सिरहामा उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति
सिरहा । यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब रु एक करोड १६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको उनले बताए ।
गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब ४ घन्टापछि आगो पूर्ण रूपमा निभाइएको थियो । लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो ।
प्रहरीका अनुसार उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दुःखेसो पोख्दै भने, “लागतसमेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ ।” अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको भन्दै कानुनी कारबाहीको माग गरे ।
उनका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ । चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल रु ६२० र सरकारी अनुदान रु ७० गरी रु ६९० आम्दानी हुने गर्छ । यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति रु एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको उनले बताए ।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा
ढाका । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, “आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अब आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन ।” विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उनी हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किएका थिए । उनले पूर्वप्रधानमन्त्री हसिना अपदस्थ भएको दिनको स्मरण गर्दै भने, “त्यो ठूलो मुक्तिको दिन थियो । त्यो कस्तो आनन्दको दिन थियो भने यसका कारण विश्वभरका बंगलादेशीहरू खुसी बनेका छन् । हाम्रो देशका युवाहरूले देशलाई दृष्ट शासकको पकडबाट मुक्त गरे ।” त्यसयता बंगलादेशको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्दै आएका उनले गत साता भएको निर्वाचनमा ‘ठूलो विजय’ हासिल गरेकामा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिए । रहमानले अबको सरकारको नेतृत्व गर्नेछन् । “निर्वाचनसँग जोडिएका जनता, मतदाता, राजनीतिक दल र सरोकारवाला संस्थाले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्,“ युनुसले राष्ट्रबासीका नाममा गरेको सम्बोधनमा भने । उनले भने, “यो निर्वाचनले भविष्यको चुनावका लागि मार्ग तय गरेको छ । बीएनपीका प्रमुख तथा देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशका वंशज रहेका ६० वर्षीय रहमानले १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देश बंगलादेशको नेतृत्व गर्नुहुनेछ ।”
प्रचण्ड पुथा उत्तरगंगा गाउँपालिकाकाे जुगाडेमा
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुग्नुभएको छ । पुथा उत्तरगंगा गाउँपालिका–१४ का नागरिकहरूसँग चुनावी अभियान सम्पन्न गरी सिस्ने फर्कने क्रममा उहाँ पुथा उत्तरगंगा गाउँपालिका–१२ को जामाबगरबाट सिस्ने गाउँपालिका–२ को नायगाडसम्म करिब ३० मिनेट पैदल यात्रा गरेर मतदातालाई भेट्न पुग्नुभएको हो । सिस्ने गाउँपालिका–२, सिस्ने भर्खरै पुग्नुभएका प्रचण्डलाई नायगाडमा स्थानीयवासीहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।नायगाडका मतदाता भेटघाटपछि मानम–सल्लीबिसौना सडक तथा देउखोलामा पुल निर्माणलाई आफूले प्राथमिकतामा राख्ने संयोजक प्रचण्डले बताउनुभयो।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
भाेलि विशेष पत्रकार सम्मेलनकाे आयोजना गर्दै नेकपा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि मंगलबार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टीले साेमबार साँझ जारी गरेको सूचनाअनुसार उक्त पत्रकार सम्मेलन मिति २०८२ साल फागुन ५ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने जनाएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीतिक विषयवस्तु तथा पार्टीका धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा देशभरका सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई उपस्थित भई समाचार संकलन तथा सम्प्रेषण गर्न अनुरोध गरिएको छ । पत्रकार सम्मेलनमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । उक्त कार्यक्रमलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।
रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताउनुभएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले दलित समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा दलित तथा मगर समुदायको समग्र विकासका लागि विशेष कार्यक्रम ल्याइने बताउनुभयो। प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गर्नुभएको छ। “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं, तर सरकार ढलेपछि त्यो काम अगाडि बढ्न सकेन। अब म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गर्दछु।” उहाँले दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्रका रूपमा विकास गरी सो समुदायलाई विशेष अधिकार प्रदान गर्न सकिने पनि बताउनुभयो। यसैगरी, उहाँले रुकुमपूर्वलाई सडक सञ्जालमार्फत प्रभावकारी रूपमा जोड्ने महत्वपूर्ण योजनाप्रति पनि प्रतिबद्धता जनाउनुभयो। “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं। अब त्यसको स्तरउन्नति गर्नेछौं। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डलाई विस्तार गरी आवतजावत सहज बनाउनेतर्फ मेरो विशेष ध्यान रहनेछ,” उहाँले भन्नुभयो। निर्वाचित भएपछि उक्त सडकलाई बेनीसम्म विस्तार गरी स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गरिने उहाँको भनाइ थियो। जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबै समुदायलाई अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो। “अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि नयाँ अभियान सुरु गर्नुपर्छ,” उहाँले थप्नुभयो।
रुकुमपूर्वका गाउँ–गाउँमा ‘प्रचण्ड’: जनताको उत्साहजनक सहभागिता र बलियो विश्वास
