आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
अब निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिनेछ ।
सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उमेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उमेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उमेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उमेदवारहरूलाई आचारसंहिता उल्लंघन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।
आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उमेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।
दल र उमेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचनका समयमा कुनै पनि दल वा उमेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं संगठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन: भाेलिदेखि औपचारिक प्रचार–प्रसार
काठमाडौं । निर्वाचन आयोग, नेपाल ले प्रतिनिधिसभा निर्वाचनका लागि दल र उम्मेदवारहरूलाई ३६० घण्टाको औपचारिक प्रचार–प्रसार अवधि प्रदान गरेको छ। आयोगले फागुन ४ गतेदेखि सुरु हुने प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने स्पष्ट गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार २०८२ फागुन ३ गते राति १२ बजेपछि सुरु हुने प्रचार अभियानमा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा समर्थकहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। आयोगले सञ्चारकर्मीहरूसँगको भेटघाटमा आचारसंहिताको सीमाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न कडा निर्देशन दिएको छ। आयोगका अनुसार दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म जुलुस, आमसभा, कोणसभा तथा अन्य प्रचारात्मक कार्यक्रम सञ्चालन गर्न पाउने छन्। सो समयसीमा समाप्त भएपछि ‘मौन अवधि’ सुरु हुनेछ, जसमा कुनै पनि किसिमका चुनावी गतिविधि, प्रचार, छलफल वा गोप्य रूपमा मत प्रभावित गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। निर्वाचन खर्च व्यवस्थापनलाई पारदर्शी बनाउन आयोगले दल र उम्मेदवारहरूलाई अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। आमसभा तथा अन्य कार्यक्रमका क्रममा गरिएको खर्चको विवरण उम्मेदवार स्वयं वा आधिकारिक प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, स्वेच्छिक आर्थिक सहयोग संकलन गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधानअनुसार मात्र लिनुपर्नेछ। नेपाल सरकार, प्रदेश सरकारका मन्त्री तथा पदाधिकारीहरूले निर्वाचन प्रचार–प्रसारमा सहभागी हुँदा सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाउने आयोगले स्पष्ट पारेको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न केन्द्रीय तथा जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय बनाइएको आयोगले जनाएको छ। अधिकांश राजनीतिक दलहरूले आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र आयोगमा पेस गरिसकेको र बाँकी दलहरू पनि अन्तिम प्रक्रियामा रहेको जानकारी दिइएको छ। आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ, र अब देशभर चुनावी माहोल तीव्र रूपमा तात्ने अपेक्षा गरिएको छ।
इन्धनको भाउ फेरि उकालो: पेट्रोल र डिजेल/मट्टितेल महँगियो, नयाँ मूल्य कति ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। नयाँ समायोजित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य, ढुवानी खर्च र विनिमय दरमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
मधेश पहिचानका दृढ आवाज: नेकपा उम्मेदवार मातृका प्रसाद यादव काे हुन् ?
धनुषा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारका रूपमा उभिएका मातृका प्रसाद यादव मधेशको संघर्ष, सामाजिक न्याय र समावेशीताको आन्दोलनसँग प्रत्यक्ष जोडिएका अनुभवी नेता हुन् । ६७ वर्षीय यादवको राजनीतिक जीवन व्यक्तिगत महत्वाकांक्षा भन्दा बढी सामाजिक असमानता र उपेक्षाविरुद्धको लामो संघर्षको प्रतिबिम्बका रूपमा चिनिन्छ। बिक्रम संवत २०१५ साल कार्तिक १ गते धनुषा जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिएका यादवका पिता अयोधी यादव र पत्नी प्रमिला देवी यादव हुन्। ग्रामीण परिवेशमा हुर्केका उनले प्रारम्भिक जीवनमै सामाजिक विभेद, गरिबी र अवसरको असमानताको कठोर यथार्थ अनुभव गरे। शिक्षाशास्त्रमा स्नातक गरेका यादव युवावस्थादेखि नै सामाजिक सक्रियता र न्यायको आन्दोलनतर्फ आकर्षित भए। उनी दुई दशकभन्दा बढी समय भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहे। यस क्रममा उनले पटक–पटक बन्दी जीवन समेत व्यतीत