नारायणकाजीको भ्रष्टाचार अन्त्य गर्ने उद्घोषले तारामय बन्दै सर्लाही–३
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी माहोल दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने उनको स्पष्ट उद्घोष र विगतमा विभिन्न जिम्मेवारीमा रहँदा गरेका ठोस तथा परिणाममुखी कामका कारण मतदातामा उनीप्रति विश्वास र आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
चुनावी अभियानका क्रममा गाउँ–टोल, बस्ती र समुदायमा प्रत्यक्ष पुगेर जनतासँग संवाद गरिरहेका श्रेष्ठले आफूले विगतमा निर्वाह गरेका जिम्मेवारीको मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गरिरहेका छन् । मतदातासँगको भेटघाटमा उनले सुशासन, पारदर्शिता, विकास र जनउत्तरदायी राज्य निर्माणलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन् । स्थानीयवासीका अनुसार उनको सरल जीवनशैली, स्पष्ट राजनीतिक दृष्टिकोण र भ्रष्टाचारप्रति शून्य सहनशीलताको अडानले उनलाई अन्य उम्मेदवारभन्दा फरक र विश्वासयोग्य नेताका रूपमा स्थापित गरेको छ ।
श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री र पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका नीतिगत सुधार, प्रशासनिक पारदर्शिता र सुशासन प्रवर्द्धनका कामहरूले राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिएको थियो । यही कारणले सर्लाही–३ का मतदाताले उनलाई सुशासन र इमान्दार नेतृत्वको प्रतीकका रूपमा हेर्न थालेका छन् ।
गृहमन्त्री हुँदा गरेका सुशासनमुखी ऐतिहासिक सुधार
श्रेष्ठले २०७९ चैत १७ देखि २०८० फागुन २१ सम्म गृहमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय र दूरगामी प्रभाव पार्ने कामहरू गरेका थिए । कार्यभार सम्हालेको पहिलो दिनमै उनले ‘सुराकी खर्च’को नाममा हुने अपारदर्शी खर्च प्रणाली खारेज गर्दै राज्य संयन्त्रमा पारदर्शिताको नयाँ उदाहरण प्रस्तुत गरेका थिए ।

मिटरब्याज पीडितलाई न्याय दिलाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नु उनका महत्वपूर्ण निर्णयमध्ये एक थियो । त्यसपछि कानुनी व्यवस्था फास्ट ट्र्याकबाट लागू गरियो, जसका कारण आठ हजारभन्दा बढी पीडितले न्याय प्राप्त गरे । यस प्रक्रियामा २१२ बिघा ४ कठ्ठा १७ धुर जग्गा साहू–महाजनबाट पीडितलाई फिर्ता गरिनु सुशासन अभियानको ऐतिहासिक उपलब्धि मानिएको छ ।
उनकै पहलमा नागरिकता ऐन संशोधन लागू भई आमाको नामबाट नागरिकता प्राप्त गर्ने र गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया अघि बढाइएको थियो । यसले हजारौं नेपालीलाई नागरिकताको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
त्यसैगरी, नकली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, ललिता निवास जग्गा प्रकरण र बाँसबारी छाला–जुत्ता कारखाना जग्गा अनियमितता जस्ता बहुचर्चित भ्रष्टाचार काण्डका फाइलहरू पुनः सक्रिय बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउने अभियान सुरु गरिएको थियो । सार्वजनिक सम्पत्ति संरक्षणका लागि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सक्रिय बनाउँदै सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र पारिएको थियो ।
राष्ट्रिय सुरक्षा, प्रशासन र प्रविधिमा संरचनात्मक सुधार
श्रेष्ठको कार्यकालमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई विदेशी निजी कम्पनीको नियन्त्रणबाट मुक्त गरी पूर्ण रूपमा सरकारी संरचनाभित्र ल्याइयो । यसले नागरिकको जैविक विवरणको सुरक्षा सुनिश्चित गर्नुका साथै राष्ट्रिय स्वाधीनताको संरक्षणमा योगदान पुर्यायो ।

उनले राज्यलाई अनावश्यक आर्थिक भार पर्ने गरी वितरण गरिने पदक तथा विभूषण प्रणाली खारेज गरे । गृह प्रशासन सुधारका लागि लिलामणि पौडेलको नेतृत्वमा कार्यदल गठन गरी प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र पारदर्शी बनाउने प्रक्रिया सुरु गरिएको थियो ।
सीमा सुरक्षालाई सुदृढ बनाउन दार्चुलाको टिंकरसहित २३ स्थानमा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको थियो । प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै विधि र मापदण्डअनुसार सरुवा र बढुवा प्रणाली लागू गरियो । यसले सुरक्षा निकायमा व्यावसायिकता र निष्पक्षता बढाउन मद्दत पुर्यायो ।
अध्यागमन प्रणालीमा सुधार गर्दै भिजिट भिसा प्रणालीलाई पारदर्शी बनाइयो । अनलाइन भिसा, ई–टीए र अनलाइन भुक्तानी प्रणाली लागू गरी सेवाग्राहीलाई सहज र छरितो सेवा उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।
सामाजिक न्याय, पुनर्निर्माण र ऐतिहासिक निर्णयहरू
श्रेष्ठले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका ८,४७१ जनालाई सहिद घोषणा गराई नेपाल राजपत्रमा प्रकाशित गराउनु ऐतिहासिक निर्णयका रूपमा लिइएको छ । यसले सहिद परिवारको सम्मान र राज्यको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ ।
भूकम्प प्रभावित क्षेत्रका पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै अस्थायी आवास निर्माणका लागि ५०–५० हजार रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको थियो । यसले हजारौं परिवारलाई संकटको घडीमा राहत पुर्याएको थियो ।
नाम, थर र जन्ममिति सच्याउने नियमावली लागू गरी लाखौं विद्यार्थी र नागरिकलाई प्रत्यक्ष लाभ पुगेको थियो । साथै, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कडाइ गर्दै राजस्व वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याइएको थियो ।
सर्लाही–३ मा बढ्दो जनसमर्थन
यी सबै कामका कारण श्रेष्ठलाई सुशासन, इमान्दारिता र दृढ नेतृत्वको प्रतीकका रूपमा हेर्ने मतदाताको संख्या सर्लाही–३ मा उल्लेखनीय रूपमा बढिरहेको छ । स्थानीय बासिन्दाहरूका अनुसार श्रेष्ठले बोलेको कुरा व्यवहारमा उतार्ने नेताको रूपमा आफ्नो पहिचान स्थापित गरेका छन् ।
चुनावी अभियानका क्रममा उनले भ्रष्टाचारमुक्त प्रशासन, जनमुखी विकास, पारदर्शी शासन र राष्ट्रिय स्वाभिमान सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । यही कारणले सर्लाही–३ मा उनको पक्षमा उत्साहजनक वातावरण सिर्जना हुँदै गएको र चुनावी प्रतिस्पर्धामा उनी बलियो दाबेदारका रूपमा उभिएको स्थानीय विश्लेषकहरू बताउँछन् ।

सुशासन र भ्रष्टाचारविरुद्धको स्पष्ट अडान, विगतका प्रमाणित काम र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण नारायणकाजी श्रेष्ठ सर्लाही–३ मा आशा, विश्वास र परिवर्तनको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन् ।
चितवन-२ मा 'प्रताप'को राप: घरदैलोमा उर्लियो जनसागर, मतदाताले किन रोज्दैछन् 'प्रताप'नै ?