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वका गाउँ–गाउँमा पुग्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । माघ २९ गते जनभेटघाट कार्यक्रमका लागि रुकुमपूर्व आउनुभएका प्रचण्डले यतिबेला दुर्गम बस्ती, पहाडी गाउँ र जनताको घरदैलोमै पुगेर जनताको अवस्था, समस्या र सम्भावनाको प्रत्यक्ष अध्ययन गरिरहनुभएको हो । रुकुमपूर्वको भूमे गाउँपालिका–२ खाबाङ बगर, वडा नं. ६ महत, ७ लाबाङ, ८ कोर्जा र ९ चुनबाङमा उहाँले व्यापक जनभेटघाट गर्नुभएको छ । त्यस्तै पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, १३ विर्गुम, पदमी, पिपलतुङ, ५ हुकाम, ६ मयाङ, १० र ११ तकसेरा, दमचन र तुप्पा लगायतका गाउँमा पुगेर उहाँले स्थानीय नागरिकसँग आत्मीय भेटघाट गर्नुभएको नेकपा रुकुमपूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभयो । यसैक्रममा अहिले पुथाउत्तरगङ्गा–१२ गर्खानी, कोल, खोल्खाडा, वडा नं. १४ राङ्सी, नाखा र जाङ बगर लगायतका बस्तीमा जनभेटघाट कार्यक्रम तय गरिएको छ । फागुन ६ गतेसम्म निरन्तर चल्ने यो अभियानमार्फत प्रचण्डले जिल्लाका अधिकांश गाउँ समेट्ने योजना रहेको बरालले बताउनुभयो । जनताका समस्या सुन्दै समाधानको प्रतिवद्धता प्रचण्डको जनभेटघाट कार्यक्रम केवल औपचारिक कार्यक्रम नभई जनताको घरदैलोमै पुगेर उनीहरूको जीवनस्तर, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अभियानका रूपमा अघि बढेको छ । उहाँले स्थानीय किसान, मजदुर, युवा, महिला, ज्येष्ठ नागरिक र बुद्धिजीवीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्नुका साथै समाधानका लागि ठोस योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनतासँगको संवादमा उहाँले रुकुमपूर्व केवल भौगोलिक रूपमा मात्र नभई ऐतिहासिक रूपमा पनि क्रान्तिको केन्द्र रहेको उल्लेख गर्नुभयो । “रुकुमपूर्व क्रान्तिको भूमि हो । यही भूमिबाट जनताको अधिकारका लागि ऐतिहासिक जनयुद्ध सुरु भयो । अब राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको नयाँ चरण सुरु गर्न म फेरि जनतामाझ आएको छु,” उहाँले भन्नुभयो । विकासका नयाँ सम्भावनाको ढोका खाेलिदै प्रचण्डले आफू प्रधानमन्त्री रहँदा मध्यपहाडी लोकमार्ग, शहीद मार्ग लगायतका रणनीतिक महत्वका सडक योजना अघि बढाएको स्मरण गराउँदै ती योजनालाई पूर्णता दिन र नयाँ पूर्वाधार विकासका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सञ्चार, पर्यटन र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेर रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने योजना सुनाउनुभएको छ । उहाँले विशेष गरी युवा रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, जलस्रोतको उपयोग र स्थानीय स्रोत–साधनको परिचालनमार्फत जिल्लाको आर्थिक समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो । “रुकुमपूर्वलाई आत्मनिर्भर र समृद्ध बनाउन हामीसँग स्पष्ट योजना छ । जनताको सहयोग र विश्वासले यो सम्भव हुन्छ,” उहाँले भन्नुभयाे । जनताको उत्साहजनक सहभागिता र विश्वास गाउँ–गाउँमा आयोजित जनभेटघाट कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय उपस्थिति देखिएको छ । दुर्गम बस्तीका नागरिकहरूले प्रचण्डलाई नजिकबाट भेट्न र आफ्ना कुरा राख्न पाउँदा उत्साह व्यक्त गरेका छन् । धेरै स्थानीयले प्रचण्डले विगतमा व्यवस्था परिवर्तनमा खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै अब विकास र समृद्धिको नेतृत्व पनि उहाँबाटै सम्भव हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय मतदाताले “व्यवस्था परिवर्तन गर्ने नेतृत्वले अब जनताको जीवन परिवर्तन पनि गर्नेछ” भन्ने अपेक्षा राखेका छन् । जनताले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरका क्षेत्रमा ठोस काम हुने आशा व्यक्त गरेका छन् । जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने संकल्प प्रचण्डले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै जनताको जीवनस्तर उकास्ने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले रुकुमपूर्वलाई विकास, समृद्धि र अवसरको केन्द्र बनाउने लक्ष्यसहित आफ्नो अभियान अघि बढिरहेको स्पष्ट पार्नुभयो । जनताको व्यापक समर्थन, उत्साहजनक सहभागिता र सकारात्मक अपेक्षाले रुकुमपूर्वमा प्रचण्डको जनभेटघाट कार्यक्रमले नयाँ राजनीतिक र विकासात्मक ऊर्जा सिर्जना गरेको छ । गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक न्याय र समुन्नत भविष्यको स्पष्ट मार्गचित्र प्रस्तुत गरिरहनुभएको छ ।
देशको स्वाधीनता संकटमा छ: मतदानअघि राष्ट्र र भविष्य सम्झन वर्षमान पुनको भावुक अपिल (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेता तथा पूर्वमन्त्री वर्षमान पुन अन्ततले राष्ट्रिय स्वाधीनता यतिबेला संकटमा परेको बताउँदै देशको भविष्य, युवाहरूको अवस्था र ऐतिहासिक बलिदानलाई स्मरण गरेर मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रको स्वाधीनता, सुशासन, समृद्धि र रोजगारी सुनिश्चित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले आफ्नो दलले यी विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उल्लेख गर्दै देशले अहिले सुशासन र समृद्धिको खोजी गरिरहेको र युवाहरूलाई रोजगारीको आवश्यकता रहेको बताउनुभयो । उहाँले मतदान गर्नु अघि राष्ट्रको स्वाधीनता, देशको भविष्य, युवाहरूको अवस्था तथा सहिदहरूको बलिदानलाई एकपटक सम्झन आवश्यक रहेको बताउनुभयो । विगतका ऐतिहासिक संघर्ष, हजारौँ सहिदहरूको बलिदान र पूर्वजहरूले देशको रक्षाका लागि गरेको योगदानलाई स्मरण गर्दै सचेत निर्णय गर्न उहाँले आग्रह गर्नुभयो । पुनले नेपाली कम्युनिस्ट पार्टीले विगतदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा काम गर्दै आएको बताउनुभयो । उहाँले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेशी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संविधान र कानुनमार्फत महिलाको सम्पत्तिमा अधिकार सुनिश्चित गर्न, राजनीतिक सहभागिता बढाउन र उत्पीडित समुदायको प्रतिनिधित्व स्थापित गर्न पार्टीले पहल गरेको उहाँले बताउनुभयो । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बन्न सफल भएको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको अवस्था सिर्जना हुनुमा पनि पार्टीको योगदान रहेको उहाँको भनाइ थियो । देश निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र समृद्धिका लागि पार्टीले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले तारा चिह्नमा मतदान गरेर पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै यसमार्फत जनताले आफ्नो राष्ट्रभक्ति, स्वाधीनता र सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गर्न सक्ने बताउनुभयो । उहाँले नेपाली कम्युनिस्ट पार्टीले विगतमा युवाहरूमा चेतना जगाउने, मजदुर–किसानका हकअधिकार स्थापित गर्ने र स्वाभिमानी नागरिक तयार गर्ने काम गरेको बताउनुभयो । साथै अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सिर्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो । पार्टी र नेताहरू पूर्ण रूपमा कमजोरीरहित नभएको स्वीकार गर्दै उहाँले विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भरतपुरका गल्ली–गल्लीमा रेनु दाहालको जनलहर : विकासको विश्वाससँगै लोकप्रियता उत्कर्षमा
