्माण गर्ने, पहेंलीभित्ता खेलमैदानमा कवर्ड हल निर्माण गर्ने, देवीनगरको एन्फा टेक्निकल सेन्टरलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । धुलोमुक्त आधुनिक सडक सञ्जाल बनाइने पाण्डेले सबै ठाउँमा हिलो र धुलोमुक्त आधुनिक र सुरक्षित सडक सञ्जाल बनाउने प्रतिबद्धता गरेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र स्वामित्व कायम हुने गरी लालपूर्जाको व्यवस्था मिलाउन पहल गर्ने, सुविधा सम्पन्न आधुनिक बसपार्क, स्मार्ट पार्किङ, स्वचालित भर्टिकल पार्किङ, सार्वजनिक र घुम्ती शौचालय स्थापना गर्ने लगायतका उनका योजना छन् । सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदी लगायतका यस क्षेत्रमा पर्ने अन्य नदीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने, झुम्सा खानेपानी योजना तथा तिनाउ नदीको पानीको पूर्ण प्रशोधन गर्ने लगायतका विविध योजना उनले अघि सारेका छन् । पार्टी सत्ता र राज्यसत्ताको शीर्ष तहमा बसेर काम गरिसकेको अनुभव नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य रहेका पाण्डे तत्कालिन नेकपा(माओवादी)का नेता भक्तिप्रसाद पाण्डे(चाचा)का छोरा हुन् । उनी आफ्नो बुुबासँगै बाल्यकालमै दशवर्षे जनयुद्धमा होमिएका थिए । माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी र दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले माओवादी शीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गरेका विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय संचिव र सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) को पछिल्लो प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिका समेत निभाएका थिए । पार्टी सत्ता र राज्यसत्ताको केन्द्रमा रहेर काम गरिसकेका पाण्डे प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा रुपन्देही २ ले बिकासको बिकासमा कायापलट हुने अपेक्षा गरिएको छ ।
प्रताप गुरुङ घर–घर पुग्दै चितवन–२ मा जनताको विश्वास जित्ने अभियानमा
चितवन । प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङले आफ्ना निर्वाचन क्षेत्रका घर–घरमा पुगेर जनता भेट्ने अभियान तीव्र बनाएका छन्। गुरुङले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याहरू सुनेर समाधानका उपायहरू प्रस्तुत गर्नुभएको छ। उहाँले शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ र रोजगारीजस्ता आधारभूत क्षेत्रमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। चुनावी कार्यक्रममा उपस्थित भएका स्थानीय बासिन्दाहरूले गुरुङको पहुँचशीलता र जनमुखी दृष्टिकोणको प्रशंसा गरेका छन्। प्रताप गुरुङले जनताका सुझावलाई आफ्नो अभियानको केन्द्रमा राख्दै घर–घर पुग्ने अभियानलाई निरन्तरता दिने बताउनुभएको छ। यस प्रकारको प्रत्यक्ष सम्पर्कले उहाँ र स्थानीय जनता बीच विश्वास र समझदारी बढाएको बताइन्छ। पार्टीका कार्यकर्ताहरूले पनि घरदैलो भ्रमणमा सक्रिय सहभागिता जनाउँदै अभियानलाई प्रभावकारी बनाएका छन्। गुरुङको यो घर–घर अभियानले मतदातामा सकारात्मक सन्देश पुर्याएको छ र आगामी निर्वाचनमा जनताको विश्वास जित्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। सम्पूर्ण अभियान शान्तिपूर्ण र अनुशासित तरिकाले सम्पन्न भइरहेको छ।
सिन्धुपाल्चोकलाई पर्यटनको हब बनाउने माधव सापकोटाको योजना