चितवन । चितवनकाे प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को चुनावी राप यतिबेला उत्कर्षमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूका झण्डा र नाराले बस्तीहरू रंगिएका छन्। तर, यो भीडमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङको घरदैलो अभियानले भने एउटा फरक र शक्तिशाली मानक स्थापित गरिरहेको छ। परम्परागत दलहरूको पुरानै आश्वासनबाट थकित बनेका चितवनका मतदाता यतिबेला प्रताप गुरुङको 'वर्गीय एजेन्डा' र उनको स्पष्ट क्रान्तिकारी छवप्रति आकर्षित देखिन्छन् । चितवन २ का सुगम सहरी क्षेत्रदेखि इच्छाकामनाका विकट पहाडी वस्तीहरूसम्म प्रताप गुरुङको टोली पुग्दा दृश्य निकै उत्साहजनक देखियाे। घरदैलोका क्रममा मतदाताले उनलाई फूलमाला र खादाले मात्र स्वागत गरेका छैनन्, आफ्ना वर्षौंदेखिका पीडा र राज्यले गरेको उपेक्षाका फेहरिस्त पनि सुनाइरहेका छन्। भोट माग्ने शैलीमा भन्दा पनि जनसंवादको शैलीमा प्रस्तुत भइरहेका गुरुङले मतदातासँग भनिरहेका छन्-"हामी केवल सत्ता परिवर्तनका लागि मात्र आएका होइनौँ, हामी त व्यवस्था बदल्न र जनताको आफ्नै वास्तविक सत्ता स्थापना गर्न आएका हौँ। दलाल पुँजीवादी संसदीय व्यवस्थाले जनताको ढाड सेक्ने काम मात्र गर्यो, अब यसको विकल्प खोज्ने बेला आएको छ।" को हुन् प्रताप गुरुङ ? ४२ वर्षीय प्रताप गुरुङको परिचय केवल एउटा उम्मेदवारमा मात्र सीमित छैन। इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा गुरुङ एक 'कमिटीड' क्रान्तिकारी नेता हुन्। उनको राजनीतिक यात्राका केही महत्वपूर्ण पाटाहरू छन् । जनयुद्धको जग: २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएर सानै उमेरमा सामन्ती राज्यसत्ता विरुद्धको संघर्षमा होमिएका गुरुङले वर्गसंघर्षको कठीन मोर्चा सम्हालेका थिए । अविचलित आस्था: शान्ति प्रक्रियापछि धेरै नेताहरू विलासी जीवन र सत्ताको मोहमा फस्दा पनि गुरुङले आफ्नो वर्गीय धरातल र क्रान्तिकारी निष्ठालाई डगमगाउन दिएनन्। युवा र 'जेन–जी'को आवाज: उनको एउटा मुख्य विशेषता भनेको नयाँ पुस्तासँगको सामीप्यता हो। डिजिटल युगका युवा (जेन–जी) मा रहेको विद्रोही चेतना र परिवर्तनको भोकलाई सही राजनीतिक दिशा दिने सामर्थ्य उनीमा देखिन्छ। निर्वाचनका एजेन्डा: सुशासन र वास्तविक विकास चितवन २ मा विगतमा भएका विकासका कामहरू अधुरा र केवल 'देखावटी' भएको स्थानीयको गुनासो छ। प्रताप गुरुङले यी कमजोरीलाई केलाउँदै दीर्घकालीन योजना अघि सारेका छन्। गुरुङकाे चुनावी घोषणापत्रका मुख्य बुँदाहरू उत्पादनमा आधारित अर्थतन्त्र: चितवनलाई दलालहरूको अखडा होइन, उत्पादनको केन्द्र बनाउने। वर्गीय समानता: विपन्न, मजदुर र किसानका छोराछोरीको शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण लगानी। भ्रष्टाचार मुक्त सुशासन: संसदीय राजनीतिमा मौलाएको कमिसनतन्त्र र भ्रष्टाचारको जरैदेखि अन्त्य। नयाँ सम्भावनाको खोजी: चितवनको पर्यटन र कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी युवा स्वरोजगारी सिर्जना गर्ने। मतदाताको आशीर्वादनै जितको आधार इच्छाकामनाका एक वृद्ध मतदाता भन्छन्, "हामीले धेरैलाई जिताएर पठायौँ, कोही काठमाडौँ छिरेर फर्केनन्, कोहीले आफ्नै खल्ती भरे। तर प्रताप आफ्नै माटोको छोरो हो, उसले दुःख बुझेको छ।" घरदैलोमा देखिएको यो जनलहरले चितवन २ मा ठुला भनिएका दलहरूलाई चुनौती दिइरहेको छ। स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिताले गुरुङको चुनावी माहोललाई थप बलियो बनाएको छ। उनले स्थानीय मतदातासँग संवाद गर्दै विगतका अधुरा आयोजनाहरूलाई पूर्णता दिने र नयाँ ढंगले चितवनको विकासको गुरुयोजना बनाउने संकल्प गरेका छन्। अन्त्यमा.. प्रताप गुरुङको उम्मेदवारी केवल एक सिटका लागि मात्र नभई, नेपाली राजनीतिमा हुर्किएको विकृति विरुद्धको विद्रोहको रूपमा देखिएको छ। फागुन २१ को फैसलाले के भन्छ, त्यो त समयले नै बताउनेछ, तर हाललाई चितवन २ को घरदैलोमा देखिएको प्रतापको प्रभावले यति कुरा निश्चित गरेको छ— अब चितवन-२ ले परिवर्तन खोजेको छ।
रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्नु पर्छट: प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने दीर्घकालीन योजना रहेको बताउनुभएको छ। पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले दाङबाट सुरु भएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीन सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य रहेको भन्नुभयो। सडक स्तरोन्नति भएसँगै मैकोटसहित आसपासका क्षेत्रलाई पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो। उहाँले सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएका शहीदहरूको सम्मानमा ‘शहीद मार्ग’ निर्माणको अवधारणा अघि सारिएको स्मरण गराउनुभयो। जनयुद्धकै क्रममा दक्षिणदेखि उत्तरसम्म शहीदहरूको नाममा सडक निर्माण गर्ने प्रस्ताव आफूले राखेको र पार्टीको निर्णयपछि स्थानीयवासीले स्वेच्छिक रूपमा सडक खन्न सुरु गरेको बताउनुभयो। शान्ति सम्झौतापछि सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यको आधिकारिक परियोजनाका रूपमा रूपान्तरण गरिएको उल्लेख गर्दै उहाँले अहिले सोहीअनुसार काम अघि बढिरहेको जानकारी दिनुभयो। अब मार्गलाई पूर्ण रूपमा कालोपत्रे गरी सहज आवागमन सुनिश्चित गर्ने र पर्यटन प्रवर्द्धनलाई गति दिने लक्ष्य रहेको उहाँले बताउनुभयो। उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव अघि सारेको र त्यसका लागि बजेटसमेत विनियोजन गरिएको स्मरण गराउनुभयो। मध्यपहाडी लोकमार्गले देशका पहाडी जिल्लाहरूलाई जोड्दै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो। यसैबीच, उहाँको टोली तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ र हुकाम हुँदै मैकोट पुगेको जनाइएको छ। सोमबार टोली कोल, गोलखाडा, राङ्सी, नाखाँ र जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको बताइएको छ।
पर्टकीय बस्ती मैकोटमा प्रचण्डको मर्निङवाकसँगै जनभेटघाट
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विहान पर्यटकीय स्थल मैकोटमा मतदाता भेटघाट गर्दै मर्निङवाक गर्नुभएको छ । उहाँले प्रसिद्ध मस्तथानको भ्रमणसमेत गर्नुभएको छ । प्रचण्डले विहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । मतदाता भेटघाटका लागि संयोजक प्रचण्ड आइतबार दिउँसो मैकोट आउँनुभएको थियो। उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा: जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म
रुकुमपूर्व । हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुभयो, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्यो। २९ फागुनमा रुकुम पूर्व प्रवेश गर्नुभएका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तत्यो। यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफु पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडि लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो। सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आउँनु भएकाका प्रचण्डका यी चार दिन (८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ। जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, सहिद परिवारसँगको भेट, घाइते योद्धाहरूको सम्मान र स्थानीयका गुनासा सुन्दै विकासका प्रतिबद्धता व्यक्त गर्नु उहाँको दैनिकी रह्यो। रुकुम पूर्वका मतदाता र कार्यकर्तामा प्रचण्डको उम्मेदवारीले नयाँ उत्साह जगाएको छ।गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा गरिएका संवाद र सहिद गेटमै उभिएर क्रान्तिका दिनको स्मरण गर्दै गाएका गितले चुनावी अभियानलाई जिवन्त बनाएको छ। पहिलो दिन हिउँदेखि भूमेमा न्यानो स्वागत बागलुङ–रुकुम सिमाना पातीहाल्नामा नेता–कार्यकर्ताको उत्साहपूर्ण स्वागत छ। हिउँले सेताम्य डाँडामा प्रचण्डको पाइला टेकिन्छ। स्वागतपछि उहाँ हिउँमा केहीबेर रमाउनुहुन्छ। सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको तस्बिर र भिडियो छिट्टै चर्चामा आउँछन्। त्यहाँबाट संयोजक प्रचण्ड भुमे १ लुकुम पग्नुभयो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो बाक्लो बस्तीमा प्रचण्डको स्थानीयले खाम मगर संस्कृति अनुसार फेटा गुंथाएर भव्य स्वागत भयो। उहाँले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याउनुभयो र लुगुमलाई नमूना गाउँ बनाउने घोषणा गर्नुभयो। टेलिफोन समस्याको तत्काल समाधानका लागि पहल गर्न स्वकीय सचिवलाई निर्देशन दिँदै उहाँ भूमे गाउँपालिकाको खाबाङबगर पुग्नुभयो। त्यहाँ कार्यकर्ता र स्थानीयको माया र आगो ताप्दै गफ गर्दै जनताको घरमा साँझको बास रमाइलो बन्यो। जनयुद्ध दिवसको स्मृति : लाबाङ–महत गाउँमा इतिहाससँग पुनर्मिलन ३१ औं जनयुद्ध दिवस। प्रचण्ड लाबाङ पुग्नुभयो । त्यो गाउँ जहाँ २०६१ मा पोलिटब्यूरो बैठक बसेर डा.बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो। स्थानीयले भुटेको मकैसँगै विभिन्न स्थानीय परिकार खाजा र दूध खुवाए। पुराना घर र बैठक स्थल हेर्दै प्रचण्डले पहिले र अहिलेको परिवर्तनमा खुसी व्यक्त गर्नुभयो।धेरै गर्न बाँकी रहेको त्यो काम अब गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि महतमा उहाँले जनयुद्धको पहिलो युद्धबन्दी साटफेरको स्मृति झल्काउने संरचना अवलोकन गर्नुभयो।महत गाउँलाई पृष्ठभुमी पारेर बनाइएको युद्ध स्मृति पार्कमा पुगेर छापामार आक्रमण र पहिलो युद्धबन्दी साटफेरको स्मृतिसँग जोडिएको संरचना अवलोकन। डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेरजनयुद्धको महत्त्वपूर्ण अध्यायको जिवन्त स्मरण एउटा कथा जस्तै गरी यथार्थमा झल्कियो । महत गाउँमा महतबासीले गाजाबाजासहित स्वागत गरे, समस्या सुनाए। खाबाङबगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले सहिद, बेपत्ता परिवार र घाइते योद्धाहरूलाई सम्मान गर्नुभयो। साँझ चुनबाङको गैरिगाउँमा पैसेरु नाच र झाँकीसहित रातो अबिर लगाएर स्वागत भयो।जनयुद्ध दिवस भावनात्मक र राजनीतिक दुवै रूपमा स्मरणीय बन्यो । चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य २ फागुन बिहान ७ः४५ चुनबाङको भेरीडाँडामा प्रचण्डले युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गर्नुभयो। त्यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी शान्तिको ढोका खोलेको थियो।सो निर्णय १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो बन्यो । बैठकस्थल, तयारी कक्ष, आफू र पत्नी सिता बसेको कोठा, छोरा प्रकाश र अन्य नेताहरू बसेका घर–कोठा अवलोकन गर्दै उहाँले इतिहाससँग साक्षात्कार गर्नुभयो। निर्माणाधीन युद्धसंग्रहालयको संरचना पनि हेर्नुभयो। गैरिगाउँको सहिद गेटमा पुग्दा जनवादी कलाकारसँगै संयोजक प्रचण्डले गाएको ‘सहिदहरू हाँसिरहेका छन्’ भन्ने गीतको बिम्ब सम्झिन्छ। स्थानीय अन्तरक्रियामा उहाँले रुकुमपूर्वले आफूलाई नयाँ ऊर्जा दिएको बताउँदै पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो। साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुग्दा स्थानीयले ऐतिहासिक स्थानमा भव्य स्वागत गर्नुभयो। पर्यटकिय क्षेत्र तकसेराको सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता जनाउँदै उहाँ त्यहाँ बास बस्नुभयो। चौथो दिनः मर्निङ वाक, चुल्होको आगोदेखि मैकोटको समाजवाद सपना ३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै प्रचण्डले दलित समुदायको घरमा आगो ताप्नुभयो। दलित युवाले भने, “अब जातीय छुवाछूत हट्यो, प्रचण्डले गर्दा।” बाछीगाउँ, बिर्गुङ, पदमी, ओम्खा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामका हरेक बस्तिमा लालीगुराँसको माला, मकै–चिया, सामूहिक फोटो, हरेक बस्तिमा आफ्नै शैलीका स्वागतका रमाउँदै उहाँले स्थानीयको समस्या सुन्नुभयो, मत माग्नुभयो र विभिन्न पार्टी परित्याग गर्नेहरूलाई स्वागत गर्नुभयो। उहाँले सिस्ने हिमालको दृश्यावलोकनसँगै तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गर्नुभयो ।सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा पलेटी कसेर स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खानाका खादै उहाँले भन्नुभयो “यहाँको संस्कृति र जीवन साचिकै भिन्न छ । यहाँ सबै नेपाली आउनुहोस्,” साँझ मैकोट पुग्दा भव्य स्वागत भयो। प्रधानमन्त्री छँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिंडेर आइपुग्नुभएको थियो। मैकोटबासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ। समुदायमा आधारित समाजवादको सुरुआत यहीँबाट हुन्छ।” मगर, दलित, ठकुरीको सामूहिक बसोबास र संस्कृतिलाई समाजवादको पूर्वाभ्यास भन्दै उहाँले रुकुमेली जनतामा समाजवादको रगत रहेको बताउनुभयो।“पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकास र समृद्धिका लागि टिकट बोकेर आएको छु ।” उहाँले भन्नुभयो । साँझको बास मैकोटमै बस्नुभयो । यी ८४ घण्टामा प्रचण्डले र हिउँमा खेल्दै सुरु गरेको मतदाता भेटघाटको यात्रामा सहिद परिवारलाई सम्मान गर्नुभयो, ऐतिहासिक र पर्यटकिय स्थलको अवलोकन गर्दै तिनको विस्तार र विकास गर्ने प्रतिबद्धता जनाउँनुभयो, तातोपानीमा जनतासँगै खाना खानुभयो, भूमे नाच्नुभयो, दलित घरको चुल्होमा आगो ताप्दै गन्थन गर्नुभयो । प्रचण्डसँगको यात्रामा समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बुढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत नेताहरु हुनुहुन्छ। चार दिनको यो यात्रा चुनावी अभियान मात्र बनेन, यो क्रान्तिको स्मृति बोकेको जिल्लामा फर्किएको भावनात्मक मिलन बन्न पुग्यो, वृद्ध युवा बालबालिका सबै खुसी भए प्रचण्डसँगै नाचे भव्य स्वागत गरे मिठो मसिनो जे घरमा छ त्यो खाना दिए आफ्नै छोरालाई जस्तै आश्रय दिए। रुकुमपूर्वमा प्रचण्डका बाँकी तीन दिनको कार्यक्रम अझै छ। तर चार दिनको ८४ घण्टाले यो केवल मत माग्ने अभियान मात्र नभई, इतिहासको पुनर्स्मरण र विकासको वाचा जोडिएको राजनीतिक पुनर्संवाद बन्न पुगेको छ ।क्रान्तिको स्मृति बोकेको रुकुमपूर्व अब प्रचण्डले भने जस्तै विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्छ कि बन्दैन हेर्न बाँकी नै छ ।
जाजरकोटको विकासका याेजनाकारशक्ति बस्नेत : सडक, जलविद्युत, स्वास्थ्यदेखि शिक्षा र रोजगारीसम्म ऐतिहासिक फड्को
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले आफूले मन्त्री रहँदा जाजरकोटमा गरेका ऐतिहासिक विकास कार्यहरूको विस्तृत विवरण सार्वजनिक गर्दै जिल्लालाई विकासको मूलधारमा जोड्ने बलियो आधार तयार भएको बताएका छन्। उनले सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, खानेपानी, सिंचाइदेखि युवा तथा खेलकुद क्षेत्रसम्म व्यापक सुधार गर्दै जाजरकोटको समग्र विकासको जग बसालिएको उल्लेख गरेका छन् । बस्नेतका अनुसार अब ती योजनाहरूको प्रतिफल देखिन सुरु भइसकेको छ र आगामी दिनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, जनशक्ति विकास तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा थप गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे। सडक पूर्वाधारमा ऐतिहासिक विस्तार बस्नेतको पहलमा जाजरकोटमा रणनीतिक महत्वका ठूला सडक परियोजनाहरू अघि बढेका छन्। भेरी करिडोर, मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माण तथा कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। रारा राजमार्गको जाजरकोट खण्डमा कालोपत्रे सुरु भइसकेको छ भने भेरी करिडोर र मध्यपहाडी लोकमार्गको कालोपत्रे अन्तिम चरणमा पुगेको छ। छेडा–मोर्क–चाँदे–जुम्ला सडक, मनाघाट–बाटुल्ले–हानेसल्ला–बारेकोट सडक, कालिमाटी–लिम्सा–मुल्साम सडक, पाँचकटिया–किटेनी–भारगाउँ–लिम्सा सडक, बोहरा–पुन्मा सडक, भुरचौर–स्याउली–पुन्मा सडक, लामीतरा–शिवपुरी–गर्खाकोट सडक लगायत दर्जनौं सडक निर्माणाधीन छन्। साथै भेरी पुल र राकम पुलसहित दर्जनौं मोटरेबल पुल तथा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिएको छ। सञ्चार क्षेत्रमा क्रान्तिकारी सुधार जिल्लाभर सञ्चार सेवा विस्तारका लागि २० भन्दा बढी टेलिकम टावर स्थापना गरिएको छ भने थप नयाँ टावरहरू निर्माण भइरहेका छन्। भेरी र नलगाड नगरपालिकामा अप्टिकल फाइबर जडान गरिएको छ। मोर्क बजारदेखि चंखीला सम्म अप्टिकल फाइबर विस्तारको सर्वे तथा डिजाइन सम्पन्न भएको छ, जसले डिजिटल पहुँचमा ठूलो परिवर्तन ल्याएको छ। कृषि र वन क्षेत्रमा व्यवसायीकरण कृषिलाई व्यवसायिक बनाउने लक्ष्यसहित सुन्तला, ओखर, टिमुर र मौरीपालन जोन स्थापना गरिएको छ। विभिन्न कृषि ब्लक तथा पकेट क्षेत्र स्थापना गरी कृषकलाई अनुदान तथा प्रविधि उपलब्ध गराइएको छ। जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको छ भने नलगाड नगरपालिकामा खाद्य संस्थानसँग सम्झौता गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गरिएको