भरतपुर । भरतपुर महानगरका गल्ली–गल्ली यतिबेला उत्साह, आशा र विश्वासले भरिएका छन्। बिहानको हल्का घामसँगै भरतपुर–२३ का टोलहरूमा स्थानीयहरूको चहलपहल बढ्दै जान्छ, र त्यो चहलपहलको केन्द्रमा रहन्छिन् प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहाल । घरको आँगन, चौतारी र गल्लीहरूमा स्थानीयहरू उत्साहपूर्वक हात हल्लाउँदै स्वागत गर्छन्—जसले उनको बढ्दो जनसमर्थनको स्पष्ट संकेत दिन्छ। फागुन २१ गते नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल झन् तातेको छ। तर यो केवल चुनावी गतिविधि मात्र होइन, जनतासँगको विश्वासको पुनः पुष्टि जस्तो देखिन्छ। घरदैलो अभियानमा निस्कँदा रेनु दाहाललाई देख्नेबित्तिकै स्थानीयहरू आफैँ अगाडि बढेर स्वागत गर्छन्, शुभकामना दिन्छन् र फेरि एकपटक नेतृत्व सुम्पने प्रतिबद्धता व्यक्त गर्छन्। स्थानीयहरू विशेषगरी उनको भरतपुर महानगरपालिकाको मेयर कार्यकाललाई गर्वका साथ स्मरण गर्छन्। फराकिला सडक, व्यवस्थित पूर्वाधार, सरसफाइ अभियान, सार्वजनिक सेवा सुधार र विकासका ठोस योजनाले भरतपुरको मुहार फेरिएको अनुभव स्थानीयहरूले प्रत्यक्ष गरेका छन्। “हामीले काम देखेका छौं, परिणाम देखेका छौं,” एक स्थानीयले भने, “काम गर्ने नेतृत्वलाई नै फेरि जिम्मेवारी दिनुपर्छ भन्ने जनभावना अहिले झन् बलियो भएको छ।” रेनु दाहाल प्रत्येक घरको ढोकामा पुगेर हात जोड्दै जनताको भावना बुझ्ने प्रयास गर्छिन्। उनी भन्छिन्, “महानगरमा हासिल गरेका उपलब्धिलाई अझ फराकिलो बनाउँदै, यहाँको विकासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने मेरो स्पष्ट योजना छ। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” उनको आत्मविश्वास केवल भाषणमा सीमित छैन, बरु विगतका उपलब्धि र जनतासँगको प्रत्यक्ष सम्बन्धमा आधारित देखिन्छ। घरदैलो अभियानमा पार्टीका नेता–कार्यकर्ता, युवा, महिला तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिताले चुनावी वातावरणलाई थप उत्साहित बनाएको छ। नाराबाजीभन्दा बढी संवाद, आश्वासनभन्दा बढी उपलब्धि, र प्रचारभन्दा बढी विश्वास—यी विशेषताहरूले उनको अभियानलाई जनमुखी र प्रभावशाली बनाएको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार, निरन्तर जनसम्पर्क, विगतको सफल नेतृत्व र स्पष्ट विकास दृष्टिकोणले रेनु दाहालको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ। जनताको घर–आँगनमै पुगेर संवाद गर्ने शैलीले मतदातामा आत्मीयता र भरोसा थप सुदृढ बनाएको उनीहरूको मूल्यांकन छ। अहिले भरतपुरका गल्लीहरूमा एउटा स्पष्ट सन्देश सुनिन्छ—यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, विकासलाई निरन्तरता दिने निर्णय पनि हो। जनताको विश्वास, विकासको अनुभव र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसहित अघि बढेकी रेनु दाहालको अभियानले भरतपुरमा बलियो जनलहर सिर्जना गरेको छ।
सुनसरी–१ मा लाहुरे समुदायको निर्णायक मत नेकपाका मनोज भट्टराई: गेसो
धरान । पूर्व गोर्खा सैनिक संगठन गेसोका अध्यक्ष कृष्णकुमार राईले सुनसरी क्षेत्र १ को प्रतिनिधिसभा निर्वाचनमा लाहुरे समुदायको समर्थन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज भट्टराई तर्फ हुने स्पष्ट पारेका छन्। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पूर्व नगर प्रमुख हर्क साम्पाङप्रति सम्मान व्यक्त गर्दै भने, “उहाँ आफ्नो ढंगले काम गरिरहनु भएको छ, हामी हाम्रो ढंगले राजनीतिक सङ्घर्ष गरिरहेका छौँ। तर लाहुरे समुदाय कुनै भ्रममा छैन, उनीहरूको मत विकास, स्थायित्व र दीर्घकालीन सोच भएको नेतृत्वमा केन्द्रित हुनेछ।” अध्यक्ष राईले भने, “ढुङ्गा बोकेर मात्र देश बन्दैन। देश बनाउने हो भने नीति, दृष्टिकोण र जिम्मेवार नेतृत्व चाहिन्छ। देशको आधार शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्याय हो, त्यसका लागि सङ्गठित राजनीतिक इच्छाशक्ति र स्पष्ट कार्य योजना अपरिहार्य छ।” राईले लाहुरे समुदाय धरान र सुनसरी क्षेत्रको सामाजिक–आर्थिक विकास, स्थिर राजनीतिक नेतृत्व र सुशासन चाहने पक्षमा रहेको बताए र आगामी निर्वाचनमा निर्णायक मत नेकपा तर्फ जाने उद्घोष गरे। भूतपूर्व ब्रिटिस गोर्खाका मागहरू अध्यक्ष राईले भूतपूर्व ब्रिटिस गोर्खाहरूका दीर्घकालीन मागहरू पनि सार्वजनिक गरे। जसअनुसार:२२ वर्ष सेवा पूरा गरेका गोर्खाहरूले पूर्ण निवृत्तिभरण पाउनुपर्ने। १६ वर्ष सेवा गरेका गोर्खा अधिकृतले समान दर्जा अनुसार पेन्सन पाउनुपर्ने। युद्धमा मृत्यु, घाइते वा अशक्त भएका गोर्खाहरूले ब्रिटिस सरह अपाङ्ग, विधवा र आश्रित पेन्सन पाउनुपर्ने। सन १९७५ अघि बर्खास्त गरिएकोलाई क्षतिपूर्ति, पछि सेवा गरी पेन्सन नपाएकालाई सञ्चित पेन्सन। ब्रिटेनमा नेशनल इन्स्योरेन्स तिरेका गोर्खालाई स्टेट पेन्सन। मृतक गोर्खाका सन्तानलाई समान मेडिकल सुविधा, ३० वर्षमाथिका सन्तानलाई बेलायती आवासीय हैसियत। भूतपूर्व गोर्खा र परिवारलाई ९० दिन नेपाल बसोबास सुविधा, गोर्खा पेन्सन नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी। अध्यक्ष राईले यी सबै मागहरू सांसद भएपछि संस्थागत रूपमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले आफू नेकपाको समानुपातिक उम्मेदवार पनि भएको जानकारी दिए।
उदयपुर–१ लाई समृद्ध बनाउने चौधरीको अठोट: आश्वासन होइन, परिणाम दिने प्रतिवद्धता