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार माधव सापकोटा(सुुबोध)ले सिन्धुुपाल्चोक जिल्लालाई पर्यटनको हब बनाउने योजनासहित चुनाबी मैदानमा छन् । उनले आगामी २ वर्षभित्र काठमाडौंबाट एकै दिनमा जुगल हिमालको फेदीसम्म पुुग्नेगरी सडक र पूर्वाधारको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले जुगल हिमाल, सुकुटे, तातोपानी र भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबका रूपमा विकास गर्न, होमस्टे, एड्भेन्चर र इकोटुरिजम प्रवद्र्धनका लागि युवालाई तालिम तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समन्वय गर्ने पनि प्रतिबद्धता गरेका छन् । सापकोटाले धार्मिक तथा कृषि पर्यटन प्रवद्र्धनको योजना समेत अघि सारेका छन् । त्रिपुरासुन्दरीमा धार्मिक पर्यटन, लिसंखुमा कृषि तथा पर्यापर्यटन प्रवद्र्धन, दुगुनागढी, लिस्तीमाई, ॐ पार्क, बाह्रबिसेहुँदै कालिञ्चोकसम्मको मार्ग विस्तार र विकासका लागि पहलकदमी लिने बताएका छन् । हाइ अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुटः धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई जोड दिँदै पाँचपोखरीदेखि तातोपानीसम्म हाइ अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुट विकास पनि उनको योजना छ । सापकोटाले पर्यटन तथा सूचना प्रविधि क्षेत्रबाट पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित काम गर्ने पनि बताएका छन् । सापकोटाले अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बलेफी, नौबिसे, जलविरे, ढाँडे, कात्तिके, गुम्बा र तेम्बाथान सडकलाई जुगलको फेदीसम्म वैकल्पिक राष्ट्रिय राजमार्गको स्तरमा स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, चौतारा, बाह्रबिसे, जुगल, बलेफी, सुनकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर र भोटेकोशीका सडक, पूर्वाधार तथा समग्र विकासका लागि पालिकाहरूसँग समन्वय गर्दै क्षेत्रगत विकासमा अग्रसरता लिने उनको घोषणा छ । मझौला, कृषि तथा पर्यटन सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । तातोपानी नाकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने, मन्दिर, गुम्बा, छोर्तेन तथा चर्चहरूको पुनर्निर्माण र सडक पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्ने र जल, जंगल र ढुंगा लगायतका प्राकृतिक स्रोतको उपयोगमा स्थानीयवासीको अग्राधिकार सुनिश्चित गर्न आफु प्रतिबद्ध रहने उनको भनाई छ । सापकोटाले सबै तहमा निःशुल्क, गुणस्तरीय सीप सहितको प्राविधिक शिक्षा सुनिश्चित गर्न नीतिगत पहल गर्ने भन्दै प्लसटु गरेपछि रोजगारीमा जोडिने व्यवस्थाका लागि नीतिगत पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युवाका मुद्दा सम्बोधन र विकासका लागि नेकपा भोट: नारायणकाजी श्रेष्ठ
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले युवाले उठाएका भ्रष्टाचार अन्त्यलगायतका मुद्दामा पार्टीको प्रतिबद्धता पुनः स्मरण गराएका छन् । श्रेष्ठले भनेका छन्, “भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र अन्त्यका लागि हामी सरकारमा होस् वा बाहिर निरन्तर लडिरहेका छौं । हाम्रो नेतृत्वमा हुँदा भ्रष्टचारीमाथि अनुसन्धान गरियो र विभिन्न फाइल खोलेका थियौं, तर तत्कालीन अन्य दलले रोक्न खोज्दा त्यसलाई अगाडि बढाउन सकिएन ।” उनले राजनीतिक परिवर्तनका उपलब्धि आजसम्म सुरक्षित रहनुमा नेकपाको ऐतिहासिक भूमिका रहेको छ । केही शक्ति परिवर्तनलाई कमजोर पार्ने, उपलब्धि खोस्ने र प्रतिगमन लाद्ने प्रयास भइरहेकाे छ । “संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान नेकपा प्रतिबद्ध छ ।” उनले भने । पार्टीले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन कायम राख्ने र सामाजिक न्यायको पक्षमा अभियान चलाइरहेको छ ।
चितवन–३ का बस्ती बस्तीमा रेनु दाहालकाे घरदैलो