छ। पर्यटन पूर्वाधारको तीव्र विकास चाखुरे–कुशेमुसे पर्यटन पदमार्ग, मालिका मन्दिर, शिवालय मन्दिर, मष्टा मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरिएको छ। यसले जाजरकोटलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ। जलविद्युत र विद्युतीकरणमा ऐतिहासिक उपलब्धि जिल्लाभर विद्युतीकरणका लागि ठेक्का सम्झौता गरिएको छ। बडाबन, कुदु, चौखा, समाइला लगायत क्षेत्रमा सबस्टेशन निर्माण भएको छ भने वडावन र समाइलामा निर्माणाधीन छन्। नलगाड जलविद्युत आयोजना प्रस्तावदेखि DPR तयार, मुआब्जा वितरण र पूर्वाधार निर्माणसम्मको काम अघि बढेको छ। जग्गदुल्ला ‘ए’ जलविद्युत आयोजना निर्माणको तयारीमा छ भने तासुगाड जलविद्युत आयोजना सुरु हुने चरणमा पुगेको छ। डाँडागाउँ भेरी, भेरी–२ र भेरी–३ आयोजना निर्माण तयारीमा छन्। साथै कुशे र बारेकोटमा सोलार मिनिग्रिड सञ्चालनमा ल्याइएको छ। सिंचाइ र खानेपानीमा व्यापक सुधार कुदु, रिम्ना, रग्दा, रोली, बडावन, लिर्ता लगायत क्षेत्रमा लिफ्ट सिंचाइ योजना सञ्चालनमा आएको छ। नौफेरी, रोली लगायत दर्जनौं सिंचाइ योजना सम्पन्न भएका छन्। भेरी नदी र अन्य खोलाहरूमा नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ। रोकायगाउँ, कार्कीगाउँ, टालेगाउँ, जगतिपुर, कुदु लगायत क्षेत्रमा ठूला खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा आएका छन्, जसले हजारौं नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराएको छ। स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जाजरकोट अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको छ र आधुनिक भवन निर्माण गरिएको छ। नलगाड, बारेकोट, छेडागाड, भेरी नगरपालिकामा अस्पताल निर्माणको पहल गरिएको छ। आँखा अस्पताल स्थापना, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण तथा कोरोना महामारीमा उपचार सामग्री उपलब्ध गराउने काम गरिएको छ। शिक्षा क्षेत्रमा ऐतिहासिक फड्को भेरी ज्ञानोदय क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइ मास्टर डिग्री कक्षा सुरु गरिएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना गरी कृषि, वन, इन्जिनियरिङ र फार्मेसी शिक्षा सञ्चालन गरिएको छ। दर्जनौं विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ भने नयाँ क्याम्पस स्थापना, विद्यालय भवन निर्माण तथा शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउने पहल गरिएको छ। भूकम्पमा उद्धार र पुनर्निर्माणमा नेतृत्वदायी भूमिका जाजरकोट भूकम्पपछि प्रभावित प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा बस्नेतले महत्वपूर्ण भूमिका खेले। साथै कच्ची घर विस्थापन गरी भूकम्प प्रतिरोधी घर निर्माण अभियान अघि बढाइएको छ। बैंक, प्रशासन र सेवा विस्तार छेडागाडमा इलाका प्रशासन कार्यालय, नलगाडमा राष्ट्रिय वाणिज्य बैंक शाखा स्थापना गरिएको छ। विभिन्न पालिकामा बैंक शाखा विस्तार, प्रहरी चौकी स्थापना र सरकारी कार्यालय स्थापना गरिएको छ। युवा, खेलकुद र सामाजिक पूर्वाधारमा उल्लेखनीय प्रगति खलंगा कभर्डहल, मन्मै रंगशाला, कुदु रंगशाला, दशेरा रंगशाला निर्माण गरिएको छ। युवा लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ। जनता आवास कार्यक्रममार्फत सयौं परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ। विकासको जग तयार, अब समृद्धिको चरण बस्नेतले जाजरकोटमा भएको पूर्वाधार विकासले जिल्लालाई आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गराउने बताए। “अब पूर्वाधारको जग तयार भइसकेको छ। उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको नयाँ युग सुरु भएको छ,” उनले भने। उनले आगामी दिनमा अधुरा योजनाहरू पूरा गर्दै जाजरकोटलाई कर्णालीकै समृद्ध जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शक्ति बहादुर बस्नेतले गरेका कामहरु १ ) सडक पुर्वाधार निर्माण , - भेरीकरीडोर ,मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माणको लागि पहल । -भेरी कोरिडोर र मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सम्पन्न हुदै। -रारा राजमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सुरु भएको । - छेडा -मोर्क - साना खोला चांदे जुम्ला सडक योजना निर्माणाधिन र (कालो पत्रे सहित ) । - छेडा कचाली सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भई रहेको । - मनाघाट - बाटुल्ले - हानेसल्ला - बारेकोट सडक निर्माणाधिन - कालिमाटी - लिम्सा - मुल्साम सडक निर्माणाधिन - पांचकाटिया - किटेनी - भारगाउँ - गर्चिना - सिल्पाचौर लिम्सा सडक निर्माणाधिन - पांचकटिया - कयाल्दापाखा - बारेकोट जुम्ला सडक निर्माणाधिन - बोहरा - इवर - पुन्मा - पोखरा सडक निर्माणाधिन - भुरचौर - स्याउली - पुन्मा सडक निर्माणाधिन - ढुंगिल - झाप्रा - मछाइना सडक निर्माणाधिन - मोर्क - स्यापी - खनेटा - मटेला सडक - लिर्ता -कार्कीगाउ सडक - मध्यपहाडी सडक देखि - मनाघाट - खारा सुयाडा सडक निर्माणाधिन - थलह - पजारु - झिंग्रा - टिकाचौर सडक - लामीतरा - शिवपूरी - गर्खाकोट सडक निर्माणाधिन लगायत अन्य दर्जनौं ग्रामीण सडकहरु ( ट्रयाक खुला गर्ने काम भएको ) - भेरी पूल राकम लगायत दर्जनौं मोटरेवल पूलहरु निर्माणको लागि पहल । - दर्जनौं झोलुङ्गे पूलहरु निर्माणको लागि पहल २ ) संचार (टेलीफोन सेवा विस्तार ), - टेलिकम टावर थप २० वटा - अप्टिकल फाइबर भेरी, नलगाड नगरपालिका दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको ३ ) - कृषि ,बन क्षेत्र, - -कृषि बन उद्यमको लागि अनुदानको ब्यवस्था - कृषिको व्यवसायिकरणका लागि - सुन्तला , ओखर , टिमुर ,मौरी जोनहरुको स्थापना -अन्य विभिन्न ब्लक तथा पकेटहरुको स्थापना - जडिवुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना -- नलगाड नगरपालिकामा कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन पूर्वाधार निर्माण , - चाखुरे कुशेमुसे पर्यटन पर्वाधार निर्माण पदमार्ग लगायत - मालिका मन्दीर सुयाडा लगायत दर्जनौ मन्दिरहरुको भवन तथा अन्य पूर्वाधार निर्माण ५ ) जलविद्यूत र विद्युतीकरण, - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , मा सवस्टेशन निर्माण - वडावन र समाइलामा सवस्टेशन निर्माणाधिन . - गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको . मुआब्जा वितरण अन्य सडक कार्यालय भवन लगायत अन्य पूर्वाधार निर्माण र DPR Report तयार - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माणको लागि टेण्डरको तयारी भईरहेको) - तासुगाड हाइड्रो पावर निर्माण सुरु गरिने (यसै आर्थिक बर्ष ) - डाँडागाउँ भेरी हाइड्रो, भेरी २ , भेरी ३ जलविद्यूत आयोजनाहरु निर्माणको लागि तयारी भईरहेको । - कुशे ८ र बारेकोट ४ मा सोलार मिनिग्रिड सञ्चालनमा आएको । ' - नलगाड दानी पिपलमा ४०० केभी को लागि सवस्टेशन निर्माणको तयारी काम पुरा भएको । - दानीपिपल देखी सुर्खेत मैनतडा हुदै लम्की जोड्ने ४०० केभि प्रशारण लाइनको तयारी काम पुरा भएको । ६ )सिचाई आयोजनाहरु, - कुदु , रिम्ना रग्दा रोली तल्लु ठुला बगर लिफ्ट सिंचाई संचालनमा आएको । - बडावन , लिर्ता लिफ्ट सिंचाई योजना निर्माणाधिन - भुरचौर लिफ्ट सिंचाई योजनाको तयारी भईरहेको -जेवा लिफ्ट सिंचाइ प्रस्तावित - नौफेरी , रोली , लगायतका दर्जनौं मझौला सिंचाई आयोजनाहरु सम्पन्न - संचालनमा आएको - जिल्लामा (SIP)साना सिंचाई आयोजना मार्फत दर्जनौं सिंचाई योजनाहरु कार्यान्वन भएको । -भेरी नदि , सरुगाड ,झुप्रे खोला, नियन्त्रण कार्यक्रम अन्य दर्जनौं मझौला सिचाई योजना ७ ) खानेपानी आयोजना, - रोकायगाउ वृहत खानेपानी आयोजना, कार्कीगाउ वृहत खानेपानी आयोजना, टालेगाउ वृहत खानेपानी , जगतिपुर वृहत खानेपानी आयोजना, कुदु खानेपानी आयोजना लगायत जिल्लाभर अन्य संयौं ठुला साना खानेपानी योजनाहरुको निर्माण तथा मर्मत सम्भार । ८ ) स्वास्थ्य क्षेत्र सुधार, - जाजरकोट अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको ' । - जाजरकोट अस्पातलको आधुनिक भवन निर्माण। - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल निर्माणको लागि पहल । - आंखा अस्पताल भवन -कोरोनाको समयमा क्वारेन्टाइन सहित उपचारको लागि सामाग्री प्रदान - एकीकृत जनस्वास्थ्य कार्यक्रम सुरु - नलगाड दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना - ९) शिक्षा क्षेत्र