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बलदेव चौधरीले क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, प्राथमिकता र योजनासहित विस्तृत निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। चाैधरीले साेमबार बेल्टार बजारमा एक पत्रकार सम्मेन गरी उक्त पत्र सार्वजानिक गरेका हुन् । विस्तृत रूपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा चौधरीले विगतका दशकहरूमा विकासका अनेकौं आश्वासन प्राप्त भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब योजनाबद्ध, वैज्ञानिक र परिणाममुखी विकासमार्फत उदयपुर–१ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्रका रूपमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्। उनले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, स्वरोजगार, विपद् व्यवस्थापन, भूमिहीन समस्या समाधान तथा सुशासन जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्। जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको सेवकका रूपमा काम गर्ने र चुनावी वाचा मात्र नभई परिणाम दिने उद्देश्यसहित मैदानमा उत्रिएको बताएका छन्। उनले विगतमा धेरै वाचा गरिए पनि जनताले अपेक्षा गरेअनुसार विकास हुन नसकेको उल्लेख गर्दै अब जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने गरी योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्। चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्दै जनताको साथ र समर्थनबाट उदयपुर–१ लाई विकासको नमुना क्षेत्र बनाउने विश्वास व्यक्त गरेका छन्। तीन नगरपालिकालाई तीन विकास केन्द्रका रूपमा अघि बढाउने योजना प्रतिबद्धता पत्रमा “समृद्ध उदयपुर, सुखी जनता” को मूल लक्ष्यसहित क्षेत्रगत विशेषताका आधारमा तीनवटै नगरपालिकाको विशेषीकृत विकास गर्ने योजना प्रस्तुत गरिएको छ। यसअन्तर्गत बेलका नगरपालिकालाई कृषि तथा पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिकालाई औद्योगिक केन्द्र तथा त्रियुगा नगरपालिकालाई शैक्षिक तथा सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसले क्षेत्रीय सन्तुलित विकासलाई सुनिश्चित गर्दै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सडक, पुल र यातायात सञ्जाल विस्तारमा विशेष जोड पूर्वाधार विकासलाई समग्र विकासको आधार मान्दै चौधरीले सडक, पुल र यातायात विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्। उनले मदन भण्डारी राजमार्ग र कोशी करिडोर सडक निर्माणलाई तीव्रता दिने, मैनामैनीदेखि मयंखुसम्म सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा स्थानीय बजार र बस्तीहरूलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि सारेका छन्। त्यस्तै गाईघाट, फत्तेपुर, पुरन्दह र रामपुर सडक कालोपत्रे गर्ने, गाईघाट–फत्तेपुर सडकखण्डका २२ वटा खोलामा पुल निर्माण सम्पन्न गर्ने तथा ग्रामीण सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने प्रतिबद्धता पनि जनाइएको छ। आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण, तीनवटै नगरपालिकामा रिङरोड निर्माणको सम्भाव्यता अध्ययन तथा एसियन हाइवे विस्तारका लागि पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। यसैगरी जोगीदहस्थित सगरमाथा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य पनि चौधरीले लिएका छन्। कृषि आधुनिकीकरण र सिँचाइ विस्तारमार्फत आर्थिक समृद्धि कृषि क्षेत्रलाई क्षेत्रीय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्ने लक्ष्यसहित लिफ्ट सिँचाइ आयोजना सञ्चालन, भूमिगत सिँचाइ विस्तार तथा सिँचाइको मास्टर प्लान तयार गर्ने योजना प्रस्तुत गरिएको छ। केरा, बेसार, अम्रिसो, अदुवा, अकबरे खोर्सानी, दलहन तथा पशुपालनलाई पकेट क्षेत्रका रूपमा विकास गरी उत्पादन वृद्धि तथा किसानको आय वृद्धि गर्ने योजना पनि अघि सारिएको छ। कृषकहरूले उत्पादन गरेको वस्तु सुरक्षित राख्न हडिया, सिद्धिपुर लगायत क्षेत्रमा आधुनिक शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसका साथै कृषि, पशुपालन, वन, उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्यम प्रवर्द्धन गरी ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य चौधरीले लिएका छन्। पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्ने योजना उदयपुर क्षेत्रका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ। ऐतिहासिक चौदण्डीगढी दरबारको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय स्थलहरूको पूर्वाधार विकास तथा प्रचार–प्रसार गर्ने योजना पनि समावेश गरिएको छ। ग्रामीण पर्यटन विस्तारका लागि होमस्टे सञ्चालनमा युवाहरूलाई तालिम र सहुलियत ऋण उपलब्ध गराई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। शिक्षा सुधार र मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्राविधिक शिक्षाको विस्तार तथा प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना अघि सारिएको छ। यसका साथै शिक्षकका जायज माग सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पतालहरूलाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, एम्बुलेन्स र स्वास्थ्य चौकीलाई स्रोत–साधन सम्पन्न बनाउने तथा त्रियुगा नगरपालिका–वगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरेका छन्। भ्रष्टाचार नियन्त्रण र युवा स्वरोजगारमा विशेष ध्यान सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने योजना प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। युवाहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराई कृषि, पशुपालन तथा साना उद्योगमा जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगारमा जोड्ने योजना पनि अघि सारिएको छ। यसले बेरोजगारी घटाउने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास लिइएको छ। विपद् व्यवस्थापन, वातावरण संरक्षण र नदी नियन्त्रण वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, लुहाले, गिदेरी, लामाखोला लगायत खोलाहरूमा तटबन्ध निर्माण गर्ने तथा खहरे खोलाहरूको दीर्घकालीन नियन्त्रणका लागि योजना लागू गर्ने प्रतिबद्धता जनाइएको छ। वन संरक्षण, वृक्षरोपण तथा वनमा आधारित उद्योग प्रवर्द्धनमार्फत वातावरण संरक्षण र आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि प्रस्तुत गरिएको छ। भूमिहीन, सुकुम्बासी र उद्योग विकासमा विशेष पहल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दै लालपुर्जा वितरण सुनिश्चित गर्ने तथा कानुनी रूपमा स्वामित्व अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। सहकारी संस्थाहरूलाई उत्पादनमुखी बनाउने, साना तथा घरेलु उद्योग प्रवर्द्धन गर्ने तथा उदयपुर