मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला
पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको तल्लो मोदी ‘ए’ गरी चारवटा आयोजना छन् ।
जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा नगरपालिकामा एउटा आयोजना सञ्चालनमा छन् । नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी प्रावधान छ । तर यसको व्यावहारिक कार्यान्वयन नहुँदा मोदीखोला सङ्कटमा परेको हो ।
खोलामा पानीको बहाव नहुँदा जलचर समेत सङ्कटमा परेका छन् । मोदीखोलाको प्रख्यात असला माछाको अस्तित्वसमेत गुम्दै गएको छ । मोदी खोलामा विसं २०५७ मा पहिलो पटक सञ्चालित आयोजना मोदीखोला जलविद्युत् केन्द्र हो । यसको पानीको ड्याम जलाशय बेतेनीमा अवस्थित छ, भने विद्युत्गृह चाहीँ पातिचौरमा । मध्यमोदी हाइड्रोको पानीको ड्याम जलाशय वीरेठाँटी र विद्युत्गृह बेतेनीमा छ ।
यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय पातिचौरमा र विद्युत्गृह चाहीँ कुश्माको परादीमा अवस्थित छ । कास्की र पर्वतको सिमाना नयाँ पुलदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवासम्म झण्डै १२ किलोमिटर लामो दुरीमा कतैपनि पानीको थोप्लासमेत देख्न पाइँदैन । यसले स्थानीयवासीको दैनिकीसमेत कष्टकर बन्दै गएको स्थानीय देवी लामिछानेले बताए ।
कुश्मा नगरपालिकाको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय परादीमा बाँधिएको छ । यसको जलविद्युत् गृह भने चुवाको सुइटेबौरमा निर्माण गरिएको छ । चारवटै जलविद्युत् गृह लहरै अवस्था छन् । एउटा जलविद्युत् गृहको पानीको ड्याम जलाशयबाट छाडिएको पानी खोलामा बग्न नपाउँदै अर्को जलविद्युत् गृहको ड्याममा मिसिन पुग्छ । यसले गर्दा पनि मोदीखोलामा पानीको सङ्कट उत्पन्न भएको छ ।
मोदी गाउँपालिकाले खडेरी सुरु हुनासाथ जलविद्युत् गृहका जिम्मेवार कर्मचारीलाई बोलाएर कानुनले निर्देशित गरेको पानी खोलामा छाड्न अनुरोध गरे पनि त्यसको कार्यान्वयन नभएको बताएको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले भने, “जलविद्युत् गृहले मोदीखोलामा पानी नछाड्दा तटीय क्षेत्रका बस्ती प्रभावित बन्ने खतरा छ । हामीले कार्यपालिकाबाट बैठक नै गरेर धेरैपटक सम्बन्धित हाइड्रो सञ्चालकलाई पत्राचारदेखि अनुगमनसम्म गरेका छौँ, मापदण्डअनुसार पानी छाड्न भनेका छौँ तर उहाँहरूले कहिल्यै टेर्नुभएको छैन ।”
गाउँपालिकाले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट वार्षिक झण्डै रु डेढ रूपैयाँ रोयल्टी प्राप्त गर्दै आएको छ । बिजुली उत्पादनका नाममा वातावरणलाई दीर्घकालीन असर पार्ने काम बन्द गर्न स्थानीयले माग गरेका छन् । पानी बग्नुपर्ने खोलामा हिजोआज कमिला हिँड्न थालेको भन्दै कम्पनीको स्वार्थका लागि प्रकृतिसँग नखेल्न चेतावनी दिएका छन् । “खोलाको पानीमा निर्भर सिँचाइ खेती प्रभावित भएको छ । खानेपानीको मुहानमा समस्या आउन थालेको छ,” तिलाहरका किसान रमाकान्त क्षेत्रीले भने, “यस क्षेत्रका माछा हराएर गइसके, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान नष्ट भएको छ, प्रकृतिमाथिको दोहनका कुरा कसले सुन्ने ?”
खोला सुकाएको विषयमा जनस्तरबाट हरेक वर्ष गुनासो जिल्ला प्रशासन कार्यालमा पुग्ने गर्छ । जलविद्युत् गृहका कर्मचारीलाई बोलाएर छलफल गराउने पनि गरिन्छ । तर कार्यान्वयन हुँदैन । “गत वर्ष बोलाएर जुनै पनि हालतमा कम्तीमा १० प्रतिशत पानी छाड्न भनेका हौँ, त्यसरी खोलै सुकाएर पर्यावरणमा असर पार्ने काम गर्न त पाइएन नि,” सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले भने “गाउँपालिकाले हामीले नियमन गर्न सकेनौँ भन्न पाइयो र ? हामीले प्रहरी खटाउनुपर्छ कि, के गर्नुपर्छ ? त्यो चाहीँ भन्नुपर्यो । अब छिट्टै हाइड्रोका कर्मचारीलाई बोलाएर छलफल गर्छौं ।”
तल्लो मोदी जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र बेलवासेले आफूहरूले मापदण्ड अनुसारनै खोलामा पानी छाडेको दाबी गर्नुभएको छ । अन्य हाईड्रोहरूले के गरेका छन् थाहा भएन तर आफूहरूले भने मापदण्ड अनुसार नै पानी खोलामा बग्न दिएको उनको दाबी छ ।
अफगानिस्तानमा पहिरो : ४ जनाको मृत्यु, ६ घाइते
काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फैजका अनुसार प्रान्तीय राजधानी महामूद–ए–राकी नजिकैको शुखी गाउँमा पहिरो खस्दा एक आवासीय घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। घटनापछि उद्धारकर्मीहरूले तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए। स्थानीय बासिन्दाका अनुसार पहिरोका कारण आसपासका केही घरहरूमा समेत क्षति पुगेको छ र धेरै परिवार प्रभावित भएका छन्। यद्यपि थप मानवीय क्षतिको विवरण पुष्टि हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानका अधिकांश ग्रामीण आवासीय घरहरू माटो तथा परम्परागत सामग्रीबाट बनेका हुने भएकाले वर्षा, हिउँपात र पहिरोका समयमा उच्च जोखिममा रहने गर्दछन्। यस्ता प्राकृतिक विपत्तिका कारण ग्रामीण क्षेत्रमा बारम्बार जनधनको क्षति हुने गरेको छ। स्थानीय प्रशासन र राहत समूहहरूले प्रभावित परिवारलाई अस्थायी आवास तथा आवश्यक सहयोग उपलब्ध गराइरहेका छन्। प्रान्तीय अधिकारीहरूले जोखिम मूल्याङ्कन गरी सम्भावित थप विपत्तिबाट जोगिन समुदायलाई सचेत गराउने बताएका छन्।
दार्चुलामा कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई
दार्चुला। सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ । सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो । सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।