चितवन । प्रतिनिधि सभा क्षेत्र नं. ३ का तारा चिन्हकी उम्मेदवार रेनु दाहालले आफ्नो निर्वाचन प्रचार–प्रसारका लागि माडी–३ क्षेत्रका बस्तीमा घरदैलो अभियान चलाएकी छिन् । दाहालले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो योजना, कार्यक्रम र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरेही छीन् । उनले प्रत्येक घर–घरमा पुगेर मतदातालाई जनसहभागितामा आधारित विकास र महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुधारको विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेकी छिन् । घरदैलोका क्रममा आम नागरिकसँग प्रत्यक्ष भेटघाट, उनीहरूको समस्या बुझ्न र समाधानका लागि योजना साझा गर्ने कार्यमा जोड दिइएको छ। दाहालको यो अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । उनका समर्थक र पार्टीका कार्यकर्ताहरूले पनि घरदैलो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै स्थानीय बासिन्दासँग सम्बन्ध मजबुत बनाउने काम गरिरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले प्रत्यक्ष मतदाता भेटघाटलाई मुख्य रणनीति बनाएर आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै आएका छन् । दाहालको यो घरदैलो अभियानले माडी–३ क्षेत्रका नागरिकलाई मतदानमा जागरूक गराउने र चुनावी प्रतिस्पर्धामा उत्साह थप्ने अपेक्षा गरिएको छ । यसरी प्रत्यक्ष संवादमार्फत मतदातासँगको नजिकको सम्पर्क दाहालको अभियानको मुख्य आधार बनेको छ ।
काठमाडाैं-२ मा नेकपा उम्मेदवार नितेश पौडेलकाे घरदैलो अभियानमा तीब्र, मतदातासँग प्रत्यक्ष संवाद
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नितेश पौडेलले काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीब्रा बनाएका छन् । उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षालाई बुझ्ने र संसद्मा पुर्याउने प्रतिबद्धता जनाएका छन् । पौडेलले भने, “म यहाँ फागुन २१ सम्मका लागि मात्र भोट माग्न आएको छैन । फागुन २२ गतेपछि पनि म तपाईंहरूको घरदैलोमा आइरहनेछु, तपाईंहरूको समस्या र गुनासा सङ्कलन गरेर संसद्मा प्रतिनिधित्व गर्नेछु ।” अभियानमा नेकपाका स्थानीय कार्यकर्ता र युवाहरू पनि सहभागी छन् । उनीहरूले घर–घर पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्, पार्टीको दृष्टिकोण र आगामी योजना साझा गरिरहेका छन् । काठमाडौं–२ का विभिन्न वडामा पौडेलले मतदातासँगको प्रत्यक्ष संवाद मार्फत जनभावना बुझ्ने प्रयास गरिरहेका छन् । एक मतदाताले बताए, “पौडेलको यो पहलले हामीलाई निकै प्रभावित पारेको छ । उनी केवल भोटका लागि नभई, निर्वाचनपछिको समयका लागि पनि प्रतिबद्ध देखिन्छन्। यो हाम्रो लागि विश्वास जगाउने कुरा हो ।” विशेषज्ञहरूले घरदैलो अभियानलाई निर्वाचनको सफल रणनीतिका रूपमा मूल्यांकन गरेका छन् । यसले उम्मेदवार र मतदाता बीच प्रत्यक्ष सम्पर्क बढाउँछ र मतदातामा विश्वास पैदा गर्छ । नेकपाका नेता अनुसार, पौडेलको निरन्तर संवाद र मतदातासँगको भेटघाटले काठमाडौं–२ मा व्यापक जनसमर्थन जुटाउनेछ । पौडेलले आगामी दिनहरूमा काठमाडौं–२ का अन्य क्षेत्रहरूमा पनि घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । उनका अनुसार, यस अभियानको मूल उद्देश्य जनताको समस्यालाई संसद्मा प्रत्यक्ष रूपमा पुर्याउनु हो, जसले नेकपाका नीतिहरू र जनहितका कार्यक्रमलाई प्रभावकारी बनाउनेछ । नेकपाका केन्द्रीय नेताहरूले पनि पौडेलको अभियानलाई समर्थन जनाउँदै भनेका छन् कि उम्मेदवार र पार्टीको यो प्रयासले मतदातामा सकारात्मक सन्देश पुग्नेछ र निर्वाचनमा सफलता दिलाउने विश्वास जगाउनेछ ।
उदयपुर–१ मा बलदेव चौधरीको पक्षमा जनलहर, दिनहुँ बढ्दै प्रवेशको लहर
उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै गणेश कुशुम चौधरी, राजवती चौधरी, रघुनाथ चौधरी, शुसिला चौधरीसहित नेपाली कांग्रेस गाउँ कमिटीका पदाधिकारी तथा एमालेका नेतिलाल चौधरी र बल्देब चौधरीलगायत दर्जनौँ नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सम्पूर्ण कम्रेडहरूलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ उदयपुरका उम्मेदवार बलदेव चौधरीले पार्टीमा स्वागत गर्दै क्षेत्रको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। उदयपुर–१ मा नेपाली कम्युनिस्ट पार्टीको पक्षमा जनलहर बढ्दो क्रममा रहेको छ। उम्मेदवारी दर्तापछि मात्रै झण्डै सयौँको संख्यामा विभिन्न दल परित्याग गरी नेता–कार्यकर्ता तथा शुभचिन्तकहरू नेकपामा प्रवेश गरिसकेको पार्टी स्रोतले जनाएको छ। दिनहुँ बढिरहेको प्रवेशको लहरले क्षेत्रको राजनीतिक समीकरणलाई नयाँ मोड दिएको विश्लेषण गरिएको छ। उदयपुर–१ लाई समृद्ध बनाउने बलदेव चौधरीको अठोट उदयपुर–१ लाई समृद्ध, आत्मनिर्भर र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट योजना र दृष्टिकोणसहित उम्मेदवार बलदेव चौधरीले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्। बेल्टार बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा विगतका वर्षहरूमा भएका आश्वासनले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै अब योजनाबद्ध, वैज्ञानिक र परिणाममुखी विकासको मार्गमा अघि बढ्ने अठोट व्यक्त गरिएको छ। चौधरीले आफू “जनताको सेवक” का रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी वाचा मात्र नभई ठोस परिणाम दिने उद्देश्यका साथ मैदानमा उत्रिएको बताएका छन्। तीन नगरपालिकालाई तीन विकास केन्द्र “समृद्ध उदयपुर, सुखी जनता” को मूल नारासहित चौधरीले क्षेत्रगत विशेषताका आधारमा तीनवटै नगरपालिकालाई विशेषीकृत विकास केन्द्रका रूपमा अघि बढाउने योजना प्रस्तुत गरेका छन्– बेलका नगरपालिका – कृषि तथा पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिका – औद्योगिक केन्द्र र त्रियुगा नगरपालिका – शैक्षिक तथा सेवा केन्द्र । यस योजनाबाट सन्तुलित क्षेत्रीय विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। पूर्वाधार विकासमा उच्च प्राथमिकता चौधरीले समग्र विकासको आधारका रूपमा सडक, पुल र यातायात सञ्जाल विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्। मदन भण्डारी राजमार्ग र कोशी करिडोर निर्माणलाई तीव्रता दिने गाईघाट–फत्तेपुर सडक कालोपत्रे तथा २२ खोलामा पुल निर्माण ग्रामीण सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने तीनवटै नगरपालिकामा रिङरोड सम्भाव्यता अध्ययन जोगीदहस्थित सगरमाथा विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने पहल कृषि, उद्योग र ५० हजार रोजगारीको लक्ष्य कृषि आधुनिकीकरण, लिफ्ट सिँचाइ आयोजना, भूमिगत सिँचाइ विस्तार र पकेट क्षेत्र विकासमार्फत किसानको आय वृद्धि गर्ने योजना अघि सारिएको छ। केरा, बेसार, अदुवा, अकबरे खोर्सानी, अम्रिसो तथा पशुपालनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्दै आधुनिक शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। कृषि, उद्योग, पर्यटन र वनमा आधारित उद्यममार्फत ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य पनि चौधरीले लिएका छन्। पर्यटन, शिक्षा र स्वास्थ्यमा गुणात्मक फड्को ऐतिहासिक चौदण्डीगढी दरबार संरक्षण तथा प्रचार–प्रसार गर्दै पर्यटनलाई आयआर्जनको मुख्य आधार बनाउने योजना प्रस्तुत गरिएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार, प्रत्येक वडामा पुस्तकालय स्थापना तथा शिक्षकका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पताललाई विशेषज्ञ सेवासहित स्तरोन्नति, एम्बुलेन्स तथा स्वास्थ्य चौकी सुदृढीकरण र त्रियुगा–वगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पहल