सिमेन्ट उद्योगलाई वैज्ञानिक ढंगले सञ्चालनमा ल्याउने योजना पनि अघि सारिएको छ। जनताको मतले उदयपुरको भविष्य बदल्ने विश्वास प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको विश्वास, सहयोग र समर्थनबाट उदयपुर–१ लाई समृद्ध, विकसित र आत्मनिर्भर क्षेत्र बनाउने अठोट व्यक्त गरेका छन्। उनले जनताको एउटा मतले क्षेत्रको भविष्य परिवर्तन गर्न सक्ने उल्लेख गर्दै विकास, समृद्धि र जनताको जीवनस्तर सुधार आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन्। “उदयपुरे जनताको सुख, वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो,” उनले उल्लेख गर्दै जनताको मतमार्फत विकासको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। यस्ताे छ प्रतिवद्धता पत्र प्रतिवद्धता पत्र प्रिय उदयपुर क्षेत्र नं. १ का मतदाताहरू, आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू ! हाम्रो क्षेत्र विगतका दशकहरूमा पटक–पटक आश्वासन पाए पनि अपेक्षित विकास हुन सकेको छैन। धुलाम्य सडक, पुल अभाव, स्वास्थ्य र शिक्षको पहुँच कमजोर, युवाहरूको रोजगारी अभाव र कृषकहरूको समस्या जस्ता मुद्दाहरूले जनतालाई आजित बनाएका छन्। विगतमा दिइएका धेरै वाचा पूरा नभए पनि म तपाईंहरूको सेवक बनेर आएको छु। यो प्रतिबद्धता पत्र मेरो कार्यकालमा प्राथमिकताका साथ पूरा गर्ने मेरो लिखित वाचा हो । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उदयपुर निर्वाचन क्षेत्र १ का लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा खडा भइरहँदा म बलदेव चौधरी चुनावी वाचा मात्र होइन् काम गर्ने वाचासहित यो प्रतिवद्धता पत्र जारी गर्दछु । आसा छ तपाईहरुले मेरो पार्टी र मप्रति देखाउँदै आउनु भएको असीम माया र मप्रतिको विश्वासलाई फागुन २१ गते हुने चुनावमा तारा छापमा मतदान गरी मलाई निर्वाचीत गराउनुहुनेछ । समृद्ध उदयपुर, सुखी जनताका निमित्त बेलका नगरपालिकालाई कृषि तथा पर्यटन, चौदन्डीगढी नगरपालिकालाई औद्योगिक र त्रियुगा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि सार्ने मूल प्रतिवद्धताका साथ “विकासको आधारः पूर्वाधार, कृषि र स्वरोजगार“को नारालाई अघि सारेको छु । १. पूर्वाधार र यातायात (कनेक्टिभिटी) -राष्ट्रिय राजमार्ग र मदन भण्डारी राजमार्ग ः मैले पहलगरी सुरुगरेको (म–म) मैनामैनी देखि मयँखुसम्मको कोशीकोरीेरको सडक निर्माणलाई उच्च प्राथमिकताको साथ अघि बढाउने । - अन्तरपालिकाको सडक संजाल विस्तार गर्ने । - मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिई यस क्षेत्रका बजारहरूलाई राष्ट्रिय सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने । - गाईघाट, फत्तेपुर, पुरन्दह, रामपुर सडकलाई पिच गर्नुका साथै खोला र खहरेहरुमा पुलहरु निर्माणका गर्ने । - एसियन हाइवेलाई तपेश्वरीबाट लैजाने कार्यको पहल गर्ने । -गाईघाट–फत्तेपुर, सडक खण्डका बाँकी २२ वटा साना–ठूला खोलामा पुल निर्माण सम्पन्न गर्ने । - ग्रामीण सडक स्तरोन्नतिः बेलका, चौदन्डीगढी र त्रियुगाका भित्री सडकहरूलाई डि.पि.आर. गरी बाह्रै महिना चल्ने गरी कालोपत्रे वा स्तरोन्नति गर्ने । - पुल निर्माणः त्रियुगा, कङ्, लुहाले , गिदेरी खोला लगायतका साना–ठूला खोलाहरूमा पुल तथा अधुरा रहेका पुलहरूको निर्माण तत्काल सम्पन्न गर्ने । - बस्ती भएका आवश्यक ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गर्ने । -उदयपुर क्षेत्र नं. १ को तिनैवटा पालिकाहरु (बेलका, चौदण्डीगढी र त्रियुगा) को रिङरोडको सम्भाव्यता अध्ययान गरी सडक संजाल विस्तार गर्ने । -सगरमाथा एयरपोर्ट, जोगीदहलाई पुर्णता प्रधान गर्ने । २. कृषि र सिँचाइ (आर्थिक मेरुदण्ड) - लिफ्ट सिँचाइ आयोजनाः पहाडी तथा सुख्खा भेगमा सिँचाइको समस्या समाधान गर्न साना र ठूला लिफ्ट तथा भुमिगत सिँचाइ आयोजनाहरू सञ्चालन गर्ने । - पशु तथा कृषि पकेट क्षेत्र ः पशुजन्य उत्पादन र केरा, बेसार, अम्रीसो, अदुवा अकबरे खोर्सानी दाल जस्ता उत्पादनको हब बनाउन विशेष अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने । - कोल्ड स्टोर (शीत भण्डार) ः कृषकका उत्पादन बिग्रन नदिन हडिया, सिद्धिपुर र आसपासका क्षेत्रमा आधुनिक शीत भण्डारको स्थापना गर्ने । -उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण सिचाँइ आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है मास सिचाँइ संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने । - उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण स्वच्छ खानेपानी आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है मास स्वच्छ खानेपानी संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने । - खानी,कृषी, पशु र वन ः उद्योग, व्यापार, पर्यटन उदयपुरको धन शिर्षक अन्तरगत उदयपुर क्षेत्र नं. १ मा भ्ब्त् ९भ्लभचनथ, ब्नचष्अगतिगचभ, त्यगचष्कm० अभियान संचालन गरी पचाँस हजार भन्दा बढीलाई स्वोरोजगार बनाउन महत्वपुर्ण भुमिका खेल्ने । ३. पर्यटन प्रवद्र्धन (पहिचान र आम्दानी) -धार्मिक तथा प्राकृतिक पर्यटनः बेलका, चौदण्डीगढी र त्रियुगाका विभिन्न गाउँठाउँको पर्यटकीय स्थलको प्रचार प्रसार र पूर्वाधार विकास गर्ने । -एैतीहासीक चौदण्डीगढी दरवारको संरक्षण र प्रवर्धन गरी पर्यटकहरुलाई आकर्षक गराउने । - होमस्टे (घरबास)ः स्थानीय संस्कृति र खानपानलाई समेटेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनका लागि युवाहरूलाई तालिम र सहुलियत ऋण दिने । ४. शिक्षा र स्वास्थ्य (आधारभूत अधिकार) -गुणस्तरीय शिक्षाः सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने र प्राविधिक शिक्षा ख्यअबतष्यलब ित्चबष्लष्लन) मा जोड दिने । - स्वास्थ्य सेवामा पहुँच ः तिनैवटा पालिकाको नगर अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवा थप गर्ने र ’एम्बुलेन्स सेवा’ र ’ हेल्थ पोष्ट’ लाई साधन–स्रोत सम्पन्न बनाइ सुविधा युक्त सेवा प्रदान गर्ने । -त्रियुगा नगर पालिकाको वगाहा क्षेत्रमा मेडीकल कलेज स्थापना गर्ने । -शिक्षक आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्ने वताबरण बनाउने । - प्रत्येक वडालाई पुस्तकालय मैत्री वडा वनाउने । ५. सुशासन र युवा स्वरोजगार -भ्रष्टाचार मुक्त प्रशासनः सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै ढिलासुस्ती सेवा र भ्रष्टाचारको अन्त्य गर्ने । -युवा उद्यमशीलताः वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरूलाई लक्षित गरी कृषि, पशुपालन र साना उद्योगमा बिना धितो वा सहुलियतपूर्ण ऋणको व्यवस्था गरी उद्यमशील बनाउने । ६. विपद् व्यवस्थापन र वातावरण -नदी नियन्त्रणः वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, द्वार, लुहाले, गिदेरी, लामाखोला, कालीखोला, सेतीखोला, सिवाई खोला, हडिया खोला, घेर खोला, कङ्ग खोला लगायतका खोलाहरुमा व्यवस्थित तटबन्धन गर्ने । सबैजसो खोला किनारमा सौन्दर्यकरण गर्ने । -उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण खहरे खोलाहरुको डि.