सुधार, - भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस - भेरी ज्ञानोदय क्यापसमा Master Degree कक्षा सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा लिइएको । -- जनज्ञानकुञ्ज बहुमुखी क्याम्पस दशेरा, नलगाड बहुमुखी क्याम्पस दल्ली, र मालिक क्याम्पस पैंक स्थापना - जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना ( कृषि, बन विज्ञान , इन्जिनियरिङ्ग (ओभर सियर )र फार्मेसी कक्षा संचालन) - मावि लिम्सा, मावि कार्कीगाउ , मावि तल्लु , मावि देउसुले सिर्प प्राविधिक शिक्षा - मावि कालेगाउ लगायतमा प्राविधिक विषय को अध्ययनको ब्यवस्था - जाजरकोट लगायतका जिल्लाका शिक्षकहरुलाई दुर्गम भत्ताको ब्यवस्थाका लागि पहल - दर्जनौं विद्यालयहरुको भवन पुर्वाधार निर्माणको लागि बजेटको व्यवस्था । १०) जाजरकोट भुकम्पमा उद्धार र राहत वितरण मा सक्रिय भुमिका, - जिल्लाभरका सबै प्रभावित परिवारहरुको लागि अस्थायी आवास निर्माण गर्न रु ५० हजार प्रदान गर्न विशेष भुमिका - जिल्लाभरीका सबै माटो ढुंगाले बनेका कच्चि घरहरु विस्थापित गरी भुकम्प प्रतिरोधी पक्कि घरहरुनिर्माण गर्न नवनिर्माण अभियान संचालनको लागि विशेष पहल । ११) अन्य सेवा प्रवाह, - छेडागाड नपा ५ चंखिलामा इलाका प्रशासन कार्यालय स्थापना - नलगाड दल्लिमा राष्ट्रिय बानिज्य बैंकको शाखा कार्यालय स्थापना - जुनिचाँदे लगायतका पालिकाहरुमा वैंकहरुका शाखा कार्यालय स्थापनाको लागि पहल । - सुयाडा लगायत स्थानहरुमा प्रहरी चौकी स्थापनाको लागि पहल । - भेनपा १ मा सभागृह निर्माण १२) युवा - खेलकुद क्षेत्र , - युवा समुदाय लक्षित सिपमुलक कार्यक्रमहरु - खलङ्गा कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड १३ ) अन्य भौतिक पूर्वाधार निर्माण, जनता आवास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम मार्फत संयौं गरिव परिवाररुको घर र सुरक्षित छाना निर्माण । - सदरमुकाम खलंगा संरक्षणको लागि तटबन्धन र भुक्षय नियन्त्रणको काम - भुकम्प प्रभावित सरकारी कार्यालय र विद्यालयहरुको भवन निर्माणको लागि पहल । पुनश्चः पुर्वाधारमा भएको उल्लेख्य सुधारहरुको जगमा बांकि कामहरुलाई पुर्णता दिदै उत्पादनमा बृद्धि, रोजगारीका अवसरहरुको सिर्जना , जनशक्तिको विकास , शिक्षा स्वास्थामा सुधार १ )संञ्चार - टेलिकम टावर २२ (वटा ) पुराना र थप नयाँ ४ वटा १ )कोर्ताङ २ ) नलगाड १० ध्यारगाउँ ३) भेरी नपा ४ बोहरा / आर्मि व्यारेक ४ )बारेकोट ७ सुवाकोट निर्माण - अण्टीकल फाइबर भेरी, नलगाड नगरपालिक दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको २ )जडिबुटि संकल्न भवन निर्माण ३ ) कृषि - सुन्तला , ओखर , टिमुर ,मौरीपालन जोन - नलगाड पालिकामा उत्पादन कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन - मलिका मन्दीर निर्माण छेडागाड - चाखुरे कुशेमुसे पर्यटन मार्ग - शिवालय मन्दिर जाजरकोट - मष्टमन्दिर कुशे ५ )विद्युत - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , समाइला जाजरकोट विद्युत स्टेशन . गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको DPR Report सम्मपन्न - नलगाड हाइड्रो पावरको भवन निर्माण र जग्गाको मुअब्जाको काम सम्पन्न - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माण ) - तासुगाड हाइड्रो पावर - डाँडागाउँ भेरी हाइड्रो सम्भाव्यता अध्यन - कुशे ८ र बारेकोट ४ मिनिग्रेड ६ )सिचाई - कुदु , भुरचौर, नौफेरी सिचाई - जेवा लिफ्ट सिंचाइ प्रस्तावित ७ )स्वास्थ्य - जिल्ला अस्पताल जाजरकोट - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल - अंखा अस्पतालको भवन ८ )बैङ्क - संघियताको मर्म अनुसार सबै स्थानिय तहमा बैङ्क स्थापना - कृषकलाई ऋण प्रवाहका लागि थप बारेकोट र जुनिचाँदे कृषि विकास बैंक र नलगाड र भेरीमा बानिज्य बैक स्थापना ९ )शिक्षा - भेरी ज्ञानोदय क्यापसमा Master सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा दिने मन्त्रीपरिषद बैठकले निर्णय १०)खलकुद - खलङ्ग कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड - कालेगाउँ सभागृह ११)शिक्षा - नलगाड क्यामपस, मालिक क्याम्पस कुशे बनाउन पहल गरेको, ज्ञानकुञ्ज क्यामपस दशेरा छेडगाड - बिरेन्द्र ऐश्वय उ.मावि मा प्राविधिक शिक्षा - कालेगाउँ( भेरी ), कार्किगाउँ (छेडागाडा ) , सिर्पा (जुनियाँदे ) तल्लु (नलगाड ) प्राविधाक शिक्षा - शिक्षकहरुलाई दुर्गम भत्ता १२)सडक - भेरीकरीडोर - मध्यपहाडी लोकमार्ग ( जग्तीपूर मनघाट बडावन चँखिला दैलेख ) - लुम्बिनी रारा राजमार्ग (सल्यान, खलङ्ग, पैक बेउली ढुंग जुम्ला सडक ) - खारा मनघाट सडक - पालिका जोड्ने सडकहरू - १३ ) भुकम्पमा अस्थाई टहरा प्रतिघर ५० (पचास हजार) का दरले निर्णय गरियको । . भकम्प जाँदा प्रधानमत्री साहित जनताको घरदैलोमा पुगेर तत्काल उद्दार तथा राहत वितरण प्रभावकारी बनाएको १४ )खरको छाना मुक्त घर बारेकोट २ . जनता आवास कार्यक्रम . सुरक्षित आवास कार्यक्रम १५ ) कार्यलय स्थापना .एपिएफ स्थापना गरिएको .बृहत जलाधार कार्यलय जाजरकोटको . सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय . भुकम्प पुन निर्माण कार्यलय रिम्न . भेरी करिडोर कार्यलय स्थापना . इलका प्रशासन कार्यालय चंखीला छेडागाड न.पा. जाजरकोट
सिन्धुपाल्चोक-१ का नेकपा उम्मेदवार सापकोटाका ३३ महिनाको उपलब्धिसँगै नयाँ प्रतिबद्धता
सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार माधव सापकोटाले आफ्नो ३३ महिनाको संसदीय कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै लोकतान्त्रिक शिक्षा र जनप्रतिनिधि–जनता सम्बन्ध सुदृढीकरणलाई प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन्। उनले आफ्नो कार्यकालमा सुरु गरेको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियानलाई लोकतन्त्रप्रति सचेत, जिम्मेवार र सहभागी नागरिक निर्माण गर्ने महत्वपूर्ण पहलका रूपमा व्याख्या गरेका छन्। सापकोटाले निर्वाचन क्षेत्रभित्र रहेका करिब दुई दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुगेर कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। उक्त संवादका क्रममा उनले संसदको संरचना, सांसदको भूमिका, कानुन निर्माण प्रक्रिया, शक्ति पृथकीकरण, संविधानको महत्व तथा लोकतान्त्रिक प्रणालीको आधारभूत पक्षबारे विद्यार्थीहरूलाई सरल र व्यवहारिक ढंगले जानकारी गराएका थिए। विद्यार्थीहरूले पनि सांसदसँग प्रत्यक्ष प्रश्न सोध्ने, आफ्ना जिज्ञासा राख्ने र लोकतान्त्रिक अभ्यासबारे बुझ्ने अवसर पाएका थिए। उनका अनुसार, यस अभियानले विद्यार्थीहरूमा लोकतन्त्रप्रति रुचि, जिज्ञासा र जिम्मेवारीको भावना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ। “लोकतन्त्र केवल पाठ्यपुस्तकमा सीमित विषय होइन, यो व्यवहारमा बुझ्नुपर्ने प्रणाली हो। त्यसैले विद्यार्थीहरूलाई प्रत्यक्ष संवादमार्फत संसद र शासन प्रणालीबारे जानकारी दिनु आवश्यक ठानेर यो अभियान सुरु गरिएको हो,” सापकोटाले बताए। यस अभियानअन्तर्गत उनले केही विद्यालयका प्रतिनिधि विद्यार्थीहरूलाई संघीय संसद भवनसम्म पुर्याएर प्रत्यक्ष अवलोकन गराउने कार्यक्रमसमेत सञ्चालन गरेका थिए। संसद भवनको अवलोकनका क्रममा विद्यार्थीहरूले संसदको बैठक कक्ष, समितिहरूको कार्यप्रणाली तथा प्रशासनिक संरचनाबारे जानकारी प्राप्त गरेका थिए। यसले विद्यार्थीहरूलाई राज्य सञ्चालनको केन्द्रबिन्दुबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको सापकोटाको भनाइ छ। स्थानीय शिक्षक तथा विद्यालय प्रशासनले पनि यस अभियानलाई सकारात्मक पहलका रूपमा लिएका छन्। शिक्षकहरूका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, सार्वजनिक विषयप्रति चासो र नागरिक चेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। विद्यार्थीहरूले समेत सांसदसँगको प्रत्यक्ष संवादलाई प्रेरणादायी अनुभवका रूपमा लिएका थिए। सापकोटाले “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियानलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिमध्ये एक भन्दै यसले आफूले निर्वाचनअघि गरेको प्रतिबद्धता कार्यान्वयन भएको प्रमाण प्रस्तुत गरेको बताए। उनले जनप्रतिनिधिको काम केवल विकास निर्माणमा सीमित नभई जनचेतना अभिवृद्धि र लोकतान्त्रिक संस्कार विकासमा पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरे। आगामी कार्यकालका लागि उनले शिक्षा, पूर्वाधार, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी युवा तथा विद्यार्थीहरूलाई राज्य सञ्चालनको प्रक्रियासँग जोड्ने, गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने र स्थानीय स्तरमै अवसर सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राख्ने बताएका छन्। सापकोटाले आफ्नो कार्यकालको मूल्याङ्कन जनताले नै गर्ने भन्दै आफूले गरेका काम, सुरु गरेका अभियान र अघि सारेका योजनाका आधारमा पुनः जनताको विश्वास प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। उनले लोकतन्त्रलाई बलियो बनाउन नागरिक सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै आफ्नो अभियानले त्यस दिशामा महत्वपूर्ण आधार तयार गरेको दाबी गरेका छन्।