प्रतिनिधिसभा निर्वाचन: ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको निर्र्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार २१ फागुनमा हुने निर्वाचनका लागि हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। हालसम्म १ करोड ७१ लाख ६३ हजार मतपत्र छापिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्। अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको छ । तीन दिनभित्र सो काम सकिने अनुमान गरिएको आयोगको भनाइ छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा लगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको छ। त्यस्तै दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, पश्चिम नवलपरासी, मोरङसहित अन्य जिल्लाको मतपत्र छपाइ गरेर पठाउने तयारी भइसकेको छ। यसैगरी उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोकको मतपत्र छपाइ पनि सम्पन्न भएको छ। हालसम्म छापिएका मतपत्रमध्ये १५ हजार ३७१ बाकस प्याकिङ भइसकेको छ । दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। गत २२ पुसदेखि छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ भने दोस्रो चरणअन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । छपाइ सम्पन्न भएका मतपत्र शुक्रबारदेखि नै कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन थालिएको आयोगले जनाएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई चुनबाङको गैरीगाउँमा भव्य स्वागत
रुकुम पूर्व — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनबाङको गैरीगाउँ पुग्नुभएको छ। उहाँले यहाँ आयोजित कार्यक्रममा स्थानीय जनतासँग जनसंवाद गर्नुहुनेछ। स्थानीयबासीले बाजागाजा र झाँकीसहित प्रचण्डलाई भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा संयोजक प्रचण्डले उनीहरूलाई अभिवादन गर्नुभयो। कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नुहुनेछ। उहाँ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ। चुनबाङको गैरीगाउँमा रहेको सहिद गेटलाई बिम्ब बनाएर जनयुद्धकालमा रचिएको चर्चित गीत ‘सहिदहरू हाँसिरहेका छन्’ अझै लोकप्रिय छ। यो गाउँ जनयुद्धको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ।
जनयुद्ध गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट जारी गरेको सन्देशमा इतिहास, वर्तमानको चुनौती र भविष्यको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै निर्वाचनमा आफ्नो पार्टी (तारा चिन्ह) लाई पूर्ण बहुमत दिन अपील गर्नुभएको छ । फागुन १ गते जनयुद्ध दिवसको सन्दर्भमा रुकुम पूर्वको क्रान्तिकारी भूमिमा उभिएर प्रचण्डले सम्बोधन गर्दै भन्नुभयो, “फागुन १ केवल गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो ।” उहाँले एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध नेपाली जनताले जगाएको ऐतिहासिक विद्रोहको मशाललाई स्मरण गर्दै जनयुद्धका महान् शहीदहरू, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । प्रचण्डले रुकुम पूर्वलाई विशेष महत्व दिँदै यो भूमिलाई जनजाति, महिला, दलित तथा उत्पीडित समुदायको स्वतन्त्रता र पहिचानको मशाल बनेको ठाउँको रूपमा उल्लेख गर्नुभयो । चुनवाङ बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे ।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै प्रचण्डले जेनजी युवाहरूको आन्दोलनमाथि गोली चलेको घटना, विध्वंस र असहज स्थिति स्मरण गर्नुभयो । पञ्चायती कालको अत्याचार र विद्रोहको इतिहास जोड्दै उहाँले वर्तमानमा संसद् अगाडि सरकार विरोध गर्न पाइने वातावरण जनताको बलिदानकै कारण बनेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियामा बाँकी रहेका मुद्दाहरू, भूमिहीन सुकुम्बासीहरूलाई जग्गा वितरण, रिटर्नी तथा स्टार्टअप कार्यक्रम, औषधी उत्पादन, हिमाल समृद्धि, मेगा फूड पार्क जस्ता योजनाहरू रोकिएको गुनासो गर्नुभयो । प्रचण्डले पूर्ण बहुमत नहुँदा र यथास्थितिवादी दलहरूसँग मिलेर सरकार चलाउँदा सोचेअनुरूप काम गर्न नसकिएको अनुभव सुनाउनुभयो । भ्रष्टाचार, मीटर ब्याज, भूटानी शरणार्थी तथा बालमन्दिर जग्गा काण्डहरूको छानबिनमा अघि बढेको तर सरकार ढलेको उल्लेख गर्नुभयो । प्रचण्डले “नयाँ र पुरानो” को भाष्यलाई खारेज गर्दै भन्नुभयो, “यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । गणतन्त्र, समावेशिता, संघीयता, सुशासनका एजेन्डा हाम्रै हुन् ।” उहाँले यथास्थितिवादी शक्तिहरूले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो पार्टीले कमजोरीहरूको समीक्षा गर्दै “ग्रेट लीप फरवार्ड” तर्फ अघि बढ्नुपर्ने बताउनुभयो । गरिबी शून्य, रोजगारी सिर्जना, विद्युत् उत्पादन, पर्यटन, कृषि आत्मनिर्भरता, डिजिटल प्रशासन, भ्रष्टाचार नियन्त्रण जस्ता महत्वाकांक्षी लक्ष्य राख्नुभयो । उहाँले परिवर्तनकामी शक्तिहरूबीच एकताको अभियान सुरु भएको र २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जानकारी दिनुभयो । निर्वाचनमा पूर्ण बहुमत प्राप्त गरे मात्रै बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको ढोका खोल्न सकिने उहाँको दाबी छ । अन्त्यमा प्रचण्डले रुकुम पूर्वबाट अपील गर्दै भन्नुभयो, “इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस् । तारा चिन्हमा मत दिएर परिवर्तन, अग्रगमन र स्वाधीन, समृद्ध, समावेशी तथा न्यायपूर्ण नेपाल निर्माणमा लागौं ।” यो सन्देशले जनयुद्धको विरासतलाई निर्वाचनसँग जोडेर नयाँ ऊर्जा र एकताको सन्देश दिएको छ । हेर्नुस् प्रचण्डको सन्देशको पूर्णपाठ आदरणीय बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु आज फागुन १ गते फागुन १ केवल गौरबमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो। आजको दिन एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता समानता र न्यायका पक्षमा नेपाली जनताले एतिहासिक विद्रोहको मशाल जगाए। सर्वप्रथम म जनयुद्ध तथा बिभिन्न कालखण्ड भए गरेका नेपाली जनताका आन्दोलनका महान सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते अपाग वेपत्ता योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु । म अहिले नेपालको इतिहासमा क्रान्ति र शान्तिको साक्षी रुकुम पूर्वबाट यहाँहरुलाई सम्बोधन गर्दैछु । यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे । घुम्टो फाल्दै दुधे बच्चा पिठ्यूँमा राखेर महिलाहरुले स्वतन्त्रताका आवाज घन्काए । यो जनजाति समुदायको रगत पोखिएको त्यही ठाउँ हो, जहाँबाट आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानको मशाल जगाए । दलितहरुले युगौंदेखिको जातीय उत्पीडनविरुद्ध स्वाभिमानका गीत गाए । र यो त्यही भूमि हो जहाँ चुनवाङमा बसेको तत्कालिन नेकपा माआवादीको बैठकले निर्णय गरेबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुल्यो । अहिले हामी जटिल परिस्थितमा हुन गइरहेको निर्वाचनको संघारमा छौं। गत भदौ २३ गते जेनजी युवाहरुले सामाजिक सञ्जालमा लेख्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ भनेर उठेका आवाजहरुमाथि गोली चले । दर्जनबढी युवाहरुकव् सहादत भयो । युवाहरूको आक्रोशलाई व्यवस्था विरोधी तत्वहरूले २४ गते विध्वंसमा रूपान्तरण गरे । देशमा असहज परिस्थिति निर्माण भयो । यो सन्दर्भमा कुरा गर्दा अहिले म यो भूमिमा उभिएर पञ्चायती कालरात्री विरुद्ध यहाँका जनताको संघर्ष स्मरण गरिरहेको छु । निरंकुशताविरुद्ध बोलेकै भरमा किलो शेरा टुका नाममा यहाँका गाउँवस्ती जलाइएपछि, जनतामाथि चरम अत्याचार र उत्पीडनले सीमा नाघेपछि जनताले विद्रोह गरेका थिए । हाम्रा टाउकाहरुको मोल तोकिएको थियो । र पनि हामीले स्वतन्त्रता र विद्रोहका गीत गाउन छोडेनौ । र, त्यही विद्रोहकै कारण, हजारौं जनताको बलिदानकै कारण अहिले संसद भवन अगाडि नै खुलेआम सरकारको विरोध गर्ने वातावरण निर्माण भएको छ । त्यसअर्थमा यहाँका जनताको महानतालाई कुनै पनि मूल्यमा अवमूल्यन गर्न मिल्दैन । इतिहासलाई वर्तमानसँग जोडेर मात्रै भविष्य निर्माण गर्न सकिन्छ । आदरणीय जनसमुदाय, हाम्रो संघर्ष समाप्त भएको छैन । जेन जी पुस्ताहरुले उठाएका मागहरु यही संघर्षको निरन्तरता हो । शान्ति प्रक्रियाको चरणमा हामीले उठाएका तर शक्ति सन्तुलनका कारण पुरा हुन नसकेका मुद्दाहरुकै निरन्तरता हो । मुद्दाहरु बाँकी छन् । सपनाहरुको हिसाब अझै भएको छैन । हामीले त्यो बिर्सेका छैनौं। संविधान जारी भएपछिको यो एक दशकमा हामीले यसका लागि प्रयास पनि गर्यौं । सरकारमा रहँदा एक वर्षमा ५ लाख भूमिहीन सुकुम्वासीहरुलाइ जग्गा प्रदान गर्ने नीति र बजेट ल्याएका थियौं । कानुनहरु पनि संशोधन गर्यौं । तर त्यो काम हामी बाहिरिएसँगै रोकियो । विदेशबाट ज्ञान सीप र अनुभव बोकेर स्वदेश फर्केका रिटर्नीहरुका लागि हामीले सुरु गरेको उद्यमशीलता कार्यक्रमले गति लिन सकेको छैन । स्टार्ट अप कार्यक्रम पनि कार्यकर्ता पोस्ने किसिमले अघि बढाइयो । अहिले अर्थतन्त्रको मुख्य उत्प्रेरक शक्ति बन्न सक्छ स्टार्टअप । आइटी, पर्यटन, कृषि लगायतका बिभिन्न क्षेत्रमा हामीले लाखौ रोजगारी सिर्जना गर्न सक्छौं । यसबाट आगामी ५ वर्षमा हामी २० लाख बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सक्छौं । गर्नुपर्ने धेरै छ । गर्न सकिने पनि धेरै छ । अत्यावश्यक औषधीहरु सरकारी स्तरबाटै उत्पादन गर्ने हाम्रो योजना रोकिएको छ । हिमाल समृद्धि कार्यक्रम ठप्प बनाइएको छ । अघिल्लो सरकार छँदा बिभिन्न स्थानमा प्रस्तावित मेगा फूड पार्कहरु कमिशनका माध्यम बने। इको टुरिज्म, हिल स्टेशन अनि गण्डकी त्रिभुज परियोजना त नामै सुन्न खोजिएन । पाँच वर्षसम्म ढुक्कले सरकार चलाउन नपाउँदा जतिसुकै राम्रा कार्यक्रम अघि सारेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुने अनुभव मेरो छ । नत्र हामीले त दोहोरो जिम्मेवारी भएका बिभिन्न निकायहरु मर्ज गर्ने भनेका थियौं । कपाल काट्ने तालिम पनि संघकै मन्त्रालयले गर्ने परिपाटी भत्काउन खोजेका थियौं । संघको नीति तथा कार्यक्रम र बजेटको कर्मकाण्ड भत्काउन विधेयक नै जारी गरेका थियौं । निजामति र शिक्षा विधेयकको नियती त यहाँहरुलाई थाहै छ । त्यति महत्वका साथ सदनमा दर्ता गरेका थियौं । तर हामीसँग पर्याप्त बहुमत थिएन । अझ भनौं हामी त तेश्रो पार्टी थियौं । र, पनि संविधान कार्यान्वयन र समृद्धिका लागि महत्वाकांक्षी योजना र कार्यक्रम ल्याइरहेका थियौं । मीटर ब्याजलाई अपराध घोषणा गरेर धमाधम न्यायका फाइलहरु अघि बढेका थिए । भूटानी शरणार्थीदेखि बालमन्दिर र त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा विचौलियाहरु अत्तालिएर सरकार नै ढलेको दृष्टान्त तपाई हाम्रा सामु छ । कुशासनका चांगहरु चुलिँदै जाँदा जनताको विष्फोटले व्यवस्था नै संकटमा पर्न सक्छ है भनेर मैले बारम्बार चेतावनी दिँदा समेत नचेतपछि अहिलेको परिस्थिति सिर्जना भयो । आदरणीय जनसमुदाय, अहिले एकथरिले नयाँ र पुरानोको भाष्य निर्माण गरेका छन् । हामी नयाँ, उनीहरु पुरानो भन्ने यो भाष्यले नेपाली जनतामा फेरी ठूलो भ्रम सिर्जना गरिरहेको छ । तर ध्यान दिनैपर्ने कुरा के हो भने यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । हामीले मात्रै दुई सय पचास वर्षदेखि मक्किएको राजतन्त्र र सामन्तवादको अन्त्य गर्न गणतन्त्रको नयाँ विचार ल्याएका हौं । एउटा जाति, भाषा र वर्गको हालीमुहाली चलेको