गरिने उल्लेख छ। सुशासन, युवा स्वरोजगार र विपद् व्यवस्थापन सरकारी सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाउने, युवालाई सहुलियत ऋणमार्फत कृषि तथा साना उद्योगमा जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना अघि सारिएको छ। त्रियुगा, लुहाले, गिदेरी, लामाखोलालगायत क्षेत्रमा तटबन्ध निर्माण गरी कटान–डुबान नियन्त्रण गर्ने तथा वातावरण संरक्षणमा विशेष पहल गर्ने प्रतिबद्धता जनाइएको छ। जनताको मतले भविष्य बदल्ने विश्वास उम्मेदवार बलदेव चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्दै जनताको साथ र समर्थनबाट उदयपुर–१ लाई विकासको नमुना क्षेत्र बनाउने विश्वास व्यक्त गरेका छन्। “उदयपुरे जनताको सुख, वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो,” भन्दै चौधरीले जनताको मतबाट विकासको नयाँ युग सुरु हुने दाबी गरेका छन्। उदयपुर–१ मा बढ्दो प्रवेशको लहर र स्पष्ट विकास एजेन्डासहित बलदेव चौधरी चुनावी मैदानमा मजबुत दाबेदारका रूपमा उभिएका छन्।
सिन्धुपाल्चोक–१ मा सुबोधको दमदार घरदैलो, तारामय जनलहर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा घरदैलो तथा सुझाव संकलन अभियान सुरु गर्दै चुनावी माहोललाई थप उर्जावान बनाएका छन्। चौतारामा प्रतिबद्धता पत्र सार्वजनिक गरेलगत्तै मैदानमा उत्रिएका सुबोधलाई पाखर बजारमा हजारौँ नेता–कार्यकर्ता, शुभेच्छुक र मतदाताले भव्य स्वागत गरेका थिए। तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखर तारामय झण्डाले सजिएको थियो। पूर्व सभामुख अग्निप्रसाद सापकोटा स्वयं शुभकामना दिन उपस्थित भएपछि कार्यक्रम अझ उत्साहपूर्ण बनेको थियो। तारामय जुलुस, जनलहरको संकेत पाखर बजारबाट सुरु भएको अभियानमा विशाल तारामय जुलुस निकालिएको थियो। डम्फु, झ्याली, सांस्कृतिक झाँकी र उत्साहपूर्ण नाराले बजार क्षेत्र गुञ्जिएको थियो। स्थानीय युवा, महिला, विद्यार्थी र अग्रजहरू एकै स्वरमा “तारामा मतदान, सुबोधलाई जिताउ” भन्ने नारासहित सडकमा उत्रिएका थिए। जनताको उत्साहले यसपटक परिवर्तनको स्पष्ट सन्देश दिएको स्थानीय नेताहरूको भनाइ छ। अधुरा काम पूरा गर्ने प्रतिबद्धता ठूलो पाखरमा आयोजित कोणसभामा उम्मेदवार सापकोटाले आफ्नो अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा गरेका विकास निर्माण, पूर्वाधार विस्तार, जनसमस्याको समाधान र विभिन्न योजनाहरूको प्रगति विवरण प्रस्तुत गरे। “जनताको विश्वास र माया नै मेरो शक्ति हो। मैले सुरु गरेका अधुरा कामहरू टुङ्गोमा पुर्याउन र नयाँ प्रतिबद्धताहरू पूरा गर्न पूर्ण कार्यकाल आवश्यक छ,” उनले भावुक हुँदै भने। उनले स्वास्थ्य, शिक्षा, सडक स्तरोन्नति, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र युवालाई रोजगारी सिर्जना गर्ने ठोस योजनाहरू सार्वजनिक गर्दै क्षेत्रलाई नमुना विकास क्षेत्र बनाउने दृढ अठोट व्यक्त गरे। सुबोधको अभियान केवल मत माग्ने कार्यक्रममा सीमित रहेन। उनले पाखर बजार, आसपासका टोल र गाउँहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरे। महिला, किसान, युवा र ज्येष्ठ नागरिकका समस्या, अपेक्षा र सुझावलाई उनले ध्यानपूर्वक टिपोट गरे। “हामी जनताबाट सिक्दै, जनतासँगै अघि बढ्छौँ,” उनले भने, “यो चुनाव विकास र विश्वासको निरन्तरताका लागि हो।” प्रभावशाली नेतृत्वको साथ अभियानमा निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री र अमृता नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पा, पूर्व सांसद सिंहबहादुर बिकलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूर्व सभामुख **अग्निप्रसाद सापकोटा**ले सुबोध युवा, इमानदार र परिश्रमी नेता भएको उल्लेख गर्दै उनलाई जिताउन सबैलाई आह्वान गरे। बाह्रबिसेका पूर्वमेयर शेर्पाले पनि क्षेत्रको समृद्धिका लागि सुबोधको जित अपरिहार्य भएको बताए। लिसंखुपाखरबाट सुरु भएको यो अभियानले सिन्धुपाल्चोक–१ मा नेकपाको पक्षमा स्पष्ट जनलहर देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ। सुबोधको सक्रियता, स्पष्ट योजना र जनतासँगको आत्मीय सम्बन्धले यसपटक क्षेत्र नं. १ मा नयाँ ऊर्जा भरेको छ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणनागणना आगामी चैतमा