गरे। उनको राजनीतिक यात्रा तत्कालीन संरचनागत अन्यायविरुद्धको प्रतिरोध र मधेशी समुदायको पहिचान तथा अधिकारका लागि गरिएको निरन्तर संघर्षबाट निर्मित भएको हो। आन्दोलनदेखि नीति निर्माणसम्म यादवको राजनीतिक परिपक्वता नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनसँग गाँसिएको छ। सशस्त्र द्वन्द्व, जनआन्दोलन र संविधान निर्माणका महत्वपूर्ण चरणहरूमा उनले सक्रिय भूमिका निर्वाह गरे। विशेषगरी २०६३ सालको जनआन्दोलन र २०६४–२०६५ को मधेश आन्दोलनका क्रममा उनले मधेशी समुदायको पहिचान, समानुपातिक प्रतिनिधित्व र सम्मानका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान दिए। तत्कालिन नेकपा माओवादीको मधेश राष्ट्रिय मुक्ति मोर्चामा सहायक संयोजकको जिम्मेवारीमा रहँदा उनले मधेशका अधिकार र समावेशीताका मुद्दाहरूलाई सशक्त रूपमा उठाए। यसले उनलाई स्थानीय सीमाभन्दा माथि उठाएर मधेशको आवाजका रूपमा स्थापित गरायो। मन्त्रीका रूपमा विकास र समावेशीतामा जोड राजनीतिक आन्दोलनबाट राष्ट्रिय नेतृत्वमा पुगेका यादवले विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। २०६५–२०६६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रूपमा उनले भूमि अधिकार, सहकारी सशक्तीकरण र गरिबी न्यूनीकरणका कार्यक्रमहरू अघि बढाए। त्यस्तै, २०७५–२०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा उनले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकेन्द्रीकरणमा जोड दिए। ‘मेड इन नेपाल’ अभियानमार्फत स्वदेशी उद्योगको प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने प्रयास गरे। मधेशको अधिकारका लागि निरन्तर आवाज यादवको राजनीतिक पहिचान मधेशका मुद्दासँग गहिरोसँग जोडिएको छ। पहिचान, प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार र ऐतिहासिक रूपमा उपेक्षित समुदायका अधिकारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। संसद, मन्त्री परिषद् र सार्वजनिक मञ्चहरूमा उनले समावेशीतामै राष्ट्रिय एकताको आधार रहेको धारणा राख्दै आएका छन्। स्थानीय स्तरमा उनको सम्बन्ध किसान, मजदुर, युवा र सीमान्त समुदायसँग गहिरो रहेको छ। उनी जनताको बीचबाट उठेका नेता भएकाले स्थानीय समस्यालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने प्रतिनिधिका रूपमा चिनिन्छन्। वामपन्थी दर्शन र समावेशी नेपालको दृष्टिकोण वामपन्थी राजनीतिक दर्शनमा विश्वास राख्ने यादव सामाजिक न्याय, समान अवसर र समावेशीतामा आधारित संघीय नेपालको निर्माणका पक्षधर हुन्। उनको विचारमा संघीयता र लोकतन्त्र तब मात्र पूर्ण हुन्छ जब सबै समुदायले समान अधिकार र सम्मान प्राप्त गर्छन्। उनले बारम्बार जोड दिँदै आएका छन् कि नेपालको समृद्धि उपेक्षित क्षेत्र र समुदायलाई समेटेर मात्र सम्भव हुन्छ। धनुषा–१ मा उम्मेदवारी किन ? हाल नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रहेका यादव प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका छन्। लामो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र राष्ट्रिय स्तरको नेतृत्व क्षमता उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ। मधेशको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव स्थापित गरेका मातृका प्रसाद यादवको जीवनयात्रा संघर्ष, प्रतिबद्धता र समावेशी नेपालको निर्माणका लागि गरिएको निरन्तर प्रयासको कथा हो। उनका समर्थकहरूका अनुसार उनको उम्मेदवारी मधेशको आवाजलाई अझ सशक्त रूपमा संघीय संसदसम्म पुर्याउने माध्यम हुनेछ । यादवको राजनीतिक पहिचान जनस्तरसँगको निरन्तर सम्बन्धमा आधारित रहेको छ। किसान, युवा, मजदुर तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र संलग्नता उनको नेतृत्वको प्रमुख विशेषता मानिन्छ। स्थानीय मुद्दाहरूलाई राष्ट्रिय नीतिसँग जोड्ने प्रयासका कारण उनी मधेशमा लामो समयदेखि सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्। हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका यादव आफ्नो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र नीति निर्माण तहमा संलग्नताको आधारमा चुनावी प्रतिस्पर्धामा अन्य उम्मेदवारभन्दा अब्बल मानिन्छन् । मधेशको ग्रामीण परिवेशबाट सुरु भएको उनको राजनीतिक यात्रा आन्दोलन, संसद र मन्त्रीपरिषदसम्म पुगेको छ। यसले उनलाई क्षेत्रीय मुद्दा र राष्ट्रिय नीतिबीच समन्वय गर्ने अनुभवी नेताका रूपमा देखिन्छ । उनको उम्मेदवारीलाई मधेशको सामाजिक, राजनीतिक र विकाससम्बन्धी मुद्दाहरूलाई संघीय संसदमा निरन्तर उठाउने प्रयासको निरन्तरताका रूपमा हेरिएको मतदाताहरुकाे भनाइ छ ।