गाउँको पुनर्जागरणदेखि संसदसम्मकाे अभियानमा अर्थराजनीतिज्ञ डा. हरि राेका
खोटाङ । गाउँमै पसिना बगाएर पुनर्जागरणको अभियान थालेका अर्थराजनीतिज्ञ डा. हरि रोका अहिले प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्ने अभियानमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङबाट उनलाई उम्मेदवार बनाएपछि बौद्धिक क्षमता, राजनीतिक अनुभव र गाउँप्रतिको समर्पणको संयोजनले उनको उम्मेदवारी विशेष अर्थपूर्ण बनेको छ। झन्डै चार दशक काठमाडौंमा अध्ययन, अनुसन्धान र राजनीतिक–वैचारिक गतिविधिमा बिताएका डा. रोका अन्ततः “गाउँमै बसेर गाउँ बदल्ने” निष्कर्षमा पुगे। २०७९ सालमा श्रीमती कृष्णा रोकासँगै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु फर्किएका उनले वर्षौँदेखि बाँझिएका खेतबारीमा खेती सुरु गरे, जीर्ण घर मर्मत गरे र गाउँलाई पुनः जीवन्त बनाउने अभियान थाले। उनले व्यवहारमै देखाएको यही समर्पणले उनलाई जनतासँग जोडिएको उम्मेदवारका रूपमा स्थापित गरेको छ। गाउँ फर्किएपछि पनि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थराजनीति, राज्यको चरित्र, नीति निर्माण र सामाजिक रूपान्तरणका विषयमा निरन्तर लेखन जारी राखे। २०८१ भदौ २८ गते ‘जेनजी पुस्ताको विद्रोह’ शीर्षक लेखमार्फत उनले नयाँ पुस्ताको सम्भावित विद्रोहबारे दिएको चेतावनी एक वर्षमै यथार्थमा परिणत हुनु उनको दूरदृष्टिको उदाहरण मानिएको छ। वैकल्पिक अर्थतन्त्र र आत्मनिर्भर विकासको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने डा. रोका २०१५ असोज १५ गते जन्मिएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए/एमकम र भारतको जेएनयू, नयाँदिल्लीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। आफूलाई “कृषक–अर्थराजनीतिज्ञ” भन्न रुचाउने रोका बौद्धिकता र व्यवहारिक जीवनको संयोजनका प्रतिनिधि पात्र हुन्। राजनीतिक रूपमा पनि उनको यात्रा लामो र संघर्षपूर्ण छ। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर औपचारिक राजनीति सुरु गरेका उनले विद्यार्थी आन्दोलन र वामपन्थी संघर्षमा सक्रिय भूमिका खेले। यही क्रममा उनले साढे सात वर्ष जेल र आठ महिना हिरासत भोगे, जसले उनको वैचारिक दृढता अझ बलियो बनायो। २०४७ सालमा एमाले गठनपछि उनी राष्ट्रिय पार्षद् बने र २०४८ देखि २०५४ सम्म एमाले खोटाङको सचिवको जिम्मेवारी सम्हाले। २०५६ सालको निर्वाचनमा उम्मेदवार बनेका रोका अहिले फेरि तारा चुनाव चिह्नबाटै उम्मेदवार बनेर जनतामाझ फर्किएका छन्। यसले उनको निरन्तर राजनीतिक प्रतिबद्धता र वैचारिक निरन्तरताको संकेत गर्छ। डा. रोका अध्ययन, अनुसन्धान र लेखनका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले हालसम्म पाँच हजारभन्दा बढी लेख लेखेका छन् भने १२० भन्दा बढी अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशित भएका छन्। सामूहिक र व्यक्तिगत गरी २० वटा अनुसन्धान कार्य तथा १० वटा पुस्तकमा सहलेखन गरेका छन्। साथै, उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा अर्थराजनीति र आर्थिक वृद्धिबारे प्राध्यापन गरेर नयाँ पुस्तालाई मार्गदर्शन गरेका छन्। २०६२/०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संसद्मा उनी मनोनीत सांसद बनेका थिए भने २०६४ को संविधानसभामा पनि स्वतन्त्र विज्ञका रूपमा सदस्य मनोनीत भएका थिए। यसले उनको बौद्धिक योगदानप्रति राज्यले देखाएको विश्वासलाई स्पष्ट गर्छ। गाउँमा पसिना बगाएर विकासको व्यवहारिक उदाहरण प्रस्तुत गरेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थराजनीतिमा गहिरो अध्ययन गरेका र लामो राजनीतिक अनुभव बोकेका डा. हरि रोका अहिले खोटाङको आवाज संसदमा पुर्याउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। गाउँको माटोसँग जोडिएको उनको जीवनयात्राले उनलाई जनताको भरोसायोग्य उम्मेदवारका रूपमा उभ्याएको छ।
झापा–४ मा नेकपाका उम्मेदवार चुडालको स्पष्ट प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमार्फत समृद्ध क्षेत्र निर्माण गर्ने संकल्प
झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ । सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ । कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ । कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ । सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । युवा, उद्योग र रोजगारी सिर्जनामा जोड प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ । कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ । पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ । सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ । ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ । श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ । उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।
झापा–२ लाई समुन्नत बनाउने धर्मशिला चापागाईंकाे संकल्प: २० बुँदे प्रतिबद्धता सार्वजनिक
झापा । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले समृद्ध, न्यायपूर्ण र समुन्नत झापा–२ निर्माणको स्पष्ट दृष्टिकोणसहित २० बुँदे विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । आइतबार बिर्तामोडस्थित चुनाव परिचालन समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, पर्यटन, कृषि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन् । “झापा–२ लाई विकास, अवसर र समानताको नमुना निर्वाचन क्षेत्र बनाउने” लक्ष्यका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने विशेष योजना समेटिएको छ । यसका साथै विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्दै तिनलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । चापागाईंले औद्योगिक विकासलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि सार्दै चारपाने दक्षिण क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेकी छन् । परम्परागत उद्योगहरूको संरक्षण, आधुनिकीकरण र विस्तारमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । त्यस्तै, बिर्तामोडलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने दीर्घकालीन गुरुयोजना निर्माण गर्दै सडक, ढल, प्रकाश व्यवस्था, हरियाली र अन्य भौतिक पूर्वाधारलाई व्यवस्थित र आधुनिक बनाउने लक्ष्य अघि सारिएको छ । उनको प्रतिबद्धता पत्रमा समाजका ज्वलन्त समस्याहरू समाधान गर्ने स्पष्ट योजना पनि समेटिएको छ । मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने, समाजबाट बहिष्कृत र उपेक्षित व्यक्तिहरूको पुनर्स्थापना गर्ने, स्वच्छ खानेपानी र सिँचाइको दिगो व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले जनाएकी छन् । शिक्षा क्षेत्रमा प्राविधिक, रोजगारमुखी र प्रविधिमैत्री शिक्षा प्रणालीको विकासलाई प्राथमिकता दिँदै प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने ‘एक वडा, एक पुस्तकालय’ अभियानलाई रचनात्मक कार्यक्रमका रूपमा अघि सारिएको छ । यसले ज्ञान, सूचना र अध्ययन संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन् । युवाहरूको नेतृत्व विकास, खेलकुद पूर्वाधार विस्तार, महिला, दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक उत्थानलाई प्रतिबद्धता पत्रको प्रमुख आधार बनाइएको छ । आदिवासी जनजातिका मौलिक कला, भाषा, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उनले विविधताको सम्मानसहित समावेशी समाज निर्माणमा जोड दिएकी छन् । कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउने लक्ष्यसहित स्थानीय कृषकहरूका लागि मल, बीउबिजन र प्राविधिक सहयोगको सहज व्यवस्था गर्ने, पशुपालन र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने तथा कृषि आधारित उद्योगको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । त्यसैगरी, वातावरण संरक्षणलाई विकासको अभिन्न अंगका रूपमा अघि सार्दै वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने, हरियाली विस्तार गर्ने र दीगो विकासका सिद्धान्तअनुसार योजना कार्यान्वयन गर्ने योजना उनले सार्वजनिक गरिन् । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै जनताको विश्वासलाई मजबुत बनाउने प्रतिवद्धता पनि उनले दोहोर्याइन् । सूचना प्रविधिको विकास, सञ्चार माध्यमको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच विस्तारमार्फत आधुनिक र प्रविधिमैत्री समाज निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चापागाईंले नेपालको संविधान २०७२ जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन, आवश्यक संशोधन र लक्षित वर्गलाई थप अधिकार प्रत्यायोजन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको अधिकार, सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् । विगतमा विभिन्न जिम्मेवारीमा रहँदा पनि सादगी जीवनशैली अपनाउँदै जनताको सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले विकासका अवरोधका रूपमा रहेको भ्रष्टाचार अन्त्य गर्ने दृढ अठोट व्यक्त गरिन् । आफूले यस क्षेत्रको विकासका लागि अघिल्लो कार्यकालमा सुरु गरेका महत्वपूर्ण योजनाहरूलाई पूर्णता दिन पुनः जनताको साथ र विश्वास आवश्यक रहेको उनले बताइन् । चापागाईंले आफ्नो प्रतिबद्धता पत्र केवल कागजी दस्तावेज नभई जनताको जीवनस्तर सुधार्ने व्यवहारिक मार्गचित्र भएको उल्लेख गर्दै झापा–२ लाई समृद्ध, आधुनिक, न्यायपूर्ण र अवसरयुक्त क्षेत्र बनाउने अभियानमा साथ दिन सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन् ।
म्याग्दीमा एक किसानले सुन्तला बेचेरै कमाए २० लाख
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन्। म्याग्दीका अन्य क्षेत्रमा सुन्तला टिपिसकेपछि अन्तिम समयमा बजार पठाउने रणनीति अपनाउँदा उनले सामान्यभन्दा दोब्बर बढी मूल्य पाएका हुन्। श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट काठमाडौँका व्यापारीले प्रतिकिलो दुई सय रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन्। पुस महिनामा म्याग्दीमा सुन्तलाको दर प्रतिकिलो ७० रुपैयाँ मात्र थियो, तर फागुनको सुरुवातमै उनले उच्च मूल्य हात पारे। अघिल्लो वर्षको तुलनामा उत्पादन ४० प्रतिशतले घटे पनि मूल्य राम्रो पाउँदा आम्दानीमा कुनै असर नपरेको श्रेष्ठ बताउँछन्। उनले गत वर्ष १५ लाखको सुन्तला बेचेका थिए। पहिले बेनीमा पोल्ट्री र घरजग्गा व्यवसायमा संलग्न रहेका विकासले २०७६ सालमा सोखका लागि किनेको भिरालो पाखोबारीलाई अहिले हराभरा बनाएका छन्। झन्डै साढे तीन करोड लगानी गरेर निर्माण गरिएको यो फार्ममा अहिले सात सय सुन्तलाका बोट छन्। उनले आफ्नो मात्र नभई गाउँका अन्य किसानको समेत एक करोड ३० लाख बराबरको सुन्तला बिक्रीको व्यवस्था मिलाइदिएका छन्। दोसल्ले गाउँका ४२ घरधुरीले यस वर्ष सुन्तलाबाट मात्रै दुई करोड रुपैयाँ गाउँ भित्र्याएका छन्। विकासले आफ्नो फार्ममा सुन्तलासँगै कुखुरा पालन पनि गरेका छन्, जसको सुली सुन्तलाका लागि उत्कृष्ट मल हुने उनको अनुभव छ। उनले कुनै सरकारी अनुदान बिना नै यो सफलता हात पारेका हुन्। सहर र विदेश पलायन हुने लहरका बिच गाउँ फर्किएर बाँझो जमिन सदुपयोग गरेका उनी अहिले जिल्लाकै नमूना कृषक बनेका छन्। निलगिरि र धौलागिरि हिमालको काखमा रहेको उनको सुन्तला बगैँचा अहिले अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ भने उनले यसलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य राखेका छन्।
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’
बाँके । साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको भए । नेपालगन्ज उपमहानगरपालिका–१ वाटर पार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गरेका छन् । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन्,” मल्लले भने, “मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठुलो हुँदै गएपछि पनि साइकल चलाइरहन मन लागेपछि यसलाई छाड्नै सकिन ।” राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरी अवकाश लिएपछि मल्ल नजिक होस् या टाढा साइकलमै यात्रा गर्छन् । सन् २०१८ देखि नेपालगन्जमा माउन्टेन बाइक चलाऔँ भन्ने साथीहरूको भेलाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना गर्यो । मल्ल पनि उक्त क्लबको साधारण सदस्य भए । क्लबमा आबद्ध भएदेखि उनलाई साइकल चलाउन झनै ऊर्जा मिलेको छ । “साइकल चलाउन त चलाइरहेकै थिएँ तर जब क्लबमा आबद्ध भएँ त्यसपछि साइकल चलाउने मेरो पेसा नै बनेको अनुभूति भयो र मैले निरन्तर साइकल चलाइरहेको छु”, उनले भने । मल्लले नेपालको पश्चिम सिमाना कुतिया कभरदेखि पूर्व झापाको केचना केवलसम्म एक हजार ११५ किलोमिटरसम्म साइकल यात्रा गरिसकेका छन् । मल्ल मात्रै होइनन्, नेपालगन्जमा पछिल्लो केही वर्षयता साइकल चलाउनेहरूको सङ्ख्या बढ्दो छ । मोटरसाइकल र गाडीहरू जस्तो ध्वनि र वायु प्रदूषण पनि नहुने भएकाले साइकल नै स्वस्थ जीवनको उपयोगी साधन भएकाले बजारमा साइकल चलाउनेको सङ्ख्या वृद्धि हुँदै गएको क्लबका पूर्वअध्यक्ष गगन थापाले बताए । साइक्लिङ गर्नुको मुख्य उद्देश्य बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु रहेको बताउँदै थापाले यस क्षेत्रमा साइकल चालकहरूको सङ्ख्यामा वृद्धि होस् भन्ने उद्देश्यले क्लबले ‘टुर दी ठाकुरद्वारा’ आयोजना गर्दै आएको जानकारी दिए । बाँकेबाट बर्दियासम्मको आन्तरिक पर्यटकलाई बढवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउँदै थापाले भने, “हाम्रो पहिलो संस्करणमै पूर्वदेखि पश्चिमसम्मका साइकल चालकहरुले सहभागिता जनाउनुभएको थियो । यसले हामीलाई आजसम्म पनि संस्करण गरिरहन प्रेरणा दिएको छ ।” कार्यक्रममा सहभागी विभिन्न जिल्लाका हुने भएकाले साइक्लिङ गर्दै बाँके र बर्दियासम्मको यात्रामा यहाँका धार्मिक, सांस्कृतिक, भौतिकलगायत अन्य पर्यटकीय दृश्यहरूको अवलोकन गरिने हुँदा ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रममा सहभागिता जनाउनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । स्थापनाकालदेखि टुर दी ठाकुरद्वाराको आयोजना गर्दै आएको क्लबले यो वर्षको आठौँ संस्करण यही फागुनको ८ र ९ गते गर्ने भएको छ । क्लबका अध्यक्ष कविराम बुढाथोकीले यस वर्ष आयोजकले अघिल्लो वर्षको तुलनामा साइकल चलाउने बाटो र बसाइको व्यवस्थापन फरक तरिकाले गरेको बताए। उनका अनुसार ८ गते बिहान बागेश्वरी मन्दिरमा उद्घाटनपश्चात् बाँकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जको बफर जोनसँग बाँकेका पर्यावणहरुको भ्रमणपश्चात् बैजनाथा गाउँपालिका–१ स्थित गाभार भ्यालीस्थित ‘होम स्टे’मा पहिलो दिनको कार्यक्रम सकेर दोस्रो दिन बर्दियाको ठाकुरद्वारातिर प्रस्थान गर्ने कार्यक्रम छ । यो वर्ष आयोजना हुन लागेको उक्त टुर दी ठाकुरद्वाराको साइकल राइड कार्यक्रममा सातै प्रदेशका साइकल चालकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष बुढाथोकीका अनुसार हालसम्म भारतको बरेली, लखनऊ, दिल्ली र नैनीताल गरी अन्य विभिन्न सहरबाट २१ जना भारतीय साइकल चालकहरूले सहभागिता जनाउनका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्षको कार्यक्रममा महिला र बालबालिकाको सङ्ख्या उल्लेखनीय रहने जनाइएको छ । काठमाडौँबाट मात्रै ५० देखि ६५ वर्षसम्म उमेर समूहका ५० जना महिला साइकल चालकले सहभागिता जनाउन लागेको अध्यक्ष बुढाथोकीले बताए । शारीरिक रूपमा अपाङ्गता भएका चालकहरूले पनि सहभागिता जनाउने भएका छन् । अनुमानित बजेट रु २७ लाखमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाहरूले आर्थिक सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । यस वर्ष करिब ३०० को सङ्ख्यामा साइकल चालकको सहभागिता रहने अध्यक्ष बुढाथोकीको भनाइ छ ।
समुदाय र विद्यालयसम्म स्वास्थ्य सेवा पुर्याउने नेकपाको लक्ष्य