पि.आर तया पारी दिर्घकालीन रुपमा नियण्त्रण प्रकृया अघि बडाउने । -वन संरक्षण ःवृक्षरोपण गरी सामुदायिक वनको संरक्षण गर्दै वन पैदावारमा आधारित उद्योगहरु सँग जोडदै व्यवसायीक उद्यमहरू सञ्चालन गर्ने । ७. भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको हितमा पुर्जा वितरणको प्रकृयामा ढिला सुस्ती भएको बाधा फुकाई तयारी पुर्जा विरण गर्ने वातावरण श्रृजना गर्दै जसको जोत उसैको पोत अनुसारको समस्या समाधानको लागी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने । - सुकुमवासीको पहिचान गरी वासस्थान प्रदान गर्दै यथा सिघ्र लाल पुर्जा प्रदान गर्ने । ८. उद्योघ गैर सरकारी तथा वितिय संस्था ः उदयपुर क्षेत्र नं. १ को सहकारी संस्थाहरुलाई उत्पादनमा लगानी मैत्री बनाउने । - उदयपुर सिमेट उद्योग कारखानालाई नयाँ र बैज्ञानीक ढंगले व्यवस्थीत गरी संचालन गर्ने । - गैर सरकारी संघ संस्थाहरुलाई सामाजिक रुपमा जिम्मेवार बनाउने । - साना तथा घरेलु उद्योग स्थापना, संचालन तथा बजारीकरणको बातावरण श्रृजना गरी आर्थीक रुपमा स्तर उन्नती गराउने । ९ युवा तथा खेलकुद: एक पालिका एक रंगशाला निर्माण गर्दै आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने । अन्त्यमा अव युवाहरुले जेनजी आन्दाेलनकाे क्रममा उठाएका मुद्धाहरु र नवयुवाहरुकाे भावना अनुसार संविधान संशाेधन गरी कानुन बनाउने कुराेमा लागि पर्ने छू । मेरो प्रतिबद्धता ः म केबल आश्वासन मात्र होइन, काम र नतिजामा विश्वास गर्दछु। तपाईँको एउटा मत, उदयपुर क्षेत्र नं. १ को उज्ज्वल भविष्यको लागि हुनेछ । आसा छ ताराछापमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ । तपाईंको सेवक, बलदेव चौधरी उमेद्वार, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, उदयपुर सम्पर्कः ९८५११५२६७५ “उदयपुरे जनताको सुख बैज्ञानीक विकास र आथीृक समृद्धि, मेरो प्रतिबद्धता”
आचारसंहिता उल्लंघनको आरोपमा सेतोपाटी अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढ्यो
चितवन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै अनलाइन सञ्चारमाध्यम सेतोपाटीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई सोमबार औपचारिक पत्र पठाएको हो। आयोगका अनुसार सेतोपाटीले २०८२ फागुन ३ गते “चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो” शीर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यस्तै, फागुन ४ गते “भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेन शाहको तर्क गलत छ” शीर्षकमा अर्को समाचार सार्वजनिक गरेको थियो। यी दुवै समाचारप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा उल्लेख गर्दै भनिएको छ कि उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न, त्यसको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइँदैन। साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) अनुसार कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रभाव पार्ने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने स्पष्ट व्यवस्था रहेको छ। आयोगले सेतोपाटीबाट प्रकाशित सामग्री उक्त प्रावधान विपरीत देखिएको ठहर गर्दै नियमानुसार आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई अनुरोध गरेको जनाएको छ। निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिँदै आयोगले निष्पक्ष, सन्तुलित र जिम्मेवार पत्रकारिताको मान्यता कायम गर्न सबै सञ्चारमाध्यमलाई पुनः सचेत गराएको छ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न नेकपा प्रतिबद्ध
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक–हित संरक्षण र सशक्तीकरणका लागि व्यापक र आकर्षक प्रतिबद्धताहरू सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्रतिबद्धता पत्रमा यी वर्गलाई राज्यको नीतिगत प्राथमिकतामा राख्दै उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, प्रतिनिधित्व र सम्मानित जीवन सुनिश्चित गर्ने स्पष्ट योजना अघि सारेको हो। नेकपाले राज्यका सबै निकायमा महिला प्रतिनिधित्व वृद्धि गर्न आवश्यक संवैधानिक संशोधन गर्ने तथा समान कामको समान ज्याला नीति कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बालबालिका र ज्येष्ठ नागरिकका लागि राज्यबाट उपलब्ध सेवा, सुविधा र सामाजिक सुरक्षामा उल्लेखनीय वृद्धि गरिने उल्लेख गरिएको छ। महिलाका लागि व्यापक अधिकार र सुरक्षा कार्यक्रम नेकपाले दलित, एकल, असहाय, अपाङ्गता भएका, आदिवासी, मधेसी, थारु, अल्पसंख्यक तथा विपन्न समुदायका महिलाका लागि विशेष संरक्षणमुखी नीति लागू गर्ने जनाएको छ। नीति निर्माण, योजना तर्जुमा र कार्यक्रम कार्यान्वयनमा महिलाको अनिवार्य तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता गरिएको छ। विद्यालय शिक्षा पूरा गर्न नसकेका महिलालाई व्यावसायिक शिक्षा र सीप तालिम उपलब्ध गराइने, तलबी सुत्केरी बिदा दुई सन्तानसम्म ६ महिना पुर्याइने, स्थानीय तहमा शिशु स्याहार केन्द्र विस्तार गरिने र गरिब तथा विपन्न महिलालाई पोषण भत्ता उपलब्ध गराइने उल्लेख गरिएको छ। महिलासम्बन्धी स्वास्थ्य सेवामा पनि विशेष प्राथमिकता दिँदै स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायतका रोगहरूको निःशुल्क उपचार गरिनेछ। दुर्गम क्षेत्रका गर्भवती महिलाका लागि आपतकालीन हवाई उद्धार, एम्बुलेन्स सेवा र तत्काल उपचारको व्यवस्था गरिने पनि प्रतिबद्धता गरिएको छ। त्यसैगरी, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, छात्राका लागि स्यानिटरी प्याड र सफा शौचालयको व्यवस्था, हिंसापीडित महिलाका लागि पुनर्स्थापना गृह, कानुनी सहायता र मनोसामाजिक परामर्श सेवा विस्तार गरिने