झापा-५ मा रञ्जित तामाङका ‘भिजन ७’ सार्वजनिक
झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले महत्वाकांक्षी पाँचवर्षे कार्ययोजना ‘झापा ५ : भिजन ७’ सार्वजनिक गरेका छन्। आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले २५ मिसन, २१ लक्ष्य र १७० गौरवका आयोजना समेटिएको विस्तृत योजना सार्वजनिक गर्दै झापा–५ लाई समृद्ध र आत्मनिर्भर निर्वाचन क्षेत्र बनाउने स्पष्ट रोडम्याप अघि सारेका हुन्। तामाङका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत रहेका २९ वटै वडामा हरेक वर्ष कम्तीमा एउटा–एउटा गौरवको योजना सञ्चालन गरिनेछ। “हरेक वडामा बर्सेनि एक गौरवको योजना सञ्चालन गर्दा पाँच वर्षमा लक्ष्य सहजै हासिल हुन्छ,” उनले भने। स्थानीय र युवा उम्मेदवारको रूपमा आफूले नयाँ पुस्ताको आकांक्षा, ऊर्जा र परिवर्तनको चाहनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई योजनाको मुख्य आधार बनाएको जानकारी दिए। गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, आधुनिक स्वास्थ्य सेवा, कृषि उद्योग प्रवर्द्धन, उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना, दिगो भौतिक पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन, सामाजिक समावेशीकरण, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने लक्ष्य ‘भिजन ७’ को केन्द्रमा रहेको उनले स्पष्ट पारे। कार्ययोजनाअनुसार २९ वडामा पाँच वर्षभित्र १४५ गौरवका आयोजना सम्पन्न गरिनेछ भने चार स्थानीय तहमा प्रत्येक वर्ष चार–चार आयोजना सञ्चालन गरी थप २० योजना कार्यान्वयन गरिनेछ। साथै सम्पूर्ण निर्वाचन क्षेत्रलाई समेट्ने गरी प्रत्येक वर्ष एक विशेष रणनीतिक योजना अघि सारिनेछ, जसअन्तर्गत पाँच वर्षमा पाँच ठूला रूपान्तरणकारी आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। तामाङले विकासका ठोस योजना र स्पष्ट दृष्टिकोणसहित आफू जनतामाझ आएको उल्लेख गर्दै झापा–५ लाई समृद्धि, रोजगारी र आधुनिक पूर्वाधारको केन्द्र बनाउने दृढता व्यक्त गरे। झापा क्षेत्र नं. ५ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको भए पनि तामाङले योजनामुखी एजेन्डा र दीर्घकालीन दृष्टिकोणका आधारमा आफू मतदाताको विश्वास जित्नेमा विश्वस्त रहेको बताए। निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा विकास, योजना र भविष्यको मार्गचित्रलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ।
रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गर्नुभएको छ। जनतासँगको भेटघाटका क्रममा उहाँले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताउनुभयो। “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु। मत दिएर विजयी गराउनुहोला,” उहाँले भन्नुभयो। उहाँले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताउनुभयो। “म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,” उहाँको भनाइ थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गर्नुभएको थियो। सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोग समक्ष बुझायो प्रतिबद्धता पत्र
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ। पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज मिति २०८२ साल फागुन ३ गते आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ।
रुकुमपूर्वका गाउँमा प्रचण्डको मतदातासँग आत्मीय संवाद जारी
रुकुमपूर्व । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला रुकुमपूर्वका विकट पहाडी बस्तीहरूमा पदयात्रा गर्दै मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । उहाँको यस भ्रमणले स्थानीय जनजीवन, सम्भावना र जनभावना बुझ्ने प्रयासलाई झल्काएको छ । पूर्वप्रधानमन्त्रीसमे रहनु भएका प्रचण्ड स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो टोलीसहित उकालो–ओरालो गर्दै पहाडी बाटोमा पदयात्रा गरिरहनुभएको छ । कठिन भूगोल र लामो उकालो भए पनि उहाँ उत्साह र ऊर्जा सहित अगाडि बढिरहनुभएको छ । पदयात्राका क्रममा प्रचण्डले स्थानीय बासिन्दासँग नजिकिएर संवाद गरिरहनु भएकाे छ । एक वृद्ध महिलाले उहाँलाई भेट्दा अत्यन्तै खुसी हुँदै “कति राम्रो! कति राम्रो!” भन्दै स्वागत गरेकी थिइन्। त्यसप्रति प्रचण्डले मुस्कुराउँदै धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँको हात समातेर स्वास्थ्य तथा पारिवारिक अवस्थाबारे चासो व्यक्त गर्नुभयो । यो दृश्यले प्रचण्ड र जनताबीचको आत्मीय सम्बन्धलाई प्रष्ट रूपमा उजागर गरेको छ । उक्त क्षेत्रमा प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाे उम्मेवार पनि हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले मत पनि मागिरहनु भएकाे छ । उक्त भ्रमणले रुकुमपूर्वकाे अनुपम प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेकाे प्रचण्डले बताउनु भएकाे छ । प्रचण्डको भ्रमणले स्थानीय पर्यटन प्रवर्द्धनको सम्भावनालाई थप उजागर गरेको विश्वास गरिएको छ । यस क्रममा स्थानीय बासिन्दाहरूले परम्परागत दमाहा र झ्याली बजाउँदै नारा लगाएर उहाँको स्वागत गरिरहेका छन् । रुकुम–रोल्पा क्षेत्रलाई प्रचण्डको ऐतिहासिक आधार क्षेत्रका रूपमा चिनिन्छ । यस पदयात्रा र प्रत्यक्ष संवादले उहाँको जनस्तरसँगको सम्बन्ध अझ सुदृढ भएको छ । स्थानीयसँगको प्रत्यक्ष भेट, संवाद र विकासको सम्भावनामा जोडले उहाँको जनतामुखी नेतृत्व शैलीलाई पुनः पुष्टि गरेको छ ।
मत माग्न जनतामाझ नारायणकाजी श्रेष्ठ, युवाहरुकाे उत्साहपूर्ण साथ
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी अभियान थप सक्रिय बन्दै गएको छ । पार्टीका नेता अशोक यादवले युवा, विद्यार्थी तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर श्रेष्ठका एजेण्डा र प्रतिबद्धता प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन्। यादवले तारा छापसहित श्रेष्ठको उम्मेदवारी सुशासन, सामाजिक न्याय र जनताको अधिकार सुनिश्चित गर्ने अभियानको निरन्तरता भएको उल्लेख गरे। उनले श्रेष्ठलाई जनताको समस्यामा सधैं साथ दिने, गरिब तथा कमजोर वर्गको पक्षमा निरन्तर आवाज उठाउने अनुभवी र प्रतिबद्ध नेतृत्वका रूपमा चित्रण गरे। “यति अनुभवी, इमानदार र संघर्षशील नेतृत्व हाम्रो निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा आउनु क्षेत्रका लागि महत्वपूर्ण अवसर हो,” यादवले भने, “उहाँका विचार र एजेण्डा जनतासम्म स्पष्ट रूपमा पुग्नु आवश्यक छ।” निर्वाचनको समय नजिकिँदै जाँदा विभिन्न किसिमका भ्रम र अफवाह फैलाउने प्रयास हुन सक्ने भन्दै यादवले जनतालाई तथ्य र एजेण्डाको आधारमा निर्णय लिन आग्रह गरे। उनले मधेसका जनताको अधिकार, सम्मान र विकासका लागि श्रेष्ठले निरन्तर भूमिका खेलेको उल्लेख गर्दै त्यसलाई जनतामाझ थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। यादवले संघीयता सुदृढीकरण, समावेशीकरण, समान अवसर, सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाजस्ता एजेण्डालाई जनतामाझ पुर्याउन कार्यकर्तालाई सक्रिय बन्न आग्रह गरे। उनले अबको समय घरमै बस्ने होइन, जनताको बीचमा पुगेर विश्वास जित्ने समय भएको बताए। उनले सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नारायणकाजी श्रेष्ठलाई विजयी गराएर संसदमा पठाउने लक्ष्यसहित सबै कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। निर्वाचन नजिकिँदै जाँदा श्रेष्ठको पक्षमा जनसमर्थन क्रमशः बढ्दै गएको बताइएको छ।
नवलपरासी पश्चिम–२: नेकपाको अनौठो मर्निङवाक प्रचार, जनताको घरघरमै पुगेर भोट माग्दै पाैडेल
काठमाडाैं । नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रचारमा नयाँ ढाँचा अपनाउँदै अनौठो तरिकाले मतदाताको मन जित्ने प्रयास गरिरहेको छ। माघ ६ गते मनोनयन दर्तापछि नेकपाले दैनिकजसो मर्निङवाकसहित जनताको घरघरमा पुगेर भोट माग्ने र जनताको सुझाव सुन्ने अभियान सञ्चालन गर्दै आएको छ। पूर्वमन्त्री देवेन्द्र पौडेल लाई उम्मेदवार बनाएको नेकपाले बिहान ५ बजेदेखि नै टोलटोलमा पुगेर जनताको गुनासो सुन्ने र विकासका कामका योजना प्रस्तुत गर्ने अभियान सुरु गरेको छ। नेकपाका नवलपरासी इन्चार्ज भविश्वर तिवारी ले बताए, “हामी बिहानै मर्निङवाकसहित मतदाताको घरघरमा पुग्छौं। जनताले विकासका काम गरिदिन आग्रह गर्नुहुन्छ, र हामीले त्यसै अनुरूप योजना तयार पारेका छौं।” उनका अनुसार सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिका का वडाहरुमा पहिलो चरणको मर्निङवाक अभियान सफलतापूर्वक सम्पन्न भइसकेको छ। नेकपाका केन्द्रीय सदस्य लोकप्रसाद श्रेष्ठले बताए, “हामीले पहिलो चरणको अभियान तीन दिनमा प्रत्येक पालिकामा सम्पन्न गरेका थियौं। अब दैनिक कार्यतालिका अनुसार हरेक वडा र टोलटोलमा पुग्ने तयारी भइरहेको छ। अन्य पार्टीले प्रचार शुरु नगर्दै हामीले भोट माग्न घरदैलोमा जाने काम अगाडि बढाएका छौं।” उनले थपे, “जनतामा नयाँ उत्साह देखिन्छ। यस पटक नेकपाले स्पष्ट नतिजा निकाल्ने लक्ष्य राखेको छ।” यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगायतका उम्मेदवारहरू रहेका छन्। ४० वडा रहेको क्षेत्रका मतदाताको संख्या १ लाख ३१ हजार ७७ रहेको छ। नेकपाको नवीनतम अभियान रणनीति र घरघर प्रचारका कारण यस पटक क्षेत्रीय राजनीतिक दृश्यमा नयाँ तरंग उत्पन्न भएको छ।