देशमा दलित, महिला, जनजाति, थारु, मधेसी, मुस्लिम लगायत उत्पीडित वर्ग र समुदायको पनि हिस्सेदारी हुनुपर्छ भनेर समावेशिताको नयाँ विचार हाम्रै हो । संघीयता हाम्रै हो । सुशासनको एजेण्डा हाम्रै हो । एजेण्डा, विचार, नीति र पहल हाम्रै हुने अनि हामी चाहिँ कसरी पुरानो ? जनतामा छाएको वितृष्णा र निराशालाई विचार र सिद्धान्तविहिन अराजक तत्वले नयाँ भन्दै झुक्याउने अवस्थालाई हामीले चिर्नैपर्छ । आज यो क्रान्ति र शान्तिको भूमिबाट मैले इतिहास, वर्तमान र भविष्यलाई जोडन चाहन्छु । यो भूमि साक्षी छ नेपालका हरेक राजनीतिक परिवर्तनको । यो भूमिले देखेको छ नयाँ के हो र पुरानो के हो भन्ने कुरा ? नयाँको रटान गर्दैमा कोही नयाँ हुँदैन । यो भ्रममा कोही पनि पर्नुहुन्न । हामी नयाँ थियौं, नयाँ छौं र नयाँ नै हुनेछौं । किनभने इतिहासले हामीलाई यथास्थितिमा बस्ने छूट दिएको छैन । मैले यो कुरा बारम्बार भन्दै आएँको पनि हो । हामीले यथास्थिति चिर्न खोजेको पनि हो । यसक्रममा कैयन कमजोरी पनि भएकै हुन । यो कुराको गम्भीर समिक्षा गर्दै नेपाललाई ग्रेट लीप फरवार्डको दिशामा नगई सुखै छैन । हामीले पाँच वर्षमा गरिबीको दर आधामा झार्नु छ र दश वर्षमा शून्य गरिबी, शून्य भोकको अवस्थामा पुग्नु छ । हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्नु छ । विद्युत उत्पादनमा कायापलट गर्नुछ । हाम्रा पर्यटकीय सम्भावनाहरुलाई उच्चतम रुपमा विकास गर्नु छ । सिँगो प्रशासन र सार्वजनिक सेवा प्रणालीलाई डिजिटल गर्दै नागरिकले व्यहोर्नुपरेको झंझट हटाउनु छ । भ्रष्टाचारको मुहानका रुपमा रहेको अहिलेको निर्वाचन प्रणाली भत्काउनु छ । महिलाहरुको राज्यसत्तामा हिस्सेदारी ३३ प्रतिशतबाट बढाएर पुरुस सरह बनाउँदै लानु छ । कृषिमा उत्पादन र उत्पादकत्व बढाएर लाखौं रोजगारी सिर्जना गर्दै खाद्यमा आत्मनिर्भर बन्नु छ । अर्थतन्त्रलाई डबल डिजिटमा पुर्याएर स्वाभिमानी देश निर्माण गर्नु छ । भ्रष्टाचारका सबै काण्डहरुको निर्ममतापूर्वक छानवीन गर्नुछ । मैले माथि पनि भनेँ, हामीलाई यथास्थितिमा रुमल्लिने कदापी छूट छैन । कतिपयले यसो भन्दा के हेरेर बसेको त अहिलेसम्म भनेर पनि नभन्ने होइनन् । तर मैले भनेजस्तै संविधान जारी हुँदा हामीले अघि सारेका फरक मतहरु त्यतिबेलै सम्बोधन गरिएको भए, अनि संघीयताको मर्म अनुरुप संविधान कार्यान्वयन गरिएको भए यो अवस्था आउने थिएन । हामीले पहल नगरेको होइन । तथ्यमा टेकेर हेर्दा हामी सरकारमा गएको बेला ऐन तर्जुमादेखि सुशासनका पक्षमा र्दढतापूर्वक काम गर्न नखोजिको होइन । तर स्पष्ट बहुमत नहुँदा र एकल सरकार सञ्चालन गर्न नसक्दा यथास्थितिवादी दलहरुसँगै मिलेर सरकार बनाउनुपर्दा सोचे अनुरुप काम गर्न नसकिएकै हो । अलि बल गर्दा सरकार नै ढलेको हो । यो तथ्यलाई समेत गम्भीरतापूर्वक विचार गर्न म अपील गर्न चाहन्छु । आज म पूर्वी रुकुम आइपुगेको छु । हिजो युद्धकालको रुकुम र आजको रुकुम उस्तै छैन । हिजो हामी पुलिस प्रशासनसँग लुकामारी गर्दै, भीरपाखा छिचोल्दै गाउँबस्तीमा चेतनाको सन्देश फैलाउँथ्यौं । आज रुकुम विकासका दृष्टिले, चेतनाका दृष्टिले निकै फरक छ । यही रुकुम, रोल्पा लगायत गाउँवस्तीको त्याग र संघर्षकै कारण आज काठमाडौंमा व्यवस्थाविरुद्धको आक्रोस खुलारुपमा व्यक्त गर्न पाइएको छ । महिला, दलित, जनजाति लगायतका वर्ग र समुदायको राज्यसत्तामा हिस्सेदारी सम्भव बनेको छ । काठमाडौंका अधिकार गाउँमा पुगेको छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशमा आफ्नो सरकार बनाउने अवस्था बनेको छ । त्यस अर्थमा हामीले केही नगरेको या नेपालमा केही नभएको होइन । तर रुकुमले या रोल्पाले या हजारौं वीर शहीदहरुले यति मात्रै खोजेका थिएनन् । यो कुरा हामीले संविधान निर्माण र त्यसपछि पनि कार्यान्वयनका क्रममा बारम्बार भन्दै आएका पनि हौं । देशले जे खोजेको छ, जनताले जस्तो नेपाल चाहेका छन्, त्यो पनि हाम्रो विचार र नीतिले मात्रै सम्भव छ । आज सुकुम्वासी वस्तीमा डोजर लगाउनेहरु नयाँ नेपाल बनाउने कुरा गर्दैछन् । कबाड जम्मा गरेर जीविका चलाउने, साइकलमा फेरी लगाउँदै सामान बेच्ने गरीब मधेशका प्रवासी जनतालाई लखेट्नेहरु मधेसको स्वाभिमान र पहिचानको कुरा गर्दैछन् । राजधानीका सुकिला महलहरुमा बसेर गाउँको मुहार फेर्ने कुरा गर्दैछन् । यो भ्रममा नपर्न अनुरोध गर्दछु । हामीले गम्भीर समीक्षा गरेर परिवर्तनकामी शक्तिहरुबीच एकताको महा अभियान सुरु गरेका छौं । यो अभियानमा २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनु भएको छ । यसले हामीलाई नेपाली समाजलाई अग्रगामी रुपान्तरण गर्ने ठूलो प्रेरणा दिएको छ । म यो निर्वाचनमा परिवर्तनका पक्षमा नेपालि कम्युनिष्ट पार्टीलाई पूर्ण बहुमत दिन अपील गर्दछु । हामीले पूर्ण बहुमतको सरकार बनाउन सके मात्रै इतिहासका बाँकी कार्यभार पुरा गर्दै हामी समाजवादी क्रान्तिको ढोका खोल्न सक्छै । त्यसैले तारा चिन्हमा मत दिइ निरन्तर क्रान्तिको यो अभियानमा लामवद्ध बनौं । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु — इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस्। हामीले सुरु गरेको परिवर्तनलाई अधुरो छोड्ने होइन, पूरा गर्ने हो। हामीले बनाएको गणतन्त्रलाई कमजोर बनाउने होइन, अझ मजबुत र उन्नत गणतन्त्र बनाउने हो। हामीले देखेको समृद्ध नेपालको सपना साकार पार्ने हो। यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु — यो निर्वाचन हामीले कित्ता स्पष्ट गर्ने समय पनि हो । हामी गणतन्त्रका पक्षमा हुने कि नहुने, हामी दलित समुदायमाथि विभेदका विरुद्ध उभिने कि नउभिने, हामी महिलाहरूको पूर्ण स्वतन्त्रता र समाज हिस्सेदारीका पक्षमा उभिने कि नउभिने भनेर फैसला गर्ने समय हो। हाम्रो एक मत कसका पक्षमा — हाम्रा उपलब्धिहरू रक्षा गर्ने पक्षमा या इतिहासको रथ उल्ट्याउन खोज्नेहरूको पक्षमा? हामी मधेश, मुस्लिम, थारु, जनजातिहरूको स्वाभिमान र पहिचानका पक्षमा उभिन्छौँ। म गम्भीर भएर के भन्न चाहन्छु भने, नेकपाको चुनाव चिन्ह तारामा मत दिएर मात्रै हामी परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा हाम्रो पक्ष स्पष्ट गर्न सक्छौँ। त्यसैले हाम्रो एक मत स्वाधीन, समृद्ध, समावेशी र न्यायपूर्ण नेपालको स्थापनाका लागि हुन म सबैमा अपील गर्दछु। आउनुहोस्, फेरि एकपटक परिवर्तनको यात्रामा हातेमालो गरौँ। नयाँ भ्रम होइन, वास्तविक परिवर्तनको पक्षमा उभिऔँ। संघर्ष, त्याग र बलिदानले बनेको यो देशलाई समृद्ध र स्वाभिमानी बनाउने अभियानमा जुटौँ।
पर्वतकाे महाशिलामा विकासको स्पष्ट रोडम्याप लिएर पुगे तिमिल्सिना, जनताले भने-‘अब नेतृत्व बदलिनै पर्छ’
पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाको चुनावी अभियान पर्वतमा आशा र विश्वासको लहरसहित अघि बढिरहेको छ । गाउँ–गाउँ, घर–घरमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका तिमिल्सिनालाई महाशीला गाउँपालिकामा स्थानीयले खुलेर समर्थन जनाउँदै “अब पर्वतलाई नयाँ सोच, नयाँ अनुहार र परिणाम दिने नेतृत्व चाहिएको छ” भन्ने सन्देश दिएका छन् । महाशिलाको उकालो चढ्दै घरदैलोमा पुगेका तिमिल्सिनालाई स्थानीय बासिन्दाले आत्मीय स्वागत गर्दै विकासका ठोस योजना सुन्ने उत्सुकता देखाए । मतदातासँग हात मिलाउँदै उनले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए । “पर्वत परिवर्तनको प्रतीक्षामा छ,” उनले भने, “अब भाषण होइन, काम देखिने समय आएको छ । जनताले दिएको यो विश्वासलाई म कुनै हालतमा निराश हुन दिनेछैन ।” राजनीतिलाई आरोप–प्रत्यारोप र गाली–गलौजको दलदलबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै तिमिल्सिनाले संसद समाधान, नीति र विकासको केन्द्र बन्नुपर्ने स्पष्ट धारणा राखे । जनताले मत दिएर पठाएपछि उनीहरूलाई गर्व हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू केवल चुनाव जित्न होइन, पर्वतको भविष्य निर्माण गर्न मैदानमा उत्रिएको बताए । महाशीला क्षेत्र अपार सम्भावनाले भरिएको भूमि भएको उल्लेख गर्दै तिमिल्सिनाले यहाँको समृद्धिको ढोका खोल्ने स्पष्ट खाका प्रस्तुत गरे । फलामखानी उत्खननलाई रोजगारी र आर्थिक आत्मनिर्भरताको आधार बनाउने, महाशिलाको चिया खेतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा रूपान्तरण गर्ने, कृषि तथा पशुपालनमा जनमुखी वृहत कार्यक्रम ल्याएर युवालाई गाउँमै रोजगारी दिने योजना उनले अघि सारे । त्यसैगरी, चिसापानी मन्दिर, एशियाकै सबैभन्दा ठूलो शिलामध्ये एक मानिने ऐतिहासिक महाशिला लगायतका धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदालाई विश्व पर्यटनसँग जोड्दै महाशिलालाई अन्तर्राष्ट्रिय पर्यटन हवका रूपमा विकास गर्ने दृढ संकल्प उनले व्यक्त गरे । लुङ्खु देउरालीलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, बहुलजातीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने, ग्रामीण भेगमा सञ्चालित होम–स्टेहरूलाई व्यवस्थित र स्तरोन्नति गर्ने तथा महाशिलालाई पक्का सडकसहितको रिङरोडले जोड्ने योजना तिमिल्सिनाको प्राथमिकतामा रहेको उनले बताए । पर्वतको दीर्घकालीन समृद्धिलाई संस्थागत गर्न तिमिल्सिनाले ‘पर्वत विकास सम्मेलन’को अवधारणा अघि सारेका छन् । उनका अनुसार जिल्लाभरिका नागरिक, विज्ञ र सरोकारवालाको सुझाव संकलन गरी कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई समेट्ने ठोस विकास एजेन्डा कार्यान्वयनमा ल्याइनेछ । घरदैलो अभियानमा देखिएको उत्साह, भीड र समर्थनले पर्वतको चुनावी माहोल तातेको छ । प्रत्यक्ष संवाद, स्पष्ट भिजन र परिणाममुखी नेतृत्वको सन्देशसहित मैदानमा उत्रिएका मनहरी तिमिल्सिना अहिले पर्वतमा ‘आशाको विकल्प’का रूपमा स्थापित हुँदै गएका छन् ।
नेकपाको मुख्यालय पेरिसडाँडामा ३१ औँ जनयुद्ध दिवस भव्य
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय मुख्यालय काठमाडौंको पेरिसडाँडामा शुक्रबार ३१ औँ जनयुद्ध दिवस श्रद्धा, सम्मान र सङ्कल्पका साथ मनाइएको छ । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा जनयुद्धका अमर सहिदहरूको सालिकामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा समर्थकहरूले जनयुद्धका बलिदानलाई स्मरण गर्दै सहिदहरूको अधूरो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता अग्नीप्रसाद सापकोटाले आज देशले हासिल गरेका राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धि जनयुद्धकै बलमा सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले ती उपलब्धिहरू सहजै प्राप्त नभएको भन्दै सहिदहरूको बलिदान र जनताको संघर्षकै परिणामस्वरूप वर्तमान अवस्था निर्माण भएको स्पष्ट पार्नुभयो । नेता सापकोटाले जनयुद्धबाट प्राप्त उपलब्धिहरूलाई रक्षा र संस्थागत गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अत्यन्तै निर्णायक हुने बताउनुभयो । उहाँले देशको परिवर्तनकारी दिशालाई निरन्तरता दिन नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउनु अपरिहार्य रहेको दाबीसमेत गर्नुभयो । कार्यक्रममा वक्ताहरूले जनयुद्धका आदर्श, लक्ष्य र मूल्यलाई वर्तमान राजनीतिक व्यवहारमा आत्मसात् गर्दै समाजवाद उन्मुख परिवर्तनलाई अघि बढाउने संकल्प व्यक्त गरेका थिए । जनयुद्ध दिवसले नयाँ पुस्तालाई इतिहाससँग जोड्दै राजनीतिक चेतना र जिम्मेवारी बोध गराउने काम गरेको उनीहरूको भनाइ थियो ।