उल्लेख छ। प्रत्येक पालिकामा ‘फास्ट ट्र्याक महिला न्याय युनिट’ स्थापना गरी हिंसाविरुद्ध कडा कारबाही गरिने जनाइएको छ। छाउपडी, बालविवाह, महिला बेचबिखन, एसिड आक्रमण, बलात्कार, यौन हिंसा र डिजिटल हिंसा उन्मूलनका लागि विशेष राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। साथै, पैतृक सम्पत्तिमा महिलाको समान अधिकार सुनिश्चित गर्दै संयुक्त धनीपूर्जा नीति कार्यान्वयन गरिने र महिला उद्यमीलाई सहुलियत ऋण तथा बीउ पूँजी उपलब्ध गराइने प्रतिबद्धता गरिएको छ। बालबालिकाका लागि शिक्षा, सुरक्षा र सामाजिक सुरक्षा बालबालिकाको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट सुनिश्चित गरिने नेकपाले जनाएको छ। देशका सबै ७७ जिल्लामा पोषण भत्ता लागू गरिने, बालअधिकारसम्बन्धी कानुनलाई एकीकृत ऐनमार्फत व्यवस्थित गरिने र पीडित बालबालिकाका लागि एकद्वार न्याय प्रणाली स्थापना गरिने योजना अघि सारिएको छ। द्वन्द्वपीडित, शहीद तथा बेपत्ता परिवारका बालबालिका, अपाङ्गता भएका तथा विपन्न परिवारका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, पोषण र सामाजिक सुरक्षाको विशेष कार्यक्रम लागू गरिने उल्लेख छ। अटिज्म तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि स्वास्थ्य सेवा र राहत कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ। ज्येष्ठ नागरिकका लागि सम्मानजनक जीवनको प्रत्याभूति नेकपाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता समयानुकूल वृद्धि गर्दै सम्मानजनक जीवन सुनिश्चित गर्ने जनाएको छ। अशक्त ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा मेडिकल टोली परिचालन गरिनेछ। त्यस्तै, असहाय तथा अपहेलित ज्येष्ठ नागरिकका लागि तथ्याङ्क संकलन गरी प्रदेशस्तरमा ज्येष्ठ नागरिकमैत्री आवास स्थापना गरिने र उनीहरूको अनुभव, ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ। नेकपाको यी प्रतिबद्धताले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राज्यको केन्द्रमा राख्दै सामाजिक न्याय, समानता र सुरक्षा सुनिश्चित गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ। यही कारण यी वर्गमा नेकपाप्रति विश्वास र समर्थन बढ्दो देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
विकासका ठोस आधार र लोकप्रिय छविका कारण सहज जितको मार्गमा गिरिराजमणी पोखरेल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी–१ का उम्मेदवार गिरिराजमणी पोखरेल विगतमा प्रतिनिधि सभा सदस्यका रूपमा खेलेको प्रभावकारी भूमिका र विकास निर्माणमा पुर्याएको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन्। चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानमा देखिएको जनसमर्थन र जनताको मायाले उनी जितको सहज मार्गमा रहेको महोत्तरीस्थित पार्टीपंक्तिले बताउने गरेका छन्। स्वास्थ्य मन्त्री तथा शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रीको रूपमा पटक–पटक जिम्मेवारी सम्हालेका पोखरेलले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका लागि महत्वपूर्ण काम गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका नीतिगत तथा कानुनी पहलले उनलाई लोकप्रिय बनाएको मात्र होइन, आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणका कामले पनि उनलाई मतदाताको मन–मस्तिष्कमा स्थापित गरेको छ। विगतका अधुरा योजनालाई पूरा गर्ने र नयाँ योजनाका साथ अघि बढ्ने प्रतिबद्धतासहित उनी अहिले मत माग्न व्यस्त देखिएका छन्। महोत्तरीको विकासका लागि अघि सारेका योजना पोखरेलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बर्दिबास मेडिकल कलेजको काम अगाडि बढाउन पहल गर्ने बताएका छन्। अव्यवस्थित बसोबासी तथा भूमिहीनका समस्याबारे संसदमा प्रभावकारी रूपमा आवाज उठाउने र कानुनी सहजीकरणका लागि भूमिका खेल्ने उनको प्राथमिकता रहेको छ। जनतासँग बलियो सम्बन्ध कायम गर्दै आएका उनले “जनता–सांसद कार्यक्रम” मार्फत् क्षेत्र नम्बर १ का नागरिकका सवालमा नियमित छलफल गर्ने र महत्वपूर्ण मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै, रोकिएको वनपथ–खयरमारा सडकलाई पक्की बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने, जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै चुरे संरक्षणको मुद्दालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने, रातु सभ्यताको संरक्षण गर्ने तथा भौतिक पूर्वाधार (सडक, पुल लगायत) का अधुरा काम पूरा गर्न पहल गर्ने उनको योजना रहेको छ। पुरातात्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण, अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। महोत्तरी–१ लाई दक्षिण एशियाकै प्रमुख पुरातात्विक अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना पनि उनले अघि सारेका छन्। त्यसैगरी, गौशाला बजारमा ढल तथा बजार व्यवस्थापनका कामलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढाउने उनको योजना रहेको छ। राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालमा स्पष्ट र दृढ आवाज उठाउँदै आएका पोखरेलको सरल र स्वच्छ जीवनशैली पनि उदाहरणीय मानिएको छ। महोत्तरीको विकासमा पोखरेलका प्रमुख योगदान गिरिराजमणी पोखरेलको पहलमा महोत्तरी–१ क्षेत्रमा विभिन्न महत्वपूर्ण संरचना तथा संस्थाहरू स्थापना र निर्माण भएका छन्। तीमध्ये प्रमुख योगदानहरू यसप्रकार छन्— १. बर्दिबास–१ मा कर कार्यालय तथा सेवा केन्द्र स्थापना २. बर्दिबास–३ मा विधि विज्ञान प्रयोगशाला स्थापना ३. किसाननगरमा मधेश प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र स्थापना ४. बर्दिबास–२ मा विद्युत् सबस्टेशन (निर्माणाधीन) ५. चुरे हरित संरक्षण अभियान सञ्चालन ६. बर्दिबास–१४ मा नाथम होटल म्यानेजमेन्ट कलेज स्थापना ७. बर्दिबास–११ खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना ८. किसाननगरमा मधेश प्रदेशस्तरीय कृषि कलेज सञ्चालन ९. जनहित नन्दलाल माविमा इन्जिनियरिङ अध्यापन सुरु १०. देउराली माविमा फरेस्ट्री अध्यापन सुरु ११. जनता मावि बर्दिबासलाई मधेश प्रदेशको नमुना विद्यालय बनाइएको १२. जनता मावि गौरीडाँडालाई देशकै उत्कृष्ट १० विद्यालयमध्ये पर्न सफल बनाइएको १३. बर्दिबास–२ मा राष्ट्रिय आयुर्वेदिक अनुसन्धान अस्पताल स्थापना १४. बर्दिबास–४ मा मेडिकल कलेज निर्माणको काम