चितवन । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैतमा गणना गर्ने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार/चार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गतवर्ष रोकिएको थियो । यसवर्ष बाघ गणनासमेत गर्ने वर्ष परेकाले फरक विधिबाट गैँडा गणना गर्न लागिएको हो । कम खर्च र कम समयमा गर्ने गरी फरकविधि अपनाएर गणना गर्ने तयारी गरिएको जनाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको थियो । यसरी गैँडा गणना गर्दा लामो समय र खर्च लाग्ने भएकाले यसवर्ष फरक विधि अपनाउन लागिएको हो । आचार्यले दुईवटा विधिमध्ये कुन विधि अपनाउने भन्ने बारेमा केही दिनमा टुङ्गोमा पुग्ने बताP । आनुवंशिक विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उgको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने उgको भनाइ छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो र जोखिमपूर्ण हुने गर्छ । आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारीमा खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए। आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी आनुवंशिक वा हरेकको पहिचानको आधारमा आइडीबेसमा गणना गर्ने विषयमा बहस भइरहेको छ । यो विधि पनि उत्तम विधि मानिन्छ । जसमा निकुञ्जलाई ब्लकमा विभाजन गरेर त्यसभित्र गैँडाको हुलियाको आधारमा गणना गरिन्छ । आचार्यका अनुसार गैँडाको आँखा, नाक, छालाको फोल्डिङ्, छालाको चोट, धब्बालगायत हेरेर गणना गर्ने गरिन्छ । बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सहजै गणना गर्न सकिने भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या धेरै भएकाले गणनामा कठिनाइ हुने गर्छ । यस निकुञ्जलाई विगतमा १८ वटा ब्लकमा विभाजन गरेर गणना गर्ने गरिएको थियो । नयाँ विधि अपनाउने भएमा सोही ब्लक वा फरक बनाएर पनि गणना गर्न सकिने आचार्यले बताउनुभयो । पुरानो विधिबाट गर्दा एउटै टोलीले सबै ठाउँमा गणना गर्छ भने नयाँ विधिबाट गर्दा ब्लक–ब्लकमा फरक टोलीले गणना गर्ने गर्दछ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको हो । सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान गरिन्छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाको सङ्ख्या वृद्धि भएर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।
देशभर १५ स्थानमा आगलागीका घटना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद्का घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीका घटना भएको पाइएको छ । प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङ्जामा दुई/दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ । संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ । प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।
कस्ताे रहला आजकाे माैसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात तथा पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायत कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम संकलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