रुकुमपूर्वकाे तकसेराका मतदाता माझमा प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वकाे तकसेरा गाउँमा मतदाता भेटघाट गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्नुभएको छ। प्रचण्डले मतदाता भेटघाटमार्फत गाउँबासीका समस्या, आवश्यकताहरू र विकासका सम्भावनाहरूबारे जानकारी लिनुभएको थियो। त्यसपछि उहाँ पुथा–१२ विर्गुमखानी गाउँमा रहेका तामा खानीको अवलोकन गर्न पुग्नुभयो। अवलोकनको क्रममा प्रचण्डले खानीको अवस्थाबारे जानकारी लिनुका साथै खानीबाट स्थानीय जनसमुदायमा सिर्जित रोजगारी र आर्थिक फाइदाबारे छलफल गर्नुभयो। स्थानीयवासीले प्रचण्डको सक्रिय उपस्थितिबाट उत्साहित हुँदै आगामी निर्वाचनमा योगदान दिने आश्वासन पनि व्यक्त गरेका छन्।
देशभर नेकपाको पक्षमा जनलहर बढ्दै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे जनलहर देशभर अभूतपूर्व रूपमा बढ्दै गएको छ। पछिल्ला जनसंपर्क र घरदैलो कार्यक्रमका आँकडाहरूले देखाउँछन् कि देशका ९५ प्रतिशत जिल्लामा नेकपाका उम्मेदवारको पक्षमा माहाोल सकारात्मक रहेको छ। चुनावी प्रतिबद्धता पत्र २०८२ अनुसार नेकपा समाजवादको मार्गमा प्रगतिशील र समावेशी विकासका लागि ठोस योजना प्रस्तुत गर्दै आएको छ। यसमा शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण, रोजगारी सिर्जना, महिला सशक्तिकरण, युवाको नेतृत्व विकास, र समग्र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य स्पष्ट रूपमा उल्लेख गरिएको छ। विशेषगरी, तराई, हिमाली र पहाडी जिल्लाहरूमा नेकपाका उम्मेदवारले गाउँ–गाउँमा पुगेर स्थानीय समस्या सुन्ने, समाधानका उपाय बुझाउने र प्रतिबद्धता पत्र प्रस्तुत गर्ने अभियान तीव्र रूपमा सञ्चालन गरेका छन्। मकवानपुर, उदयपुर, र बागलुङमा आयोजित घरदैलो र सभा कार्यक्रममा हजारौं मतदाताले प्रत्यक्ष सहभागिता जनाएका छन्। उदयपुरमा मात्रै ८० हजार भन्दा बढी मतदाताले नेकपाका उम्मेदवारलाई समर्थन गरेकाे बताइन्छ । बुद्धिजीवि कुमार राई भन्छन्-नेकपाकाे पक्षमा उदयपुरमा मात्र हाेईन देशभर माहाेल बनेकाे छ । राजनीतिक विश्लेषकहरूले भनेका छन् कि नेकपाको स्पष्ट र व्यावहारिक प्रतिबद्धताले मतदातामा विश्वास र आशा जगाएको छ। “नेकपाले जनताको भलो र समग्र राष्ट्रिय विकासका लागि ठोस योजना ल्याएको छ, जसले माहाोल नेकपाको पक्षमा निर्माण गरिरहेको छ,” एक वरिष्ठ विश्लेषकले बताएका छन्। देशभरका सहर र ग्रामीण क्षेत्रहरूमा नेकपाको समर्थन जुलुस, घरदैलो कार्यक्रम, संवादात्मक सभा, र मतदातासँग प्रत्यक्ष संवाद तीव्र गतिमा भइरहेका छन्। पछिल्लो सर्वेक्षण अनुसार, मतदानयोग्य मतदातामध्ये ८८ प्रतिशतले नेकपाको पक्षमा आफ्नो समर्थन व्यक्त गरेका छन्। प्रतिवद्धता पत्र २०८२ अनुसार, पार्टीले भ्रष्टाचारमुक्त प्रशासन, समान अवसर, दीगो विकास, महिला तथा आदिवासी समुदायको सशक्तिकरण, युवाको रोजगारी सुनिश्चित गर्ने व्यावहारिक योजना अघि सारेको छ। यसले मतदातामा विश्वास र उत्साह थप गरेको छ। विशेषगरी, ग्रामीण क्षेत्रका मतदाताले अबको नेतृत्व र विकास योजना समृद्ध, न्यायपूर्ण र समावेशी हुने अपेक्षा राखेका छन्। यही माहाोलले देखाउँछ कि निर्वाचन नजिकिंदै जाँदा नेकपाको समर्थन मात्र बढिरहेको छैन, तर जनताको आकांक्षा र आशा पनि पार्टीप्रति दृढ भइरहेको छ। विश्लेषकहरूको भनाइ अनुसार, नेकपाको स्पष्ट प्रतिबद्धता, व्यावहारिक योजना र जनता केन्द्रित अभियानले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्नेछ। चुनावी दिनमा यो जनलहर वास्तविक मतदाताको समर्थनमा परिणत हुने विश्वास पार्टी र समर्थक दुवैमा उच्च छ।
सिराहामा दुई पूर्वसांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ताद्वारा एमाले परित्याग, नेकपा प्रवेशकाे तयारी
सिराहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र बढ्दो असन्तुष्टि चुलिँदै जाँदा सिराहामा दुई पूर्वसांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। शनिबार अपराह्न गोलबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत नेतृ तथा निवर्तमान संघीय सांसद सम्झना थपलिया, पूर्वसांसद जानकीदेवी राम, जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य फुलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिराहाका अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव, वडा कमिटी सदस्य वीरेन्द्रकुमार सिंहलगायतले पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्र स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धति र सिद्धान्तबाट विचलन तथा आन्तरिक लोकतन्त्रको क्षयीकरणप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्वबाट कुनै सुनुवाइ नभएको, इमान्दार