जनयुद्धकाे ऐतिहासिक केन्द्र महत गाउँमा प्रचण्ड (फाेटाे)
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका ५८ जना सहिदकाे स्मृतिमा निर्माण गरिएको युद्ध स्मृति पार्क अवस्थित ऐतिहासिक महत गाउँमा पुग्नुभएको छ । जनयुद्धको इतिहास, बलिदान र शान्ति प्रक्रियासँग गहिरो रूपमा जोडिएको यो स्थलमा प्रचण्डको उपस्थितिलाई संघर्षबाट शान्तिसम्मको यात्राको प्रतीकका रूपमा लिइएको छ । महत गाउँ जनयुद्धका क्रममा निर्णायक राजनीतिक र मानवीय घटनाहरूको साक्षी बनेको स्थान हो । यही गाउँमा तत्कालीन माओवादीले राज्य पक्षका डीएसपी ठुले राईलाई आफ्नो नियन्त्रणमा लिएको थियो । पछि राज्य पक्ष र तत्कालीन माओवादीबीच भएको समझदारीअनुसार राज्यले नियन्त्रणमा लिएका देव गुरुङलाई माओवादीसमक्ष बुझाएको र माओवादीले डीएसपी ठुले राईलाई राज्यलाई सुम्पेको ऐतिहासिक घटना यहीँ घटेको थियो । यो घटनालाई द्वन्द्वका कठिन क्षणमै पनि संवाद र समझदारी सम्भव हुने उदाहरणका रूपमा स्मरण गरिन्छ। युद्ध स्मृति पार्कमा पुगेर प्रचण्डले जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बलिदानको सम्मान र शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको छ । उहाँको उपस्थितिले जनयुद्धको इतिहासलाई संस्थागत स्मृतिमा रूपान्तरण गर्दै समावेशी लोकतन्त्र, सामाजिक न्याय र दिगो शान्तिको दिशामा अघि बढ्ने सन्देश दिएको स्थानीयवासीहरूको भनाइ छ । संघर्ष, सहमति र रूपान्तरणको प्रतीक बनेको महत गाउँको भ्रमणले प्रचण्डको राजनीतिक यात्रालाई पुनः जनतासँग जोड्दै इतिहासको सही मूल्याङ्कन र भविष्यप्रतिको आशा सुदृढ पारेकाे छ । तस्बिर : सर्जना कार्की
आज सुनकाे मूल्य प्रतिताेला ३ लाख तीन हजार पाँचसय रुपैयाँमा काराेबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।
सुनसरी–१ मा नेकपाका उम्मेदवार भट्टराईको प्रतिबद्धता पत्र सार्वजनिक
धरान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। नेकपाले बिहीबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उम्मेदवार भट्टराईका स्थानीय आवश्यकतामा केन्द्रित १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो। प्रतिबद्धता पत्रको पहिलो बुँदामै नीति निर्माण, नीतिगत सुधार र संविधानको सुदृढीकरण लाई प्राथमिकतामा राखिएको छ। प्रतिबद्धता पत्रमा नेपालको संविधान २०७२ लाई जनताको चाहना र आकांक्षाअनुसार संशोधन गर्न पहल गर्ने, संविधान तथा ऐन–कानुनमा विद्यमान विभेदकारी व्यवस्थाको अन्त्यका लागि ठोस कदम चाल्ने विषय उल्लेख गरिएको छ। पूर्वाधारमा राष्ट्रिय गौरवका योजना भौतिक पूर्वाधारतर्फ धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजना का रूपमा सूचीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन पहल गर्ने उल्लेख छ। साथै बाङ्गे धरान, कालाबञ्जार धरान, रामधुनी–धरान जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने, बक्लौरी–मनिसुन्दर झोडा–३० बिघे–नुनीगाउँ हुँदै नगर अस्पताल जोड्ने सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी सेउती, सर्दु, अधेरी र सेरा खोलामा तटबन्धनसहित करिडोर निर्माणलाई पूर्णता दिने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। पर्यटन, संस्कृति र पहिचानको संरक्षण पर्यटनतर्फ सुनसरी–१ भित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने, सुम्निमा–पारुहाङ, सावायेहाङ–भाङ्भे परियोजना, थाउजेन बिग बुद्ध निर्माण, तथा आदिवासी जनजाति बहुजातीय संग्रहालय को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन संघीय सरकारसँग ठोस पहल गर्ने उल्लेख छ। कृषि, शिक्षा र युवामा रोजगारी कृषि क्षेत्रको आधुनिकीकरणका लागि नीतिगत तथा व्यवहारिक सुधार गर्ने, धरान ४, ५ र ६ मा बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्ने, बराहक्षेत्र–१ र धरान–२० लाई अदुवा, बेसार र तेजपत्ताका पकेट क्षेत्र का रूपमा विकास गर्ने योजना अघि सारिएको छ। शिक्षा तथा नवयुवातर्फ आईटी पार्क निर्माण, विश्वस्तरीय सूचना प्रविधिमा स्थानीय पहुँच विस्तार, र जेन–जी युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्य, खेलकुद र खानेपानी स्वास्थ्यतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई थप सुविधासम्पन्न विश्वविद्यालय तथा प्रविधियुक्त अस्पतालका रूपमा विकास गर्ने, एमबीबीएस तहमा विदेशी कोटा पुनःस्थापना, तथा सुनसरी–१ का लागि अध्ययन कोटा निर्धारण गर्न पहल गर्ने विषय समावेश गरिएको छ। सुनसरी–१ लाई खेलकुद हब का रूपमा विकास गर्ने र खानेपानीको दीर्घकालीन समाधान का लागि स्रोत पहिचान गरी दिगो व्यवस्थापनमा जोड दिइएको छ। शहरी विकास र सामाजिक न्याय धरान वडा नं. ५ र ६ लाई नयाँ टाउन प्लानिङ सिटी का रूपमा विकास गर्न गुरुयोजना तयार गर्ने, फोहोर व्यवस्थापनलाई दीर्घकालीन र वातावरणमैत्री बनाउने योजना पनि समेटिएको छ। साथै वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासी लाई मानवीय, कानुनी र व्यवहारिक आधारमा जमिन तथा आवासको हक सुनिश्चित गर्न, भोगचलनका आधारमा धनीपूर्जा वितरण प्रक्रिया सरल र सहज बनाउने नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका अतिरिक्त भूपू सैनिक तथा प्रहरी, भाषा–साहित्य, संस्कृति र पहिचान, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिक का सवालमा पनि विशेष प्रतिबद्धताहरू सार्वजनिक गरिएको छ।
जनयुद्धका उपलब्धि आत्मसात् गर्दै समाजवादको नयाँ यात्रा सुरु हुन्छ : प्रचण्ड