अघि बढाइएको १५. बर्दिबास–२ मा १५ शैयाको सरकारी अस्पताल स्थापना १६. रातु नदीमा तटबन्ध निर्माण गरी हजारौँ बिघा जमिन कटानबाट जोगाइएको १७. बर्दिबास वडा नं. ४–५ जोड्ने पुल निर्माणको काम अघि बढाइएको १८. क्षेत्रका सामुदायिक विद्यालयहरूमा संसदीय विकास कोषमार्फत् पक्की भवन निर्माण १९. गौशालामा नेपालकै पहिलो रेलवे इन्जिनियरिङ कलेज स्थापना २०. गौशालामा सिभिल इन्जिनियरिङ अध्यापन सुरु ২১. गौशालाको त्रिभुवन माविलाई नमुना विद्यालय घोषणा २२. गौशाला–१२ मा आयुर्वेद कलेज सञ्चालन २३. कान्तिबजार माविमा कृषि प्राविधिक शिक्षा सञ्चालन २४. आयुर्वेद अस्पताल सम्बन्धन तथा भवन निर्माण २५. गौशाला सरकारी अस्पताललाई १५ शैयाको सम्बन्धन २६. गौशालामा मालपोत तथा नापी कार्यालय स्थापना २७. बिसहरास्थान नजिक खानेपानी बोरिङ तथा ट्यांकी निर्माण २८. परडियामा शिव मन्दिर निर्माण २९. गैरीटोलमा गुम्बा भवन निर्माण ३०. बगर खेती प्रवर्द्धन ३१. कृषि उपज केन्द्र स्थापना ३२. पचाइन पोखरी पुनर्निर्माण ३३. अव्यवस्थित बसोबासीका समस्याबारे संसदमा आवाज उठाइएको ३४. सिँचाइका लागि डिप बोरिङ निर्माण तथा सञ्चालन विगतमा गरेका ठोस काम, विकास निर्माणमा देखिएको सक्रियता, जनतासँगको निकट सम्बन्ध र स्पष्ट योजनाका कारण गिरिराजमणी पोखरेल महोत्तरी–१ मा बलियो जनसमर्थनसहित सहज जितको मार्गमा अघि बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
११ बुँदे विकास प्रतिबद्धतासहित देवेन्द्र पौडेल घरदैलोमा : नवलपरासी–२ मा नेकपाप्रति जनआकर्षण तीव्र
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार देवेन्द्र पौडेल ११ बुँदे स्थानीय विकास प्रतिबद्धतासहित यतिबेला जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन् । विकास, सुशासन र जनजीविकासँग प्रत्यक्ष जोडिएका ठोस एजेन्डा बोकेर गाउँ–गाउँ र टोल–टोलमा पुग्दा स्थानीय जनताले उनलाई आशा र भरोसाका रूपमा हेर्न थालेका छन् । यससँगै उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताइएको छ । स्थानीयवासीका अनुसार विगतमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले जनताका आधारभूत समस्या र विकासका मुद्दालाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको गुनासो रहँदै आएको थियो । यस्तो अवस्थामा अनुभवी र स्पष्ट विकास दृष्टिकोण भएका नेताका रूपमा देवेन्द्र पौडेलको उम्मेदवारीलाई जनताले सकारात्मक रूपमा लिएका छन् । यसअघि बागलुङ क्षेत्र नं. २ बाट दुई पटक निर्वाचित सांसद रहिसकेका पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए । पूर्व शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्रीसमेत रहिसकेका उनले शिक्षा क्षेत्रमा गरेका सुधार, पूर्वाधार विस्तार तथा नीतिगत पहलकदमीले उनको नेतृत्व क्षमताको प्रमाण दिएको स्थानीयको भनाइ छ । यही अनुभव र कार्यसम्पादनकै आधारमा उनी नवलपरासी–२ मा पनि विकासको नयाँ आधार तयार गर्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियानका क्रममा पौडेलले स्थानीय आवश्यकताको पहिचान गरी त्यसअनुसार विकास योजना अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन रूपमा क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकास सुनिश्चित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । जनतासँगको भेटघाटका क्रममा उनले पाएको उत्साहजनक साथ र समर्थनले आफू विजयको नजिक पुगेको उनको भनाइ छ । यस्ता छन् देवेन्द्र पौडेलका ११ बुँदे मुख्य प्रतिबद्धता पौडेलले महेशपुर भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महेशपुरदेखि महलपोखरी, पाल्पा हुँदै पोखरासम्म जोड्ने रणनीतिक सडक निर्माण गर्ने mentioning गरेका छन् । यस सडकलाई प्रमुख व्यापारिक तथा आवागमन मार्गका रूपमा विकास गरिनेछ भने पालिकास्तरीय रिङरोड निर्माण गरी स्थानीय यातायातलाई सहज बनाउने योजना अघि सारिएको छ । शिक्षा क्षेत्रलाई समयानुकूल प्रतिस्पर्धी र गुणस्तरीय बनाउन विद्यालय तथा क्याम्पसहरूको भौतिक पूर्वाधार सुदृढ गर्ने, आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली लागू गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उनको अर्को प्राथमिकता रहेको छ । स्वास्थ्य क्षेत्रमा जिल्लाको एकमात्र पृथ्वीचन्द्र अस्पताललाई १०० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा प्रत्येक वडाका स्वास्थ्य चौकीहरूलाई थप सशक्त र सुविधासम्पन्न बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउने, किसानलाई उत्पादन, भण्डारण तथा बजारीकरणमा सहजीकरण गर्ने तथा आवश्यक नीतिगत र भौतिक संरचना निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । जिल्लाको सदरमुकाम परासीलाई योजनाबद्ध रूपमा नमूना सहरका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना लागू गर्ने उनको लक्ष्य रहेको छ । त्यसैगरी धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थलहरूको पहिचान, संरक्षण र विकास गरी पर्यटन प्रवर्द्धन गर्ने, उद्योग तथा कलकारखाना स्थापना र विस्तारका लागि उद्योगमैत्री वातावरण सिर्जना गरी स्थानीय स्तरमै रोजगारीका अवसर बढाउने उनको प्रतिबद्धता छ । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने, डुबान प्रभावित क्षेत्रका लागि वैज्ञानिक समाधान लागू गर्ने, साथै मुस्लिम, मधेशी, जनजाति, थारु, दलित, महिला, सहिद तथा घाइते परिवारलगायत उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न विशेष पहल गर्ने उनले बताएका छन् । जनतामा उत्साह, नेकपाप्रति विश्वास बढ्दो घरदैलो अभियानका क्रममा स्थानीयवासीले विकासका स्पष्ट योजना, अनुभव र प्रतिबद्धतासहित आएको नेतृत्वको आवश्यकता रहेको बताउँदै पौडेलप्रति विश्वास व्यक्त गरेका छन् । स्थानीय समस्यालाई केन्द्रमा राखेर प्रस्तुत गरिएका योजनाले जनतामा नयाँ आशा जागेको उनीहरूको भनाइ छ । पौडेलले अघि सारेका यथार्थपरक र जनमुखी एजेन्डाले नवलपरासी–२ मा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको दाबी छ । घरदैलो अभियानमा देखिएको जनसहभागिता, समर्थन र उत्साहले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा पार्टी विश्वस्त रहेको जनाएको छ । जनताको आवश्यकता, विकासको स्पष्ट दृष्टिकोण र अनुभवी नेतृत्वको संयोजनले देवेन्द्र पौडेलको उम्मेदवारी नवलपरासी–२ मा केन्द्रिय चासोको विषय बन्न पुगेको छ ।