कार्यकर्ताहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति मौलाएको र विचारभन्दा व्यक्तिको वर्चस्व स्थापित गरिएको आरोप उनीहरूको छ। त्यस्तै, एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक लीलानाथ श्रेष्ठको स्वेच्छाचारी शैलीका कारण पार्टीमा बसिरहन नसकिने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्। विज्ञप्तिमा राजनीतिको मूल उद्देश्य पद र शक्ति नभई जनताको हित, सुशासन र नैतिकता भएको उल्लेख गर्दै पार्टीभित्र देखिएका विकृति र विसंगतिले आमजनतामा निराशा बढाएको उल्लेख गरिएको छ। साथै, अब आफूहरू स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यसैबीच, गोलबजार–१० का वडा संयोजकसहित धर्मपुर गाउँका चार दर्जनभन्दा बढी स्थानीय नेता–कार्यकर्ताले पनि पार्टी परित्यागको घोषणा गरेका छन्। नेतृत्वको एकात्मक कार्यशैली, कुशासन र नयाँलाई प्राथमिकता दिँदै पुराना कार्यकर्तालाई उपेक्षा गर्ने प्रवृत्तिले पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको उनीहरूको भनाइ छ। यसअघि पनि गोलबजार क्षेत्रमै नेतृत्वप्रति असन्तुष्टि जनाउँदै दर्जनौँ नेता–कार्यकर्ताले एमाले परित्याग गरिसकेका थिए। हाल नखुलाइएपनि परित्याग गरेका सबै दुई पूर्वसांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रवेश तयारी रहेकाे जनाइएकाे छ ।
प्रवासबाट उठ्यो ‘तारा’को आवाजः पाँचथरका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’लाई जिताउन विश्वभरका पाँचथरेली एकजुट
पाँचथर । भौगोलिक दूरी हजारौं किलोमिटर टाढा भए पनि मन, भावना र प्रतिबद्धता भने एउटै लक्ष्यमा केन्द्रित देखियो—पाँचथरको भविष्य निर्माण। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हर्क बहादुर नेम्बाङ ‘मिक्सो’को पक्षमा विश्वका विभिन्न मुलुकमा रहेका पाँचथरेली प्रवासीहरू अभूतपूर्व रूपमा एकजुट भएका छन्। प्रवासमा रहेका नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूलाई एउटै प्लेटफर्ममा जोड्दै आयोजित भर्चुअल अन्तरक्रियाले पाँचथरको चुनावी माहोललाई नयाँ ऊर्जा प्रदान गरेको छ। महान जनयुद्ध दिवसको सन्दर्भ पारेर फागुन १ गते शुक्रबार साँझ जुममार्फत सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम केवल औपचारिक संवाद मात्र थिएन, यो पाँचथरको भविष्यप्रति प्रवासीहरूको गहिरो चासो, प्रतिबद्धता र भावनात्मक सम्बन्धको सशक्त अभिव्यक्ति थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी उम्मेदवार नेम्बाङले आफ्नो उम्मेदवारीको उद्देश्य, पाँचथरको विकासका लागि तयार पारिएको दृष्टिकोण र निर्वाचन तयारीबारे विस्तृत रूपमा धारणा राख्दै प्रवासमा रहेका पाँचथरेलीलाई आफ्नो परिवार, आफन्त र समुदायसँग समन्वय गर्दै ‘तारा’ चिन्हमा मतदान सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले प्रवासमा रहेका नेपालीहरू केवल दर्शक नभई परिवर्तनका सह–निर्माता भएको उल्लेख गर्दै डिजिटल माध्यममार्फत प्रचार–प्रसार, जनसम्पर्क र जनमत निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। “आज प्रवासमा रहेका पाँचथरेलीहरू पाँचथरको विकास यात्राका साझेदार हुन्। तपाईंहरूको विश्वास, सहयोग र सक्रियताले पाँचथरलाई नयाँ युगतर्फ अघि बढाउन सक्छ,” उनले भावुक अपिल गरे। कार्यक्रममा पार्टीका नेता, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य कमल प्रसाद जवेगुले पनि सम्बोधन गर्दै हर्क नेम्बाङ ‘मिक्सो’ पाँचथरका लागि समर्पित, निष्ठावान र जनताको विश्वास जित्न सफल नेतृत्व भएको बताए। उनले नेम्बाङको लामो राजनीतिक अनुभव, जनतासँगको गहिरो सम्बन्ध र विकासप्रतिको स्पष्ट दृष्टिकोणले पाँचथरलाई स्थायित्व र समृद्धितर्फ डोर्याउने विश्वास व्यक्त गरे। अन्तरक्रियामा जापान, दक्षिण कोरिया, युरोपका विभिन्न देश, साउदी अरेबिया, कतार, दुबई र अमेरिका लगायतका मुलुकमा कार्यरत पाँचथरेली प्रवासीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले प्रवासमा रहे पनि आफ्नो जन्मभूमिप्रति उत्तरदायित्व बोध गर्दै आगामी निर्वाचनमा नेकपाका उम्मेदवार नेम्बाङलाई विजयी गराउन संगठित रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए। प्रवास संगठन जापानका सचिव सुजन आङ्बो लिम्बुले प्रवासमा रहेका युवाहरूले नेम्बाङलाई इमान्दार, सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा लिएको उल्लेख गर्दै उहाँको विजय सुनिश्चित गर्न प्रवासबाटै समन्वित अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र पारिवारिक सञ्जालमार्फत व्यापक जनसम्पर्क अभियान अगाडि बढाइनेछ। कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला इन्चार्ज सिता थेवे र जिल्ला संयोजक विशाल रसाइलीले गरेका थिए। नेपाली कम्युनिष्ट पार्टी पाँचथर निर्वाचन प्रचार–प्रसार समिति (प्रवास) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले प्रवास र मातृभूमिबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै निर्वाचन अभियानलाई थप गतिशील बनाएको सहभागीहरूको निष्कर्ष थियो। प्रवासमा रहेर पनि आफ्नो माटोको भविष्यप्रति गहिरो चासो राख्ने पाँचथरेलीहरूको सक्रियता र एकता, उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’प्रति देखिएको विश्वास र समर्थनले आगामी निर्वाचनमा नयाँ राजनीतिक सन्देश प्रवाह गरेको छ। भर्चुअल माध्यमबाट सुरु भएको यो अभियान अब घर–घर, टोल–टोल र समुदायसम्म फैलिँदै गएको छ—जहाँ प्रवासबाट उठेको आवाजले पाँचथरको भविष्य निर्माणको यात्रालाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
शहीदको सम्मानदेखि जनताको विश्वाससम्म: बागलुङ–२ मा ज्ञामनाथ गैरेको अभियानले ल्यायो नयाँ ऊर्जा
बागलुङ । महान जनयुद्धको ३१औँ वार्षिकोत्सवको ऐतिहासिक अवसरलाई जनताको भावना र परिवर्तनको संकल्पसँग जोड्दै ज्ञामनाथ गैरे ले बागलुङ क्षेत्र नम्बर–२ मा आफ्नो चुनावी अभियानलाई अझ सशक्त र जनमुखी बनाएका छन्। शहीदप्रतिको सम्मान, जनतासँगको प्रत्यक्ष संवाद र विकासप्रतिको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको उनको अभियानले यतिबेला बागलुङ–२ मा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। शहीद स्तम्भमा श्रद्धाञ्जली, परिवर्तनको संकल्प पुनः दोहोर्याइयो अभियानको सुरुवात निशिखोला गाउँपालिका–झिंवाखोलास्थित ऐतिहासिक शहीद स्तम्भमा माल्यार्पण गर्दै गरिएको थियो। महान जनयुद्धका अमर शहीद कमरेड सनबहादुर घर्ती (मनोज), धनकुमार चन्द र निर्मल चन्दले सहादत प्राप्त गरेको सो स्थलमा पुगेका गैरेले शहीदहरूको योगदानलाई स्मरण गर्दै भावुक बनेका थिए। श्रद्धाञ्जली अर्पणपछि बोल्दै उनले भने, “शहीदहरूको बलिदान केवल विगतको स्मृति मात्र होइन, यो हाम्रो वर्तमानको मार्गदर्शक र भविष्यको प्रेरणा हो। उहाँहरूले देखाउनुभएको परिवर्तनको बाटोलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता र समृद्धिको लक्ष्य पूरा गर्नु नै हाम्रो प्रमुख दायित्व हो।” उनले जनयुद्धले नेपाली समाजमा ल्याएको राजनीतिक चेतना, समावेशीता र जनअधिकारको उपलब्धिलाई अझ मजबुत बनाउँदै जनताको जीवनस्तरमा ठोस सुधार ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याए। निगलपानीमा अभूतपूर्व जनसहभागिता, विकासप्रतिको स्पष्ट योजना श्रद्धाञ्जली कार्यक्रमपछि गैरेको टोली बडिगाड गाउँपालिका–१० निगलपानी पुगेको थियो, जहाँ आयोजित जनभेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य र उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रम स्थलमा उपस्थित सयौँ स्थानीयले गैरेलाई स्वागत गर्दै विकास र परिवर्तनको नेतृत्व गर्ने सक्षम उम्मेदवारका रूपमा समर्थन व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले बागलुङ–२ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना प्रस्तुत गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक सञ्जाल विस्तार, खानेपानी व्यवस्थापन र युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। उनले दृढतापूर्वक भने, “बागलुङ–२ अब पछि फर्किने छैन। अब यहाँ विकासको नयाँ अध्याय सुरु हुनेछ। जनताको आवश्यकता, जनताको सपना र जनताको भविष्यलाई केन्द्रमा राखेर हामी काम गर्नेछौं। यो चुनाव केवल एउटा पदको लागि होइन, यो जनताको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर हो।” जनताका मागप्रति संवेदनशील प्रतिबद्धता जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानीको दीर्घकालीन समाधान, ग्रामीण सडकको स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण र युवाका लागि रोजगारी सिर्जनाको माग राखेका थिए। गैरेले ती सबै मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने बताए। स्थानीय अगुवा र सर्वसाधारणले गैरेको सरलता, स्पष्ट दृष्टिकोण र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई उनको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। “उहाँ जनताको बीचमा हुनुहुन्छ, जनताको कुरा सुन्नुहुन्छ र समाधानका लागि स्पष्ट योजना पनि दिनुहुन्छ,” एक स्थानीयले बताए। गठबन्धनको बलियो साथ, जितप्रतिको जनविश्वास बढ्दो यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी गठबन्धनले गैरेको अभियानलाई थप बल प्रदान गरेको छ। वामपन्थी शक्तिहरूको एकताले परिवर्तन, विकास र