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका ऐतिहासिक उपलब्धिलाई आत्मसात् गर्दै देशलाई समाजवादतर्फ अग्रसर गराउने नयाँ अभियान सुरु गरिने घोषणा गर्नुभएको छ। जनयुद्धको आधारभूमि रुकुम पूर्वमा ३१ औँ जनयुद्ध दिवसको अवसरमा भिडियाे शुभकामना सन्देशमा सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालमा आमूल परिवर्तनका लागि सुरु गरिएको जनयुद्ध तीस वर्ष पूरा गरी एकतीसौँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यसलाई सम्पूर्ण उत्पीडित वर्ग–समुदायको गौरवपूर्ण इतिहासको रूपमा स्मरण गर्नुभयो । “आजको दिन हामी सबैका लागि गर्व, सम्मान र प्रेरणाको दिन हो,” उहाँले भन्नुभयो, “रुकुम, रोल्पा, जाजरकोट, सल्यानजस्ता क्रान्तिका आधार क्षेत्रबाटै समाजवादको नयाँ यात्रा सुरु गर्ने हाम्रो संकल्प छ ।” संयोजक प्रचण्डले जनयुद्धले सामन्ती राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्नुभयो । तर जनयुद्धका उपलब्धिलाई अझै पूर्ण रूपमा संस्थागत गर्न नसकिएको स्वीकार गर्दै उहाँले गरीब, महिला, दलित, आदिवासी र जनजाति समुदायले भोगेका समस्या र बलिदानलाई बेवास्ता गर्न नहुने बताउनुभयो । “यहाँका जनताले बगाएको रगत र भोगेका असंख्य चुनौतीहरू अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्,” उहाँले भन्नुभयो, “त्यसैले अब फेरि नयाँ संकल्प, नयाँ दृढता र नयाँ अभियानको आवश्यकता छ ।” देशमा सुशासन, सामाजिक न्याय र समृद्धि स्थापना गर्न फेरि एकपटक जनताको शक्तिमा भरोसा गर्दै अघि बढ्नुपर्ने उहाँको जोड थियो । संयोजक प्रचण्डले सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, आदिवासी, जनजाति, दलित र महिलासँग मिलेर शान्तिपूर्ण तर दृढ ढंगले समाजवादको अभियान अगाडि बढाइने स्पष्ट गर्नुभयो । “यो अभियान राष्ट्र बचाउने, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान हुनेछ,” उहाँले भन्नुभयो । उहाँले रुकुम पूर्वलाई क्रान्तिको केन्द्रीय किल्ला उल्लेख गर्दै संयोजक प्रचण्डले यही भूमिबाट देशभर नयाँ ऊर्जा, नयाँ प्रेरणा र नयाँ चेतना फैलिने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उहाँले जनताको बलिदान र संघर्षलाई कहिल्यै नबिर्सने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “देशलाई जोगाउन, सुशासन स्थापना गर्न र जनताको समृद्धिको आकांक्षा पूरा गर्न अब फेरि एकपटक नयाँ संकल्प, नयाँ दृढता र नयाँ अभियानका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । यही उद्देश्यका साथ, म रुकुम पूर्व आइपुगेको छु। क्रान्तिको केन्द्रीय आधार क्षेत्र-रुकुम, रोल्पा, जाजरकोट, सल्यानजस्ता जिल्लाबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने हाम्रो संकल्प पुनः दोहोर्याउन चाहन्छु ।,” उहाँले भन्नुभयो, यहाँका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, आदिवासी, जनजाति, दलित, महिला तथा सम्पूर्ण जनतासँग मिलेर-हिजो जसरी उत्साह, प्रेरणा र दृढ संकल्पका साथ अघि बढेका थियौँ, आज पनि देशलाई त्यस्तै संकल्प र साहसको आवश्यकता परेको छ। नयाँ सन्दर्भमा हामी शान्तिपूर्ण ढंगले समाजवादको अभियानलाई अगाडि बढाउँदै, फेरि एकपटक राष्ट्र बचाउने, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गर्न प्रतिबद्ध छौँ। जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्व आएर तपाईंहरूमाझ यो संकल्प व्यक्त गर्न पाउँदा म अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु। मलाई दृढ विश्वास छ-क्रान्तिको यो केन्द्रीय किल्लाबाट देशभरिका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू र आम जनतामा नयाँ प्रेरणा, नयाँ ऊर्जा र नयाँ आशा फैलिनेछ। फेरि एकपटक जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण देशवासीमा यही किल्लाले नयाँ चेतना र उत्साह प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै, म सबैलाई हार्दिक शुभकामना अर्पण गर्दछु।
जनयुद्धको ३१ वर्षः रगतले लेखिएको गणतन्त्र, बलिदानले उभिएको संघीय नेपाल
काठमाडौँ । आज देशभर ३१औँ जनयुद्ध दिवस मनाइँदैछ । शान्ति प्रक्रियापछि पहिलो पटक राज्यले नै औपचारिक रूपमा जनयुद्ध दिवसलाई मान्यता दिँदै सार्वजनिक बिदा दिइएकाे थियाे । तर कार्यन्यन भएकाे छैन् । जनयुद्धलाई नेपालको राज्य रूपान्तरणको ऐतिहासिक आधारका रूपमा स्वीकार गरिएको राजनीतिक सन्देश सिधा छ । २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा निर्णायक राजनीतिक मोडको रूपमा स्थापित भइसकेको छ । तत्कालीन माओवादी नेतृत्वमा सुरु भएको यो संघर्ष कुनै एक दलको सशस्त्र गतिविधि मात्र थिएन, यो सामन्ती, केन्द्रीकृत र बहिष्करणमा आधारित राज्य संरचनाविरुद्ध जनताको विद्रोह थियो । जनयुद्धले नेपालको शासन प्रणाली, शक्ति संरचना र नागरिक–राज्य सम्बन्धको आधार नै परिवर्तन गरिदियो । दश वर्ष लामो जनयुद्धको परिणामस्वरूप नेपाल राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गर्यो । एकात्मक शासन अन्त्य भई सङ्घीयता स्थापित भयो । सदियौँदेखि राज्यको पहुँच बाहिर रहेका दलित, महिला, आदिवासी जनजाति, मधेसी र दुर्गम क्षेत्रका नागरिक राज्यको केन्द्रमा पुग्ने ऐतिहासिक ढोका खुल्यो । यी उपलब्धि कुनै सहमतिमा सहज रूपमा आएका होइनन्-यसका लागि हजारौँ सहिदले जीवन उत्सर्ग गरे । सरकारी तथ्याङ्कअनुसार जनयुद्धका क्रममा १७ हजारभन्दा बढी नागरिकले ज्यान गुमाए । हजारौँ घाइते भए, सयौँ अझै बेपत्ता छन् । प्रत्येक सहिद एउटा नाम मात्र होइन-त्यो एउटा परिवारको अधुरो कथा, एउटा पुस्ताको पीडा र परिवर्तनको मूल्य हो । यही रगत र बलिदानको जगमा आजको गणतान्त्रिक नेपाल उभिएको यथार्थलाई इतिहासबाट मेटाउन सकिँदैन । जनयुद्धको सुरुवात भएको रुकुमपूर्व आज परिवर्तनको