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सार्वजनिक प्रतिबद्धता पत्रमा हाल करिब ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमालाई वि.सं. २०८८ सम्म शतप्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई पनि सोही अवधिसम्म शतप्रतिशत पुर्याइने उल्लेख छ। गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्था थप परिणाममुखी, तथ्यांकमा आधारित र पारदर्शी बनाइने जनाइएको छ। जनस्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्दै खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण, प्रजनन स्वास्थ्य र आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाइनेछ। नागरिकले आफ्नै खल्तीबाट तिर्नुपर्ने स्वास्थ्य खर्च (Out-of-pocket) हाल ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ। स्वास्थ्य बीमा अनिवार्य र प्रगतिशील स्वास्थ्य सुरक्षाको मुख्य आधारका रूपमा स्वास्थ्य बीमालाई अनिवार्य गरिनेछ। सबै नागरिकलाई बीमामा आबद्ध गराउँदै लक्षित वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था सुदृढ गरिनेछ। समुदाय र विद्यालयसम्म स्वास्थ्य सेवा हरेक वडा, समुदाय र विद्यालयमा मिड–लेभल स्वास्थ्य टोली परिचालन गरी नियमित स्वास्थ्य परीक्षण, जीवनशैली परामर्श र रोकथाममुखी सेवा विस्तार गरिनेछ। “अस्पताल पर्खने होइन, स्वास्थ्य सेवा गाउँ जाने” नीतिअनुसार प्राथमिक स्वास्थ्य सेवा सुदृढ गरिनेछ। सरकारी स्वास्थ्य संस्थामा विस्तारित सेवा सरकारी अस्पतालमा बहिरङ्ग सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ। स्वास्थ्य चौकीहरू वर्षका ३६५ दिन खुला रहने व्यवस्था गरिनेछ। विशेष प्राथमिकता समूह वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती, नवजात शिशु र विपन्न वर्गलाई ‘ग्रिन च्यानल’ मार्फत प्राथमिकता दिइनेछ। स्वास्थ्यकर्मीको सेवा, सुविधा र सुरक्षा सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई जीवन निर्वाहयोग्य तलब, सुविधा र सुरक्षा सुनिश्चित गर्दै ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ पूर्णकालीन सेवा नीति लागू गरिनेछ। रोकथामप्रधान र मानसिक स्वास्थ्य सेवा उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै व्यायाम, योग, ध्यान र पोषण प्रवर्द्धन गरिनेछ। मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्दै मनोसामाजिक परामर्श हेल्पलाइन सञ्चालन गरिनेछ। आत्महत्या दर २३.४ प्रति लाखबाट २०८८ सम्म ४.७ प्रति लाखमा झार्ने लक्ष्य राखिएको छ। डिजिटल स्वास्थ्य प्रणाली र प्रदेशस्तरीय अस्पताल सबै सरकारी स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिनेछ। सातै प्रदेशमा सरकारी स्वामित्वका विशिष्टीकृत रेफरल अस्पताल स्थापना गरिनेछ, ताकि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य होस्। औषधि आपूर्ति र सुशासन औषधि खरिदमा अनियमितता रोक्न केन्द्रीय फ्रेमवर्क प्रणाली लागू गरिनेछ। नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको क्षमता वृद्धि गरी आधारभूत औषधि स्वदेशमै उत्पादन गरिनेछ र जेनेरिक औषधि प्रयोग अनिवार्य गरिनेछ। दूरस्वास्थ्य, घुम्ती विशेषज्ञ सेवा र महामारी तयारी दुर्गम क्षेत्रमा दूरस्वास्थ्य सेवा विस्तार गरिनेछ। वर्षमा दुईपटक घुम्ती विशेषज्ञ शिविर सञ्चालन गरिनेछ। महामारी र आपत्कालीन स्वास्थ्य सेवालाई सुदृढ संरचनामार्फत व्यवस्थित गरिनेछ। स्वास्थ्य बजेट र कानुनी सुधार स्वास्थ्य बजेट हालको ५ प्रतिशतबाट २०८८ सम्म ८ प्रतिशत पुर्याइनेछ। स्वास्थ्यसम्बन्धी सबै ऐन, नियमावली र निकाय समेटेर एकीकृत स्वास्थ्य ऐन निर्माण गरिनेछ। आधुनिक र परम्परागत चिकित्सा पद्धतिको सुसंगत एकीकरण गरिने नीति लिइएको छ। नेकपाले स्वास्थ्यलाई सेवा क्षेत्रका रूपमा स्थापित गर्दै सामाजिक सुरक्षा र जनस्वास्थ्य अभियान सरकारी, सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने जनाएको छ।
मुस्ताङमा सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र
मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्र सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६/७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ । मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पुर्याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । दुई हजार ८८५ मतदाता यस पालिकामा छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचनः जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने
काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्न निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र दलका प्रतिनिधिका नाममा आज जारी गरेको ६४ बुँदे निर्देशनमा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ । मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउण्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको बारेमा जानकारी गराउनुपर्ने उनले बताए। कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने, एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने प्रवक्ता भट्टराईले बताए। प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने, घरधनीको अनुमति नलिई निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुनेतर्फ आयोगले सचेत गराएको छ । विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने, निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुँदैन । उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ गुणा ४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन वा प्रसारण नगर्न आयोगले निर्देशन दिएको छ । उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन वा प्रसारण गर्न नहुने, अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न, गराउन नहुने आयोगले निर्देशन दिएको छ । कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुनेतर्फ आयोगले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
चुरे संरक्षणलाई चुनावी एजेन्डाको प्राथमिकतामा राख्न माग
सिरहा । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुरे क्षेत्रको संरक्षणलाई चुनावी एजेन्डाको प्रमुख विषय बनाउनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाले माग गरेका छन् । चुरे संरक्षण नगरे तराई–मधेसका उर्बर भूभाग मरुभूमिकरणतर्फ उन्मुख भई मानव जीवन नै सङ्कटमा पर्न सक्ने उनीहरूको भनाइ छ । वन तथा वातावरणविद् दिनेश यादवले निर्वाचनको सन्दर्भ जोड्दै भने, “तीनै तहका सरकारले चुरे संरक्षणलाई प्राथमिकतामा राख्नैपर्छ । चुनावका बेला दलहरूले स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । चुरे पर्वतको भू–बनावट एक पटक बिग्रियो भने फेरि पुरानै अवस्थामा फर्काउन सकिँदैन ।” तराई–मधेसका करिब १५ प्रतिशत उर्बरभूमि बाढी र कटानका कारण प्रभावित भइरहेको उल्लेख गर्दै यादवले भने, “कृषि भूमि जोगाउन सङ्घीय सरकार जति गम्भीर हुनुपर्थ्यो, त्यति देखिएन । यस पटकको निर्वाचनमा यो विषय स्पष्ट रूपमा सम्बोधन हुनुपर्छ ।” लहान–१७ का नेपाली साहले चुरे क्षेत्रमा बढ्दो वन विनाशप्रति चिन्ता व्यक्त गर्दै भने, “केही दशकयता चुरे क्षेत्रको वन नष्ट हुँदै गएको छ । अहिले चुरे नाङ्गो देखिन थालेको छ । बाढी–पहिरोले जनजीवन प्रभावित भएको छ । दलहरूको घोषणापत्रमा चुरे संरक्षणको स्पष्ट योजना हुनुपर्छ ।” चुरे क्षेत्रमा बढ्दो मानवीय बसोबास, अवैध ढुङ्गा–गिट्टी उत्खनन र चरिचरण नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउँदै लहान–१५ झ्वाई खोल्सी उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले हालसम्म यहाँका उम्मेदवारहरूले यतातर्फ गम्भीरता नदेखाएको बताए । कृषि ज्ञान केन्द्र, सिरहाका प्रमुख नरेन्द्र महासेठले मधेस प्रदेशको समृद्धिको आधार कृषि भएको र कृषिको दीगो विकासका लागि चुरे संरक्षण अपरिहार्य रहेको बताए । उनका अनुसार पानीका स्रोत जोगाउन, भूमि संरक्षण गर्न तथा पारिस्थितिक सन्तुलन कायम राख्न चुरे संरक्षण अनिवार्य छ, त्यसैले चुनावी घोषणापत्रमा यस विषयलाई प्राथमिकता दिन आवश्यक छ । स्थानीय मतदाता अनिल चौधरीले चुरे विनासकै कारण खानेपानीका मुहान सुक्न थालेकाले यस पटकको निर्वाचनमा उम्मेदवारहरूबाट चुरे संरक्षणसम्बन्धी विश्वसनीय प्रतिबद्धता अपेक्षा गरिएको धारणा व्यक्त गरे । विज्ञहरूका अनुसार चुरे संरक्षण केवल वातावरणीय मुद्दा मात्र नभई खाद्य सुरक्षा, जलस्रोत व्यवस्थापन र मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई चुनावी बहसको केन्द्रमा राख्न आवश्यक देखिएको छ ।