स्थायित्वको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। जनयुद्ध दिवसको भावनात्मक वातावरण, शहीदप्रतिको सम्मान र जनतासँगको निरन्तर संवादले गैरेलाई जनताको मनमा अझ नजिक बनाएको छ। गाउँ–गाउँमा पुगेको उनको अभियानले बागलुङ–२ मा परिवर्तनको आशा र उत्साह थपिएको स्थानीयले बताएका छन्। जनताको बीचमा, जनताको लागि समर्पित नेतृत्व शहीद स्मरणदेखि जनताको घरदैलोसम्म निरन्तर सक्रिय देखिएका ज्ञामनाथ गैरे यतिबेला बागलुङ–२ मा परिवर्तन, विकास र जनविश्वासका प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्। जनताको आवश्यकता बुझ्ने, स्पष्ट योजना प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति भएका उम्मेदवारका रूपमा उनको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई निर्णायक दिशातर्फ अघि बढाएको छ। स्थानीय बासिन्दाहरूको भनाइमा, “यो अभियान केवल चुनाव जित्ने अभियान होइन, यो बागलुङ–२ को समृद्ध भविष्य निर्माण गर्ने अभियान हो।”
बाँके–२ मा नेकपाका उम्मेदवार बिष्टकाे जनलहर बढ्दै
नेपालगन्ज । निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ मा राजनीतिक माहोल झन् तातिएको छ। चोक, चौतारा, चिया पसल र घरदैलोमा एउटै नाम सर्वाधिक चर्चामा सुनिन थालेको छ—दिपेन्द्र बिष्ट। यसपटकको चुनाव केवल प्रतिस्पर्धाको मैदान मात्र नभई जनताको विश्वास जित्ने नेतृत्वको खोजी बनेको छ, र यही खोजीले दिपेन्द्र बिष्टतर्फ स्पष्ट जनलहर निर्माण गरिरहेको देखिन्छ। स्थानीय मतदाताका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बिष्टको लोकप्रियता कुनै आकस्मिक घटना होइन, बरु उहाँको जीवनयात्रा र कामको निरन्तरता त्यसको आधार हो । सफल उद्यमीका रूपमा उहाँले आफ्नै पहलमा ५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुभएको छ। धेरै नेताहरूले रोजगारी सिर्जनाको वाचा गर्ने गरे पनि बिष्टले व्यवहारमै त्यसलाई प्रमाणित गरिसकेको तथ्यले उहाँलाई फरक पहिचान दिएको छ। “भोलि गर्छु भन्ने होइन, पहिल्यै गरेर देखाएको मान्छेलाई नै भरोसा लाग्छ,” नेपालगन्जका एक स्थानीय व्यवसायीले भने। घरदैलो अभियानका क्रममा देखिएको उहाँको व्यवहारले पनि जनताको मन जित्दै गएको छ। बिष्ट मत माग्न मात्र होइन, सुन्न र बुझ्न टोल–टोलमा पुग्नुभएको छ। स्थानीय समस्याबारे चासो राख्दै समाधानको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने उहाँको शैलीले मतदातामा सकारात्मक प्रभाव पारेको छ। नेपालगन्ज–४ की एक ज्येष्ठ नागरिकले भावुक हुँदै भनिन्, “हामीजस्तै भुइँमा बसेर कुरा गर्ने नेता चाहिएको थियो, उहाँमा त्यो देख्यौँ।” विशेषगरी युवापुस्तामाझ दिपेन्द्र बिष्टप्रति आकर्षण उल्लेख्य रूपमा बढिरहेको छ। खेलकुदप्रेमी र उद्यमशील सोच भएका बिष्टले युवालाई कुलतबाट टाढा राख्दै सीप, खेलकुद र उद्यममार्फत आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकता दिनुभएको छ। स्थानीय युवाहरूका अनुसार उहाँले केवल आश्वासन होइन, अवसर सिर्जना गर्ने दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। “उहाँले हाम्रो भविष्यबारे गम्भीर रूपमा सोच्नुभएको छ, त्यसैले हामी उहाँप्रति आशावादी छौँ,” एक युवा मतदाताले प्रतिक्रिया दिए। उहाँको सरलता र सहज व्यवहार पनि जनलहरको अर्को प्रमुख आधार बनेको छ। आलोचना आए पनि संयमता अपनाउने, सबै वर्गसँग समान रूपमा घुलमिल हुने र जवाफदेही बन्ने उहाँको शैलीले मजदुरदेखि व्यवसायी, महिला र ज्येष्ठ नागरिकसम्म सबै वर्गलाई नजिक ल्याएको छ। स्थानीयहरूका अनुसार यस्तो व्यवहारले नेताप्रति विश्वास र अपनत्व दुवै बढाएको छ। यससँगै, विकासप्रतिको उहाँको स्पष्ट दृष्टिकोणले पनि मतदातामा सकारात्मक सन्देश दिएको छ। सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीय आवश्यकता अनुसार योजना बनाउने उहाँको प्रतिबद्धता विकासलाई व्यवहारिक रूपमै अघि बढाउने संकेतका रूपमा हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके–२ मा देखिएको माहोलले एउटा स्पष्ट संकेत दिएको छ—जनता केवल भाषण होइन, काम गर्ने नेतृत्वको खोजीमा छन्। कामले प्रमाणित गरेको क्षमता, जनतासँगको आत्मीय सम्बन्ध र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणका कारण दिपेन्द्र बिष्टप्रति बढ्दो जनसमर्थनले यस क्षेत्रको राजनीतिक समीकरणलाई नयाँ दिशा दिइरहेको छ। यसै सन्दर्भमा स्थानीयस्तरमा अहिले एउटा धारणा बलियो बन्दै गएको छ—बाँके–२ मा परिवर्तनको अपेक्षा र भरोसाको केन्द्रका रूपमा दिपेन्द्र बिष्ट जनताको रोजाइ बन्दै गइरहनुभएको छ। जनलहरको यही प्रवाहले आगामी निर्वाचनको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने आँकलन गर्न थालिएको छ।