प्रतीक बनेको छ । त्यही भूमिमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं जनयुद्धका प्रमुख नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्छ । सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमसँगै रुकुमपूर्व-जो कहिल्यै राज्यको प्राथमिकतामा थिएन । आज सङ्घीय संरचनामा एक अलग जिल्लाका रूपमा स्थापित हुनु जनयुद्धले ल्याएको परिवर्तनको जीवन्त प्रमाण हो । जनयुद्धले केवल सत्ता संरचना परिवर्तन गरेन, यसले राज्य र नागरिकबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्यो । दलित, महिला, जनजाति र सीमान्तकृत समुदायको प्रतिनिधित्व राज्यका सबै तहमा उल्लेखनीय रूपमा बढ्यो । संविधानसभामार्फत निर्माण भएको संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्यो । जसको ऐतिहासिक आधार जनयुद्ध नै हो । तर, जनयुद्धपछि प्राप्त उपलब्धिसँगै चुनौतीहरू अझै बाँकी छन् । सहिद परिवार आज पनि आर्थिक र सामाजिक संघर्षमा छन् । बेपत्ता परिवार न्यायको प्रतीक्षामा छन् । द्वन्द्वकालीन सत्य, न्याय र परिपूरणको प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । जनयुद्धले देखाएको समानता, सामाजिक न्याय र समृद्धिको सपना कति साकार भयो भन्ने प्रश्न आज पनि बहसको केन्द्रमा छ । यस अर्थमा ३१औँ जनयुद्ध दिवस उत्सव मात्र होइन, आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो । प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, जनयुद्धका आदर्शलाई व्यवहारमा उतार्ने र बाँकी सपना पूरा गर्ने राजनीतिक इच्छाशक्ति आजको मुख्य परीक्षा हो । तीन दशकपछि जनयुद्ध नेपालको इतिहासको एउटा गर्विलो अध्याय बनेको छ । गणतन्त्र, सङ्घीयता र समावेशी लोकतन्त्र यसको प्रत्यक्ष उपलब्धि हुन् । त्यसैले जनयुद्ध दिवस विगतको स्मृति मात्र नभएर नेपालको वर्तमान बुझ्ने र भविष्यको दिशा तय गर्ने ऐतिहासिक दिन हाे ।
झापामा जङ्गली हात्ती मृत फेला
झापा । कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दीप ज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको जिप्रका झापाका प्रवत्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
अधिकांश बैङ्कको ब्याजदर घट्यो
काठमाडौं । माघको तुलनामा फागुनमा पनि अधिकांश बैङ्कको ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैङ्कले ब्याजदर घटाएका हुन् । अहिले सञ्चालनमा रहेका २० मध्ये नौ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम दर घटाएका छन् ११ भने बैङ्कले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पछिल्लो समय वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा प्रतिफल घट्ने क्रम जारी छ । फागुन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदरमा कमी आएको छ । माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशत विन्दुले घटेको छ । फागुनका लागि सबैभन्दा बढी ब्याजदर कटौती गर्ने बैङ्कमा ग्लोबल आइएमई बैङ्क रहेको छ । ग्लोबलले माघमा ५.५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत विन्दुले घटाएर ४.७५ प्रतिशत कायम गरेको छ । यसै गरी सिद्धार्थ, एभरेस्ट, नेपाल एसबिआई, प्राइम कमर्सियल र कृषि विकास बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.२५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४.५ प्रतिशत तथा ग्लोबल आइएमईले ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यता माघकै ब्याजदरलाई निरन्तरता दिने बैङ्कमा कुमारी, सिटिजन, लक्ष्मी सनराइज, माछापुच्छ«े, नबिल, प्रभु, एनएमबि, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैङ्क, हिमालयन बैङ्क र नेपाल बैङ्क रहेका छन् । नेपाल बैङ्कले फागुनमा पनि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ५.१ प्रतिशत ब्याजदर दिने भएको छ । कुमारीले ४.४३ प्रतिशत, सिटिजन र लक्ष्मी सनराइजले ४.५ प्रतिशत तथा अन्य केही बैङ्कले पाँच प्रतिशत दर कायम राखेका छन् । संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम चार प्रतिशत ब्याजदर कायम रहेको छ । हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, एनआइसी एसिया बैङ्क र एनएमबी बैङ्कले उक्त दरमा ब्याज उपलब्ध गराउने जनाएका छन् ।
जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु
म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो । जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन् । लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो क्षेत्रका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ । रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले योजना निर्माणको काम सुरु गरेको छ । पानी परेको अवस्थामा पनि शव जलाउन मिल्ने सत्तल, घाटमा पुग्ने पदमार्ग, कपडा फेर्ने ठाउँ, मलामी बस्ने आश्रयस्थल, शौचालय, पानी, विद्युत्को व्यवस्था मिलाउन पूर्वाधार तयार पारिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावमा नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि गरेको प्रस्ताव स्वीकृत भएपछि आयोजना कार्यान्वयन थालिएको हो”, उनले भने, “चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित योजना निर्माण अघि बढेको छ ।” शवदाहस्थल नजिकै हिन्दू मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ । व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ । जलजला गाउँपालिका–६ शालिजामा भने यसअघि नै दुईवटा घाट निर्माण भएर प्रयोगमा छन् । योजनामार्फत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारको घाट बनाउन लागिएको हो ।

